Category: समाचार

  • देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले हुँदैनन् : ओली, कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने नेपाल पक्षको अडान

    देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले हुँदैनन् : ओली, कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने नेपाल पक्षको अडान

    काठमाडौं । नेकपा एमालेमा चर्किएको विवाद अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटनको मुद्दा र त्यसमा विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरमा पुगेर अड्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर बहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका नेतालाई सोमबार भित्र हस्ताक्षर फिर्ता लिन समय दिएका छन् ।

    उनले शनिबार समेत सोही प्रशंग दोहोर्याए । शनिबार वालुवाटारमा आयोजित एमालेको केन्द्रिय कमिटि बैठकमा उनले देउवाको पक्षमा हस्ताक्षर गर्ने नेता एमाले हुन नसक्ने बताए ।

    यता, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारेको छ । शनिबार नेता नेपालले आफु निकट सांसदहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने निष्कर्ष निकालिएको हो ।

    अध्यक्ष ओलीले बोलाएको केन्द्रिय कमिटि बैठकलाई समेत यो समूहले अवैधानिक भनेको छ । सोहीकारण सो बैठकमा माधव पक्षका नेता गएका छैनन् । यो समूहले भने धानमन्त्री एवं पार्टी अध्यक्ष नै पार्टी एकताको विरोधमा रहेको बताइरहेको छ । दोस्रो तहका नेताको अथक प्रयासका वावजुत पार्टीमा विषयहरु मिल्न सकेका छैनन् ।

  • कोरोनाबाट नेपालमा थप १९ जनाले ज्यान गुमाए

    कोरोनाबाट नेपालमा थप १९ जनाले ज्यान गुमाए

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१९८ पुगेको छ । नेपालमा संक्रमितको तुलनामा कोरोनाको मृत्युदर १.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २३२८ मा कोरोना पुष्टी भएको छ । यस अवधिमा ३०६६ जनाले भने कोरोनालाई जितेका छन् ।

  • नेपालमा २३२८ मा कोरोना पुष्टी, ३०६६ जनाले जिते

    नेपालमा २३२८ मा कोरोना पुष्टी, ३०६६ जनाले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल ५,८३७ पीसीआर परीक्षणबाट १५२७ र ४२९६ एन्टिजेन परीक्षणबाट ८०१ जनामा कोरोना देखिएको हो ।


    पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अब नेपालमा कुल कोरोना संक्रमण ६ लाख ४३ हजार ५ सय पुगेको छ । निको हुनेको संख्या ६ लाख ६ हजार ६ सय ६६ छ । निको हुने दर ९४.३ प्रतिशत रहेको देखिएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।

  • इटली र स्पेन यूरोकपको सेमिफाइनलमा

    इटली र स्पेन यूरोकपको सेमिफाइनलमा

    काठमाडौं । जारी विश्वकपमा प्रभावशाली प्रदर्शन गरिरहेको इटली र स्पेन सेमिफाइनल प्रवेश गरेका छन् । इटलीले विश्व नम्बर वान टिम बेल्जियमलाई हरायो । स्पेनले भने स्विट्जरल्याण्डमाथि पेनाल्टी सुटआउटबाट नतिजा आफ्नो पक्षमा पार्यो । दुबै खेल गएराति सम्पन्न भए । इटलीले बेल्जियमलाई २-१ ले हराएको हो । इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकुले एक गोल फर्काए ।

    इटलीको सेमिफाइनल भिडन्त भने स्पेनसँग हुनेछ । उता, स्पेनले क्वाटरफाइनलमा १० खेलाडी समेटिएको स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएको हो । स्पेनका गोलकिपर उनाई सिमोनले दुई प्रहार रोके । स्वीस गोलकिपर यान सोमेरले एक पेनाल्टी रोके । तर, तीन स्वीस खेलाडी गोल गर्न असफल भए । निर्धारित ९० मिनेटमा १, १ को बराबरी भएको हो । थपिएको ३० मिनेटमा गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

  • अन्ततः चीनबाट आउने भयो ४० लाख डोज खोप, सरकार आफैले किन्यो

    अन्ततः चीनबाट आउने भयो ४० लाख डोज खोप, सरकार आफैले किन्यो

    काठमाडौं । नेपाल सरकारले कोरोना खोप भेरोसेल खरीद गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार खोप किन्न सरकार स्वयमःले चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको हो । पौडेलले सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको र २४ असारबाट खोप आपूर्ति सुरु हुने जानकारी गराए । सो प्रयोजनका लागि नेपाल एयरलाइन्सको जहाज जाने छ ।

    साप्ताहिक रुपमा खोप नेपाल ल्याइने छ । कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको भन्ने बारे भने सरकारले सार्वजनिक गरेको छैन । डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको हो । सरकारले लामो प्रयासपछि खोप खरीद गर्न सफल भएको हो । सरकारले चिनियाँ खोप खरीद गरेपनि पहिलो डोज लगाएर बसेका १४ लाख जेष्ठ नागरिकलाई भने भारतीय खोप नै लगाउनु पर्छ । सो खोप भने अझै अनिश्चित छ ।

  • थप २२९९ जनामा कोरोना संक्रमण पुष्टी, ३४५१ जना संक्रमणमुक्त

    थप २२९९ जनामा कोरोना संक्रमण पुष्टी, ३४५१ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२९९ जना कोरोना संक्रमित थपिएका छन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५६६ पीसीआर परीक्षणमा १३९१ र ४०३० जनाको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २२९९ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३४५१ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३ हजार ६ सय जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २९ हजार २७४ रहेको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३४ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ।

  • यूरोपको लापरवाहीप्रति डब्लूएचओ चिन्तित, कोरोनाको अर्को लहरको चेतावनी

    यूरोपको लापरवाहीप्रति डब्लूएचओ चिन्तित, कोरोनाको अर्को लहरको चेतावनी

    काठमाडौं\एजेन्सी । यूरोपका विभिन्न ११ शहरमा यूरोकपका खेलहरु भइरहेका छन् । आफ्नो मुलुकलाई समर्थन गर्न हरेक चोक चोकमा मानिस भेला भई सेलिब्रेसन भइरहेका छन् । यस्तो लाग्छ, यहाँ अवस्था निकै सामान्य छ । यूरोपेली मुलुक र यहाँका जनताको लापरवाहीबाट विश्व स्वास्थ्य संगठन भने डराएको छ । संगठनले सावधानी नगर्ने र यही स्तरको लापरवाही रहने हो भने यूरोप पुनः एक पटक कोरोनाको चपेटामा आउने चेतावनी दिएको छ ।

    संगठनका अनुसार लगातार दस दिनसम्म कोरोना संक्रमण कम भएको आंकडाका बीच यो आकंडामा परिवर्तन आउन थालेको छ । अब यूरोपमा संक्रमणको दर वृद्धि भएको छ । यूरोपमा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ । यो अन्य भेरियन्टको तुलनामा बढी संक्रामक समेत मानिएको छ ।

    संगठनका यूरोप क्षेत्रिय प्रमुख ह्यान्स क्लूगले यूरोपमा खतराको घंटी बजेको चेतावनी दिएका छन् । यूरोकपमा कतिपय मुलुकले रंगशालामा पूर्ण क्षमतामा दर्शकलाई अनुमति दिएका छन् । दर्शकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छैनन् । यसकारण कोरोनाको तिब्र फैलावटमा सहयोग पुग्ने चेतावनी संगठनको छ ।

  • राष्ट्रिय फुटबल टोलीका २० सदस्यमा कोरोना पुष्टी

    राष्ट्रिय फुटबल टोलीका २० सदस्यमा कोरोना पुष्टी

    काठमाडौं । नेपाली राष्ट्रियय फुटबल टोलीका कुल २० सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बन्द प्रशिक्षणको तयारी भइरहेका बेला गरिएको परीक्षणमा खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको अखिल नेपाल फुटबल संघ एन्फा जनाएको छ । कोरोना संक्रमण पुष्टी भएसँगै बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण समेत स्थगित भएको छ । कोरोना संक्रमण देखिएकालाई आइसोलेसनमा राखिएको छ । टीमको बन्द प्रशिक्षण समेत एक साता स्थगित भएको छ । नेपाल साफ च्याम्पियनको तयारीमा छ ।

  • चितवन र तनहुँमा पहिरो, कम्तिमा ४ जनाको मृत्यु

    चितवन र तनहुँमा पहिरो, कम्तिमा ४ जनाको मृत्यु

    चितवन । चितवन र तनहुँमा पहिरोमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ । चितवनमा केही मानिस घाइते छन् । तनहुँमा भने तीन जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुई जनाको मृत्‍यु भएको हो । तीनजना अझै बेपत्ता छन् । मृत्‍यु हुनेमा कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवने जनाएको छ । उता, राप्ती नगरपालिका १२ मा पहिरो जाँदा एकै घरका चारजना बेपत्ता भएकोमा एकजनाको शव भेटिएको छ ।


    उता, तनहुँको बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा सात जना घाइते भएका छन् । बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी बन्दीपुर ३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन् । सोही ठाउँका ७० वर्षीया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापाको ज्यान गएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार जारी छ । मनसुनका कारण देशभर वर्षा जारी छ । यसले पहाडी भेगमा पहिरोले मानवीय तथा भौतिक क्षति निम्त्याएको हो ।

  • म्याग्दीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

    म्याग्दीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

    म्याग्दी । म्याग्दीमा जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–२, सिमलचौरको मिठौलामा बुधबार बेलुका जीप दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार घटनामा ६ जना घाइते छन् । ग १ ज ७६५२ नम्बरको जीप दुर्घटनामा बेनी नगरपालिका–५, डडुवाकी २० वर्षीया सबिना भण्डारी र मङ्गला–१, पूर्णगाउँका १३ वर्षीय बिमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    दुर्घटनामा पूर्णगाउँका २३ वर्षीय अनिल रसाईली, २५ वर्षीय सुदन आचार्य, ३६ वर्षीया अमृता राम्जाली, २६ वर्षीया एन्जिला भण्डारी, ८ वर्षीया एडिना नेपाली र ३५ वर्षीया गीता खत्री घाइते छन् । उनीहरुको बेनी अस्पतालमा उपचार जारी छ ।

  • पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

    पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

    चितवन । अविरल वर्षापछि खसेको पहिरोका कारण नारायणगढ मुग्लिन-सडकखण्ड अवरुद्ध भएको छ । अहिले देशभर वर्याा जारी छ । यस्तो वर्षा शनिबारसम्म नै रहने छ । पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध हुँदा पश्चिम नेपालको काठमाडौंसँगको सम्पर्क भने अस्थायी रुपमा बन्द भएको छ । प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी रुपमै बन्द भएको हो । अहिले पनि सो भेगमा पानी परिरहेका कारण पहिरो हटाउन सकिएको छैन ।

  • भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

    भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङ्गले उक्त जानकारी दिए । थापाले नेपाल-अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल-अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए।

    उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेका थिए। गोरखा (नेपाल) सँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौं पुगेको करिब एक वर्षपछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए।

    त्यस्तै शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की नियुक्त भएका छन् । फेवा तालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थपेर साउन ३१ सम्म पुर्‍याइएको उनले जानकारी दिए ।

    यसैगरी पछिल्ला दुई आर्थिक वर्षमा हरेक वर्ष कम्तिमा सय जना कामदार पठाउन नसकेका इजाजतप्राप्त म्यानपावर कम्पनी संस्था नविकरण गर्न आएमा नविकरण गर्ने निर्णय प्रवक्ता नेम्बाङ्गले जनाकारी दिए ।

  • नेपालमा कोरोना संक्रमण पुनः उकालो, बुधबार २८ सय संक्रमित थपिए

    नेपालमा कोरोना संक्रमण पुनः उकालो, बुधबार २८ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८९२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३६ हजार ९१६पुगेको छ । पछिल्लो २४ घण्टामा ४३४८ जना संक्रमण मुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको छ ।

    केही दिन अघिसम्म २३ प्रतिशत रहेको संक्रमण दर झन्डै साढे तीन प्रतिशतले वृद्धि भएको हो ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५३५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ ।

  • लायन्स फुड बैंकद्वारा बालगृह र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

    लायन्स फुड बैंकद्वारा बालगृह र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असार १६ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को आयोजनामा लायन्स फुड बैंकबाट बालगृह र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ,टिम एरिया लिडर लायन श्रीधर भण्डारी,लायन रमेश लामा,लायन उमेश ढुंगाना, लायन विख्यात प्रसाद थपलिया लागायत लायन्स लिडर तथा लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो।

    कोभिड-१९ को दोस्रो लहरको विषम परिस्थितिमा खाद्यान्न अभावमा भोको पेट बस्न नपरोस् भन्ने उदेश्यले ४४ विपन्न परिवार,३ वटा बालगृह र गुरुकुल लगायतका संस्थाहरु खाद्यान्न सामाग्री वितरण गरेको डिस्ट्रिक गभर्नर श्रेष्ठले जानकारी गराए ।लायन्स क्लबले गोकर्णेश्वर नगरपालिका स्थित सुनाैलाे पाईला,सुनाैलाे सन्सार, उत्तर बाईनि गुरुकुल, उत्तर बाईनि साधना केन्द्र, लब पर्साद बाल गृह, समुन्नत महिला मन्च र ४४ विपन्न परिवारलाई खाद्यान्न सामाग्री सोमबार वितरण गरेको हो।लायन्स क्लबले वितरण गरेको सामाग्रीहरुमा २० किलोको ८२ बोरा चामल,नुन ,दाल र मसेउरा लगायतका सामाग्री रहेको थियो।

    हामी सेवा गर्छौँ भन्ने उदेश्य लिएर देशको हरेक क्षेत्रमा समस्याका साथै असहज स्थिति हुँदा जहाँ आवश्यकता त्यहाँ लायन्स भनेर अग्रपंक्तिमा खडा भइ लायन्स क्बलले साथ सहयोग गर्दै आइरहेको जानकारी पूर्व गभर्नर लायन भेटुवालले गराए।भेटुवाले निषेधाज्ञाको कारण भाडामा बस्ने,विपन्न परिवार साथै बालगृहमा आश्रय लिएकाहरुलाई खाद्यान्न अभाव भएकोले आवश्यकता अनुसारको खाद्यान्न सामाग्री वितरण गरेको बताए।

  • सबै म्यानपावर कम्पनी नविकरण हुने

    सबै म्यानपावर कम्पनी नविकरण हुने

    काठमाडौं । सरकारले अहिले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसाय कम्पनी नवीकरण गरिदिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी भएसँगै सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने भएको हो । कोरोना महामारीका कारण विदेशमा तोकिएको संख्यामा कामदार पठाउन नपाउँदा ७३१ वटा म्यानपावर कम्पनी खारेज हुने सम्भावन थियो ।

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अहिले ८५४ वटा कम्पनी सञ्चालनमा छन । नियमित प्रक्रियाबाट नवीकरण गर्न विभागले सूचना प्रकाशन समेत गरेको थियो । यस प्रक्रियाबाट जाँदा कम्पनीले प्रत्येक वर्ष असार मसान्तभित्र नवीकरण गराउनुपर्ने व्यवस्था छ । प्रत्येक महिना दस हजार शुल्क तिरेर असोज मसान्तसम्म इजाजतपत्र नवीकरण गराउन सक्ने व्यवस्था समेत छ ।

    नियमित प्रक्रियाबाट जाँदा लगातार दुई आर्थिक वर्षमा २०० श्रमिक विदेश पठाएको प्रमाणित गर्नुपर्ने थियो । तर, कोरोना महाकारीका कारण ७३१ कम्पनीले उक्त आंकडामा कामदार पठाउन सकेका थिएनन् । वैदेशिक रोजगार ऐन २०६४ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय श्रमिक पनि पठाउन नसकेका कम्पनीको इजाजतपत्र नवीकरण नहुने व्यवस्था छ । सरकारले भने विशेष परिस्थितिका कारण बाधा अड्काउ फुकाउ गरिदिएको छ । यसका लागि व्यवसायीले सरकारसँग लामो समयदेखि लबिंग गरिरहेका थिए ।

  • काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी अब ‘पिक एण्ड ड्रप’ प्रणालीमा चल्नुपर्ने

    काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी अब ‘पिक एण्ड ड्रप’ प्रणालीमा चल्नुपर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र चल्ने सार्वजनिक सवारी साधन अब लामो समयसम्म एकै स्थानमा रोकेर राख्न नपाइने भएको छ । उपत्यकामा यसअघि खुल्लामञ्च भित्र बसपार्क बनाएर सवारी साधन रोक्ने गरिएको थियो । अब भने महानगरपालिका भित्र सबै सवारी साधन पिक एण्ड ड्रप प्रणालीमा चल्नुपर्ने छ । महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारी साधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिन पाउने छैनन् ।

    सवारी साधनले यात्रुलाई राखेर गुडिहाल्नु पर्नेछ । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गरिरहेको छ । त्यहाँबाट बसहरु खुलामञ्चमा पार्क गर्ने गरिएको थियो । महानगरपालिकाले खुलामञ्चबाट समेत बसपार्क हटाएको छ ।

    महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा छलफलमा एनएसी आसपास, न्युरोड गेट अगाडि र वीर अस्पताल अगाडि सडकमा पिक एण्ड ड्रप प्रणालीमा सवारी साधन चल्ने निर्णय गरिएको हो । साविकमा काठमाडौं महानगरपालिकाकाले सञ्चालन गरेको पुरानो बसपार्क भएको स्थानमा बन्दै गरेको काठमाडौं टावरको काम सकिएपछि भने त्यहाँ बसपार्क समेत बन्ने छ ।

  • नेपालमा थप २६३६ जनामा कोरोना संक्रमण पुष्टी, ४३४८ जना संक्रमणमुक्त

    नेपालमा थप २६३६ जनामा कोरोना संक्रमण पुष्टी, ४३४८ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६३६ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७२५९ पीसीआर परीक्षणमा १७२८ र ४४८९ जनाको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २६३६ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३६ हजार ९१६पुगेको छ । पछिल्लो २४ घण्टामा ४३४८ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५३५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ ।

  • पछिल्लो २४ घण्टा २० जना कोरोना संक्रमितको मृत्यु

    पछिल्लो २४ घण्टा २० जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २० जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१पुगेको छ।

  • प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन भन्ने संसद छलेर जान मिल्छ ?

    प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन भन्ने संसद छलेर जान मिल्छ ?

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने घोषणा आफैँ गर्न मिल्छ वा मिल्दैन भनेर प्रश्न गरेका छन् ।

    संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संसद् छलेर जान मिल्छ ? भन्दै प्रश्न गरेका हुन् ।

    प्रधानन्यायाधीश राणाले प्रश्न गर्दै भने, ‘संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन भन्ने घोषणा त संसद्मार्फत जानुपर्ने होइन र ? संसद् छलेर जान मिल्छ र ?’ उत्तरमा नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले विश्वासको मत लिन्न भन्ने प्रस्ताव संसद्मै पेस गर्नुपर्छ भन्ने ब्यवस्था नभएको बताए ।

    ‘विश्वासको मत लिन्न भन्ने प्रस्ताव संसद्मै पेस गर्नुपर्छ भन्ने ब्यवस्था छैन, त्यसमा पनि विश्वासको मत पाउँदिन भनेर सरेन्डर गरेपछि फेरी संसद्मा जानुपर्दैन ,’ उनले भने, ‘नेपालको संविधानको धारा ७६(३)को प्रधानमन्त्रीले ७६(५)को प्रधानमन्त्रीमा दाबी गर्न मिल्दैन भन्ने प्रावधान संविधानमा कही व्यवस्था गरिएको छैन, दलबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले दलको विधान मान्नुपर्छ, नेपालको संविधानको ७६(५)ले दलीय व्यवस्था गरेको छ, दलबिनाका प्रतिनिधिसभा सदस्य हुन सक्दैनन् ।’

  • उपत्यकामा २५ सीटभन्दा माथिका सार्वजनिक बस चले

    उपत्यकामा २५ सीटभन्दा माथिका सार्वजनिक बस चले

    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट २५ सिटभन्दा माथि क्षमताका सार्वजनिक बस चल्न शुरु गरेका छन् । सरकारले सार्वजनिक सवारी साधनलाई समेत जोर बिजोर सिस्टममा चलाउन सकिने गरि तोकेको छ । सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो । यससँगै उपत्यकामा ठूलो सार्वजनिक बसको सेवा शुरु भएको हो । यी सवारी साधनले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।

    साना सार्वजनिक सवारी साधन भने चलाउन पाइदैन । खाद्यान्नका पसल आजबाट साँझ ६ बजेसम्म खोल्न पाइने छ । उपत्यकामा निजी सवारीसाधन र ट्याक्सीको जोर–बिजोर प्रणाली कायम छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाएको छ । लम्बिएको निषेधाज्ञा आजबाट लागु हुनेछ । तर, प्रावधानहरु भने खुकुलो बनाइएको छ ।

  • नेपालको भिसा जारी गर्ने कार्य डिजिटल प्रणालीमा रुपान्तरण

    नेपालको भिसा जारी गर्ने कार्य डिजिटल प्रणालीमा रुपान्तरण

    काठमाडौं । नेपालको भिसा जारी गर्ने कार्य डिजिटल प्रणालीमा रुपान्तरण भएको छ । अध्यागमन विभागले विदेशी नागरीकलाई जारी गर्ने ४५ वर्ष पुरानो प्रणाली विस्थापित गरि डिजिटल प्रणाली शूभारम्भ गरेको हो । विभागले हस्तलिखित भिसा प्रणालीलाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली शुरु गरेको सोमबार जानकारी गराएको छ ।

    सोमबार अध्यागमन बिभागमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरेका छन् । उनले यो प्रणाली अनुसार पहिलो भिसा पोर्चुगलका नागरिक तेन्जिङ्ग नोर्बु लामालाई प्रदान गरे । क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणाली कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने छ ।

    यसबाट हातले लेख्दा हुने त्रुटि तथा केरमेट नहुने र प्रणालीबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने छ । कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोडमा भएको विवरणका आधारमा पत्ता लगाउन सकिने हुन्छ । विदेशी मूलुकका अध्यागमन विन्दुहरुमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरुसँग मिल्दो जुल्दो हुने भएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको विभागले उल्लेख गरेको छ ।

    अब नेपालको भिसा अन्तरर्राष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय र भरपर्दो तथा विद्धुतीय भिसा लागू गर्न सकिने भएको छ । हाल बिभागबाट शुरू भएको यो सेवा निकट भविष्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देश भरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने कार्ययोजना रहेको विभागको भनाइ छ ।

  • पछिल्लो २४ घण्टा थप ४२ जना कोरोना संक्रमितको मृत्यु

    पछिल्लो २४ घण्टा थप ४२ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४२ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ।

  • नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टी, ३८५३ जना संक्रमणमुक्त

    नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टी, ३८५३ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६४८ पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८५३ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ ।

  • उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप, सार्वजनिक सवारी जोरबिजोरमा चल्ने

    उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप, सार्वजनिक सवारी जोरबिजोरमा चल्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ ।

    सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।

    यससँगै भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। बैठकले भोलिदेखि २५ सीट क्षमताभन्दा ठूला सार्वजनिक गाडीहरु जोरबिजोरका आधारमा चल्न दिने निर्णय गरेको हो ।

    हाललाई २५ सीटभन्दा कम क्षमताका माइक्रोबस, ट्याम्पु लगायत सार्वजनिक सवारीसाधन भने चलाउन रोक लगाइएको छ । उपत्यकामा गतसातादेखि नै ट्याक्सी तथा निजी गाडी भने जोरबिजोर प्रणालीमा संचालन भइसकेका छन् ।

    सरकारले असार १७ गतेबाट आन्तरिक उडान खुला गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीले पनि गाडी चलाउन पाउनुपर्ने माग गरेका थिए ।

    कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।

    भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो। अब झन् खुकुलो पारिने भएको छ।

  • उपत्यकामा निषेधाज्ञा थपिने, निर्णय आज हुँदै

    उपत्यकामा निषेधाज्ञा थपिने, निर्णय आज हुँदै

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यद्दपी विभिन्न प्रावधानलाई अझै खुकुलो बनाउने तयारी रहेको छ । सम्भवतः अब सरकारले सार्वजनिक यातायातलाई समेत जोर विजोर प्रणालीमा चलाउन दिने छ । यसबारे निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । अन्तिम पटक थप भएको निषेधाज्ञाको अवधी मंगलबार सकिँदैछ ।

    आजको बैठकले निषेधाज्ञा कम्तिमा एक साता लम्ब्याएर स्वास्थ्य प्रोटोकल पालना गर्ने गरि केही क्षेत्रहरु अझ खुकुलो बनाउने तयारी गरेको छ । सरकारले अहिले बार अनुसार पसल खोल्न सकिने गरि तोकेको छ । निजी सवारी साधन जोर विजोर प्रणाली अनुसार चल्छन् ।

    नेपालमा लामो सयमदेखि कोरोना भाइरसको संक्रमण स्थीर छ । यसले जोखिम कायम रहेको निष्कर्षमा सरकार पुगेको छ । अहिले दैनिक औसतः ३ हजार माथिको संख्यामा संक्रमित देखिएका छन् । सरकारले असार १७ बाट चल्ने गरि आन्तरिक हवाइ उडान खोलेको छ । अन्तर्राष्ट्रियमा समेत उडान थपिएका छन् ।

  • दुई बलिया टीम नेदरल्याण्ड्स र पोर्चुगल यूरोकपबाट आउट

    दुई बलिया टीम नेदरल्याण्ड्स र पोर्चुगल यूरोकपबाट आउट

    काठमाडौं । दुई बलिया टोली नेदरल्याण्ड्स र पोर्चुगल यूरोकप २०२० मा प्रिक्वाटरफाइनलबटै आउट भएका छन् । आइतबार रातीका खेलहरुबाट यी दुई टोली बाहिरिएका छन् । नेदरल्याण्ड्सलाई चेक रिपब्लिकले हरायो । पोर्चुगलमाथि बेल्जियमले जित निकाल्यो । आइतबार राती हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीमा सिमित बनेको नेदरल्याण्ड्समाथि २-० को सानदार जित निकाल्यो ।

    चेकका लागि टोमस होल्स र प्याट्रिक सिकले गोल गरेका छन् । समूह ‘डी’मा तेस्रो बनेर अन्तिम १६ पुगेको चेकले समूह ‘सी’ मा तीनवटै खेल जित्दै विजेता टोली नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण जित निकालेको हो । चेकको भिडन्त क्वाटरफाइनलमा डेनमार्कसँग हुने छ । खेलको ५५औं मिनेटमा नेदरल्याण्ड्सका माथिस डि लिग्टले रातो कार्ड पाएका थिए ।

    उता, थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा गएको छ । विश्वको नम्बर वान टोली र साविक विजेता टोलीबीचको भिडन्तमा अन्ततः नम्बर वान टोलीले बाजी मारेको हो । सेभियाको ला कार्टुजा स्टेडियममा भएको खेलमा हाजार्डले ४२औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । क्वाटरफाइनलमा अब बेल्जियम र इटली भिड्ने छन् ।

  • ओलीलाई अर्को झड्का, कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

    ओलीलाई अर्को झड्का, कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले सरकारले बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको छ ।

    न्यायाधीशद्धय सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको इजलासले राजदूतको योग्यतासम्बन्धी परेको रिट निवेदनमा स्नातक नगरेको व्यक्तिलाई राजदूत नियुक्त नगर्न अन्तरिम आदेश दिएको हो ।

    मन्त्रिपरिषदले वैशाख २५ गतेको बैठकमा कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो। त्यसविरुद्ध अधिवक्ता दिपकविक्रम मिश्रले सर्वोच्च अदालतमा रिट दिएका थिए।

    त्यही रिटमाथि सुनुवाइ गर्दै मल्ल र ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म राजदुत नियुक्तिको निर्णय कार्यान्वयन नगर्ननगराउन अन्तरिम आदेश जारी गरेको हो।

    पछिल्लो समय आफ्नै निर्णयका कारण कामचालाउ प्रधानमन्त्री केपी ओलीलाई एकपछि अर्को झड्का लाग्ने क्रम जारी छ। आइतबार उनलाई फेरि अर्को झड्का लागेको हो ।

  • नेपालमा थप १९२० जनामा कोरोना संक्रमण पुष्टी, ३००७ जना संक्रमणमुक्त

    नेपालमा थप १९२० जनामा कोरोना संक्रमण पुष्टी, ३००७ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९२० जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६००० पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३००७ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार ३३६ रहेको छ ।

  • नेपालमा थप ३४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ हजार नाघ्यो

    नेपालमा थप ३४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३४ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ।