Category: समाचार

  • भारतमा शुरु भयो ताउ ते चक्रवातको वितण्डा, नेपालमा समेत प्रभाव पर्ने

    भारतमा शुरु भयो ताउ ते चक्रवातको वितण्डा, नेपालमा समेत प्रभाव पर्ने

    काठमाडौं । भारतमा ताउ ते नामक चक्रवातको वितण्डा शुरु भएको छ । आइतबार आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले पुष्टी गरेका छन् । चक्रवातको असर ७३ वटा गाउँमा परेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    अहिले कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षा भएको खबर छ । अरब सागरमा विकसित चक्रवातबाट नेपाल समेत प्रभावित हुने देखिएको मौसमविद्को भनाई छ । यसले नेपालमा प्रत्यक्ष प्रभाव पार्न सक्ने छैन । तर, हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

    नेपालमा चक्रवातको असर सोमबारदेखि नै देखिन थाल्ने भएको छ । मंगलबार देशभर नै प्रभाव देखिने अनुमान मौसमविद्को छ । ‘ताउ ते’को प्रभाव भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरात बढी पर्ने बताइएको छ । गुजरात क्षेत्रमा सोमबार साँझ जमीनमा ठोक्किने पूर्वानुमान त्यहाँको मौसम विभागले जनाएको छ ।

  • एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

    एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

    काठमाडौं । नेकपा एमालेको विवाद सुल्झाउन कार्यदल गठन गरिएको छ ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएको भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएको हो।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुईनेता बीच करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको छ ।

    कार्यदलमा दुवै पक्षका ५र५ जना सदस्य समेटेर कार्यदल बनाइएको छ ।

    कार्यदलको सदस्यमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

    कार्यदलले तयार पारेको खाकाका आधारमा पार्टीभित्रका समस्या सुल्झाउदै जाने नेता नेपालले बताए । दुवै नेताबीच २०७५ जेठ २ मा फर्किने सहमति भएको छ ।

  • काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिइसक्न निर्देशन

    काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिइसक्न निर्देशन

    काठमाडौं । महानगरपालिकाले आफ्नो महानगरभित्रका सबै विद्यालयहरूलाई जेठ २० गतेसम्म परीक्षा सक्न निर्देशन दिएको छ ।

    महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना निकालेर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिनसक्न निर्देशन दिएका हुन् ।

    सूचनामा अनलाइन/अफलाइन/टेलिफोन/ इमेलबाट प्रश्न पठाएर लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा लिन आग्रह गरिएको छ । जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो।

  • पछिल्लो २४ घण्टामा ६६४८ जना संक्रमण मुक्त

    पछिल्लो २४ घण्टामा ६६४८ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४८ जनाले कोरोना जितेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६६४८ जना संक्रमण मुक्त भएका हुन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ जना पुगेको छ । १४५ जना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै मृत्यु हुनेको संख्या ५०१ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ५३९ रहेको छ ।

  • काठमाडौं उपत्यकामा २६०९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २६०९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा २६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • नेपालमा थप ७३६८ जनामा कोरोना पुष्टी, १४५ जना संक्रमितको मृत्यु

    नेपालमा थप ७३६८ जनामा कोरोना पुष्टी, १४५ जना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा ७३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ जना पुगेको छ । १४५ जना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै मृत्यु हुनेको संख्या ५०१ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ५३९ रहेको छ ।

  • केजरिवालले १५ दिनमा ५ सय शैयाको अस्पताल बनाएपछि ओलीमाथि जनताको कटाक्ष

    केजरिवालले १५ दिनमा ५ सय शैयाको अस्पताल बनाएपछि ओलीमाथि जनताको कटाक्ष

    काठमाडौं । प्रधानमन्त्रीमा तेस्रो पटक निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गोदावरीस्थित ३ हजार सीट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गरे । काम नसकिँदै आयोजना उद्घाटनको दौडमा लागेका उनको यसै पनि आलोचना भइरहेको थियो ।

    शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

    शनिबार दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको समाचार सार्वजनिक भयो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै यसको जानकारी गराए ।

    यससँगै नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना शुरु भएको छ । उनले शनिबार कोरोना महामारीमा अहिले पनि बेडको अभाव नभएको भन्दै हल्का टिप्पणी गरेका छन् । उनको यो अभिव्यक्तिको जनतस्तरबाट भने आलोचना भइरहेको छ । उता, केजरीवालले संचालनमा ल्याएको अस्पतालको २५० बेड शनिबारदेखि सूचारु भएको छ ।

    सोमबारबाट २५० बेड समेत सञ्चालन हुने भएको छ । केजरीवालले युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय आईसीयू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गरेका छन् ।

    उनको सक्रियताका कारण अहिले दिल्लीमा कोरोनाको संक्रमण र मृत्युदरमा उल्लेख्य कमी आएको छ । अक्सिजनको व्यवस्थापनमा समेत दिल्ली र मुम्बई सफल राज्य बन्न सफल भएका छन् । दिल्लीको जनसंख्या नेपालको पुरै जनसंख्या बराबर रहेको छ ।

  • नेपालमा कोरोनाबाट थप १८७ को मृत्यु, मृत्युदर भने घट्दै

    नेपालमा कोरोनाबाट थप १८७ को मृत्यु, मृत्युदर भने घट्दै

    काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मानवीय क्षतिको उच्च दरमा केही कमी देखिएको छ । शनिबार सार्वजनिक पछिल्लो २४ घण्टायताको तथ्यांक अनुसार देशभर कोरोना भाइरस संक्रमणबाट १८७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब देशभर मृत्यु हुनेको संख्या ४८५६ जना पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये १.०८४ प्रतिशतको ज्यान गएको देखिएको छ । नेपालमा पछिल्लो दिनमा संक्रमित बढेसँगै मृत्युदर समेत बढेको हो ।

  • नेपालबारे बोल्यो विश्व स्वास्थ्य संगठन, आपतकालिन सहयोग आवश्यक

    नेपालबारे बोल्यो विश्व स्वास्थ्य संगठन, आपतकालिन सहयोग आवश्यक

    काठमाडौं । नेपालमा फैलिएको कोरोना महामारीबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को धारणा आएको छ । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपतकालिन सहायताको आवश्यक रहेको संगठनको भनाई छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले शुक्रवार नियमित प्रेस सम्मेलनमा यस्तो धारणा राखेका हुन् ।

    उनले भारतसहित नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताए । उनका अनुसार अफ्रिका र अमेरिकी महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको छ । यी देश सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको समेत उनले बताए ।

    डा गेहब्रेयससले डब्ल्यूएचओ सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई यी मुलुकमा बिस्तार गर्ने उल्लेख गरे । पछिल्लो दुई सातामा नेपालमा एक लाख १० हजार ७६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १,३७१ जनाको मृत्यु भइसकेको छ ।

  • पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’

    पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’

    काठमाडौं । नेपालको पुरानो मध्ये एक सोल्टी क्राउन प्लाजा अब ‘दि सोल्टी काठमाडौं’का नामबाट चिनिने भएको छ । आतिथ्य व्यवसायमा करीब ५४ वर्ष पुरानो सोल्टी होटलले ‘दि सोल्टी काठमाडौं’ का नामबाट रिब्राण्डिंग हुने निर्णय गरेको हो । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टका अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) को व्यवस्थापन सम्झौता समाप्त भएको छ । यो लण्डनको कम्पनी थियो । सोल्टीले अब व्यवस्थापन तथा संचालन दुबैमा विदेशी साझेदार राख्ने छैन । सोहीकारण नेपाली नामबाटै परिचित हुने निर्णय भएको हो ।
    दि सोल्टी काठमाडौंका रुपमा कम्पनीले होटलसँगै एलएसजी स्काई सेफ काठमाडौंसमेत सञ्चालन गरिरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्तरीय लाउन्जसमेत सोल्टीकै व्यवस्थापनमा सञ्चालनमा रहेको छ । कम्पनीले दुई वर्ष अगाडि मात्र नेपालगञ्जमा अर्को पाँचतारे होटेल ‘सोल्टी वेष्टेण्ड प्रिमियर’ सञ्चालनमा ल्याइसकेको छ । सोल्टी अतिविष्टि पाहुनाहरु आउँदा नेपालमा रहँने सबैभन्दा चर्चित होटेल पनि हो । यहाँ सार्क सम्मेलनका दौरान राष्ट्रप्रमुख बस्न बनाइएका सात वटा विशेष कोठा छन् । सोल्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहको समेत लगानी छ । केही सेयर नेपाल वायुसेवा निगमको समेत रहेको छ ।

  • गोकर्णमा टिपरको ठक्करबाट मोटर साईकल चालकको मृत्‍यु

    गोकर्णमा टिपरको ठक्करबाट मोटर साईकल चालकको मृत्‍यु


    अमृता के सी ( रोनी )
    काठमाडौँ जेेेठ ०१ । गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णमा शुक्रबार साँझ टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। साँझ करिव ८:४० को समयमा गोकर्ण अस्पताल मुनीको सुन्दरिजल सडक खण्डमा टिपरले पल्सर बाइकलाई ठक्कर दिँदा मोटर साईकल चालकको घटनास्थलमा मृत्‍यु भएको हो । घटनामा संलग्न टिपर चालक फरार भएको जानकारी स्थानीयले गराए। मृतक मोटर साईकल चालकको पहिचान नखुलेको प्रहरी श्रोतले जनाएको छ । दुर्घटनामा परेको पल्सर मोटर साईकलको नम्बर बा २० प ४५३० रहेको छ ।

    कसैले उक्त बाइक नम्बर चिनेमा तुरुन्तै गोकर्ण प्रहरी प्रभागमा खबर गर्न गोकर्ण प्रहरीले अनुरोध गरेको छ।

  • नेपालमा थप ८५२० जनामा कोरोना पुष्टी, २०३ जना संक्रमितको मृत्यु

    नेपालमा थप ८५२० जनामा कोरोना पुष्टी, २०३ जना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९४८ जनाको पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६१३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ । २०३ जना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै मृत्यु हुनेको संख्या ४६६९ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख ७ हजार३३६ रहेको छ ।

  • पूर्वरानी कोमल शाह डिस्चार्ज

    पूर्वरानी कोमल शाह डिस्चार्ज

    काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छिन् ।

    अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोनाभाइरस संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु अस्पताल भर्ना भएका थिए ।

    पूर्वराजा शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् । पूर्वरानीलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो ।

    प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको नर्भिकले जनाएको छ ।

  • प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, को-को भए मन्त्री ?

    प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, को-को भए मन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका छन् ।

    उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्ति सिफारिस गरेका हुन् । जसमा यसअघिको मन्त्रिपरिषदमा रहेका सबैलाई मन्त्री बनाएका छन् ।

    जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बताएपछि सबै पुरानै मन्त्रीले निरन्तरता पाएका हुन् ।

    कोको भए मन्त्री ?
    १. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
    २‍. रामबहादुर थापा बादल, गृह
    ३. टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
    ४. विष्णु पौडेल, अर्थ
    ५. प्रदीप ज्ञवाली, परराष्ट्र
    ६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
    ७. लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
    ८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
    ९. प्रभु साह, सहरी विकास
    १०.भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    ११. मणिचन्द्र थापा, खानेपानी
    १२. पद्‍मा अर्याल, कृषि
    १३. बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
    १४. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    १५. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
    १६. शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    १७. लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
    १८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
    १९. प्रेमबहादुर आले, वन
    २०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    २१. दावा लामा तामाङ, युवा तथा खेलकुद

    राज्यमन्त्रीहरु

    २२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
    २३. रामवीर मानन्धर, सहरी विकास
    २४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

  • प्रधानमन्त्री अ‍ोलीले लिए पद तथा गोपनियताको शपथ

    प्रधानमन्त्री अ‍ोलीले लिए पद तथा गोपनियताको शपथ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पद तथा गोपनियताको शपग्रहण लिएका छन् ।

    शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री अ‍ोलीलाई पद तथा गोनियताको शपथग्रहण गराएकी हुन् ।

    शपथ ग्रहण कार्यक्रममा मन्त्री, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत विभिन्न निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

    ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    सोमबार संसदमा विश्वासको मत लिएका थिए । एमाले नेता माधव नेपाल समूहले प्रधानमन्त्रीको पक्षमा मत नदिएपछि उनले संसदबाट विश्वासको मत गुमाएका थिए ।

    त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

    उनले पहिलो पटक २०७२ असोज २४ मा प्रधानमन्त्रीको पहिलो शपथ लिएका थिए । २०७४ फागुन ३ गते उनले प्रधानमन्त्री पदको दोस्रोपटक शपथ लिएका थिए । यो सँगै ओली नेपालको ४२ औँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

  • बूढानीलकण्ठ नगरपालिकाका  सम्पूर्ण सहकारी संस्थाहरूका सेवा  स्थगित

    बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण सहकारी संस्थाहरूका सेवा स्थगित


    अमृता के सी ( रोनी )
    काठमाडौँ, बैशाख ३१ ।बूढानीलकण्ठ नगरपालिकाले बैशाख ३१ गते देखि नगरभित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरूले कार्यालय मार्फत दिने सेवा प्रवाहलाइ स्थगित गर्न सूचना प्रकाशित गरेको छ ।अत्यावश्यक अवस्थामा प्रविधिकाे माध्यमबाट नभए सम्पर्क व्यक्ति ताेकि बैकल्पिक रूपमा वित्तिय सेवा प्रवाह गर्न नगरपालिकाले जानकारी गराएको छ।

    भौतिक उपस्थिती बिना अधिकतम प्रबिधीको प्रयाेग गरि संस्थाका सदस्यहरूमा महामारी संक्रमण राेकथाममा लागि पर्न समेत नगरपालिकाले भनेको छ । आवश्यक स्वास्थ्य मापदण्डकाे र निषेधाज्ञाकाे पालना गर्नका सचेतना फैलाउनका साथै, सदस्यहरू सँग नियमित सम्पर्कमा रहि उनीहरूलाई परेकाे समस्या बारे जानकारी लिइ नगरपालिका सँग समन्वय गरी सदस्य तथा समुदायकाे स्वास्थ्य सेवामा सहजीकरण गर्न नगरको सम्पूर्ण सहकारी संस्थाहरूलाई प्रकाशित सूचनामा भनिएको छ ।

    उक्त सूचनामा निषेधाज्ञा अवधिभर घर दैलाैमा गइ बचत संकलन गर्ने कार्य हाललाइ पूर्ण रूपमा स्थगन गर्न भनिएको छ । गैर वित्तय सेवा प्रवाह गर्ने सहकारी संघ संस्थाहरूले (खाद्यान्न, तरकारी, दुध) आदि भाैतिक दुरी तथा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरि सुरूक्षित रूपमा वस्तु तथा सेवा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।

  • आज मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदै

    आज मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदै

    काठमाडौं । आज विश्वभरका मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदैछन् । नेपालमा समेत यो पर्व मनाइन्छ । रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले ईद पर्व मनाउने गर्छन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बस्ने र सौव्वाल महिनाको पहिलो तारिखमा पर्ने ईद मनाउने प्रचलन रहेको छ ।

    ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा रहेको छ । यस दिन नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने प्रचलन रहेको छ । यो पर्वका दिन मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । यो वर्ष भने कोरोनाका कारण घरै नमाज पढ्नु पर्ने छ ।

  • प्रधानमन्त्री ओलीको सपथ आज, माधव पक्षका नेतासमेत मन्त्री बन्ने

    प्रधानमन्त्री ओलीको सपथ आज, माधव पक्षका नेतासमेत मन्त्री बन्ने

    काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले गराएको छ । ओलीको सपथ ग्रहण कार्यक्रम आज हुँदैछ ।

    प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेकी हुन् । वैकल्पिक सरकार गर्न विपक्षी दल असफल भएपछि उनी पुनः प्रधानमन्त्री बनेका हुन् ।

    प्रधानमन्त्री ओलीले आफ्नो सत्ता जोगाइदिएका माधव नेपाल पक्षका सांसदलाई समेत मन्त्री बनाउने तयारी गरेका छन् । यद्दपी नामको टुंगो लागेको छैन । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्छ । त्यसो गर्न नसके सरकार पुनः पदमुक्त हुनेछ ।

  • विपक्षी दलले दिन सकेनन् वैकल्पिक सरकार, प्रधानमन्त्रीमा पुनः ओली

    विपक्षी दलले दिन सकेनन् वैकल्पिक सरकार, प्रधानमन्त्रीमा पुनः ओली

    काठमाडौं । विपक्षी दलले तोकिएको समयमा वैकल्पिक सरकार दिन नसकेपछि अब प्रधानमन्त्री पदमा पुनः केपी शर्मा ओली नै नियुक्त हुने भएका छन् । आज दिनभरको कसरतमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले बहुमत जुटाउन सकेन । खासगरी महन्थ ठाकुर पक्षको जसपाले आज डेढ दर्जन सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राख्यो, जहाँ यादव पक्षले थप चलखेल गर्न सकेन ।

    फलस्वरुप विपक्षी गठबन्धनले बहुमत पुर्याउन सकेन । राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार बनाउन आजसम्मको समय दिएकी थिइन् । तर, दलहरु यसमा असफल भए । खासगरी विपक्षी दलले जसपाको समर्थन नपाएपनि एमालेको माधव नेपाल समुहका सांसदको राजिनामा आउने अपेक्षा गरेका थिए ।

    तर, अध्यक्ष ओली यो समुहप्रति निकै उदार बन्दै कारवाही फुकुवा गरि फकाउन सफल भएका छन् । सोहीकारण अब पुन संविधानको धारा ७६ के उपधारा ३ बमोजिम एमालेको सरकार बन्ने छ । यस प्रावधान अनुसार बनेको सरकारले एक महिना भित्र संसदमा विश्वासको मत लिनु पर्छ ।

    त्यसो गर्न नसके उनी फेरि पदमुक्त हुनेछन्। सोहीकारण अबको कम्तिमा एक महिना ओली नै प्रधानमन्त्री हुने निश्चित भएको छ । राष्ट्रपतिबाट आजै राती उनलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शुक्रबार सपथ ग्रहण गराउने तयारी छ ।

  • ओली र नेता नेपालबीचको वार्ता सकारात्मक, सांसदले तत्काल राजीनामा नदिने

    ओली र नेता नेपालबीचको वार्ता सकारात्मक, सांसदले तत्काल राजीनामा नदिने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।

    दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको हो। व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा भएको सहमति नजिक पुगेको छ ।

    वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मैले अस्ति पठाएको पत्रमा प्रस्ताव गरेको ६ बुँदामा छलफल भयो। फागुन २८ को निर्णय कसरी फिर्ता लिने भन्ने विषयमा कुरा भयो। छलफल जारी रहन्छ।’

    उनले सासंद पदबाट राजीनामा दिने विषय केही समयलाई टरेको उनले बताए। उनले अहिले नै सहमति भने भइनसकेको तर विभिन्न चरणमा वार्ता जारी रहेको बताए। वार्ताबाट बाहिर निस्किँदा नेता नेपाल खुशी नै देखिएका छन्।

    माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ ।

    तर २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच फाटो बढ्दै गएको थियो ।

  • उपत्यकामा ३५६२ जना कोरोना संक्रमित थपिए

    उपत्यकामा ३५६२ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । काठमाडौँ उपत्यकामा ३५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएका हुन् ।

  • नेपालमा थप ८९६० जनामा कोरोना पुष्टी, २१४ जना संक्रमितको मृत्यु

    नेपालमा थप ८९६० जनामा कोरोना पुष्टी, २१४ जना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ७७१ जनाको पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ।

  • दोहोरो अंकले बढ्यो नेप्से, १५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

    दोहोरो अंकले बढ्यो नेप्से, १५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से १०.१३ अकले बढेर २६८४.०१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ६ अर्ब ९७ करोड ३५ लाख ७९ हजार ९६ रुपैयाँ बराबरको २ करोड १६ लाख ८ हजार १८३ कित्ता शेयर किनबेच भएका छन् ।

    विहीबार कारोबारमा आएका १३ समूह मध्ये ९ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ४ वटाको परिसूचक घटेको छ ।

    कारोबारमा आएका १५ कम्पनीको लगानीकर्ता मालामाल भएका छन् । २ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ८५.१२ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २३.८६ अंकले घटेको छ ।

    कारोबारमा आएका २१८ कम्पनीमध्ये १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको घटेको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ४९ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल हाइड्रोेपावरको २५ करोड र अरुण काबेलीको २१ करोड रुपैयाँको कारोबार सहित शीर्ष तीनमा रहे ।

    दिव्यश्वरी हाइड्रोेपावर र समता घरेलु लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, आज विशाल बजार, रुरु जलविद्युत्, सांग्रिला विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोेपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत्, खानीखोला हाइड्रोेपावर, बेस्ट फाइनान्स र युनियन हाइड्रोेपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    बढ्दो बजारमा आज रिडी हाइड्रोेपावरको सेयर मूल्य सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ ।

  • पछि हटे ओली, माधव नेपाल समुहमाथिको कारवाही फिर्ता

    पछि हटे ओली, माधव नेपाल समुहमाथिको कारवाही फिर्ता

    काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेको छ ।

    विहीबार बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

    राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयको अन्तिम दिन प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।

    बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायतका कुरा गर्न पार्टी अध्यक्ष केपी ओलीलाई दिने निर्णय गरेको छ ।

  • पूर्वराजा डिस्चार्ज, पूर्वरानीको उपचार जारी

    पूर्वराजा डिस्चार्ज, पूर्वरानीको उपचार जारी

    काठमाडौं । कोरोना संक्रमण पछि काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन्। उनी बुधबार डिस्चार्ज भएका हुन् । भारतको हरिद्वारमा कुम्भमेलामा भाग लिएका पूर्वराजदम्पत्तिमा स्वदेश फर्किएपछि कोरोना संक्रमण पुष्टी भएको थियो । डिस्चार्जपछि उनी निजी निवास निर्मल निवासमा फर्किए ।

    पूर्वरानी कोमल शाहको भने अझै उपचार जारी छ । आइसियूमा राखेर लामो उपचारपछि उनी अहिले साधारण बेडमा छिन् । साधारण बेडमा समेत प्रतिमिनेट तीन लिटरसम्म अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ । पूर्वअधिराजकुमारी प्रेरणा भने कोरोना जित्न सफल भएकी छिन् । उनी पनि अस्पतालमै छिन् । अब कोमलको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि दुबै जना डिस्चार्ज हुने भएका छन् ।

  • आजबाट उपत्यकामा निषेधाज्ञामा कडाई, अत्यावश्यक बाहेक सबै कार्यालय बन्द

    आजबाट उपत्यकामा निषेधाज्ञामा कडाई, अत्यावश्यक बाहेक सबै कार्यालय बन्द

    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा कडाई गरिएको छ । अब उपत्यकाका सबै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन् । निषेधाज्ञा जेठ १३ गतेसम्म थपिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक आदेश जारी गरि कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले यस्तो निर्णय गर्नु परेको बताएका छन् ।

    औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा मात्र व्यक्ति घर बाहिर निस्किन पाउने छ । निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्ति राखेर निरन्तर काम गर्नुपर्नेछ ।

    निषेधाज्ञामा बिहान १० बजेसम्म भने अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला रहने छन् । सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म चलाउन पाइने छैन । हवाई आन्तरिक उडान अनिश्चित कालका लागि बन्द भएको छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन । घरमा दश जनासम्म उपस्थित भएर यस्तो कार्य गर्न सकिने छ ।

  • अमेरिकी संसदमा नेपालको कोभिड संक्रमण बृद्धिबारे कुरा उठ्यो, तत्काल सहयोग गर्ने सरकारी प्रतिवद्धता

    अमेरिकी संसदमा नेपालको कोभिड संक्रमण बृद्धिबारे कुरा उठ्यो, तत्काल सहयोग गर्ने सरकारी प्रतिवद्धता

    न्यूयोर्क

    नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढि रहँदा अमेरिकी माथिल्लो सदन सिनेटको संसदीय समितिमा यो बिषयले प्रवेश पाएको छ । सिनेटको वैदेशिक सम्बन्ध समितिको सुनुवाइमा बुधबार सिनेटरहरुले नेपालमा बढ्दो भाइरस संक्रमण र त्यसमा सरकारले गर्ने सहयोगबारे प्रश्न उठाएका हुन् ।

    कनेक्टिकट सिनेटर क्रिस मर्फी र न्यू ह्यामसायर सिनेटर जिन सहिनले सुनुवाइमा उपस्थित युएसएआइडीका कोभिड- १९ कोअर्डिनेटर जेरेमी कोनिन्डिकलाई नेपाललाई अमेरिकी सरकारले पुर्याउने सरयोग बारे प्रश्न गरेका हुन् । सिनेटर मर्फीले नेपालमा भाइरस संक्रमणको अवस्था छिमेकी भारतको जस्तै भयावह हुन नदिन सरकारले के सहयोग गर्न सक्छ भनेर प्रश्न गरेका थिए । यस्तै सिनेटर सहिनले समाचारहरुमा तीब्र रुपले नछाए पनि नेपालमा भाइरस संक्रमण उच्च रहेको तथ्यांक आफ्नो राज्यमा बसोबास गर्ने नेपालीहरुले आफुलाई सुनाएको बताएकी थिइन् ।

    जवाफमा कोनिन्डिक नेपाललाई कोभिड -१९ सँग जुध्न दुई करोड ३७ करोड डलर (करिब साढे दुई अर्ब रुपैयाँ) अमेरिकाले छुट्याएको र त्यसमा पनि एक करोड डलर हालै मात्र विनियोजन गरिएको जवाफ दिए । नेपाललाई भाइरस टेष्टिङ देखि अन्य अत्यावश्यक स्वास्थ्य उपकरणमा तुरुन्त सहयोग पुर्याउने उनले बताएका थिए ।

    अमेरिकामा भ्याक्सिन हान्ने संख्या बढेसँगै भाइरस नियन्त्रण उन्मुख देखिए पनि भारत लगायत देशमा पछिल्लो समय तीब्र संक्रमण बढेपछि सिनेटको बैदेशिक सम्बन्ध समितिले  ‘कोभिड-१९ पेन्डामिक एन्ड द युएस इन्टरनेशनल रेस्पोस्स’ शिर्षकको सुनुवाइ आयोजना गरेको हो ।

  • बूढानीलकण्ठ नगरपालिकाले सुरु गर्‍यो आइसोलेशन केन्द्र

    बूढानीलकण्ठ नगरपालिकाले सुरु गर्‍यो आइसोलेशन केन्द्र


    अमृता के सी ( रोनी )
    काठमाडौँ, बैशाख २९ ।बूढानीलकण्ठ नगरपालिका वडा नं २ बाँडेपाखा स्थित बि.एम.सी.ए विद्यालयमा २५ बेडको निःशुल्क आइसाेलेशन सेन्टर तयार भएकाे छ । बूढानीलकण्ठ नगरपालिकाको संयोजनमा तयार पारीएको आइसोलेशन सेन्टरमा आवश्यकता अनुसार थप १० वटा बेडकाे व्यवस्था गरिने समेत जानकारी दिएको छ । आइसोलेशन सेन्टरमा कोरोना संक्रमित बिरामीलाई बूढानीलकण्ठ नगरपालिकाबाट नै निशुल्क नियमित खानपान सहित नेपाल सरकारले तोकिएको औषधि र भिटामिनको समेत व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

    सेन्टरमा भर्ना हुन बूनपा नगर भित्र डेरामा बसोबास गरेका, निम्न आर्थिक स्तर साथै होम आइसोलेशनमा बस्न प्रयाप्त ठाउँ नभएर समस्या परेका कोभिड संक्रमित व्यक्तिहरुले सम्बन्धित वडा कार्यालय वा बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखामा सूचना गराउनु पर्ने व्यवस्था गरिएको छ । सेन्टरमा १ चिकित्सक, १ स्टाफ नर्स र १ प्यारामेडिककाे टाेली रहकाे छ भने २४ सै घण्टा सेवाका लागि सहायक कर्मचारी समेत खटाइएकाे । सो टाेलीलाई १५ दिन खटाइने र १५ दिन क्वारेन्टिनमा राखिने छ । क्वारेन्टिनमा पश्चात काेभिड टेस्ट गरि नेगेटिभ देखाइसके पछि मात्रै टोलीलाई पुनः आइसाेलेशन सेन्टरमा खटाइने छ ।कोभिड १९ को यो महामारीमा संक्रमितलाई हस्पिटलमा बेड नै खाली नहुने,घरमा छुट्टै बस्न ठाउँको समस्या भएको अवस्थामा सो आइसोलेशनमा दिनकाे २ पटक सरसफाइ गरि संक्रमितको उचित हेर बिचार सहितको व्यवस्था गरिएको जानकारी सेन्टरका संयोजक एंव वडा सदस्य राजेन्द्र श्रेष्ठ गराए।

  • गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए पद तथा गोपनीयताको शपथ

    गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्रीमा पुनःनियुक्ति भएका गुरुङलाई बुधबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् ।

    बुधबार नै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

    गुरुङ मुख्यमन्त्री पदमा आज नियुक्त भए पनि उनले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

    प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

    आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।

    प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए। तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुगेको हो।

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।

    नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

    प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै पौडेलले ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी छिन् ।

    गुरुङ मुख्यमन्त्री पदमा आज नियुक्त भए पनि उनले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

    प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

    आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।

    प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए। तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुगेको हो।