Category: समाचार

  • चीनले करीव १ अर्ब बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहायता दिने

    चीनले करीव १ अर्ब बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहायता दिने

    काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ। मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताएका थिए । उनले कोरोना महामारीविरुद्धको लडाइ, आर्थिक पुनरुत्थान र नागरिकको जीविका र जीवन रक्षाका लागि ठोस सहकार्य अगाडि बढाउनुपर्ने समेत बताए ।

  • काठमाडौं उपत्‍यकामा १९६६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्‍यकामा १९६६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका हुन् ।

  • नेपालमा एकैदिन ४५२४ जनामा कोरोना संक्रमण पुष्टी, १८ जनाको मृत्यु

    नेपालमा एकैदिन ४५२४ जनामा कोरोना संक्रमण पुष्टी, १८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ जना पुगेको छ ।

    संक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ पुगेको छ । १८ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।

  • पीसीआर परीक्षण गर्दा बढी शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    पीसीआर परीक्षण गर्दा बढी शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    काठमाडौं । पिसिआर परीक्षणका लागि तोकेभन्दा बढी शुल्क असुल्ने प्रयोगशालालाई सरकारले कारबाही गर्ने भएको छ ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

    सरकारले पीसीआर परीक्षणका लागि सरकारी प्रयोगशालामा १ हजार र निजी प्रयोगशालामा २ हजार शुल्क तोकेको छ ।

    ‘केही निजी प्रयोगशालाहरूले संक्रमण रोकथाम आदिको नाममा थप शुल्क लिएको भन्ने गुनासो आएकाले सरकारले तोकेको शुल्कभन्दा कुनै पनि बहानामा थप शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा जानकारी गराउँछ,’ मन्त्रालयद्वारा जारी सुचनामा भनिएको छ, ‘यदि लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालाहरूलाई नेपाल सरकार प्रमुख विशेषज्ञ स्तरीय निर्णयअनुसार परीक्षणको सुचीबाट हटाइने व्यहोरा जानकारी गराइन्छ ।’

  • पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?

    पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?

    काठमाडौं, एजेन्सी । ससारभर कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा पोर्चुगलमा भने नियन्त्रणउन्मुख देखिएको छ । सोमबार यहाँ कोरोनाबाट एक जना पनि मानिसले ज्यान गुमाउनु परेन, यो यूरोप भरीकै सबैभन्दा सुखदः समाचार हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट एकदिनमा शून्य मृत्यु भएको आँकडा सोमवार आएको हो ।

    बीबीसीले लेखे अनुसार जनवरी महिनाको अन्त्यतिर पोर्चुगलमा विश्वकै सबभन्दा उच्च दरको सङ्क्रमण तथा मृत्यु रेकर्ड भएको थियो । त्यहाँको सरकारले कडा र लामो समयको लकडाउनलाई निरन्तरता दियो । यसको प्रभाव अब कोरोना नियन्त्रणतर्फ देखिएको छ ।

    संचारमाध्यमहरुका अनुसार त्यहाँ सङ्क्रमण दर उच्चस्तरमा पुगेको बेलाभन्दा अहिले असी भागको एक भागमा झरेको छ। पोर्चुगल यूरोपभरकै सबैभन्दा सुरक्षित मुलुक बन्न सफल भएको छ । यससँगै त्यहाँ लकडाउन विस्तारै खुकुलो पार्न थालिएको बताइएको छ ।

    पोर्चुगलमा हालसम्म कोभिडका कारण १६,९६५ जनाको ज्यान गइसकेको छ। कुल संक्रमित भने ८३४,००० रेकर्ड भएको छ । एक त धेरै जनामा कोरोना भइसकेपछि यसले थप क्षति नगर्ने र अर्कोतर्फ खोप अभियान समेत प्रभावकारी भएका कारण पोर्चुगलले पछिल्लो समय कोरोनासँग सजिलै लड्न सकेको बताइएको छ ।

  • कास्कीमा बुधबारबाट निषेधाज्ञा, संक्रमित ६ सय नाघे

    कास्कीमा बुधबारबाट निषेधाज्ञा, संक्रमित ६ सय नाघे

    पोखरा । कास्की जिल्लाभर बुधबारबाट लागु हुने गरी निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    गण्डकी प्रदेशमा अहिले ९ सय ३७ जना संक्रिय संक्रमित छन् । त्यसमध्ये कास्कीमा मात्र संक्रिय संक्रमित ६ सय ६४ नाघेको छ । सरकारले ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको शहरमा निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय अधिकारीहरुलाई दिएको छ ।

    कास्कीमा सवारी साधन जोर विजोर प्रणालीमा चलाउनु पर्नेछ । अत्यावश्यक सेवाका सवारीमा भने यो लागु हुने छैन । सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटपाथ सेवा तथा स्थान बन्द गरिएको छ । विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न बन्द गरिएको छ ।

    घरमा अधिकतम १५ जनासम्मको सहभागीतामा गर्न सकिने छ । दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न सकिनेछ । बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ । होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्ने गरी आदेश तोकिएको छ ।

  • काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागु

    काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागु

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यो निषेधाज्ञा कार्यान्वयन भने वैशाख १६ गते विहान ६ बजेदेखि शुरु हुनेछ । पहिलो चरणमा वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको जनाएका छन् । प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेश अनुसार वैशाख १६ देखि एक हप्तासम्म खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् ।

    काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।

    अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक र निजी सवारी साधन वैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्म बन्द हुनेछ । यस अवधिमा खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

    सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

    विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

    एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।

    सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाउनेछन् । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिनेछन् ।

    अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ ।

  • बन्द भए देशभरका स्कुल, उडान जारी रहने

    बन्द भए देशभरका स्कुल, उडान जारी रहने

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच देशभरका स्कुल बन्द गरिएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्कुल बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने गरी निर्णय भएको छ ।

    मंगलबारदेखि तोकिएको सबै प्रकारका परीक्षा समेत रोकिएको छ । बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई, मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने भएका छन् ।

    यसै अनुसार काठमाडौं उपत्यकामा समेत निषेधाज्ञा घोषणा भएको छ । उपत्यकासहित बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा जारी भएको छ । निषेधाज्ञाका बीचमा पनि अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने जारी रहेको छ । अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपाली अनिवार्य १० दिन होम क्वारेन्टिन र विदेशी नागरिक होटल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

  • सर्वोच्चद्वारा नेपाल समूहको मागमा अन्तरिम आदेश दिन अस्वीकार

    सर्वोच्चद्वारा नेपाल समूहको मागमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    सोमबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले पार्टीबाट स्पष्टीकरण सोधेको र कारबाही गरी नसकेको अवस्थामा अन्तरिम आदेश दिन बाध्य नपर्ने निर्णय गरेको छ ।

    ‘विवादको विषयवस्तुको प्रकृतिबाट निवेदनको निर्णय चाँडो हुनुपर्ने देखिएकाले प्रस्तुत निवेदनलाई सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई नियमानुसार पेश गर्नू’, फैसलामा भनिएको छ ।

    साथै अदालतले १५ दिनभित्र प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा, निर्वाचन आयोग, एमालेका महासचिपव ईश्वर पोखरेल र संसद सचिवालयलाई लिखित जवाफ बुझाउन आदेश दिएको छ ।

    नेता नेपाल, घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेले १४ बुँदे मागसहित अदालतमा रीट दर्ता गरेका थिए ।

  • उपत्यकामा एकैदिन १९१२ जना कोरोना संक्रमित थपिए

    उपत्यकामा एकैदिन १९१२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १९१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५६७, ललितपुरमा २२३ र भक्तपुरमा ११२ कोरोना संक्रमित थपिएका हुन्।

  • नेपालमा थप ३५५६ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति भेटिए ?

    नेपालमा थप ३५५६ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति भेटिए ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय जनाको पीसीआर परीक्षणबाट ३४४२ जना र ८९३ एन्टिजेन परीक्षणबाट ११४ जनाको रिपोर्ट पोजेटिभ हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ७७ हजार ९९५ जना पुगेको छ ।

    संक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ पुगेको छ । १२ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार १७६ पुगेको छ ।

    प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, खोटाङमा १, झापामा ४३, ताप्लेजुङमा २, धनकुटामा २, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा १३४, सुनसरीमा ४२ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धनुषामा ३१, पर्सा ९८, बारामा १४, महोत्तरीमा ६, रौतहटमा १४, सप्तरीमा ७, सर्लाहीमा १३ र सिरहामा १० जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २७, चितवनमा ९६, दोलखामा ३, धादिङमा ५२, नुवाकोटमा १४, भक्तपुरमा १२२, मकवानपुरमा ३२, रामेछापमा ४, ललितपुरमा २२३, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६२, गोरखामा २३, तनहुँमा ७, नवलपरासी पूर्वमा ३०, पर्वतमा ७, मुस्ताङमा १, म्याग्दीमा ४, लमजुङमा ६, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा १५, गुल्मीमा २०, दाङमा २६, नवलपरासीमा ४, पाल्पामा ३४, प्युठानमा ४, बर्दियामा २३, बाँकेमा ३०७, रुकुम पूर्वमा २, रुपन्देहीमा ९५ र रोल्पामा ५ जनामा कोरोना पाइएको छ।

    गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा ४, सुर्खेतमा ३ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।

    सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ४१, कैलालीमा २८, डडेल्धुरामा १८, डोटीमा १४, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी

    बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी

    नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको बाँकेमा एक साता लामो निषेधाज्ञा जारी भएको छ । नेपालगन्जमा कोरोनाले मानिसहरुको ज्यान लिइरहेको छ । पछिल्लो एक सातामा यहाँ २५ जना भन्दा ढबीको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणभन्दा बाहिर जान थालेपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाएका छन् ।

    प्रशासनले सोमबार रातिदेखि लागू हुने अर्को सूचना जारी नहुँदासम्म जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट निस्कन पाइने छैन । एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई भने सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    यसअघि स्थानीय प्रशासनले नेपालगन्ज, कोहलपुरमा मात्र लकडाउन गरेको थियो । तर, यो प्रभावकारी नभएपछि जिल्ला भर नै निषेधाज्ञा लगाइएको हो । यस आदेशको अवज्ञा वा अवहेलना गर्ने वा कामका वाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजीम कारबाही हुने भएको छ ।

  • बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु

    बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु

    बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बैतडीको पाटनमा भएको दुर्घटनामा बेहुला बेहुली भने घाइते रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको छ ।

    दुर्घटनामा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ । मृतक दुलाहाका काका हुन् । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते छन् ।

    दुलाहा, दुलही सामान्य घाईते भएको बताइएको छ । आईतबार बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो । दुर्घटनाको कारण नखुलेको बताइएको छ ।

  • गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

    गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

    पोखरा । आज गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुँदैछ । प्रदेशसभाको विशेष अधिवेशन सोमबार शुरू हुँदैछ। यससँगै उनीविरुद्ध अविश्वास प्रस्ताव अगाडी बढ्ने भएको हो । दिउँसो २ बजे अधिवेशन शुरू हुँदैछ । पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको छ ।

    आज अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्ने कार्यक्रम छ । त्यसपछि भने सांसदले बोल्न पाउने छन् । छलफलपछि अविश्वासको प्रस्ताव टुंगो लगाइने छ । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सफल पार्न कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी र जनमोर्चा कसिएका हुन् ।

  • ५ सय सक्रिय संक्रमित नाघेको शहरमा लकडाउन गर्न सिफारिस

    ५ सय सक्रिय संक्रमित नाघेको शहरमा लकडाउन गर्न सिफारिस

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको अवस्था हेरी लकडाउनको निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । आइतबार बसेको सीसीएसीको बैठकले शहरी भेगमा ५ सय सक्रिय संक्रमित नाघेमा र पहाडी भेगमा २ सय सक्रिय संक्रमित नाघेमा लकडाउन गर्न सकिने गरी सिफारिस गरेको हो । यसबारे निर्णय भने मन्त्रीपरिषद्बाट हुनुपर्छ ।

    सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला तहलाई दिएको हो । नेपालमा काठमाडौं उपत्यकाका तीन वटै जिल्ला, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • उपत्यकामा एकैदिन १४९८ जना कोरोना संक्रमित थपिए

    उपत्यकामा एकैदिन १४९८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको हो ।

  • नेपालमा एकैदिन ३१२२ जनालाई कोरोना संक्रमण, २८ जना संक्रमितको मृत्यु

    नेपालमा एकैदिन ३१२२ जनालाई कोरोना संक्रमण, २८ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २९२ जनाको पीसीआर परीक्षणबाट ३०३१ जना र ७८६ एन्टिजेन परीक्षणबाट ९० जनाको रिपोर्ट पोजेटिभ हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ११९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४५० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ७७ हजार ५७३ जना पुगेको छ ।

    संक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । २८ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार १६४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

  • साउदीमा तीन महिना कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्धार

    साउदीमा तीन महिना कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्धार

    लण्डन । परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए ।

    आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्यो । साथीभाइहरुको सहयोगमा गैरकानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भूजेल कामकै क्रममा ठूलो दुर्घटनामा परे ।

    उनी स्थानिय अस्पतालमा साढे दुई बर्षसम्म उपचारका लागि भर्ना भए । त्यस अवधि मध्ये तीन महिनासम्म त भूजेल कोमामा परेका थिए । परदेशमा बेखर्ची रहेका भूजेलेलाई अस्पतालले दुई करोड ५० लाख ९८ लाख (२३ हजार रिहाद) को बिल थमाईदियो । खानबस्न समेत समस्यामा परेका भूजेल अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए ।

    बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उनी विरुद्ध मुद्धा दायर गरेको थियो । सोही मुद्दाका कारण भूजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे । विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा आइपुगे । दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भूजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो ।

    नेपाली दूतावासको विशेष पहलकदमी पछि अस्पतालले भूजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिईदियो । भूजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिक रुपमा निकै कमजोर रहेका भूजेलको सहयोगको लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्यो र उनको नेपालसम्मको उद्धारको जिम्मेवारी संघले लिएको थियो ।

    संघको कोभिड–१९ राहत तथा उद्दार कार्यक्रम अन्तर्गत उनलाई साउदी देखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाण्डौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो । उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवकहरु परिचालन समेत गरेको थियो । विराटनगरबाट घरसम्म जानका लागि गाडीको समेत व्यवस्था संघले मिलाएको थियो । गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरुको उद्धार र पुर्नस्थापना कार्यक्रमअन्तर्गत भूजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो । भूजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ ।

    वैदेशिक रोजगारीको लागि १ लाख रुपैयाँ चर्को ब्याजमा क्रण लिएका भूजेलको ऋण अहिले ब्याजसहित ३ लाख ५० हजार भन्दा बढी नाघी सकेको छ । परिवारसँगको भेट पछि प्रसन्न रहेका भूजेल अब के गर्ने भनेर चिन्तित छन् । अहिले उनको ठूलो चिन्ता साहुको क्रण कसरी तिर्ने भन्ने हो । उनी भन्छन्, जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ ।

    साउदी अबरस्थित नेपाली दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाह गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरिदिने गैरआवासीय नेपाली संघ लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

    संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसीले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपाली श्रमिकहरुलाई राहत तथा उद्दारको काम जारी रहेको बताए ।

    उनले संघको यस कार्यक्रम अन्तर्गत सेप्टेम्वर २०२० देखि हाल सम्म ‘कोभिड–१९’ का कारणले समस्यामा परेका १७००० भन्दा बढी नेपाली श्रमिहरुलाई राहत तथा उद्दार सम्बन्धि सहयोग पु-याएको बताए ।

  • नेपाललाई ट्रान्जिट मात्र बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    नेपाललाई ट्रान्जिट मात्र बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ।

    मन्त्रालयले आइतबार एक सूचना निकाल्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको हो ।

    विभिन्न मुलुकहरूले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरू नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन्। त्यसरी आएका मानिसहरूले नेपालमा पनि पीसीआर परीक्षण गराउँदै आएका थिए।

    मन्त्रालयले विदेशी नागरिकको कोरोना परीक्षणमा बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको समेत जनाएको छ।

  • ४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण

    ४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण


    अमृता के सी ( रोनी )
    काठमाडौँ, बैशाख १२ ।
    लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका करिब ४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ। कोभिड १९ को प्रकोपको दोश्रो चरण सक्रिय हुँदै गएको र सङ्क्रमित संख्या तीव्र रुपमा बढ्दै गएकोले बैशाख १० गते सुन्दरीजल प्रहरी प्रभाग, गोकर्ण प्रहरी प्रभाग, जोरपाटी प्रहरी बिट, नारायणटार ट्राफिक बिट,श्री जन जागृति मा वि र ग्राम सुधार विधालय लगायत विभिन्न ठाउँमा सेनिटाईजर र माक्स वितरण गरिएको हो । डाबर नेपालको सहकार्यमा शुक्रबार उक्त ठाउँहरुमा सेनिटाईजर र माक्स वितरण गरिएको थियोे।कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ,जि एम टि डिस्ट्रिक कोडिनेटर लायन धर्म शरण श्रेष्ठ, जोन चियरपर्सन लायन राजेन्द्र कोइराला,रिजन चियरपर्सन लायन वियज कुमार श्रेष्ठ,डिस्ट्रिक चियरपर्सन लायन ठण्डराज ठकुरी, टिम एरिया लिडर लायन श्रीधर भण्डारी, लायन राजकुमार भण्डारी, लायन तिलक श्रेष्ठ, केदार प्रसाद चापागाईं, लायन जयराज श्रेष्ठ,लायन रोजिना बिष्ट, लायन अमृता के सी, लायन गोमा दाहाल, लायन मनोज सुबेदि, लायन राजु कर्माचार्य, लायन श्रीधर पौडेल लगायतका लायन्स लिडरहरुको उपस्थिति रहेको थियो।

    “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने मुल नाराका साथ देशको जुनसुकै ठाउँमा समस्या आउँदा लायन्स क्लब अग्रपंक्तिमा खडा हुँदै आएको छ। दोस्रो चरणको कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि सचेतना जगाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का क्लबहरुले विभिन्न आवश्यक ठाउँहरुमा सेनिटाईजर र माक्स वितरण कार्यलाई निरन्तरता दिई रहेको छ।

  • जोन्सन एण्ड जोन्सन खोप माथि अमेरिकाले लगाएको रोक फुकुवा

    जोन्सन एण्ड जोन्सन खोप माथि अमेरिकाले लगाएको रोक फुकुवा

    न्यूयोर्क । जोन्सन एण्ड जोन्सन खोप माथि अमेरिकामा लागेको रोक फुकुवा भएको छ । रगत जम्ने खतरा देखिएको विवरण सार्वजनिक भएसँगै अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा अस्थायी प्रतिवन्ध लागेको थियो । ११ दिन अगाडी लगाएको प्रतिवन्ध अमेरिकाले फुकुवा गरेको छ ।

    अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले खोपमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको अमेरिकी एजेन्सीलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएको थियो । सोहीका कारण अप्रिल १४ देखि खोपको प्रयोग रोकिएको थियो ।

    समस्या देखिएका सबै ५० वर्ष मुनिका महिला रहेका र उनीहरुमध्ये तीनजनाको मृत्यु भइसकेको छ । युरोपियन औषधि नियामक निकायले पनि यही हप्ता जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाइसकेको छ ।

    अमेरिकामा प्रतिबन्ध फुकुवासँगै नेदरल्याण्ड्समा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तिमा एक करोड खोपको मात्रा तत्कालै अमेरिका पठाइने पनि जोन्सन एण्ड जोन्सन कम्पनीले जनाएको छ ।

    अमेरिकामा जोन्सनको खोपको प्रयोगबाट हुने हानी अत्यधिक कम भएको र यसबाट लाभ लिनेको सङ्ख्या धेरै भएकोले खोप रोक्न नहुने निश्कर्षमा अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ पुगेको हो ।

  • सगरमाथा चढ्न करीव ४ सयले लिए अनुमति, बन्यो कीर्तिमान

    सगरमाथा चढ्न करीव ४ सयले लिए अनुमति, बन्यो कीर्तिमान

    काठमाडौं । सगरमाथा आरोहणका लागि नेपालमा एक सिजनमा अहिलेसम्मकै बढी पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले आरोहण अनुमति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । यसअघि सन् २०१९ मा ३८२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । कोरोना भाइरसको दोस्रो लहरको सन्त्रासका बीच नेपालमा पर्वतारोहणमा भने उत्साह थपिएको छ ।

    सन् २०२० को वसन्त ऋतुमा भने कोरोनाका कारण आरोहण सफल हुन सकेन । विभागका अनुसार यस वर्ष आरोहण अनुमति लिनेमध्ये ३०३ जना पुरुष, ९० जना महिला र एक जना अन्य समूहका व्यक्ति छन् । कुल ४२ वटा आरोहण दललाई विभागले अनुमति दिएको छ । सगरमाथा आरोहणको अनुमति दिएबापत विभागले ४७ करोड ७७ लाख रुपियाँ रोयल्टी प्राप्त गरेको छ ।

    यो पनि अहिलेसम्मकै सर्वाधिक हो । सगरमाथा आरोहणकै लागि यतिबेला आरोहीसहित गाइड, भान्सेसहित करिब एक हजार संख्यामा मानिसा आधार शिविरमा पुगेका छन् । विभागले शुक्रबारसम्म सगरमाथासहित १६ वटा हिमाल आरोहणका लागि ६८९ जनालाई अनुमति प्रदान गरेको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालका लागि १०६ जनालाई अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

    त्यसपछि अन्नपूर्ण हिमालका लागि ४४ जना, धौलागिरि हिमालका लागि ३३ जना, आमादब्लम हिमालका लागि २७ जना, न्हुुप्त्से हिमालका लागि २३ जनालाई अनुमति दिएको छ । यसबाहेक विभागले मनास्लु, तेङ्काङ्गपोछे, वरुण त्से, हिमलुङ, मकालु, मुस्ताङ, पुमोरी, सरिबुङ, तिलिचो र टुकुचे हिमालका लागि पनि अनुमति जारी गरेको छ ।

  • आज गोरखा भूकम्पको छैटौं स्मृति दिवस

    आज गोरखा भूकम्पको छैटौं स्मृति दिवस

    काठमाडौं । आज नेपालमा गोरखा भूकम्पको छैटौं स्मृति दिवस मनाईंदै छ । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । पुनः यो विपत्तीको सामना गर्नु नपरोस भन्ने कामनासहित आज छैटौं स्मृति दिवस मनाउन थालिएको हो ।

    यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । २०७२ वैशाख १२ शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

    भूकम्पमा परि आठ हजार ९७९ जनाको निधन भएको थियो २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो ।

    तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको थियो । गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।

    यसैगरी संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

    गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । छ वर्ष अवधिमा भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् ।

    हालसम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार बुझेका छन् । सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्तावापत रु एक लाख लिएका छन् । घर सम्पन्न गरेर छ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको रु एक लाख ५० हजार लिएका छन् । चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

  • कोरोना संक्रमित पूर्वराजा दम्पत्ति अस्पताल भर्ना

    कोरोना संक्रमित पूर्वराजा दम्पत्ति अस्पताल भर्ना

    काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहसहित राजपरिवारका तीन जना सदस्य अस्पताल भर्ना भएका छन् । पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरु शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरुको स्वाथ्य अवस्था स्थिर तथा सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।

  • प्रधानमन्त्रीबाट धरहराको उद्घाटन्

    प्रधानमन्त्रीबाट धरहराको उद्घाटन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्माण भएको धरहराको उद्घाटन गरेका छन्। यसअघि भूकम्पले भत्काएको धरहरा रहेकै स्थान सुन्धारामा नयाँ संरचनासहितको धरहरा बनेको छ । शनिबार प्रधानमन्त्री ओलीले यो धरहराको उद्घाटन गरे ।

    धरहरामा राखिएको शिलालेख अनावरण गरेका उनी त्यसपछि भने काठमाडौं अवलोकन गर्न बालकोनी पुगेका थिए । त्यहाबाट पुष्पवृष्टी गर्दै उनले धरहरा पुनर्निर्माणको खुसी बाँडेका थिए । धरहरामा कुल २२ तला रहेको छ । तर, बाहिरबाट हेर्दा भने ११ तला माथि देखिन्छ । अब धरहरा लिफ्टबाट समेत जान सकिन्छ ।

    तर, तत्काल सर्वसाधारण भने जान पाउने छैनन् । किनकी धरहरामा गुरुयोजना अनुसारका काम पुरा भएका छैनन् । सरकारले निर्माणको काम नसकिँदै उद्घाटन गरेको हो । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत भएको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले नै २०७५ पुस १२ गते गरेका थिए ।

    Photo : Prasasan.com


    धरहरा ८३. ८५ मिटर अग्लो छ । धरहरा भिमसेन स्तम्भका नामबाट पनि परिचित छ । यो शुरुमा भिमसेन थापाले बनाएका हुन् । १९९० सालको भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरालाई २०७२ सालको भूकम्पले पुनः भत्काएको थियो । विक्रम संवत् १८८२ मा धरहरा बनेको हो । धरहरा पुर्निर्माणमा ३ अर्ब भन्दा बढी खर्च भएको छ ।

  • कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण

    कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृत्यु हुने पछिल्लो केही महिनायता कै बढी हो । नेपालमा मृतकको संख्या ३१३६ पुगेको छ । यस अवधिमा थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्टबाट २४८६ जना र सीमा नाकामा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कुल संक्रमितको संख्या नेपालमा २ लाख ९७ हजार ८७ पुगेको छ । अहिले १६ हजार ८२८ संक्रिय संक्रमित रहेका छन् ।

    मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा ३५२, रुपन्देहीमा २६८, दाङमा १७२ र ललितपुरमा १४१ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको मन्त्रालयले जनाएको छ ।

  • आज धरहरा उद्घाटन, सर्वसाधारणले चढ्न नपाउने

    आज धरहरा उद्घाटन, सर्वसाधारणले चढ्न नपाउने

    काठमाडौं । आज काठमाडौंको २२ तले धरहराको उद्घाटन हुँदैछ । १२ वैशाख २०७२ को भूकम्पले भत्काएपछि पुराना धरहराको आडैमा नयाँ धरहरा बनाइएको छ । यसको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्न लागेका छन् । उदघाटन हतारमा गरिएकोछ ।

    किनकी धरहराको टावरबाहेक अन्य काम सकिएका छैनन् । सोहीकारण सर्वसाधारणले तत्काल धरहरा जाने, अवलोकन गर्ने तथा चढ्ने मौका भने पाउने छैन । यसका लागि अर्को एक वर्ष कम्तिमा कुर्नु पर्नेछ । धरहरा कुल २२ तले भए पनि बाहिरबाट हेर्दा ११ तले देखिन्छ ।


    पुनर्निर्मित धरहरामा सुनको जलपसहितको गजुर राखिएको छ । २२ औं तलामा शिवलिंग राखिएको छ । यहाँ दुईवटा लिफ्ट राखिएको छ । यसबाहेक अब पूर्ण धरहरा क्षेत्रमा पार्किङ, बगैंचासहितका संरचना बन्दैछन् ।

    वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले यो परियोजनामा काम गरिरहेको छ । भूकम्पले भत्काएको पुराना धरहराको भग्नावशेष समेत यहाँ हेर्न सकिन्छ ।

  • सिन्धुलीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

    सिन्धुलीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

    सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक प्रहरी जवानसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुलीको भिमानबाट दुधौली नगरपालिकातर्फ जाँदैगरेको प्रदेश न २–०१–००१ प २१६३ को मोटरसाइकल मदन भण्डारी राजमार्ग अन्तरगत कमलामाई–१४ चन्दनपुरमा दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा सर्लाहीमा कार्यरत प्रहरीजवान दुधौली नगरपालिका–४ का यम कुमार दनुवारको मृत्यु भएको हो । मोटरसाइकल उनले चलाएका थिए । उनको पछाडी बसेका सोही ठाउँका १३ वर्षीया आशिष कुमार र अन्दाजी ९ वर्षीय अदित कुमार दनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी गराएको छ ।

    यम कुमार र आशिषको घटनास्थलमै ज्यान गएको र अदितको सिन्धुली अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मोटरसाइकल ढोली खोला नजिक सडकको ग्राभेलमा चिप्लिएर पुलको रेलिङमा ठोक्किएको बताइएको छ ।

  • नेपालमा थप २५५९ जनामा कोरोना पुष्टी, ४१० जना संक्रमणमुक्त

    नेपालमा थप २५५९ जनामा कोरोना पुष्टी, ४१० जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७९८ जनाको पीसीआर परीक्षणबाट २४५९ जना र ८६६ एन्टिजेन परीक्षणबाट ११० जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४१० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ जना पुगेको छ । ५ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार १२२ पुगेको छ ।

  • एमाले स्थायी कमिटी:‘डिनर मिटिङ’पछि वामदेव अटाए, झलनाथ र माधव हटाइयो

    एमाले स्थायी कमिटी:‘डिनर मिटिङ’पछि वामदेव अटाए, झलनाथ र माधव हटाइयो

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका छन्।

    एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो। नयाँ बनाइएको स्थायी कमिटीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका कसैलाई पनि राखिएको छैन।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगको ‘डिनर मिटिङ’पछि एमाले नेता वामदेव गौतम स्थायी कमिटीमा अटाएका छन्।

    स्थायी कमिटी सदस्यहरूमा ओली र पोखरेलसहित बामदेब गौतम, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुवीर महाशेठ, केशश बडाल र पुष्प राज कँडेल रहेका छन्।