नेपालमा कोरोना संक्रमित ४ हजार माथि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ५सय ८४ पुगेको… Continue reading नेपालमा कोरोना संक्रमित ४ हजार माथि

गण्डकी प्रदेशमा मंगलबार थपिए २४ कोरोना संक्रमित

पोखरा । भारतबाट नेपाली घर फर्किएसँगै नेपालमा तिब्र रुपमा कोरोना संक्तमित बढिरहेकाछन् । मंगलबार बिहानै गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका अनुसार मंगलबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकाका १२ जना पुरुषमा कोरोना देखिएको हो । सोही गाउँपालिकामा निर्माण भएको क्वारेन्टाइनमा उनीहरु बसेका छन्… Continue reading गण्डकी प्रदेशमा मंगलबार थपिए २४ कोरोना संक्रमित

रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ

फाइल तस्वीर

बुटवल । रुपन्देहीमा एक निर्मम हत्याकाण्ड बाहिर आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको सामुहिक हत्या भएको हो । प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका झसेन्द्र सिंजाली छन् । उनलाई गाउँलेले पक्राउ गरी प्रहरीमा बुझाएको बताइएको छ । गाउँलेले पक्राउ गर्दा अचेत बनेका उनको तिलोत्तमास्थित प्रिन्सन अस्पताल उपचार भइरहेको… Continue reading रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ

रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

काठमाडौं । रुकुममा ६ जनाको ज्यान जाने गरी भएको घटना छानबिन तथा अनुसन्धानका लागि संसदीय विषेश समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो । ‘चौरजहारी नगरपालिका, सोती घटना छानविन समिति’का नाममा गठित यो समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने सभाुमख… Continue reading रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

साथिको शव बोकेर नेपाल आएका अर्घाखाँचीका ३० जनामा कोरोना पुष्टी

काठमाडौं । भारतबाट नेपाल आउने क्रममा १० जेठमा बाटोमै ज्यान गुमाएका एक युवकको शव बोकेर आएका ३० जना युवामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपाल ल्याइसकेपछि ती युवकको स्वाव परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । बाटोमै ज्यान गुमाएका युवाको शव बोकेका र सोही समूहमा आएकामध्ये ३० जनामा कोरोना पुष्टी भएको हो ।… Continue reading साथिको शव बोकेर नेपाल आएका अर्घाखाँचीका ३० जनामा कोरोना पुष्टी

थप २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४८८

काठमाडौं सोमबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसहित निको हुनेको संख्या ४८८ पुगेको छ। प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्।

नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

काठमाडौं । नेपालमा थप ३ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा सय संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९४ पुरुष र २० महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार ७ सय ६१२ पुगेको… Continue reading नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

आज कांग्रेस कार्यसमितिको बैठक, सरकारका कामबारे समिक्षा गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांगेस सचिवालयले जानकारी दिएको छ । बैठकमा कोरोना भाइरस संक्रमण र यसको रोकथाममा सरकारले गरेका कामको समिक्षा हुने भएको छ । संविधान संशोधन, एमसीसीलगायत समसामयीक विषयमा समेत छलफलको तयारी रहेको… Continue reading आज कांग्रेस कार्यसमितिको बैठक, सरकारका कामबारे समिक्षा गर्ने

गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)

न्युयोर्क अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा गोरा जातीका प्रहरी र समुदायका मानिसले संयुक्तरुपमा अश्वेत धार्मिक गुरुको गोडा धोएका छन् । धार्मिक ग्रन्थ बाईबलमा जिजस क्राईस्टले आफ्ना चेलाहरुको खुट्टा धोएको विश्वासमा शनिबार नर्थ क्यारोलाइनास्थित क्यारीमा रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी अश्वेत नेताहरुको खुट्टा धोएको स्थानीय न्युज कोलोनीले जनाएको छ ।   सामाजिक संजालमा सार्वजनिक भिडियो र फोटोमा स्थानीय… Continue reading गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)

न्युयोर्कमा जारी जुलुशमा जानेहरु कोरोना परिक्षण गर्न गई हाल्नुस्; गभर्नर कुमो

न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले जारी रंगभेद बिरुद्धको आन्दोलनका कारण थप १५ वटा कोरोना जाँच केन्द्र न्युयोर्क शहर भित्र मात्र सुरु गरेको बताएका छन् । भोली सोमबार जुन ८ तारिखदेखि अर्थतन्त्र सुरु गर्ने तयारीमा रहेको न्युयोर्क सहरमा दिनहुँ हजारौंको सहभगितामा शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । प्रदर्शनकारीहरुलाई गभर्नर कुमोले अनुरोध गर्दै भनेका छन् “यति… Continue reading न्युयोर्कमा जारी जुलुशमा जानेहरु कोरोना परिक्षण गर्न गई हाल्नुस्; गभर्नर कुमो

‘यो कर्फ्यु अन्तिम कर्फ्यु बनोस्’ भन्दै मेयर ब्लाजियोले हटाए कर्फ्यु; राष्ट्रपतिले गरे डिसीबाट सेना फिर्ता पठाउने घोषणा

न्युयोर्क न्युयोर्क सहरका मेयर बिल दि ब्लाजियोले न्युयोर्कमा जारी कर्फ्यु तत्कालै लागू हुने गरी हटाईएको घोषणा गरेका छन् । यस अगाडि पूर्व निर्धारित कार्यक्रम अनुसार न्युयोर्कमा आज आईतबार पनि बेलुका ८ बजेदेखि रातभरको लागि कर्फ्यु तोकिएको थियो ।  आईतबार बिहान मेयर ब्लाजियोको घोषणासंगै न्युयोर्कमा ७५ बर्ष पछि लगाईएको झन्डै एक हप्ता लामो कर्फ्यु हटेको छ… Continue reading ‘यो कर्फ्यु अन्तिम कर्फ्यु बनोस्’ भन्दै मेयर ब्लाजियोले हटाए कर्फ्यु; राष्ट्रपतिले गरे डिसीबाट सेना फिर्ता पठाउने घोषणा

नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पुष्टी

दाङ । भारतको नयाँ दिल्लीमा ज्यान गएका एक जना नेपालीमा कोरोना पुष्टी भएको छ । दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका ४० वर्षीय एक व्यक्तिको भारतमा निधन भएको थियो । उनको शव नेपाल ल्याएपछि कोरोना आंशकामा आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वावको नमुना लिइएको थियो… Continue reading नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पुष्टी

कोरोना उपचारपछि एकैदिन १०२ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ४६७

काठमाडौं  । नेपालमा एकैदिन थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशको विभिन्न अस्पतालबाट २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज भएका हुन् । दाङ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना बाँके, बर्दिया, दाङ र कपिलबस्तुबाट संक्रमित निको भएर डिस्चार्ज भएका छन्। कलैया अस्पताल बाराबाट ३४ जना, युनिफाइड कोभिड… Continue reading कोरोना उपचारपछि एकैदिन १०२ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ४६७

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । दुई हजार ९६८ जनाको देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ… Continue reading नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आइतबार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना देखिएको हो । पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परीक्षणले ३८ जनामा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी हुने… Continue reading गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित

बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी

न्यूयोर्क पूर्व उपराष्ट्रपति जो बाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रत्यासी बन्ने औपचारिकतामा एक कदम अघि बढेका छन् । बाइडेनले पार्टीको तर्फबाट उम्मेद्वारको टिकट हत्याउन चाहिने प्रतिनिधी (डेलिगेट्स) संख्या पुर्याएका हुन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वार हुन १९९१ जना प्रतिनिधीको समर्थन आवश्यक हुन्छ । गत मंगलबार सम्पन्न आधा दर्जन राज्यको प्राइमरी चुनावको नतिजासँगै बाइडेनले उक्त… Continue reading बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी

नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले यसको पुष्टी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी… Continue reading नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु

शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

काठमाडौं । नेपालको अधिकांश स्थानमा शनिबार दिनभर पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर जसो नै वर्षातको सम्भावना रहेको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो वर्षात हुने महाशाखाले उल्लेख गरेको छ । अरब सागरमा बनेको चक्रवातका कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएपछि पानी पर्न लागेको हो । महाशाखाका… Continue reading शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा

न्युयोर्क न्युयोर्क राज्यको बफेलो प्रहरी डिपार्टमेन्टमा कार्यरत करिब ६ दर्जन प्रहरीले बिहीवार  आफ्नो डिपार्टमेन्टमा कार्यरत दुई प्रहरीलाई निलम्बन गरेको बिरोधमा एक मुष्ट राजिनामा दिएका छन् । अमेरिकाभर जारी रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई दुई प्रहरीले धक्का दिएर लडाए पछि सार्वजनिक भएको भिडियोको आधारमा उनिहरुलाई प्रहरी प्रशासनले बिहीवार निलम्बन गरेको थियो । ती… Continue reading न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा

अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय

न्युयोर्क अमेरिकाको मिनियापोलिसमा गत मई २५,२०२० का दिन प्रहरी कस्टडीमा जर्ज फ्लोएडको मृत्‍यु भएपछि अमेरिकाभर फैलिएको रंगभेद बिरुद्धको आन्दोलनमा न्युयोर्कस्थित जिपी फाउन्डेसनले पनि एैक्यबद्दता जाहेर गर्दै प्रदर्शनमा सहभागी भएको छ । सुरुमा हिंसात्मकरुप लिएको आन्दोलन बुधबारदेखि भने देशभर शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । नेपाली प्रजातन्त्रको हरेक आन्दोलनका अगुवा गिरिजा प्रसाद कोईरालाको नाममा अमेरिकामा सकृय… Continue reading अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय

ह्वाइट हाउस अगाडिको बाटो ‘ब्ल्याक लाइफ म्याटर प्लाजा’ घोषित

वासिङ्टन डिसी  अमेरिकाको राजधानी वासिङ्टन डिसिको ह्वाईट हाऊस जाने एक सडकमा शहरकी मेयर मुरियल ब्राउसर आँफैले ‘ब्ल्याक लाइफ म्याटर’ पेन्ट गर्न लगाएकी छिन् । डिसीको उक्त सडक पुरै ढाक्ने गरी पंहेलो रङको  अंग्रेजी अक्षरमा ‘ब्ल्याक लाइफ म्याटर’ लेखिएको हो । ह्वाईट हाऊसको दक्षिण तर्फ जाने दुई लेनको १६ स्ट्रिटको पुरै दुई वटा ब्लकलाई अक्षरले ढाकेको… Continue reading ह्वाइट हाउस अगाडिको बाटो ‘ब्ल्याक लाइफ म्याटर प्लाजा’ घोषित

अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प

न्युयोर्क शुक्रबार राष्ट्रपति ट्रम्पले यो महिना अमेरिकामा घटेको बेरोजगारी संख्या देखेर जर्ज फ्लोएडले स्वर्गबाट तल हेर्दै “कस्तो राम्रो दिन” भनि रहेको बताएका छन् ।  शुक्रबार लेबर डिपार्मेन्टको रिपोर्ट अनुसार अमेरिकामा राष्ट्रिय बेरोजगारी दर १४ दशमलव ७ बाट १३ दशमलव ३ मा झरेको छ । ट्रम्पले लेबर डिपार्टमेन्टको यो रिपोर्टले गत हप्ता प्रहरीले गर्धन थिचेर मारिएका… Continue reading अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प

महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार

न्युयोर्क कोरोना महामारी पछि थलिएको अमेरिकी अर्थतन्त्र सुधारको दिशातर्फ बढेको शुक्रबार शुभ संकेत देखिएको छ । अघिल्लो महिना १४ दशमलब ७ प्रतिशतमा पुगेको बेरोजगारी दर शुक्रबार २५ लाख रोजगारी सिर्जना भएको रिपोर्टसँगै १३ दशमलब ३ प्रतिशतमा झरेको छ । अप्रिलमा दुई करोड ५ लाख मानिस बेरोजगार भएका थिए । कोरोना भाईरसको महामारीले प्राय: सबै ब्यापार… Continue reading महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार

आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित

न्युयोर्क जर्ज फ्लोएडको मृत्‍यु पछि अमेरिकाभर जारी नश्लीय  बिभेदको आन्दोलन चर्किदै गर्दा न्युयोर्क बफेलोस्थित प्रदर्शनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई धकेलेर लडाउने दुई प्रहरीलाई सेवाबाट निलम्बित गरिएको छ ।ती दुई प्रहरीलाई तलब नदिने गरी निलम्बन गरिएको हो । बफेलोमा जारी प्रदर्शनमा सहभागी ती बृद्धलाई दुई प्रहरीले धक्का दिए पछि लडेर फुटपाथमा टाउको ठोकिएको भिडियो सार्वजनिक… Continue reading आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित

एकैदिन ४३ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३३३ पुग्यो

काठमाडौं । नेपालमा आइसोलेसनमा उपचाररत थप ४३ संक्रमित शुक्रबार निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमति प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २… Continue reading एकैदिन ४३ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३३३ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताए ।  पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको हो। शंकास्पद… Continue reading नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो सँगै संक्रमितको संख्या २९१२ पुगेको छ । नेपालमा हालसम्म संक्रमितमध्ये ३३३ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ।

देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

फाइल तस्वीर

काठमाडौं । नेपालमा आगामी २४ घण्टासम्म देशका विभिन्न स्थानमा लगातार वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । काठमाडौं उपत्यकाका शुक्रबार रातीबाटै वर्षा जारी रहेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रमा प्रभाव परेको हो । यसले स्थानीय र पश्चिमी… Continue reading देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

आरटीडी नेगेटिभ देखिएको युवाको मृत्यु, पिसिआर गर्दा कोरोना पुष्टी

सुर्खेत । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएका एक युवालाई क्वारेन्टाइनबाट घर पठाइएको थियो । तर, उनको घरमा बिहीबार बिहान मृत्यु भएको थियो । मृत्युपछि गरिएको पिसीआर परिक्षणको नतिजा भने पोजेटिभ पाइएको छ । पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकलाई आरटीडी विधिको परीक्षणले भने… Continue reading आरटीडी नेगेटिभ देखिएको युवाको मृत्यु, पिसिआर गर्दा कोरोना पुष्टी

अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्‍यु हुन सक्छ

न्युयोर्क अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले कोरोना संक्रमणका कारण आगामी जुन २७ तारिखसम्म अमेरिकामा मृत्‍यु हुनेको संख्या १ लाख २७ हजार पुग्ने छ । सिडिसिले कोरोनाको कारण जुन २७ सम्म मृत्‍यु हुनेको अनुमानित आँकडा बिहीवार  प्रकाशित गरेको हो । सिडिसिद्वारा प्रकाशित नयाँ प्रक्षेपण अनुसार मृतकको अनुमानित यो संख्या १ लाख ४३ हजार ३… Continue reading अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्‍यु हुन सक्छ