Category: समाचार

  • महन्थ ठाकुर पक्ष सरकारमा गएपछि प्रदेश दुई सरकारमा पनि व्यापक फेरबदल हुने

    महन्थ ठाकुर पक्ष सरकारमा गएपछि प्रदेश दुई सरकारमा पनि व्यापक फेरबदल हुने

    काठमाडौं । जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरु सरकारमा गएसँगै अब प्रदेश २ सरकारमा समेत व्यापक हेरफेर हुने भएको छ । आइतबार मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिपरिषद्का चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।

    जसपा संसदीय दलको बहुमत सदस्यले दलको नेता उनलाई बनाएकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाए । उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका छन् ।

    उनीहरु सबै महन्थ ठाकुर पक्षका हुन् । महन्थ पक्षका नेता केन्द्र सरकारमा सामेल भएपछि प्रदेश सरकारमा समेत व्यवस्थापन गर्न जसपा अध्यक्ष उपेन्द्र यादवले भूमिका खेलेका थिए । यो प्रदेशमा जसपाका ५५ मध्ये ३६ जना सांसदले राउतलाई साथ दिएपछि उनको बहुमत पुगेको छ । प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिपरिषद् बिस्तारको तयारी गरिएको छ ।

  • ओलीको प्रस्तावबारे नेपाल पक्षको मिश्रित प्रतिक्रिया

    ओलीको प्रस्तावबारे नेपाल पक्षको मिश्रित प्रतिक्रिया

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु विरुद्ध अदालतमा गएको हस्ताक्षर फिर्ता भएमा पार्टीमा कसैलाई कारवाही नगर्ने र २०७५ साल जेठ २ गते भन्दा अगाडीका कमिटीहरु सक्रिय गराउने घोषणाबारे एमाले माधव नेपाल पक्षका नेताहरुको मिश्रित प्रतिक्रिया आएको छ । पछिल्लो समय ओलीसँग नजिक बन्दै गएका योगेश भट्टराईले प्रस्ताव सकारात्मक भएको बताएका छन् ।

    तर, नेतृ रामकुमारी झाँक्री भने यो प्रस्ताव छलकपटपूर्ण भएको बताएकी छिन् । आफूहरुले संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमको विरोध गरेको भन्दै त्यसबारेमा कुनै प्रश्चाताप नगरेको यो प्रस्तावको कुनै अर्थ नभएको बताएकी छिन् । उता, ओलीको समर्थन गरेका योगेशले भने अदालतमा शेर बहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।

    सोहीकारण उनी पार्टीको कारवाहीमा पनि छैनन् । एमालले ११ जना नेतालाई मात्र कारवाही गरेको छ । जसमा माधव कुमार नेपाल, झलनाथ खनाल, रामकुमारी झाँक्रीसहितका नेता छन् । आज नेपाल समूहको संयुक्त बैठक बसेर यसबारे प्रतिक्रिया दिने तयारी रहेको छ ।

  • ओलीले भने : २०७५ जेठ ३ मा फर्कन तयार छु, पार्टीमा कसैलाई कारवाही गर्दिन

    ओलीले भने : २०७५ जेठ ३ मा फर्कन तयार छु, पार्टीमा कसैलाई कारवाही गर्दिन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फूटको अन्तिम तयारीमा पुगेसँगै थप लचिलो हुने संकेत गरेका छन् । एमाले माधव नेपाल समुहले अब नयाँ पार्टी गठनको विकल्प नभएको निर्णय सार्वजनिक गरेकै दिन ओलीको यस्तो आह्वान सार्वजनिक भएको हो ।

    उनले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन आफु तयार रहेको उनको भनाई छ । आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदको हस्ताक्षर भने फिर्ता हुनुपर्ने उनको प्रस्ताव छ ।

    शुक्रबार माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको निष्कर्ष निकालेको समयमा ओलीको संयमित विज्ञप्ती सार्वजनिक भएको छ ।

    यसले पुनः एकपटक ओली अफ्ठ्यारोमा परेको स्पष्ट भएको छ । उनी अफ्ठ्यारो अवस्था आउँदा निकै लचिलो देखिने र पछि अरुका विरुद्ध जाइलाग्ने प्रवृत्तिका कारण नेताहरु आश्वस्त भने हुन सकेका छैनन् ।

    ओलीले एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने उल्लेख गरेका छन् । उनले पार्टी अध्यक्षको हैसियतमा आफूले एकताका निम्ति पहल पनि गरेको बताउँदै अगाडी लेखेका छन् ‘हाम्रो अनवरत प्रयासका बाबदुज जे नहुनुपर्ने, त्यही भइरहेको छ ।’


    यस्तो छ ओलीको प्रस्ताव
    १. नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुनेछन् ।

    २. मातहतका पार्टी कमिटी र जनसंगठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।

    ३. संगठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।

    ४.आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग भएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।


    ५. यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन, कुनै भेदभाव गरिने छैन ।


    ६. नेकपा एमालेलाई बैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुनेछ ।

  • नेपालमा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टी, ६६३६ जना संक्रमण मुक्त

    नेपालमा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टी, ६६३६ जना संक्रमण मुक्त

    काठमाड । पछिल्लो २४ घण्टामा देशभर ३४७९ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।

  • गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

    गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ।

    आइतबार कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो। राष्ट्रिय जनमोर्चाले उनलाई कारबाही गर्दै प्रदेश सभा सदस्य पदसमेत नरहेपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।

    अदालतले आदेशमा भनेको छ, “निजको सांसद पद नरहेमा निजको काम कर्तव्य र अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षतिसमेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म निजको गण्डकी प्रदेश सभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरु तथा सो सम्बन्धी पत्राचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्नु, नगराउनू, निज निवेदकलाई प्रदेश सभा बैठकमा नियमितरुपमा भाग लिन र सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा वञ्चित नगर्नु, नगराउनू ।”

  • नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९९ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ९९ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८९८ पुगेको छ।

  • ‘संवैधानिक इजलासमाथि प्रश्‍न उठाउने अधिवक्तालाई अवहेलना मुद्दा चलाउने चेतावनी’

    ‘संवैधानिक इजलासमाथि प्रश्‍न उठाउने अधिवक्तालाई अवहेलना मुद्दा चलाउने चेतावनी’

    काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी दर्ता भएको रिटको सुनुवाईका लागि गठन भएको संवैधानिक इजलास फेरि विवादमा परेको छ ।

    सरकारी पक्षका चार जना कानुन व्यवसायीले प्रतिनिधि सभा विघटनसम्बन्धी रिट ११ जना न्यायाधीशले हेर्न नमिल्ने जिकिरसहित निवेदन दर्ता गर्न खोजेपछि विवादमा परेको हो ।

    प्रधानन्यायाधीश राणाले विवाद झिक्ने प्रधानमन्त्री पक्षका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।

    प्रधानन्यायाधीश राणाले कडासँगै ‘कानुन व्यवसायीको रूपमा तपाईंहरूले इजलासको मर्यादा कायम राख्नुपर्छ’ भनी निवेदकहरूलाई जवाफ दिएका छन् ।

    राणाले भने, ‘तपाईंहरूको निवेदनले यो मुद्दामा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने अवस्था आउन सक्छ । निवेदनका कारण तपाईंहरूलाई अवहेलना मुद्दा लगाउनु पर्ने हुन सक्छ । तपाईंको निवेदन दर्ता भएपछि आउने अवस्थाको भागेदार तपाईं नै हुनुपर्छ ।’

    ओली पक्षका वकिल राजाराम घिमिरेले संसदीय सुनुवाइबाट आएका र कल्याण श्रेष्ठ र सुशीला कार्की प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष हुँदा नियुक्त भएका न्यायाधीशलाई इजलासमा राख्न नमिल्ने भन्दै निवेदन पेश गरेका थिए ।

    प्रधानन्यायाधीश राणाले आज प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाईका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास पुर्नगठन गरेका थिए ।

    इजलासमा प्रधानन्यायाधीश राणासहित न्याायधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।

  • सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

    सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

    मिर्चैया । सिरहामा गोली प्रहारबाट एक औषधि व्यवसायी घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाएको हो ।

    घटनामा मेडिकल सञ्चालक अन्दाजी ४२ वर्षिय सामसागर साफी घाइते छन् । साफीमाथि दुइटा गोली लागेको प्रहरीले जनाएको छ । उनको बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको छ । साफीको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको समेत प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको छ ।

  • वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?

    वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दामा आजबाट संवैधानिक इजलासमा सुनुवाइ शुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यस सम्बधी मुद्दाको सुनुवाइमा गर्न आइतबार नयाँ संवैधानिक इजलास गठन गर्ने योजना बनाएका हुन् ।

    यसअघि प्रगठन गरेको संवैधानिक इजलासमा रिट निवेदकतर्फका वकिलले आपत्ति जनाएपछि विवाद भइरहेको छ । इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने वकिलहरुको प्रश्न छ ।

    न्यायाधीश केसी र श्रेष्ठ चाँही इजलासै रहने अडानमा छन् । अन्य दुई न्यायाधीश आनन्दमोहन भट्टराई र दीपककुमार कार्की भने इजलासमा नबस्ने भन्दै अलग भएका छन् ।

    सर्वोच्च बारका पदाधिकारीसँगको छलफल र सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमा प्रधानन्यायाधीश राणाले अबको संवैधानिक इजलास रोष्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा गठन गर्ने सहमति जनाएका कारण वरिष्ठताकै आधारमा संवैधानिक इजलास गठन हुने अपेक्षा गरिएको छ ।

  • गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग

    गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग

    काठमाडौं । सरकारले नेपालको पहाडबाट उत्खनन गरि गिट्टी बालुवा भारत निकासी गर्ने गरि लिएको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनले माग गरेको छ । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने र त्यसका माध्यमबाट व्यापार घाटा कम भन्दै सरकारले बजेटमा यो नीति राखेको हो ।

    सत्ता टिकाउन भारतलाई रिझाउने गरि राष्ट्रहीत विरोधी कदम चालेको भन्दै विपक्षी गठबन्धनले संयुक्त रुपमा यो कदमको कडा विरोध गरेका हुन् । गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिटीको निकासी गरेर व्यापार घाटा न्यूनिकरण गर्ने बजेटको घोषणा राष्ट्रघाती भएको बताएका हुन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणाको संज्ञा दिएका छन् ।

    ‘वस्तुत यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहीत स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय हो,’ विज्ञप्तीमा भनिएको छ । विपक्षी गठबन्धनले शुक्रबार भएको मन्त्रिपरिषद् पुनर्गठनको समेत विरोध गरेका छन् ।

    सरकार काम चलाउ भइसकेको र संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला भएको मन्त्रिपरिषद् विस्तार संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यता कै उपहास भएको उनीहरुको भनाई छ । प्रधानमन्त्री कामचलाउ भएपनि उनले दूरगामी प्रभाव पार्ने निर्णय गरिरहेका छन् ।

  • कोरोनाबाट नेपालमा थप ६८ जनाको मृत्यु

    कोरोनाबाट नेपालमा थप ६८ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअवधिमा उक्त संख्यामा मानवीय क्षति भएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७७९९ पुगेको छ ।

    नेपालमा कुल संक्रमितको १.६ प्रतिशत मानिसले ज्यान गुमाउनु परेको छ । पछिल्लो केही दिनयता मृत्युदर केही कम भएको देििखएको हो । यसो हुनुमा संक्रमण दर कम हुनु र अस्पतालहरुमा स्वास्थ्य उपकरणको उपलब्धता सहज हुनु हो ।

  • नेपालमा थप ५०४२ मा कोरोना पुष्टी, ८२४३ ले जिते

    नेपालमा थप ५०४२ मा कोरोना पुष्टी, ८२४३ ले जिते

    काठमाडौं । नेपालमा शनिबार ५ हजार मानिसमा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५०४२ जनामा कोरोना पुष्टी भएको हो । यस अवधिमा १६ हजार ८ सय १४ जनामा परीक्षण गरिएको थियो । पछिल्लो दिनमा परीक्षण कम भएसँगै संक्रमित समेत केही कम भएको देखिएको छ ।

    अब नेपालमा कुल ५ लाख ८५ हजार १ सय मानिसमा कोरोना पुष्टी भइसकेको छ । सरकारले पछिल्ला दिनमा एन्टिनेज विधिबाट परीक्षण बढाएको छ । यस अवधिमा निको हुनेका संख्या भने ८२४३ जना रहेको छ । अब नेपालमा कुल ४ लाख ८४ हजार ३ सय ७३ जनाले कोरोना जितेका छन् ।

  • सरकार पशुपति क्षेत्रबाट किन हटाउन चाहन्छ घाट ?

    सरकार पशुपति क्षेत्रबाट किन हटाउन चाहन्छ घाट ?

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिर परिसरबाट घाट हटाउने तयारी गरेको छ । मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्तावको तयारी कोषले गरेको हो ।

    राससका अनुसार यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको हो ।

    पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् ।

    पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै वाग्मती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको उनको भनाई छ ।

    Photo Source : Sulav Shrestha/Xinhua


    कोरोना महामारी फैलिएका बेला कुनै दिन २०० वटा त कोरोना भई निधन भएकाको शवदाह गरिएको अभिलेख कोषमा छ । पशुपति क्षेत्र कि घाट हो भनी ठम्याउन असहज हुने गरी धुवाँ आउन थालेपछि आर्यघाट पूर्णरुपमा बन्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको हो । विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव गन लागिएको छ ।

    भष्मेश्वरघाटका दुई वटा घाट राखी अरु हटाएर पशुपतिस्थित वाग्मती किनारलाई पूजा, आरधना, ध्यान, साधना केन्द्रका रुपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहेका ढकालले बताएका छन् ।

    सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न रु ३५ करोड बजेट विनियोजन गरेको छ । आम्दानीका अरु धेरै स्रोत भएकाले शवदाह गरेको दृश्यकै आधारमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने तर्क उचित नहुने कोषको निष्कर्ष छ ।

    आर्यतीर्थबाट घाट हटाएपनि ब्रह्मनालको व्यवस्था गरिने जनाइएको छ । काठमाडौं उपत्यकामा जनसङ्ख्यासमेत बढ्दै गएकाले घाटको विकल्प खोज्न कोषले सरोकार भएका निकायलाई अनुरोध गर्ने भएको छ । एक करोडसम्म जनसङ्ख्यालाई धान्ने गरी घाट व्यवस्था गरिनुपर्ने कोषको सुझाव छ ।

    पशुपति क्षेत्रमा हाल आर्यघाटमा दुई, भष्मेश्वर घाटमा १० र विद्युतीय शवदाह गृहमा तीन गरी १५ घाट सञ्चालनमा छन् । पछिल्लो समय पशुपति क्षेत्रका यी सबै घाटमा २४ सै घण्टाजसो शवदाह हुन थालेको छ । पहिले वाग्मती किनारका गोकर्णेश्वर, हत्यामोचनघाट, शङ्खमूल क्षेत्र, कालमोचनघाटलगायत स्थानमा पनि शवदाह हुने गरेको थियो ।

    पछिल्लो समय पशुपति क्षेत्रमा शवदाह सामग्री, क्रियापुत्री भवन, ब्राह्मणको सुविधा आदि कारणले सबै मानिस यहीँ आउँदा मसानघाटका रुपमा विकास हुन लागेको भन्दै कोषले वैकल्पिक व्यवस्था गर्ने प्रस्ताव गुरुयोजनामार्फत् गर्न लागेको हो ।

  • काम चलाउ सरकारका प्रधानमन्त्रीले पुनः गरे मन्त्रिमण्डलमा व्यापक हेरफेर, को आए-को बाहिरिए ?

