लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता

चौतारा । सिन्धुपाल्चोक र अछाममा गत साता गएको पहिरोमा परी हराइरहेका मध्ये अझै १८ जना वेपत्ता छन् । जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएका मध्ये शनिबारसम्म ३२ जनाको शव फेला परिसकेको छ । शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको प्रहरीले जनाएको छ । यहाँ… Continue reading लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता

शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु

वीरगन्ज । नेपालमा शनिबार कोरोना भाइरसको संक्रमणबाट तीन जनाको निधन भएको छ । पर्सा र चितवनमा तीनजना कोरोना संक्रमितको ज्यान गएको हो । पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गत राती र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । अहिलेसम्स पर्सामा मात्र ३६ जनाको कोरोना भाइरसको संक्रमणका कारण… Continue reading शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु

पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख खर्च

काठमाडौं । नेपालमा हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षण सहित उक्त संख्या पुगेको हो । जसमध्ये १८ हजार २ सय १४ जना संक्रमण मुक्त भैसकेका छन् भने १३७ जनाको मृत्यु भएको छ । अन्यको उपचार जारी रहेको छ ।… Continue reading पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख खर्च

काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोनाको संक्रमण पुष्टि हो । गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १ सय ४२, ललितपुरका १५ र भक्तपुरमा २५ जना रहेका… Continue reading काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न ठाँउमा १ महिला र १० पुरुष सहित ११ जनाको मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा… Continue reading नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज

काठमाडौंमा १० हजारसम्म आइसोलेसन बेड बनाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ६ देखि १० हजार हाराहारी आइसोलेसन बेड बनाउने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै काठमाडौंमा अधिकतम १० हजारसम्म आइसोलेसन बेड तयार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । यद्दपी निर्णय भने सार्वजनिक भएको छैन । बैठक बिहीबार बसेको थियो । सरकारले सरकारी, सामुदायिक र निजी अस्पताल र आवश्यक… Continue reading काठमाडौंमा १० हजारसम्म आइसोलेसन बेड बनाइने

चितवनमा शुक्रबार बिहानै थपिए २६ संक्रमित

भरतपुर । चितवनमा शुक्रबार बिहान थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यहाँ स्वास्थ्यकर्मीससहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार राति आएको परीक्षणको नतिजा अनुसार ११ जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको हो । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकामध्ये २२ जना चितवनका… Continue reading चितवनमा शुक्रबार बिहानै थपिए २६ संक्रमित

काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना थुनामा

काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार उक्त मुद्दाको सुनुवाइ गर्दै थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा राख्न आदेश दिएको हो । अदालतले एसिड आक्रमणमा परेकी… Continue reading काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना थुनामा

काठमाडौं बाहिर नजान र भित्र नआउन मेयरको आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा उपत्यका मेयर फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले काठमाडौं छाडेर बाहिरी जिल्ला नजान र बाहिरबाट समेत काठमाडौ नआउन सर्वसाधारणमा अपिल गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै मेयर शाक्यले निषेधाज्ञालाई इमानदारीसाथ पालना गरी घरबाहिर ननिस्कन समेत सर्वसाधारणलाई अपिल गरेका छन् । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि उपत्यकामा निषेधाज्ञा… Continue reading काठमाडौं बाहिर नजान र भित्र नआउन मेयरको आह्वान

कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसारबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु भएको जानाकारी दिए । पर्सामा एक महिलासहित तीन जना, काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक–एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट… Continue reading कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु

उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा दुईसय जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय ७४ जना, ललितपुरका १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ। हालसम्म काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र… Continue reading उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षणमा ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५… Continue reading नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

आज दर खाने दिन, घर बाहिर जान भने नपाइने

काठमाडौं । आज तीजको दर खाने दिन । तीजको अघिल्लो दिन माइती आएका दिदीबहिनीलाई दाजुभाईले मिठो मसिनो पकाएर खुवाउने प्रचलन रहेको छ । हरितालिका तीजको दिन व्रत बस्ने महिलाले आज भने राती १२ बजेसम्म नै मिठा परिकार खाएर बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न… Continue reading आज दर खाने दिन, घर बाहिर जान भने नपाइने

रौतहटमा पूजारीको गोली हानेर हत्या

रौतहट । रौतहटमा एक पूजारीको गोली प्रहार गरी हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिकामा पुजारीको हत्या भएको हो । प्रहरीका अनुसार माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेको प्रहरीले जानकारी… Continue reading रौतहटमा पूजारीको गोली हानेर हत्या

प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष विवाद: श्रेष्ठलाई नै निरन्तरता दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाई नै काम गर्न दिन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट… Continue reading प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष विवाद: श्रेष्ठलाई नै निरन्तरता दिन सर्वोच्चको आदेश

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक/एक छन् । त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय २० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षणमा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ… Continue reading नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय २० जना डिस्चार्ज

उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौंमा २०१०, ललितपुरमा ३४९ र भक्तपुरमा १७२ संक्रमित पुष्टि भएका छन् ।… Continue reading उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

अछाममा भीषण बाढी, ४ को शव फेला, १९ वेपत्ता

file

साँफेबगर । अछामको रामारोशन–३ मा बाढीको बितण्डामा ठूलो संख्यामा मानवीय क्षति भएको छ । स्थानीय प्रहरीका अनुसार रामारोशन सान्तडास्थित सैनीबजारको बस्ती नै कैलास खोलाले बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १७ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । मध्यरातमा स्थानीय कैलाश खोलामा भीषण बाढी आएको थियो । यसल सैनी बजारका १६… Continue reading अछाममा भीषण बाढी, ४ को शव फेला, १९ वेपत्ता

कोरोनाबाट ललितपुर र धरानमा थप एक\एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको निधन भएको छ । अब देशभर ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ । ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको हो । पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको बुधबार विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले उल्लेख गरेको छ । उनी भक्तपुर सुर्यविनायक निवासी हुन्… Continue reading कोरोनाबाट ललितपुर र धरानमा थप एक\एक जनाको मृत्यु

काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?

file

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । एक सातासम्म लागु हुने गरी तीन वटै जिल्लामा निषेधाज्ञा लागू भएको हो । यस्तो प्रतिवन्ध बुधबार राती १२ बजेबाट लागु हुनेछ । यस्तो निर्णय १० भदौसम्म कायम रहनेछ । अहिले काठमाडौं सहित ठूला शहरमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा… Continue reading काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?

कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु,मृतकको संख्या ११४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए। प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक–एक जना पुरुष तथा तनहुँकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै… Continue reading कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु,मृतकको संख्या ११४ पुग्यो

काठमाडौं उपत्यकामा कारोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो नै अहिले सम्मको धेरै हो संक्रमितहरु काठमाडौंको १३८, ललितपुरको ५० र भक्तपुरको १७ जना रहेको गौतमले बताए । योसँगै… Continue reading काठमाडौं उपत्यकामा कारोना संक्रमितको नयाँ रेकर्ड

नेपालमा एकै दिन थप १०१६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षणमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७… Continue reading नेपालमा एकै दिन थप १०१६ जनामा कोरोना संक्रमण

धुलिखेलमा काठमाडौंका एक संक्रमितको मृत्यु

धुलिखेल । काठमाडौंका एक कोरोना संक्रमितको धुलिखेलमा उपचारका क्रममा ज्यान गएको छ । एक सातादेखि धुलिखेल अस्पतालमा उपचाररत् कोरोना संक्रमित ९८ वर्षीय वृद्धको ज्यान गएको हो । नयाँ बानेश्वरका उनी घरमै रहेको बेला कोरोना संक्रमण भएको बताइएको छ । उनी २६ साउनमा अस्पताल भर्ना भएका थिए । उनको मंगलबार बिहान राति साढे १२ बजे मृत्यु… Continue reading धुलिखेलमा काठमाडौंका एक संक्रमितको मृत्यु

नेकपा विवाद मिलाउन गठिन कार्यदल अनुमोदित, देउवाले भेटे दुबै अध्यक्षलाई

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले पार्टी भित्रको विवाद मिलाउन गठन भएको कार्यदललाई अनुमोदन गरेको छ । नेकपा सचिवालय बैठक सोमबार बालुवाटारमा बसेको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्माण गरेको कार्यदललाई बैठकले अनुमोदन गरको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार समस्या समाधान र संकट समाधानका विषयलाई व्यवस्थित रुपमा… Continue reading नेकपा विवाद मिलाउन गठिन कार्यदल अनुमोदित, देउवाले भेटे दुबै अध्यक्षलाई

एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा हुन एकदिन अगाडि स्थगित गरेको थियो । कोभिड–१९ संक्रमणका कारण यस… Continue reading एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ। काठमाडौंमा १७०६ ललितपुरमा २८३… Continue reading काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोना थप तीन जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा रौतहट, काठमाडौं र मोरङका एकरएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन् । हालसम्म कोरोना… Continue reading नेपालमा कोरोना थप तीन जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो