काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

धरान । धरानमा प्रहरी चौकीमा स्थानीय युवाहरुका दुई समूह ग्याङ फाइट भएको छ । फाइट छुट्याउन खोज्दा तीन प्रहरी घाइते भएका छन् । दुई समुहबीच प्रहरी चौकी भित्रै खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एउटा समूह उजुरी लेख्न आएको समयमा अर्को समुहले चौकी मै आक्रमण गर्न आएको थियो । त्यसलाई रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् ।
अस्थायी प्रहरी चौकी, धरान १५ मा यो घना भएको हो । आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार जारी छ । अन्य दुई प्रहरी जवान सामान्य घाइते भएको जनाइएको छ । घटनापछि युवाहरु भागेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

नयाँ दिल्ली । कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल देखिएको भारतको राजधानी नयाँ दिल्ली अब आँखा बिगार्ने घातक रोग कालो ढुँसीको चपेटामा आएको छ । यससँगै दिल्ली सरकारले ब्ल्याक फंगसलाई महामारी घोषणा गरेको छ ।
दिल्लीका राज्यपालले इपियोडेमिक एक्ट अनुसार बिहीबार यस्तो सूचना जारी गरेका हुन् । म्यूकोरमाइकोसिस भनिने यो रोगका बिरामी दिल्लीमा तिब्र गतिमा फैलिएका छन् ।
दिल्लीको सर गंगाराम अस्पतालमा यसको पहिलो बिरामी भेटिएका थिए । त्यसयता दिल्लीको म्याक्स, अपोलोसहितका ठूला अस्पतालमा समेत पुष्टी भएको छ । यो रोगका कारण कैयौं मानिसहरुले ज्यान समेत गुमाउन परेको भारतीय संचारमाध्यमले लेखेका छन् । सरकारका अनुसार अहिलेसम्म यो रोगका कारण ६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
सर गंगाराम अस्पतालका वरिष्ठ ईएनटी विशेषज्ञ डा. मनीष मुंजाललाई उदृत गर्दै बीबीसीले लेखे अनुसार यो एक गम्भीर प्रकृतिको रोग हो, तर डराउनु पर्ने अवस्था भने छैन । यो रोग प्रतिरोधात्मक क्षमता कम हुने मानिसमा देखा पर्छ । यसले खासगरी आँखासहितका अंगमा कालो ढुँसी देखिन र आँखा नै निकाल्नु पर्ने अवस्था आउन समेत सक्छ ।
कोरोना भन्दा अगाडी यो रोग कीमोथेरापी, अनियन्त्रित डायबिटीज, ट्रान्सप्लान्टका बिरामी तथा वृद्धवृद्धामा देखिने गरेको थियो । तर, कोरोना महामारी पछि भने कोरोना जितेका बिरामीमा समेत देखिन थालेको छ ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ९५१ जना संक्रमितको मृत्यु भएको छ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९३९ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।
यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । देशभर ७ हजार २२६ जना संक्रमित निको भएका छन्।
यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । पछिल्ले २४ घण्टामा १०६ जनाको मृत्यु भएको छ ।
हालसम्म मृतकको संख्या ६ हजार ९५१ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १६हजार ४७६ रहेका छन् ।

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ ।
पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन सरोकारवाला निकायलाई अनुरोध गरेको छ । अहिले उक्त चक्रवात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर–पश्चिम सर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ । त्यसले केही दिन मौसममा असर पार्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३ देखि १५ गतेसम्म प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ । ती प्रदेशका तराइमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने र मध्यम वर्षाको सम्भावना छ । गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।
प्राधिकरणको सावधानीका सुझाव
प्राधिकरणले बस्ती नजिक बाढी पहिरो डुबानको जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा बस्न र नदी, खोला किनार एवं पहिरो आसपास बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गर्दै सतर्कताका सूचना सम्प्रेषण गर्न भनेको छ । पहाडमा भूक्षय र पहिरो एवं तराईमा बाढी आउनसक्ने भएकाले हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न अधिकारी तथा गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई तयारी अवस्थामा राख्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
सम्भावित वर्षा एवं बाढीबारे थाहा पाउन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं ११५५ मा फोन गर्न र तत्काल खोज, उद्धार र राहतका लागि राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको टोल फ्रि नं ११४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । यस्तै विपद्को समयमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकालाई विशेष ध्यान दिन भनेको छ । पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई फिर्ता बोलाउने प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ । बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्।
संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन् । शुक्रबार यसै सम्बन्धी अन्य रिट निवेदन संवैधानिक इजलासमा रहेकाले सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भन्दै प्रधानन्यायाधीशको इजलासले संवैधानिक इजलासमा पठाएको हो।
बिहीवार भएको सुनुवाइमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले अन्तरिम आदेश मार्फत प्रतिनिधि सभाको विघटन रोक्न माग गरेका थिए ।
प्रतिनिधि सभा पुनःस्थापना गरेर मात्र बजेट ल्याउन उनीहरुले माग गरेका थिए ।

काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली आँधी यासको प्रभाव नेपालमा मंगलबारबाटै देखिन थालेको हो । यसको प्रभावले अहिले देशभर वर्षा भएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएको छ ।
प्राधिकरणले यसबीचमा बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह समेत गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको छ ।
प्राधिकरणले भारी हिमपात हुने भन्दै हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन भनेको छ । प्राधिकरणका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना छ । गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।
आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ । सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

काठमाडौं । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि भएको प्रस्तावमा हस्ताक्षर गर्न नमानेका योगेश भट्टराई र हस्ताक्षर गरेपछि नखुलेका गोकर्ण विष्ट पुनः माधव नेपाल समुहमा खुलेका छन् । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैकमवादि शैलीमा कारबाहीको डण्डा चलाएको भन्दै आज १५ स्थायी कमिटी सदस्यको वक्तब्य आएको छ । यो समुहमा भट्टराई र विष्ट समेत खुलेका छन् ।
एमालेको ओली समुहले पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यो कदमलाई नेताहरुले निरंकुश तानाशाही निर्णय भएको बताएका छन् । एमालेमा नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पार्टी र संगठनलाई २ जेठ २०७५ को स्थितिमा सञ्चालन गर्नुपर्ने माग समेत गरेको छ ।
अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारीमुक्त गर्नुका साथै पार्टी सदस्य नै नभएकाहरुलाई जिम्मेवारी दिने जस्ता अवैध निर्णय गरेको समेत नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग मिलेमतो गरेर संसद विघटन गर्ने अलोकतान्त्रिक कार्य गरेको भन्दै नेपाल समूहका १५ नेताले संयुक्त वक्तव्य निकालेका छन् ।
प्रतिनिधिसभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएको समेत उनीहरुको भनाई छ । यसको विरोधमा आवाज उठाउनु प्रत्येक लोकतान्त्रिक देशभक्त राजनीतिकर्मीको कर्तव्य भएको विज्ञप्तीमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले राज्ययन्त्र, सत्ता र सरकारको चरम दुरुपयोग गरेको र उनको कामकारबाहीले कम्युनिस्ट आन्दोलन र लोकतन्त्र नै क्षतविक्षत् भएको नेपाल समूहले बताएको छ ।
विज्ञप्ती निकाल्ने १५ स्थायी कमिटी सदस्य
झलनाथ खनाल
माधव कुमार नेपाल
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
भीम रावल
घनश्याम भुसाल
भीम आचार्य
गोकर्ण बिष्ट
योगेश भट्टराई
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
रघुजी पन्त
बेदुराम भुसाल
अमृत कुमार बोहरा पदेन स्थायी कमिटी सदस्य
प्रमेश हमाल पदेन स्थायी कमिटी सदस्य

अमृता के सी ( रोनी )
काठमाडौँ, जेष्ठ १२ ।गोकर्णेश्वर नगरपालिकाले अक्सिजन र मेडिकल सेवा सहित २५ बेडको आइसोलेशन सेन्टर सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर ४ जगडोल स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामती स्मारकमा रहेको भवनमा आज एक कार्यक्रम बिच नगरप्रमुख सन्तोष चालिसेले आइसोलेशन केन्द्रको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल,नगर प्रमुख सल्लाहकार दिपक रिसाल,नगर स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय सहित जनप्रतिनिधि, राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामती स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,पूर्व डिस्ट्रिक गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल,पूर्व डिस्ट्रिक गभर्नर एवं हालका मल्टिपल हंगर रिलिफ चिफ लायन कुमार राज सुवेदी लगायतको उपस्थिति थियो ।
आइसोलेशनमा गोकर्ण प्राथमिक अस्पतालका डाक्टर तथा नर्सहरुले उपचार गर्नेछन् ।गोकर्ण प्राथमिक अस्पताल स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का प्रमुख अध्यक्ष श्रीकुमार श्रेष्ठका अनुसार उक्त आइसोलेशनमा १ जना डाक्टर, ३ जना नर्स र ३ जना अहेवको टिम २४ सै घण्टा रहने बताए ।आइसोलेशन केन्द्रमा एम्बुलेसन पनि २४ सै घण्टा रहनेछ । आइसोलेशनको सुरक्षाको लागि नेपाल प्रहरी र नगर प्रहरी खटाइएको छ।
कोभिड -१९ को पहिलो लहरमा पनि करिव ६० दिन सम्म उक्त ठाउँमा लायन्स क्लब ३२५ ए १ ले आइसोलेशन संचालन गरेको थियो।
नगर प्रमुख चालिसेको नेतृत्वमा बिपत व्यवस्थापन अन्तर्गत हालको यस असहज परिस्थितिमा राष्ट्रिय शहिद तथा शान्ति पार्क, गोकर्णेश्वर नगरपालिका, र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को साझेदारीमा आइसोलेशन केन्द्र पुनःसंचालन गरिएको हो।नगरले बैशाख महिना भित्र सेन्टर संचालन ल्याउने जानकारी गराएको थियो। दोस्रो लहरको भेरियन्टमा संक्रमितहरुको अवस्था निकै गम्भीर भएकोले अक्सिजन र स्वास्थ्य सामाग्रीका साथै चिकित्सकहरुको अभावले ढिला भए पनि राम्रो व्यवस्थाका साथ निम्न आय स्तर भएका कोरोना संक्रमितलाई उपचार गर्न आइसोलेशन प्रभावकारी हुने नगर प्रमुख चालिसेले बताए।आइसोलेशनमा सुरक्षाका मापदण्ड अनुसार खटिएका चिकित्सक टोलिलाई १५ दिन खटाइने छ र ७ दिन क्वारेन्टिनमा राखिने छ ।क्वारेन्टिन पश्चात काेभिड टेस्ट गरि नेगेटिभ देखाइसके पछि मात्रै चिकित्सक टोलिलाई पुनः आइसाेलेशन सेन्टरमा खटाइने छ ।



काठमाडौं । चीनले नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप दिने भएको छ । सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोप दिने घोषणा बुधबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनजिङले गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् ।
चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज खोप सहयोग स्वरुप दिएको थियो। चीनले उक्त १० लाख डोज खोप तत्कालै उपलब्ध गराउने जानकारी समेत दूतावाशले गराएको छ ।
आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग झन्डै पौने घन्टा टेलिफोन वार्ता गरेकी थिइन्। उक्त टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले १० लाख डोज भेरोसेल खोप अनुदान दिने घोषणा गरेका हुन् ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ८४५ जना संक्रमितको मृत्यु भएको छ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७१४ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९३० जनाको पिसिआर विधिबाट ६६७७ र ३२२ जनाको एन्टीजेन परीक्षणमा ३७ जना संक्रमित पुष्टि भएका हुन्।
यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ३५ हजार ५२५ पुगेको छ ।
देशभर ६ हजार ७१६ जना संक्रमित निको भएका छन्।
यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ । पछिल्ले २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।
हालसम्म मृतकको संख्या ६ हजार ८४५ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने निर्णय महन्थ ठाकुर र राजन्द्र महतो समूहले गरेसँगै जनता समाजवादी पार्टीमा भाँडभैलो शुरु भएको छ ।
पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई सोधेको स्पष्टीकरण नआउँदै ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् ।
मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषय उल्लेख छन् ।
जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक महन्थ पक्षले जेठ ७ मा स्थगित भएको सूचना जारी गरेको थियो । तर सोही दिन उपेन्द्र पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक एकल अध्यक्षतामा डाकेका थिए । यस सम्बन्धमा समेत यादवसँग स्पष्टीकरण सोधिएको छ । पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पठाउन समय दिइएको छ ।

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न हुने चक्रवात यासको प्रभाव भारतका विभिन्न राज्यमा देखिन थालेको छ । पूर्वीमध्य बङ्गालको खाडीमा यास नामक अति शक्तिशाली चक्रवात विकसित भइरहेको छ । भारतमा तटीय क्षेत्रमा रहेकाहरुलाई सो क्षेत्र छाड्न २४ घण्टा अगाडी नै चेतावनी दिइसकिएको छ । यो आँधिको प्रभाव नेपालमा समेत देखिन थालेको छ ।
मंगलबारबाट देखिएको प्रभाव शुक्रबार सम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । मङ्गलवार बिहानदेखि इलाम लगायत पूर्वी क्षेत्रमा पानी परेको छ। यसले आगामी दुई, तीन दिन देशका विभिन्न भागमा प्रभाव पार्ने प्रक्षेपण गरिएको विभागको भनाई छ ।
उक्त चक्रवात बुधवारसम्म उडिसा तथा पश्चिम बङ्गालको तटमा आइपुग्ने भारतीय मौसम विभागले अनुमान गरेको छ । नेपालमा बिहीवार र शुक्रवार धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । चक्रवातका कारण कतिपय स्थानमा हावाहुरी समेत आउने छ । विभागले सगरमाथा सहित हिमाली क्षेत्रहरूमा सतर्क रहन पनि सचेत गराएको छ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६९ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६९ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ७ सय जना संक्रमितको मृत्यु भएको छ।
उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पिसिआर विधिबाट ८३८७ र ६३० जनाको एन्टीजेन परीक्षणमा २४९ जना संक्रमित पुष्टि भएका हुन्।
यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
त्यसदिन देशभर ६४०४जना संक्रमित निको भएका छन्। यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । पछिल्ले २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ ।
हालसम्म मृतकको संख्या ६ हजार ७ सय पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेका छन् ।

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। यसपटको निषेधाज्ञामा मानिसहरु मर्निङ् र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गर्ने गरि निर्णय गरिएको छ।
तरकारी पसलमा मानिसको भिडभाड भएकाले त्यहाँबाट संक्रमण फैलिएको हुनसक्ने आशङ्कामा यस पटक थप गरिएको निषेधाज्ञामा तरकारी पसललाई कडाइ गर्ने भएको छ। त्यस्तै खाद्यान्नका पसल भने एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ।
बिबाहमा पनि १० जनाबाट घटाइएर ७ जना मात्र सहभागी हुन पाउने छन्। जसमा एउटा गाडी मात्र प्रयोग गर्न पाइने छ।

काठमाडौं । अब वाणिज्य बैंकहरुले लघुवित्त वित्तीय संस्थाको सेयर किनबेच गर्न नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंकहरुलाई दोस्रो बजारमा लघुवित्तको सेयर किनबेच गर्न नपाउने व्यवस्था गरेको हो ।
यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेको छ । राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले धितोपत्रको दोस्रो बजारमा १ वर्षभन्दा कम अवधिका लागि लगानी गर्न नपाउने भएका छन् ।
‘सर्वसाधारणमा सेयर विक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’
यस्तै खरिद गरेको एकवर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानीमात्र विक्री गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । तर, यसअघि २०७८ जेठ १० गतेसम्म लगानी गरेका सयर २०७९ असार मसान्तभित्र विक्री गर्न बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं । पाँच दिनअघि गोली प्रहार भई गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको मृत्यु भएको छ । उनलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । पाण्डेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
पाण्डे र एक भारतीय नागरिकमाथि अघिल्लो बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पाण्डेको पेट र कम्मरमा २ वटा गोली लागेको थियो । उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।
उनीमाथि आक्रमण गर्ने दुई जना पक्राउ परिसकेका छन् । प्रहरीले कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अलीलाई पक्राउ गरेको छ ।

अमृता के सी ( रोनी )
काठमाडौँ जेष्ठ १० ।लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ ले जोरपाटी स्थित नारायणटारमा रहेको शंकरापुर हस्पिटललाई करिब ३ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जेष्ठ ९ गते आइतबार पूर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले शंकरापुर हस्पिटलका निर्देशक डा.रमेश ढकाललाई ३ थान प्यासेन्ट अभ्जर मोनिटर हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,पूर्व डिस्ट्रिक गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पूर्व डिस्ट्रिक गभर्नर एवं हालका मल्टिपल हंगर रिलिफ चिफ लायन कुमार राज सुवेदी,जी एम टि लायन धर्म शरण श्रेष्ठ, डिस्ट्रिक चियर पर्सन लायन राजन ठकुरी ,लायन श्रीचन के सी,लायन गंगालाल श्रेष्ठ लगायत लायन्स लिडरहरुको उपस्थिति रहेको थियोे।
कार्यक्रममा हस्पिटलका निर्देशक डा. ढकालले हस्पिटलले प्राप्त गरेको उक्त प्यासेन्ट अभ्जर मोनिटरको बिरामिलाई अतिरिक्त शुल्क नलाग्ने जानकारी गराए । हालको विषम परिस्थितिमा “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने मूल नाराका साथ नयाँ भेरियन्टको संक्रमणको उच्च जोखिम वृद्धि संगै हस्पिटल संग समन्वय गरेर संक्रमितलाई बचाउन लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ ले हाल शंकरापुर हस्पिटलमा ( आइसियु ) बराबरको १० बेड को उच्च निर्भरता इकाई (एचडियू) बनाएर संक्रमित बिरामी सेवा दिने जानकारी लायन भेटुवालले दिए।साथै कोभिड पोजेटिभको लागि लायन्स क्लबले विभिन्न चार ठाउँमा अक्सिजन सहितको आइसोलेशन सेन्टर खोलेर संक्रमितलाई सेवा दिइरहेको जानकारी गराए ।कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स गभर्नर श्रेष्ठले शंकरापुर हस्पिटलमा उपचार गर्न आउने कोरोना संक्रमितहरुले सस्तो शुलभ रुपमा सेवा उपभोग गर्न पाउन् भन्ने उदेश्यले उक्त बिरामीको अवस्था हेर्ने मेसिन हस्पिटललाई हस्तान्तरण गरेको बताए।


काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नामको शक्तिशाली पार्टीबाट सत्तायात्रा शुरु गरेका केपी शर्मा ओलीले आफ्नो कार्यकालमा एकै पटक दुई पार्टी विभाजनको अपजस भोग्नु पर्ने भएको छ । अदालतको आदेशमार्फत नेकपा एमाले र माओवादी केन्द्र गरि दई पार्टी अलग भएपछि एमालेको नेतृत्व ओलीले गरिरहेका थिए । उनले आफ्नो सत्ता टिकाउन अन्ततः एमाले समेत विभाजन गर्ने गरि निर्णय लिएका छन् ।
उनले सोमबार ११ जना सांसदलाई पार्टीबाट निकालेका छन् । यी बाहेक थप १२ जनालाई आज स्पष्टीकरण सोधिएको छ । उनीहरुले पनि चित्त बुझ्दो स्पष्टीकरण नदिएमा पार्टीबाट निकालिने छ । एमालेले नेताहरुलाई निकालेसँगै एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल नेतृत्वमा नयाँ पार्टी खोल्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
ओलीको दम्भका कारण उनीसँग सहयात्रा गर्न नसकिने निष्कर्षसहित माधवकुमार नेपालससहित वरिष्ठ नेताहरु अन्ततः नयाँ पार्टी घोषणाको तहमा पुगेका हुन् । यो पार्टीको सहकार्य माओवादी केन्द्रसँग समेत हुने छ । जसले कम्यूनिष्ट एकताको आधार पुनः तय गर्ने अपेक्षा लिइएको नेताहरुको भनाई छ । ओलीसँगको संघर्षमा भने माधवकुमार नेपाल समुहले कांग्रेस र माओवादी केन्द्रलाई खुलेर साथ दिएको छ ।

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरेको छ । थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय समेत पार्टील गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । एमालेले यसअघि उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन्।
पार्टी हितविपरित काम गरेको भन्दै उनीहरुलाई पार्टीबाट निकालेको हो । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ ४२५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर विधिबाट ७२२० र ६०७ जनाको एन्टीजेन परीक्षणमा २०५ जना संक्रमित पुष्टि भएका हुन्।
सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्। यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।
सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्। यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । पछिल्ले २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ ।
हालसम्म मृतकको संख्या ६ हजार ५३१ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेका छन् ।
प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६०, खोटाङमा ५५, झापामा ४१, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा ६४, भोजपुरमा ११, मोरङमा ३२३, संखुवासभामा ३२, सुनसरीमा २१८ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १५०, पर्सा २३, बारामा ३८, महोत्तरीमा १४१, रौतहटमा ४१, सप्तरीमा ४२, सर्लाहीमा ३४ र सिरहामा ५७ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८ सय ६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १४०, चितवनमा १७१, दोलखामा ८७, धादिङमा २५, नुवाकोटमा १९५, भक्तपुरमा २९८, मकवानपुरमा २४२, रसुवामा २, रामेछापमा ७८, ललितपुरमा ६८१, सिन्धुपाल्चोकमा ६० र सिन्धुलीमा ४४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २५८, गोरखामा १४९, तनहुँमा ७९, नवलपरासी पूर्वमा २९, पर्वतमा ६५, मुस्ताङमा २, म्याग्दीमा २९, लमजुङमा ८९, बागलुङमा ७ र स्याङजामा १९८ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १९, कपिलवस्तुमा ८८, गुल्मीमा ४, दाङमा १४३, नवलपरासीमा ४१, पाल्पामा ५१, प्युठानमा १०, बर्दियामा ९, बाँकेमा ४६, रुकुम पूर्वमा १, रुपन्देहीमा २८७ र रोल्पामा ३ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १९, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा २, दैलेखमा २९, रुकुम पश्चिमा १६, सल्यानमा २ र सुर्खेतमा ७८ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा ७८, कञ्चनपुरमा १, कैलालीमा ९६, डडेल्धुरामा २५, डोटीमा १, दार्चुलामा २२, बझाङमा २, बाजुरामा २ र बैतडीमा ५७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ज्ञड५ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ५३१ जना संक्रमितको मृत्यु भएको छ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ ४२५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर विधिबाट ७२२० र ६०७ जनाको एन्टीजेन परीक्षणमा २०५ जना संक्रमित पुष्टि भएका हुन्।
सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्।

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
१४६ जना सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । उनीहरुले राष्ट्रपतिले बहुमत हुँदा हुँदै पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई नियुक्त नगरेको भन्दै अदालतमा रिट दायर गरेका छन् ।
रिटमा संसदमा रहेका बहुमत सदस्य रहेकाले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभाको पुर्नगठनको माग गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा अोलीले गरेको संसद विघटनको विरुद्धमा रिट दायर गर्न विपक्षी पाँच दल सर्वोच्च अदालत पुगेका हुन् ।
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत पुगेका थिए ।
यस्तो छ सर्वोच्चमा दायर भएको रिट
श्री सर्वोच्च अदालतमा पेश गरेको
सारसंक्षेपीकरण
विषयः नेपालको संविधानको धारा १३३ (२) (३) धारा १३७ बमोजिम उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाऊँ ।
जिल्ला गाँउपालिका नपा वडा नं. ४ घर भई हाल जिल्ला महानगरपालिका क्षेत्र नं. बाट प्रतिनिधि सभामा निर्वाचित सदस्य ७६ वर्षको शेर बहादर देउवा समेत जवान….१ निवेदकहरु
विरुद्ध
राष्ट्रपतिको कार्यालय, शितल निवास, काठमाडौं समेत….१
मुद्दाः उत्प्रेषणयक्त परमादेश समेत ।
हामी निवेदकहरु सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४८ अन्तर्गत निम्नलिखित प्रकरणहरुका यो सार सक्षेपीकरण प्रस्तुत गर्दछौँ ।
(१) निवेदनको सम्क्षीप्त व्यहोरा
हामी निवेदकहरु मिति २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाको सदस्य हौँ। सम्मानित सर्वोच्च अदालको मिति २०७७११।११ (२०७७–डब्लुसी–००३७) निर्णयबाट प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रत्यर्थी प्रधानमन्त्रीले मिति २०७८/१/२७ मा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।
राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आव्हान गर्नुभएकोमा संविधानको धारा ७६(२) बमोजिमको दलहरुबाट दावी पेश हुन नसकेकोले प्रत्यर्थी केपी शर्मा ओली नै संविधानको धारा ७६(३) अन्तर्गत प्रधानमन्त्रीमा भएको थियो ।
संविधानको धारा ७६(४) अन्तर्गत नियुक्त प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ४ अन्तर्गत विश्वासको मत नलिइ मिति २०७४।०२।०६ गते संविधानको धारा ७६(५) बमोजिम वैकल्पिक सरकार गठनको लागि प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गरी राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनको लागि २०७८।०२।०७ गते साँझ ५ बजेसम्मको समय अवधि तोकी प्रतिनिधि सभा सदस्यलाई आव्हान गर्नुभएकोमा निवेदक शेरबहादुर देउवाले बहुमत प्रनिधिसभाका सदस्यहरुको समर्थनसहित दाबी प्रस्तुत गरेको र केपी शर्मा ओलीले पनि दाबी गर्नुभएको जानकारीमा आएको र संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुनसक्ने, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिँदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने भएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने भन्ने निर्णय भएको र मिति २०७८/२/७ को मध्यरातमा प्रत्यर्थी मन्त्रिपरिषदवाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको निर्वाचन मिति ०७८/७/२६ गते र ०७८/८/३ गते दुई चरणमा गर्ने गरी निर्णय भई राष्ट्रपतिसमक्ष सिफारिस गरिएको राष्ट्रपतिबाट मिति २०७८/२/८ गते मध्यरातमा नै मन्त्रिपरिषदको सिफारिसबमोजिम प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी भएको निर्णय नेपालको संविधानविपरीतको हुँदा राष्ट्रपतिको उक्त दवै निर्णय असंवैधानिक र त्रुटिपूर्ण भएकोले संविधानको धारा ४६, १३३ (२),(३) र १३७ समेतको आधारमा उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेशको आदेश जारी गरिपाऊँ ।
२. संवैधानिक तथा कानुनी प्रश्न
संविधानको धारा ४६, ७६ ((३(४)(५)(६)(७) धारा ८९, धारा १३३(२)(३) धारा ८९, राजनीतिक दल सम्बन्धित ऐन २०७३ को परिच्छेद ६ समेतका संंवैधानिक तथा कानुनी विद्यमान रहेको।
(३) माग गरिएको उपचार सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रपतिबाट भए गरेका काम कारबाहीहरुबाट कानुनको प्रत्यक्ष त्रुटि हुनपुगेको स्पष्ट छ । हामी निवेदकहरुले समर्थन गरेको प्रतिनिधि सभा सदस्य निवेदकहरुमध्येका शेर बहादुर देउवालाई नेपालको संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिद्वारा दुवै दावीकर्ता निवेदक शेर बहादुर देउवाको दाबी नपुग्ने भनी मिति २०७४।०२।०७ मा गरेको राष्ट्रपतिको निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको मन्त्रीपरिषद्को मिति २०७४।०२।०८ को सिफारिसमा प्रतिनिधि सभा विघटन गरी आगामी २०७८/७/२६ मा २०७८/०८/०३ गते प्रतिनिधि सभाको निर्वाचन तोक्ने गरी राष्ट्रपतिले गरेको मिति २०७८।०२।०८ को निर्णय लगायत सम्पूर्ण कामकारबाहीलाई असंवैधानिक र गैरकानुनी घोषित गरी उक्त निर्णयहरुलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी असंवैधानिक रुपमा विघटन भएको प्रतिनिधि सभालाई पुनर्स्थापना गरी प्रतिनिधि सभाको सदस्यको हैसियतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तको लागि म निवेदक शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेश गरेको मिति २०७८।०२।०७ गतेको विश्वासको आधारमा निवेदकमध्येका शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संविधानको धारा ७६ (५) बमोजिम नियुक्त हुने प्रधानमन्त्रीको लागि समर्थन गरेको आधारमा प्रतिनिधि सभाका सदस्यलाई दल त्याग गरेको भनी प्रत्यर्थी राष्ट्रपति कार्यालय समेतका नाममा परमादेश लगायत अन्य उपयक्त आज्ञा आदेश वा पुर्जा जारी गरी संवैधानिक हकको संरक्षण गरी पाउन ।
(४ं) व्यहोरा साँचो छ, झूठा ठहरे कानुनबमोजिम सहुँला बुझाउँला ।
निवेदकहरु
निज प्रतिनिधिसभा सदस्य निज शेरबहादुर देउवा समेत जवान
इति सम्वत् २०७८ साल जेष्ठ गते रोज शुभम …..

काठमाडौं । नेपालले इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात गर्न सफल भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले यो लक्ष्य पुरा गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को १० महिना (साउन-वैशाख)मा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।
निर्यात वृद्धि ३२.१९ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७६र७७ मा १० महिनाको अवधिमा निर्यात ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबर थियो । नेपालबाट भट्टमास, कफी, चिया, कार्पेट, आइरन, स्टिलजस्ता वस्तुको निर्यात बढी हुने गरेको छ ।
तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा आयात पनि उस्तै वृद्धि भएको छ । गत आवको यसै अवधिको तुलनामा आयातमा २२.३४ प्रतिशत वृद्धि भएको छ । यो वर्ष १० महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक विभागको छ । यो वर्ष नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ भएको छ ।
निर्यात र आयात दुबै बढेपनि आयातको हिस्सा अत्यधिक हुँदा नेपालको व्यापार घाटामा छ । यस अवधिमा नेपालको व्यापार घाटा २१.४८ प्रतिशतले बढेको छ । नेपालको कुल वैदेशिक व्यापारको आकार भने १३ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँको पुगेको छ ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८९६५ पीसीआर परीक्षणमा ७५८९ जना र ९३१ एन्टिजेन परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९३ जनाले कोरोना संक्रमणको कारण ज्यान गएको छ । भने देशभरबाट थप ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ७ सय ६१ जना काठमाडौं, ३ सय ६६ जना भक्तपुर र ६ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा ८ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् ।

अमृता के सी ( रोनी )
काठमाडौँ जेष्ठ ९ ।बूढानीलकण्ठ नगरपालिका १३ का जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकोले वडा कार्यालय बन्द गरिएको छ।निषेधाज्ञाको समयमा पनि वडा कार्यालयले सुरक्षाको मापदण्ड सहित सेवा प्रदान गर्दै आएको थियोे । वडामा संक्रमित संख्या वृद्धि साथै कर्मचारी र जनप्रतिनिधिमा समेत कोरोना पोजेटिभ देखिएकोले कोरोना जोखिम नियन्त्रण र रोकथामका लागि भन्दै वडा नम्बर १३ ले जेष्ठ १० गते देखि १४ गते सम्म बन्द रहने सूचना जारी गरेको छ।