काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ३ गतेदेखि स्थगित सम्पूर्ण सेवाहरु दिने भएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा बुधबारदेखि पुनः सञ्चालनमा ल्याउन लागेको हो । प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा… Continue reading काठमाडौं जिल्ला प्रशासनको स्थगित सेवा मंसिर ३ देखि सुचारु,स्थानीय तहलाई बार अनुसार पालो
Category: समाचार
चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौं। कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो। अर्थ मन्त्री विष्णु पौडेलले सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिएका छन्। नेता केसीलाई मंगलबार कोरोना संक्रमण… Continue reading चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने
अन्ततः प्रधानमन्त्री सचिवालय बैठक बोलाउन तयार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मालाई बैठक बोलाउन अन्य सचिवालय सदस्यले चर्को दवाव दिएका थिए । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक शुक्रबार दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई गराएको नेपाली संचारमाध्यमहरुले उल्लेख गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल… Continue reading अन्ततः प्रधानमन्त्री सचिवालय बैठक बोलाउन तयार
कलंकीमा दुई वटा ट्रक ठोक्किए, तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कलंकीमा दुई वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीको भनाई छ । कलंकीको मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर… Continue reading कलंकीमा दुई वटा ट्रक ठोक्किए, तीन जनाको मृत्यु
संखुवासभा पुगेर प्रधानमन्त्रीले भने : म दुबै पदबाट हट्दिन
संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर संखुवासभामा व्यस्त रहे । नेपाली सेनाको विशेष हेलिकोप्टर चढेर संखुवासभा पुगेका उनले किमाथांकास्थित सशस्त्र प्रहरीको बोर्डर पोष्टको अनुगमन गरे । कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनामा समेत स्थलगत अनुगमन गरे । स्थानीय बासिसँग भेटे र स्थानीय जनप्रतिनिधिसँग छलफल समेत गरे । उनले स्थानीय पत्रकारसँग समेत कुरा… Continue reading संखुवासभा पुगेर प्रधानमन्त्रीले भने : म दुबै पदबाट हट्दिन
बामदेवको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्री बन्न बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यामा नियुक्त गरिएका नेकपाका उपाध्यक्ष वामदेव गौतमको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको छ। बुधबार प्रधानन्यायधिससहितको संबैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो। यो निर्णयले गौतमलाई मन्त्री बन्न बाटो खुलेको छ। गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गर्दै परेको… Continue reading बामदेवको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्री बन्न बाटो खुला
नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या वृद्धि
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनासको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ११७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो। पछिल्लो केही सातायता कोरोना… Continue reading नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या वृद्धि
उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिए
काठमाडौं। काठमाडौं उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८१ नमुना परीक्षण गर्दा २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २ हजार हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार… Continue reading नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो
मुम्बईले उचाल्यो पाँचौ उपाधी, दिल्ली निरास
दुबई । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को पाँचौ उपाधी उचाल्न सफल भएको छ । १३ वटा संस्करण पुरा हुँदा सर्वाधिक उपाधी जित्ने टीमका रुपमा मुम्बई कायम रहेको छ । मुम्बई पछि चेन्नईले सर्वाधिक ३ पटक उपाधी उचालेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित… Continue reading मुम्बईले उचाल्यो पाँचौ उपाधी, दिल्ली निरास
नेकपाका पाँच नेताको प्रधानमन्त्रीलाई सन्देश, ‘२७ गते सचिवालय बैठकमा आउनु’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कुनै पनि तहका बैठक राख्ने पक्षमा छैनन् । तर, पार्टीका अन्य नेता भने बैठक राखेर विवादहरुमा सामुहिक छलफल चलाउनु पर्ने मागमा छन् । सोहीकारण उत्कर्षमा पुगेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र कुनै निष्कर्ष आउन सकेको छैन । आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका थिए ।… Continue reading नेकपाका पाँच नेताको प्रधानमन्त्रीलाई सन्देश, ‘२७ गते सचिवालय बैठकमा आउनु’
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौं उपत्यकामा आज भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं नजिक धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको हो । मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टी गरेको छ । यसले काठमाडौं र यस आसपासका जिल्लामा धक्का महसुस गरिएको… Continue reading काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं उपत्यकामा थपिए १४२० सक्रमित
काठमाडौं । आज काठमाडौं उपत्यकामा थप १४२० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना कोरोना संक्रमित थपिएका हुन् । आज महिला ६ सय ३ र पुरुष ८ सय… Continue reading काठमाडौं उपत्यकामा थपिए १४२० सक्रमित
नेपालमा थपिए २७३६ संक्रमित, ८५३ संक्रमणमुक्त (कुन जिल्लामा कति थपिए ?)
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । १ लाख ९९ हजार… Continue reading नेपालमा थपिए २७३६ संक्रमित, ८५३ संक्रमणमुक्त (कुन जिल्लामा कति थपिए ?)
थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा बसको ठक्करबाट एक जनाको निधन भएको छ । आज बिहान साढे ४ बजे तरकारी बेच्न निस्किएका ४० वर्षिय नविन लोहारको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बालाजु निवासी उनी थानकोटमा बसी व्यवसाय गर्दै आएका थिए । नम्बर नखुलेको पहेलो रंगको सार्वजनिक बसले उनलाई ठक्कर दिएको प्रहरीको… Continue reading थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु
आज आइपिएल फाइनल : दिल्ली सामु पहिलो उपाधी जित्ने मौका
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटको १३ औं संस्करणको उपाधी भिडन्त आज हुँदैछ । फाइनलमा सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्सले पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ । आज दिल्ली सामु मुम्बईबाट जारी सिजनमा भोगेको लगातार तेस्रो हारको बदला लिने मौका त छँदैछ, उसका लागि पहिलो उपाधी उचाल्ने मौका समेत… Continue reading आज आइपिएल फाइनल : दिल्ली सामु पहिलो उपाधी जित्ने मौका
पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने
काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याएर पछि फिर्ता गर्ने प्रक्रिया पुरा गर्न नसकेपछि मल ल्याउन पुनः नयाँ प्रक्रियामा जाने निर्णय गरेको छ । अब बंगलादेशबाटै जीटूजीमार्फत रासायनिक मल खरिद गरिने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको छ । बंगलादेशबाट मल पैंचोमा ल्याउन दुई मुलुकका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता समेत भएको… Continue reading पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने
किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे
बैतडी । बैतडीमा १८ वर्षीया माया महताको ज्यान लिएको चितुवालाई स्थानीयले मारिदिएका छन् । सोमबार बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया महतालाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो । डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घासँ काट्न पुगेकी उनलाई चितुवाले सोमबार दिउँसो आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरी उनलाई मारेपछि पनि लास छोडेको थिएन । त्यसपछि… Continue reading किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे
नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका… Continue reading नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?
कोराना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो
काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ११२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार २१ जनाको मृत्यु भएको थियो । शनिबार… Continue reading कोराना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो
काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित पुगेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णय रोक्न निर्देशन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो। गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले नेपालको आधिकारिक नाम ुसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालुबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर ‘नेपाल’… Continue reading संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णय रोक्न निर्देशन
अधिक चिसोले हुम्लामा जम्न थाल्यो पानी
सिमकोट । नेपालमा अधिक चिसोका कारण हिमाली भेगको जनजीवन प्रभावित हुने छ । यसै सिलसिलामा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ। राष्ट्रिय समाचार समिति (रासस)का अनुसार कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो। रातको समयमा अत्यधिक चिसो हुने भएकाले… Continue reading अधिक चिसोले हुम्लामा जम्न थाल्यो पानी
आज पनि नबस्ने भयो कांग्रेस कार्यसमिति बैठक
काठमाडौं । पटक पटक स्थगित भइरहेको नेपाली कांग्रेस कार्यसमिति बैठक आज पनि स्थगित भएको छ । केही नेतामा कोरोना भाइरसको संक्रमण भएको र केही आइसोलेसनमा बस्नु परेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको हो । अब अर्को बैठक कात्तिक २७ गते बोलाइएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी बिहीबार दिउँसो १ बजे… Continue reading आज पनि नबस्ने भयो कांग्रेस कार्यसमिति बैठक
नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१२ जना निको… Continue reading नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना संक्रमणमुक्त
काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु , मृतकको संख्या ११ सय नाघ्यो
काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ जना पुगेको छ । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको… Continue reading कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु , मृतकको संख्या ११ सय नाघ्यो
दाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
दाङ । दाङमा जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । प्रहरीका अनुसार चालक रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय भीमबहादुर ओली, गँगादेव ५ का ६५ वर्षीय गंजबहादुर बुढा र दाङ बबई गाउँपालिकका २… Continue reading दाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
मुख्यमन्त्री घोडाबाट लडेपछि..
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । हुम्लामा घोडाबाट लडेका उनलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको छ । टाउको र हातमा चोट लागेको तर अवस्था भने सामान्य रहेको उनको सचिवालयले जनाएको छ । शुक्रबार हुम्ला पुगेका मुख्यमन्त्री शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका ३ को तोर्पा, बरगाउँ हुँदै लिमाटाङ्ग… Continue reading मुख्यमन्त्री घोडाबाट लडेपछि..
जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित
न्यूयोर्क डेमोक्रेटिक प्रत्याशी जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । सिएनन, एनबिसी, फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत सबै प्रमुख मिडियाले शनिबार विहान बाइडेन निर्वाचित भएको घोषणा गरेका हुन् । यसअघि नै २५३ इलेक्टोरल मत पाइ सकेका बाइडेनले पेन्सिलभेनियाको २० इलेक्टोरल मत पाउँदै निर्वाचित भएका हुन् । बाइडेन एरिजोना, जर्जिया र नेभाडाको मत… Continue reading जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित