Category: समाचार

  • आज कांग्रेसको प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुँदै

    आज कांग्रेसको प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत आज बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका स्थानमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुन्ने कार्यक्रम छ ।

    यसै अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि समेत छानिनेछन् । कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँन पाउने प्रावधान रहेको छ । महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्यको निर्वाचन गरिन्छ । बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नु पर्दैन । उनीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् ।

    वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएर आउनुपर्छ । कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन गरिसकेको छ। यी जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधि पनि चुनिइसकेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिकाअनुसार सोमबार ६० जिल्लाका १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुनेछ ।

  • बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

    बैतडी । बैतडीमा आइतबार भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएको छ । यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जिप दुर्घटनामा परेको हो ।

  • जन्ती बोकेको जिप दुर्घटनामा कम्तिमा चारको मृत्यु

    जन्ती बोकेको जिप दुर्घटनामा कम्तिमा चारको मृत्यु

    बैतडी । बैतडीमा आइतबार जन्ति बोकेको जिप दुर्घटनामा परि कम्तिमा चार जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले लेखे अनुसार मृतक मध्ये तीन जनाको सनाखत भइसकेको छ । दुर्घटनामा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापाको ज्यान गएको छ । दुर्घटनामा थप मानिस परेको हुन सक्ने बताइएको छ । खोजी कार्य जारी छ ।

    दशरथचन्द नगरपालिका–६, का राजु चन्द र अर्क चन्द घाइते रहेको र उनीहरुको उपचार जारी रहेको समाचारमा उल्लेख छ । राती सवा ८ बजे भएको दुर्घटनाका कारण उद्धारमा कठिनाई भइरहेको बताइएको छ । दशरथचन्द नगरपालिका–४,कलुवाडको मोडमा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जिप दशरथचन्द नगरपालिका–२ देहिमाण्डौको थलाल गाउँबाट जन्ती बोकेर दशरथ चन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको थियो ।

  • नेपालमा २३८ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    नेपालमा २३८ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३७० जना निको भएका छन् ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ भने ८ लाख ३५९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ जना रहेका छन् ।

    जसमध्ये ६ हजार ६९६ जना होम आइसोलेसनमा रहेका छन् भने ४६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२७ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

  • एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

    एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    काठमाडौँमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।

    चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लागेको छ ।

    दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका थिए।

    एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट मानिने रावललगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन्।

    एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनी असन्तुष्ट छन् । १० बुँदे कार्यान्वयन नहुँदा उनको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएको छ ।

    महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। असोज १५–१७ मा भएको प्रथम विधान महाधिवेशनले विधानलाई संशोधन गरेको हो।

    जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ जना रहनेछन्। तर, एमालेले पार्टी विभाजनपछि एकताको सन्देश प्रवाह गर्नको लागि सर्वसम्मतको प्रयास गर्ने खोजेको छ।

  • नेपालमा शान्ती सम्झौता भएको १५ वर्ष पुरा, आर्थिक समृद्धिको सपना अधुरै

    नेपालमा शान्ती सम्झौता भएको १५ वर्ष पुरा, आर्थिक समृद्धिको सपना अधुरै

    काठमाडौं । सशस्त्र द्धन्द्ध गरिरहेको माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भएको थियो । नेपालमा चलेको दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्न यो सम्झौताले ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।

    सम्झौता पत्रमा सरकारका तर्फबाट गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीको तर्फबाट प्रचण्डले हस्ताक्षर गरेका थिए । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको हो । शान्ति सम्झौतापछि सेना समायोजन र संविधानसभाबाट संविधान निर्माणको महत्वपूर्ण काम सम्पन्न भएको छ , मुलुकमा गणतन्त्र स्थायीत्वतर्फ अगाडी बढेको छ भने संघीयता लागु भएको छ ।

    तर, सङ्क्रमणकालीन न्याय र आर्थिक समृद्धिको सपना भने अझै पुरा हुन सकेको छैन । खासगरी नयाँ संविधान बनेपछि जनताले आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरेका थिए । तर, नेताहरुले परिवर्तनलाई व्यवस्थापन गर्न नसक्दा कतिपय समस्या अहिले पनि जहाँको त्यही छन् ।

    शान्ती सम्झौतामा उल्ल्ेख भए अनुसार द्वन्द्वको अन्त्य, संविधान सभाको निर्वाचन गरी संविधान बनाउने, गणतन्त्र घोषणा, माओवादी लडाकुको व्यवस्थापन जस्ता मुख्य कार्यभार सम्पन्न भएका छन् । द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट भएका गम्भीर मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाका पीडितले भने अझै न्याय पाउन सकेका छैनन् ।

    व्यक्ति बेपत्ता, गैरन्यायिक हत्या, यातना तथा यौन हिंसा जस्ता घटनाका पीडितलाई राज्यले अझै न्याय दिलाउन सकेको छैन । दुई हजार ५ सयभन्दा बढी माओवादी लडाकु वेपत्ता छन् । उनीहरुबारे कुनै टुंगो लाग्न सकेको छैन ।

  • दाङमा बस दुर्घटना, २९ जना घाइते

    दाङमा बस दुर्घटना, २९ जना घाइते

    लमही । दाङको लमहीमा बस दुर्घटनामा परेको छ । दुर्घटनामा २९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२(००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटनामा परेको हो ।

    वडा प्रहरी कार्यालय लमहीका अनुसार गम्भीर अवस्थाका ७ जना घाइतेको बाँकेको कोहलपुरमा उपचार जारी छ । अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएको र बस अनियन्त्रित भइ पल्टिएको बयान चालकले दिएका छन् ।

  • माओवादी एकताको आधार बन्ला प्रचण्ड-विप्लव भेट ?

    माओवादी एकताको आधार बन्ला प्रचण्ड-विप्लव भेट ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच शनिबार भेटवार्ता भएको छ । केही दिन अगाडी प्रचण्डले विप्लवसँग एकता गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसको केही दिनमै विप्लवले समेत उस्तै अभिव्यक्ति दिएका थिए । दुबै नेताको सो भनाईलाई साथर्गक रुपम दिन शनिबार भेटवार्ता भएको छ ।

    वार्तामा दुबै पार्टीबीच तत्कालका लागि कार्यगत सहकार्य गर्ने र भविश्यमा पार्टी एकता गर्ने सम्मको समझदारी बनेको बताइएको छ । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट गर्न विप्लव एक्लै पुगेका हुन् । उनीहरुबीच एक घण्टा कुराकानी भएको छ ।

    पार्टी एकता तत्काल सम्भव नभए पनि तल्लो तहसम्म नै सहकार्य भने गर्ने समभलदारी बनेको हो । प्रचण्डले पछिल्लो समय विभिन्न समूहमा विभाजित माओवादीका घटकलाई एकतावद्ध बनाउने अभियान थालेका छन् ।

  • पुनः कोरोनाको इपिसेन्टर बन्दै यूरोप, अष्ट्रियामा पूर्ण लकडाउन

    पुनः कोरोनाको इपिसेन्टर बन्दै यूरोप, अष्ट्रियामा पूर्ण लकडाउन

    काठमाडौ्र । यूरोप कोरोना भाइरसको पुनः इपिसेन्टर बन्दै गएको छ । युरोपका केही देशमा कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएको बीबीसीले लेखेको छ । कोभिडको नयाँ लहरका बारेमा चिन्ता समेत व्यक्त गरिएका छ । जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोभिड सङ्क्रमण दर उकालो लाग्न थालेपछि त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपायहरू अपनाउनुका साथै खोप अभियानलाई तीव्र बनाउन थालिएको सुमाचारमा उल्लेख छ ।

    अस्ट्रियाले सोमवारदेखि राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा गरेको छ। यो लकडाउन २० दिनसम्म रहने छ । अस्ट्रियामा सन् २०२२ फेब्रुअरी १ देखि कोभिड खोपलाई लगाउनै पर्ने कानुनी बाध्यता बनाइएको छ। अस्ट्रियामा पश्चिम युरोपकै सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ। त्यहाँ कमैले मात्रै खोप लगाएको समेत समाचार छ । अस्ट्रियामा अहिले प्रति एक लाख जनसङ्ख्यामा १,०५० जनामा सङ्क्रमण देखिएको छ ।

    लकडाउनमा अस्ट्रियाली नागरिकहरूलाई घरबाट काम गर्न भनिएको छ भने अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गरिने छन्। जर्मनीमा भने गएको साता दैनिक अत्यधिक सङ्क्रमण देखिएको छ। स्वास्थ्यमन्त्री यान्स स्पानले यसलाई “एकीकृत राष्ट्रिय बल आवश्यक पर्ने एउटा राष्ट्रिय आपत्काल” भनेका छन्। यसको नतिजा स्वरूप जर्मनीले खोप नलगाएका व्यक्तिलाई थप कडाइ गरिने बताएको छ।

    अस्पताल भर्ना धेरै भएका स्थानमा खोप नलगाएका व्यक्तिलाई प्रतिबन्ध लगाउन चान्सलर एङ्गेला मेर्कल र जर्मनीका १६ प्रान्तका नेताहरू सहमत भएका छन्। नयाँ नियमानुसार खोप नलगाएका व्यक्तिलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुराँजस्ता स्थानहरूमा प्रवेश निषेध गरिने छ। मेर्कलले जर्मनीको कोभिड अवस्थालाई नाटकीय भन्दै तुरुन्तै सङ्क्रमणमा ब्रेक लगाउनु पर्ने बताएको समाचार छ ।

    जर्मनीमा बिहीवार थप ६५ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो जुन महामारी सुरु भएयताकै सबैभन्दा ठूलो दैनिक सङ्क्रमण हो। शुक्रवार नेदरल्यान्ड्सको प्रहरीले रोटरड्याममा कोभिड प्रतिबन्धविरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीहरूले ढुङ्गा मुढा गर्नुका साथै प्रहरीका गाडीमा आगजनी गरेका थिए। कोभिड खोप पासको सरकारी योजनाको र नयाँ वर्षमा पटाका निषेध गर्ने निर्णयको विरोधमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका हुन्।


    महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिवार नेदरल्यान्ड्सले तीन साता लामो खुकुलो कोभिड लकडाउन लागु गरेको छ। रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेशनहरू बन्द गरिएका छन्। हेगमा पनि विरोध भएका े बीबीसीले लेखेको छ ।

  • नेपालमा २४२ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु

    नेपालमा २४२ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ४१४५ पीसीआर परीक्षणमा २०९ र २९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७३०३ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ७१ र ललितपुरमा २८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

  • उदयपुरमा प्रहरी चढेको ट्रक दुर्घटना, २४ जना घाइते

    उदयपुरमा प्रहरी चढेको ट्रक दुर्घटना, २४ जना घाइते

    उदयपुर । काममा खटिएका प्रहरी चढेको ट्रक दुर्घटनामा परि उदयपुरमा २४ जना प्रहरी घाइते भएका छन् । २४ जना प्रहरीको टोली गएराती दुर्घटनामा परी घाइते भएको सरकारी समाचार माध्यम गोरखापत्रले लेखेको छ । उनीहरुको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । एकजना सामान्य उपचारपछि फर्केका छन् ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार कामको सिलसिलामा कटारीबाट गाईघाटतर्फ आउने क्रममा प्रहरी कार्यालयको बा १ ग २१६७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । राती करिब ९ बजेको समयमा गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा दुर्घटना भएको थियो । ओरालोमा ट्रकको ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

  • नेपालमा थप २९६ जनामा कोरोना पुष्टी, ५ जना संक्रमितको निधन

    नेपालमा थप २९६ जनामा कोरोना पुष्टी, ५ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र ११९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ५७८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।

  • माओवादीको आन्तरिक चुनावमा उठ्न पहिलोपटक शुल्कको व्यवस्था

    माओवादीको आन्तरिक चुनावमा उठ्न पहिलोपटक शुल्कको व्यवस्था

    काठमाडौं । आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागेको नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका उम्मेदवार हुन पहिलोपटक शुल्कको व्यवस्था गर्ने भएको छ ।

    ४ मंसिरबाट वडा अधिवेसनमार्फत राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले वडा, पालिका, प्रदेशसहित केन्द्रका लागि शुल्क लिएर मात्र उम्मेदवारी दिन लगाउने भएको छ ।

    विष्णुपुकार श्रेष्ठ नेतृत्वको निर्वाचन समितिले बनाएको कार्यविधिअनुसार केन्द्रका बाहेक अन्य सबै तहका उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको छ ।

    जसअनुसार वडा पदाधिकारीका लागि १०० रुपैयाँ तथा वडा सदस्य हुन ५० रुपैयाँ तोकिएको छ । स्थानीय तहका पदाधिकारीका उम्मेदवारले ५०० र सदस्यहरूले ३०० शुल्क बुझाउनु पर्ने र प्रदेशमा पदाधिकारी हुन उम्मेदवारले एक हजार र सदस्यले ५०० सय रुपैयाँ उम्मेदवारी शुल्क बुझाए पछि मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने श्रेष्ठले जानकारी दिएका छन् । केन्द्रीय तहका उम्मेदवारको भने शुल्क निर्धारण हुन बाँकी छ ।

  • कांग्रेसको प्रदेशसभा अधिवेशन आजबाट

    कांग्रेसको प्रदेशसभा अधिवेशन आजबाट

    काठमाडौं । नेपाली कांग्रेसले पहिलोपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्न लागेको छ । १४औँ महाधिवेनको एक भाग प्रदेशसभा क्षेत्रीय अधिवेशन शुक्रबारबाट सुरु हुनेछ । स्थानीय तहको अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी गराएको हो । समितिका अनुसार शुक्रबार अधिकांश जिल्लामा अधिवेशन सम्पन्न न हुने छ । शुक्रबार अधिवेशन नहुने जिल्लामा भने जिल्ला निर्वाचन अधिकृतले नयाँ मिति तोक्ने तयारी छ ।

    ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुँदैछ । कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमै प्रदेशसभा क्षेत्रीय कार्यसमिति छानिसकेको छ । प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चुन्ने भएको हो । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी छान्ने प्रावगधान छ । कांग्रेसको प्रदेशसभा अधिवेशन मंसिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुनेछ ।

  • निरन्तर घट्दैछ तापक्रम, हिमाली भेगमा हिमपातको सम्भावना

    निरन्तर घट्दैछ तापक्रम, हिमाली भेगमा हिमपातको सम्भावना

    काठमाडौं । नेपालमा हिउँदयाम शुरु भएसँगै तापक्रम निरन्तर घट्दैछ । शुक्रबार देशका धेरै ठाउँको मौसम बद्ली हुने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका एक, दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना समेत देखिएको छ । वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, ण्दुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी पर्ने्छ । बिहान काठमाडौं उपत्यकामा फाट्टफुट्ट पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा आज पनि हिमपात हुने सम्भावना छ ।


    अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि हिमपातको सम्भावना छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव १ डिग्री सेल्सियस मापक गरिएको छ । आइतवारदेखि मौसम खुल्ने सम्भावना छ । मौसमविद्ले पर्वतारोहणमा जाँदा मौसमको अवस्थाबारे जानकारी राख्न भनेका छन् ।

  • आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?

    आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?

    काठमाडौं । सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । यस चन्द्र ग्रहणलाई शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण मानिएको छ । पछिल्लो ५८० वर्षमा पहिलोपटक लामो समयको खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । नेपाली समय अनुसार दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने भएको छ । चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने समेत बताइएको छ ।

    ज्योतिष शास्त्रमा चन्द्र ग्रहण एक महत्वपूर्ण क्षण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्ने गर्छ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको इतिहास छ ।

  • प्रचण्ड निवासमा पुगे योगगुरु रामदेव र आचार्य बालकृष्ण

    प्रचण्ड निवासमा पुगे योगगुरु रामदेव र आचार्य बालकृष्ण

    काठमाडौं । भारती पताञ्जली योग पीठका सञ्चालक तथा योग गुरु रामदेव र आचार्य बालकृष्ण पतन्जली नेपालको कार्यक्रममा भाग लिन काठमाडौं आएका छन् । सोही क्रममा योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निवास पुगेका छन् ।

    उनीहरुले प्रचण्डसँग भेटघाट गर्नुका साथै प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत जानकारी दिएको प्रचण्ड पुत्री गंगा दाहालले उल्लेख गरेकी छिन् । भेटमा उनीहरुले सीताको स्वास्थ्य लाभको कामना गरेम गरेका छन् । रामदेव र आचार्य बालकृष्ण शुक्रबार पतन्जली नेपालको कार्यक्रममा सहभागी हुनेछन् । जहाँ मूख्य अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा रहने छन् ।

  • राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो

    राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो

    काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति माघ १२ मा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय संचारमाध्यमहरुका अनुसार राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । बाँकि १९ जनाका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ । सोही अनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्रै निर्वाचन गर्न अनुरोध गरेको थियो ।

  • रोल्पामा बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    रोल्पामा बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    रोल्पा । रोल्पामा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरील जनाएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १०० फिट तल खसेको छ ।

    दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । उपचारका लागि ३ जनालाई जिल्ला अस्पताल लिबाङ ल्याइएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी छ । मृतकको पहिचान भइसकेको छैन ।

  • नेपालमा थप २९९ जनामा कोरोना पुष्टी,६ जना संक्रमितको निधन

    नेपालमा थप २९९ जनामा कोरोना पुष्टी,६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र ३२८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ३०७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९९ हजार १६७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।

  • सर्वोच्चमा अब मुद्दाको पेशी तोक्दा गोला प्रथा लागू हुने

    सर्वोच्चमा अब मुद्दाको पेशी तोक्दा गोला प्रथा लागू हुने

    काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्दा अब गोला प्रथा लागू हुने भएको छ।

    बिहीबार बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो। बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेशी व्यवस्थापन सम्बन्धी निर्देशिका पारित गरेको हो।

    अब सो सम्बन्धी सूचना राज पत्रमा प्रकाशित भएपछि गोला प्रथाबाट पेशी तोकिन्छ। बिहीबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाईमा बाहिर धर्ना र विरोध प्रदर्शन भइरहँदा भित्र प्रधानन्यायाधीशकै अध्यक्षतामा फूलकोर्ट बैठक बसेर सो निर्णय गरेको हो।

    यसका लागि सर्वोच्च प्रशासनले ८२ वटा गोला समेत तयार गरिसकेको छ। गोला प्रथा लागू गर्न सबै तयारी गरेपछि सर्वोच्चले फुलकोर्ट बोलाएको हो।

    नेपाल बारले केही समयअघि प्रधानन्याधीश चोलेन्द्र शमशेर राणालाई भेटेर १५ दिनभित्र गोलाप्रथाबाट पेसी तोक्न र न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्न माग गरेको थियो।

  • अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

    अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

    काठमाडौं । दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं अवतरण गरेका छन् । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग भेटघाटमा व्यस्त रहने भएका छन् । उनले आजै प्रधानमन्त्री शेर बहादुर दृउवासँग सरकारी निवास वालुवाटारमा भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । उनले दुई महिनाअघि मात्र सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका थिए । शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

    नेपालमा उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्ने समेत कार्यक्रम छ । काठमाडौंस्थित अमेरिकी दुतावासका अनुसार सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलको अवलोकन गर्ने बताएको छ । उता, बिहीबार नै दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

    उनले समेत नेपाली नेता र अधिकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको बताइएको छ ।

  • नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

    नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

    काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ ।

    बुधबार विभागमै एक कार्यक्रमको आयोजना गर्दै परराष्ट्र मन्त्री नारायण खड्काद्वारा शताब्दी पुरूष सत्यमोहन जोशीलाई साधारण इ–पासपोर्ट हस्तान्तरण गरिएको थियो ।

    जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए।

    साथै, जोशीले सरकारलाई सफलताको शुभकामना समेत दिदै राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरेका थिए ।

    परराष्ट्र मन्त्री खड्काले शताब्दी पुरुष जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउदा आफुलाई गौरब लागेको बताएका थिए ।

  • नेपालमा थप ४१२ जनामा कोरोना पुष्टी, २०२ जना संक्रमण मुक्त

    नेपालमा थप ४१२ जनामा कोरोना पुष्टी, २०२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र ४१२ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ३५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ९६३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४८३पुगेको छ ।

  • मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

    मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा भएको मतदानमा राईको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको हो ।

    बैठकमा ७९ जना सांसद उपस्थित थिए । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई कात्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    राईले यसअघि मंगलबार नै विश्वासको मत लिने भनिए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देखाउदै सांसद आउन नसक्ने भनेर प्रमुख प्रतिपक्षी एमालेका सांसदले मंगलबारको बैठक रोक्न माग गर्दै निवेदन दिएपछि स्थगित भएको थियो ।

    प्रदेशसभामा कुल ९२ जना सांसद छन् । प्रतिपक्षी एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् ।

  • प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….

    प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि बनेर आफ्नो नगरपालिका आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । उनी नगरपालिकाका विभिन्न वडामा निर्माण भएका स्वास्थ्य केन्द्र भवनको उद्घाटनका लागि सो नगरपालिका जान लागेका हुन् ।

    बिदा आज बुधबारका लागि दिइएको छ । नगर प्रमुख अशोककुमार मण्डलले मंगलबार सूचना जारी गर्दै जिल्लाका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नं २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटन कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् । कार्यक्रम बुधबार मध्याह्न १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र, रामगोपालपुर५ मा हुनेछ ।

  • नेपालमा ३७७ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

    नेपालमा ३७७ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय ४९ जनाको नमूना परीक्षण गर्दा चार दशमलव १२ प्रतिशत अर्थात् तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडामा उल्लेख छ । पछिल्लो २४ घण्टामा एक सय ७० जना निको भएका छन् ।

    अब नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार सात सय १४ जना पुगेको छ । यसअवधिमा चार जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोरोनाका कारण अहिलेसम्म ११ हजार चार सय ८२ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सात हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय १९ जनाको आईसीयू र ५९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा ७९ हजार पाँच सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७६ लाख २४ हजार ४८ जनाले पूर्ण मात्रा र ८९ लाख ११ हजार नौ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

  • प्रदेश नं. १ को बैठक स्थगित, मुख्य मन्त्री राईले भोलि विश्वासको मत लिने

    प्रदेश नं. १ को बैठक स्थगित, मुख्य मन्त्री राईले भोलि विश्वासको मत लिने

    विराटनगर। मुख्य मन्त्रीले राजेन्द्र राईलाई विश्वासको मत दिन बोलाइएको प्रदेश नं। १ को बैठक स्थगित भएको छ। प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक स्थगित भएको हो।

    अब मुख्य मन्त्री राइले भोलि विश्वासको मत लिनेछन्। बैठक भोलि साढे ११ बजे बस्नेछ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल बन्दका कारण साँसद आउन नसकेपछि बैठक स्थगित गर्न एमालेले माग गरेको थियो। एमलेका सासद बैठकमा जान नसकेका हुन्।

    बैठकमा विपक्षी दल नेकपा एमालेका एक जना पनि सांसद सहभागी भएनन्। सो कारण सभामुख प्रदीपकुमार भण्डारीले बुधबार बस्ने गरि बैठक स्थगित गरेका थिए।

  • भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परि चालकको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको मध्यपुरठिमी नगरपालिका ४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मंगलबार बिहान सवा चार बजे बागमती प्रदेश ०३ ०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो । उनको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

  • प्रदेश १ का मूख्यमन्त्री राईले आज विश्वासको मत लिने

    प्रदेश १ का मूख्यमन्त्री राईले आज विश्वासको मत लिने

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कात्तिक १६ मा उनी पाँच दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मंगलबार साढे १२ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने समय तय भएको हो । प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक आज बस्दैछ ।

    सोमबार सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बसि उनलाई विश्वासको मत दिने निर्णय गरेको छ । साथै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र समेत निर्माण गरिएको छ । कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल समेत बनाइएको छ ।