काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४४२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनाको पिसिआर परीक्षणमा १४४२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। देशभर थप ३५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख… Continue reading नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८जना संक्रमणमुक्त
Category: समाचार
नेकपा सचिवालयको बैठक १० दिनका लागि स्थगित
काठमाडौं । पार्टीको आन्तरिक विवाद चुलिएका बेला बसेको नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन आफूलाई समय लाग्ने बताएपछि बैठक स्थगित भएको हो। अर्को बैठकमा प्रधानमन्त्री ओलीले पनि राजनीतिक प्रतिवेदन पेस गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।… Continue reading नेकपा सचिवालयको बैठक १० दिनका लागि स्थगित
आज नेकपा विवादको निर्णायक दिन हो ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले बुधबार बिहानै फेसबुकमा लेखे, सर्वाधिक कठिन समय । उनी कोरोनाबाट मुक्त भएका छन, अन्य समस्या छैन, मतलव त्यो कठिन समय हो पार्टी भित्रको विवाद । आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्ने भनिएको छ । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली… Continue reading आज नेकपा विवादको निर्णायक दिन हो ?
चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री, पार्टी एकता बचाउन बन्ला संजिवनी ?
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटको संघारमा छ । दुई अध्यक्षबीचको विवादले पार्टीमा तिब्र असुन्तुष्टी बढिरहेको समयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । नेपालमा कम्युनिष्ट पार्टीबीचको विवाद मिलाउन चीनले भूमिका खेल्ने गरेको बताइन्छ । त्यसमा चिनियाँ राजदूतको संक्रियताले समेत त्यसको पुष्टी छ । अघिल्लो पटक उनकै सक्रियतामा… Continue reading चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री, पार्टी एकता बचाउन बन्ला संजिवनी ?
प्रचण्डले भेटे राष्ट्रपतिलाई, अर्थपूर्ण सरगर्मी बढ्यो
काठमाडौं । नेकपाभित्र बढ्दो विवादका बीच अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार साँझ शितल निवासमै पुगेर उनले राष्ट्रपति समक्ष भेट गरेका हुन् । यो भेटलाई भने राजनीतिक परिदृष्यमा अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा सचिवालय बैठक बुधबारका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यो बैठक जसरी पनि सार्ने… Continue reading प्रचण्डले भेटे राष्ट्रपतिलाई, अर्थपूर्ण सरगर्मी बढ्यो
नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३११२ जनाको पिसिआर परीक्षणमा ५०२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ। देशभर २८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९… Continue reading नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?
काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना संक्रमण देखिएको छ। यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।
थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १७ जननाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।
तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात
काठमाडौं । तापक्रम घट्ने क्रमसँगै हिमाली र उच्च पहाडी जिल्लामा हिमपात शुरु भएको छ । यसले जनजीवन प्रभावित बनाउन शुरु गरेको छ । सोमबार दिनभरजसो देशभर घाम लागेनन् । यसले मंगलबार हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । उता पूर्वी रुकुममा समेत हिउँले जनजीवन प्रभावित बनाएको छ । जल तथा… Continue reading तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात
नेपालमा थप ११९७ जनामा कोरोना पुष्टी, २९४३ जनाले जिते
काठमाडौं । नेपालमा थप ११९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् । २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण भएको छ । तिहारको अवसर भएका कारण परीक्षण भने घटेको छ । अब देशभर कुल संक्रमितको संख्या २… Continue reading नेपालमा थप ११९७ जनामा कोरोना पुष्टी, २९४३ जनाले जिते
भूकम्पपछि पहिलो पटक खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर
काठमाडौं । दाजु भाई नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाईले आजैका दिन रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर एक अर्कालाई टिका लगाउने प्रचलन रहेको छ । तर, यो उत्सव विगत ५ वर्षदेखि बन्द थियो । किनकी भूकम्पले क्षतिग्रस्त रानीपोखरी र यसको मन्दिर पुनर्निर्माणका क्रममा रहेका कारण मन्दिर बन्द रहेको थियो । २०७२ साल बैशाखको… Continue reading भूकम्पपछि पहिलो पटक खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर
नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार यस अवधिमा कुल ६ हजार ४७६ जनाको कोरोना परीक्षण भएको छ । जसमा १४७७ जनामा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९… Continue reading नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त
बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु
बुटवल । रुपन्देहीमा बुबाको चक्कु प्रहारबाट आफ्नै छोराको ज्यान गएको छ । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहारबाट आफ्ना ११ वर्षिय छोरा पदमबहादुरको हत्या गरेका छन् । घटना शनिबार भएको हो । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । त्यसक्रममा छोरा पदमबहादुरले प्रतिकार… Continue reading बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु
भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण करीव ७ महिनादेखि स्कुल बन्द छन् । भौतिक रुपमा स्कुल संचालनको वातावरण बनेको छैन । तर, अब भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ तयार पारेको छ । कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्न अब पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा चाहिने भएको छ ।… Continue reading भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय
एक्लिएका प्रधानमन्त्रीले पुनः तिब्र बनाए छलफल
काठमाडौं । नेकपामा एक्लो बनेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई आफ्नो पक्षमा तान्न छलफललाई पुनः तिब्र बनाएका छन् । अघिल्लो साता अर्का अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच पत्रमार्फत वाकयुद्ध भएको थियो । त्यस क्रममा प्रचण्डले वर्तमान सरकारका कमी कमजोरी र आम मानिसले उठाएका प्रश्नलाई पत्रमा राखेका थिए । ओलीले… Continue reading एक्लिएका प्रधानमन्त्रीले पुनः तिब्र बनाए छलफल
नेपालमा थपिए १९४६ संक्रमित, २५०३ जनाले जिते
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या पछिल्लो २४ घण्टामा १९४६ जना थप भएका छन् । यससँगै अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ५ सय ३ जनाले भने कोरोना जित्न सफल भएका छन् । अब नेपालमा कोरोना… Continue reading नेपालमा थपिए १९४६ संक्रमित, २५०३ जनाले जिते
सुनिल थापा बने कांग्रेस सहमहामन्त्री
काठमाडौं । नेपाली कांग्रेसले सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको हो । बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जना नेतालाई समेत केन्द्रीय सदस्य बनाउने निर्णय समेत गरेको पार्टी कार्यालयले जनाएको छ । अब रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टि.एन. योगीलाई… Continue reading सुनिल थापा बने कांग्रेस सहमहामन्त्री
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७… Continue reading पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?
अमेरिकाले हस्तान्तरण गर्यो सय थान भेन्टिलेटर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिकी सरकारले १ सय थान भेन्टिलेटर सहयोग गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदूत र्यान्डी बेरीले शुक्रबार मन्त्रालयमा १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई उपचार गर्न भेन्टिलेटर आवश्यक हुन्छ। नेपालमा पर्याप्त भेन्टिलेटर नहुँदा सबै गम्भीर बिरामीले उपचार पाउन सकेका छैनन्।… Continue reading अमेरिकाले हस्तान्तरण गर्यो सय थान भेन्टिलेटर
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि विहिबार १५ जनाको मृत्यु भएको थियो।
काठमाडौं उपत्यकामा १२०७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
नेपालमा थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७… Continue reading नेपालमा थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमणमुक्त
नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डसहित ५ नेताको एक मत
काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि आनाकानी गर्दै आएको बैठक कार्यकारी अध्यक्ष प्रचण्डले आफै डाकेर एक्सन लिने चेतावनीपछि बस्न तयार भएको हो । सचिवालय बैठक अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सचिवालय सदस्यसँग अनौपचारिक छलफल गरेका छन् । प्रचण्डले नेताद्वय झलनाथ खनाल र… Continue reading नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डसहित ५ नेताको एक मत
अन्तराष्ट्रिय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । एक साता अगाडी बंगलादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले आज नेपाली समय अनुसार पौने ५ बजे बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीच ढाकास्थित बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा हुनेछ । मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज नाम दिइएको यस सिरिजमा नेपाल र बंगलादेशबीच दुई… Continue reading अन्तराष्ट्रिय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै
आज कांग्रेस केन्द्रिय समिति बैठक, के होला निर्णय ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजका लागि बोलाइएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बोलाइएको बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तय गर्ने सम्भावना रहेको छ । पार्टी कार्यालयका अनुसार यसबाहेक पार्टीको आन्तरिक विवादका विषयमा समेत छलफल हुनेछ । महाधिवेशन नजिकिएको सन्दर्भमा सभापति शेरबहादुर देउवा र… Continue reading आज कांग्रेस केन्द्रिय समिति बैठक, के होला निर्णय ?
बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु
डडेलधुरा । बैतडीमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको हो । ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना बिहीबार राती साढे १० बजे भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट बस महेन्द्रनगर आइरहेको… Continue reading बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु
थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो
काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो।
काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२८ महिला र ५४५ पुरुष संक्रमितहरु थप भएका हुन् । काठमाडौंमा मात्र हालसम्म १७ हजार ४५ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २९३ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २९२ जना… Continue reading काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिए
सीमा नाकाको प्रतिबन्ध एक महिना थप, नेपालीबाहेकले प्रवेश नपाउने
काठमाडौं। सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। सरकारले यसअघि कात्तिक ३० गतेसम्म सीमा नाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट… Continue reading सीमा नाकाको प्रतिबन्ध एक महिना थप, नेपालीबाहेकले प्रवेश नपाउने
कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् । बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । त्यस्तै, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका छन् । अर्थ… Continue reading कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा