Category: समाचार

  • नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टी, कुन जिल्लामा कति थपिए ?

    नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टी, कुन जिल्लामा कति थपिए ?

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२८७ जनाको पिसिआरमा ८२२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्।

    यो सहित नेपालमा हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६५४३ रहेको छ । हालसम्म ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।

    २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । मृतकको संख्या ५८४ठ पुगेको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

    प्रदेश १ को इलाममा ११, उदयपुरमा २४, ओखलढुंगामा ७९, खोटाङमा २४, झापामा ६४, ताप्लेजुङमा ८, तेह्रथुममा २, धनकुटामा ४४, पाँचथरमा ६, भोजपुरमा १७, मोरङमा ४५०, संखुवासभामा १४, सुनसरीमा १२९ र सोलुखुम्बुमा ५ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धनुषामा १९५, पर्सा ४५, बारामा २५, महोत्तरीमा १११, रौतहटमा ३१, सप्तरीमा ७२, सर्लाहीमा २८ र सिरहामा २७ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ६ सय जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १२५, चितवनमा १००, दोलखामा ६७, धादिङमा ५६, नुवाकोटमा २५, भक्तपुरमा २२९, मकवानपुरमा १३, रामेछापमा ४, ललितपुरमा ४०३, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ४६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २०१, गोरखामा १२, तनहुँमा ६०, नवलपरासी पूर्वमा ६, पर्वतमा २०, मुस्ताङमा १, म्याग्दीमा ३३, लमजुङमा ४, बागलुङमा ७ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३०, कपिलवस्तुमा ९४, गुल्मीमा ३२, दाङमा २४५, नवलपरासीमा ९५, पाल्पामा १३६, प्युठानमा ४, बर्दियामा २०८, बाँकेमा ३०९, रुपन्देहीमा ५२० र रोल्पामा ३ जनामा कोरोना पाइएको छ।

    गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २२, जाजरकोटमा १७, जुम्लामा १७, दैलेखमा ४४, रुकुम पश्चिमा ३, सल्यानमा ८२, सुर्खेतमा ३०० र हुम्लामा ३ जनामा कोरोना भेटिएको छ।

    सुदूरपश्चिम प्रदेशको अछाममा ९४, कञ्चनपुरमा १०५, कैलालीमा २६०, डडेल्धुरामा ३८, डोटीमा ३७, दार्चुलामा ३५, बाजुरामा २ र बैतडीमा ६१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

    बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

    काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

    रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा निर्वाचित भएका छन्। उनले ५०८८ मतभार पाए ।

    संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।

  • ७ जना गैरसांसद मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्चको आदेश

    ७ जना गैरसांसद मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सांसद नरहेका ७ जना मन्त्रीलाई कामकाज गर्न रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्रीलाई मन्त्रिको हैसियतमा कामकाज गर्न नदिन आदेश दिएको हो ।

    संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको छ ।

    नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए ।

    सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

  • राष्ट्रियसभा उपनिर्वाचनको मतदान प्रारम्भ, आजै साँझ नतिजा

    राष्ट्रियसभा उपनिर्वाचनको मतदान प्रारम्भ, आजै साँझ नतिजा

    हेटौडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान गर्ने प्रक्रिया शुरु भएको छ । गृहमन्त्री तथा एमालेका उमेदवार रामबहादुर थापा बादल र अर्का एमालेका उमेदवार डा. खिमलाल देवकोटा ९ बजे नै मतदान केन्द्रमा पुगेका छन् । मतदान सकिनासाथ गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको रहेको छ । मतदान ३ बजेसम्म हुनेछ ।

    स्थनीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गर्दै मतदानको प्रारम्भ गरेका हुन् । बादल र देवकोटालाई नेमकिपाका कृष्णबहादुर तामाङले चूनौति दिनेछन् । उम्मेदवार आफूले भने आफैंलाई भोट हाल्न नपाउउने प्रावधान रहेको छ ।

  • एमाले केन्द्रिय सदस्य तथा पूर्वसांसद यादवको कोरोनाबाट निधन

    एमाले केन्द्रिय सदस्य तथा पूर्वसांसद यादवको कोरोनाबाट निधन

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलले सामाजिक संजालमार्फत उनको निधन भएको पुष्टी गरेका छन् ।

    स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका ५२ वर्षीय यादवको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको हो । उनी २०५६ सालको आम निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका निर्वाचित भएका थिए । उनी एमालेको केन्द्रीय सदस्य पनि हुन् । केही दिनअघि मुटुको शल्यक्रिया गराएका उनमा कोरोना पुष्टी भएको थियो ।

  • ताउ ते आँधीको प्रभाव, आज नेपालमा भारी वर्षाको सम्भावना

    ताउ ते आँधीको प्रभाव, आज नेपालमा भारी वर्षाको सम्भावना

    काठमाडौं । अरब सागरमा उत्पन्न भएको ताउ ते नामक आँधीको प्रभाव आज नेपालमा पूर्ण रुपमा देखिने भएको छ । यसको प्रभाव शुक्रबार सम्म रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थानमा वर्षा जारी छ ।

    आज दिनभर देशभर पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको संभावना छ। पश्चिमी न्यून चापीय प्रणाली र भारतको राजस्थान आसपासमा रहेको ताउ ते चक्रवातको असरका कारण पानी पर्न थालेको हो ।

    महाशाखाका अनुसार गतराती कञ्चनपुरमा भारी वर्षा भएको छ। गएराति काठमाडौंमा ४ दशमलव ६ मिलीमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार भारतको राजस्थान आसपास रहेको चक्रवातको असर क्रमशः कमजोर बनिरहेको छ । शुक्रबार अझ कमजोर हुनेछ । महाशाखाले शुक्रबारसम्म पर्वतारोहण समेत नगर्न सचेत गराएको छ ।

  • कोरोनाबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी केसीको निधन

    कोरोनाबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी केसीको निधन

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । कोरोनाबाट प्रहरी संगठनमा ज्यान गुमाउने उनी बहालवाला सबैभन्दा उच्च अधिकारी हुन् ।

    बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाली संचारमाध्यमले नेपाल प्रहरी प्रधान कार्यालय स्रोतलाई उदृत गर्दै जनाएका छन् । मुलपानी स्थायी घर भएका उनी दुई साता अघि संक्रमित भई अस्पताल भर्ना भएका थिए । बढ्दो महामारीले नेपालमा ज्यान जाने क्रम ह्वात्तै बढेको छ ।

  • ३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

    ३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

    काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा रहेका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजलाई कोरोना अस्पतालका रुपमा वर्गिकरण गरि तोकेको छ । यी अस्पतालमा विपन्न नागरिकले कोरोना संक्रमित पछि निःशुल्क उपचार गर्न सक्ने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग विपन्न नागरिक कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको हो ।

    ती अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नसक्ने भएमा बिरामीको उपचार बापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने भएको हो । आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने समेत सम्झौता भएको छ ।

    मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ । सरकारी अस्पताल तथा केही मेडिकल कलेजहरुमा यसअघि नै कोरोना संक्रमितको निःशूल्क उपचार हुँदै आएको छ।

  • नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टी, ७९८९ जना संक्रमण मुक्त

    नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टी, ७९८९ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६४ पिसिआर विधिबाट र १०९ जना एन्टीजेन विधिबाट संक्रमित पुष्टि भएका हुन्।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

  • कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकै दिन २४६ को मृत्यु

    कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकै दिन २४६ को मृत्यु

    काठमाडौं । कोरोना भाइरसको महामारीबाट नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । यो एकै दिन भएको सबैभन्दा धेरै मृत्यु हो । मन्त्रालयका अनुसार अब नेपालमा मृत्यु हुने मानिसको संख्या ५ हजार भन्दा माथि पुगेको छ । नेपालमा कोरोनाबाट ५६५७ जना मानिसको ज्यान गएको छ ।

  • उपत्यकामा २४८६ जना कोरोना संक्रमित थपिए

    उपत्यकामा २४८६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा २४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं मा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना संक्रमित भेटिएका हुन् ।

  • भारतीय खोप उत्पादक कम्पनीले तत्काल खोप निर्यात नगर्ने, नेपालको खोप अभियान अनिश्चित

    भारतीय खोप उत्पादक कम्पनीले तत्काल खोप निर्यात नगर्ने, नेपालको खोप अभियान अनिश्चित

    काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्धको कोभिशिल्ड खोप उत्पादन गरिरहेको भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात गर्न नसक्ने जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल अन्य देशमा खोप निर्यात नगर्ने स्पष्ट पारेको हो ।

    ‘हामीले खोप उत्पादन क्षमता वृद्धि गर्दै भारतलाई प्राथमिकतामा राख्नेछौं,’ सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स र अन्य मुलुकलाई खोप उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छौं ।’

    आफ्नो देशका नागरिकको जीवनलाई जोखिममा राखेर कोभिड–१९ विरुद्धको खोप निर्यात गरिएको भन्दै विरोध भएपछि सेरमले विज्ञप्ति नै निकालेर यस्तो बताएको हो । खोप खरिदका लागि रकम बुझाइसकेका देशको विषयमा सेरमले प्रष्ट रुपमा उल्लेख गरेको छैन् ।

    भारत सरकारले अहिले खोप निर्यातमा रोक लगाएको छ । कम्पनीले सन् २०२१ को अन्त्यसम्ममा मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ । यो संगै नेपालको खोप अभियान प्रभावित हुने भएको छ ।

    नेपालले सेरमबाट २० लाख डोज खोप खरीदका लागि रकम बुझाए पनि १० लाख डोज खोप अझै आउन सकेको छैन । कोरोना भाइरसको संक्रमणबाट जोगिने एकमात्र उपाय भनेको खोप नै हो भनेर विज्ञहरुले भनिरहेका छन् । तर, नेपालको ठूलो जनसंख्या खोपबाट बन्चित रहेको छ । यता पहिलो डोज कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकहरुले दोस्रो डोज कहिले पाउने भन्ने पनि निश्चित छैन ।

    गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर ज्येष्ठ नागरिकका लागि खोप अभियान सुरु भएको थियो । यो अभियानमा हिमाली जिल्लाको ५५ वर्ष भन्दा माथिकालाई र बाँकी जिल्लाका ६५ वर्ष भन्दा माथिकालाई लगाइएको थियो ।

    पहिलो डोज लगाएको ८ देखी १२ हप्ता सम्म खोपको प्रभावकारिता रहने विज्ञहरुले बताइरहदा त्यसबेला पहिलो डोज लगाएकाहरुको दोस्रो डोज लगाउन समय घर्किन थालेको छ । ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिइएको थियो । सेरमको विज्ञप्तिसंगै नेपालको खोप अभियानमा अन्यौलता देखिएको छ ।

  • मौन अवधिमा बादललाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

    मौन अवधिमा बादललाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशबाट राष्ट्रियसभाका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई जिताउन अपिल गरेका छन् ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाई जिताउन अपिल गरेका हुन् । उनले सर्वोच्च अदालतको फागुन २३ को निर्णयपछि नेकपा एमालेको विशेष महत्व राख्ने भन्दै बादललाई जिताउन सबैलाई अपिल गरेका हुन् ।

    ‘एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्‍याउने भएकाले बादललाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु,’ उनले भनेका छन्, ‘गत फागुन २३ गते एमाले पुनःस्थापना भएपछि हुन गइरहेको यस निर्वाचनको विशेष महत्व छ । यसले हाम्रो पार्टीको सामथ्र्य, उकता र एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ । सँगसँगै २०७५ जेठ ३ गते एकीकरण भएको तर, कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भंग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्नेछ ।’

    प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय कल्पना बाहिरको कुरा भएको बताएका छन् ।

    ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो,’ उनले भनेका छन्, ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैन ।’

  • बिहान साढे ८ बजे काठमाडौंमा भूकम्पको दोस्रो धक्का महसुस

    बिहान साढे ८ बजे काठमाडौंमा भूकम्पको दोस्रो धक्का महसुस

    काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस भएको छ । बिहान साढे ८ बजेको समयमा भूकम्पको धक्का महसुुस भएको हो । यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।

    यी दुबै भूकम्पको केन्द्र लमजुङ्ग नै रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी गराएको छ । लमजुङ्गमा गएको भूकम्पले स्थानीय स्तरमा क्षति पुर्याएको छ । अहिलेसम्म ५ जना मानिस घाइते भएको खबर आएको छ । कच्चि घरहरु भत्किएका छन् । उपत्यकामा अहिले वर्षा भइरहेको छ ।

  • दाउन्नेमा बस दुर्घटना, कम्तिमा चारको मृत्यु

    दाउन्नेमा बस दुर्घटना, कम्तिमा चारको मृत्यु

    नवलपरासी । नवलपरासी पश्चिमस्थित दाउन्नेमा यात्रुबाहक बस दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट दुर्घटनामा पर्दा चार जनाको घटनास्थलमै ज्यान गएको प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    अहिले उद्धार कार्य जारी रहेका कारण थप क्षतिको विवरण आउने प्रहरीले जनाएको छ । नवलपरासी पश्चिम प्रहरी कार्यालयका अनुसार रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको छ । घाइतेलाई विभिन्न अस्पताल पठाइएको छ । दुघर्टनामा घाइते भए पनि बस चालक भाग्दाभाग्दै पक्राउ परेका छन् । निषेधाज्ञाको समयमा बसमा भरिभराउ यात्रु कसरी बसले बोक्यो भन्ने समेत नखुलेको प्रहरीको भनाई छ ।

  • भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किए, केही घाइते

    भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किए, केही घाइते

    लमजुङ । बुधबार बिहानै आएको भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विवरण आइसकेको छैन । यद्दपी जिल्लाका विभिन्न स्थानमा कच्चि घर भत्किएका छन् । केही मानिस घाइते भएको खबर छ । भुलभुलेमा ८५ वर्षीया वृद्धा घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनको उपचार जारी छ ।

    आज बिहान लमजुङको भुलभुलेलाई केन्द्र बनाएर ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो स्तर ठूलो भूकम्पका रुपमा मापन गरिन्छ । आज भूकम्प गएसँगै लमजुङ र यस आसपासमा मानिसहरु घरबाट बाहिर निस्किएका छन् ।

  • लमजुङ केन्द्र भएर नेपालमा बिहानै ठूलो भूकम्प

    लमजुङ केन्द्र भएर नेपालमा बिहानै ठूलो भूकम्प

    काठमाडौं । नेपालमा लमजुङ केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । यो भूकम्पको तिब्रता ५.८ म्याग्नेच्युट मापन भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा भूकम्प गएको हो । यसको धक्का राजधानी काठमाडौंसम्म महसुस भएको छ ।

    लमजुङको भुलभुले केन्द्र भएर भूकम्पको क्षति बारे विवरण भने आइसकेको छैन । कोरोना महामारीका कारण घर भित्र थुनिएका मानिस भूकम्पपछि झन तर्सित बनेका छन् ।

  • राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको नेपाल समुहले ह्वीप नमान्ने

    राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको नेपाल समुहले ह्वीप नमान्ने

    काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा वाग्मती प्रदेशका नेकपा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई मत दिन एमालेले जारी गरेको ह्वीप नमान्ने संकेत वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । मंगलबार बादल एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

    जवाफमा नेता नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएको भन्दै अहिले सहयोग गर्न नसक्ने बताएको नेपालका सहयोगी मोहन गौतमले उल्लेख गरेका छन् । नेता बादलले मतदातालाई स्वविवेक प्रयोग गर्न प्रस्ताव गरेको र उनको प्रस्तावमा नेता नेपाल सहमत भएको बताइएको छ ।

    यस अनुसार एमालेमा पार्टीले जारी गरेको ह्वीप माधव नेपाल पक्षका मतदाताले नमान्ने देखिएको छ । बादललाई नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनको सांसद पद गुमेको हो । एमालेले उनलाई उपनिर्वाचनमा उठाएको छ । तर, माधव नेपाल समुह ओलीसँग सहमति गर्नु अगाडी नै मनोनयन दर्ता भएका कारण विपक्षी दलका तर्फबाट डा. खिमलाल देवकोटा उमेदवार बनेका छन् । उपनिर्वाचन जेठ ६ मा हुने छ ।

  • नेपालमा कोरोनाको भारतीय भेरियन्ट पुष्टी, अझ संक्रामक र जोखिमपूर्ण

    नेपालमा कोरोनाको भारतीय भेरियन्ट पुष्टी, अझ संक्रामक र जोखिमपूर्ण

    काठमाडौं । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पुष्टि भएको छ । यो भाइरसले भारतमा ठूलो मानवीय क्षति गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ वटा नुमना संकलन गरि भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो ।

    त्यो नमुनाको नतिजा मंगलबार प्राप्त भएको छ । यस अनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यी दुबै भेरियन्ट पहिलो पटक भारतमा नै पुष्टी भएका हुन् । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । मन्त्रालयका अनुसार यो भेरियन्ट सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण मानिएको छ ।

  • काठमाडौं उपत्यकामा २६३५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २६३५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा २६३५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना नयाँ संक्रमित थपिएका हुन् ।

  • नेपालमा कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८२०३ संक्रमित थपिए

    नेपालमा कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८२०३ संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८२०३जनालाई संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ जना पुगेको छ । १९६ जना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै मृत्यु हुनेको संख्या ५४११ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ ।

  • युद्धमा व्यापार गर्दै अमेरिका, इजरायललाई ८६ अर्बको अत्याधुनिक हतियार बेच्दै

    युद्धमा व्यापार गर्दै अमेरिका, इजरायललाई ८६ अर्बको अत्याधुनिक हतियार बेच्दै

    काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला अमेरिकाले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको समाचार सार्वजनिक भएको हो ।

    अन्तर्राष्टिय संचार माध्यम वासिङ्टन पोस्टका अनुसार अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर (करिब ८६ अर्ब नेपाली) रुपैयाँ बराबरको हतियार बेच्ने भएको हो ।

    बाइडेन प्रशासनले इजरायललाई हतियार बेच्ने प्रस्तावलाई स्वीकृति दिएको समाचारमा जनाइएको छ । अमेरिकाले इजरायललाई ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स (जेडीएमएमए) विक्री गर्न लागेकोजनाइएको छ । जेएडीएम बम फिट गरेर प्रहार गर्न मिल्ने हतियार हो । यसमा २२७ देखि ९०७ किलोसम्म बम फिट गर्न सकिन्छ ।

    गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समय भए पनि अमेरिकी संसद्मा उक्त प्रस्ताव पास हुने अपेक्षा गरिएको छ । अहिलेसम्म इजरायललाई हतियार बेच्ने प्रस्तावमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरुले कुनै आपत्ति जनाएका छैनन् । अमेरिकी सदनले हतियार विक्रीको प्रस्तावलाई रोक लगाउन सक्ने भए पनि यस पटक भने रोक लगाउने सम्भावना कम भएको बताइएको छ ।

    गाजा क्षेत्रमा द्वन्द्व चर्किएको दुई सातामा बिते पनि तत्काल युद्ध अन्त्य हुने संकेत देखिएको छैन । अहिलेसम्म प्यालेस्टाइनतर्फ ६१ बालबालिकासहित २१२ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित १० जना इजरायलीको मृत्यु भएको छ ।

  • प्रधानमन्त्री ओलीले पुनः शपथ लिनु नपर्ने सर्वोच्चको आषय

    प्रधानमन्त्री ओलीले पुनः शपथ लिनु नपर्ने सर्वोच्चको आषय


    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ लिनु नपर्ने भएको छ ।

    मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

    अदालतले शपथ रोक्न अन्तरिम आदेश जारी गरिरहनु नपर्ने भन्दै दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिइएको छ ।

    सर्वोच्चले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आदेशमा निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

    गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई गराएको शपथ ग्रहणविरुद्ध सर्वोच्चमा सोमबार रिट दर्ता भएको थियो ।

    राष्ट्रपति भण्डारीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्य उच्चारण गर्न पटक–पटक दोहोर्याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्ने जवाफ दिएका थिए ।

    उनले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ र ‘ईश्वर’ भन्ने शब्द छुटाएका थिए ।

  • ताउ ते चक्रवातको प्रभाव रहुन्जेल पर्वतारोहण नगर्न सरकारको आह्वान

    ताउ ते चक्रवातको प्रभाव रहुन्जेल पर्वतारोहण नगर्न सरकारको आह्वान

    काठमाडौं । अरब सागरमा उत्पन्न भएको ताउ ते नामक चक्रवातका कारण भारतको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । भारतका दक्षिणी राज्यहरु बढी प्रभावित बनेका छन् । यसले नेपालमा समेत मौसम प्रतिकुल बनेको छ । सोहीकारण सगरमाथासहित विभिन्न हिमालमा समेत जोखिम बढेको छ ।

    सरकारले मौसम बिग्रिएको यो अवधिमा पर्वतारोहण गतिविधि स्थगित गरि सुरक्षित रहन आह्वान गरेको छ । पर्यटन विभागकी निर्देशक मीरा आचार्यले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई सामाजिक संजालमार्फत अनुरोध गरेकी छिन् । मौसम २० तारिखपछि भने सफा हुने अनुमान छ । त्यसपछि एकै पटक धेरै आरोही सगरमाथा चुचुरोतर्फ लाग्ने छन् ।

    अहिले २ सय भन्दा बढी आरोही सगरमाथाको क्याम्प टूमा रहेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना छ । आज नेपालमा देशभर मौसम बद्ली हुनेछ ।

    अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । बुधबार बेलुकादेखि शुक्रवारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

  • तातोपानी नाकाबाट १८ हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्रन थाल्यो

    तातोपानी नाकाबाट १८ हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्रन थाल्यो

    काठमाडौं । नेपाल र चीनको स्थल नाका तातोपानीबाट अक्सिजनका खाली सिलिण्डर भित्रन शुरु गरेको छ । आज २५ सय सिलिण्डर नाकामा आइसकेको भन्सार कार्यालयले जनाएको छ । यी सिलिण्डर तिब्बतको खासाबाट नेपाली व्यापारिले खरीद गरेका हुन् । नेपाली ब्यापारीले कुल १८ हजार थान सिलिण्डर मगाएको र त्यसमध्ये आज २५ सय थान भन्सारमा कार्यालयको भनाई छ ।

    थप सिलिण्डर र स्वास्थ्य समाग्री बोेकेका कन्टेनर समेत खासा आइपुगेको र नेपाल भित्रिने चरणमा बताइएको छ । यी सिलिण्डर सिल्क टान्सपोर्ट कम्पनीले ढुवानी गरेको हो । सोमबार १२ बजे चिनियाँ चार कन्टेनरमार्फत दुई कन्टेनरमा अक्सिजनका खाली सिलिण्डर र दुई कन्टेनरमा स्याउ भित्रिएको छ ।

    अक्सिजन सिलिण्डरसहित स्वास्थ सामग्री बोकेका ८० वटा कन्टेनर भने खासा बजार आइपुगेका छन् । ती कन्टेनरमा पिपिई सेट, सर्जिकल मास्क, स्यानिटाइजर, ग्लोभ्स, कोरोना भाइरस नियन्त्रणका लागि अति आवश्यक सर्जिकल उपकरण ल्याइएको बताइएको छ ।

    नेपालमा अक्सिजन सिलिण्डरको अभावले मानिसहरुको ज्यान जान थालेपछि छिमेकी मुलुक चीनबाट धमाधम स्वास्थ्य सामग्री भित्रिरहेको छ । आइतबार र सोमबार नेपाल वायुसेवा निगमको जहाजले समेत चीनको राजधानी बेइजिंगबाट ९७५ वटा सिलिण्डर काठमाडौं ल्याएको छ ।

  • पछिल्लो २४ घण्टामा ५७६७ जनाले जिते कोरोना

    पछिल्लो २४ घण्टामा ५७६७ जनाले जिते कोरोना

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७६७ जनाले कोरोना जितेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५७६७ जना संक्रमण मुक्त भएका हुन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ जना पुगेको छ । २१४ जना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै मृत्यु हुनेको संख्या ५२१२ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।

  • काठमाडौं उपत्यकामा ३०९८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ३०९८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ३०९८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा पीसीआर परीक्षणमा काठमाडौंमा २३४६ छन्।

    यस्तै, ललितपुरमा ४५४ र भक्तपुर जिल्लामा २९८ जना संक्रमित थपिएका छन् ।

  • नेपालमा ९२४७ जना संक्रमित थपिए, २१४ जनाको मृत्यु

    नेपालमा ९२४७ जना संक्रमित थपिए, २१४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ जना पुगेको छ । २१४ जना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै मृत्यु हुनेको संख्या ५२१२ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।

  • मदन र आश्रितलाई सम्झँदै एमाले नेता, घटना अझै रहस्यमय

    मदन र आश्रितलाई सम्झँदै एमाले नेता, घटना अझै रहस्यमय

    काठमाडौं । २८ वर्ष अगाडी भएको एक रहस्यमय दुर्घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको ज्यान गयो । आज २०५० साल ३ जेठमा भएको यो घटनाको सम्झनामा आज एमाले नेताहरुले विज्ञप्ती निकालिरहेका छन् । तर, पटक पटक एमाले सत्तामा पुग्दा समेत घटनाको यथार्थ पत्ता लगाउन नसक्नुमा भने एमाले कार्यक्रर्ता स्वयमः आक्रोसित हुने गरेका छन् ।

    नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन पुनः सम्बन्धित पक्षमा आग्रह गरेका छन् । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा जिप दुर्घटनामा मदन–आश्रितको मृत्यु भएको थियो । यो दुर्घटना नभई हत्या भएको आरोप कार्यक्रर्ताको छ ।

    नेता नेपालले जननेता भण्डारी र आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर नआएको भन्दै घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको उल्लेख गरेका छन् ।

  • प्रचण्ड अब माओवादी केन्द्रको सुदृढिकरणमा लाग्ने, जनताबाट मागे सुझाव

    प्रचण्ड अब माओवादी केन्द्रको सुदृढिकरणमा लाग्ने, जनताबाट मागे सुझाव

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब माओवादी केन्द्रको पुनर्स‌रचना तथा सुदृढिकरणमा केन्द्रित हुने भएका छन् । सत्ता जोड घटाउ र नेकपा विवादका कारण आलोचनाको शिकार बनेका उनले यसबीचमा सत्ताको दावि भने गरेका थिएनन् । तर, अब भने उनले पार्टीको सुदृढिकरणमा लाग्ने भएका हुन् ।

    आइतबार उनले आफ्नो फेसबुक पेजमार्फत् आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको उल्लेख गरेका छन् । उनले पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव पठाउन जनतासँग आग्रह समेत गरेका छन् ।

    उनले भनेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।’ उनले  [email protected] इमेल सार्वजनिक गर्दै सुझाव मागेका हुन् ।