काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक भएको छ । नेपाली सेनाले भ्रमण तालीका सार्वजनिक गरेको हो । उनी कात्तिक १९ काठमाडौं आउने छन् । २१ कात्तिकमा भारत फिर्ता हुनेछन् । नेपाली सेनाका अनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना… Continue reading भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक
Category: समाचार
साइकल र मोटरसाइकल जुधे, २ जनाको मृत्यु
राजविराज । सप्तरीमा साइकल र मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा स १० प ९१३१ नम्बरको मोटरसाइकल र साइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा साइकल चालक मोरङ, उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक… Continue reading साइकल र मोटरसाइकल जुधे, २ जनाको मृत्यु
खोटाङमा ट्याक्सी दुर्घटनामा तीनको मृत्यु
खोटाङ । खोटाङमा ट्याक्सी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार सोमबार साँझ भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो । चार जना घाइते भएका छन् । ट्याक्सी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १… Continue reading खोटाङमा ट्याक्सी दुर्घटनामा तीनको मृत्यु
विभिन्न स्थानमा कोरोनाबाट ४ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ । मंगलबार रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका सिलसिलामा निधन भएको हो । उता, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना… Continue reading विभिन्न स्थानमा कोरोनाबाट ४ जनाको मृत्यु
आज बडादशैं, टिका जमरा र आर्शिवाद लेनदेन गरी मनाइयो
काठमाडौं । आज बडादशैं, हिन्दु धर्मावलम्बीहरुले धुमधामसाथ मनाइरहेका छन् । आज सर्वसाधारणले मान्यजनबाट टिका ग्रहण गरी आर्शिवाद लिएर बडा दशैं मनाएका छन् । यस दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन्। शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन्। राष्ट्रपति भण्डारीले भने आफ्नी आमा र गुरुको हातबाट टिका… Continue reading आज बडादशैं, टिका जमरा र आर्शिवाद लेनदेन गरी मनाइयो
एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु
भक्तपुर । भक्तपुरमा एक प्रेमिकाको विषयमा भएको झगडाले उग्ररुप लिँदा तीन जना साथिबीच झडप भएको छ । यस क्रममा एक जनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने तीन जना भारतीय मजदुरबीच मदिरा सेवनपछि प्रेमिकाको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ । सोही क्रममा झडप भएको र त्यसले उग्ररुप… Continue reading एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु
कैलालीमा दुई बालिकाको नदीमा डुबेर निधन
कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका ५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको हो । उनीहरु गोरु चराउन गएको समयमा नुहाउन नदीमा छिरेका थिए । सोही बेला उनीहरु नदीमा डुबेको प्रहरीले जनाएको छ ।
उपत्यकामा थपिए १५३५ संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार १५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला हुन् । काठमाडौं जिल्लामा हालसम्म ५६… Continue reading उपत्यकामा थपिए १५३५ संक्रमित
आइतबार २८५६ जनामा संक्रमण पुष्टी, ३३३६ ले जिते कोरोना
काठमाडौं । नेपालमा आइतबार थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गरिएको थियो । यसबाट १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना भाइरस… Continue reading आइतबार २८५६ जनामा संक्रमण पुष्टी, ३३३६ ले जिते कोरोना
आज दशैंको महानवमी, पशुबली र आरधना गरी मनाइदै
काठमाडौं । आज दशैंको नवौं दिन, महानवमी धुमधामसाथ मनाइदैछ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका दिन दुर्गा भवानीको पूजा आराधना र पशुबलिसहित मनाइन्छ । यो दिन शक्तिपिठहरुमा बली दिने गरिन्छ । तर, यो वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण पूजा प्रभावित भएको छ । अधिकांश शक्तिपिठमा बली रोकिएको छ । यस वर्ष नियमअनुसार… Continue reading आज दशैंको महानवमी, पशुबली र आरधना गरी मनाइदै
नेकपा नेता शर्मा दम्पत्तिलाई कोरोना
काठमाडौं । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उनकी पत्नी लक्ष्मी शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको उनी स्वयमले पुटी गरेका छन् । हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टी भएको उनले जानकारी दिएका छन् । उनले केही दिनयता आफ्नो सम्पर्कमा आएकालाई… Continue reading नेकपा नेता शर्मा दम्पत्तिलाई कोरोना
स्वास्थ्य मापदण्ड पुरा गरी दशैं मनाऔं : स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी दसैं मनाउन सर्वसाधारणसँग अपिल गरेका छन् । कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने हुँदा दसैं सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था आएको उनको भनाई छ । उनले परिस्थितिले सिर्जना गरेको बाध्यता अनुसार चाडपर्व मनाउन आमअपिल गरेका छन् । उनले भनेका छन्, ‘विगतमा पनि… Continue reading स्वास्थ्य मापदण्ड पुरा गरी दशैं मनाऔं : स्वास्थ्य मन्त्री
सरकारलाई रवीन्द्र मिश्रको ८ प्रश्न, ‘नेपालका प्रधानमन्त्री खुफिया एजेन्सीकै स्तरका हुन ?’
काठमाडौं । साझा पार्टीका संयोजक तथा नेता रवीन्द्र मिश्रले नेपालका प्रधानमन्त्री भारतीय खुफिया एजेन्सीकै स्तरमा झरेको भन्दै सरकारसमक्ष प्रश्न गरेका छन् । प्रधानमन्त्रीले अघिल्लो साता ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आई सुटुक्क प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । यो विषय आलोचित भइरहँदा मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका नाममा विभिन्न ८ प्रश्न राखेका छन् । जसमा… Continue reading सरकारलाई रवीन्द्र मिश्रको ८ प्रश्न, ‘नेपालका प्रधानमन्त्री खुफिया एजेन्सीकै स्तरका हुन ?’
जाजरकोटमा सुख्खा पहिरो, दुई जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा सुख्खा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । जाजरकोटको छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा पुरिएर दुई जनाको ज्यान गएको हो । अझै दुई जना घाइते भएका छन् । घटनामा ज्यान गुमाउनेमा छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षिया आरती दाहाल छन् । घटनामा… Continue reading जाजरकोटमा सुख्खा पहिरो, दुई जनाको मृत्यु
कर्णाली सरकारले कोरोनाको नि:शुल्क उपचार गर्ने
काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने निर्णय गरेको छ । केन्द्र सरकारले हात झिकिसकेको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले उपचार र परीक्षण निशुल्क गर्ने निर्णय गरेको हो । सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिसकेको… Continue reading कर्णाली सरकारले कोरोनाको नि:शुल्क उपचार गर्ने
काठमाडौंमा थपिए १११० जना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार १११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा थप भएका मध्ये ४२९ जना महिला छन् । आज देशभर २२२५ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख… Continue reading काठमाडौंमा थपिए १११० जना संक्रमित
शनिबार २२२५ जनामा देखियो कोरोना
काठमाडौं । नेपालमा शनिबार थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण भएको थियो । त्यसमध्ये २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा अब कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको… Continue reading शनिबार २२२५ जनामा देखियो कोरोना
पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिमा कोरोना पुष्टी
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डा. भट्टराईले सामाजिक संजालबाट यसको पुष्टी गरेका हुन् । उनका अनुसार कात्तिक ७ मा गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो । उनले भनेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७… Continue reading पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिमा कोरोना पुष्टी
उपत्यकामा २७२० जनामा कोरोना पुष्टी
काठमाडौं । काठमाडौं उपत्यकामा थप २७२० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा उक्त संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४४९९… Continue reading उपत्यकामा २७२० जनामा कोरोना पुष्टी
नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, २४ घण्टामा ४४९९ जनामा पुष्टी
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या डेढ लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ हजार ८६३ नमुना परीक्षण गरिएको थियो । जसमा १६९० महिला र २८०९ पुरुषमा… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, २४ घण्टामा ४४९९ जनामा पुष्टी
दशैं बिदामा घर पुगेका सैनिकको करेन्ट लागेर मृत्यु
तेह्रथुम । दशैं बिदामा घर पुगेका एक जना सैनिकको करेन्ट लागेर ज्यान गएको छ । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर सैनिक जवानको ज्यान गएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरअगाडि रहेको… Continue reading दशैं बिदामा घर पुगेका सैनिकको करेन्ट लागेर मृत्यु
पर्सामा पूर्वएमाले र पूर्वमाओवादीबीच हिंसात्मक झडप, एक जनाको मृत्यु
वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताका कतिपय प्रक्रिया अझै बाँकि छन् । यसको बाछिटाले ठूल्ठूला दुर्घटना निम्त्याउन थालेको छ । यसै क्रममा पर्सामा नेकपा कार्यक्रताबीचको विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा विन्दावासिनी गापा २ का तत्कालिन माओवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका मुकेश चौरसिया छन् । प्रहरीका अनुसार उनको आज बिहान… Continue reading पर्सामा पूर्वएमाले र पूर्वमाओवादीबीच हिंसात्मक झडप, एक जनाको मृत्यु
आज दशैंको सातौ दिन, फुलपाती भित्राइदै
काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती पर्व मनाइदैछ । यस दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । आज फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा गर्ने… Continue reading आज दशैंको सातौ दिन, फुलपाती भित्राइदै
औपचारिक रुपमै जोगियो कर्णालीका मूख्यमन्त्रीको पद
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । यससँगै उनको पद समेत अब औपचारिक रुपमा जोगिएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको छ । कर्णाली प्रदेशको विवाद मिलाउन केन्द्रमा दुई अध्यक्षसम्मले निकै कसरत गर्नु… Continue reading औपचारिक रुपमै जोगियो कर्णालीका मूख्यमन्त्रीको पद
थप २१ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२ ८३, ललितपुरमा १५७ र भक्तपुरमा १११२ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १ लाख नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार २५५ पीसीआर परीक्षणमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। जना पुगेको छ। पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १ लाख नाघ्यो
रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट विवादित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई दिएको स्वागत विवादित बनेको छ । प्रधानमन्त्रीलाई भेट्न रअ प्रमुख सामन्तकुमार गोयल बुधबार अपरान्ह काठमाडौं आएका थिए । भारतीय एयरफोर्सको विशेष जहाजबाट काठमाडौं आएका उनी बिहीबार दिल्ली फर्किए । प्रधानमन्त्रीले कुटनीतिक मर्यादा बिर्सेर रअका प्रमुखसँग करीव २ घण्टा भेटवार्ता गरेका थिए । यस कदमको नेपाल… Continue reading रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट विवादित
बालकुमारीमा दुई पैदलयात्रीलाई गाडीको ठक्कर, एक जनाको मृत्यु
ललितपुर । ललितपुरको बालकुमारीमा पैदल हिँडिरहेका दुई जनालाई गाडीले ठक्कर दिएको छ । बिहीबार बिहान भएको यस घटनामा एक जनाको मृत्यु भइसकेको छ । ठक्कर दिएर भागेको गाडी भने सानेपाबाट पक्राउ परेको छ । प्रहरीले गाडी र चालक दुबैलाई नियन्त्रणमा लिएको हो । बिहीबार बिहान ५ बजे मर्निङ वाकका लागि निस्किएका दुई जना वृद्धलाई बोलेरो… Continue reading बालकुमारीमा दुई पैदलयात्रीलाई गाडीको ठक्कर, एक जनाको मृत्यु
रअ प्रमुख गोयलले भेटे प्रधानमन्त्रीलाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको पुष्टी गरेका हुन् । यसअघि बुधबार सुटुक्क काठमाडौं आएका रअका प्रमुखसँगको भेटवार्ता गुपचुप राखिएको थियो । प्रधानमन्त्रीलाई भेट गरी उनी बिहीबार दिल्ली फर्किसकेका छन् । उनी… Continue reading रअ प्रमुख गोयलले भेटे प्रधानमन्त्रीलाई