थप १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १०८७ पुग्यो

File

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा थप २७५३ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२०६ जना निको… Continue reading नेपालमा थप २७५३ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

मर्निङ वाक हिँडेका व्यक्ति चोभारमा मृत भेटिए

काठमाडौं । चोभारमा शनिबार बिहान मर्निङ वाक हिँडेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।प्रहरीका अनुसार उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्। उनी करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए। सोहीक्रममा ढलेका उनी त्यसपछि उठेनन् । प्रहरीले हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । उनको सनाखत भइसकेको छैन… Continue reading मर्निङ वाक हिँडेका व्यक्ति चोभारमा मृत भेटिए

काठमाडौं उपत्यकामा १३३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १३ ३८ जनामा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितमध्ये ५ सय ७० महिला र ७ सय ६८ जना पुरुष छन्। हालसम्म काठमाडौंमा १५ हजार १, भक्तपुरमा एक हजार २ सय ४२ र ललितपुरमा… Continue reading काठमाडौं उपत्यकामा १३३८ जना कोरोना संक्रमित थपिए

थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

File

काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको छ। यसअघि विहिबार पनि १८ जनाको र बुधबार ३० जनाको मृत्यु भएको थियो।

नेपालमा थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५०० जना निको भइ… Continue reading नेपालमा थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना संक्रमणमुक्त

भाइटीकापछि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द

काठमाडौं । काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र अभियन्ताहरुबीच मंसिर २ अर्थात् भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति शुक्रबार भएको हो । लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको… Continue reading भाइटीकापछि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द

मुम्बई आइपिएल फाइनलमा

Photo Source : DNA India

दुबई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले फाइनलमा स्थान पक्का गरेको छ । बिहीबार राती सम्पन्न पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै मुम्बई पाचौं उपाधी दाउ पार्ने मुडमा छ । मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमा रोकियो । पराजित… Continue reading मुम्बई आइपिएल फाइनलमा

नवलपरासीमा टिपर दुर्घटना, दुई जनाको निधन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरमा टिपर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर भिरबाट खसेको हो । विनयी त्रिवेणी गाउँपालिका ३ को भुटुकेडाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङ्शी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर बिहीबार दुर्घटनामा परेको हो । टिपर भिरबाट झण्डै… Continue reading नवलपरासीमा टिपर दुर्घटना, दुई जनाको निधन

कांग्रेस नेता पाण्डे बन्ने भए सांसद

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे प्रतिनिधिसभाका सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको मृत्यु भएपछि पाण्डे सांसद बन्न लागेका हुन् ।केसीको मंगलबार निधन भएको हो । उनी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका हुन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम छ । सोहीकारण उनी सांसद… Continue reading कांग्रेस नेता पाण्डे बन्ने भए सांसद

थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो

काठमाडौं। नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो।

काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९१, भक्तपुरमा १४७ र ललितपुरमा १ ६० जना संक्रमित भेटिएका हुन्। जसमा ६०१ महिला र ७९७ जना पुरुष रहेका छन् ।

नेपालमा थप ३०५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १२०९ महिला र १८४२ पुरुष रहेका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । स्वास्थ्य तथा… Continue reading नेपालमा थप ३०५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो

सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चद्धारा खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न दिएको निवेदन खारेज गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले पुनरावलोकन निवेदन खारेज गरेको हो । कोरोना संक्रमणको परीक्षणको शुल्क लिनु संविधान र कानुन सम्वत भएको जिकिर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत… Continue reading सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चद्धारा खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

प्रधानमन्त्रीको ब्रिफिङ : ‘खतरा टाढा छैन, संकटको सामना गर्न तयार होऔं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइपर्न सक्ने राजनीतिक संकटको सामना गर्न तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि चौतर्फी हमला भइरहेको आइपर्न सक्ने संकटको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले यो संकट थप जटिल बन्ने दिशतार्फ गईरहेकाले खतरा… Continue reading प्रधानमन्त्रीको ब्रिफिङ : ‘खतरा टाढा छैन, संकटको सामना गर्न तयार होऔं’

चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा

फाइल तस्वीर : रासस

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाका माउ बच्चा मृत भेटिएका छन् । निकुन्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेको राष्ट्रिय समाचार समितिले जनाएको छ । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिएका छन् । निकुञ्जको सुरक्षामा… Continue reading चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा

कालिगण्डकी करिडोरमा खटिएका ५ मजदुरको सुख्खा पहिरोका कारण मृत्यु

प्रतिकात्मक तस्वीर

नवलपुर । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोरको काममा खटिएका मजदुर सुख्खा पहिरोमा परी पुरिएको थिए । उनीहरुको मृत्यु भएको हो । यो घटना बुधबार साँझको हो । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको अवस्थामा साँझ माथिबाट ढुंगा खसेर… Continue reading कालिगण्डकी करिडोरमा खटिएका ५ मजदुरको सुख्खा पहिरोका कारण मृत्यु

भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै

काठमाडौं । तीन दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन काठमाडौंका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमणमा रमाए । भारतीय वायु सेनाको जहाज चढेर काठमाडौं आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल पुगेका थिए । त्यसपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किए । सर्वप्रथम उनी पत्नी विनासँगै वसन्तपुर… Continue reading भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। वीर अस्पताल आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्। राजीनामा दिनेमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. भविन्द्र कार्की, डा. ओजिर दिवान, डा. योगीब्रज लामा, डा. शोभना थापा, डा. कीर्ति गोपाल… Continue reading वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं उपत्यकामा १८७८ नयाँ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १८७८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो

File

काठमाडौं । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि… Continue reading नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो

नेपालमा थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४… Continue reading नेपालमा थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

मैले राजीनामा दिनु देशलाई बर्बादीतिर जानु हो, दिन मिल्छ ? : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिने बाला छैन।’उनले… Continue reading मैले राजीनामा दिनु देशलाई बर्बादीतिर जानु हो, दिन मिल्छ ? : प्रधानमन्त्री

युरोपियन च्याम्पियन्स लिगमा इन्टर मिलानमाथि रियलको जित

Photo source : marca

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ । समूह बीमा पहिलो खेल हारेका दुबै टोलीबीच गोलको प्रतिस्पर्धा भएको थियो । रियलले इन्टरमाथि कुल ३-२ गोलले हराएको हो । खेलको २५ मिनेटमा करिम बेन्जिमले रियललाई पहिलो गोल गरेका थिए । ३३ औं मिनेटमा सर्जियो… Continue reading युरोपियन च्याम्पियन्स लिगमा इन्टर मिलानमाथि रियलको जित

पूर्वसभामुख महरालाई पत्नीशोक, कोरोनाबाट भयो निधन

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परको छ । महराकी पत्नी सीता महराको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ । उनमा निमोनियाको समस्या देखिएपछि दाङबाट १४ कात्तिकमा हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । त्यसपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । उनको बुधबार बिहान साढे ६ बजे निधन भएको… Continue reading पूर्वसभामुख महरालाई पत्नीशोक, कोरोनाबाट भयो निधन

भारतीय सेना प्रमुख आज नेपाल आउँदै

file photo

काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउने भएका छन् । उनलाई नेपाली सेनाले मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्नेछ । भारतीय सेनाको विशेष विमानमार्फत् उनी बुधबार अपरान्ह काठमाडौं अवतरण गर्नेछन् । नेपाल भारत पछिल्लो सीमा विवाद पछि पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । सोहीकारण यो भ्रमणलाई महत्वका साथ हेरिएको… Continue reading भारतीय सेना प्रमुख आज नेपाल आउँदै

पार्टी विवादमा निर्णायक भूमिका खेल्न राष्ट्रपतिबाट गौतमलाई आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको विवाद उत्कर्षमा पुग्दा पार्टी एकता नै धरापमा परेको बेला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय बनेकी छिन् । उनले मंगलबार नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी छिन्। साँझ राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा भण्डारीले उपाध्यक्ष गौतम समक्ष पार्टी विवाद समाधान गर्न निर्णायक भूमिका… Continue reading पार्टी विवादमा निर्णायक भूमिका खेल्न राष्ट्रपतिबाट गौतमलाई आग्रह

काठमाडौं उपत्यकामा १४६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये ६ सय ४९ जना महिला छन् भने बाँकी ८ सय १९ जना पुरूष हुन्।

नेपालमा थप ३११४ जनामा कोरोना पुष्टि, ३१४२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार… Continue reading नेपालमा थप ३११४ जनामा कोरोना पुष्टि, ३१४२ जना संक्रमणमुक्त

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

File

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जना संक्रमितको मृत्यु भएको हो ।यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार नाघेको छ। गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले… Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो