न्यूयोर्क चार दशक देखि अमेरिकी राष्ट्रपतिय चुनावको भविश्यवाणी मिलाउँदै आएका एक प्राध्यापकले यसपाली राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित हुने प्रक्षेपण गरेका छन् । अमेरिकन युनिभर्सिटीका इतिहास प्राध्यापक एल्लान लिचम्यानले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले दोस्रो कार्यकाल शासन गर्न नपाउने उद्घोष गरेका हुन् । लिचम्यान चार बर्ष अघि ट्रम्प राष्ट्रपति निर्वाचित हुने भविश्यबाणी गर्ने सिमित बिश्लेषकहरुमध्ये थिए… Continue reading चार दशक देखि अमेरिकी चुनावको भविश्यवाणी मिलाउँदै आएका प्राध्यापकको उद्घोष- यसपाली ट्रम्पको हार
Category: समाचार
ओहायो गभर्नर डिवाईनको दोश्रो टेष्ट नेगेटिभ
एजेन्सी ओहायो राज्यका गभर्नर माईक डिवाईनको कोभिड १९ को दोश्रो परिक्षण नेगेटिभ आएको छ । गभर्नर माईक डिवाईन बिहिबार दिउँसो कोरोना संक्रमित भएको बिज्ञप्ति निकालिएको थियो । त्यति मात्र होईन गभर्नरको आफ्नै ट्विटर एकाउण्टबाट समेत पोजेटिभ देखिएको खबर सम्प्रेषण गरिएको थियो तर बिहिबार नै साँझ डिवाईनको जाँच नेगेटिभ आएको पुन: अर्को बिज्ञप्ति निकालिएको छ ।… Continue reading ओहायो गभर्नर डिवाईनको दोश्रो टेष्ट नेगेटिभ
आज विभिन्न स्थानमा वर्षा, सचेत रहन आह्वान
काठमाडौं । आज देशभर विभिन्न जिल्लामा भारी वर्षा हुने सम्भावना छ । अहिले पनि कतिपय जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायु सक्रिय भएसँगै मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने भएको छ । विभागका अनुसार मनसुनी न्यून चापीय रेखा अहिले नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । सोहीकारण प्रदेश… Continue reading आज विभिन्न स्थानमा वर्षा, सचेत रहन आह्वान
कांग्रेसले क्रियासिल सदस्य दोब्बर पार्ने
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य दोब्बर पार्ने भएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको हो । यसअघि ५० प्रतिशत मात्र सदस्य थप्न सकिने प्रावधान रहेको थियो । सदस्यता थप्ने भनिए पनि छानबिन समिति गठनमा भने विवाद छ । क्रियाशील… Continue reading कांग्रेसले क्रियासिल सदस्य दोब्बर पार्ने
ओहायो राज्यका गभर्नर डिवाईन पनि कोरोना संक्रमित
एजेन्सी ओहायो राज्यका गभर्नर माईक डिवाईन पनि कोरोना संक्रमित भएका छन् । गभर्नर डिवाईनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नको लागि गर्नै पर्ने ‘प्रोटोकल टेस्ट’ गर्दा उनी कोभिड १९ पोजेटिभ देखिएका हुन । उनमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको, गभर्नरको कार्यालयले बिज्ञप्तिमा जनाएको छ । उनी राष्ट्रपति ट्रम्पसँग क्लिभल्याण्डस्थित बर्क लेकफ्रण्ट बिमानस्थलमा बिहिबार स्वागत भेट गर्ने… Continue reading ओहायो राज्यका गभर्नर डिवाईन पनि कोरोना संक्रमित
न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु
न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले कोरोना संक्रमणको त्रासले न्युयोर्क सहर छाडेका धनाढ्यहरुलाई सहरको अर्थतन्त्रमा टेवा पुर्याउनको लागि पुन: फर्किएर आउन आह्वान गरेका छन् । न्युयोर्क सहरमा महामारी चरम उत्कर्षमा पुग्दा महँगो मुल्य तिरेर म्यानह्याटनका अपार्टमेण्टमा बसोबास गर्दै आएका धनाढ्यहरु ह्याम्टन, अपस्टेट, कनेक्टिकटमा रहेको भेकेसन होममा सरेका थिए भने अन्य मानिस भने सहर भन्दा केही… Continue reading न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु
सवारी पास वितरणमा कडाई, एकै दिनमा नपाइने
काठमाडौं । प्रशासनले अब अत्यावश्यक कामका लागि भन्दै लिइने सवारी पास वितरणमा अझै कडाई गरेको छ । अब एकै दिनमा सवारी पास पाइने छैन । सरकारले काठमाडौं उपत्यका र २ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टी भएका जिल्लामा जोर विजोर प्रणाली शुरु गरेको छ । एक जिल्लाबाट अकोए जिल्ला जान निषेध छ । तर,… Continue reading सवारी पास वितरणमा कडाई, एकै दिनमा नपाइने
प्लास्टिकको पार्टेसन च्यातेर यसरी भयो ‘लिफ्ट’ ड्राइभर माथि आक्रमण (भिडियो सहित)
न्युयोर्क फ्लोरिडामा एक यात्रुले गाडी चलाईरहेका लिफ्ट ड्राइभरलाई पछाडिबाट घाँटी थिचेर न्याकेको भिडियो सार्वजनिक भएको छ । ३६ वर्षीय ट्राभिस स्मिथ नाम गरेका यात्रुले कोरोना संक्रमणबाट सुरक्षित राख्न बनाएको पार्टेसनलाई च्यातेर कार चालकको गर्धन थिचेको भिडियो सार्वजनिक भएको हो । घटना गत आईतबार बिहानको हो । सुरुमा पेसेन्जर र ड्राइभरको बीचमा टांगिएको प्लास्टिकको पर्दाको… Continue reading प्लास्टिकको पार्टेसन च्यातेर यसरी भयो ‘लिफ्ट’ ड्राइभर माथि आक्रमण (भिडियो सहित)
नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको हो । उनका अनुसा मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको र उनमा कोरोना परीक्षणबाट पोजेटिभ… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो
काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको काठमाडौंको ७६, ललितपुरको १० र भक्तपुरको १ जनामा कोरोना पृष्टि भएको हो । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ६७४ ललितपुरमा १२४ र भक्तपुरमा ७८ पुगेको छ… Continue reading काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए
नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ हजार ६ सय २२ नमुना परिक्षणमा ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७… Continue reading नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि
प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा प्रचण्ड निवास खुमलटारको गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो । बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको… Continue reading प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार; अन्य राज्यका आगन्तुकलाई चेक पोईन्टमा रोकेर क्वारेन्टिनमा बस्न लगाईंदै
न्युयोर्क अमेरिकामा कुनै दिन महामारीको केन्द्र बिन्दु बनेको न्युयोर्क सहरमा लगातार तीन दिनदेखि कोरोनाको कारण कसैको मृत्यु भएको छैन । यद्यपी सिंगो न्युयोर्क राज्यमा भने तीन दिनअघि सोमबार ३ जनाको मृत्यु भएको कुरा न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले बुधबार बताएका छन् । गभर्नर कुमोले न्युयोर्क राज्यमा कोरोना संक्रमणमा नाटकीय सुधार हुँदै गएपनि न्युयोर्कबासीलाई कोरोना भाईरसलाई… Continue reading न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार; अन्य राज्यका आगन्तुकलाई चेक पोईन्टमा रोकेर क्वारेन्टिनमा बस्न लगाईंदै
अमेरिकामा कोरोनाबाट हरेक ८० सेकेण्डमा एकको मृत्यु
न्युयोर्क अमेरिकामा पछिल्लो एक हप्तामा कोरोनाको कारण हरेक ८० सेकेण्डमा एक जनाको मृत्यु भएको छ । कोरोनाका कारण पछिल्लो सात दिनमा ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । जुलाईमा २६ हजार १ सय ९८ जनाको मृत्यु भएको थियो । जुलाई महिनामा मृतकको त्यो संख्या प्रति १०२ सेकेण्डमा एकको मृत्यु… Continue reading अमेरिकामा कोरोनाबाट हरेक ८० सेकेण्डमा एकको मृत्यु
काठमाडौंमा ५७ सहित उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको काठमाडौंका ५७ र ललितपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २७, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जना… Continue reading काठमाडौंमा ५७ सहित उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो
काठमाडौं। नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार वीरगन्जकी १८ वर्षकी युवती र वीरगन्ज ११ बस्ने ४६ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गौतमको अनुसार वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु बुधबार बिहान ६ बजे मृत्यु भएको… Continue reading नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो
नेपालमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ हजार ३५९नमुना परिक्षणमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको… Continue reading नेपालमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि
१४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा, कुन जिल्लामा कहाँ र कहिलेसम्म ?
काठमाडौं । सरकारले संक्रमण नियन्त्रणका लागि १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेको छ । लकडाउन अन्त्य गरेसँगै देशभर कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो। गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर… Continue reading १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा, कुन जिल्लामा कहाँ र कहिलेसम्म ?
विश्वभर एकै दिन थपिए साढे दुई लाख संक्रमित
काठमाडौं । संसारभर एकै दिन साढे दुई लाख संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । मंगलबारथपिएकामध्ये सवैभन्दा धेरै ब्राजिलमा ५६ हजार ४ सय छन् । यसअवधिमा अमेरिकामा ५४ हजार मानिसमा थप पुष्टी भएको छ । तेस्रो स्थानमा भारत छ । यहाँ २४… Continue reading विश्वभर एकै दिन थपिए साढे दुई लाख संक्रमित
नेपालका राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक
न्युयोर्क अमेरिकाको फ्लोरिडामा गत अगष्ट १ र २ तारिखमा सम्पन्न ‘२०२० फ्लोरिडा ओपन इन्टरनेशनल अनलाइन प्रोम्से च्याम्पियनशिप’मा नेपालका तेक्वाण्दो खेलाडी राजु नगरकोटीले स्वर्ण पदक जितेका छन् । संसारभरका बिभिन्न उमेर समुहका खेलाडीहरु बीच गराइएको प्रोम्से स्पर्धामा “नेपाल तेक्वाण्दो एसोसियसन”को प्रतिनिधित्व गर्दै खेलेका राजुले ४१ देखि ५० वर्ष उमेर समुहको स्पर्धामा ५.७६ अंक सहित जितेको हो । बिजेता… Continue reading नेपालका राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक
‘मोरङको ७७ वर्षिय वृद्धको मृत्यु् कोरोनाका कारण – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । ज्वरो र स्वासप्रश्वासको समस्याबाट पिडित उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए । दिउँसो ज्यान गएको उनको… Continue reading ‘मोरङको ७७ वर्षिय वृद्धको मृत्यु् कोरोनाका कारण – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’
काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकाम पछिल्लो २४ घण्टामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार संक्रमितहरु काठमाडौंको ४८, ललितपुरको १ र भक्तपुरको १३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१ ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ भने काठमाडौं उपत्यकाको… Continue reading काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण
नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ६८७ नमुना परिक्षणमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ… Continue reading नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो
काठमाडौं । नेपालमा लकडाउनको अत्यसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरालाई बढाउने निर्णय गर्दै स्वाब संकलनमा सहयोग गर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण बढेको भन्दै नियन्त्रणमा सहयोग गर्न मंगलबार एक सूचना जारी… Continue reading काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो
पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी
वीरगन्ज । पर्सामा आज बिहानै ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी कोरोना देखिनो तीन जना नेपाली सेनाका जवान समेत छन् । उनीहरु यसअघि कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव व्ववस्थापनमा खटिएका थिए । चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना… Continue reading पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी
बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ
गोरखा । बलात्कारको आरोपमा गोरखाका एक जना वडाध्यक्ष पक्राउ परेका छन् । गोरखा, पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका हुन् । उनीमाथि चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । किशोरी र वडाध्यक्षबीच सम्बन्ध रहेको थाहा पाएपछि परिवारले जाहेरी दिएका थिए । बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती… Continue reading बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ
मेलम्ची पहिरोमा पुरिएका ८ जनाकै निधन, सबैको सनाखत
मेलम्ची । मेलम्चीमा पहिरोमा पुरिएका सबै ८ जनाकै निधन भएको छ । सिन्धुपाल्लोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा कभर्ड हल निर्माणमा खटिएका मजदुर सुतेको अवस्थामा पहिरोमा परेका थिए । उनीहरुलाई माथिबाट आएको पहिरोले पुरेको हो । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ । ज्यान गुमाउनेमा बाराको सिमराका राजेश चौधरी, विक्रम थिङ, मानबहादुर… Continue reading मेलम्ची पहिरोमा पुरिएका ८ जनाकै निधन, सबैको सनाखत
काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु काठमाडौंको ४३, ललितपुरको ३ र भक्तपुरको ५ जना रहेका छन् । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३ ललितपुरमा १०८ र… Continue reading काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए
नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।… Continue reading नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि
मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि
काठमाडौं। मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको छ । गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कुट्दै गरेको भिडियोमा कुटाइ खाने र कुट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ । सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान… Continue reading मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि