३० साउन, ढोरपाटन । छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ । रोयल रेड र इटालिएन फुजी उहाँको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए । रोकाको हाल १४०… Continue reading बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै
Category: समाचार
तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुने २१ जना पुगे
२९ साउन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ । दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो दुर्घटना हुँदा बसमा सवार ११ र माइक्रोमा सवार १० गरी २१ जना घाइते भएको जिल्ला… Continue reading तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुने २१ जना पुगे
बाजुरामा बाढी वितण्डा : यस्तो छ क्षतिको विवरण
२९ साउन, बाजुरा । बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ । तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । बाढीले कुमाल बगर बस्ने… Continue reading बाजुरामा बाढी वितण्डा : यस्तो छ क्षतिको विवरण
हत्या आरोपमा दुई जना पक्राउ
२९ साउन, सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्दै आएका ८८ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् । उनीहरूले चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेको तर घरधनी यादवले हल्ला गरेपछि खुकुरी प्रहार गरी हत्या… Continue reading हत्या आरोपमा दुई जना पक्राउ
नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी ९गेम चेन्जर० काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिए ।… Continue reading नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु
एजेन्सी२९ साउन, काठमाडौं । इराकको राजधानी बग्दादको पूर्वी क्षेत्र उरमा बुधबार बिहान एक निजी घरमा भयावह आगलागी हुँदा एकै परिवारका सात जना सदस्यको मृत्यु भएको छ । नागरिक सुरक्षा विभागका प्रवक्ता अला मोहम्मदले जानकारी दिँदै भने, “हामीले तत्काल उद्धार टोली परिचालन गरेका थियौं, तर आगो यति छिटो फैलियो कि पीडितहरूलाई बचाउन सकिएन ।” यद्यपि, आगो… Continue reading इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु
इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुंगा दुर्घटना, २० जनाको मृत्यु
एजेन्सी२९ साउन, काठमाडौं । बुधबार इटालीको लाम्पेदुसा टापुको नजिक समुद्रमा एक डुंगा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर)ले जनाएको छ । यो दर्दनाक घटना भूमध्यसागरको केन्द्रीय मार्गमा भएको हो, जहाँ विशेष गरी गर्मी याममा यूरोप पुग्ने आशामा धेरै आप्रवासीहरू अत्यधिक भीड भएका वा… Continue reading इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुंगा दुर्घटना, २० जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी
२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी मुलुकप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २०–२३ मा भएको सो सम्मेलनका लागि आफ्नोे नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी… Continue reading प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी
एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना
२८ साउन, काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१र८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन् । त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घररकोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी… Continue reading एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना
भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात हुने
२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराए । “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड… Continue reading भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात हुने
जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
२८ साउन, म्याग्दी । यहाँको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन घाइते भएका छन् । दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नं को बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मालिका गाउँपालिका–५ की ४३… Continue reading जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि
२८ साउन, काठमाडौं । किमाथाङ्का । यहाँको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेङ्गी सङ्क्रमित ५६ र भाइरल… Continue reading सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि
‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’
२८ साउन, देउखुरी । पंछी संरक्षणका क्षेत्रमा अभियान चलाउँदै आएका जानकार एवं सरोकारवालाहरूले चरा संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् । नेपाल पक्षी संरक्षण सङ्घ नेपालले चरा संरक्षणका लागि आज आयोजना गरेको छलफलमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले चरा संरक्षणका लागि सबै नागरिकलाई जानकारी गराउन चेतानामूलक कार्यक्रम गर्नुपर्ने बताए । उनले भने,… Continue reading ‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’
पाकिस्तानमा सशस्त्र आक्रमण, बलोचिस्तानमा ९ सैनिक मारिए
२८ साउन, काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सोमबार भएको विद्रोही आक्रमणमा ९ जना सैनिकको ज्यान गएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । घटना वाशुक जिल्लाको बसीमा क्षेत्रमा भएको हो, जहाँ दर्जनौँ सशस्त्र विद्रोहीहरूले प्रहरी चौकी र सीमा सुरक्षा बलको भवनमा आक्रमण गरेका थिए । आक्रमणकारीहरू मोटरसाइकलमा सवार भई आएका थिए र उनीहरूले हातहत्थियार तथा बमको… Continue reading पाकिस्तानमा सशस्त्र आक्रमण, बलोचिस्तानमा ९ सैनिक मारिए
अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीन जनाको मृत्यु
२८ साउन, काठमाडौं । टेक्सास स्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा, प्रहरीले रिसर्च बुलेवार्डमा अवस्थित टार्गेट स्टोरमा गोली हानाहानको रिपोर्ट प्राप्त भएपछि प्रहरी अधिकारीहरूले गोली लागि घाइते भएका तीन… Continue reading अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीन जनाको मृत्यु
गाजामा ५० प्रतिशत अस्पताल मात्र सञ्चालनमा, स्वास्थ्य सेवा चरम संकटमा
२८ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार इजरायललाई गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै गाजा सिटीमा कब्जा गर्नु अघि महत्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ । इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सुरक्षा मन्त्रिपरिषद्को स्वीकृति अनुसार आफ्नो सेनाले गाजा सिटी नियन्त्रणमा लिने योजना अघि बढाउने बताएको छ,… Continue reading गाजामा ५० प्रतिशत अस्पताल मात्र सञ्चालनमा, स्वास्थ्य सेवा चरम संकटमा
कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा
२७ साउन, दमौली । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताएका छन् । सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताए । सभापति देउवाले भने, “पार्टीका… Continue reading कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा
सर्वोच्च अदालतबाट मुकुल ढकालको रिट खारेज
२७ साउन, काठमाडौं । सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेकोे रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आज उक्त रिट निवेदन खारेज हुने आदेश गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त विवादमा रिट निवेदन… Continue reading सर्वोच्च अदालतबाट मुकुल ढकालको रिट खारेज
जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण
२७ साउन, धनुषा । जनकपुरधाममा कानुन व्यवसायीले पत्रकारमाथि आक्रमण गरेका छन् । गुठी संस्थानले नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशलाई उपलब्ध गराएको जग्गा सम्बन्धमा नेपाल बार एसोसिएसन जनकपुरसँग विवाद हुँदा पत्रकारमाथि कानुन व्यवसायीको समूहले आक्रमण गरेको हो । महासङ्घले संस्थानसँग भाडामा लिएको जग्गा कब्जा गर्दै कानुन व्यवसायीले आफूहरूमाथि कुटपिट गरेको महासङ्घ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोले… Continue reading जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण
भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टी
२७ साउन, काठमाडौं । भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । उत्तरकाशीमा जनकबहादुर शाही,… Continue reading भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टी
सुनको मूल्यमा सामान्य गिरावट
२७ साउन, काठमाडौं । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३०० ले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य… Continue reading सुनको मूल्यमा सामान्य गिरावट
पशुपति क्षेत्रमा खड्गजात्रा मनाइँदै
२७ साउन, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पशुपति क्षेत्रमा मनाइने खड्ग जात्रा सोमबार साँझदेखि सुरु भएको छ । आज अपराह्न जयवागीश्वरीमा रोपाइँ जात्रा समापन भएसँगै खड्गजात्रा पनि सम्पन्न हुनेछ। असुरमाथिको विजयको प्रतीकका रुपमा यो जात्रा मनाइन्छ । परापूर्वकालमा युद्ध हुँदा नारीलाई मार्न हुन्न भन्ने मान्यता थियो । युद्धमा बाँचेका पुरुषले नारीको भेष धारण… Continue reading पशुपति क्षेत्रमा खड्गजात्रा मनाइँदै
दक्षिणी जापानमा भारी वर्षाले बाढी र हिलो पहिरो, धेरै व्यक्ति बेपत्ता
२७ साउन, काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र हिलो पहिरो निम्त्याएको छ, जसले धेरै व्यक्तिलाई घाइते बनाएको छ र बौद्ध छुट्टीको हप्तामा यातायातमा असर पारेको छ । धेरै जना बेपत्ता भएको बताइएको छ । गत हप्ताको अन्त्यतिर सुरु भएको भारी वर्षाले कागोसिमाको दक्षिणी प्रान्तमा एक जना बेपत्ता र अन्य चार… Continue reading दक्षिणी जापानमा भारी वर्षाले बाढी र हिलो पहिरो, धेरै व्यक्ति बेपत्ता
दिल्लीमा बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश
२७ साउन, काठमाडौं । कुकुरको टोकाइमा वृद्धिपछि भारतको सर्वोच्च अदालतले सोमबार सार्वजनिक सुरक्षाको चिन्तालाई उद्धृत गर्दै राजधानीबाट दशौँ हजार बेवारिसे कुकुर हटाउन आदेश दिएको छ । भारत लाखौँ बेवारिसे कुकुरहरूको घर हो र सहरको मिडियाहरूले विशेष गरी बालबालिका र वृद्धहरूमाथि घातक आक्रमणहरूबारे नियमित रूपमा रिपोर्ट गर्छन् । उपलब्ध सबैभन्दा पछिल्लो तथ्याङ्क अर्थात सन् २०१२ को… Continue reading दिल्लीमा बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश
दक्षिण कोरियाका पूर्वन्यायमन्त्रीलाई आममाफी दिने तयारी
एजेन्सी२६ साउन, काठमाडौं । दक्षिण कोरियाका पूर्व न्यायमन्त्रीलाई बाँकी जेल सजाँय मिनाह गर्ने तयारी भएको अधिकारीहरूले सोमबार बताएका छन् । पूर्व न्यायमन्त्री चो कुकलाई आफ्ना छोराछोरीको कलेज भर्नासम्बन्धी शैक्षिक ठगी गरेको अभियोगमा सजायको आधाभन्दा कम समय मा नै यसै साता माफी दिइने भएको हो । शैक्षिक ठगी गरेको अभियोग लाग्नुपूर्व चो कुकलाई सन् २०१९ मा… Continue reading दक्षिण कोरियाका पूर्वन्यायमन्त्रीलाई आममाफी दिने तयारी
मलेसियामा रोजगारीको दरमा सुधार, बेरोजगारी घटेर तीन प्रतिशत
एजेन्सी२६ साउन, काठमाडौं । मलेसियाको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमासिकमा तीन प्रतिशतमा झरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अंकले कमी हो। मलेसियाको तथ्यांक विभागले सोमबार प्रकाशित गरेको विवरणअनुसार, यो परिवर्तन देशको श्रम बजारमा देखिएको सकारात्मक प्रगतिलाई संकेत गर्छ। उक्त अवधिमा श्रम शक्तिको संख्या ०.८ प्रतिशतले वृद्धि भई एक करोड ७३ लाख… Continue reading मलेसियामा रोजगारीको दरमा सुधार, बेरोजगारी घटेर तीन प्रतिशत
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते
२६ साउन, बरहथवा । सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नं को मोटरसाइकलमा… Continue reading मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते
तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै
२६ साउन, सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहँुदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् । पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत… Continue reading तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै
सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत
२६ साउन, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बस र माइक्रोबस एकापसमा ठोक्किँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको बिराटनगर–१० का ४० वर्षीय… Continue reading सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत
नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
२६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो ।… Continue reading नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण