न्युयोर्क लुजियानाका एक प्रहरी अधिकृतले फेसबुकमा जातिबाद झल्कने कमेन्ट गरेका कारण उनलाई सेवाबाट बर्खास्त गरिएको छ । लुजियानास्थित क्याप्लन पुलिस डिपार्टमेन्टमा कार्यरत स्टेभन अक्वान नामका ती प्रहरी अधिकृतले राज्यका गभर्नरको कोरोना भाइरस सम्बन्धि नियमित प्रेस ब्रिफिङको प्रत्यक्ष प्रसारण गर्दै गरेको स्थानीय मिडियाको भिडियो न्युज फिडमा अक्वानले जातियता सम्बन्धि कमेन्ट गरेका थिए ।… Continue reading एक शब्दको फेसबुक कमेन्टले गयो एक प्रहरी अधिकृतको जागिर
Category: समाचार
प्रहरीले घाँटी थिचेर मृत्यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर
न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्यु भएपछि उनको परिवारले २४ घण्टा भन्दा कम समयमा ५ लाख अमेरिकी डलर सहयोग संकलन गरेका छन् । फ्लोएडका आफ्नै भाइ फिलोनिस फ्लोएडले मेई २७ तारिख बुधबार दिउसो ‘गो फण्ड मि’ मा जिवित परिवारको सहयोगको लागि खाता… Continue reading प्रहरीले घाँटी थिचेर मृत्यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर
भारतबाट फर्किदा बाटोमै मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
काठमाडौं । भारतबाट अर्घाखाँची फर्किदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । भारतको गुजरातबाट फर्किदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको स्रोतले जनाएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय पुरुषको बाटोमा ज्यान गएको थियो । बसमा सवार… Continue reading भारतबाट फर्किदा बाटोमै मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना
कोरोना संक्रमणको कारण ५ महिना भित्र विश्वमा ३ लाख ५७ हजार मानिसको मृत्यु भै सकेको छ भने मृतकको ३० प्रतिशत हिस्सा अमेरिका एक्लैले बोकेको छ ।विश्वभर ५८ लाख संक्रमित मध्ये २५ लाख सञ्चो भई सामान्य जिवनमा फर्कि सकेका छन् । सञ्चो भएर फर्किएका मध्ये हालै दक्षिण अमेरिकी मुलुक चिलीकी एक १ सय ११ बर्षीया बृद्धाले… Continue reading सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना
१४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्। कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब… Continue reading १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो । देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४,… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो
कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?
काठमाडौं । नेपालमा बुधबारसम्म स्वास्थ्य मन्त्रालयले पुष्टि गरे अनुसार ८ सय ८६ जनामा संक्रमण देखिएको छ । बुधबार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म ४७ जिल्लामा संक्रमण देखिइसकेको छ। त्यस्तै, १ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको भने मृत्यु भएको छ। सार्कदेशमा देखिएको संक्रमण सबैभन्दा कम भुटानमा रहेको छ… Continue reading कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?
प्रदेश २ : धनुषाका २९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका… Continue reading प्रदेश २ : धनुषाका २९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
२४१ कैदीको सजाय मिनाहा
काठमाडौं । आज सरकारले २४१ जना कैदीको कैद सजाय मिनाह गरिदिएको छ । गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा र आठ जना व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायत सजायँ माफ गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद सजायँ मिनाहा तथा दण्ड जरिवाना माफी दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको… Continue reading २४१ कैदीको सजाय मिनाहा
कोरोना निस्तेज पार्न न्युयोर्क प्रहरीको हजारौं गाडी एक सय तेत्तिस डिग्री तातोमा सेकिंदै
न्युयोर्क कोरोना महामारीको कारण दिन रात सुरक्षामा खाटिनु पर्ने प्रहरीले प्रयोग गर्ने हजारौं गाडीलाई भाइरस निस्क्रामण कसरी बनाउने भन्ने चुनौती बीच गाडी निर्माण कम्पनी स्वयमले सफ्टवेर निर्माण गरेर भाइरस निस्क्रामक गर्ने भएको छ । न्युयोर्क प्रहरी डिपार्ट्मेन्ट्ले आफुले प्रयोग गर्दै आएको हजारौं फोर्डका गाडीलाई भाईरस निस्तेज बनाउनको लागि फोर्ड गाडी निर्माण कम्पनीलाई अनुरोध गरेको थियो… Continue reading कोरोना निस्तेज पार्न न्युयोर्क प्रहरीको हजारौं गाडी एक सय तेत्तिस डिग्री तातोमा सेकिंदै
नेपालमा एक दिनमा अहिलेसम्म कै धेरै सङ्क्रमित भेटिए, कुल बिरामी ९ सयभन्दा माथि
काठमाडौं । नेपालमा बुधबार सर्वाधिक सङ्ख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन उक्त संख्यामा कोरोनाका बिरामी भेटिएका हुन् । बुधबार थपिएको सङ्ख्यासँगै नेपालमा कुल संक्रमित संख्या ९०१ पुगेको… Continue reading नेपालमा एक दिनमा अहिलेसम्म कै धेरै सङ्क्रमित भेटिए, कुल बिरामी ९ सयभन्दा माथि
भारत चीन सिमा बिबादमा बोले ट्रम्प
न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत चीन सिमा बिबादमा बोलेका छन् । ट्रम्पले आफ्नो ब्यक्तिगत ट्विटर एकाउन्ट मार्फत अमेरिका भारत – चीन बीचमा चलिरहेको सिमा बिबादमा अमेरिका मध्यस्थता गर्न तयार रहेको भन्दै लेखेका छन् । ट्रम्पले बुधबार बिहान आफ्नो ट्विटरमा लेखेका छन्; “हामीले चीन र भारत दुबैलाई जानकारी गराई सकेका छौं कि… Continue reading भारत चीन सिमा बिबादमा बोले ट्रम्प
रुकुम घटनामा हराइरहेका तीन मध्ये एक जनाको शव फेला
रुकुम । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा घटेको घटनामा हराइरहेका तीन जना मध्ये एक जनाको शव बुधबार फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको शव भेरी नदीको किनारमा फेला परेको प्रहरीले पुष्टी गरेको छ । उनको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु भन्ने स्थानमा फेला परेको हो । जिल्ला प्रहरी… Continue reading रुकुम घटनामा हराइरहेका तीन मध्ये एक जनाको शव फेला
न्युयोर्कका बिद्यालयमा पढ्ने विद्यार्थीलाई प्रति महिना ४२० डलरको कार्ड घर घरमा आउँदै
न्युयोर्क जुन महिनादेखि न्युयोर्क सहरमा आबद्ध विद्यार्थीका परिवारले प्रति महिना ४ सय २० डलरको फुड कार्ड प्राप्त गर्ने भएका छन् । बिद्यालय बन्द रहेको अवस्थामा बच्चाहरुको खानामा मद्धत गर्ने उदेश्यले उक्त फुड कार्ड उपलब्ध गराउन लागेको जनाएको छ । प्रति दिन ५ डलर ७० सेन्टको दरमा बिद्यालय बन्द भएको मिति मार्च १६ देखि यो बर्षको… Continue reading न्युयोर्कका बिद्यालयमा पढ्ने विद्यार्थीलाई प्रति महिना ४२० डलरको कार्ड घर घरमा आउँदै
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८३ पुग्यो
काठमाडौं । नेपालमा थप ७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएका जानाकारी अनुसार पछिल्लो पटक कोशी अस्तपालका बाट ४ जना र बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । यो सहित कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या… Continue reading नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८३ पुग्यो
नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा
काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो। मंगलबार मात्रै देशभर… Continue reading नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा
स्वास्थ्य मन्त्री काममा फर्किए, पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका एकजना कोरोना संक्रमितलाई भेटेका थिए । बिरामीमा कोरोना संक्रमण पुष्टी भएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा थिए । उनको मंगलबार कोरोना परीक्षण गरिएको छ । जसमा रिपोर्ट नेगेटिभ आएको छ । त्यसपछि भने उनी मंगलबार नै… Continue reading स्वास्थ्य मन्त्री काममा फर्किए, पिसिआर रिपोर्ट नेगेटिभ
जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो
टोकियो जापानमा कोरोना भाईरस पछि लगाईएको संकटकाल अन्त्य गरिएको छ । प्रधानमन्त्री मन्त्री सिन्जो अबेले ८ सय ५१ जनाको मृत्यु पछि जापानमा लगाइएको राष्ट्रिय संकटकाल हटाईएको घोषणा गरेका छन् । जापानमा राष्ट्रिय संकटकाल लगाईए पनि लकडाउन बिना नै कोरोना नियन्त्रण गरिएको थियो । सोमबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री अबेले भने; “मैले राष्ट्रिय संकटकालको अन्त्य गर्ने… Continue reading जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो
दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो
न्युयोर्क झन्डै दुई महिना पछि न्युयोर्क शेयर बजार मंगलवार खुलेको छ । कोरोना महामारीले लामो समयदेखि बन्द रहेको न्युयोर्क शेयर बजार मंगलवार खुले पछिको पहिलो घण्टी गभर्नर कुमो र न्युयोर्क शेयर बजारकी अध्यक्ष स्ट्यासी कुनिङ्घमले बजाएका थिए । न्युयोर्क सेयर बजार कोरोना महामारी पछि गत मार्च २३ तारिगदेखि बन्द थियो । … Continue reading दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो
मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्यु (डरलाग्दो भिडियो)
न्युयोर्क मिनियापोलिसस्थित एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा सुताएर गर्धनमा घुँडाले कुल्चिएको र ती अस्वेत मानिसको निसास्सिएर मृत्यु भएको हृदयबिदारक एक भिडियो बाहिरिएको छ । उक्त दिमाग खल्बलिने भिडियो मिनियापोलिसस्थित सोमबार खिचिएको ‘डेली मेल’ लेखेको छ । ती अश्वेत मानिसको मृत्यु पछि घटनामा संलग्न प्रहरी अधिकृतहरुलाई बिदामा राखिएको जनाईएको छ । घटनाको बारेमा फेडरल… Continue reading मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्यु (डरलाग्दो भिडियो)
२४ घण्टामा ९० जनामा कोरोना, अब नेपालमा ७७२ पुग्यो संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमित ७७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २,… Continue reading २४ घण्टामा ९० जनामा कोरोना, अब नेपालमा ७७२ पुग्यो संक्रमण
गुल्मीको धुर्कोटमा जनप्रतिनिधीलाई देखियो कोरोना
गुल्मी । गुल्मीमा एक जना जनप्रतिनिधिमा कोरोना पुष्टी भएको छ । गुल्मीको धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिमा कोरोना पुष्टी भएको हो । गुल्मीमा सोमबार दुई जनामा कोरोना पुष्टी भएको थियो । त्यसमध्ये एक गाउँपालिकाका जनप्रतिनिधि र अर्को एक जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले पुष्टी गरे । जनप्रतिनि सरकारी निवासमा बस्दै… Continue reading गुल्मीको धुर्कोटमा जनप्रतिनिधीलाई देखियो कोरोना
कर्णालीमा थपिए नयाँ संक्रमित : सुर्खेतका १२ जनामा कोरोना
काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान थप पुष्टि भएसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । थपिएका संक्रमित मध्ये ८ जना वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा-८ का २ जना र २ जना सिम्ता गाउँपालिकाका रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा विज्ञप्तिमा जनाईएको छ ।… Continue reading कर्णालीमा थपिए नयाँ संक्रमित : सुर्खेतका १२ जनामा कोरोना
टिपरको ठक्करले ट्राफिक अधिकृतको मृत्यु, चालकले गरेका थिए मापसे
भक्तपुरमा टिपरको ठक्करले एक प्रहरी अधिकृतको ज्यान गएको छ । टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सइ) निमबहादुर घर्ती मगरको ज्यान गएको हो । टिपरको ठक्करले गम्भीर घाइते उनको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको खाली टिपर र बा ४ ख ४३१८ नम्बरको… Continue reading टिपरको ठक्करले ट्राफिक अधिकृतको मृत्यु, चालकले गरेका थिए मापसे
महामारी बीच नै अमेरिकाको दुई राज्यमा गोली प्रहारबाट एकै रात १४ को मृत्यु २४ घाईते
न्युयोर्क अमेरिकामा कोरोना महामारी जारी नै छ । दैनिक पाँच सयदेखि एक हजारको अनुपातमा मानिसहरुको मृत्यु भै रहेको छ । दैनिक हजारौ संक्रमित बढी रहेका छन् । कोरोना महामारीको संकट सुरु हुने बित्तिकै बन्दुक खरिद गर्न हतियार पसलमा भिड लागेको अमेरिकामा गोली प्रहारका समाचार पनि बढ्न थालिएको छ । अमेरिकाको सेन्ट लुईस राज्यको मिजौरी क्षेत्रमा… Continue reading महामारी बीच नै अमेरिकाको दुई राज्यमा गोली प्रहारबाट एकै रात १४ को मृत्यु २४ घाईते
कोरोना महामारीमा यस्तो छ; अमेरिकाको आजको तस्बिर
न्युयोर्क अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख पुग्न अब केही सय मात्र बाँकी छ । जुन संख्या राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै बेला अनुमान गरेको मृतकको संख्याको दोब्बर हो । देश कै अग्रणी संचार माध्यम न्युयोर्क टाईम्सले आफ्नो आईतबारको अंकमा ‘हिसाब नगरिएको क्षति’ शिर्षक राखेर पहिलो पृष्ठमा महामारीमा मृत्यु हुनेहरुको नामावली मात्रै छापेको छ… Continue reading कोरोना महामारीमा यस्तो छ; अमेरिकाको आजको तस्बिर
अफ्ठ्यारोमा परेका नेपालीको उद्धार हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अफ्ठ्यारोमा परेका सबै नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि कार्ययोजना बनिरहेको उनले जानकारी दिए । उनले भारतबाट आउने व्यक्तिलाई उपयुक्त तवरबाट कोरोना परीक्षण हुन नसक्दा समुदाय स्तरमा कोरोना फैलिएको समेत स्वीकार गरे । आगामी दिनमा कोरोना भाइरसको परीक्षण बढाउँदै… Continue reading अफ्ठ्यारोमा परेका नेपालीको उद्धार हुन्छ : प्रधानमन्त्री
नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त
काठमाडौं । नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ४६ हजार ८ सय ३४ जनाको नमूना परीक्षण भएको छ । ५१ हजार ६ सय ४२ जनाको पिसिआर र ९५ हजार १ सय ९२ जनाको आरडिटिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४ जनाको नमूना परीक्षण भएको… Continue reading नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त
नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२
काठमाडौं । नेपालमा ७ थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। भेरीमा गरिएको परीक्षणमा कोरोना देखिनेमा बर्दियाको गुलरियका-१० मा २२ र २४ वर्षीय पुरुषहरु, गुलरिया -२ का १८ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा… Continue reading नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२
कपिलवस्तुबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं । एकै दिन ७२ जना कोरोना संक्रमित थपिएको दिन ११ जना भने डिस्चार्ज भएका छन् । नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिका अनुसार कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएकी हुन् । अब कोरोनालाई जित्ने नेपालीको संख्या ११२ पुगेको छ ।