काठमाडौं । काठमाडौं उपत्यकामा ३१०७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण देखिएको छ।
Category: समाचार
नेपालमा थप ५७४३ जनामा कोरोना संक्रमण, २९९६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको २० हजार ११८ पीसीआर परीक्षणमा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २९९६ जना कोरोना… Continue reading नेपालमा थप ५७४३ जनामा कोरोना संक्रमण, २९९६ जना डिस्चार्ज
लकडाउनका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट (तालिकासहित)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । वैशाख ८ गतेदेखि हुने भनिएपनि लकडाउनका कारण रोकिएको परीक्षा मंसिर ९ गतेबाट सुरु हुने गरि तालिका सार्वजनिक गरेको हो । कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित… Continue reading लकडाउनका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट (तालिकासहित)
काठमाडौंको एक बालगृहमा अलपत्र रहेका ११ बालबालिकाको उद्धार
काठमाडौं। काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ । उद्धार गरिएकामध्ये सात बालबालिकालाई… Continue reading काठमाडौंको एक बालगृहमा अलपत्र रहेका ११ बालबालिकाको उद्धार
व्यवसायी वसन्त चौधरीलाई कोरोना संक्रमण
काठमाडौं । व्यवसायी वसन्त चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । सामाजिक सञ्जालमार्फत आफूलाई पोजेटिभ भएको उल्लेख गरेका छन् । चौधरीले आफूलाई केही लक्षणहरु देखिएको र आफू चिकित्सकको सल्लाहमा रहेको बताएका छन् । घरमा नै आइसोलेसनमा बस्नुभएका चौधरीले आफूसँग पाँच दिन देखि सम्पर्कमा रहेकाहरुलाई चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेका छन् ।
बडा दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिदैं
काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाउंदै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको… Continue reading बडा दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिदैं
सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति
काठमाडौं नेपाल सरकारले गत कार्तिक २ गते कोभिड १९ कोरोनाभाइरसबाट सङ्क्रमितहरुको परिक्षण, उपचार तथा शव व्यवस्थापन आफैले गर्नुपर्ने भनि गरेको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालले आपत्ति जनाउँदै प्रेस बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा सरकारको निर्णय जनताको स्वास्थ्यप्रति गरिएको ठूलो खेलवाड भएको र आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यतामा जोड दिइएको छ । सरकारी… Continue reading सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति
कैलालीमा दुई प्रहरीको विभत्स हत्या गर्ने ७ तस्कर सार्वजनिक
कैलाली । कैलालीमा ड्युटीमा खटिएकै समयमा कब्जामा लिएर दुई प्रहरी कर्मचारीको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका ७ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ७ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।… Continue reading कैलालीमा दुई प्रहरीको विभत्स हत्या गर्ने ७ तस्कर सार्वजनिक
नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो… Continue reading नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं उपत्यकामा १७०२ कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १७०२ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४३१ , ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण, २१०८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३हजार ८६१ पीसीआर परीक्षणमा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। जना पुगेको छ। पछिल्लो २४ घण्टामा २१०८… Continue reading नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण, २१०८ जना डिस्चार्ज
कोरोनाको उपचार नि:शुल्क पाउने व्यक्तिहरूको वर्गीकरण, कसले पाउँछन् निःशुल्क ?
काठमाडौं । सरकारले देशभर वर्ग र समूह निर्धारण गरेर मात्रै निःशुल्क कोरोना भाइरसको परीक्षण र उपचार गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्ग र समुदाय लक्षित गर्दै कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरुबारेको परिपत्र देशभरका सबै अस्पताल र प्रयोगशालालाई पठाएको हो । मन्त्रालयले निस्शुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा वर्गीकरण गरेको… Continue reading कोरोनाको उपचार नि:शुल्क पाउने व्यक्तिहरूको वर्गीकरण, कसले पाउँछन् निःशुल्क ?
लुम्बिनी प्रदेशमा लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत
काठमाडौं, ४ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत रहेको जानकारी दिएका छन् । सरकारले आर्थिकस्तर ठिक भएकालाई सशुल्क उपचार गराउने निर्णय लिएको बेला लुम्बिनी प्रदेशले भने लक्षण देखिएका विरामीलाई नि:शुल्क उपचार जारी राख्ने भएको हो । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट प्रदेशमा रहेका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण… Continue reading लुम्बिनी प्रदेशमा लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत
बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन
काठमाडौं । सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ । चाडवाड नजिकिएसँगैं सरकारले स्वच्छ, सर्वसुलभ दरमा उपभोग गर्न पाउने नागरिकको अधिकारको रक्षार्थ आफूलाई दरिलोसँग उभ्याएको छ । पछिल्लो समय सरकारले उपभोक्तामाथि विभिन्न प्रकारले ठगी गर्ने व्यावसायिक फर्ममाथिको अनुगमन र कारबाहीलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा… Continue reading बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन
दसैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदैं
काठमाडौं । बडा दसैंको चौथो दिन आज देवी कुष्माण्डाको पूजा आराधना गरि मनाइँदै छ । दसैं घर तथा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव… Continue reading दसैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदैं
थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाबाट थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । यसअघि आइतबार १२ जनाको मृत्यु भएको थियो।
काठमाडौं उपत्यकामा २३८८ जना नयाँ कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार ७१४ पीसीआर परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा ३७९० जना… Continue reading नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो
ग्लोवल हंगर इन्डेक्समा नेपालको सुधार,भारतलाई पछि पार्दै खराव सूचीबाट माथि उक्लियो
काठमाडौं । देशमा खाद्य, पोषण र मातृ मृत्यु दरलाई विश्लेषण गरेर विश्वभरका देशहरुको अवस्था विश्लेषण गर्दै प्रकाशित गरिने ग्लोवल हंगर इन्डेक्समा नेपाल यो वर्ष ७३ औं स्थानमा परेको छ। ग्लोवल इन्डेक्स (जीएचआई) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११७ मुलुक सूचीकृत सो इन्डेक्समा नेपाल ७३ औं स्थानमा परेको हो। नेपाल यस बर्ष १९।५ स्कोरसहित ७३औं स्थानमा… Continue reading ग्लोवल हंगर इन्डेक्समा नेपालको सुधार,भारतलाई पछि पार्दै खराव सूचीबाट माथि उक्लियो
दशैँको तेस्रो दिन भगवती दुर्गाको पूजा आराधना गरिँदै
काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरूमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि यसअघि बिहानैदेखि शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गरेकोमा यसपटक कोरोना संक्रमणका कारण सबै शक्तिपीठ बन्द छन् । हिन्दु धर्मालवम्वीहरूले… Continue reading दशैँको तेस्रो दिन भगवती दुर्गाको पूजा आराधना गरिँदै
कोरोनाको उपचारबाट सरकारले हात झिक्यो, अब आफ्नै खर्चमा
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को परीक्षण र उपचारबाट सरकारले हात झिकेको छ । अर्थातः अब नागरिकले यी सबै काम आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण… Continue reading कोरोनाको उपचारबाट सरकारले हात झिक्यो, अब आफ्नै खर्चमा
काठमाडौं उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, २३२६ जना डिस्चार्ज
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ८७५ जनाको पीसीआर परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। पछिल्लो २४ घण्टामा २३२६ जना कोरोना… Continue reading नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, २३२६ जना डिस्चार्ज
‘फेस सिल्ड’ नलगाई सार्वजनिक यातायातमा चढ्न नपाइने
काठमाडौं । सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको छ। यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने सूचना सार्वजनिक गरेको हो । सरकारले गत असोज २६ गतेखेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेससिल्ड लगाउनुपर्ने बताएको हो। असोज… Continue reading ‘फेस सिल्ड’ नलगाई सार्वजनिक यातायातमा चढ्न नपाइने
कोरोना संक्रमितको घरमै मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने
काठमाडौं । स्वास्थ्य मन्त्रालयले शव व्यवस्थापन मापदण्ड परिमार्जन गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुन थालेसँगै ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७’ दोस्रो संशोधन गर्न लागेको छ । धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाइ भएको भन्दै सरकारले मापदण्ड तयार गर्न लागेको मन्त्रालय स्रोतले… Continue reading कोरोना संक्रमितको घरमै मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने
अस्ट्रियामा नेपाली महिलाले गरिन् आफ्ना ३ छोराछोरीको हत्या
काठमाडौं । अस्ट्रियामा एक नेपाली महिलाले आफ्ना ससाना तीन छोराछोरीको हत्या गरेकी छन्। गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेको र त्यसपछि अस्ट्रियाको भियना निवासी ३१ वर्षीय महिलाले पुगेकी ती महिलाले ८ महिनाका छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको हत्या गरेकी हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान उक्त घटना घटेको हो… Continue reading अस्ट्रियामा नेपाली महिलाले गरिन् आफ्ना ३ छोराछोरीको हत्या
उदयपुरमा स्कोर्पियो दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं । उदयपुरको कटारीमा गएराति स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति २ बजे दुर्घटनामा परेको… Continue reading उदयपुरमा स्कोर्पियो दुर्घटना, ५ जनाको मृत्यु
थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो
काठमाडौं । नेपालमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।
काठमाडौंमा १४५१ सहित उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि,१८०० जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ४३८ जनाको पीसीआर परीक्षणमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। पछिल्लो २४ घण्टामा १८०० जना… Continue reading नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि,१८०० जना डिस्चार्ज