Category: समाचार

  • ओलीका प्रतिनिधि र नेपाल पक्षको निर्णायक वार्ता निष्कर्ष विहिन

    ओलीका प्रतिनिधि र नेपाल पक्षको निर्णायक वार्ता निष्कर्ष विहिन

    काठमाडौं । सत्तारुढ दल एमालेमा चर्किएको विवाद मिलाउन आइतबार सिंहदवारमा बसेको ओली र नेपाल पक्षबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

    ओलीको प्रतिनिधि बनेर आएका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र माघव नेपालबीचको वार्ता विनानिष्कर्ष टुंगिएको हो।

    उनीहरुबीच फेरि वार्ता हुनेछ। नेता नेपाल निकट नेताले भने, ‘फेरि वार्ता गर्नेगरी सिंहदरबारको वार्ता सकिएको छ।’

    उनका अनुसार दुबै पक्षले आ आफ्नो समूहमा सल्लाह गर्ने गरी वार्ताबाट उठेका हुन्। वार्तापछि बोल्दै सुवास नेम्वाङले वार्ता सकररात्मक रहेको बताएका छन्।

    उनले ओली र नेपालबीच फोन वार्ता भएपछि आफूहरु वार्तामा बसेको भन्दै फेरि वार्ता हुने जानकारी दिए।

  • उपत्यकामा थप ४१९८ जनामा कोरोना संक्रमण

    उपत्यकामा थप ४१९८ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

  • नेपाल समूहका सांसदको राजीनामा रोक्न पौडेल र नेम्वाङ सिंहदरबारमा

    नेपाल समूहका सांसदको राजीनामा रोक्न पौडेल र नेम्वाङ सिंहदरबारमा

    काठमाडौं । नेकपा एमाले विवादको उत्कर्षमा पुगेको छ । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद राजीनामाको तायारीको लागि सांसद संघीय संसद्‍को सचिवालय भेला भएका छन् ।

    नेपाल समूहका नेताबीच भर्चुअल छलफल भएपछि सांसद संघीय संसद्‍ सचिवालयमा पुगेका हुन्।

    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्‍बाट विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई असफल पार्न नेपाल समूहका सांसद राजीनामाको तयारी थालेका हुन् ।

    नेपाल समूहका सांसद राजीनामा बुझाउन सिंहदरबार पुग्दा अध्यक्ष अ‍ोलीले राजीनामा रोक्न अर्थमन्त्री विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सिंहदरबारमा पठाएका छन् ।

    नेताहरूबीच संसद सचिवालय सिंहदरबारमा वार्ता हुनेछ।

  • आज संवैधानिक परिषद् बैठक, विपक्षी दलका नेता देउवा र सभामुख नजाने

    आज संवैधानिक परिषद् बैठक, विपक्षी दलका नेता देउवा र सभामुख नजाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक डाकेका छन् । तर, उनले बोलाएको बैठकमा सभामुख अग्नी सापकोटा तथा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । बैठकले विभिन्न संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति गर्नेछ ।

    संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएर तीन सदस्य मात्र भए पनि बैठक बस्न सक्ने व्यवस्था गरिएको छ ।

    सरकारको यो बल मिच्याइको भने विपक्षी दलहरुले विरोध गरेका छन् ।
    प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा ओलीसहित राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मात्र सहभागी हुनेछन् ।

    प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्दै संवैधानिक परिषदको बैठक बोलाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सहभागी नहुन आह्वान गरेका थिए ।

  • चीनले ३१ करोड मानिसमा लगायो कोरोना खोप

    चीनले ३१ करोड मानिसमा लगायो कोरोना खोप

    काठमाडौं\एजेन्सी । नेपालको छिमेकी मुलुक चीनले ३१ करोड मानिसमा कोरोना विरुद्धको खोप लगाएको छ । शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ विरूद्धको खोप लगाएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्दै चिनियाँ संचारमाध्यमले लेखेका छन् । संसारभर कुल १६ करोड मानिसलाई मात्र कोरोना संक्रमण भएको पुष्टी भएको सन्दर्भमा चीनको खोप अभियान धेरै माथि पुगेको देखिएको छ ।

    चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई आफ्ना नागरिकमा बिस्तार गरेको हो । शुक्रवार मात्र विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगका लागि चीनमा बनेको खोपलाई अनुमति दिइसकेको छ ।

  • एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित

    एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित

    काठमाडौं । नेकपा एमाले भित्र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएका शर्त नमाने पार्टी फुट्ने निश्चित भएको छ । प्रधानमन्त्रीलाई पार्टी २ जेठ २०७५ मै फर्कनु पर्ने र त्यसयता भएका सबै निर्णय मान्य नहुने शर्त राखेको छ । त्यो अवस्था माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा अगाडीको हो ।

    अदालतको आदेशपछि माओवादी र एमाले बीचका एकता भंग भएसँगै ओलीले नेपाल पक्षका नेताहरुलाई अपमानजनक ढंगले कारवाही गरेका थिए । ओलीले शर्त नमाने २७ वैशाख अगाडी नै एमालेका सांसदको राजिनामा आउने छ ।

    अर्थातः आज साँझसम्म नै एमालेका प्रत्यक्षबाट निर्वाचित सांसदल राजिनामा गर्र्नेछन् । शनिवार साँझ बसेको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पनि ओलीले शर्त नमाने राजिनामा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले २७ वैशाखमा विश्वासको मत लिन ससद्को विशेष अधिवेशन बोलाएका छन् ।

    विश्वासको मत पाउन ओलीले अहिले माधव नेपाल पक्षका नेतासँग नरम रुपमा प्रस्तुत भएका छन् । विश्वासको मत पाएपछि कारवाही गर्ने कारवाही गर्ने ओली प्रवृत्ति बुझेका नेताहरु यसपटक भने नझुक्किने भएका हुन् ।

  • न्युयोर्कको प्रमुख पर्यटकीय स्थल टाईम्स स्वायरमा गोली चल्यो

    न्युयोर्कको प्रमुख पर्यटकीय स्थल टाईम्स स्वायरमा गोली चल्यो

    न्युयोर्क

    शनिबार साँझ न्युयोर्कको अति ब्यस्त स्थान टाईम्स स्क्वायरमा गोली चलेको छ । एक महिला तथा नाबालकलाई गोली लागेको छ । शनिबार साँझ चलेको गोली प्रहारबाट महिलाको खुट्टामा गोली लागेको छ । घाईते महिला तथा नाबलकललाई उपचारको लागि बेलभ्यु अस्पताल लगिएको छ ।


    घटना टाईम्स स्वायरस्थित सेभेन एभिन्यु र ४४ स्ट्रिटमा घटेको हो ।न्युयोर्कको ब्यस्त पर्यटकीय स्थानमा दुई जना घाईते हुने गरी गोली चलाऊने ब्यक्तिको बिबरण लगायतका थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

  • नेपालमा ८४१८ जनामा कोरोना पुष्टी, ३३७० डिस्चार्ज

    नेपालमा ८४१८ जनामा कोरोना पुष्टी, ३३७० डिस्चार्ज

    काठमाडौं । नेपालमा शनिबार थप ८४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमण कुल १८३०४ जनामा गरिएको परीक्षणबाट पुष्टी भएको छ । यसआधारमा नेपालमा संक्रमण दर ४५ प्रतिशत भन्दा बढी देखिएको छ ।

    अब नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३८५८९० जना पुगेको छ । शनिबार कुल ३३७० जनाले कोरोनालाई जित्न सफल भएका छन् । कोरोना जित्नेको कुल संख्या २ लाख ९८ हजार ७ य ५६ जना रहेको छ ।

    कुल ७४.४ प्रतिशतले कोरोना जित्न सफल भएका छन् । अब नेपालमा सक्रिय संक्रमित ८३ हजार ४ सय ९३ रहेको तथ्यांकले देखाएको छ । नेपालमा अहिलेसम्म २६ लाख १५ हजार ७ सय २० वटा आरटी पीसीआर परीक्षण भएको छ ।

  • नेपालमा कोरोनाबाट थप ५३ को मृत्यु

    नेपालमा कोरोनाबाट थप ५३ को मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार शनिबार उक्त संख्यामा नेपालमा मानवीय क्षति भएको हो ।

    अब नेपालमा कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या ३६३२ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यका, नेपालगन्ज, बुटवल र वीरगन्जमा बढी मानिसहरुको ज्यान गएको छ । नेपालमा कुल संक्रमितको तुलनामा ज्यान गुमाउनेको संख्या ०.९४ प्रतिशत रहेको छ ।

  • प्रतिनिधिसभाका थप १८ सांसदलाई कोरोना पुष्टी

    प्रतिनिधिसभाका थप १८ सांसदलाई कोरोना पुष्टी

    काठमाडौं । प्रतिनिधिसभाका १८ जना सांसदलाई कोरोना पुष्टी भएको छ । २७ वैशाखका लागि बोलाइएको संसदको विशेष बैठक अगाडी सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । त्यसक्रममा १८ प्रतिनिधिसभा सांसद र एक राष्ट्रिय सभा सांसदलाई कोरोना पुष्टी भएको संसद सचिवालयले जनाएको छ । सचिवालयले वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षण गरेको हो ।

    संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ पुष्टी भएको समेत सचिवालयले जनाएको छ । कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी रहेका छन् ।

    यो पटक कोरोना परीक्षण गर्नु अगाडी नै ८ जना सांसदमा कोरोना पुष्टी भएको थियो । अब कुल संक्रमित सांसदको संख्या भने २६ पुगेको छ ।

  • संवैधानिक परिषद्को बैठकमा नजाने कांग्रेसको निर्णय

    संवैधानिक परिषद्को बैठकमा नजाने कांग्रेसको निर्णय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद् बैठक बोलाएका छन् । यो बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने भएको छ । बैठकमा सभामुख अग्नी खरेलसमेत नजाने भएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने जानकारी गराएका हुन् ।

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित रहेको उल्लेख गर्दै परिषद् बैठक बहिष्कार गर्न लागेको उनले जानकारी गराएका हुन् । नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने उनले बताएका छन् ।

    प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ । तर सरकारले भने अध्यादेशमार्फत सदस्य संख्या कम भएपनि बैठक बस्न सक्ने गरि व्यवस्था गरेको छ । संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गर्दा सहमतिमा गर्नुपर्ने कानूनी व्यवस्था छ ।

  • भारतमा कोरानाबाट एक दिनमा अहिलेसम्मकै धेरै मृत्यु

    भारतमा कोरानाबाट एक दिनमा अहिलेसम्मकै धेरै मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोनाबाट एक दिनमा अहिलेसम्म कै धेरै मानिसको मृत्यु भएको आंकडा आएको छ । शनिबार सार्वजनिक तथ्यांक अनुसार यहाँ एक दिनमा ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । यो एक दिनमा भएको सबैभन्दा ठूलो मानवीय क्षति हो । अब भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ। यहाँ दैनिक संक्रमितको संख्या हरेक दिन ४ लाख भन्दा माथि रहेको छ । यो अझै बढ्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

    पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयको आंकडा छ । शुक्रबार भारतमा ४ लाख १४ हजारभन्दा बढी संक्रमित थपिएका थिए। भारतमा २ करोड १९ लाख मानिसमा संक्रमण भएको छ । भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जनाले कोरोना जितेका छन् । तर, अझै ३७ लाख ३१ हजार २६१ सक्रिय संक्रमित रहेको तथ्यांक छ ।

  • प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: महामारीमा ध्यान दिनुस

    प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: महामारीमा ध्यान दिनुस

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले महामारीको समयमा यसको नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

    गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने तयारी गरिएसँगै शनिबार बिहानै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन् । उनले अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने भन्दै अहिले मुलुकको ध्यान कोरोना नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने बताए ।

    आज सामाजिक संजालबाट आफ्नो धारणा राख्दै नेपालले बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताए । उनले लेखेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु ।’

  • सिजनको पहिलो टिम पुग्यो सगरमाथा चुचुरो, कामीरिताले चढे २५ औं पटक

    सिजनको पहिलो टिम पुग्यो सगरमाथा चुचुरो, कामीरिताले चढे २५ औं पटक

    काठमाडौं । जारी आरोहण सिजनको पहिलोटोली सगरमाथाको चुचुरोमा पुगेको छ । यो सगरमाथाको आरोहणमार्गमा डोरी टाँग्ने शेर्पा विशेषज्ञहरुको टोली हो । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि अब सगरमाथा आरोहणको ढोका खुलेको छ । सेभेन समिट ट्रेक कम्पनीले उल्लेख गरे अनुसार शुक्रबार साँझ ६ बजे एक दर्जन आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।

    यो टोलीमा कीर्तिमानी आरोही कामिरिता शेर्पा रहेका छन् । उनले यो अभियानको नेतृत्व गरेका थिए । उनी २५ औं पटक चुचुरोमा पुग्न सफल भएका हुन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरो टेकेका उनी त्यसपछि लगातार सगरमाथा पुगिरहेका छन् । अब मौसम सफा भएमा धमाधम आरोही चुचुरोतर्फ लाग्नेछन् ।

  • काठमाडौं उपत्यकामा ४१०६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ४१०६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १०६ संक्रमित थपिएका हुन्। जसमध्ये काठमाडौंमा ३ हजार १८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना छन् ।

    योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३४ हजार ६१९ पुगेको छ । जसमध्ये आईसीयूमा १९४ जना र भेन्टिलेटरमा ८८ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • नेपालमा ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टी, ५० जनाको मृत्यु

    नेपालमा ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टी, ५० जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २९०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ जना पुगेको छ । ५० जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ।

  • कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाव संकलन

    कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाव संकलन


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस परीक्षण गर्न स्वाव दिएका छन् ।

    उनले शुक्रबार पिसिआर परीक्षणका लागि स्वाव दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    बालुवाटारमा प्रधानमन्त्रीसँगै उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित सय जनाभन्दा बढीले स्वाव दिएका छन् । वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यक्रम तय भए अनुरुप आज उनको स्वाब लिइएको छ।

  • राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटाले दिए उम्मेदवारी

    राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटाले दिए उम्मेदवारी

    काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मदेवारी दिएका छन ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले स्थायी कमिटी बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    आफू पदमुक्त भएपछि रिक्त बनेको पदमा बादलले नेकपा एमालेका उम्मेदवार हुन् भने देवकोटा स्वतन्त्र उम्मेदवार हुन् ।

    अघिल्लोपटक माओवादी केन्द्रबाट निर्वाचित भएका थापा माओवादी छाडेर एमालेमा लागेपछि पदमुक्त भएका थिए ।

    बादल र देवकोटाले हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्। उपनिर्वाचन आगामी जेठ ६ गते हुनेछ ।

    बादलको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् ।

    डा। देवकोटाले माओवादी सांसदलाई प्रस्तावक र कांग्रेस सांसदलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन् ।

    विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बाग्मती प्रदेशको योजना आयोगका पूर्वउपाध्यक्ष देवकोटा माधव नेपालनिकट मानिन्छन् ।

    लुम्बिनी प्रदेशमा रिक्त सिट कांग्रेसलाई दिने सहमति भएपछि बाग्मतीमा कांग्रेसले देवाकोटालाई समर्थन गर्ने भएको हो ।

  • राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?

    राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?

    काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुने भएको छ । निर्वाचन आगामी जेठ ६ गते तोकिएको छ । निर्वाचन आयोगले शुक्रबार मनोनयन दर्ता गर्ने मिति तोकेको छ । विहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन दर्ता गर्ने र आजै उम्मेदवारको नामावली पनि प्रकाशित गर्ने तयारी रहेको छ ।

    माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा उठ्दैछन् । एमालेको तर्फबाट भने उमेदवारको टुंगो लागेको छैन । गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भनिएको भए पनि उनले हार्ने चुनाव नलड्ने अडान लिएका छन् ।

  • कांग्रेसले शनिबार बोलायो संसदीय दलको बैठक

    कांग्रेसले शनिबार बोलायो संसदीय दलको बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार पार्टी संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से कक्षमा २५ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको आउँदो बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्ने तयारी गरेको छ ।

    कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आउँदो बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको हो । सो सन्दर्भमा संसदीय दलको बैठकमा छलफल हुने भएको हो । वैशाख २७ मा बोलाइएको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् ।

  • मुम्बईमा एयर एम्बुलेन्सको पांग्रा भाच्चिएपछि आकस्मिक अवतरण

    मुम्बईमा एयर एम्बुलेन्सको पांग्रा भाच्चिएपछि आकस्मिक अवतरण

    मुम्बई । भारतको मुम्बई एयरर्पोटमा एक एयर एम्बुलेन्सको पांग्रा भाच्चिएपछि आकस्मिक अवतरण गराउनु परेको छ । बिरामी बोकेर नागपुरबाट उडेको जहाजको पाङ्ग्रा भाच्चिएसँगै विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गराउनु परेको हो । भारतीय संचारमाध्यमका अनुसार यो जहाजमा दुई क्रू मेम्बर, एक बिरामी, बिरामीका एक आफन्त र एक डाक्टर सवार थिए ।


    जहाज नागपुरबाट हैदरावादका लागि उडेको थियो । उडानकै दौरान जहाजमा समस्या आएको पत्ता पाएका पाइलटले मूम्बईमा आकस्मिक अवतरणको अनुमति मागेका थिए । उनले फूल इमरजेन्सी घोषणा गरेसँगै विमानस्थल खाली गराइएको थियो । भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज ओरालियो ।

    पांग्राले काम नगरेको वा भाच्चिएको अवस्थामा धावनमार्गमा फोम बिच्छाउने गरिन्छ । दमकल, एम्बुलेन्स तयारी अवस्थामा राखिन्छ भने उद्धारकर्मीलाई समेत एलर्ट राखिएको हुन्छ । अवतरणका क्रममा कुनै अप्रिय घटना भएको भएन ।

    उता, बिहीबार नै रेम्डिसिभिर औषधि बोकेको मध्यप्रदेश सरकारको एक विमान ग्वालियर एयरपोर्टमा दुर्घटनामा परेको छ । जहाँ दुई पालटसहित तीनजना घाइते भएको संचारमाध्यमले जनाएका छन् । विमानस्थलको धावनमार्गमा जहाज चिप्लिएको बताइएको छ ।

  • लायन्स क्लब डिस्ट्रिक संगको सहकार्यमा प्रहरी प्रभाग गोकर्णले अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्यायो

    लायन्स क्लब डिस्ट्रिक संगको सहकार्यमा प्रहरी प्रभाग गोकर्णले अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्यायो


