काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कुल साढे ९ हजार मानिसको कोरोना परीक्षण भएको थियो । नेपालमा अहिलेसम्म ६ लाख ३२ हजार मानिसमा कोरोना पुष्टी भएको छ । २४ घण्टाको अवधीमा कुल ४९१४ जनाले कोरोना जित्न सफल भएका छन् । अब निको हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ । यो कुल संक्रमितको तुलनामा ९१.९ प्रतिशत हो ।
Category: समाचार
-

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण शुरु भएको छ । परीक्षण उत्पादन थालिएसँगै प्रसारण लाइन व्यवस्थापनको काम थालिएको आयोजनाले जनाएको छ । तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिनेछ । खिम्तीको सबस्टेशनमार्फत तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने भएपछि यसको परीक्षणका क्रममा विजुली प्रभावित हुनेछ ।
खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन यही असार १३ गतेदेखि १९ गतेसम्म बन्द गरेर अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको छ । ‘यो काम गर्दा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनमा विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुने भएको हो । यसको प्रभाव काठमाडौंसम्म देखिने छ ।
-

बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने
काठमाडौं । नेपालको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा कोरोना विरुद्धको खोप लगाउन प्राथमिकता दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो तयार गरेको हो । बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने मन्त्रालयले गरेको छ ।
नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् । उनले छिट्टै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए । कोभिड–१९ विरुद्धको खोपका बारेमा हल्ला भन्दा काम गरेर देखाउने उनको प्रतिवद्धता रहेको छ । उनले खोप ल्याउन विभिन्न मुलुकसँग छलफल भइरहेको जानकारी दिए ।
उनले कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको समेत जनाए । सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुगिने बताए । उनले एक करोड १० लाख खोप किन्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।
-

नेपालमा थप २४७६ जनामा कोरोना संक्रमण पुष्टी, ५४५५ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९५८६ पीसीआर परीक्षणमा १७२१ र ४७६५ जनाको एन्टिजेन परीक्षणमा ६५५ जना गरी २४७६ जनामा संक्रमण पुष्टी भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५४५५ जना संक्रमण मुक्त भएका छन् ।
यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।
-

नेपालमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २७ जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९४५ पुगेको छ।
-

आइतबारदेखि तीन दिन श्रम स्वीकृति लिन सकिने, कुन कुन बार ?
काठमाडौं । वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
कोरोना महामारीको कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ ।
व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरुलाई अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था कायमै रहेको कार्यालयले जनाएको छ ।
बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनैपर्नेबाहेक अन्य व्यक्तिहरूलाई भौतिक उपस्थितिमार्फत सेवा प्रदान नगरिने हुँदा कार्यालयमा उपस्थित भई अनावश्यक भिडभाड नगरिदिन कार्यालयले अनुरोध पनि गरेको छ ।
अन्य सेवाहरुको लागि भने न्यून संख्यामा कर्मचारी तथा सेवाग्राही उपस्थित हुनेगरी आइतबार, मंगलबार र बिहीबार (सार्वजनिक विदाबाहेक) कार्यालय संचालन गर्नेछ ।
-

कोरोनाबाट राष्ट्रगानका गायक अजय थापाको निधन
काठमाडौं । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनका पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत छिन् । उनका दुई छोरी र एक छोरा अमेरिकामा छन् ।
छोरीहरु बिहीबार काठमाण्डु आइपुगेको र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताए ।
विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।
-

एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । आफुले रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य मन्त्रालय भने ४ जना मन्त्रीले हेर्ने गरि जिम्मेवारी तोकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेलले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालय हेर्नेछन् । मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको कार्यालयको सूचनामा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अब मन्त्रिपरिषद्मा मात्र ५ सदस्य बाँकि छन् । प्रधानमन्त्रीले जेठ २१ मा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउँदै उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री थपेका थिए । २७ जेठमा सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई २५ सदस्यीय बनाएका हुनेको मन्त्रिपरिषद् अब ५ सदस्यमा सिमित बनेको छ ।
-

नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २४ जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९१८ पुगेको छ।
-

नेपालमा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टी, २५१८ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७२३५ पीसीआर परीक्षणमा १५७७ र ४९९७ जनाको एन्टिजेन परीक्षणमा ८९७ जना गरी २४७४ जनामा संक्रमण पुष्टी भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घण्टामा २५१८ जना संक्रमण मुक्त भएका छन् ।
यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९९८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ ।
-

राष्ट्रपतिद्धारा संवैधानिक निकायमा पदाधिकारी नियुक्त (सूचीसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेकी छन् ।
संवैधानिक परिषद्को सिफारिसमा बिहीबार भण्डारीले लोकसेवा आयोगसहित २० वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन् ।
गत वैशाखमा संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, महिला आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्तका लागि सिफारिस गरेको थियो ।
लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी, अख्तियारको आयुक्तमा डा। हरी पौडेल र सुमित्रा अमात्य रहेका छन् ।
त्यस्तै निर्वाचन आयोगको आयुक्तमा सगुन शमसेर जबरा नियुक्त भएका छन् । साथै न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन् ।

-

दक्षिणकालीको विभत्स हत्या प्रकरण: बलात्कारको प्रतिकार गर्दा हत्या भएको खुलासा
काठमाडौं । सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका- ७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको हो ।
अपराध महाशाखा अनुसन्धानका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङको टोलीले सन्तोषीको शव पुष्टि भएको २४ घण्टा नबित्दै प्रहरीले उनको हत्यारालाई पक्राउ गरी सार्वजनिक सफल भएको छ ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिनाले असार ६ गते उनलाई बलात्कार प्रयास गरेका थिए। तिमल्सिना बसका सहचालक हुन् ।
सन्तोषीले उक्त दिन आफूलाई बस्ने–खाने व्यवस्था नभएको बताएकी थिइन्। तिमल्सिनाले सुब्बालाई आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनेका थिए। बसमा लगेर जबरजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गर्दा सलले घाँटी कसेर उनको हत्या भएको देखिएको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।
उनका अनुसार सन्तोषी राति बसमा सुतिरहेको बेला सुरेश बसभित्र आए । बसको ढोका लगाए । र सन्तोषीलाई बलात्कार गर्न खोजे । सन्तोषी प्रतिकारमा उत्रिन् ।
मध्यरातमा सहयोग मागेकै मानिस आफूमाथि जाईलागेपछि सन्तोषी प्रतिकारमा उत्रिन् । केहीबेर दुवैजनाबीच वादविवाद र हात हालाहालको स्थिती भयो ।
सन्तोषी चिच्याउन थालिन् । वरपरका मानिसहरुले सुन्छन् भनेर सुरेशले सन्तोषीकै सलले घाँटी कसेर उनको हत्या गरे।
हत्यापछि सन्तोषीको अनुहार कसैले पनि नचिनुन् भनेर सुरेशले सन्तोषीको मृत शरीरमाथि ढुंगा बजारे । अनुहारमा छियाछिया पारेर हाने । र, क्षतविक्षत शव दक्षिणकालीको बसपार्क नजिकै रहेको (प्रयोगमा नआएको) शौचालयमा लगेर फालिदिए ।
सुब्बाको हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर छियाछिया पारे । हत्या पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए। प्रहरीले उनलाई काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो।
सुब्बा काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर बस्दै आएकी थिइन् । उनी धनबहादुरसँग १७ वर्षदेखि बस्दै आएको देखिएको छ ।
प्रहरीका अनुसार उनी तीन दिनदेखि सम्पर्कमा थिइनन् । उनले धनबहादुरलाई आफू ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएकी थिइन् ।
-

तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन जुन २६ तारिखमा
न्युयोर्क
तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन आगामी शनिवार जून २६ का दिन न्युयोर्कस्थित क्विन्सब्रिज पार्कमा हुने भएको छ । समाजले बुधवार एक बिज्ञप्ति जारी गर्दै अधिबेशनको कार्यतालिका सार्वजनिक गरेको हो । सन् २०१८ मा न्युयोर्क राज्यमा दर्ता गरेर शुभारम्भ गरिएको तामाङ समाज अमेरिकाले कर्मभुमी तथा जन्मभूमी दुबैमा सन्तुलित ढंगले विभिन्न सामाजिक एवं सांस्कृतिक अभियानको लागि योगदान पुर्याउदै आएको छ।
विगत तीन वर्षको अवधिमा दुई करोड रुपैयाँ बराबरको कारोबार गरिसकेको र बीस लाख रुपैयाँ बराबरको अक्षय कोष नेपालमा निकट भविष्यमा स्थापना गर्ने योजना रहेको समेत समाजले जनाएको छ । निजामति सेवामा युवा पुस्तालाई प्रवेश गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो अक्षय कोष स्थापनाको घोषणा गत साल दोश्रो वार्षिकोत्सवमा गरिएको थियो।
अधिवेशनकै दिन तामाङ समाज अमेरिकाको तेश्रो स्थापना दिवस अर्थात तेश्रो वार्षिकोत्सव समेत पर्ने भएकोले सो अवसरमा समर बार्बिक्यु र अन्य अतिरिक्त मनोरन्जनात्मक कार्यक्रमहरु समेत आयोजना गर्ने बताएको छ । प्रबेश नि:शुल्क गरिएको अधिबेशन कार्यक्रममा शुभचिन्तक एवं सर्वसाधारणहरु सबैलाई निमन्त्रणा समेत गरिएको सचिब बिनिता तमाङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ । -

काठमाडौँ पूर्वि भेगका २२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै
अमृता के सि (रोनी)
काठमाडौँ, असार १०। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका करिब २२ वटा क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै लायन्स सप्ताह मनाउने भएका छन् ।
लायन्स क्लब ३२५ ए १ को मंगलबार मामाघर रिसोर्टमा बसेको बैठको निर्णय अनुसार लायन्स वर्षको आरम्भ भएको दिन जुलाई १ तारिख देखि ७ जुलाई सम्म लायन्स सप्ताह मनाउने भएको हो ।
आगामी असार ११ गते हुने क्याबिनेट बैठकमा सहभागी हुने, संयुक्त प्रोजेक्ट प्लान बनाउने र स्थानीय सरकारसंग सहकार्य गरी अघि बढ्ने बिषयमा समेत बैठकले निर्णय गरेको छ ।
लायन वर्ष २०२१/२२ को जुलाई १ देखि ७ सम्म सातै दिन सेवाका कार्यक्रमहरु गर्ने जानकारी जिएमटि डिस्ट्रिक कोर्डिनेटर धर्म शरण श्रेष्ठले विश्व न्युजलाई जानकारी गराए। क्लबहरुले संयुक्तरुपमा गर्ने कार्यक्रमहरुमा लायन्स फुड बैंकबाट खाद्यान्न वितरण, रक्तदान, वृक्षारोपण र जनचेतनामूलक लगायतका रहेका छन् ।कार्यक्रममा टिम एरिया लिडर लायन श्रीधर भण्डारीले सम्पूर्ण लायन लिडर र सदस्यहरुलाई फुटेर होइन जुटेर एकैसाथ लायनिजमको यात्रामा अघि बढ्न र लायन्स सप्ताह मनाउन अनुरोध समेत गरेका छन् ।
-

सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा विपक्षी दल
काठमाडौं । सरकारले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन शुरु गर्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गरि मुलुकभर सडक प्रदर्शन थाल्ने निर्णय गरेको हो । सडक आन्दोलनमा भाथृ संगठनहरु परिचालन हुने भएका छन् ।
विपक्षी गठबन्धनले यो विषय अदालतमा बहस भइरहेको समयमा सडक आन्दोलन समेत संगै चर्काउने निर्णय लिएका हुन् । बैठकमा देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेता उपस्थित थिए ।
बैठकमा समसामयीक विषयमा छलफल हुनुका साथै परिस्थितिको समिक्षा समेत भएको थियो । सरकारको कदम संविधानविरोधी भएको भन्दै यसलाई सडकसमेत चूनौति दिनुपर्ने निष्कर्षमा विपक्षी गठबन्धन पुगेको हो । बैठकले प्रदेश सरकारका हकमा यसअघिका सहकार्यलाई निरन्तरता दिने निर्णय भएको छ ।
-

युट्युवमा भाइरल बनेकी प्रतिभाशाली सन्तोषी सुब्बाको दक्षिणकालीमा विभत्स हत्या
काठमाडौं । मंगलबार प्रहरीले काठमाडौं दक्षिणकालीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा एक महिलको शव भेट्टायो । स्थानीय महिलाले प्रयोगमा नरहेको सार्वजनिक शौचालयमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीरमा नराम्रोसँग प्रहार भएको, अनुहार क्षतविक्षत पारिएको र सलले घाँटी कसेर हत्या गरिएको अवस्थामा भेटाएको उक्त शवको पहिचान बुधबार मात्र भएको छ ।
उनी कालोपुल बस्ने धनबहादुर तामाङकी धर्मछोरी सन्तोषी सुब्बा रहेको खुलेको छ । सुब्बा युट्युव नियमित हेर्नेहरुका लागि एक भाइरल पात्र हुन् । उनले विभिन्न पंक्षीको आवाज दुरुस्तै निकाल्थिन् । सोही प्रतिभाका कारण उनलाई युट्वरहरुले आफ्नो च्यानलमा ल्याएका थिए । सो वापत उनलाई आर्थिक सहयोग समेत जुटेको थियो ।
सानैमा जन्म दिने बुबा आमाबाट छुट्टिएकी संतोषीलाई चावहिलमा सडकमा पसल गरि गुजारा चलाइरहेका धनबहादुरले पालनापोषण गरि हुर्काएका थिए । असार ५ गते अचानक हराएकी संतोषीले अपराह्न फोन गरेर आफु फर्पिङमा रहेको बताएकी थिइन् । भोलिपल्ट फर्कने बताएकी उनी सधैका लागि बिदा भएकी छिन् ।
प्रहरीका अनुसार ८ गते उनको हत्या भएको खबर सार्वजनिक भएको हो । उनको पहिचान भएसँगै आज प्रहरीले उनको बारे खबर सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार संतोषी असार ५ मा फर्पिङको पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेको पाइएको छ ।
-

नेपालमा पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ८१ जनाको मृत्यु भएको हो ।
जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको छ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८९४ पुगेको छ।
-

नेपालमा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टी, ३५५८ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४२१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमण मुक्त भएका छन् ।
-

७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ? -प्रधानन्यायाधीश
काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ७६(३) अनुसारका प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी ७६(५)मा जान मिल्छ भनेर प्रश्न गरेका छन् ।
बुधबारबाट संवैधानिक इजलासमा रिट निवेककको तर्फबाट खम्बबहादुर खाती र गोविन्द बन्दीले बहसमा प्रधानमन्त्रीमा शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दाबी वैध भएको तर्क राख्दा प्रधानन्यायाधीशले सो उल्लेख गरेका हुन् ।
प्रधानन्यायाधीश जबराले ७६(३) अनुसारका प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी ७६(५)मा जान मिल्छ भनेर प्रश्न गरेका छन् । उनले सोधेका छन्, ‘७६(२) को विश्वासको मत नपाएर ७६(३) को सरकार बनेको हो । ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ?’
प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत गुमाएपनि ३० वैशाखमा ७६(३) अनुसार संसद्को सबभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री नियुक्त भएका थिए । तर उनले ७६(४) अनुसार संसदमा विश्वासको मत लिएनन् ।
अघिल्लो पटक विश्वासको मत नपाएको र परिस्थिति नफेरिएको भन्दै उनले मार्गप्रशस्त गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराए र राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिन् ।
अधिवक्ता बन्दीले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गरें भनेको र दलहरुले त्यसलाई स्वीकार गरेकाले सरकार गठनको प्रक्रिया ७६(५) मा पुगेको बताएका छन् ।
-

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त
काठमाडौं । घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् ।
जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार थुनामुक्त भएकी छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको बताइएको छ । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान थालेको थियो।
उनलाई कोठा नदिएको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी थिइन् । योभन्दा अगाडी प्रहरीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान सुरु गरेको थियो ।
-

कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्र, संक्रमण घटेको सरकारको निष्कर्ष
काठमाडौं । नेपालमा अब कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र हुने भएको छ । कोरोना संक्रमण कम भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार अब निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन गरिने छैन ।
निजी अस्पताललाई कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भए अनुसार अस्पतालमा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको शोधभर्ना सरकारले गर्नेछ । तर, अब सङक्रमितले आफूले निजी अस्पताललाई उपचार गराउन चाहेको खण्डमा आफ्नै खर्चमा उपचार गराउन सक्नेछन्।यसरी निजी अस्पतालमा उपचार गराउँदा सरकारले तोकेको भन्दा बढी शुल्क भने अस्पतालले लिन पाउने छैनन् । सरकारले गम्भीर प्रकृतिका बिरामीलाई दैनिक १५ हजार रुपैयाँसम्म लिएर उपचार गराउन सक्ने गरि मूल्य तोकेको छ ।
-

संसद विघटनको रिटमा आजबाट निरन्तर सुनुवाई
काठमाडौं । प्रतिनिधि सभा विघटन गरि सरकारले निर्वाचन घोषणा गरेको सम्बन्धमा परेका रिटमाथि आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । विपक्षी सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित रिट दायर गरेका थिए । यस्तो रिट दायर गर्नेमा १४६ जना सांसद छ ।
७ जेठमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सोही दिन उनले मध्यावधी निर्वाचन घोषणा गरेकी हुन् । राष्ट्रपतिले आह्वान गरेको समयमा देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै १४९ जना सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए। उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत आफ्नो दावि प्रस्तुत गरेका थिए ।
तर, राष्ट्रपतिले १४९ जना सांसदले हस्ताक्षर बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरी संसद विघटन गरेसँगै सर्वोच्चमा ३० वटा रिट परेका छन् । ती सबै रिटको आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुने छ । रिटमध्ये पहिला देउवाको रिटमा सुनुवाइ हुनेछ । त्यसपछि अन्य २९ रिटमाथि सुनुवाइ हुने तालिका छ ।
पहिलो दिनको सुनुवाइमा देउवा पक्षले आफ्नो तर्फबाट दुई जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ताले बहस गर्नेछन् । आज अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीसहित वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादवले बहस गर्ने छन्।
-

नेपाल मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप
पुरुषाेत्तम घिमिरे,काठमाडौं
जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको लापरवाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । कोभिड संक्रमणपछि अस्पताल भर्ना भएका जोरपाटीका ४० बर्षीय प्रकाश लामाको मंगलबार साँझ निधन भएको हो । सामान्य अवस्थामा उपचार गराइरहेका उनको सोमबार एक्कासी स्वास्थ्य अवस्था बिग्रेको आफन्तको भनाई छ । मृतकका दाजु प्रदीप लामाका अनुसार सोमबार राती अस्पतालमा अक्सिजन सकिएको थियो ।
बिना अक्सिजन २ घण्टा सम्म बिरामीलाई राख्दा भाइको अकालमा ज्यान गएको उनले बताए । उनको मृत्युपछि आज आफन्तले अस्पताल परिसर घेरेर विरोध समेत गरेका थिए । अक्सिजन नभए अस्पतालले बेलैमा जानकारी गराउनु पर्ने उनीहरुको भनाई छ । अस्पताल प्रशासनको तर्फबाट भने यो घटनाबारे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।
-

विपक्षी गठबन्धनको आंशका : प्रधानमन्त्रीका कारण अहिलेसम्मका उपलब्धी गुम्ने खतरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालमा अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै विपक्षी दलले आंशका व्यक्त गरेका छन् । विपक्षी गठबन्धनमा रहेका एमाले नेता माधव कुमार नेपालसहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको समेत बताएका हुन् ।
उनीहरुले प्रधानमन्त्रीविरुद्धको एकतामा प्रतिवद्धता समेत जनाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार संयुक्त विज्ञप्ति जार्गै प्रधानमन्त्रीकै कारण अहिलेसम्म प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका हुन् ।
उनीहरुको यो भनाई अदालतको पछिल्लो फैसलापछि आएको छ । ‘प्रधानमन्त्री र सरकारले सबै निकायमा तिब्र हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अपनाएको विपक्षी गठबन्धनको भनाई छ । सोहीकारण नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको विज्ञप्तीमा उल्लेख छ ।
प्रधानमन्त्रीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको समेत उनीहरुले बताएका छन् । देशलाई समृद्धितर्फ अग्रसर गराउनुको साटो प्रतिगामी पाइला चाल्ने आन्दोलनका उपलब्धि र राष्ट्रिय हितमा आघात पुर्याइएको आरोप समेत प्रधानमन्त्रीमाथि लगाएका छन् ।
प्रतिनिधिसभा दुई–दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंगलगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलनले सरकारमा अकर्मन्यता र गैरजिम्मेवारीपन देखिएको विपक्षी गठबन्धनको निष्कर्ष रहेको छ ।
कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न सरकारको अक्षमता तथा बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद् व्यवस्थापनमा पूर्वतयारीको अभाव देखिएको विपक्षी गठबन्धनको भनाई छ । स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र तर्फ समेत उनीहरुले खबरदारी गरेका छन् ।
-

आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप
काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गर्न सकिने भएको छ । यसको तालिका र मिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने गरि तोकिएको छ ।
अन्तराष्ट्रिय तर्फ समेत सरकारले गन्तब्य र उडान संख्या बढाएको छ । काठमाडौं- दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्न सक्ने गरि तोकिएको छ । काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा चार उडान हुनेछ ।
काठमाडौं-दमाम रुटमा साताको २, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्नेछ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं छेन्दु र ग्वाङझाओ रुटमा साताको एक एक उडान हुने गरि खुलेको हो ।
-

नेपालमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४१ जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८१३ पुगेको छ।
-

नेपालमा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टी, ४९५४ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५२२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२२०४ जनाको पीसीआरमा ३७०३ जना जना ४७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ८१९ जना गरि ४५२२ जनामा संक्रमित पुष्टी भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९५४ जना संक्रमण मुक्त भएका छन् ।
यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ ।
-

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, पदमुक्त भए २१ मन्त्री
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २१ जना थप गरेका थिए ।
सर्वोच्चको आदेशबाट उपप्रधानमन्त्रीहरू विष्णु पौडेल (अर्थमन्त्रीमा यथावत), रघुवीर महासेठ र राजेन्द्र महतो, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री जिम्मेवारीमुक्त भएका छन् ।
अब सरकारमा प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहेका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध रि दायर गरेका थिए ।
‘२०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल भएको नभई संविधानको मूल मर्म भावना विपरीत भएकोले निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि मन्त्रिपरिषद विस्तारको निर्णय कार्यान्वयन नगर्न’ आदेशमा उल्लेख छ ।
-

६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
सोमबार काभ्रेपलान्चोकका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
-

गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार
काठमाडौं । विश्वमा धनी मुलुकले आफ्ना नागरिकलाई धमाधम खोप लगाइरहेका छन् । तर, गरिब मुलुकले खरीद गर्छु भन्दा पनि खोप पाएका छैनने । विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड १९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
बीबीसीका अनुसार डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको जानकारी दिए । तर, यो निकै सानो अंश हो । उनले विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न यो अपर्याप्त भएको उल्लेख गरे ।
अफ्रिकी मुलुकमा खोप नपुगेकै कारण सङ्क्रमणको तेस्रो लहर देखा परेको डब्लूएचओको भनाई छ । सोमवार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरूले खोपलाई जम्मा गरेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका थिए। महादेश स्तर अनुसार हालसम्म अफ्रिकामा ४ करोड मानिसहरूलाई मात्र खोप दिइएको । यो त्यहाँको जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम हो ।
अघिल्लो वर्ष धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने सहितको प्रतिबद्धता जनाएका थिए । सोही अनुसार विश्वभर खोपको पहुँच पुर्याउन कोभ्याक्स अभियान थालिएको हो । डब्ल्यूएचओको नेतृत्वमा अरू सङ्गठनहरू पनि सहभागी रहेको उक्त अभियानले सन् २०२१ भित्र दुई अर्ब मात्रा खोप उपलब्ध गराउने लक्ष्य लिए पनि ठूला मुलुकले सहयोग नगर्दा यो अभियान सफल हुनेमा शंका छ । कोभ्याक्समा ८० न्यून आय भएका देश आबद्ध छन् ।
धनी राष्ट्रहरू सम्मिलित जी सेभेनको सम्मेलनमा बाइडनले अमेरिकाले ५० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए । उक्त समूहका देशहरूले कुल १ अर्ब खोपको मात्रा दिने घोषणा गरेका छन् । तर, यो घोषणामा मात्र सिमित हुने आंशका छ ।
