Category: समाचार

  • नेपालमा पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५२ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५५८ पुगेको छ।

  • नेपालमा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टी,३०८२ जना संक्रमणमुक्त

    नेपालमा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टी,३०८२ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८२८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८६८७ जनाको पीसीआर २०१४ जना जना ४३३५ जनाको एन्टीजेन परीक्षण गर्दा ८१४ जना गरि २८२८ जनामा संक्रमित पुष्टी, भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ३० पुगेको छ । पछिल्लो २४ घण्टामा ३०८२ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ जना पुगेको छ ।

  • गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, ३६ वटै ढोका खोलियो

    गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, ३६ वटै ढोका खोलियो

    रुपन्देही । गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले जानकारी दिए ।

    ब्यारेज जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिने उनले बताए । पानीको सतह अझै बढे बि ग्याब बाँध फुट्न सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उनले बताए ।

    पानीको सतह बढेपछि अहिले पश्चिम नवलपरासीका २० गाउँ जोखिममा परेका छन् । यसैबीच गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

    जोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

    गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने भएका छन् ।

    गत जेठ २९ गते प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सदनमा बजेट माथिको छलफल सुरु हुनु अगावै मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन लागेका हुन् ।

    संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी थालेका छन् ।

    मुख्यमन्त्री बन्न उनलाई जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले सर्मथन गरेका थिए ।

  • झलनाथले दिल्ली उड्नुअघि अस्पतालबाट मलिन स्वरमा भने – ‘पार्टी मिलाउनुहोस्’ !

    झलनाथले दिल्ली उड्नुअघि अस्पतालबाट मलिन स्वरमा भने – ‘पार्टी मिलाउनुहोस्’ !

    काठमाडौं । थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् ।

    थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए । ‘पार्टी मिलाउनुस् कमरेड…’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेकाे महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

    नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

  • सिन्धुपाल्चोक बाढीमा कम्तिमा ७ को मृत्यु, सभामुख र स्वास्थ्यमन्त्री स्थलगत अनुगमनमा जाने

    सिन्धुपाल्चोक बाढीमा कम्तिमा ७ को मृत्यु, सभामुख र स्वास्थ्यमन्त्री स्थलगत अनुगमनमा जाने

    काठमाडौं । सिन्धुपाल्चाको हेलम्बु गाउँपालिकामा बाढी र पहिरोमा परि कम्तिमा ७ जनाको मृत्यु भएको छ ।ननेपाली संचारमाध्यमहरुले स्थानीय प्रहरी स्रोतलाई उदृत गर्दै जनाए अनुसार सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले यसको पुष्टी गरेका छन् ।

    घर, टहरा, पुललगायत संरचना बगेको कैयौ मानिस हराइरहेको समेत जनाइएको छ । मृतकको पहिचान भइसकेको छैन । हेलम्बु गाउँपालिकाको वडा नम्बर १ मा ७ जना र वडा नम्बर २ मा ४ जना सम्पर्कबिहीन रहेको जानकारी आएको छ । आजै सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा जाँदैछन् । यो उनीहरु दुबैको गृहजिल्ला हो । सापकोटा स्थलमार्गबाट सिन्धुपाल्चोक जाँदैछन् ।

  • सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढी र पहिरोको वितण्डा, दर्जनौं वेपत्ता भएको आशंका

    सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढी र पहिरोको वितण्डा, दर्जनौं वेपत्ता भएको आशंका

    मेलम्ची । सिन्धुपाल्चोक जिल्ला पुनः एक पटक प्राकृतिक विपत्तीको चपेटामा परेको छ । मंगलबार साँझबाट बाढी र पहिरोले जिल्लाको हेलम्बु तथा मेलम्ची क्षेत्र डुबानमा परेको हो । डुबानका कारण ५० औं जना मानिस वेपत्ता भएको स्वास्थ्य मन्त्री शेर बहादुर तामांगले सामाजिक संजालमा लेखेका छन् । यद्दपी प्रहरीले वेपत्ता हुनेको यकिन संख्या सार्वजनिक गरेको छैन । बाढीले मेलम्चीको ढ्याममा समेत क्षति गरेको छ ।

    तिम्बु बजार, चनौटे बजार, तालामारांग बजार, चेलम्बी बजार, यांग्री क्षेत्र क्षतविक्षत भएको छ । त्यहाको नोकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल र बाहुनेपाटी पुल बगाएको मन्त्री तामांगले जनाएका छन् । नदी किनारमा अर्बौं रुपैयाँको भौतिक क्षति भएको र कृषियोग्य जमिन समेत बगरमा परिणत भएको स्थानीयले जानकारी गराएका छन् ।

    अहिले वेपत्ता भएकाको खोजीमा प्रहरी र स्थानीय लागेका छन् । पुल बगाउँदा बजार क्षेत्रसम्म पुग्न भने कठिन भएको बताइएको छ । गत वर्षको मनसुनमा समेत सिन्धुपाल्चोकमा सयौं मानिसले पहिरोमा परि ज्यान गुमाउनु परेको थियो ।

  • नेपालमा कति छन् सवारी साधन ?

    नेपालमा कति छन् सवारी साधन ?

    १ असार, काठमाडौं । नेपालमा सवारीसाधनको संख्या बढ्न थालेको छ । कोरोना भाइरसको संक्रमणले अर्थतन्त्र थिलोथिलो भएपछि पनि नेपालमा गाडी खरिद बिक्री ह्वात्तै घटेको छैन । अहिलेसम्म दर्तालाई आधार मान्ने हो भने नेपालमा झण्डै ४० लाख सवारी साधन रहेको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्म १ लाख ५० हजार ७ सय सवारी साधन दर्ता भएका छन् । गत वर्षको असारसम्म ३८ लाख ३६ हजार ५ सय सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागको तथ्याङ्कमा उल्लेख छ । चालू आर्थिक वर्षको संख्या जोड्दा झण्डै ४० लाख सवारी दर्ता भएका छन् । दर्ता भएका सवारी साधनमध्ये जम्मा १ दशमलब ४ प्रतिशतमात्र सार्वजनिक यातायात रहेका छन् ।

    ७९ दशमलब ३ प्रतिशत सवारी साधन दुई पाङ्ग्रे रहेका विभागले जनाएको छ । सरकारले सवारीसाधनको दर्ता प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि सुरुगरेको इम्बोस्ड नम्बर प्लेट जडान फेरि सुरु गरेको छ । आर्थिक सर्वेक्षणमा यो आर्थिक वर्षको अहिलेसम्म झण्डै ८ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको उल्लेख गरिएको छ । सरकारले अहिलेसम्म झण्डै २० लाख जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । नेपालमा विसं १९५८ सालमा राणा प्रधानमन्त्री वीर शमशेरको पालामा पहिलोपटक कार भित्रिएको थियो । त्यसबेला रामदलबाट ट्राफिक नियन्त्रणको काम थालिएको थियो । विसं २०५९ मा बल्ल आएर उपत्यकाको १० स्थानबाट ट्राफिक बत्तीको व्यवस्था शुरु गरिएको थियो ।


    ट्राफिक व्यवस्थापनमा समस्या
    सवारी साधनको संख्या थपिए पनि सरकारले ट्राफिक व्यवस्थापनमा ध्यान दिन सकेको छैन । काठमाडौँ उपत्यकामा झण्डै १५ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको ट्राफिक प्रहरी अधिकारीको भनाइ छ ।विशेषगरी देशका अन्य प्रदेशमा दर्ता भएका २० लाखभन्दा बढी गाडीको चापसमेत राजधानीमा परेकाले व्यवस्थापकीय पक्ष कठिन बनेको छ । मुलुकभर दर्ता भएकामध्ये ३६ दशमलव ४० प्रतिशत सवारीसाधन वाग्मतीमा गुड्ने गर्छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार बागमतीमा दर्ता भएका सवारी साधनमध्ये ९७ प्रतिशत निजी सवारी रहेका छन् ।

    मुलुकभर दर्ता भएकामध्ये ३६ दशमलव ४० प्रतिशत सवारीसाधन वाग्मतीमा गुड्ने गर्छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार बागमतीमा दर्ता भएका सवारी साधनमध्ये ९७ प्रतिशत निजी सवारी रहेका छन् ।


    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला समयमा अत्याधिक रुपमा निजी सवारी भित्रिएको र देशका ७७ वटै जिल्लाबाट गाडी काठमाडाँैमा आउने र बाहिर दर्ता भएका सवारीसाधन समेत काठमाडौँमै चल्ने हुँदा ट्राफिक व्यवस्थापन थप जटिल बन्ने गरेको छ । सडक विभागको तथ्याङ्कमा उपत्यकाको सडक दुई हजार १४ किलोमिटर छ ।

    एक लेनको ६६० किमी, दुई लेन २३९ किमी र चार लेनको सडक १९३ किमी छ । उपत्यकामा एक जना ट्राफिक प्रहरीले औषत ८१४ वटा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसैगरी एक जना ट्राफिक प्रहरीले एक दशमलव ५ किमी सडकको ट्राफिक व्यवस्थापन गर्नुपर्ने अबस्था रहेको छ ।


    उपत्यकामा विभिन्न पूर्वाधार निर्माण तथा खाल्डाखुल्डीका कारण सडकको अबस्था कमजोर छ भने सबै क्षेत्रमा आकासे पुल बन्न सकेको छैन । व्यक्ति सडकबाट हिंड्ने अबस्था हटाउन सकिएको छैन । ट्राफिक संकेतहरुको समेत अभाव छ । पुलमुनी सडक खोल्न सकिएको छैन । फुटपाथ, खाल्डाखुल्डी र पोल व्यवस्थापन हुन नसक्दा ट्राफिक व्यवस्थापन हम्मेहम्मे पर्छ ।

    निजी सवारी दिनप्रतिदिन बढ्दै गएको र तीन पाङग्रे सवारीको प्रयोग, आधुनिक प्रविधिको कमी तथा नागढुंगा, कोटेश्वरमा प्रहरीले नै अभिलेख राख्नुपर्ने अबस्थाले जाम बढ्दो रहेको प्रहरीको निष्कर्ष छ । पार्किङको अभाव, मोटर ग्यारेजलाई व्यवस्थापन गर्न नसक्नु, चक्रपथ बाहिर पार्किङको व्यवस्था गर्न नसक्नुले चुनौती कायमै छ ।


    सवारी साधनको अवैध कारोबार
    नेपालमा बिमा कम्पनीसमेतको मिलेमतोमा सवारीसाधनको अवैध कारोबार हु“दै आएको खुलेको छ । प्रहरी र राष्ट्रिय बिमा समितिले अवैध रूपमा कारोबार गरिएका कार बरामद गरेपछि यसको लहरो पत्ता लागेको छ । नियमअनुसार खारेज गर्नुपर्ने गाडीलाई खरिद–बिक्री गरेर ठगी गरेको आरोपमा प्रहरीले हिमालयन जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्समाथि कारबाही गरेको थियो ।

    सर्भेयर तथा गाडीको अवैध कारोबारमा संलग्न व्यक्तिहरू पनि अनुसन्धानमा तानिएका छन् । सामान्य दुर्घटनामा परेका कारलाई पूर्णरूपमा क्षति भएको कागजपत्र बनाएर सबै बिमा क्षतिपूर्ति लिएर फेरि सोही कारको बिक्री गरी अवैध व्यापार गरिएको हो । पूर्ण क्षति भएका कारलाई बिमा कम्पनीले मूल्यअनुसारको क्षतिपूर्ति दिने गर्छन् । पूर्ण क्षतिपूर्ति लिएपछि दर्ता खारेजी गर्नुपर्ने प्रावधान छ । तर, यसरी ‘टोटल लस क्लेम’ बापत बिमा रकम लिएर खारेज गर्नुपर्ने कारलाई बिक्री गरेर बिमा कम्पनीसमेतको मिलेमतोमा अवैध व्यापार भएको छ ।


    कारको अवैध प्रयोगमा दुवै बिमा कम्पनीको मिलेमतो देखिएको छ । पूर्णरूपमा क्षति भएर सबै बिमा रकम तिरिएका कारको खारेजीका लागि सम्बन्धित बिमा कम्पनीले यातायात व्यवस्था कार्यालयलाई पत्राचार गर्नुपर्ने हुन्छ । तर, अनुसन्धानमा हिमालयन जनरल र शिखर दुवैले सो काम गरेका छैनन् । दुवै कम्पनीमाथि कारबाहीको तयारी बिमा समितिले गरिरहेको छ । तर, दबाबका कारण बिमाको बोर्डले कारबाहीको निर्णय गर्न ढिला गरेको बिमा समितिले जनाएको छ ।

    प्रहरीको समेत नक्कली प्रतिवेदन बनाएर कार पूर्णरूपमा क्षति भएको नक्कली कागजात बनाइएको थियो । जसमा तत्कालीन कारधनीदेखि सर्भेयरसम्मको मिलेमतो देखिएको छ । स्रोतका अनुसार पूर्णरूपमा क्षति भएको कारमा सो बा.७च ६८६ नम्बरको नम्बरप्लेट राखेर फोटो खिचेर प्रमाणस्वरूप पेस गरी ‘टोटल लस क्लेम’ गरिएको थियो । नक्कली कागजातको आधारमा पूरै क्षतिपूर्ति लिएपछि सो कार बिक्री गरी दोहोरो फाइदा लिइएको थियो । यसमा बिमा कम्पनीसमेतको मिलेमतोको प्रमाण रहेको अनुसन्धानमा आबद्ध अधिकारीहरू बताउँछन् ।

  • सरकारले तोकेको अवधिभित्रै कर बुझाउनु पर्ने सर्वोच्चको फैसला

    सरकारले तोकेको अवधिभित्रै कर बुझाउनु पर्ने सर्वोच्चको फैसला

    काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दीको समयमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।

    अदालतले आर्थिक ऐनको व्यवस्था अनुसार अर्थ मन्त्रालयले कर बुझाउनका लागि दिएको अवधिभित्रै कर बुझाउनुपर्ने गरी सरकारको पक्षमा फैसला गरेको हो ।

    मंगलबार सर्वोच्चले आर्थिक ऐनको व्यवस्था अनुसार अर्थ मन्त्रालयले कर बुझाउनका लागि दिएको अवधिभित्रै कर बुझाउनुपर्ने आदेश जारी गरेको हो ।

    न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश परिवर्तन गरी आर्थिक ऐन २०७७ को दफा १९ अनुसार निर्णय गरी प्रकाशित हुने सूचना हुने अवधिसम्मका लागि मात्र जरिवाना नलाग्ने व्यवस्था गर्न परमादेश जारी गरेको छ ।

    यसअघि बन्दाबन्दी, निषेधाज्ञा खुलेको ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु भनी सरकारलाई दिएको अन्तरिम आदेश दिएको थियो ।

  • नेपालमा थप २७४५ जनामा कोरोना संक्रमण पुष्टी, ४१८७ जना संक्रमणमुक्त

    नेपालमा थप २७४५ जनामा कोरोना संक्रमण पुष्टी, ४१८७ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७४५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७४४९ जनाको पीसीआर १६८१ जना ५८४१ जनाको एन्टीजेन परीक्षण गर्दा १०६४ जना गरि २७४५ जनामा संक्रमित पुष्टी, भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८७ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४० हजार ४३९पुगेको छ । संक्रिय संक्रमितको संख्या ६३ हजार २५७ जना रहेको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४१ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५०६ पुगेको छ।

  • कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    काठमाडौं । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

    मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरियोस भनेर प्रदेशसभामा प्रस्ताव राखेका थिए । सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।

    नीति तथा कार्यक्रम पारित भएपछि आजै बजेट सार्वजनिक हुनेछ । दिउँसो ४ बजे आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गर्ने भएका हुन् ।

  • शेयर बजारमा सामान्य अंकको गिरावट, १६ अर्ब ५२ करोडको कारोबार

    शेयर बजारमा सामान्य अंकको गिरावट, १६ अर्ब ५२ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा आइपुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २२६ कम्पनीको १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको ३ करोड ९ लाख ४८ हजार ७३८ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । लगानी समूह सबैभन्दा धेरै २.०७ प्रतिशतले बढेको छ भने विकास बैंक समूह सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ ।

    आज तीन वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

    शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छ । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज छ्याङदी हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन छ्याङदी हाइड्रोपावरको शेयरमूल्य ७.६६ प्रतिशतले घटेको छ भने लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य ७.०२ प्रतिशतले घटेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ७६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल ५२ करोड र हिमालयन डिस्ट्रीलरी ४२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

  • आजबाट काठमाडौंमा दुई महिना मेलम्चीको पानी आउन बन्द

    आजबाट काठमाडौंमा दुई महिना मेलम्चीको पानी आउन बन्द

    काठमाडौं । काठमाडौँ उपत्यकामा आजबाट दुई महिना मेलम्चीको पानी आउने छैन । परीक्षणका रुपमा मात्र काठमाडौं ल्याइएको मेलम्चीको बाँकि काम गर्न अब पानी वितरण बन्द हुने भएको हो । काठमाडौंका धारामा अब दुई महिनासम्म २ देखि १२ दिन बिराएर पानी आउने छ । प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएपछि पानी वितरण बन्द भएको हो ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी वितरणको नयाँ तालिका सार्वजनिक गर्दै अब २ देखि १२ दिनको बीचमा मात्र धारामा पानी आउने बताएको छ । यो बीचको समयमा उपभोक्ता आफैले पानीको जोहो गर्ने भएको हो । तर, वर्षायाम भएका कारण काठमाडौंका इनारमा अहिले पर्याप्त हुन्छ । अहिले काठमाडौँ उपत्यकामा दैनिक उपलब्ध भइरहेको १७ करोड लिडर पानी मेलम्ची बन्द भएपछि उपलब्ध हुँदैन । यसको असर उपभोक्तामा पर्नेछ ।

    मेलम्ची नआएको समयमा खानेपानीको अभाव हुन नदिन केयुकेएलले उपत्यका भित्र भएका पानीको स्रोतबाट उपलब्ध हुने खानेपानी वितरण गर्नेछ । तालीका अनुसार काठमाडौँको महाँकालचौर, मिनभवन, अनामनगर, भक्तपुरको ठिमी, बोडे क्षेत्रमा ७ दिन बिराएर पानी आउने छ । बाँसबारी र पानीपोखरी क्षेत्रमा ५ दिन, बालाजु क्षेत्रमा ९ दिन, कीर्तिपुर क्षेत्रमा २ दिन, सैँबु र ललितपुर क्षेत्रमा १२ दिन, भक्तपुर क्षेत्रमा ४ दिन बिराएर पानी आउने केयुकेएलको सूचनामा उल्लेख छ ।

  • ठूलो वर्षासहित नदीहरुमा बाढी आउने सम्भावना, सतर्क रहन आह्वान

    ठूलो वर्षासहित नदीहरुमा बाढी आउने सम्भावना, सतर्क रहन आह्वान

    काठमाडौं । आज मुलुकका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना छ । यसले नदीहरुमा बाढी आउने र नदी किनारमा असर गर्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ । नेपालमा आइतबारबाट नै विभिन्न स्थानमा अविरल वर्षा जारी छ । लगातारको पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको छ । गण्डकी नदीमा पानीको बहाव बढ्दा म्याग्दीको घोरेपानी तथा नवलपरासीको अरुण नदी र आसपासका क्षेत्रमा जोखिम बढेको हो । कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्नसक्ने अनुमान महाशाखाको छ ।

    यी नदीमा बिहीवारसम्म नै यी नदीका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ । यो साता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेको हो । मंगलबार देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

  • भारतीय सेनामा अब नेपाली महिला समेत भर्ती  हुन सक्ने

    भारतीय सेनामा अब नेपाली महिला समेत भर्ती हुन सक्ने

    काठमाडौं । भारतीय सैनिक सेवामा अब नेपाली महिला समेत भर्ती हुन सक्ने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । भारतीय सेनाले पहिलो पटक नेपाली महिला समेत भर्ती हुन सक्ने गरि नियम ल्याएको हो ।

    सूचना अनुसार भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी गराएको हो । १० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासको सूचनामा उल्लेख छ । महिलाको उचाइ १५२ सेन्टिमिटर तोकिएको छ ।

    यस सिजनका लागि आवेदन समेत खुलेको छ । अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्म फारम गर्न सकिने भएको छ । वीर नारीलाई ३० वर्षसम्मको उमेर छुट दिइएको छ। भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट हुने छ । उनीहरुको हकमा लिखित परीक्षामा २० अंक बोनस जोडिने छ ।

  • मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरे निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण

    मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरे निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण


    अमृता के सी ( रोनी )
    काठमाडौँ,जेठ ३१। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठले यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति,स्मारकको अवलोकन भ्रमण गरेका छन्।

    कार्यक्रममा विश्व वातावरण दिवसको अवसर पारेर मन्त्री श्रेष्ठले वृक्षारोपण गरेका थिए ।आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य मार्फत निर्णय भए बमोजिम काठमाडौँको यज्ञडोल जगडोल सामुदायिक वनमा युनेस्को संग्राहलय ग्राम निर्माणका लागि समेत उनले स्थलगत निरीक्षण गरेका हुन् ।
    सोमबार भएको सो निरीक्षण अवलोकन भ्रमणमा क्षेत्र नं ३ का सांसद कृष्ण राई, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिब डा.बाबुराम अधिकारी, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्ट, लगायतको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिब डा. बाबुराम अधिकारी र राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडोल जगडोल सामुदायिक बन पर्या-पर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले स्वागत गरेका थिए भने अध्यक्ष सिग्देलले राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माणको हाल सम्मको वस्तु स्थिति, प्रगति विवरणका साथै भाबि योजना एवं समस्याका बारेमा जानकारी गराएका थिए ।

  • थप २९१८ जनामा कोरोना संक्रमण पुष्टी, ५१४७ जना संक्रमणमुक्त

    थप २९१८ जनामा कोरोना संक्रमण पुष्टी, ५१४७ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९१८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९४३८ जनाको पीसीआर २०४९ जनार ५३८१ जनाको एन्टीजेन परीक्षण गर्दा ८६९ जना गरि २९१८ जनामा संक्रमित पुष्टी, भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ५१४७ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ जना रहेको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५३ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४६८ पुगेको छ।

  • गण्डकीका जनमोर्चा सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

    गण्डकीका जनमोर्चा सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ।

    न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको हो।

  • काठमाडौंमा आज र भोली चिनियाँ खोप लगाईंदै

    काठमाडौंमा आज र भोली चिनियाँ खोप लगाईंदै

    काठमाडौं । काठमाडौं महानगरपालिकामा आज र भोली (सोमबार र मंगलबार) चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । यसअघि २५ जेठबाट शुरु भएको खोप अभियानमा खोप नै सकिएपछि तोकिएको समय भन्दा अगाडी नै रोकिएको थियो । थप खोपको जोहो भएपछि आज र भोलि महानगरपालिका भित्र खोप लगाउने तयारी गरिएको हो ।

    काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागका अनुसार जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप लगाइने भएको हो ।

    काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा जेठ ३१ र असार १ गते खोप लगाइने छ ।

    पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीले खोप लगाउन सक्ने छन् ।

  • काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, के-केमा खुकुलो भयो ?

    काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, के-केमा खुकुलो भयो ?

    काठमाडौं । काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा एक साता थप हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

    उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको जोखिम कम नभइसकेकाले निषेधाज्ञालाई निरन्तरता दिन लागिएको जनाइएको छ ।

    तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने भएको छ। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ।

  • पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको निधन

    पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४६ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४१२ पुगेको छ।

  • नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टी, ३९९४ जना संक्रमण मुक्त

    नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टी, ३९९४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४०७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ ५१७ पीसीआर परीक्षणमा १६९४ जना र ४ ८८९ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २४०७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ। गत २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित निको भएका छन्।

  • मनाङेमाथि गुरुङको टिप्पणी -‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो’

    मनाङेमाथि गुरुङको टिप्पणी -‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो’

    काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूलाई धोका दिएको बताएका छन्।

    एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पनि रहेका गुरुङले आइतबार आफ्नै निवासमा सञ्चाकर्मीसँग कुराकानी गर्नेक्रममा मनाङेले आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको तर उनीबाट आफैंले धोका खानुपरेको बताएका हुन्।

    मनाङेको टिप्पणी गर्ने क्रममा उनले सबै डाँकू वाल्मिकी नहुँदा रहेछन् भन्दै राजनीति र समाजसेवा गर्छु भनेपछि गुरुङलाई आफूले चुनाव जिताएको उल्लेख गरे। गुरुङले आफूलाई योभन्दा ठूलो धोका अरु नहुने बताए।

    तर मनाङे रूपान्तरित नभएको बरु आफूलाई धोका दिएको उल्लेख गर्दै उनले भने, ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।’

    निवर्तमान मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाएका थिए। तर पछिल्लोपटक मनाङे विपक्षीतिर ढल्किँदा वैकल्पिक सरकार बनेको छ।

  • पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको निर्णय

    पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको निर्णय

    काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ।

    कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा आइतबार बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो ।

    यसैगरी प्रदेशको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सामान्य छलफल मन्त्रिपरिषद्ले गरेको छ ।

    सरकारको प्रवक्तामा कुमार खड्कालाई तोक्ने निर्णय बैठकले गरेको हो ।

    यसअघि, मुख्यमन्त्रीमा नियुक्ति लगत्तै शनिबार कृष्णचन्द्र नेपाली पोखरेलले स्तन तथा पाठेघर क्यान्सरका बिरामीको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । शपथ तथा पदभार ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री पोखरेलले सो निर्णय गरेका हुन्

    यस्तै विपद् व्यवस्थापनका लागि विज्ञसहितको टोली बनाउने निर्णय पनि गरिएको छ ।

  • धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाका परिवारले प्रदेश सरकारबाट नगद सहयोग पाउने

    धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाका परिवारले प्रदेश सरकारबाट नगद सहयोग पाउने

    जनकपुर । धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका पाँच बालिकाका परिवारलाई प्रदेश सरकारले सहयोग घोषणा गरेको छ । प्रदेश नं २ सरकारले जनही एक, एक लाख सहयोग गर्ने घोषणा गरेको हो ।


    धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका ६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको ज्यान गएको हो ।

    प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाइएको छ । मृतक पाँचै जनाको शव परीक्षणपश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ । अधिक गर्मीको समयमा माछापालन गर्न खनिएको खाल्डोमा पा्रडी खेल्न छिरेका बालिकाहरुको मृत्यु भएको हो ।

  • पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त अपिल : लोकतन्त्रमाथिको निरकुंश हमला बचाउन एक होऔं

    पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त अपिल : लोकतन्त्रमाथिको निरकुंश हमला बचाउन एक होऔं

    काठमाडौं । नेपालका पाँच जना पूर्वप्रधानमन्त्रीले नेपालमा लोकतन्त्र तथा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमला विरुद्ध एक हुन आह्वान गरेका छन् । उनीहरुले यसमा ऐक्यवद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग अपिल गरेका हुन् ।

    शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले ढुंगा गिटी निकासी सम्बन्धी निर्णय तत्काल फिर्ता लिन जोडदार माग गरेका छन् । नेपालका सम्बन्धमा नेपालीबाटै निर्णय हुनुपर्ने र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप तथा चलखेल मान्य नहुने उनीहरुको भनाई छ ।

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गरि यस्तो आह्वान गरेका हुन् ।

    उनीहरुको आह्वानको पुरा रुप

    मितिः २०७८ जेष्ठ २९
    प्रेस वक्तव्य
    प्रधानमन्त्री केपी ओलीबाट निरन्तर एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार गर्ने कार्य भइरहेको छ। नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरिएको छ।

    गत पुष महिनामा प्रतिनिधि सभा विघटन गर्ने उहाँको कार्य असंवैधानिक भनी सर्वोच्च अदालतले ठहर गरेको अवस्थामा पुनः दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पार्नुभएको छ।

    सर्वोच्च अदालतबाट २०७७ साल फागुन ११ गते भएको फैसलामा नेपालको संविधानको धारा ७६ का सम्पूर्ण प्रकृया पूरा गर्दा पनि वैकल्पिक सरकार गठन नहुने वा धारा ७६ को उपधारा ५ अन्तरगत गठित सरकारले विश्वासको मत प्राप्त नगर्ने अवस्थामा मात्र प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोक्न सकिने संवैधानिक व्यवस्थाबारे स्पष्ट व्याख्या भएको छ।

    यस्तो स्पष्ट फैसला समेतको उल्लंघन गर्दै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी उहाँ काम चलाउ सरकारको प्रधानमन्त्रीमा परिणत भइसकेको अवस्थामा अध्यादेशबाट बजेट घोषणा गर्ने, सरकारको नीति तथा कार्यक्रम झै प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने,संविधान सभाबाट जारी नेपालको संविधान संशोधन गर्न भनि राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशिल विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्ने, मन्त्रीपरिषद्को मनपरी किसिमले पटक–पटक विस्तार गर्ने, यसरी विस्तार गर्दा नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गर्ने, सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरु प्रधानमन्त्री केपी ओलीबाट भएका छन्। हामी यस्ता कार्यहरुको भर्त्सना गर्दछौं।


    देश कोरोना महामारीबाट आक्रान्त भइरहेको बेला राज्ययन्त्रलाई समग्ररुपमा महामारीबाट जनताको सुरक्षामा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीबाट स्वार्थी सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेती गरिएको छ। सत्ता स्वार्थमा लिप्त भएर राज्ययन्त्र, सरकारी साधन र स्रोतको व्यापक दुरुपयोग गरिएको छ। भ्रष्टाचार र अनियमित कार्यलाई प्रधानमन्त्री र उहाँका निकटस्थहरुबाट संरक्षण र प्रश्रय दिइएको छ। कोरोना संक्रमणका विरुद्ध दिइने खोप प्राप्त गर्न राज्य प्रणालीको स्थापित पद्धति र मान्यता अनुरुप व्यवस्थित काम नगरी प्रचारमुखी मार्ग अवलम्बन गरिएको छ।

    पहिलो खोप लगाएका मानिसहरुले समयमै दोस्रो खोप नपाएर पहिलो खोप निरर्थक हुनसक्ने स्थिति उत्पन्न भएको छ। यस्तो अवस्थाप्रति गम्भीर हुँदै खोपको समुचित व्यवस्था गर्न, बन्द र बन्देजको अवस्थामा विपन्न, श्रमजीवी र कमजोर वर्ग एवम् समुदायलाई परिरहेको मर्का र कठिनाईप्रति संवेदनशील भई तिनीहरुको रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजना सहित अग्रसर हुन नेपाल सरकारसंग माग गर्दछौं।


    प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योल ग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहँुमा देशका विभिन्न भागबाट ढुँगा, वालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको छ।

    यस्तो गलत निर्णयबाट अत्यन्त संवेदनशील अवस्थामा रहेको नेपालको भूबनौटमा असर पर्नगई गम्भीर पर्यावरणीय समस्या सिर्जना हुनेछ। विशेषतः चुरे र महाभारत श्रुंखलामा हुने त्यस्तो उत्खनन्बाट जंगल विनाश हुने र पानीका मुहानहरु सुक्ने तथा तराई क्षेत्र मरुभूमिकरण हुने स्थिति उत्पन्न हुने वातावरणविद्हरुको भनाईरहेको छ।

    आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं। काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिदै यसप्रकारमा गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अन्य निकायहरुलाई समेत आग्रह गर्दछौं।


    नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि भइरहेको उपर्युक्त प्रकारको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन हामी नेपाल जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग समेत हार्दिक अपिल गर्दछौं। नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सवैको ध्यान आकर्षित गर्न चाहन्छौं।

  • नेपालमा कोरोनाबाट थप ६१ जनाको मृत्यु

    नेपालमा कोरोनाबाट थप ६१ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टा भित्र उक्त संख्यामा मानवीय क्षति भएको हो । अब नेपालमा मृत्यु हुनेको कुल संख्या ८३६६ पुगेको छ ।

    नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ । निको हुने दर भने ८६.९ प्रतिशत छ । अन्य बाँकी सक्रिय संक्रमित हुन् । पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो अवधिमा ६ हजार २९५ जनाले कोरोनालाई जितेका छन् ।

  • गण्डकीमा एमालेको सत्ता ढल्यो, कांग्रेसका कृष्णचन्द्र नेपाली बने मुख्यमन्त्री

    गण्डकीमा एमालेको सत्ता ढल्यो, कांग्रेसका कृष्णचन्द्र नेपाली बने मुख्यमन्त्री

    पोखरा । गण्डकी प्रदेशमा एमालेको सत्ता ढलेको छ । यहाँ अब कांग्रेसका कृष्णचन्द्र पोखरेल (नेपाली) मूख्यमन्त्री बनेका छन् । संसदबाट अल्पमतमा परेको पृथ्वी सुब्बा गुरुङको सरकार काम चलाउ भएको थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमत सदस्यसहित सरकारको नेतृत्व दावि गर्न दिएको समय भित्रै नेपालीले आफ््नो दावि पेश गरेका थिए ।

    सोही आधारमा पौडेलले उनलाई मूख्यमन्त्रीमा नियुक्ति दिएकी छन् । यससँगै एमालेको सत्ता ढलेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि केन्द्रसहित प्रदेशहरुमा समेत ओली कमजोर बन्दै गएको पुष्टी भएको छ ।

    प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले जानकारी गराएका छन् । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समेत दाबी पेश गरेका थिए।

    तर, उनले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपनि त्यो मान्य भएन । नेपालीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।