काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ।

नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको १० हजार ४ सय ६२ नमुना परिक्षणमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९६८… Continue reading नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

गोंगबु हत्या : स्लिपिङ ट्याब्लेट खुवाई बेहोस बनाएर हत्या

काठमाडौं । प्रहरीले गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेका दाङका कृष्णबहादुर बोहराको हत्या आरोपी सार्वजनिक गरेको छ । काठमाडौं महानगरीय प्रहरी परिसरमा हत्या आरोप लागेका चितवनकी कल्पना मुडभरी(पौडेल) र उनकी छोरीलाई प्रहरीले सार्वजनिक गरेको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको… Continue reading गोंगबु हत्या : स्लिपिङ ट्याब्लेट खुवाई बेहोस बनाएर हत्या

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो, धनुषामा एकको मृत्यु

जनकपुरधाम । सोमबार राती धनुषामा एक जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । यससँगै अब नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको हो । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोना लागेर ज्यान गएको हो । अस्पतालका अनुसार उनी १८ दिनदेखि आईसीयूमा उपचारार्थ… Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो, धनुषामा एकको मृत्यु

डोटीमा घर भत्कियो, एकै परिवारका चारको ज्यान गयो

File

डोटी । डोटीमा एक घर भत्किदा एकै परिवारका चार जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा भएको दुर्घटनामा एकै परिवारका चार जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । पाँच जना घाइते छन् । गतराती करिब एक बजे स्थानीय ३२ वर्षीय लोगे विकको घर भत्किँदा दुर्घटना भएको हो । उनकी श्रीमती… Continue reading डोटीमा घर भत्कियो, एकै परिवारका चारको ज्यान गयो

ह्वाइट हाउस बाहिर गोली चलेपछि पत्रकार सम्मेलन नै रोकेर राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थानतर्फ

एजेन्सी     सोमबार साँझ अमेरिकी राष्ट्रपति निवास  ह्वाउट हाउस बाहिर गोली चलेपछि ब्रिफिङ रुममा पत्रकार सम्मेलन गरी रहेका राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीले पत्रकार सम्मेलन अकस्मात रोकेर सुरक्षितस्थानमा लगेका छन् । कोरोनाभाईरस महामारीको बिषयमा केन्द्रित भएर पत्रकार सम्मेलन गरी रहेका राष्ट्रपति ट्रम्पलाई ह्वाईट हाउस बाहिरको पेन्सलभानिया एभिन्युमा गोली चलेपछि सिक्रेट सर्भिसका सुरक्षा अधिकारीहरुले ट्रम्पलाई भित्र लगेका… Continue reading ह्वाइट हाउस बाहिर गोली चलेपछि पत्रकार सम्मेलन नै रोकेर राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थानतर्फ

गोंगबु हत्याकाण्ड : हत्या भएको कोठामा बस्ने महिला चितवनबाट पक्राउ

हत्या भएको घर

काठमाडौं । आइतबार बिहान गोंगबुमा टाउको र खुट्टा काटेर भएको विभत्स हत्याको अनुसन्धानको निष्कर्षतर्फ प्रहरी पुगेको छ । स्रोतका अनुसार कृष्णबहादुर बोहोराको हत्या भएको घरको कोठामा बस्ने एक महिलालाई प्रहरीले चितवनबाट सोमबार पक्राउ गरेको छ । अब प्रहरी यो अनुसन्धानको निष्कर्षतर्फ उन्मुख भएको बताइएको छ । किनकी प्रहरीले हत्या भएको कोठाबाट कृष्णबहादुरको नागरिकता र एटीएम… Continue reading गोंगबु हत्याकाण्ड : हत्या भएको कोठामा बस्ने महिला चितवनबाट पक्राउ

कांग्रेसको ठहर : कोरोना नियन्त्रणमा सरकार असफल

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमणको नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । अब सरकारको भर परेर सुरक्षित नहुने भन्दै कांग्रेसले नागरिक स्वयमः सुरक्षित रहनु पर्ने सुझाव समेत कांग्रेसले दिएको छ । कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने… Continue reading कांग्रेसको ठहर : कोरोना नियन्त्रणमा सरकार असफल

टाउको काटिएको अवस्थामा शव फेला परेका व्यक्तिको पहिचान, विभत्स हत्या भएको स्थान फेला

काठमाडौं । गोंगबुमा आइतबार बिहान विभत्स अवस्थामा टाउको र खुट्टा काटिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ । उनी दाङका कृष्णबहादुर बोहरा भएको प्रहरीले पुष्टी गरेको छ । यसअघि शवको पहिचान हुन नसकेपछि सोमबार दिउँसो प्रहरीले उनको तस्वीर सार्वजनिक गरेको थियो । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन सकेको थिएन । तर, तस्वीर सार्वजनिक… Continue reading टाउको काटिएको अवस्थामा शव फेला परेका व्यक्तिको पहिचान, विभत्स हत्या भएको स्थान फेला

कारोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमणको कारण थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा बाँकेकी ७० वर्षीय महिला, पर्साकी ४५ वर्षीय महिला, काठमाडौं कलंकी ट्याङ्लाफाँट निवासी ६४ पुरुष, काठमाडौंका ७६ वर्षिया पुरुष रहेका छन् । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु… Continue reading कारोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए

फाइलफोटो

काठमाडौं  । काठमाडौं उपत्यकामा पछिल्ले २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थपिएका ४४ जना सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १ एक हजार १… Continue reading काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ८ हजार ४ सय ३२ नमुना परिक्षणमा ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१०… Continue reading नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण

गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान नभएपछि फोटो सार्वजनिक

काठमाडौं । प्रहरीले गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान नभएपछि फोटो सार्वजनिक गरेको छ । शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत प्रहरीले सबैसँग आग्रह गरेको छ । प्रहरीले शव भेटिएको ठाउँ र त्यस आसपासका… Continue reading गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान नभएपछि फोटो सार्वजनिक

कोरोनाले पर्सामा थप एक मानवीय क्षति, २२ नयाँ संक्रमित भेटिए

वीरगन्ज । पर्सा अहिले नेपालमा कोरोनाबाट उच्च मृत्युदर भएको जिल्ला बनेको छ । आइतबार वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्यु भएको थिया । उनको निधनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनी उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामी भएको बताइएको छ । आइतवार गण्डक कोभिड… Continue reading कोरोनाले पर्सामा थप एक मानवीय क्षति, २२ नयाँ संक्रमित भेटिए

उद्धार उडानबाट नेपाल फर्कदा सुन तस्करी

काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले सुन तस्करीको आरोपमा चार जनालाई पक्राउ गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्स युएईबाट आएका सोनाम लामा नाम गरेका २ जना, सीता स्याङ्तान र धनबहादुर बिके पक्राउ परेका हुन् । उनीहरुको साथबाट १७५७.४ ग्राम धातु बरामद भएको प्रहरीले जनाएको छ । धातुमा बाहिरबाट चाँदीले लेपन गरिएका कारण सुनको भएको प्रहरीको… Continue reading उद्धार उडानबाट नेपाल फर्कदा सुन तस्करी

हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना-पानी वितरण

न्युयोर्क बिदेशमा बस्ने नेपालीहरुको संयोजनमा काठमाडौंका विभिन्न स्थानहरुमा दिनदु:खी र असहायहरुलाई हेभेन्ली पाथले खाना र पानी वितरण गरेको छ । हेभेन्ली पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट सहयोग संकलन गरि १० औं दिनसम्म खाना र पानी बितरण गरिएको हो । हेभेन्ली पथ हङकङका उपाध्यक्ष एम डि गाया राईबाट १… Continue reading हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना-पानी वितरण

नेपालमा कोरोनाबाट थप दुईजनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप दुईजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको हो। मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ वस्ने ६२ वर्षिय एक पुरुषको साउन २४ गते राती ११ः३५ बजे उपचारको… Continue reading नेपालमा कोरोनाबाट थप दुईजनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

काठमाडाैं उपत्यकामा ९२ जनामा देखियाे कोरोना

काठमाडौं । पछिल्लो १४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको अनुसार काठमाडौंका ९० र ललितपुरका २ जना छन्।

नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ८ हजार ८ सय १५ नमुना परिक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२… Continue reading नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको र तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतको अनुसार कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको भन्ने प्रारम्भिक विवरण आएपछि थप विवरण आउन बाँकी नै रहेको छ । उनीहरूको सम्पर्कमा… Continue reading स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौंमा थप ६२ जनालाई कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५६, ललितपुर र भक्तपुरमा ३\३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । काठमाडौं उपत्यकामा पछिल्लो दुई सातायता संक्रमण निकै बढेको… Continue reading काठमाडौंमा थप ६२ जनालाई कोरोना

नेपालमा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ७ सय ८८ नमुना परिक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको… Continue reading नेपालमा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको कोरोना नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको सचिवालयका सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु सबैको पिसिआर परीक्षण गरिएको थियो । शुक्रबार बिहान स्वाब संकलन गरिएको प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको क्लोज कन्ट्याक्टमा आएका प्रधानमन्त्री ओलीसहित… Continue reading प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको कोरोना नेगेटिभ

रुपन्देहीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

बुटवल । रुपन्देहीमा कार दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा तीन जनाको ज्यान गएको छ । एक जना घाइते छन् । लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका ४ मा दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतक अन्यको सनाखत भइसकेको… Continue reading रुपन्देहीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

काठमाडौंमा सटडाउन, लकडाउनसँग के फरक हुन्छ ?

काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसलाई सरकारले सटडाउन भनेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म नियमित सेवा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार यसलाई सटडाउन भनिएको हो… Continue reading काठमाडौंमा सटडाउन, लकडाउनसँग के फरक हुन्छ ?

काभ्रेमा क्वारेन्टिनमा एक युवतीबाट आत्महत्या, स्थानीय आक्रोसित

काभ्रे । विदेशबाट फर्किएर क्वारेन्टिनमा बसिरहेकी एक युवतीले काभ्रेमा आत्महत्या गरेकी छिन् । क्वारेन्टाइन स्थलमै उनले आत्महत्या गरेकी हुन् । शुक्रबार काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थायी घर भएकी २१ वर्षिय युवती गाउँपालिकाकै क्वारेन्टाइनमा बसेकी थिइन् । उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । काभ्रे प्रहरीका अनुसार साउन १६ मा दुबईबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकी युवतीले गाउँपालिकाको… Continue reading काभ्रेमा क्वारेन्टिनमा एक युवतीबाट आत्महत्या, स्थानीय आक्रोसित

पर्साका तीन सहित कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

काठमाडौं  । कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार पर्साका तीन जना, सर्लाही र सिरहाका एक- एक जना को कोरोना संक्रमणबाट मृत्यु भएको हो । सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २२ गते, पर्साको विरगन्ज ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन… Continue reading पर्साका तीन सहित कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६ जना कोरोना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यो उपत्यकामा थपिएका अहिलेसम्मकै धेरै संख्या हो । प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका १४ जना, ललितपुरका ३ जना, शुक्रराज… Continue reading काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६ जना कोरोना संक्रमित

नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ९ सय २६ नमुना परिक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४… Continue reading नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

उपत्यकामा कोरोना जोखिम कम गर्न आइतबारदेखि १५ दिन ‘सट डाउन

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम कम गर्नका लागि १५ दिन अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि लागु हुनेगरी बन्द गर्ने निर्णय गरेका हुन् । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका… Continue reading उपत्यकामा कोरोना जोखिम कम गर्न आइतबारदेखि १५ दिन ‘सट डाउन