Category: समाचार

  • नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्‍यो

    नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्‍यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो ।

    पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।

    त्यसपश्चात मृतक महिलालाई ग्रान्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’ गरिएको थियो । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । कुल संक्रमितमध्ये ४२ जनाको मृत्यु भएको छ।

  • नेपालमा थप १ सय जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो

    नेपालमा थप १ सय जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ७ सय ८९ वटा नमुना परिक्षण गरिएकोमा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९ सय ९४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप २ सय ७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • नेपालमा कोरोनाबाट विदेशी नागरिकको मृत्यु

    नेपालमा कोरोनाबाट विदेशी नागरिकको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा चिनियाँ नागरिकको मृत्यु भएको हो ।

    पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।

    त्यसपश्चात मृतक महिलालाई ग्रान्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’ गरिएको थियो । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो ।

  • अझै खुलेनन् देशभरका मूख्य राजमार्ग

    अझै खुलेनन् देशभरका मूख्य राजमार्ग

    काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध भएका मूख्य राजमार्गको अवरोध अझै जारी रहेको छ । ठूलो पहिरो आएको, पुल नै बगाएको र कतिपय स्थानमा पानी पर्ने क्रम जारी रहेका कारण समेत यातायात सूचारु गर्न समस्या भइरहेको सडक विभागले जनाएको छ । पहिरो हटाउन समस्या भएपछि काठमाडौं जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग नै खुलाउन सकिएको छैन । यो राजमार्ग अझै केही दिन अवरुद्ध हुने देखिएको छ । यसले अत्यावश्यक वस्तुको ढुवानी समेत प्रभावित हुने देखिएको छ ।

    पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल भत्किएको छ । उता, मुग्लिन पश्चिम विमलनगरमा ढुंगासहितको पहिरो खसिरहेको छ । यसले समेत पृथ्वीराजमार्गको अवरोध हटाउन समस्या भएको हो । पृथ्वी राजमार्गमा मात्रै साना ठूला गरी झण्डै दुई सय ठाउँमा पहिरो खसेको विभागको भनाई रहेको छ । उता, नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा खसेको पहिरो भने केही हटाएर एकतर्फी यातायात संचालन भएको छ । यसले चितवनबाट पोखरा जाने मानिसहरुलाई केही सहज भएको छ ।

    सिद्धार्थ राजमार्गमा समेत दर्जनौं स्थानमा पहिरो गएपछि पहाडी भेगतर्फ जाने बाटो अवरुद्ध भएको छ । अरनिको राजमार्गमा समेत अवरोध कायम छ । अरनिको राजमार्गको जबमु, झ्याले, शिरिसे, डाकलाङ लगायतका ठाउँमा बाढीले सडक बगाएको छ । पश्चिममा सांफेबगर –मार्तडी सडकको अम्कोट द्धावारी खण्ड अवरुद्ध भएको छ ।

    बेनी जोमसोम कोरोला सडकको दाना, काभ्रेभिर, घोप्टेभिर र गलेश्वरमा बेलिब्रिज बगाएपछि सडक अवरुद्ध हुने पुगेको छ । बेसीशहर – चामे सडकको घोप्टे खोला, रामबजार र च्याम्चेमा पहिरोले सडक संचालनमा अवरोध आएको सडक विभागले जनाएको छ ।

  • लकडाउन हट्यो, सीमा नाका साउन ३२ गतेसम्मलाई बन्द

    लकडाउन हट्यो, सीमा नाका साउन ३२ गतेसम्मलाई बन्द

    काठमाडौं । सरकारले मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

    सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। त्यस्तै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै थप लकडाउन कायम रहनेछ ।

    साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने, भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबहाक सवारीसाधनहरु सञ्चालन गर्न दिने र भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने निर्णय गरेको छ ।

    सरकारले भदौं १ गते बाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ।

    सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।

  • निजी सवारीको जोर विजोर हट्यो, के-के मा छ अझै प्रतिबन्ध ?

    निजी सवारीको जोर विजोर हट्यो, के-के मा छ अझै प्रतिबन्ध ?

    काठमाडौं । सरकारले निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएको छ । । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानाकारी दिए ।

    सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो । त्यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ।

    होटल तथा रेष्टुरेन्ट मा सभा सम्मेलन भने गर्न पाइने छैन। त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।

    भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौ देखि सञ्चालन गर्न पाइने भएको छ।

    ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ। शैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिकस्थल, स्वीमिङ पुल, सिनेमा घरहरू सञ्चालन गर्न नपाइने भएको छ।

  • थप ६ सय ९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १२४७७

    थप ६ सय ९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १२४७७

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

    देशको विभिन्न अस्पतालबाट उनिहरु डिस्चार्ज भएका हुन् । यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ।

    नेपालका ७ जिल्लाहरु भोजपुर, पाँचथर, सङ्खुवासभा, धनकुटा, रसुवा, मनाङ्ग, र मुस्ताङ्गमा अहिले कोरोना संक्रमित छैनन् ।

    त्यस्तै, रौतहट, कैलाली, र बाजुरा जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा १२ हजार ४ सय ७७ जना निको भएका छन् भने ४० जनाको मृत्यु भएको छ।

  • नेपालमा थप  १५० जनालाई कोरोना संक्रमण, ६०९ ‘डिस्चार्ज’

    नेपालमा थप  १५० जनालाई कोरोना संक्रमण, ६०९ ‘डिस्चार्ज’

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ६३ वटा नमुना परिक्षण गरिएकोमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • काठमाडौंमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

    काठमाडौंमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ तासीडाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

    मंगलबार बिहान आएको पहिरोले पुरिएर रामकुमार रानामगरको जुम्ल्याह-३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी छन् ।

  • यातायात व्यवसायीले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने

    यातायात व्यवसायीले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने

    काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि सार्वजनिक यातायातका साधन सञ्चालन हुने भएको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

    आफूहरुले अघि सारेका मागहरु सरकारले केही पूरा गरेको उल्लेख गर्दै ८ गतेदेखि सार्वजनिक सवारी सञ्चालनमा आउने जानकारी गराएका छन् ।

    छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् ।

    उनीहरुले तत्काल लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न सम्भव नभए प्रदेशस्तरमा भनेपनि गाडी संचालन गर्न दिने निर्णय गर्न सरकारसँग माग गरेका छन् ।

  • सप्तकोशीले खतराको तह पार गर्यो, ४६ ढोका खोलिए, सतर्क रहन आह्वान

    सप्तकोशीले खतराको तह पार गर्यो, ४६ ढोका खोलिए, सतर्क रहन आह्वान

    सप्तरी । सप्तकोशी नदीले खतराको तह पार गरेको छ । पहाडी भेगमा निरन्तरको वर्षाका कारण सप्तकोशीका सहायक नदीमा बाढी आएको हो । यी नदी सप्तकोशीमा पुग्दा यसले कोशीको जलसतह खतराको चिन्हभन्दा माथि ल्याइदिएको छ । मंगलबार बिहान ६ बजे पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो यस वर्षकै उच्च मापन रहेको बताइएको छ ।

    कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार हुने गर्छ । अहिले पछिल्लो तीन दिन यता देशभर अविरल वर्षात भइरहेको छ । यसले नदीहरुमा पानीको बहाब बढाएको हो । बहाव बढेपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ ।

    पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने सम्भावना हुन्छ । जल तथा मौसम विज्ञान विभागले समेत सप्तकोशीमा बहाव बढेको भन्दै सप्तरी र सुनसरीका सचेत रहन आह्वान गरेको छ । सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ । सम्भव भए सुरक्षित स्थानमा जान सूचित गरिएको छ ।

  • धादिङमा पहिरोमा पुरिएर तीनको ज्यान गयो

    धादिङमा पहिरोमा पुरिएर तीनको ज्यान गयो

    धादिङ । लगातार वर्षापछि आएको पहिरोले धादिमा मानवीय क्षति भएको छ । धादिङमा पहिरोमा पुरिएर गतराती एकैपरिवारको तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेको प्रहरीले पुष्टी गरेको छ ।

    धादिङका विभिन्न स्थानमा पहिरोले वितण्डा मच्चाएको छ । सोहीकारण पृथ्वी राजमार्ग समेत अहिले अवरुद्ध छ । यसले काठमाडौंसँगको सम्पर्क टुटाएको छ ।

  • बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल

    बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल

    एजेन्सी    

    बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले  तयार गर्दै गरेको कोरोनाभाइरस बिरुद्धको भ्याक्सिनको मानव परिक्षण सफल भएको छ । अक्सफोर्डले एस्ट्र जेनेकासँग मिलेर बनाएको भ्याक्सिनले मानवमा गरेको परिक्षणमा शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुनुको साथै संक्रमणबिरुद्ध किलर टि सेल्स समेत बनेर कोरोनाबिरुद्ध दोहोरो काम गरेको सोमबार प्रकाशित ल्यानसेट जर्नलमा जनाईएको छ । परिक्षणको क्रममा दिईएको भ्यासिनले १०० प्रतिशत मानिसको शरिरमा प्रतिरोधात्मक क्षमता बृद्धि भएको अनुसन्धानकर्ताहरुले बताएको जर्नलले लेखेको छ । यो भ्याक्सिन परिक्षणको लागि अक्सफोर्डले १ हजार जनामा प्रयोग गरिरहेको छ । मानवमा परिक्षण गरिएको २८ दिनपछि भ्याक्सिनले मानव शरीरमा निम्न दुई असर देखाएको समेत जर्नलले लेखेको छ । पहिलो; भ्याक्सिनको प्रयोगपछि शरीरको मांसपेसी दुख्ने काम छुट्ने । दोश्रो; जरो आउने जस्ता साईड ईफेक्ट भने देखिएको छ ।  

    अनुसन्धानकर्ताहरुले ChAdOx1 nCoV-19 नाम दिएको अक्सफोर्डको भ्याक्सिन एस्ट्र जेनेकाले उत्पादन गर्न थालि सकेको छ भने बेलायत सरकारले १० करोड डोजको अर्डर गरिसकेको छ ।

  • तिब्बतमा रहेको ताल फुट्ने चेतावनी, भोटेकोशीमा जोखिम

    तिब्बतमा रहेको ताल फुट्ने चेतावनी, भोटेकोशीमा जोखिम

    काठमाडौं । चीनको तिब्बतस्थित ‘केरुङ च्छो’ ताल खतराको चिन्हभन्दा माथि पुगेको छ । ताल फुट्न सक्ने भन्दै चिनियाँ अधिकारीले सतर्क रहने तटीय क्षेत्रमा बासिन्दालाई आग्रह समेत गरेका छन् । अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी गराएको छ ।

    चिनियाँ अधिकारीहरुले न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको जानकारी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई गराएका हुन् । उनीहरुले आफ्ना नागरिकलाई भटाभट माथिल्लो भागमा सारिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । सोहीकारण नेपालमा भोटेकोशी तटिए क्षेत्रमा जोखिम बढेको छ ।

    पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ । यसले नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ । नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन समेत दिइएको छ । नदी आसपासका बासिन्दालाई सडकभन्दा माथि सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ । खासगरी बाह्रबिसे क्षेत्रमा बाक्लो बस्ती भएकाले सचेत हुन आग्रह गरिएको छ ।

  • थप १७३ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ११ हजार ८६८ पुग्यो

    थप १७३ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ११ हजार ८६८ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनाले कोरोना जितेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट उनिहरु संक्रमण मुक्त भएका हुन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ। योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, १७ हजार ८४४ पुगे संक्रमित

    नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, १७ हजार ८४४ पुगे संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार २ सय १६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध

    पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध

    काठमाडौं । देशभर परेको अविरल वर्षा र पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध बनेका छन् । ​चितवनको चारकिलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । सोमबार बिहान ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोलसमेत ढलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठूलो पहिरो गएको र खस्ने क्रम जारी भएपछि सडक खुलाउन समस्या देखिएको छ । बिहान ५ बजेदेखि सडक अवरुद्ध छ ।

    यता, आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा गएको पहिरो हटाउने प्रयास शुरु गरिएको छ । यस भेगमा पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्ड भने सूचारु रहेको छ ।

    यता, सिद्धार्थ राजमार्ग समेत सोमबार बिहानैबाट अवरुद्ध भएको छ । आइतबार एकतर्फी सञ्चालनमा आएको बाटो पहिरो झरेपछि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । सिद्धार्थ राजमार्गको तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा बुटवलको सडक खण्डमा बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न समेत रोक लगाएको छ । यो सडकमा माथिबाट ठूला ढगा खसेर दुर्घटना अत्यधिक हुने गरेका छन् ।

  • आज देशभर भारी वर्षा, पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

    आज देशभर भारी वर्षा, पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

    काठमाडौं । आज देशका अधिकांश स्थानमा भारी वर्षा जारी छ । यसले बाढी, पहिरो र डुबानको जोखिम बढाएको छ । विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पानीजन्य प्रकोपले समस्या निम्त्याउन सक्ने सम्भावना रहेको छ । अहिले न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्म ठूलो वर्षाको सम्भावना रहेको हो ।

    विभागका अनुसार प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्यधिक वर्षा भएको छ । मध्यमदेखि भारी वर्षाको सम्भावना जारी छ । यसले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दा सतर्क रहनु पर्ने विभागको छ ।

    मौसमपूर्वानुमान महाशाखाका अनुसार सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने भएको छ ।

    काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएकाले अझै तीन घण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आग्रह गरेको छ ।

    बाढी सूचना केन्द्रका अनुसार अहिले बारा, पर्सा, रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना छ । सोहीकारण लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान छ । परासी, बर्दघाट, डण्डा बजारलगायत नवलपरासीका धेरै स्थानमा पनि भारी वर्षा मापन भएको छ ।

    थप वर्षा हुन सक्ने भएकाले अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ । पश्चिम राप्ती, बाँकेको ढकेरी र आसपास पनि भारी वर्षा मापन गरिएको छ । यस क्षेत्रमा डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने र राप्ती नदीमा पनि जलसतह बढ्ने भएकाले डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

  • महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति

    महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति

    काठमाडौं । शनिबार एकाएक नेकपा विवाद समाधार भएको र नेताहरु सहमतिमा पुगेको जानकारी वालुवाटार स्रोतले संचारमाध्यमलाई गरायो । यसमा अध्यक्ष प्रचण्डसमेत सहमत भएको जानकारी बाहिरिएको थियो । तर, प्रचण्डपुत्री गंगा दाहालले प्रचण्ड सचिवालयको तर्फबाट शनिबार राती ट्वीट गर्दै महाधिवेशनबारे कुनै सहमति नभएको र छलफल जारी रहेको उल्लेख गरिन् ।

    नभन्दै महाधिवेशन वालुवाटारले सत्ता जोगाउन फ्याँकेको अर्को कार्ड मात्र भएको पुष्टी भएको छ । आइतबार प्रचण्डले केही नेताहरुसँगको छलफलमा ओलीसँग कुनै सहमति नभएको र आफुलाई परिवन्दमा पारेर शितल निवास बोलाइएको उल्लेख गरेका छन् । आइतबार खुमलटारमा स्थायी कमिटी सदस्यहरुको बैठकमा प्रचण्डले यस्तो जानकारी गराएका हुन् ।

    बैठकमा पूर्वप्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र झलनाथ खनालसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली भीम रावल, बेदुराम भुसाल, रघुजी पन्त, भीम आचार्य, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुनलगायत नेता सहभागी थिए ।

    उक्त भेलामा प्रचण्डले प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको महसुस आफुले गरेको उल्लेख गरे । प्रचण्डका अनुसार राष्ट्रपति कार्यलयमा बोलाएर फसाउन खोजेको महसुस भएपछि आफूले छोरी गंगा दाहाललाई शनिबार राति नै फेसबुकमा स्टाटस लेख्न लगाएको र सहमतिको भ्रममा नपर्न भनेको प्रचण्डले नेताहरुलाई जानकारी दिएका थिए ।

  • ६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य

    ६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किने ६६.२४ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११ हजार ६ सय ९५ पुगेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६।२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ ।

    नेपालमा हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त बनेको छ ।

    पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट कैलाली र बाजुरा रहेका छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।

  • नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८

    नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ७ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप ५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति

    नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी नै विभाजित हुने अवस्थाको नजिक पुगेको नेकपा विवाद एक पटक फेरी शीर्ष नेताको पहलमा थामिएको छ । आगामी मंसिरमा एकतापछिको पहिलो महाधिवेशन गर्ने विषयमा सहमति भएसँगै तत्कालका लागि विवाद टुंगिएको छ ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको चार महिनामा महाधिवेशन प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरेका छन् । सचिवालय बैठक अगाडी दाहाल र ओलीबीच झन्डै दुई घण्टा छलफल भएको थियो । त्यसपछि सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले एकता महाधिवेशनको मिति प्रस्ताव गरेका थिए ।

    स्थायी समिति बैठक एजेन्डामा प्रवेश नगरी भड्किएको र त्यसमा सबैका कमीकमजोरी रहेको भन्दै प्रधानमन्त्री ओलीले अब ढिलो नगरी पार्टी महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । त्यसपछि बोलेका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीको प्रस्तावमा सहमति जनाए । सोहीकारण तत्कालका लागि नेकपाको विवाद मत्थर भएको छ ।

    प्रचण्डले आलोपालो प्रधानमन्त्रीको प्रस्तावसमेत छोडेका छन्। अन्य नेताले  शीर्ष दुई नेताबीचको सहमतिलाई लिखित रुपमा ल्याउन र कार्यान्वयनको वातावरण बनाउन माग गरेका छन् । उनीहरुले दुई अध्यक्षबीचको सहमतिको कार्यान्वयनमा आंशका गरेका हुन् ।

    महाधिवेशन छिटो गर्ने विषयमा नेताहरूले असहमति जनाएनन् । बरु मंसिरमै महाधिवेशन गर्न कति सम्भव हुने भन्नेमा आशंका व्यक्त गरेका छन् । सोहीकारण कार्यतालिकासहितको ठोस प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

  • प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो

    प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो

    प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नम्बर तीनस्थित रुमालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार रोल्पाको रुन्टीगढी गाउँपालिकाका ६ जना र एक जना त्रिवेणी गाउँपालिका रोल्पाका हुन्।

    मृत्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय विरेन्द्र वाठा मगर, १९ वर्षीय थमन वाठा मगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवर रहेको बताइएको छ । प्रहरीका अनुसार ट्याक्टरमा मजदुरहरु चढेका थिए । उनीहरु भिंगृ स्वर्गद्धारी सडक निर्माणमा खटिएका थिए । यो सढक खण्ड अहिल पिच गरिदैछ ।

  • नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १ सय ३ जना डिस्चार्ज

    नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १ सय ३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ३ सय ३१ वटा नमुना परिक्षण गरिएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • स्थायी कमिटि स्थगित गरेर नेकपामा सचिवालय बैठक आह्वान

    स्थायी कमिटि स्थगित गरेर नेकपामा सचिवालय बैठक आह्वान

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिट बैठक आइतबारसम्मका लागि स्थागित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीचमा कैयौं चरणका दुइपक्षिय वार्ता असफल बन्दै गएपछि स्थायी कमिटि बैठक समेत बस्न सकेको छ । यसै सन्दर्भमा सचिवालय बैठक भने आज बोलाइएको छ ।

    नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको नेताहरुले बताएका छन् । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने तय भएको छ । सचिवालयमा नेकपाका शीर्ष ९ नेता रहेका छन् । असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।

    प्रधानमन्त्री ओली भने कुनै पनि हालतमा दुवै पद नछाड्ने अडानमा छन् । यही सरकार कायम रहेमा जनमत नराम्रोसँग प्रभावित हुने र आगामी चुनावमा पार्टीले हार्ने चिन्ता नेताहरुमा रहेका छन् । यता प्रधानमन्त्री भने एक पछि अर्को विवादित बयानका कारण फसिरहेका छन् । विवाद उत्कर्षमा पुगेपनि निष्कर्ष निस्कन सकेको छैन ।

  • गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्

    गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्

    हरेक बर्ष गर्मीयाम सुरु हुने बित्तिकै लाखौं अमेरिकनहरु देश भित्र र बाहिरको भ्रमणमा निस्कन्छन् । तर यो बर्ष कोरोना महामारीको कारण देश बाहिरको त कुरा छाडौं, अमेरिका भित्रकै एउटा राज्यबाट अर्को राज्यको भ्रमणमा निस्कदा दुई पटक सोचेर मात्र निस्कनु पर्ने भएको छ । अर्को राज्यमा जाँदा कोरोना संक्रमण होला कि ! भनेर सोच्नु पर्ने त छँदैछ, त्यो भन्दा पनि हरेक राज्यले अर्को राज्यबाट आउनेको सम्बन्धमा लागू गरेको नियमले गर्दा अझै सोच्नु पर्ने भएको हो । हाल अमेरिकाका अधिकांश राज्यहरुले कतै कोरोना जाँच गर्नु पर्ने त कतै वाध्यकारी क्वारेन्टिनमा बस्नु पर्ने नियम बनाएका छन् ।

    सरुवा रोग सम्बन्धि संघीय सरकारको निकाय ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले एक ठाँऊबाट अर्को ठाँऊ जाने सबैलाई मास्क लगाउन र बेला बेलामा हात धोई नाक मुखमा नछुन तथा अन्य मानिस भन्दा ६ फिट टाढा बस्न भनेको छ । त्यसैगरी हाच्छ्यु गर्दा र खोक्दा नाक मुख छोप्न, खानेकुरा किन्दा भरसक ड्राईभ थ्रुबाटै किन्न सुचित गर्दै आएको छ ।  

    अमेरिकाका बिभिन्न राज्यहरुमा अहिले प्रतिबन्ध निम्नानुसार छ: 

    अलास्का;

    बाहिरी राज्यबाट अलास्का प्रबेश गर्नेले निम्न कुरा खुलाएर ‘डिक्लरेसन फर्म’  भर्नै पर्छ ।  

    १) ७२ घण्टा अगाडिसम्म कोरोना नेगेटिभ भएको रिपोर्ट र राज्यमा आएको ७ देखि १४ दिन भित्र फेरी जाँच गरेर क्लियर नभएसम्म अन्य ब्यक्तिसँग भेटघाट गर्न नपाईइने ।  

    २) पाँच दिन अगाडिसम्म नेगेटिभ रिजल्ट आएका प्रत्येकले बिमानस्थलमा अवतरण भएपछि पुन: कोरोना जाँच गर्नु पर्ने र १४ दिनपछि पुन: जाँच गर्नु पर्ने र त्यति बेलासम्म मानिसहरुसँगको संपर्क पातलो गर्नु पर्ने ।  

    ३ ) बिमानस्थलमा अवतरण गर्दा जाँच गर्नु पर्ने र जाँचको रिजल्ट नआँउदासम्म क्वारेन्टिनमा बस्नु पर्ने छ । यदि जाँच नगर्ने हो भने १४ दिन वाध्यकारीर क्वारेन्टिनमा बस्नै पर्ने नियम छ ।  

    एरिजोना;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।  

    आर्कान्सास;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।  

    क्यालिफोर्निया;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।  

    कोलोराडो;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।  

    कनेक्टिकट;

    पछिल्लो समय कोरोना संक्रमण उच्च बिन्दुमा पुगेका राज्यहरुबाट कनेक्टिकट  प्रबेश गर्ने सबैलाई १४ दिन क्वारेन्टिनमा राखिने ब्यबस्था छ । ७२ घण्टा भित्र कोरोना नेगेटिभ आएको छ भने चाँहि सिधै प्रबेश गर्न पाईने ब्यबस्था छ । कनेक्टिकटले २२ राज्यहरु – अलाबामा, एरिजोना, आर्कान्सास, क्यलिफोर्निया, फ्लोरिडा, जर्जिया, आइडाओ, आईवा, कान्सास, लुजियाना, मिनियासोटा, मिसिसिपी, नेभाडा, न्यु मेक्सिको, नर्थ क्यारोलाइना, ओहायो, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहा, विस्कन्सिनलाई भ्रमणमा नियमन गराएको छ ।  

    डेलावर;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।  

    डिस्ट्रिक अफ कोलम्बिया (डिसी);

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।  

    फ्लोरिडा;

    न्युयोर्क, न्युजर्सी र कनेक्टिकटबाट फ्लोरिडा जानेले आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्दछ । यो नियमलाई उलंघन गर्नेले कि त ५ सय डलर जरिवाना तिर्नु पर्ने वा ६० दिनसम्म जेल बस्नु पर्ने नियम फ्लोरिडामा छ ।  

    जर्जिया;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।  

    हवाई;

    हवाईमा दुई हप्ता वा बसुन्जेल (जुन अबधि थोरै हुन्छ) सम्म क्वारेन्टिनमा बस्नै पर्ने वाध्यकारी नियम बनाईएको छ । यदि यो नियम उलंघन भयो भने ५ हजार अमेरिकी डलर जरिवाना वा १ बर्षसम्मको जेल सजाय तोकिएको छ । आगामी सेप्टेम्बर १ तारिखदेखि भने ७२ घण्टा भित्रको नेगेटिभ टेस्ट रिजल्ट देखायो भने माथिका दुबै ब्यबस्था लागू हुने छैन ।

    आईडाओ;

    आईडाओको बोइसी सहर र एडा काउन्टीका केही सहरमा १४ दिन सेल्फ क्वारेन्टिनको ब्यबस्था गरिएको भए पनि अन्य सहरमा भने अर्थतन्त्र सुचारु गर्ने क्रममा छन् ।  

    ईलिनोई;

    राज्यस्तरमा त्यस्तो कुनै त्यस्तो बन्देज नभए पनि अलाबामा, एरिजोना, आर्कान्सास, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, आईडाओ, लुजियाना, मिसिसिपी, नेभाडा नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहाबाट शिकागो आउने वा शिकागो फर्किनेलाई १४ दिनको क्वारेन्टिनको ब्यबस्था गरिएको छ । यो नियम उलंघन गर्नेलाई प्रति दिन ५ सय डलर जरिवाना गराईने छ भने त्यो जरिवाना ७ हजार अमेरिकी डलरसम्म हुनेछ ।  

    ईन्डियाना;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।  

    आईवा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।  

    कान्सास;

    एरिजोना र फ्लोरिडाबाट कान्सास आउने वा कान्सास फर्किनेलाई १४ दिनको क्वारेन्टिनको ब्यबस्था गरिएको छ ।  

    केन्टकी;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    लुजियाना;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    मेन;

    भर्मोन्ट, न्यु हेम्सायर, कनेक्टिकट, न्युयोर्क, न्युजर्सीबाट मेन आउने तर कमर्सियल लज लिएर बस्नेको लागि अन्य प्रावधानको ब्यबस्था नभए पनि अन्यका लागि भने १४ दिन क्वारेन्टिन वा ७२ घण्टा भित्र कोरोना नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्ने ब्यबस्था छ ।  लज तथा होटेलमा बसोबास गर्नेलाई बाहिर हिडडुल गर्नका लागि समय सिमित गरिएको छ ।  

    मेरिल्यान्ड;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    म्यासाच्युसेट्स;

    रोड आईल्याण्ड, कनेक्टिकट, भर्मोन्ट, न्यु ह्यम्सायर, मेन, न्युयोर्क र न्युजर्सी बाहेकका राज्यहरुबाट म्यासाच्युसेट्स जाने पर्यटक वा राज्यकै बासिन्दा भए पनि १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने गरिएको छ ।  

    मिचिगन;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    मिनियासोटा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    मिसिसिपी;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    मिजौरी;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    मोन्टाना;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    तर चर्चित ग्लासियर नेशनल पार्कको भने पश्चिम ढोका मात्र खोलिएको छ । पूर्वी प्रबेशद्वार भने कम्तिमा पनि अगष्टसम्म बन्द रहने बताइएको छ ।  

    नेब्रास्का;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    नेभाडा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    न्यु ह्यम्सायर;

    गैह्र न्यु-ईङ्ल्याण्ड राज्यबाट आउने सबैलाई दुई हप्ता क्वारेन्टिन बस्नु पर्ने ब्यबस्था गरिएको छ ।  

    न्युजर्सी;

    कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका २२ राज्यबाट न्युजर्सी भएर अन्य राज्य जाने बाहेक सबैलाई १४ दिने क्वारेन्टिनको नियम बनाएको छ । यो नियम हालै कोरोना संक्रमण नेगेटिभ आएकाको हकमा समेत लागू भएको छ ।   

    न्युजर्सीले अलाबामा, एरिजोना, आर्कान्सास,   क्यलिफोर्निया, फ्लोरिडा, जर्जिया, आईडाओ, आईवा, कान्सास, लुजियाना, मिनियासोटा, मिसिसिपी, नेभाडा, न्यु मेक्सिको, नर्थ क्यारोलाइना, ओहायो, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहा, विस्कन्सिनबाट आउनेलाई क्वारेन्टिनको ब्यबस्था गरेको हो ।  

    न्यु मेक्सिको;

    अन्य राज्यबाट आउने वा राज्यमा फर्किने सबैलाई क्वारेन्टिन बस्नु पर्ने ब्यबस्था छ ।  

    न्युयोर्क;

    न्युयोर्कमा पनि न्युजर्सीमा जस्तै २२ राज्यबाट आउनेले जसले २४ घण्टा भन्दा धेरै न्युयोर्कमा बिताउँदछ उसले १४ दिन क्वारेन्टिन बस्नु पर्ने नियम छ ।  

    बिमानस्थलमा अबतरण हुनेले भने हेल्थ डिपार्टमेन्टको ट्राभलर फर्म भर्नै पर्ने ब्यबस्था छ अन्यथा २ हजार अमेरिकि डलर जरिवाना तोकिएको छ ।  

    नर्थ क्यारोलाइना;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    नर्थ डकोटा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    ओहायो;

    १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने ब्यबस्था छ ।  

    ओक्लोहामा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    ओरेगन;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    पेन्सिल्भानिया;

    पेन्सिल्भानियाले पनि संक्रमितको संख्या बढेका २० वटा राज्यबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने ब्यबस्था गरेको छ । ती राज्यहरु अलाबामा, एरिजोना, आर्कान्सास, क्यालिफोर्निया, फ्लोरिडा   जर्जिया, आईडाओ, आईवा, कान्सास, लुजियाना, मिसिसिपी, नेभाडा, नर्थ क्यारोलाइना, ओहायो, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहा र  विस्कन्सिन छन् ।  

    रोड आईल्याण्ड;

    दैनिक ५ प्रतिशत भन्दा धेरै कोरोना संक्रमित दर भएको राज्यबाट आउनेलाई १४ दिन क्वारेन्टिनको ब्यबस्था गरिएको छ । अथवा बिकल्पको रुपमा ७२ घण्टा भित्रको कोरोना नेगेटिभ रिजल्ट भएकाको हकमा क्वारेन्टिन बस्न नपर्ने ब्यबस्था छ । अथवा क्वारेन्टिनमा बसेको अवस्थामा पनि जाँच गरेर नेगेटिभ रिपोर्ट देखाएको अवस्थामा क्वारेन्टिन मुक्त हुन पाउनेछ ।  

    साउथ क्यारोलाइना;

    २२ वटा राज्यबाट आउनेहरुलाई १४ दिन क्वारेन्टिन बस्नु पर्ने ब्यबस्था छ ।  

    साउथ डकोटा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    टेनेसी;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    टेक्सास;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    युटाहा: 

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    भर्मोन्ट;

    उत्तर पूर्वी १६ वटा राज्यबाट प्राईभेट गाडी चढेर आउनेलाई क्वारेन्टिनको ब्यबस्था छैन ।  

    भर्जिनिया;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    वासिङ्टन;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    वेष्ट भर्जिनिया;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    विस्कन्सिन;

    क्वारेन्टिन लगायतका त्यस्ता कुनै ब्यबस्था गरिएको छैन यद्यपी राज्यमा बसोबास गर्नेहरुलाई अत्याधिक जरुरी नभएसम्म अन्य राज्यमा नजान भनिएको छ ।  

    ह्योमिङ्;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।

    श्रोत: न्युयोर्क टाईम्स   

  • काठमाडौंको स्थानीय समुदायमा कोरोना नफैलिएको सरकारको निष्कर्ष

    काठमाडौंको स्थानीय समुदायमा कोरोना नफैलिएको सरकारको निष्कर्ष

    काठमाडौं । काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना नफैलिएको निष्कर्षमा सरकार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बढी भिडभाड हुने विभिन्न स्थानबाट नमुना संकलन भएको थियो । कुल ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा ३ जनामा मात्र संक्रमण देखिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती तीन जना पनि दुई जना हालै विदेशबाट फर्किएका र एक जना व्यूटी पार्लर व्यवसायमा संलग्न व्यक्ति भएको बताइएको छ । पछिल्लो नतिजाबाट काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण नदेखिएको उनले जानकारी दिए । नमुना परीक्षण र अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदायस्तरमा संक्रमण फैलिएको कुरालाई पुष्टि गर्न कहिँ कतै सहयोग गरेको नपाइएको उनको भनाई छ ।

    काठमाडौं उपत्यकामा असार तेस्रो हप्ता संक्रमण स्रोत नखुलेका धेरै संक्रमित भेटिएका थिए । समुदायस्तरमा संक्रमण भएको आशंका गरिएको थियो । त्यसपछि सरकारले काठमाडौं उपत्यकाको भिडभाड हुने १० भन्दा बढी स्थानबाट ४ हजार ८ सय नमुना संकलन गरी परीक्षण गरेको थियो । समुदायस्तरको परीक्षणमा तीन जनामा देखिएको संक्रमणबाट भीडदेखि भने टाढौ बस्नु पर्ने सन्देश दिएको उनको भनाई छ ।

    संक्रमणको जोखिम अझै रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्किन समय लाग्ने वा त्यस्तो अवस्था नआउन पनि सक्ने सरकारको भनाई रहेको छ । संक्रमण घटेपनि पछिल्लो समय शहर बजारमा बढेको भिडभाडले भने चिन्तित बनाएको मन्त्रालयले उल्लेख गरेको छ ।

  • बिदेशमा बस्ने ताप्लेजुङ्का लिम्बुले गरे आफ्नो गाउँको लागि यस्तो सराहनीय कार्य

    बिदेशमा बस्ने ताप्लेजुङ्का लिम्बुले गरे आफ्नो गाउँको लागि यस्तो सराहनीय कार्य

    न्युयोर्क

    विश्व-महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संसार आक्रान्त छ ।जसका कारण विश्वका विकासोन्मुख राष्ट्र मात्र होईन, शक्तिशाली मुलुकहरु समेत महामारीका कारण आर्थिक संकटको दल दलमा फस्दै छन् ।नेपाल पनि सिमित श्रोत र साधन बीच कोरोना महामारीसँग जुधिरहेकै छ ।एकातर्फ कोरोना महामारी अर्कोतर्फ भौगोलिक बिकटताका कारण नेपालमा बर्षायाम सुरु भएसंगै बाढी पहिरोको चपेटामा फसेको छ ।सयौंले ज्यान गुमाएका छन् भने हजारौं घरबार बिहिन हुन पुगेका छन् ।यस विषम अवस्थामा ताप्लेजुङ् जिल्लाका केही प्रबासी नेपाली मिलेर मातृभुमीमा ८लाख रुपैया बराबरको खाद्य सामग्री सहयोग गरेका छन् ।

    ताप्लेजुङ जिल्लाबाट बेलायत र अमेरिकामा बसोबास गर्नेहरुको सहयोगमा प्राप्त ८ लाख रुपैयाको खाध्य सामग्री श्रावण २ गते जिल्लाका फक्ताङलुङ गाउँपालिका वार्ड नं. ४ साबिक ईखाबु गा. बि. स. वार्ड नं. १ खानी, २ सेतोबा, ३ साप्चुङ्वा, ४ खुपातल, ५ सेगुङवा, ६ युखाबो र फक्ताङलुङ गाउँपालिका वार्ड नं. ३ साबिक लिङखिम गाबिस वार्ड नं. १ थिवामा बितरण गरिएको किरात यक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष बिरेन्द्र हाङ लाबुङले बताए ।सहयोग कुल २७९ घर परिवारलाई ३० केजीको जुनेली चामल १ बोरा, दाल केजि १ र खाने तेल लिटर १ राहत स्वरुप एक कार्यक्रमको आयोजना गर्दै बितरण गरिएको समेत बिरेन्द्रले बताए ।

    राहत फक्ताङलुङ गाउँपालिका वार्ड न. ४ साबिक ईखाबु – ५ बाट हाल लण्डन युकेमा बसोबास गर्ने चीरेन्द्र लाबुङ लिम्बु , न्युयोर्क अमेरीका बसोबास गर्ने क्रमश शिव कुमार लाबुङ, वीरेन्द्र हाङ लाबुङ, सम्झना लाबुङ लगायतका परिवारहरुले आफ्नो दिवङ्गत पिता तथा बाजेहरुको संझनामा बितरण गरिएको पुर्ब गाबिस अध्यक्ष मणि प्रसाद लाबुङले राहत बितरणस्थल छिरुवानीबाट जानकारी दिएका छन् ।


    प्रवासमा रहेर पनि यसरी आफ्नो गाउँठाउँमा अप्ठेरो परेको समयमा ठुलो दिलले थोरै भए पनि राहत सहयोगको महान मानवीय कार्य गरेको भन्दै स्थानीय जनप्रतिनीधिहरुले खुलेर प्रसँसा गरेका थिए । महामारी र लकडाउनले प्रभावित सयौं गाउँले दाजुभाइ दिदीबहिनीलाई थोरै भएपनि सहयोग गर्न पाएकोमा आफुलाई खुसी अनुभूति भएको युके निवासी चीरेन्द्र लाबुङले फेसबुक मार्फत जानकारी गराएका छन् भने अमेरिका निवासी शिव लाबुङले उक्त कार्य सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने फक्ताङलुङ गाउँपालिका, फक्ताङलुङ ४ का वडासमिति, सहयोगी समाजसेवी, जनप्रतिनिधि, भोल्युन्टियर्स सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । राहतस्थलमा सामाजिक दुरी कायम गर्न गराउन मार्किङ गरेर ब्यबस्थित गरएको, आफ्ना दिवङ्गत बाबु र बाजे बज्यैको नाममा यसरी राहत बाँड्न पाँउदा आफुलाई आत्मा सन्तुष्टि मिलेको वीरेन्द्र लाबुङले बताए ।

  • अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

    अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

    न्युयोर्क

    अमेरिकामा बिहिबार ७७ हजार  कोरोना संक्रमित पुष्टि भएका छन् ।बिहीबार पुष्टि भएको यो संख्या अमेरिकामा एकै दिन पुष्टि भएका कोरोना संक्रमितको आजसम्म कै सर्वाधिक संख्याको नयाँ रेकर्ड हो । यसअघि यसै हप्ता मंगलबार ६७ हजार ४ सय १७ एकै दिन सबैभन्दा धेरैको संख्यामा पुष्टि भएका थिए । पछिल्लो एक हप्तादेखि अमेरिकामा दैनिक ६० हजार माथिको संख्यामा संक्रमित थपिंदै आएका छन् ।जोन हप्किन्स युनिभर्सिटीका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा ३५ लाख ७६ हजार ४ सय ३० संक्रमित र बिहिबार एकैदिनमा मृत्‍यु भएका ९ सय ४३ समेत गरेर १ लाख ३८ हजार ३ सय ६० मृतक सँख्या पुगेको छ ।आजसम्म कोरोना संक्रमितको संख्या गणनामा विश्वभरमा अमेरिका पहिलो ब्राजिल दोश्रो र शुक्रबारदेखि भारत तेश्रो श्रेणीमा उक्लिएको छ ।
    अमेरिकामा हरेक दिन संक्रमितको संख्या बढ्दै गर्दा सरुवा रोग बिशेषज्ञ डा एन्थोनी फाउचीले यस अगाडि दिएको चेतावनी नजिक अमेरिका पुगेको छ।डा फाउचीले केही हप्ता अगाडि भनेका थिए; “यदि भाईरसलाई समय मै ब्यवस्थापन गर्न सकिएन भने अमेरिकामा दैनिक एक लाख मानिस संक्रमित हुने छन्” ।अमेरिकामा हाल दैनिक रुपमा चुलिदै गएको संक्रमितको संख्याले डा फाउचीको अनुमान सही साबित हुन धेरै टाढा छैन ।
    फ्लोरिडा र टेक्सासमा बिहिबार कोरोना संक्रमणबाट मृत्‍यु हुनेहरुको संख्याले पुन: नयाँ रेकर्ड राख्यो ।बिहिबार फ्लोरिडामा १५६ र टेक्सासमा १ सय २९ को मृत्‍यु भयो ।फ्लोरिडाका ५४ वटा अस्पतालमा आईसियु बेड भरिएका छन् भने मायामीका दर्जनौ प्रहरीहरु कोरोना संक्रमित भएका छन् ।
    अमेरिकामा कोरोना संक्रमित बढदै गएपनि राष्ट्रपति ट्रम्पले राष्ट्रिय रुपमा मास्क लगाउनै पर्ने घोषणा नगर्ने ह्वाईट हाऊस प्रशासनले बिहिबार प्रष्ट पारेको छ । उता अगस्ट २१ तारिखसम्मका लागि अमेरिकासँग सिमा जोडिएको मेक्सिको र क्यानाडाले भने अत्यावश्यक भ्रमणको हकमा बाहेकअमेरिका आवत जावत बन्द गरेका छन् ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    सप्तरी जिल्लाका ७३ वर्षीय वृद्ध बिहिबार राति १० बजे मृत्यु भएको गौतमले जानाकारी दिए । ।

    असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।

    उपचारक क्रममा प्रदेश १ मा कोभिडबाट पहिलो मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।