    अमृता के सी ( रोनी )
    काठमाडौँ, बैशाख २३। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ संगको सहकार्यमा महानगरीय प्रहरी प्रभाग गोकर्णले दश शैयाको अक्सिजन थेरापी सेन्टर सञ्चालन गरेको छ । प्रहरी प्रभाग गोकर्णले प्रभाग परिसरमा नै अक्सिजन थेरापी सेन्टर सञ्चालन गरेको हो । कोरोना भाइरसको दोश्रो लहरमा संक्रमण वृद्धि संगै अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुको साथै कारागारमा रहेका कैदी बन्दिहरु समेत संक्रमित हुनथाले पछी प्रभागले सेन्टर सञ्चालन ल्याएको हो। गोकर्णेश्वर नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमित संख्या दिनहु बढेकोले पनि गोकर्ण प्रहरी प्रभागमा अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्याइएको हो। बुधबार लायन्स क्लबले महानगरीय प्रहरी प्रभाग गोकर्णलाइ दश वटा बेड, पी पी इ, मास्क, पन्जा लगायतको सामाग्रीहरु लायन्स क्लब इन्टरनेसनलका जि.ए.टि एरिया लिडर लायन खगेन्द्र सिटौलाले महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीलाइ हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, जि एम टि डिस्ट्रिक कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठ, लायन लिडर पेमा छिरी शेर्पा ,जोन चियरपर्सन भिष्म बिक्रम रायमाझी, डिस्ट्रिक चियरपर्सन लायन ठण्डराज ठकुरी, यज्ञडोल जगडोल सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल लगायतको उपस्थिति रहेको थियो ।दोस्रो लहरको कोरोना भाइरसको उच्च जोखिम बढे संगै धेरै जसो संक्रमितहरुलाई श्वासप्रश्वासमा समस्या देखिएकोले लायन्स क्लबको सहकार्यमा अक्सिजन थेरापी सेन्टर सञ्चालन गरिएको जानकारी गोकर्ण प्रहरी प्रभागले दिएको छ ।

  • काठमाडौं उपत्यकामा एकै दिन ३९७२ जना कोेरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा एकै दिन ३९७२ जना कोेरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३९७२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३१६३, ललितपुरमा ५६७ र भक्तपुर जिल्लामा २४२ जना संक्रमित थपिए हुन् ।

  • नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, ५४ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, ५४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ । ५४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित मृतकको संख्या ३५२९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ ।

  • ‘गोल्डेन भ्वाइस अफ नेपाल’ प्रेमध्वज प्रधानको निधन

    ‘गोल्डेन भ्वाइस अफ नेपाल’ प्रेमध्वज प्रधानको निधन

    काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका प्रधान बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।

    वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो।

    ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।

    प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

  • कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण

    कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण

    काठमाडौं । काठमाडौंका ठूला निजी अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क लिएको मूल्य सूची सार्वजनिक भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण सोधेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधेको छ ।

    अस्पतालले कोरोना उपचारमा चर्को मूल्य लिने गरेको खुलेको छ । यसको आलोचना भएको छ । अर्कोतर्फ सरकारले समेत मूल्य नियन्त्रण गर्न नसकेको भन्दै आलोचना शुरु भएपछि प्रशासनले एक्सन लिएको हो । प्रशासनले बुधबार स्पष्टीकरण सोधिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत बुधबार एक सूचना जारी गरि तोकिएको उपचार शुल्कभन्दा बढी लिए कडा कारबाही गर्ने चेतावनी दिएको छ। तोकेको शुल्क भन्दा बढी लिएमा मन्त्रालय र स्थानीय प्रशासनहरूमा जानकारी गराउन सहप्रवक्ता डा. समीरमणी अधिकारीले आग्रह गरेका छन् ।

  • प्रधानमन्त्रीको प्रस्तावलाई कांग्रेसले नकार्यो

    प्रधानमन्त्रीको प्रस्तावलाई कांग्रेसले नकार्यो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत माग्दै आज नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा पुगेका छन् । तर, देउवाले भने उनलाई निरास बनाए । किनकी कांग्रेसको संस्थापन निर्णय नै विश्वासको मतको विरुद्धमा भोट हाल्ने रहेको छ ।

    देउवा निवास बूढानीलकण्ठमा प्रधानमन्त्री दलबलसहित पुगेका थिए । त्यहाँ उनले सहकार्यको प्रस्ताव गरे । बैठकपछि नेपाली कांग्रेसका सह महामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको जानकारी गराए ।

    जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारे । भेटमा कांग्रेसको तर्फबाट कोरोना महामारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । साथै सरकारले मंगलबार ल्याएका अध्यादेशको समेत विरोध गरेको छ ।

  • कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै

    कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै

    न्युयोर्क

    कोरोना महामारीका कारण न्युयोर्क र न्युजर्सी राज्यमा बन्द गरिएका अधिकांस ब्यापार ब्यवसाय र सेवाहरु आगामी मेई १९ तारिखदेखि क्रमैसँग खुल्ला गरिने न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले सोमबार बताएका छन् ।अबको दुई हप्तापछि न्युयोर्कस्थित रेस्टुरेन्ट, म्युजियम, नाट्यशाला, सिनेमा हल, रिटेल ब्यबसाय, बार्बर सप पूर्णरुपमा सुचारु हुने भएका हुन । गत बर्ष कोरोना महामारीका कारण तोकिएका थुप्रै प्रकारका प्रतिबन्दहरु मेई १९ तारिखदेखि हटाइने कुमोले बताए । आगामी मेई १० तारिखदेखि न्युयोर्कमा घर बाहिर हुने जमघटमा ५ पाँच सय जनासम्म भेला हुन पाईने छ, भने बन्द कोठा भित्र २ सय ५० जनासम्म भेला हुन पाईने भएको छ ।
    न्युयोर्क राज्यले संगैका दुई राज्य न्युजर्सी र कनेक्टिकटसँगको संयोजनमा संम्पूर्ण ब्यापार ब्यावसाय र कार्यालयहरु सामान्य ढंगले सुचारु गर्न लागेको हो ।

    यस अगाडि रातको समयमा सफाईको लागि बन्द गरिदै आएको न्युयोर्कस्थित ट्रेन आगामी मेई १७ तारिखदेखि भने २४ घण्टा नै संचालनमा आउने भएको छ । बिगत १३ महिनादेखि कोरोना महामारीका कारण न्युयोर्क राज्यका सम्पूर्ण क्षेत्रमा बिभिन्न प्रकारका प्रतिबन्दहरु लगाउदै आएको छ । न्युयोर्क राज्यमा करिव ९५ लाख मानिसले पहिलो डोज भ्याक्सिन लगाएका छन् भने ७० लाखले दुबै डोज भ्याक्सिन लागाई सकेका छन् ।

  • भारतबाट फर्कने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा, दैनिक खर्च तीन हजार

    भारतबाट फर्कने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा, दैनिक खर्च तीन हजार

    काठमाडौं । सातामा दुई फ्लाइटमार्फत् भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनबा बस्न सरकारले ८ वटा होटेल तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार क्वारेन्टिनका लागि ८ वटा होटलको नाम सार्वजनिक गरेको छ।

    मन्त्रालयका अनुसार विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सीधै होटेलकोक्वारेन्टिनमा लगिने छ।

    ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको छ।

    क्वारेन्टिनमा बस्दा जम्मा तीन हजार रूपैयाँ खर्च हुने भएको छ। ती होटलले भ्याट र सेवा शुल्कसहित यात्रुबाट पिकअप/ ड्रप, ब्रेकफास्ट, लञ्च र डिनरका लागि दैनिक बढीमा तीन हजार मात्र लिन पाउनेछन्। यसभन्दा बढी लिएमा कारबाही गर्ने मन्त्रालयले जानकारी दिएको छ।

  • नेपालमा एकैदिन ५८ जना कोरोना संक्रमितको मृत्यु, थप ८६५९ जनामा संक्रमण पुष्टी

    नेपालमा एकैदिन ५८ जना कोरोना संक्रमितको मृत्यु, थप ८६५९ जनामा संक्रमण पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।

    काठमाडौं उपत्यकामा भने ३ हजार ८३५ जनामा संक्रमण देखिएको छ। भक्तपुरमा ४५८, ललिपुरमा ५१८ र काठमाडौंमा ३ हजार ८४९ मा संक्रमण देखिएको हो।