    काम चलाउ सरकारका प्रधानमन्त्रीले पुनः गरे मन्त्रिमण्डलमा व्यापक हेरफेर, को आए-को बाहिरिए ?

    काठमाडौं । संसद विघटन गरि काम चलाउ बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन् । जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर पक्षको नेताहरुलाई १० मन्त्री बनाएका उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले यसअघिको मन्त्रिमण्डलमा रहेका एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्य मन्त्रीलाई बिदा गरेका छन् ।

    नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री बनेका छन् । अर्थमन्त्री विष्णु पौडेल अब उपप्रधानमन्त्री समेत बनेका छन् । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई समेत उपप्रधानमन्त्री बनाइएको छ । यसअघिका उपप्रधानमन्त्री इश्वर पोखरेल भने हटेका छन् । महासेठले परराष्ट्र र महतोले शहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन् ।

    नयाँ मन्त्रिमण्डलबाट जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री थपिए । प्रधानमन्त्री ओलीले शरदसिंह भण्डारीलाई उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बनाएका छन् । अनिलकुमार झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय जिम्मा लगाएका छन् ।

    विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्री बनेका छन् । सत्तारुढ एमालेका शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । जसपाका चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री बनेका छन् ।

    ओलीले एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्रीलाई बिदा गरेका छन् । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई मन्त्रीबाट हटाएका हुन् ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई समेत हटाइएको छ । स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विकको समेत मन्त्री पद गएको छ ।

    मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले अटाएनन् । अर्थमन्त्री पौडेल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठको पद भने जोगिएको छ । गृह, रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय भने प्रधानमन्त्री आफैले राखेका छन् ।

  • जसपाको ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा, को-को भए मन्त्री ?

    जसपाको ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा, को-को भए मन्त्री ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ।

    वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको स्रोतले बताएको छ ।

    केपी शर्मा ओली सरकारले आफ्ना अधिकांश माग पूरा गरेको भन्दै ठाकुर समूह सरकारमा जान सहमत भएको हो।

    महतोले सरकारमा जसपाको नेतृत्व गर्ने भएका छन्। उनले उपप्रधान सहित शहरी विकास मन्त्रीको सपथ लिने तय भएको छ।

    शरद सिंह भण्डारी उर्जा, अनिल झा खानेपानी,लक्ष्मणलाल कर्ण भूमिसुधार, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, चन्दा चौधरी महिला बालबालिका र एकबाल मिया वनमन्त्री बन्ने तयारी थालेको स्रोतले जनाएको छ ।

    जसपाका नेताहरुका अनुसार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबिच शुक्रवार दिउँसो भएको वार्ता पछि मन्त्रीहरुको नाम टुंगो लागेको हो।

  • नेपालमा पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०१ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७३१ पुगेको छ।

  • नेपालमा थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

    नेपालमा थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६५३ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।

    यो सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । पछिल्लो २४ घण्टामा ८६६३ जना कोरोना मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेका छन् ।

  • नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई २७ गते

    नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई २७ गते

    काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।

    शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट शुरु भएको मुद्धाको अर्को सुनुवाई अब २७ जेठमा हुनेछ ।

    नागरिकता अध्यादेशबिरुद्ध ६ वटा रिट परेका छन् । शुक्रवार चारजना निवेदकका तर्फबाट बहस भएको छ ।

    नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराले वरिष्ठ न्यायाधीश सम्मिलित इजलास गठन गरेका छन् ।

    रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन्

  • मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

    मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

    काठमाडौं । काठमाडौं उपत्यकामा अब एक महिना मेलम्चीको पानी वितरण रोकिने भएको छ । सुरुङ पुरै खाली गरि त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको आयोजनाले जनाएको छ ।

    राससका अनुसार सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने छ । २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ ।

    दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । झण्डै तीन महीना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन ।

    आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौंमा आउन थालेको छ । समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो ।

    सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ ।

  • नेपालमा थप ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमण मुक्त

    नेपालमा थप ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा थप ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    पछिल्लो २४ घण्टामा १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ५९०४ संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ७५ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६३० पुगेको छ।

  • लायन्स क्लबको आयोजनामा काठमाडौँको गोकर्ण र सुन्दरीजलमा रक्तदान कार्यक्रम सम्पन्न

    लायन्स क्लबको आयोजनामा काठमाडौँको गोकर्ण र सुन्दरीजलमा रक्तदान कार्यक्रम सम्पन्न


    अमृता के सी ( रोनी )
    काठमाडौँ,जेष्ठ २०।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड–१९ का कारण जारी भएको निषेधाज्ञाले राजधानी सहित देशका धेरै जसो अस्पताल र रक्तकेन्द्रमा रगतको चरम अभाव भएपछि कान्तिपुर अस्पताल रक्त संचारको प्राविधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस र गोकर्ण महिला संजालको संयोजनमा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित वी पी चोक सुन्दरीजल र गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा आकस्मिक रक्तदान गरिएको छ ।स्वास्थ्य मापदण्डअनुसार सुरक्षित तवरले गरिएको रक्तदानमा महिला संजालको नेतृत्वमा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपाल र लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको संस्थापक अध्यक्ष विख्यात प्रसाद थपलियाले गरेका थिए। कार्यक्रममा नगरपालिकाकी उप प्रमुख नेपालले “रक्तदान,जिवनदान,पुण्यकाम ” भन्दै कोभिडको महामारिमा पनि रक्तदान गरी रक्त अभावमा जीवन मृत्यु संग लडेकाहरुको जीवन बचाउन रक्तदाताहरुले खेलेको भूमिका प्रती आभार व्यक्त गरेकी थिइन् ।

    उक्त आकस्मिक रक्तदानमा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसबाट ३७ पिन्ट र गाेकर्ण महिला संजालबाट १८ पिन्ट रगत संकलन भएको जानकारी आयोजकले विश्व न्युजलाई जानकारी गराएका छन् । हालको विषम परिस्थितिमा खेर जाने रगत स्वास्थ्य व्यक्तिलाई हरेक तीन महिनामा एक पटक रक्तदान गर्न समेत आयोजकले सम्पूर्ण रक्तदाताहरुलाई अनुरोध गरेको छ।कार्यक्रममा धेरै जना रक्तदाताहरुले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायतको कारणले गर्दा रक्तदान गर्न नसकेको जानकारी गराउदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई आयोजकले धन्यवाद समेत दिएको छ।

  • ‘नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएको छैन –  डब्ल्यूएचओ

    ‘नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएको छैन – डब्ल्यूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

    डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त जानाकारी गराएको हो ।

    बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट प्रकाशित थियो ।

    हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।

    बेलायती ट्याबलोइड दैनिक डेली मेलको बिहीबारको अंकमा कभर स्टोरी प्रकाशित गर्दै नेपाली भेरियन्टको कोरोना बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण हुने उल्लेख छ ।

    तर, हालसम्म नेपालमा म्युटेन्ट भएको भाइरसबारे विश्व स्वास्थ्य संगठनले समेत आधिकारिकरुपमा केही बताएको छैन् । नेपालका जनस्वास्थ्य अधिकारीले पनि नेपाल भेरियन्टबारे अनबिज्ञता जनाउंदै दोस्रो लहरका बेला देखिएको भाइरस भारतीय भेरियन्टको भएको बताइरहेका छन् ।

  • आज एमालेका दुबै समुहको महत्वपूर्ण बैठक बस्दै

    आज एमालेका दुबै समुहको महत्वपूर्ण बैठक बस्दै

    काठमाडौं । नेकपा एमाले भित्र गूट वा फूटको अन्तिम लडाई जारी छ । माधव नेपाल पक्षका नेताहरुमध्ये केहीले ओलीसँग पुनः वार्ता अगाडी बढाएपछि उत्पन्न परिस्थितिका बीच आज दुबै समुहको महत्वपूर्ण बैठक बस्दैछ । ओली पक्ष र नेपाल पक्षका छुट्टाछुट्टै बैठक बस्ने भएका हुन् । ओली समुहले स्थायी कमिटी बैठक बोलाएको छ ।

    खनाल, नेपाल समूहले केन्द्रीय कमिटी बैठक समेत आजै बस्नेछ । मंगलवार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गर्दै बुधबारका लागि अर्को बैठक बोलाएको थियो । तर, बुधबार नेताहरुबीच अनौपचारिक बैठक जारी रहेका कारण स्थायी कमिटि बैठक आजका लागि सारेको हो ।

    उता, नेकपा एमालेको खनाल, नेपाल समूहले बिहान ११ बजेका लागि आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ । यो समुहले ओलीसँग सँगै रहने वा छु्ट्टिने विषयमा आज सदस्यहरुसँग राय परामर्श लिँदैछ । २०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काएमा मात्र ओलीसँग सहमति हुने सक्ने निष्कर्षमा नेपाल समूह रहेको छ । ओली समुह भने पछाडी फर्कन तयार छैन । बरु त्यसको मूल्यमा पार्टी विभाजनका लागि नेताहरु तयार रहेका छन् ।

  • बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न

    बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न

    टेक्सस

    २५६५ औं बुद्ध जयन्तिको उपलक्ष्यमा आइतबार बिहान ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सास तथा नेपाली कल्चरल एन्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रमका प्रमुख अतिथि डा आशिन आर्यधम्मले “बुद्ध धर्ममा बुद्ध जन्मभूमि नेपालको स्थान उच्च रहेको” उल्लेख गर्नु भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि आर्यधम्म ऑस्टिन, टेक्सासस्थित सितागु बुद्ध बिहारका प्रमुख भन्ते हुनु हुन्छा । उक्त अबसरमा श्रद्धेय भन्तेले उपस्थित सबैलाई नवशील प्रदान गर्नुका साथै रत्न सुत्त तथा मेत्ता सुत्तको वाचन र प्रथम ध्यान बिधिको छोटकरीमा व्याबहारिक तालिम समेत दिनु भएको थियो।

    एशोसिएसनका अध्यक्ष स्वयम्भू शाक्यले संस्थाको बार्षिक गतिबिधि बारे जानकारी दिंदै बितेको बर्षमा कोभिडको प्रकोप हुँदा हुँदै पनि संस्थाको लक्ष्य अनुसार थुप्रै कार्यक्रम भएको बताउनु भयो। संस्थाको लक्ष्य अनुसार गत बर्ष बिशेष गरी तीन विधा; नेपालको पारम्परिक बौध धर्म, विपश्यना तथा समता ध्यान र ध्यानको वैज्ञानिक उपयोगितामा केन्द्रित रहेर विभिन्न कार्यक्रम भएको अवगत गर्नु भयो।

    यस्तै सेन्टरका सचिब छवि चापागाईले यूलेसमा निर्माण हुने नयाँ मन्दिरको बारेमा जानकारी दिंदै सबैको सहयोगको लागि अपिल गर्नु भएको थियो।

    यस्तैगरी एशोसिएसनका सचिव डा नीरज बज्राचार्यले धन्यवाद ज्ञापनका क्रममा भंतेको उपस्थितिले कार्यक्रम भब्य भएको भन्दै आभार ब्यक्त गर्नु भएको थियो । साथै भन्ते आर्यधम्म ध्यानविधिमा विशेष दख्खल राख्ने गुरु भएको हुँदा वहाँ तथा वहाँ आबद्ध सितागु बुद्ध बिहारसंग भबिस्यमा सहकार्य गर्ने जानकारी पनि गर्नु भएको थियो।

    उक्त कार्यक्रममा यूलेसमा निर्माण हुने स्वयम्भू चैत्यमा प्रतिस्थापनार्थ पांच वटा बुद्ध मुर्ति क्रमशः मकर बज्राचार्य, स्वयम्भू शाक्य, नीरज बज्राचार्य, महेन्द्र मानन्धर र सुनी शाक्यबाट उपलब्ध हुने जानकारी दिनु भयो। यस्तै ऐशोसिएसनका उपाध्यक्ष शैलेन्द्र मानन्धरका तर्फबाट पांच हजार डलर नगद तथा अन्य भक्तजन हरुबाट पनि मन्दिर निर्माणका लागि चन्दा संकलन भएको थियो।

    यस्तैगरि एशोसिएसनका नेवारी बौद्ध पुजारी उत्तम गुरुजुबाट दशापरमिता वाचन पनि भएको थियो।

  • पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको निधन

    पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०१ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५५५ पुगेको छ।

  • नेपालमा थप ५३१६ जनामा संक्रमण, ७२१९ जना संक्रमण मुक्त

    नेपालमा थप ५३१६ जनामा संक्रमण, ७२१९ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जनामा संक्रमण पुष्टी भएको हो ।

    पछिल्लो २४ घण्टामा देशभर ७ हजार २१९ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८० दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ।

    देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। जसमध्ये संस्थामा आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ।

  • उपत्यकामा १४५६ जना कोरोना संक्रमित थपिए

    उपत्यकामा १४५६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १४५६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा

    विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १४५६ जनामा संक्रमण पुष्टि भएको हो। थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • सात दिनभित्र कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    सात दिनभित्र कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयले सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्ययले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई एक हप्ताभित्र आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

    मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचारबापत चर्को शुल्क लिने गरेकाले शुल्क सार्वजनिक गर्न भनिएको उनले बताए । ‘बिरामीको उपचारबापत लाग्ने रकमबारे जानकारी पाउने प्रत्येक नागरिकको अधिकार हो भने बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको कानूनी एवम् नैतिक कर्तत्व हो’, उनले जारी गरेको सूचनामा भनिएको छ ।

    साथै अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सोको लागत रकम शीर्षकसमेत उल्लेख गरी शुल्क सार्वजनिक गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बिरामीका लागि अत्यावश्यक प्राणवायु (अक्सिजन) को समेत अत्यधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको, उपचारका लागि आवश्यक पर्ने सामग्रीको बस्दोबस्त गर्न बिरामी आफैँलाई लगाउने गरेको, आवश्यकभन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरीद गर्न लगाएको गुनासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेलो सरकारमार्फत र कतिपय गुनासा सामाजिक सञ्जाल आउने गरेको मन्त्रालयले जनाएको छ

  • उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा,के खुल्छ, के खुल्दैन ?

    उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा,के खुल्छ, के खुल्दैन ?

    काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा १० दिन थप भएको छ । सीमित क्षेत्रमा खुकुलो ‘मोडालिटी’सहित यही जेठ ३१ गतेसम्म थप भएको हो ।

    बुधबार तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पछिल्ला दिनको कोरोना संक्रमणको समीक्षा गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

    जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान ९ बजेसम्म खोल्न दिने गरी मोडालिटी तयार गरेको छ ।

    यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

    यस्तै, प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न दिने, ढुवानी सामग्री राती ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने, बिहान ९ बजेसम्म वर्कशप सञ्चालन गर्न दिइने जनाइएको छ ।

    यस्तै, उद्योगहरुलाई कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न दिने, वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट तथा भिसाको आधारमा आवतजावत गर्न दिइनेछ ।

    केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ । विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन् ।

    वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अन्तिम पटक थपिएको म्याद जेठ २० गते सकिँदै छ ।