निजगढ । बाराको निजगढमा १८ वर्षीय युवक रोहित शर्माको हत्यामा उनका आफ्नै मिल्ने साथीको संलग्नता देखिएको छ । साथी साथी भएपनि एकले अर्कोलाई मार्ने धम्की दिएका कारण आफ्नै साथीको हातबाट उनको हत्या भएको देखिएको हो । प्रहरीले मंगलबार शर्माको हत्या गरेको आरोपमा रौतहट चन्द्रपुर ४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरी सार्वजनिक गरेको छ… Continue reading सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या
Category: समाचार
त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्यु
धादिङ । धादिङमा ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा मंगलबार ट्रक त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८… Continue reading त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्यु
कांग्रेस नेता जोशीको स्वास्थ्य अझै जोखिमपूर्ण
काठमाडौं । मस्तिष्कघातका कारण अस्पतालमा उपचारार्थ भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै जोखिमपूर्ण रहेको अस्पतालले जनाएको छ । उनी फागुन १४ गते शुक्रबार नर्भिक अस्पतालमा भर्ना भएका छन् । अस्पतालका अनुसार उनको अवस्थामा गम्भीर छ । तर, मंगलबार भने स्वास्थ्य अवस्था स्थिर र जोखिमपूर्ण अवस्थामा रहेको छ । जोशीको भेन्टिलेटरमा… Continue reading कांग्रेस नेता जोशीको स्वास्थ्य अझै जोखिमपूर्ण
प्रचण्ड र देउवाबीच भेट, सत्ता सहकार्यका विषयमा छलफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार देउवालाई भेट्न प्रचण्ड साँझ उनको निवास बुढानीलकण्ठ पुगेका छन् । उनीहरुबीच बदलिँदो राजनीतिक परिस्थिति र सत्ता साझेदारीका विषयमा छलफल भएको बताएको छ । आजै बसेको माओवादीको बैठकले सत्ता साझेदारीका विषयमा कांग्रेस र जनता समाजवादी पार्टीसँग… Continue reading प्रचण्ड र देउवाबीच भेट, सत्ता सहकार्यका विषयमा छलफल
नेपालमा थप ५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु, ६० डिस्चार्ज
काठमाडौं । नेपालमा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु, ६० डिस्चार्ज
एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले भन्याे-‘एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन दिनू’
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको छ । आयोगले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा खारेज गरेको हो । आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने भएको छ… Continue reading एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले भन्याे-‘एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन दिनू’
एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने भएको छ । जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो । गत वर्ष कोभिड–१९ को… Continue reading एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफाले,दुईको शव भेटियो तीन वेपत्ता
कर्णााली। दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका छन्। आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिए। हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको… Continue reading एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफाले,दुईको शव भेटियो तीन वेपत्ता
धुम्बाराहीमा टाँगियो एमालेको बोर्ड
काठमाडौं । धुम्बाराहीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतालाई पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको हो । एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै भएका छ ।… Continue reading धुम्बाराहीमा टाँगियो एमालेको बोर्ड
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन्। सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि अब उत्पन्न हुने राजनीतिक परिस्थिति र सत्तासमिकरणबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका एक नेताले जनाकारी दिए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी… Continue reading प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
बुढानिलकण्ठ नगरपालिकामा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो
अमृता के सी ( रोनी )काठमाडौँ/१११ औँ अन्तर्राष्ट्रिय नारी दिवस बुढानिलकण्ठ नगरपालिकाको महिला तथा बालबालिका विकास शाखाको संयोजकत्वमा नगरपालिका प्रांगणमा मनाइएको छ। “महिलाहरुको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” नाराका साथ फागुन २४ गते सोमबार विशेष समारोह आयोजना गरिएको हो। कार्यक्रममा उद्योग बाणिज्य तथा अपुर्ति राज्य मन्त्रि माननिय बिमला बि.क., बागमति प्रदेश सभा सदस्य… Continue reading बुढानिलकण्ठ नगरपालिकामा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो
छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमाले र माओवादी केन्द्रमा फर्किने
अन्ततः छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमालेमै गएर संघर्ष गर्ने नेपाल पक्षको निर्णयकाठमाडौं, २४ फागुन । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा आज बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। उनी पेरिसडाँडाबाट फेरि भेटौंला भन्दै बाहिरिएका थिए । अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि… Continue reading छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमाले र माओवादी केन्द्रमा फर्किने
नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८१० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जना डिस्चार्ज
‘म कुन पार्टीको प्रधानमन्त्री रे ! जान्ने मन भए सर्वोच्चमा जानुस्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका बारेमा सर्वोच्च अदालतलाई सोध्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा बोल्दै ओलीले पार्टीका नेता भीम रावललाई म कुन पार्टीको प्रधानमन्त्री भनेर सर्वोच्चलाई नै जानुस् भन्दै व्यंङग गरेका हुन् । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’… Continue reading ‘म कुन पार्टीको प्रधानमन्त्री रे ! जान्ने मन भए सर्वोच्चमा जानुस्’
कांग्रेस र प्रचण्ड-माधव समुहको अवरोधपछि प्रतिनिधिसभा बुधबारसम्म स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी बुधबारसम्मका लागि स्थागित भएको छ । संसद सचिवालयले सूचना टासी बुधवार १ बजेसम्मका लागि संसद स्थगित भएको बताएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले आज संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेको छ । त्यसपछि बैठक १० मिनेटका लागि स्थगित भएकोमा सूचना टासी बुधबारसम्म स्थगित गरिएको हो… Continue reading कांग्रेस र प्रचण्ड-माधव समुहको अवरोधपछि प्रतिनिधिसभा बुधबारसम्म स्थगित
प्रचण्ड माधव समूहद्वारा संसद बैठक बहिष्कार
काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिष्कार गरेका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठकको कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हुन् । प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन् ।
नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
सर्वोच्चको फैसलाले ब्युँतिए एमाले र माओवादी केन्द्र
काठमाडौं । सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ। न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्न ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा… Continue reading सर्वोच्चको फैसलाले ब्युँतिए एमाले र माओवादी केन्द्र
नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएका हुन् । यो फैसलासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज खारेज भएको छ ।
नारायणगढ-मुग्लिन सडक दिउँसो दैनिक साढे ४ घण्टा बन्द, एक सातापछि मात्र खुल्ने
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा यात्रा गर्दै हुनुहुन्छ भने आजबाट एक साता ट्राफिक जामको समस्या पर्न सक्छ । पहिरो रोकथामसम्बन्धी बाँकी पुरा गर्न यो सडक खण्ड आजबाट एक हप्ता दिउँसो बन्द हुँदैछ । आगामी २९ गतेसम्म दिउँसो साढे १० बजेबाट ३ बजेसम्म सडक बन्द गर्न लागिएको छ । नारायणगढमुग्लिन सडक आयोजनाका अनुसार यो सडकखण्डको चारकिलोमा… Continue reading नारायणगढ-मुग्लिन सडक दिउँसो दैनिक साढे ४ घण्टा बन्द, एक सातापछि मात्र खुल्ने
दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु
दार्चुला । दार्चुलामा जीप दुर्घटनामा परी कम्तिमा तीन जनाको मृत्यु भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार चालक सहित तीन जनाको मृत्यु भएको पुष्टी भएको छ । शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नम्बरको को जीप दुर्घटनामा परेको छ । जीप लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा कच्ची… Continue reading दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु
पुर्वि काठमाडौँमा नयाँ शहरी विकास आयोजनाको सम्भाव्यता अध्ययन सुरु
अमृता के सी ( रोनी )काठमाडौं फागुन २२/काठमाडौंको पुर्वी भेगमा रहेको गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा संचालन गर्न लागेको “पुर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना” ले आज जग्गाधनीहरु र मोहीहरू बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा आयोजना प्रमुख, इन्जिनियरहरु, सम्बन्धित नगरपालिकाका प्रमुख सहित जनप्रतिनिधिहरुका साथै सरोकारवाला जग्गाधनी र मोहीहरु बिच आज… Continue reading पुर्वि काठमाडौँमा नयाँ शहरी विकास आयोजनाको सम्भाव्यता अध्ययन सुरु
आज बढ्न सक्छ बागमतिको सतह, सतर्क रहन आह्वान
काठमाडौं । मेलम्ची खानेपानीको परीक्षणका दौरान आज सुन्दरीजलमा पानी खसालिँदैछ । यसरी आएको पानीलाई मेलम्चीको वितरण केन्द्रमा नभई बागमति नदीमा पठाइने छ । यसले नदीको जलप्रवाह बढ्न सक्ने भन्दै मेलम्ची विकास समितिले सतर्क रहन नदी किनारका बासिन्दालाई आह्वान गरेको छ । सुरुङ परीक्षणका क्रममा बागमतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल… Continue reading आज बढ्न सक्छ बागमतिको सतह, सतर्क रहन आह्वान
शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
काठमाडौं/शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार जहरसिह पौवास्थित स्थानिय सामुदायिक हलमा सम्पन्न कार्यक्रममा उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा ,विभीन्न शाखाका प्रमुखहरु,वडा अध्यक्षहरु,नगर कार्यपालिका सदस्य,कर्मचारी र नगरवासीहरुको उपस्थिति रहेको थियो।मणिचुड मिडियाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले आफ्ना समस्याहरु राखेका थिए भने नगरपालिकाले… Continue reading शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मेलम्चीको पानी आज काठमाडौं झारिँदै, प्रधानमन्त्री सुन्दरीजल जाने
काठमाडौं । आज मेलम्चीको पानी काठमाडौं झारिदैछ । दुई साता अगाडी नै सुरूङमा पठाइएको पानी आज काठमाडौंस्थित सुन्दरीजलमा झार्न लागिएको हो । सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी सुरूङमार्गमार्फत पहिलो पटक काठमाडौं आएको हो । निर्माण थालेको दुई दशकपछि काठमाडौं बासीको पानीको तिर्खा मेट्ने सपना पुरा हुने समय भने नजिकिएको छ । आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि… Continue reading मेलम्चीको पानी आज काठमाडौं झारिँदै, प्रधानमन्त्री सुन्दरीजल जाने
भारतको नोयडामा सवारी दुर्घटना, चार नेपालीको मृत्यु
दैलेख । भारतको नोयडामा सडक दुर्घटनामा परी चार जना नेपालीको ज्यान गएको छ । भारतबाट रोजगारी गरी नेपाल घर फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा निधन भएको हो । दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलको परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको नेपाली संचारमाध्यमले लेखेका छन् । रोजगारीको शिलशिलामा… Continue reading भारतको नोयडामा सवारी दुर्घटना, चार नेपालीको मृत्यु
विप्लवसँगको सहमतिमा हतियारको विषय खै ?
काठमाडौं । हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले सम्झौता गरेको छ । सम्झौता अनुसार यो समुह शान्तीपूर्ण राजनीतिमा आउन तयार भएको छ । सम्झौतामा आफु इमानदार रहने प्रतिवद्धता समेत विप्लवले गरेका छन् । तर, खुला राजनीतिमा आउने भनिएसँगैै उक्त समूहले आजसम्म चलारहेका हातहतियार र त्यसको व्यवस्थापनबारे भने सम्झौता मौन बसेको छ । यसको… Continue reading विप्लवसँगको सहमतिमा हतियारको विषय खै ?
बामदेवलाई फकाउन पुनः निवासमै पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई फकाउन पुनः कसरत थालेका छन् । उनी आज साँझ गौतमलाई भेट्न निवास भैंसेपाटीमै पुगेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेर बामदेवसँग नेकपा विवादका विषयमा छलफल गरेका हुन् । बामदेव अहिले ओली र प्रचण्ड कुनै पनि पक्षमा खुलेका छैनन् । दुबै पक्षले उनलाई तान्न भने प्रयास… Continue reading बामदेवलाई फकाउन पुनः निवासमै पुगे प्रधानमन्त्री
नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका छन् । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शुक्रबारदेखि नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका हुन् । ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए । ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपालमा हिंसात्मक बाटो र… Continue reading नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा