काठमाडौं । काठमाडौं उपत्यकामा २४९५ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ कोरोना संक्रमित थपिएका हुन्।
Category: समाचार
-

काठमाडौं उपत्यकामा २४९५ जना कोरोना संक्रमित थपिए
-

कोरोनामा सरकारको लाचारीप्रति कांग्रेसको कडा आपत्ति
काठमाडौं । नेपाली कांग्रेसले संकटको बेलामा अस्पतालको शैया उपलब्ध गराउन नसकिने भन्दै सरकारले देखाएको लाचारीपनःको कडा आलोचना गरेको छ । सरकार गैरजिम्मेवारी रुपमा प्रस्तुत गरेको निष्कर्ष कांग्रेसको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी कोरोना महामारी थेग्न नसकिने अवस्थामा रहेको र शैया उपलब्ध गराउन नसकिने भन्दै जनतालाई जानकारी गराएको थियो ।
यसले जनतामा त्रास फैलिएको छ । कोरोना भएमा र त्यसले अवस्था जटिल भएमा आफूहरुले उपचार नपाउने चिन्ता जनतामा बढेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी संकटमा हतास र त्रास हैन, विश्वास प्रवाह गर्नु सरकारको कर्तव्य हुने उल्लेख गरेका छन् ।
पूरै वर्ष दिन सत्ता द्वन्द्वमा समय बिताउने, संसद विघटन गरेर मध्यमहामारीमा चुनाव घोषणा गर्ने सरकारले अहिले आएर बेड, भेन्टिलेटर, अक्सिजन पर्याप्त छैन भनी निरीहता प्रस्तुत गरेको कांग्रेसको छ । यो अभिव्यक्तिलाई कांग्रेसले इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार भनेको छ ।
कांग्रेसले यस्ता लाचारी अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरूद्धको संघर्षमा राजयको क्षमता विस्तार गर्न सरकारलाई अपिल गरेको छ। बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र सिलिण्डरमा सरकारको वास्तविक क्षमता कति हो र संक्रमणको विस्तार कुन हदसम्म हुन सक्छ भन्ने विज्ञको अनुमान र विश्लेषणका आधारमा प्रष्ट, पारदर्शी, योजनावद्ध र दृढ ढंगले प्रस्तुत हुन जरुरी रहेको कांग्रेसको भनाई छ ।
-

निषेधाज्ञा घोषणा भएको जिल्ला २४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न २४ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । सरकारले यस पटक देशव्यापी लकडाउन नगरी स्थानीय प्रशासनमार्फत कडाई गरेको छ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।
गृह मन्त्रालयका अनुसार २७ जिल्लामा निषेधाज्ञा जारी भएको छ । त्यसमध्ये आजसम्म २४ जिल्लामा आदेश कार्यान्वयनमा आइसकेको छ । तीन जिल्लामा आइतबादेखि निषेधाज्ञा कार्यान्वयमा आउने छ । केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको हो ।
गृह मन्त्रालयका अनुसार अहिले बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा आदेश कार्यान्वयनमा छ । कालीकोट, बागलुङ, बर्दिया र दार्चुलामा आंशिक आदेश जारी भएको छ ।
जाजरकोटमा आज रातिदेखि निषेधाज्ञा कार्यान्वयनमा आउने छ । सल्यान, डडेलधुरा र झापामा आइतबारदेखि निषेधाज्ञा कार्यान्वयन हुनेछ । आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ ।
-

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, समस्यामा छन् वास्तविक मजदुर
काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइदैछ । वर्षभर काम गर्ने मजदूरले आफ्नो हकहितका कुरा निकालेर यो दिवस मनाउने गरिएको हो । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा ठूल्ठूला सभा सम्मेलन गरी दिवस मनाउने गर्थे । यस पटक कोरोना महामारीले दिवसको औपचारिक कार्यक्रम आयोजना हुने छैनन् ।
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाउन थालिएको हो । १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए ।
सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।
नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो । यो पटक मजदुर वास्तवमै समस्यामा छन् । गरिखाने मानिसहरुको रोजिरोटी खोसिएको छ । महामारी रोक्न अपनाइएका कदमले मजदुरको समस्या भएपनि राज्य उदासिन देखिएको छ ।
-

आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने अनुमान
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७\७८ को आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने संशोधित अनुमान गरेको छ । यो वर्ष सरकारले बजेटबाट ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तथ्यांक विभागद्धारा शुक्रबार सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकअनुसार कोरोना महामारीको बढ्दो संक्रमणका कारण वृद्धिदर खुम्चन देखिएको छ ।
विभागले अहिले विश्वमा देखिएको कोभिड १९ को महामारीको असर न्यून गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको प्रभाव अर्थतन्त्रमा प्रत्यक्ष देखिने बताएको छ । तर, यसको असर कति गहिरो रहने छ भन्ने अनुमान भने अहिले गर्न नसकिएको विभागको भनाई छ ।
आगामी दुई सातापछि चालु आर्थिक वर्षको अन्तिमसम्म भने कोभिड १९ को नकारात्मक असर सामान्य रहने र आर्थिक क्रियाकलाप सामान्य किसिमले संचालन हुने विश्वास छ । सरकारले यो दुई साता भने काठमाडौंसहितका विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ । विभागले चैत मसान्तसम्मको तथ्यांकका आधारमा यो अनुमान सार्वजनिक गरेको जनाएको छ ।
विभागका अनुसार चालु आवमा प्राथमिक क्षेत्रको वृद्धिदर २.७५ प्रतिशत मात्र रहने छ । द्धितीय क्षेत्रको वृद्धिदर भने ४.९३ प्रतिशतको रहने छ । सेवा क्षेत्रमा भने वृद्धिदर ४.४३ प्रतिशत रहने छ । -

नेपालमा कन्ट्याक्ट ट्रेसिङ बीनै उच्चतम विन्दुमा पुग्यो कोरोना
काठमाडौं । नेपालमा अहिले मानिसहरुले आफुलाई कोरोना भएको आंशकमा परीक्षण गरिरहेका छन् । विदेश जान पीसीआर अनिवार्य हुनेहरुले परीक्षण गरिरहेका छन् । अर्कोतर्फ अस्पतालमा अपरेशनको मिति कुरिरहेकाहरुले पीसीआर परिक्षण गरिरहेका छन् । तर, सरकारले कुनै एक जनामा कोरोना भएमा कोरोना संक्रमितको आसपासमा हुनेहरुको कन्ट्रयाक ट्रेसिंग गर्न छाडेको निकै भइसकेको छ ।
तर, संक्रमणको दर भने पहिलो चरणको हाराहारीमै पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर ५ हजार ७२७ जनामा कोरोना देखियो । यो अघिल्लो लहरकै हाराहारी हो । तर, अघिल्लो पटक कन्ट्याक्ट ट्रेसिङ पर्याप्त मात्रामा भएको थियो ।शुक्रबार देशभर १५ हजार ३९१ जनाको पीसीआर परीक्षण भएको थियो । जसबाट ५६५७ जनामा कोरोना देखियो । ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा २०७६ माघ १० मा पहिलो केस देखिएको हो । २०७७, ५ कात्तिकमा २० हजार ७४२ नमुनाबाट ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो सबैभन्दा उच्चतम विन्दु थियो ।
त्यसपछि भने हरेक दिन कम हुँदै गएको थियो । युके भेरियन्ट नेपालमा फैलिएसँगै यसको संक्रमण दरसमेत तिब्र बनेको छ । कोरोना संक्रमितलाई लक्षण देखिनुभन्दा एकदुई दिन अगाडि नै अरुलाई सार्नसक्ने भएकाले कन्ट्याक्ट ट्रेसिङलाई पनि त्यतिकै प्राथमिकता दिनुपर्ने विज्ञहरुले बताएका छन् ।
-

काठमाडौं उपत्यकामा थप २९५६ जनामा कोरोना संक्रमण, देशभर कुन जिल्लामा कति थपिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर पोजिटिभ हुनेमा प्रदेश १ को इलाममा ४, उदयपुरमा ३, ओखलढुंगामा ६, खोटाङमा ४, झापामा ७७, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा ६ मोरङमा १६१, संखुवासभामा १, सुनसरीमा ५८, जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा ५२, पर्सा १५३, बारामा ४३, महोत्तरीमा ९, रौतहटमा १६, सप्तरीमा ४, सर्लाहीमा १९ र सिरहामा १३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २४०४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ६९, चितवनमा १११, दोलखामा ११, धादिङमा १३, नुवाकोटमा १३, भक्तपुरमा १३३, मकवानपुरमा ३८, रामेछाप १४, ललितपुरमा ४१९, सिन्धुपाल्चोकमा २८ र सिन्धुलीमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा २०, तनहुँमा ५, नवलपरासी पूर्वमा ३६, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा२, बागलुङमा २ र स्याङजामा ६ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा २७, गुल्मीमा १४, दाङमा २५२, नवलपरासीमा ४६, पाल्पामा ४३, प्युठानमा १०, बर्दियामा ५०, बाँकेमा ४२२, रुकुम पूर्वमा २, रुपन्देहीमा ४७३ र रोल्पामा ४४ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्लामा २, दैलेखमा १७, रुकुम पश्चिममा ५, सल्यानमा १० र सुर्खेतमा ९७ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा ४६, कैलालीमा ४१, डडेल्धुरामा १३, डोटी २, दार्चुलामा २, बाजुरामा ३ र बैतडीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
-

काठमाडौंका ५ स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा पाइने, सिधै यी नम्बरमा सम्पर्क गर्नुहोस्
काठमाडौं । काठमाडौं महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ ।
महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु¥याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।
राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा नं ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा दुईरदुईवटा एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गरिएको छ ।
यी एम्बुलेन्सहरु कोभिडको सङ्क्रमण नभएका बिरामीका लागि हुन् । कोभिड सङ्क्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् ।कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशका समयमा बिरामीलाई अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।
यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा दिइन्छ । सेवा महानगरको भौगोलिक सिमानाको दुई किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो ।
उक्त सेवा प्रदान गर्नका लागि कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घसँग सम्झौता गरिसकेको छ । सेवाबापत महानगरले १५ दिनका लागि प्रतिएम्बुलेन्स १ लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ । यसबापत सङ्घले १५ दिनका लागि चौबिसै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ ।
शुल्क महानगरले भुक्तानी गर्ने भएकाले बिरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउनेछैन । यो सुविधा महानगरबाट दुई किलोमिटरभन्दा टाढासम्मका लागि हो तर डाइलासिस र क्यान्सर उपचारका लागि भने दुई किलोमिटरको दूरीभन्दा बाहिर पनि जानुपर्नेछ ।
उक्त सेवा लिनका लागि सेवाग्राहीले कामपाको हटलाइन नं ११८० मा सम्पर्क गर्ने अर्थात् एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था छ ।
एम्बुलेन्स र चालकको नं निम्नानुसार रहेको छ ।
चावहिल, वडा ७ परिसर
बा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१–०५४७६८ र उद्धव भण्डारी, ९८४१–१४०६२२स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक, शङ्कर दाहाल, ९८०८२–७९८१९ र डम्बर गुभाजू, ९८८१–३८७२१७महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक, श्याम श्रेष्ठ, ९८१३–२४६०८६ र कृष्ण गुरुङ, ९८०८२–९२५५०ट्रली बस मीनभवन
बा १८ च ५६५७ र ना २ च ४१२०
चालक, सोमबहादुर तामाङ, ९८४०–९१६२६२ र सविन थापा, ९८४०–२४१४४९सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक, गोवद्र्धन सापकोटा, ९८५१०–८२४२५ र तुल सिंह तामाङ, ९८१८–४३९५९५ । -

नेपालमा थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ५७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १५३९१ पीसीआर परीक्षणमा ५६५७ र ५२५ एन्टिजेन परीक्षणमा ७० गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९२८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ जना पुगेको छ । ३३ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार २७९ पुगेको छ ।
-

काठमाडौं महानगरमा समस्या परे जनप्रतिनिधिलाई यी नम्बरमा सम्पर्क गर्न सकिने
काठमाडौं । काठमाडौँ महानगरपालिमा निषेधाज्ञा र कोरोना महामारीका बीच कुनै समस्या परेमा जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।
कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नम्बर सार्वजनिक गरिएको बताएका हुन् ।
उनका अनुसार नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा कोभिडबाहेकका बिरामीले उपचारका लागि अस्पताल जानुपर्ने भएमा हटलाइन टेलिफोन नम्बर ११८० मोबाइल नम्बर ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा सम्पर्क गर्न सकिने भएको छ ।
कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न सकिने छ ।
भीड नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु नागरिक दायित्व हो भन्दै प्रमुख शाक्यले अपिलमा निषेध आदेशलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पालना गर्न अनुरोध गरेका छन्।
पूजाआजा, सामाजिक कार्यक्रम, भोजजस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध समेत उनले गरेका छन् ।
-

धनी देशको कब्जामा कोरोना खोप : डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा कोरोना विरुद्धको खोप धनी देशको कब्जामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । डब्ल्यूचओका प्रमुखले बिहीबार आयोजित एक कार्यक्रममा यस्तो बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनका अनुसार ८० प्रतिशत खोप धनी देशको कब्जामा रहेको छ । गरिब देशको पहुँचमा मात्र ०.३ प्रतिशत मात्र खोप पुगेको छ ।
जसले गर्दा संसारभर कोरोना नियन्त्रणमा समस्या आएको डब्ल्यूएचओ भनाइ छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससका अनुसार अहिले विश्वभर एक अरबभन्दा बढी कोरोनाविरुद्धको डोज रहेको छ । तर, यो धनी देशले कब्जा गरेर राखेका छन् ।
महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्याउने सबैभन्दा ठूलो चुनौति रहेको भन्दै यसमा खोप मात्र संक्रमण नियन्त्रणको एक मात्र उपाय भएको समेत बताए । खोपले चेन ब्रेक गर्ने र संक्रमण फैलनबाट रोक्ने विश्वास गरिएको छ ।
-

नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी ट्रेड युनियनले ज्ञापन पत्र बुझायो
अमृता के सी ( रोनी )
काठमाडौँ, बैशाख १६ ।
नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनले (आधिकारिक ट्रेड युनियन) कलेजको शैक्षिक तथा अस्पताल सेवा संचालनको माग राखी ज्ञापन पत्र बुझाएको छ।अस्पताल प्रशासनलाई गम्भीर ध्यानाकर्षण गराउदैंँ नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियन ( आधिकारिक ट्रेड युनियन)का अध्यक्ष किरण के सी सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो।
पत्रमा कोरोना महामारीको समयमा अग्रस्थानमा काम गर्ने कर्मचारीहरुलाइ पटक पटक धोका, भोक-भोकै राख्ने, अपहेलना गर्ने जस्तो अमानवीय कार्य तुरुन्त रोक्न अनुरोध गरिएको छ। त्यसको साथै यदि कुनै कर्मचारीहरुलाई हाजिर गर्नबाट रोक्ने र जागीर खाइ दिने धम्कि दिएमा २४ घण्टा भित्र सम्पूर्ण प्रशासन सेवा बन्द गरि कर्मचारीहरुको हक हितको लागि जुनसुकै कदम चाल्न कर्मचारी युनियन बाध्य हुने समेत जानकारी गराएको छ ।
उक्त ज्ञापन पत्रमा नेपाल मेडिकल कलेज प्रा.लि प्रशासन बाट २०७८ साल बैशाख १५ गतेको सूचना अनुसार नेपाल मेडिकल कलेजमा कार्यरत कर्मचारीहरुलाई २०७८ बैशाख १६ गते बाटै (निषेधाज्ञाको दिन देखि) आफ्नै संचित बिदा वा बेतलबी बिदा बस्नुपर्ने भनि आधिकारिक ट्रेड युनियन संग कुनै छलफल नगरी सूचना प्रकाशित गरेकोमा उक्त कार्यको घोर भत्सर्ना नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनले गरेको छ ।
-

कोरोनाका कारण नेपालमा एक दिनमा सबैभन्दा बढी मानिसको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएयता आज सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार कोसार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा ३५जनाको मृत्यु भयो । यो पछिल्लो एक वर्षको अवधिमा कोरोनाबाट एक दिनमा भएको सर्वाधिक ठूलो संख्या हो ।
नेपालमा कोरोनाका कारण कार्तिक १९ मा ३० जनाको निधन भएको तथ्यांक छ । सो तथ्यांक अहिलेसम्मकै बढी थियो । उक्त रेकर्ड आज तोडिएको छ । अब नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२४६ पुगेको छ। बिहीवार थप ४,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
कुल १२,५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टिजन परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा ८८८ जनाले कोरोनालाई जितेका छन् । अब नेपालमा ३४,११७ जना सक्रिय सङ्क्रमित पुगेका छन् ।
-

लुम्बिनी प्रदेशमा नवनियुक्त जसपाका चार मन्त्रीको गयो सांसद पद
काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का चार सांसदको प्रदेशसभा सदस्य पद गएको छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको छ ।
सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१ं बाट प्रत्यक्ष निर्वाचित भएका थिए । सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु मूख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि मन्त्री बनेका थिए । यसकारण उनीहरुको राजनीतिक वृत्तमा व्यापक आलोचना भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सरकारमा सहभागी भएको विषयलाई लिएर जसपामा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच विवाद भएसँगै यहाँ जसपा फूटको संघारमा पुगेको छ ।
यादव पक्षले चार सांसदलाई स्पष्टीकरण सोधेको थियो । पछिल्लो पटक मंगलबार पनि यादव पक्षले कार्यकारिणी समितिको बैठक राखेर उनीहरुलाई कारबाही गर्न माग गरेसँगै उनीहरुको पद गएको हो ।
प्रदेशसभा सचिवालयले निकालेको सूचनामा समेत जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको बताएको छ ।
-

नेपालमा एकैदिन ४९२८ जनामा कोरोना संक्रमण पुष्टी, ३५ जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२५९७ पीसीआर परीक्षणमा ४८३१ र ९६३ एन्टिजेन परीक्षणमा ९७ गरी ४९२८ जनामा संक्रमण पुष्टि भएको हो ।थपिएका मध्ये काठमाडौंमा ११२७, भक्तपुरमा १८२ र ललितपुरमा २५२ गरी १५६० कोरोना संक्रमित थपिएका हुन्।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५५० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८० हजार १६१ जना पुगेको छ । ३५ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार २४६ पुगेको छ ।
-

मन्त्रालय फुटाएर दीपक मनाङेलाई मन्त्री पद उपहार !
काठमाडौं । मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ दीपक मनाङे प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केहीबेरमा मन्त्रीको शपथ गराउँदै छन् ।
सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुख मन्त्री बनाउन लागिएको हो ।
यसअघि गुरुङ नेतृत्वमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका थिए ।
भूमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व माओवादीले गरेका थिए ।
यसअघि प्रदेश सभाको अर्थ तथा विकास समिति सदस्यसमेत बनेका राजीवले २०७७ असोज ८ गते उक्त समितिबाट राजीनामा गरेका थिए।
-

सरकारले अत्यावश्यक सामग्री आफैं बेच्ने, चार स्थानमा सुपथ मूल्य पसल
काठमाडौं । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर सरकारले अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका चार स्थानमा पसल राख्न लागेको हो ।
थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालन हुनेछन्। यी पसलहरुबाट नागरिकले सुपथ मूल्यमा खरिद गर्न पाउनेछन् ।
ती स्थानमा बासमतीसहित, जुम्ली, मार्सी, कर्णालीको सिमी, घ्यू, तेल, स्यानिटाइजर लगायतका वस्तु पाइनेछन्।
कोरोना भाइरसलाई देखाउँदै बजारमा कालोबजारी बढेपछि सरकारले यस अघिको लकडाउनमा पनि आफै पसल सञ्चालन गरेको थियो ।
-

भारतमा एकै दिन कोरोनाका कारण ३६ सय मानिसको मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ३६ सय ४७ मानिसको ज्यान गएको छ । तिव्र गतिमा फैलिएको कोरोनाबाट भारत अहिले सबैभन्दा बढी संक्रमित भएको छ । संक्रमण फैलिए यता भारतमा एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । बुधबार २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएको थियो । यससँगै भारतमा ज्यान गुमाउनेको संख्या २ लाख ४ हजार ८१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ७९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । भारतमा संक्रमितको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ पुगेको छ । भारतमा १ करोड ५० लाख ७८ हजार २७६ जनाले कोरोना जित्न सफल भएका छन् । यहाँ सक्रिय संक्रमित ३० लाख ८५ हजार ८ जना छन् ।
-

आजबाट उपत्यकामा निषेधाज्ञा शुरु, यातायात ठप्प-हवाई उडान नियमित
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा शुरु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा लागु हुने गरी विहान ६ बजेबाट निषेधाज्ञा सुरु भएको हो । राजधानीमा कोरोना संक्रमणको दरले उचाई लिएसँगै नियन्त्रणका लागि सरकारले निषेधाज्ञा घोषणा गरेको हो ।
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरे अनुसार आजबाट कार्यान्वयनमा आएको हो । निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी हुने सम्भावना छ ।
किनकी मन्त्रिपरिषद बैठकले पहिलो चरणमा नियमित १४ दिनको निषेधाज्ञा जारी गरी कोरोनाको चेन तोड्ने निर्णय गरेको हो । निषेधाज्ञापछि सार्वजनिक यातायात ठप्प भएको छ । हवाई यातायात भने नियमित छ । तर, हवाई यात्रुले सास्ती पाउने छन् । उनीहरु पैदल हिड्नु पर्नेछ । तर, हवाई टिकट देखाएमा भने निजी सवारीमा समेत जान सकिने छ ।
निषेधाज्ञा शुरु भएपछि लाखौं मानिस घर फर्किएका छन् । यसले काठमाडौंमा जनघनत्व समेत केही कम भएको छ । विवाह, व्रतबन्ध लगायतमा बेहुला–बेहुली पक्षका गरी बढीमा १५ जना सहभागी हुन पाइने नियमत छ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाउने छन् ।
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा सञ्चालन गर्न सकिने छ ।
सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धि मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न पाउने छन् ।
विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सबन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले दिने पास लिएर सञ्चालन गर्न पाइने छ ।
अस्पताल आउने–जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका व्यक्तिहरुलाई पनि प्रमुख जिल्ला अधिकारीले दिएको पासका आधारमा गाडी प्रयोग गर्न पाइने छ । डिपार्टमेन्टल स्टोर, खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सन्चालन गर्न पाइने छ ।
-

पीसीआर नेगेटिभ रिर्पोट आएका सांसद कोभिड अस्पतालको आइसीयूमा भेटिएपछि…
पोखरा । बुधबार गण्डकी प्रदेशसभामा मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल जारी थियो । त्यसअगाडी राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिएकी थिइन् ।
प्रदेशसभामा उनको महत्व यस आधारमा थियो, किनकी उनी मात्र अनुपस्थित हुँदा पनि मूख्यमन्त्री गुरुङलाई बहुमत पुग्थ्यो र अविश्वासको प्रस्ताव असफल हुन्थ्यो । सोहीकारण चलखेल हुन सक्ने सम्भावनातर्फ विपक्षी दल निकै सचेत थिए ।
तर, अचानक सांसद शाही वेपत्ता भएपछि प्रदेशसभामा हंगामा मच्चियो । उनको खोजी शुरु भयो, अन्ततः सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही कोभिड १९ उपचार गर्ने अस्पतालको आईसीयूमा भेटिए । तर, उनको मंगलबार गरेको कोरोना परीक्षणमा भने नेगेटिभ रिजल्ट आएको छ ।
प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् । मंगलबार प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको र अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको विषय भने बाझिएको छ ।
यसबारे बुझेर मात्र पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने प्रतिक्रिया जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिएका छन् । जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिएसँगै प्रदेश सभाको बैठक अर्को सूचना नआउँदासम्म स्थगित भएको छ ।
-

मेडिकल कलेज जोरपाटी अस्पताल प्रशासन र कोभिड भ्याक्सिन लिन जानेबीच तनाव
— पुरुषोत्तम घिमिरे । बैशाख १५
नेपाल मेडिकल कलेज जोरपाटी आतरखेलमा कोभिड भ्याक्सिन लिन जाने र अस्पताल प्रशासनबीच तानव सृजना भएको छ । अस्पतालको लापरवाहीका कारण सर्वसाधारण दिनभरी लाइन बसेर पनि खोप नलगाइ निरास भएर फर्कन बाध्य भएपछि भनाभन शरु भएको हो ।
महानगरीय प्रहरीले बाँडेको कुपन भन्दा अलगै कुपन कर्मचारी युनियन र अस्पताल प्रशासनले बाँडेपछि तानव सृजना भएको थियो । बिहान ५ बजेदेखि कोभिडको भ्यासिन लगाउन बसेका सर्बसाधारणले कोभिडको भ्याक्सिन लगाउन नपाएपछि आक्राोसित बनेका थिए । भ्याक्सिन लगाउन लाइनमा बसेकालाई दिउँसो २ बजे भ्याक्सिन सकियो भन्ने खबर नेपाल रेडक्रस सोसाइटीका कर्मचारीले गराएका थिए । “पहिला भ्यासिन लगाउन लाइन बस भन्ने अनि पछि सकियो भनेर हामीलाई किन तातो घाममा लाइन राखियो” ? लाइनमा खोप लगाउन बसेकाहरुले अस्पताल प्रशासनको ज्यादति बिरुद्ध चर्को नारा लगाएका थिए ।“सामाजिक दुरी कायम गरेर सर्वसाधारणलाई खोप लगाउन हामीले हिजो राति अबेरसम्म बसेर गोलो बनाएका थियौं । आज आउँदा त्यसको बिपरित भइरहको थियो । अस्पतालको लापरवाहीका कारण सर्बसाधारणले दुख पायो । कसले के गर्यो थाहा छैन् । खोप लगाउनेको भिडभाड थियो । भिडभाड भएकै कारण खोप लगाउने कार्य रोक्न परेको हो । जम्मा १४० खोप बाँकि छ लगाउनेको संख्या हजार भन्दामाथि कसलाई लगाउने कसलाइ नलगाउने भयो, त्यसैले बन्द गर्यौं। बन्द गर्न हाम्रो रहर नभए बाध्यता भएको बौद्धका प्रहरी इन्जार्च नविन कार्कीले बताए ।
-

काठमाडौं उपत्यकामा एकैदिन २०४७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् ।
२४ घण्टामा देशभर थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
-

नेपालमा एकैदिन ४८९७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका मध्ये काठमाडौं उपत्यकामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना गरी २ हजार ४७ संक्रमित थपिएका छन्। देशभर सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ।
-

१२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय
काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्तासहित १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ ।
सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् । उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् ।
-

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।
माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेको भन्दै माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले उनलाई कारबाही गरेको पत्र पठाएका थिए ।
सोही पत्रको आधारमा राष्ट्रिय सभा सचिवालयले खड्का पदमुक्त भएको जनाएको छ । यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो । आगामी जेठ ६ गते राष्ट्रिय सभा उपनिर्वाचन तोकिएको छ ।
-

निषेधाज्ञाबारे प्रशासनको आदेशमा परिमार्जन, विवाहको गाडीलाई पास नचाहिने
काठमाडौं । बिहीबारबाट लागु हुने गरी जारी गरिएको निषेधाज्ञाको समयमा गर्न पाइने र नपाइने कामको सूचिमा परिमार्जन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि काठमाडौं उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञाको आदेशमा परिमार्जन गरेको जनाएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश सार्वजनिक गरेका छन् । उनका अनुसार अब विवाह, व्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी ब्यानर टाँसेर दुईवटासम्म सवारी प्रयोग गर्न सकिने छ ।
विवाहको लागि जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक पर्ने छैन । तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति लिनु पर्नेछ ।
मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति माग्नु पर्नेछ । त्यसपछि पास उपलब्ध हुनेछ ।
डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइनेछ । अत्यावश्यक सेवाहरुमा करियर तथा डाँक सेवा थप गरिएको छ। बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने व्यवस्था गरिएको छ।
-

निषेधाज्ञा घोषणापछि ५ लाख भन्दा बढीले छाडे उपत्यका
काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि ५ लाख भन्दा बढी मानिसले उपत्यका छाडेका छन् । सडक र हवाई मार्गबाट उक्त संख्यामा मानिसहरु बाहिरिसकेको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ ।
कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।सरकारले शुरुमा ७ दिन निषेधाज्ञा गर्ने भनेपछि यसलाई दुई साता पुर्याउने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यस पटक समेत गत सालजस्तै निषेधाज्ञा लम्बिने डरसँगै सर्वसाधारणले काठमाडौं छाडिरहेका छन् । उनीहरुका लागि आज एक दिनको समय रहेको छ ।
देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको छ । गोरखापत्रले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई उदृत गर्दै लेखेअनुसार मङ्गलबार दशैं तिहारमा जस्तै गरी भीड बढेको छ ।
नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको छ । नागढुङ्गा नाकाबाट मात्र मङ्गलबार १५ हजार सार्वजनिक सवारी साधन बाहिरिएका छन् ।
-

माओवादी केन्द्रका सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी अन्तरिम विधान पास गरेको छ । जसअनुसार केन्द्रीय समितिदेखि मातहतका सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरएको छ । यो नियम तत्काल लागु हुने गरी ल्याइएको हो ।
यसअघि सत्तारुढ नेकपा एमालेको कमिटिमा महिला एक जना पनि नपरेपछि आलोचना भइरहेको छ । माओवादी केन्द्रले भने पार्टीका सबै समितिमा ४० वर्षसम्मका युवा कम्तीमा २० प्रतिशत हुने गरी विधानमा संशोधन गरेको छ ।
दलित समुदायबाट केन्द्रीय समितिमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइने समेत उल्लेख छ । केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्नेछ । केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम रहने भएको छ ।
-

मध्यराती काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौंमा मध्यरातमा धूकम्पको धक्का महसुस भएको छ । कलंकी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । गएराति १ बजेर ५९ मिनेटमा भूकम्पको मापन गरिएको छ । यद्दपी यसले कुनै क्षति भएको भने जानकारी आइसकेको छैन । २०७२ वैशाख १२ को गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्पयता ५ सय भन्दा बढी पराकम्पको महसुस भइसकेको छ । नेपाल संसारमै भूकम्पको जोखिमयुक्त मुलुकमध्ये एकमा पर्छ ।
-

विमानस्थलसम्म यात्रु लैजान साझा यातायातका बस चलाइने
काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रुको आवतजावत सहजिकरण गर्न विमानस्थलसम्म साझा यातायातका बस चल्ने भएका छन् । आन्तरिक तथा बाह्य यात्रुको सुविधालाई ध्यानमा राखी वैशाख १६ देखि काठमाडौं उपत्यकामा साझा यातायातले हवाई यात्रुलाई विमानस्थलसमम लैजाने भएको हो । सोही दिनबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु हुँदैछ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने बन्द गरेको छैन ।
निषेधाज्ञामा सार्वजनिक यातायात नचल्दा हवाई यातायात मात्र चलाउन कठिन हुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले थप निर्णय गरेको हो । प्राधिकरणले यात्रुका लागि साझा यातायातका बसहरू उक्त समयमा परिचालन गर्ने निर्णय गरेको छ। साझाका बसबाट यात्रु गन्तव्यमा पुग्नेछन्। त्यस्तै, एयरलाइन्सका लागि पनि सवारी सञ्चालनको अनुमति दिइने छ। आन्तरिक हवाई यात्रुका सवालमा टिकट र परिचयपत्रका आधारमा सहिजकरण गर्ने तयारी रहेको छ ।