Category: समाचार

  • थप २ सय ८५ जनाले जिते कोरोना , संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५३४

    थप २ सय ८५ जनाले जिते कोरोना , संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५३४

    काठमाडौं  । नेपालमा शुक्रबार थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।

    योसहित नेपालमा हालसम्म ११ हजार ५३४ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

    बिहीबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

  • नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण

    नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षण गरिएकोमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)

    चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

    सार्वजनिक मौद्रिक नीतिले कोभिडका कारण थलिएको अर्थतन्त्रलाई जोगाउने प्रयास गरेको छ । अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए। सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

    त्यही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ। अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा मूल्य वृद्धि ७ प्रतिशतमा कायम गर्ने लक्ष्य राखिएको छ।

    मौद्रिक नीतिले बैंकहरूलाई रिझाउनुका साथै आम कोभिड प्रभावित ऋणीलाई पनि राहत प्याकेज ल्याएको छ । मौद्रिक नीतिले कोभिड प्रभावित ऋणको पुनरतालिकीकरण गर्ने राहत प्याकेज ल्याएको छ । कोरोनाको असर रहेसम्म बैंकहरूले ऋणीसँग कुनै जरिवाना लिन नपाउने भएको छ ।

    नयाँ सीमा अनुसार वाणिज्य बैंकहरुले कुल कर्जाको ०.१५ प्रतिशत विकास बैंकहरुले १ प्रतिशत, फाइनान्स कम्पनीहरुले १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाहरुले १.५ प्रतिशत मात्रै सेवा शुल्क लिन पाउने छन् ।

    नेपाल राष्ट्र बैंकले विगत १ दशकमा १५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेकाे उनले जानकारी गराएका छन् ।

  • कास्कीमा फेरी पहिरो, तीन जनाको ज्यान गयो

    कास्कीमा फेरी पहिरो, तीन जनाको ज्यान गयो

    कास्की कास्कीमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा पहिरोमा परी तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको ज्यान गएको छ । घरको एक साइडमा सुतेका उनीहरुको ज्यान गएको छ ।

    एकै घरमा सुतेपनि अर्को साइडमा रहेकाले उनीहरुका हजुरबुबा प्रेमराज, हजुरआमा र अर्का एक व्यक्ति भने बच्न सफल भएका छन् । स्थानीयले उज्यालो हुँदासाथ पहिरो देखेपछि प्रहरीमा खबर गरेका थिए। माछापुच्छ्रे गाउँपालिकाबाट तत्कालै पुगेको प्रहरी र वडा प्रहरी कार्यालय बगर पोखराबाट प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलबाट तीनवटै शव निकालेको छ । यसअघि पनि कास्कीका विभिन्न स्थानमा गएको पहिरोले आधा दर्जन मानिसको ज्यान गइसकेको छ ।

  • सुनसरीको सीमा क्षेत्रमा प्रहरीले गोली चलायो, दुई भारतीय तस्कर घाइते

    सुनसरीको सीमा क्षेत्रमा प्रहरीले गोली चलायो, दुई भारतीय तस्कर घाइते

    सुनसरी । सुनसरीको सीमा क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिकै आजराती प्रहरी र तस्कर समूहबीच गोनी हानाहान भएको छ । घटनामा दुई जना भारतीय तस्कर घाइते भएको प्रहरीले जनाएको छ । तीन जना तस्कर भने फरार छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादवलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ ।

    भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकल चढेर उनीहरु नेपालतर्फ छिर्न खोजेका थिए । नेपालमा अहिले सिमानाकाबाट निर्वाध छिर्न प्रतिवन्ध छ । भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको हो । उनीहरु हतियारसहित आएको खबर प्रहरीले पाएको थियो ।

    प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको प्रहरीको दावी छ । तस्कर समुहबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको जानकारी दिएको छ । घाइते भएका र फरार भएका मानिसहरु तस्करी, लागुऔषध कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ । सीमावर्ती क्षेत्रमा लकडाउनयता पटक पटक नेपाल र भारतीय हतियारधारी समूहबीच गोली हानाहान भइसकेको छ ।

  • नेकपा विवाद अझ बल्झिदै, आज पनि निस्कएन निकास

    नेकपा विवाद अझ बल्झिदै, आज पनि निस्कएन निकास

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझ बल्झिएको छ । लगातार दुई दिनसम्म शीर्ष नेताहरुबीच भएको भेटवार्ताले कुनै निकास निकाल्न सकेन । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गरेर वातावरण सहज बनाउन माग गरेका छन् ।

    उता, ओलीले भने राजीनामा नदिने अडान फेरी दोहोर्‍याए । उनले आफुले राजिनामा नगर्ने भन्दै सकेको गर्न समेत शीर्ष नेतालाई चूनौति दिएका छन् । शुक्रबार स्थायी कमिटी बैठक बोलाइएको छ । त्यसअगाडी विवाद समाधान गर्न समय दिइएको थियो । तर, पटक पटकका वार्ता असफल भइरहेका छन् ।

    यसअघि एक्लै वा स्थायी कमिटीका नेतासहित बैठक बसेका प्रचण्डले बिहीबार वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत बालुवाटार लगेर गएका थिए । बैठकमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएका छन् । छलफलमा प्रचण्ड र नेपाल दुबैको एक मत ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने रहेको थियो ।

    नेकपा सचिवालयका ९ जना सदस्यमध्ये ६ जना प्रधानमन्त्रीको राजिनामाको पक्षमा रहेका छन् । ओलीले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछाड्ने बताएका छन् । प्रचण्ड र नेपाल पक्षले भने सरकार एकपछि अर्को विवादमा फस्दा पार्टी नै अप्ठ्यारोमा परेको भन्दै प्रधाननमन्त्रीबाट राजीनामा दिनु पर्ने माग गरेका छन् ।

  • काठमाडौं उपत्यकामा समुदाय स्तरको परीक्षणमा भेटिएनन एक जना पनि संक्रमित

    काठमाडौं उपत्यकामा समुदाय स्तरको परीक्षणमा भेटिएनन एक जना पनि संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमन नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा गरेको परीक्षणले समुदायमा अहिलेसम्म कोरोना संक्रमण फैलिएको आधार नभेटिएको बताएको हो । कतै पनि नगएका केही व्यक्तिमा कोरोना भेटिएपछि उपत्यकाको समुदायमा संक्रमण फैलिएको आशंका गरिएको थियो ।

    महाशाखाले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण पत्ता लगाउन पछिल्लोपटक दुई हजार जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको जनाएको छ ।

    महाशाखाले परीक्षण गर्न उपत्यकाको तीनै जिल्लाका १२ वटा ठाउँ छनोट गरेको थियो । प्रत्येक ठाउँबाट १ सय ८० वटासम्म स्वाब संकलन गरिएको थियो । ती ठाउँबाट संकलन गरिएको स्वाबमध्ये टोखा नगरपालिकास्थित हरियाली बस्तीका तीन जना व्यक्तिमा संक्रमण देखिएको थियो । जसमा एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेकी महिला हुन् भने बाँकी दुईजना स्थानीय हुन् । त्यसबाहेक बाँकी ठाउँहरूबाट संकलन गरिएको स्वाब भने कुनै पनि पोजेटिभ देखिएन ।

    अस्पतालमा भर्ना भएका विरामी, बैंक, मालपोतजस्ता धेरै भीडभाड हुने स्थानहरूमा आउने सेवाग्राही र कर्मचारीको समेत परीक्षण भइरहेको छ । महाशाखाले चार वटा टोली बनाएर त्यस्ता ठाउँहरूबाट स्वाब संकलन कार्य गरिरहेकको छ । यो रणनीतिअनुसार काम गरिरहेको महाशाखाको तथ्यांकअनुसार ४२ सय बढीको परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

  • काठमाडौं थप एक जनामा कोरोना संक्रमण

    काठमाडौं थप एक जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

    प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकलको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना भाइरसको संकध्रमण पुष्टि भएको हो ।

  • आज नेकपा शीर्ष नेताको छलफल, निस्केला निकास ?

    आज नेकपा शीर्ष नेताको छलफल, निस्केला निकास ?

    काठमाडौं । सत्तारुढ नेकपाको विवाद अझै सुल्झिएको छैन । सोही सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बुधबारको छलफल बुधबारसमेत निष्कर्षबिहिन बनेको छ । नेताहरुबीच बिहीबारसमेत छलफलको तयारी छ । बुधबार दुई नेता करीव ३ घण्टा छलफल गरेका थिए ।

    साउन २ गतेसम्म स्थायी कमिटी बैठक स्थगित गरी छलफलमा जुको नेता अझै सहमति नजिक पुगेका छैनन् । बुधबार भएको छलफलमा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । छलफल सकारात्मक भएको नेताहरुको दावि रहेको छ । आजको छलफलमा भने अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत सहभागी गराउने तयारी रहेको छ । नेताहरु प्रधानमन्त्रीको राजिनामाकै पक्षमा छन् । प्रधानमन्त्री भने कुनै पद नछाड्ने अडान यथावत राखेका छन् ।

  • राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार

    राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार

    न्युयोर्क

    राष्ट्रपति ट्रम्प पुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले चर्चित ब्रान्ड गोयाको एउटा बट्टा बोकेर सामाजिक संजालमा फोटो पोष्ट गरे लगत्तै ब्यापक आलोचना भएपछि बुधबार राष्ट्रपति ट्रम्प स्वयमले ओभल अफिस कै टेबलमा गोया ब्रण्डका बोडी, सिमी, चनाका लगायतका बट्टालाई लहरै राखेर प्रदर्शन गरेका छन् ।  राष्ट्रपति कार्यालयकी सल्लाहकारले कुनै पनि कम्पनीको सामानलाई प्रोत्साहन र प्रचार गर्नुलाई संघीय कानूनको प्रष्ट रुपमा उलंघन भएको भन्दै बिज्ञहरुले आलोचना गर्दै आएका थिए ।  छोरी ईभांकाले गोयाको कालो सिमीको बट्टा बोकेको फोटो सामाजिक संजालमा आउने बित्तिकै सर्बत्र आलोचना बढ्दै गएको अवस्थामा राष्ट्रपति स्वयमले भने गोया कम्पनीको राज्मा, चना नरिवलको धुलो लगायतका पाँच उत्पादनलाई आफ्नै टेबलमा राखेर प्रदर्शन गरेका छन् । ट्रम्पले बुधबार गोयाका ती उत्पादनलाई ओभल अफिसको आफ्नै टेबलमा लहरै राखेर दुबै हात उठाएर ‘थम्स अप’ समेत गरेका छन् ।

    ईभांकाले मंगलबार गोयाको कालो सिमीको बट्टा बोकेर कम्पनीको नारा ‘यदि यो गोया हो भने यो राम्रो छ’ लाई अंग्रेजी र स्प्यानिस भाषामा लेखेर ट्विटर र फेसबुकमा फोटो पोष्ट गरेकी थिईन ।  

    अमेरिकी कानूनले संघीय कर्मचारीलाई सरकारी कार्यालयमा कुनै पनि उत्पादन सेवा र उद्यमको समर्थन गर्न वर्जित गरेको छ ।  ल्याटिनो समुदायमा अत्याधिक चर्चित गोयाका मालिक रोबर्ट अनन्युले गत हप्ता राष्ट्रपति ट्रम्पसँगको ह्वाईट हाऊसमा आयोजित सार्वजनिक भेटघाटका क्रममा ‘तपाईंलाई नेताको रुपमा पाएर हामी आफुलाई भाग्यमानी ठान्दछौ’ भनेका थिए ।  गोया मालिक अनन्युले राष्ट्रपतिलाई सार्वजनिकरुपमा समर्थन गरे लगत्तै गोयाका उत्पादनलाई बहिस्कार गर्दै ‘बोइकट गोया’ र ‘गोयावे’ जस्ता ह्यासट्याग ट्विटरको ट्रेन्डिङमा थिए ।

  • टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला

    टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला

    टेक्सास

    अमेरिकामा दिन-दिनै नेपालीको मृत्‍युको खबर बढ्दै छ । दुई दिन अगाडि मात्र दुई नेपाली युवाको माछा मार्न जाने क्रममा मृत्‍यु भएको खबरको पिडा सेलाउन नपाउँदै मंगलवार साँझ सेन्ट्रल टेक्सासको कलिनस्थित एक नेपाली युवा झुन्डिएको अवस्थामा फेला परेका छन् । मुलघर रुकुम खलङगा निवासी ३० बर्षीय पारस खड्का मंगलवार साँझ ५:३० बजे तिर बरण्डामा झुन्डिएको अवस्थामा फेला परेको एनआरएन अमेरिकाका केन्द्रिय सदस्य तथा सामाजिक अभियन्ता सिपि पौडेलले जानकारी दिए ।  

    सन् २०१३ मा डाईभर्सिटी भिसा अन्तर्गत अमेरिका आएका खड्का नेपालमा नेपाल विद्यार्थी संघमा सकृय थिए भने जनसंपर्क समितिमा समेत आबद्ध थिए । उनले दुई दिन अगाडि मात्र ब्ल्याक एण्ड ह्वाईट फोटो टाईम लाईनमा अपलोड गरेको देखिएको छ ।अमेरिकास्थित आफन्त तथा साथीभाइले स्व. खडकाको फेसबुक पेजमा ट्याग गरेर थुप्रै समबेदना ब्यक्त समेत गरेका छन् ।

  • नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो

    नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो

    न्युयोर्क

    मोटर साईकलमा यात्रु ओसार पसार गर्ने ‘पठाओ’ का एक संस्थापक सदस्य फहिम सलेहको मृत शरीर न्युयोर्क सहरको लोअर ईष्ट साईडको एक सुबिधा सम्पन्न अपार्टमेन्टमा सोमबार भेटिएको अमेरिकास्थित मुलधारका संचार माध्यमले जनाएका छन् । युवा उद्यमी फहिमले नाईजेरियाको लागि ‘गोखडा’ एप्स बनाएर संचालनमा ल्याएका थिए भने नेपाल र बंगलादेशमा ‘पठाओ’ चर्चित छ ।  

    फहिमलाई अन्तिम पटक उनी बस्ने अपार्टमेण्ट भवनको एलिभेटरबाट मास्क लगाएको अर्को एक जनासँग एलिभेटर चढ्दै  गरेको सिसिटिभी फुटेजमा देखिएको संचार माध्यमहरुले जनाएका छन् ।  

    ३३ बर्षीय बंगलादेशी आप्रबासी फहिमले पहिलो ब्यवसाय माध्यामिक शिक्षा लिंदादेखि सुरु गरेका थिए । उनी आबद्ध कम्पनीले बुधबार ट्विटर मार्फत समबेदना ब्यक्त गरेको छ । घटनामा संलग्न संकास्पद कोही पनि हालसम्म पक्राऊ नभएको प्रहरी श्रोतले जनाएको छ ।

  • अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई  जाँदैछ

    अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ

    न्युयोर्क

    अमेरिकामा अब देशभरका अस्पतालहरुले कोरोना भाईरसको आँकडा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) लाई होईन बाटो बदलेर सोझै ह्वाईट हाऊस प्रशासनलाई  पठाउनु पर्ने भएको छ । ट्रम्प प्रशासनले अस्पतालहरुलाई सिडिसिलाई पन्छाएर सोझै व्हाईट हाऊस प्रशासनको  “ ‘सेन्ट्रल डाटाबेस सिस्टम’मा अमेरिका भरका बिरामीहरुको आँकडा पठाउन आदेश गरेको हो । ट्रम्प प्रशासनको यो कदमले अमेरिकास्थित स्वास्थ बिज्ञहरुले बिरामीको आँकडा राजनीतिकरण हुने वा सर्वसाधारणबाट लुकाईन सक्ने शंका ब्यक्त गरेको न्युयोर्क टाईम्सले लेखेको छ । ट्रम्प प्रशासनको यो निर्णयका बारे हालै डिपार्ट्मेन्ट् अफ हेल्थ एण्ड ह्युमन सर्भिसको वेब साईटमा प्रकासित १३ पेजको सुचनामा जनाईएको छ । सुचनामा अस्पतालहरुले कसरी डिपार्ट्मेन्ट्लाई कोरोनाको आँकडा जानकारी गराउने भन्ने निर्देशन गरेको छ । युएस डिपार्ट्मेन्ट् अफ हेल्थ एण्ड ह्युमन सर्भिसका एसिस्टेन्ट सेक्रेटरी माईकल क्यापुटोले यो नयाँ पद्दतिले सुचना छिटो र प्रभाबकारी ढंगले संचार हुने प्रतिकृया दिएको एनबिसि न्युजले जनाएको छ । न्युयोर्क टाईम्सले यसै सम्बन्धमा प्रकाशित समाचारमा भनेको छ; ‘कोरोना संक्रमणको आँकडाका सम्बन्धमा लागू गरिएको नयाँ नियम अन्तर्गत हेल्थ एण्ड ह्युमन सर्भिसको डाटा सिस्टममा आउने सुचना सार्वजनिक हुँदैन, जस्ले गर्दा महामारीको बिषयमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता र स्वास्थ बिज्ञहरुलाई असर गर्ने छ ।  

    १ लाख ३६ हजार ८ सय ३२ को मृत्‍यु र ३४ लाख ७ हजार ५ सय ५६ जना संक्रमित भएपछि ट्रम्प प्रशासनको भाईरस संक्रमित मृतकको संख्या, अस्पताल बेडको संख्या, भेन्टिलेटर संख्या प अस्पतालमा उपचारत सबैको सुचना ह्वाईट हाऊस प्रशासनलाई पठाउनु पर्ने नयाँ नियम आएको हो । यो नियम जुलाई १५ तारिख बुधाबारदेखि लागू हुनेछ ।  ट्रम्प प्रशासन यति बेला सम्पूर्ण शिक्षण संस्था खोल्न र जबरजस्ती जनजीवन सामान्यिकरण गर्न हतारिएको छ ।

  • अनलाइन कक्षा बन्द गर्ने निर्णय, शिक्षक-कर्मचारीलाई बेतलबी बिदा

    अनलाइन कक्षा बन्द गर्ने निर्णय, शिक्षक-कर्मचारीलाई बेतलबी बिदा

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्।

    नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्।

    विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने निर्णय गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदामा राख्ने निर्णय पनि गरिएको छ ।

    कोभिड–१९ का कारण गत चैतबाट पठनपाठन अवरुद्ध भएपछि शिक्षा मन्त्रालयले २०७७ साल आषाढ १ गते देखि लागू हुने गरी ‘वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका’ जारी गरेको थियो ।

    उक्त निर्देशिकाको अधीनमा रहने गरि संस्थागत विद्यालयहरुले समेत शैक्षिक–सत्र २०७७ का लागि विद्यार्थीहरुको अभिलेखिकरण गर्ने तथा नियमित वैकल्पिक कक्षाहरु (अनलाइन/अफलाइन मार्फत) थप व्यवस्थित गर्ने तयारी गर्दै इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो/एफ.एम. मार्फत समेत दूरशिक्षा कार्यक्रम सञ्चालन गरेका थिए ।

  • कोेरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

    कोेरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

    काठमाडौं  । नेपालमा कोरोना भाइरस सं‌क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार रौतहटको परूवा नगरपालिका-७ का ३६ वर्षका पुरुषको मृत्यु भएको हो ।

    उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो ।

    उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।

    त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । बुधबार बिहान उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।

  • नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण,६९७ जना डिस्चार्ज

    नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण,६९७ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ९० जनाको नमुना परिक्षण गरिएकोमा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ९७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ।

    कुल संक्रमितमध्ये ३९ जनाको मृत्यु भएको छ।

  • गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो ।

    म्याग्दीका ९, तनहुँका ३, नवलपरासीपूर्वका ११, गोरखाका १ र कास्कीका १ जनामा संक्रमण देखिएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या ९ सय २५ रहेको छ।

  • ट्रम्प प्रशासनले फिर्ता लियो अनलाईन कक्षा लिने विदेशी विद्यार्थी देश पठाउने निर्णय

    ट्रम्प प्रशासनले फिर्ता लियो अनलाईन कक्षा लिने विदेशी विद्यार्थी देश पठाउने निर्णय

    न्यूयोर्क

    अनलाईन कक्षा मात्र पढ्ने विदेशी विद्यार्थीले अमेरिका छोड्नु पर्ने निर्णयबाट ट्रम्प प्रशासन पछाडि हटेको छ । सरकारले गत जुलाई ६ मा अनलाईन मात्र कक्षा लिने एफ वान भिसा भएका विद्यार्थीले आफ्नै देश फर्किएर पढाई निरन्तरता दिनु पर्ने निर्णय गरेको थियो ।

    फर्कन नमान्ने विद्यार्थीलाई पक्रेर डिपोर्ट गरिने युएस इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्टको भनाइ थियो । आप्रवासीप्रति सुरु देखिनै अनुदार ट्रम्प प्रशासनले आसन्न राष्ट्रपतीय चुनावको फाइदा हेरेर उक्त निर्णय लिएको थियो । तर, उनको निर्णयको चर्को आलोचना भयो । कोरोना भाइरस महामारीका कारण सबै शिक्षण संस्थाले अनलाईन पढाईलाई जोड दिएका बेला आएको यस्तो निर्णयले बहु संख्यक विद्यार्थी अमेरिका छोड्न बाध्य हुने भन्दै सरोकारवालाले विरोध गरेका थिए ।

    सरकारको निर्णय बिरुद्ध विश्व प्रख्यात हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीले अदालतमा मुद्दा दायर गरेका थिए । मंगलबारको सुनुवाइमा सरकारले उक्त निर्णय फिर्ता लिने जानकारी अदालतलाई दिएको थियो । सरकार पछि हटेपछि विद्यार्थीहरुको जीत भन्दै हार्वर्ड विश्वविद्यालयले खुसीयाली मनाएको छ । यो निर्णय कार्यान्वनमा गएको भए १० हजार बढि नेपाली विद्यार्थी पनि प्रभावित हुने आंकलन गरिएको थियो । अब अमेरिकामा रहेका विद्यार्थीलाई भन्दा पनि नयाँ भिषा आवेदन गर्ने विद्यार्थीको हकमा यो नियम लागु गर्ने सरकारले जनाएको छ ।

  • मेलम्ची परिक्षणका दौरान दुई कर्मचारी वेपत्ता

    मेलम्ची परिक्षणका दौरान दुई कर्मचारी वेपत्ता

    सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका दौरान दुई कर्मचारी वेपत्ता भएका छन् । पानीले बगाएर उनीहरुलाई वेपत्ता पारेको छ । जसले गर्दा तत्कालका लागि सुरुङ परिक्षणको काम समेत स्थगित हुन पुगेको छ । मंगलबार आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक परेको समयमा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर ४ जनालाई बगाएको थियो । त्यसक्रममा दुई जनाको उद्दार भएको छ । दुई जनालाई भने पानीले बगाएको छ ।

    उनीहरुको अवस्था अज्ञात रहेको छ । दुर्घटनापछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको आयोजनाले जनाएको छ । उनीहरु मंगलबार दिउँसो परीक्षणका क्रममा रहेको सुरुङको फ्लसिङ गेटमा पानी चुहावटको दर निरीक्षण गर्न गएका थिए । आयोजनाकाअनुसार गेटको निरीक्षणमा गएका एकजना इन्जिनियर र आयोजनाका सवारी चालक मेलम्चीको सुरुङमा बेपत्ता भएका हुन् ।

    परमर्शदाता इप्टिसा र मेलम्ची खानेपानी बोर्डका एक–एक जना इन्जिनियर घाइते भएका छन् । सुरुङमा पानी चुहावटको अवस्था अध्ययन गर्न अम्बाथानको अडिट टनेल (मुख्य सुरुङमा जान बनाइएको सुरुङ) हुँदै फ्लसिङ गेटमा पुगेका बेला सुरुङमा पानीको चाप अत्यधिक भएर गेटको मेकानिकल नटहरु फुस्किएको बताइएको छ ।

    प्रहरीका अनुसार बेपत्ताको खोजी भइरहेको छ । दुर्घटनापछि मेलम्चीको अस्थायी बाँधबाट सुरुङमा पानी हाल्न बन्द गरिएको छ । अब सुरुङ खाली गरी गेटहरुको अवस्था निरीक्षण गरेपछि मात्रै पुनः पानी हालिने भएको छ । २१ असारदेखि मेलम्ची सुरुङमा पानी हालेर परीक्षण सुरु भएको थियो ।

  • नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

    नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार ३ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय १६जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • टेक्सासमा ‘कोभिड पार्टी’ नामको अनौठो भोज खाँदा ३० बर्षीय युवाको मृत्‍यु

    टेक्सासमा ‘कोभिड पार्टी’ नामको अनौठो भोज खाँदा ३० बर्षीय युवाको मृत्‍यु

    न्युयोर्क

    ‘मलाई लाग्छ मैले गल्ती गरें । मैले सोचें यो झुटो हो तर यो सत्य रहेछ’ ।

    यी हरफहरु ३० बर्षीय एक कोरोना बिरामीको अन्तिम वाक्यांस हो । जसको मृत्‍यु टेक्सासको सान अन्टोनियोस्थित मेथोडिड हस्पिटलमा भयो । ती युवा कथित ‘कोभिड पार्टी’ नाम दिईएको एक भोजमा सहभागी भएपछि संक्रमित भएको अस्पतालले जनाएको छ । मेथोडिड हस्पिटल एण्ड मेथोडिड चिल्ड्रेन हस्पिटलका चिफ मेडिकल अफिसर जेन एप्पलबीले अस्पतालद्वारा जारी भिडियोमा “कोभिड -१९ को कारण मृत्‍यु भएका ३० बर्षीय युवक जो एक कोरोना संक्रमितले आयोजना गरेको भोजमा सहभागी भएपछि संक्रमित भएको” बताएकी छिंन् । कोरोना झुटो हो कि ? हल्ला मात्र हो कि ? वा साँच्चै हो ? भनेर बुझ्नको लागि मात्र आयोजना गरिएको त्यो ‘कोभिड पार्टि’ नाम दिएको भोजमा सहभागी ती युवाले अस्पतालको नर्सलाई बताएको अस्पताल कि चिफ मेडिकल अफिसर एप्पलबीले बताएकी हुन् । मृतक ३० बर्षीय युवाको परिचय र पार्टी आयोजकको नाम गोप्यता कानूनका कारण अस्पतालले सार्वजनिक गरेको छैन । कहाँ र कहिले ‘कोभिड पार्टी’ आयोजना गरिएको थियो त्यो पनि अस्पतालले सार्वजनिक गरेको छैन ।  पार्टीमा कति जना सहभागी थिए ? पार्टीमा सहभागी भएको कति दिनपछि ती युवा अस्पताल भर्ना भए, त्यो पनि भनिएको छैन । डा एप्पलबीले “बिशेष गरी टेक्सासबासीहरुका लागि जँहा संक्रमितको संख्या बढीरहेको छ त्यहाँका मानिसहरुलाई सतर्क गराउन यो कहानी सेयर गरेको” बताएकी छिंन् । कुनै संक्रमित ब्यक्तिद्वारा ‘कोभिड पार्टी’ नाम दिएर आयोजित जमघटमा आफु सहभागी भएको कुरा मृतक युवाले मृत्‍यु हुनु पूर्व आफ्नो उपचारमा संलग्न नर्सलाई बताएको समेत भिडियो बिज्ञप्तिमा जनाईएको छ । तर यसै सप्ताहन्त अस्पातलले जारी गरेको भिडियोमा उक्त ३० बर्षीय युवाको दु:खद अन्त्य डा एप्पलबीले बताएकी छन् ।

    यद्यपी स्वास्थ अधिकारी र सरकारी अधिकारीहरुले भनें “कोभिड पार्टी” वास्तव मै आयोजना भै रहेको छ कि छैन भन्ने कुरामा शंका ब्यक्त गरेको न्युयोर्क टाईम्सले जनाएको छ । सोमबार सान एन्टोनियोस्थित हेल्थ डिपार्ट्मेन्ट्ले आफुसँग त्यस्तो भोज आयोजना भएको वा नभएको कुनै सुचना नभएको प्रतिकृया दिएको टाईम्सले लेखेको छ । अस्पतालले बिरामीको गोप्यताको कानून भन्दै मृतकको परिचय सार्वजनिक गर्न मानेको छैन भने अस्पताल मार्फत मृतकको परिवारसँग कुराकानी गर्ने प्रयास गर्दा परिवारले अस्विकार गरेको न्युयोर्क  टाईम्सले जनाएको छ । अस्पतालकी प्रबक्ता लौरा ब्रिडेनले ‘म त्यहाँ थिईन तर हाम्रो चिफ मेडिकल अफिसर एप्पलबीले भनेको कुरा म विश्वास गर्दछु’ ।  

    टेक्सासमा जुलाई १२ सम्म २ लाख ६५ हजार संक्रमित र ३ हजार २ सय ५२ को मृत्‍यु भै सकेको छ ।

  • नारायणगढ–मुग्लिन सडकखण्ड भासियो, एकतर्फी यातायात सूचारु

    नारायणगढ–मुग्लिन सडकखण्ड भासियो, एकतर्फी यातायात सूचारु

    नारायणगढ । करीव तीन वर्ष लगाएर गत वर्ष मात्र निर्माण सम्पन्न भएको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १७ किलो भन्ने स्थानमा सडक भासिएको छ । यसले सडक एकतर्फी मात्र खुलेको सडक शुक्रबार बिहान भासिएको हो । त्यसपछि यातायात एकतर्फी गरेर मर्मत थालिएको नेपालको सरकारी समाचार एजेन्सी राससले उल्लेख गरेको छ ।

    आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातायात सञ्चालनका लागि काम भइरहेको बताइएको छ । यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको सरकारी अधिकारीले जनाएका छन् । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै भासिएको हो।

    १७ किलोमा तीनदेखि ३ दशमलव ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ। सडक ग्राबेलिङ गरेपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने बताइएको छ । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ।

  • उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा‍‍.डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

  • नेपालमा एकैदिन १७०५ जना कोरोना संक्रमित डिस्चार्ज

    नेपालमा एकैदिन १७०५ जना कोरोना संक्रमित डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

    यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।

  • नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण

    नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण

    काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ८ सय ५६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता

    तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता

    तनहुँ । नेपालको पहाडी भेगमा पहिरोले ठूलो जनधनको क्षति गर्ने क्रम जारी रहेको छ । सोहीक्रममा तनहुँमा समेत विभिन्न स्थानमा गएको पहिरोले ११ जना मानिसलाई वेपत्ता पारेको छ । अविरल वर्षापछि जिल्लाका थुप्रै स्थानमा पहिरो गएको छ । प्रहरीका अनुसार पहिरोमा ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरका ५ जना वेपत्ता छन् ।

    व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना र व्यास नगरपालिका–९ मा एक बृद्धा हराइरहेकोजिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । यसरी म्याग्दे गाउँपालिका–१ का एक सहित तनहुमा ११ जना बेपत्ता भएका हुन् । ऋषिङ गाउँपालिका–८का अनबहादुर थापाको ५ जना एकै घरका छोरा, बुहारी र नातिनी भएको प्रहरीले जनाएको छ ।

    उता, व्यास–९ माझकोटको केशरबहादुर थापाको घर भत्किदा ४ जना र सोही ठाउँका मान बहादुर घर्तीको ७० वर्षीया महिला हराइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्दारको काम जारी रहेको बताइएको छ । गण्डकी प्रदेश यस वर्ष पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको छ । यस प्रदेशको म्याग्दीमा २० जनाको मृत्यु भइसकेको छ । ११ जना अझै वेपत्ता छन् । लमजुंग र कास्कीमा समेत पहिरोले मानवीय क्षति गरेको छ ।

  • यूरोपमा क्रिकेटको रौनक पनि फर्कियो, पहिलो टेस्टमा वेस्ट इण्डिज विजयी

    यूरोपमा क्रिकेटको रौनक पनि फर्कियो, पहिलो टेस्टमा वेस्ट इण्डिज विजयी

    साउथह्याम्पटन । कोरोना भाइरसको महामारीबाट हजारैं मानिस गुमाएको यूरोप अब सामान्य जनजीवनमा फर्कने प्रयासमा छ । फूटबल खेलहरुक संचालनमा आइसकेको यहाँ अब क्रिकेटको रौनक समेत फर्किएको छ । यद्दपी खेल बीना दर्शक हुने गरेका छन् । कोरोना महामारीपछि पहिलो पटक भएको टेस्ट क्रिकेटमा वेस्ट इण्डिजले इंल्याण्डलाई पराजित गरेको छ ।

    जर्मेन ब्ल्याकउड ब्याटिङमा चम्किएपछि वेष्ट इन्डिजले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट ४ विकेटले जितेको हो । यससँगै वेष्ट इन्डिजले तीन खेलको सिरिजमा १,० को अग्रता बनाएको छ । पाँचौ तथा अन्तिम दिन वेष्ट इन्डिजले जितका लागि २०० रनको लक्ष्य पाएको थियो ।

    ब्ल्याकउडले दुई अर्धशतकीय साझेदारीसहित ९५ रनको इनिङ्स खेले । जसले उनको टीमलाई जितसम्म डोर्याउन महत्वपूर्ण भूमिका खेल्यो । साउथह्याम्पटनको दी रोस बोल स्टेडियममा घरेलु टोली इंग्ल्याण्डले २८४ ,८ बाट अन्तिम दिनको खेल थालेको थियो । पहिलो इनिङ्समा २०४ रनमा अलआउट भएको इंग्ल्याण्डले वेष्ट इन्डिजलाई जितका लागि २०० रनको लक्ष्य दिएको थियो ।

  • न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

    न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

    न्युयोर्क      

    कुनै दिन राष्ट्र कै कोरोना एपिसेन्टर बनेको न्युयोर्क सहरमा गत शनिबार ११ तारिख पहिलो पटक कोरोनाको कारण मृत्‍यु तथ्यांक शुन्य रह्यो । कोरोनाको कारण मार्च ११ तारिख पहिलो एक जनाको मृत्‍यु भएको न्युयोर्क सहरमा गत अप्रिल ७ तारिख सबैभन्दा धेरै ५ सय ९७ को मृत्‍यु भएको थियो ।

    न्युयोर्क सहरमा कोरोनाको कारण शनिबार शुन्य मृत्‍यु भएपछि न्युयोर्क सिटी हलकी प्रबक्ता एभ्री कोहेनले एक बिज्ञप्तीमा भनेकी छिन्; ‘न्युयोर्क सहरबासीहरु कोरोना कहरमा  एक अर्कालाई सुरक्षित राख्ने कुरामा सबैभन्दा माथि रहेर नायक साबित भएका छन्’ ।

    न्युयोर्क सहरको ५ बोरोमा शनिबार कसैको पनि मृत्‍यु नभए पनि न्युयोर्क राज्यभरमा भने ५ जनाको मृत्‍यु भएको छ । न्युयोर्क सहरमा हालसम्म १८ हजार ६ सय ७० जनाको मृत्‍यु भई सकेको छ ।

  • फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो

    फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो

    फ्लोरिडाले यस अघिको एकै दिन पुष्टी भएका नयाँ संक्रमितको रेकर्ड आँफैले आईतबार तोडेको छ । गत जुलाई ४ तारिख एकै दिन ११ हजार ४ सय ३४ संक्रमित पुष्टी भएर अमेरिकामा नै रेकर्ड राखेको फ्लोरिडाले आईतबार आफ्नै रेकर्ड तोड्दै एकै दिन १५ हजार २ सय ९९ नयाँ संक्रमितको रेकर्ड कायम गरेको हो ।

    अमेरिकाको न्युयोर्क राज्यमा कोरोना महामारी मध्येमा सबैभन्दा धेरै एकै दिन गत अप्रिल १४ तारिखका दिन ११ हजार ५ सय ७१ नयाँ संक्रमित भेटिएका थिए । फ्लोरिडामा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । डिपार्टमेण्ट अफ हेल्थका अनुसार हालसम्म फ्लोरिडामा २ लाख ६९ हजार ८ सय ११ जना संक्रमित भै सकेका छन् भने पछिल्लो २४ घण्टा भित्र मृत्‍यु भएका ४५ जना गरेर त्यहाँ मृतकको संख्या ४ हजार २ सय ४२ पुगेको छ ।  

    फ्लोरिडामा आईतबारसम्म ४० वटा अस्पतालमा आईसियु बेड भरिएर आईसियु बेडको अभाव हुन थालेको छ । शनिबारसम्म त्यहाँका अस्पतालमा ७ हजार बिरामी भर्ना भएका छन् ।  

    एजेन्सी

  • न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

    न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

    न्युयोर्क

    न्युयोर्कमा कोरोनाभाइरस संक्रमण सम्बद्ध एउटा नयाँ आँकडा सार्वजनिक भएको छ ।आकस्मिक स्वास्थ जाँचको लागि चर्चित सिटिएमडिद्वारा सार्वजनिक आँकडाका अनुसार मार्चमा सुरु भएको महामारीले  सबै  भन्दा  धेरै  प्रभाबित  क्वीन्स  बोरोमा  बसोबास गर्नेहरुको ठुलो संख्यामा  एण्टिबडी  पोजेटिभ  देखिएको छ ।  तर त्यो आँकडाले जोसँग एन्टीबडी छ तिनीहरुको प्रतिरक्षा प्रणाली मजबुत नै भन्ने ग्यारेन्टि भने गरेको होईन ।

    गत बिहिबार न्युयोर्क टाईम्सले पहिलो पटक सार्वजनिक गरेको आँकडा अनुसार कुईन्समा  जाँच  गरिएका  मध्ये  ६८  प्रतिशत कुईन्सस्थित कोरोनाबासीमा एण्टीबडी पोजेटिभ भेटिएको छ भने केही पर ज्याक्सन हाईट्सको क्लिनिकमा जाँच गरिएका मध्ये ५६ प्रतिशतमा एन्टिबडी पोजेटिभ भेटिएको छ । सिटिएमडि न्युयोर्क भरी संचालित बिना अप्वाईन्टमेन्ट बिरामी जाँच्ने क्लिनिक हो ।  

    काम गरी खानु पर्ने बर्गको बाहुल्यता रहेको कोरोना र ज्याक्सन हाईट्सको क्लिनिकमा  यति ठुलो अनुपातमा एन्टीबडी पोजेटिभ भेटिदा ब्रुकलिनस्थित गोरा जाती र धनीहरुको बाहुल्यता रहेको कबल हिलको क्लिनिकमा भने जम्मा १३ प्रतिशतमा मात्र एन्टिबडी भेटिएको छ  । ब्रुकलिनस्थित  फ्ल्याटबुस  क्षेत्रमा  ४५  प्रतिशतमा एण्टीबडी  भेटिएको  छ ।  त्यसैगरी  ठुलो  संख्यामा  हिस्प्यानिक समुदायको  बसोबास  रहेको  र  मध्यम  प्रकृतिको आम्दानी भएको ब्रुकलिनस्थित  बुस्विकमा  ३५  प्रतिशतमा  एण्टीबडी भेटिएको छ । त्यसैगरी  महामारीको  अर्को  केन्द्र  बिन्दु  ब्रोंक्समा ३७ प्रतिशतमा एण्टीबडी  भेटिएको  सिटीएमडिले  जनाएको  छ ।  यो  आँकडाले जनाउँदछ कि अल्पसंख्यक र  काम गरी खानु पर्ने बर्गको बसोबास रहेको समुदाय जो नराम्रोसँग कोरोना महामारीको प्रभाबमा परे त्यति बेला उनीहरुमा प्रतिरक्षा प्रणालीको बिकास भै सकेको हुन सक्दछ ।  जुन २६ सम्म सिटीएमडिले न्युयोर्क शहर भित्र  ३ लाख १४ हजार मानिसमा एन्टीबडी जाँच गरी सकेको छ, जसमध्ये २६ प्रतिशतमा एन्टीबडी पोजेटिभ भेटिएको छ ।
    सिटीएमडिका मेडिकल अपरेसनका सिनियर भाईस प्रेसिडेन्ट डा डेनियल  फ्रोजेलले  न्युयोर्क  टाईम्सलाई  भनेका  छन्;  “जब जनसंख्याको ठुलो हिस्सालाई जाँच गरिन्छ र त्यो जनसंख्या मध्येको ठुलो हिस्सामा  प्राबिधिक  रुपमा  भाईरस  बिरुद्ध  प्रतिरक्षा प्रणाली भेटिन्छ  तब  हामीले  सोच्न  थाल्नु  पर्छ  कि,  के  ती  मानिसमा अब भाईरस  प्रबेश  गर्छ ?  र  ती मानिस कोरोनाको कारण अब  बिरामी हुन्छन् ? भन्ने कुरा लगभग असम्भब नै हो” ।

    एन्टिबडी पोजेटिभ देखिनुको मतलब के वास्तवमा नै यो समुदायको प्रतिरक्षा  क्षमता  बिकास  भएको हो त ? भन्दै डा फ्रोजेलले भनेका छन्; “के उनिहरु सुरक्षित छन् ? यो कति लामो समयको लागि हुने हो ? हामीले कस्तो किसिमको सुझाव यस्ता मानिसलाई दिईरहेका छौ ? त्यो कुरामा हामी धेरै सचेत हुनु पर्दछ” । डा फ्रोजेलले थप प्रस्ट पार्दै भनें; ‘हामीले यस्ता मानिसलाई हात धुनु पर्दैन? मास्क लगाउनु पर्दैन? तिमीहरुले आफुलाई सुरक्षित राख्नु पर्दैन? भनेर भन्न मिल्दैन र भन्न सक्दैनौ’ ।

    न्युयोर्कमा सम्भबित दोश्रो लहरको कोरोना संक्रमणको त्रास रहेको बेला सरुवा रोग बिशेषज्ञ किटो डिमिसीले टाईम्सलाई भनेका छन्; ‘भबिष्यमा कोरोना संक्रमणको खतरा अल्पसंख्यक समुदायमा भने निकै कम हुने छ’।

    न्युयोर्क सहरमा कन्ट्याक ट्रेसिङ प्रोग्रामका कार्यकारी निर्देशक डा टेड लङले पनि प्रतिरक्षा प्रणाली कति शक्तिशाली र कति लामो समयसम्म रहन्छ भन्ने कुरा प्रष्ट नभए पनि उनले आशा ब्यक्त गर्दै भनेका छन्; “महामारीको चपेटामा परिसकेका क्वीन्सको कोरोना जस्तो समुदाय जहाँ बसोबास गर्नेहरुको ठुलो संख्यामा देखिएको एण्टीबडीले समुदायलाई केही न केही कोणको रक्षा भने गर्दछ”।

    यता क्युनी स्कुल अफ पब्लिक हेल्थका सरुवारोग बिषयमा प्रोफेशर डेनिस न्यासले भनेका छन्; “गत महामारीमा कम प्रभाबित समुदाय भित्र अर्को पटक आउने महामारी ब्यापक हुने देखिन्छ” ।  

    क्लिनिक अवस्थित क्षेत्र आसपासका समुदायका मानिसले मात्र आएर त्यो क्लिनिकमा एण्टीबडी जाँच नगर्ने र अन्य ठाउँबाट पनि आएर जाँच गराउने हुँदा ठ्याकै कति जना त्यो समुदायका मानिसमा एन्टीबडी छ, यकिन आँकडा नआए पनि अधिकतम संख्या भने देखिने क्लिनिकले बताएको छ । अमेरिकामा सार्वजनिक भएका राष्ट्रियस्तरको आँकडाले देशभर अश्वेत र गँहु गोरो समुदाय कोरोनाबाट ज्यादा प्रभाबित भएको प्रष्ट भै सकेको छ । यही समुदायका मानिस अधिक मात्रामा अस्पताल भर्ना हुने र मृत्‍यु हुनेमा पर्दछन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जुलाई १२ सम्म अमेरिकामा गोरा जाती भन्दा ५ दोब्बर धेरैको अनुपातमा अश्वेत ,अमेरिकन ईन्डियन र अलास्का नेटिभ अस्पताल भर्ना भएका छन्  । गोरा जाती भन्दा हिस्प्यानिक र ल्याटिनो ४ दोब्बर धेरैको अनुपातमा अस्पताल भर्ना भएका छन् ।

    न्युयोर्कमा मार्चदेखि सुरु भएको महामारीमा धनी समुदायका मानिस महामारी लगत्तै कोही सुरक्षित क्षेत्रमा छुट्टी मनाउन गएका थिए भने अधिकांश घरमा नै बसेर काम गर्दै सामाजिक दुरीलाई कायम गर्न सफल भएका कारण संक्रमणबाट सुरक्षित भएका थिए । काम गरी खानु पर्ने बर्ग भने अधिकांश सार्वजनिक यातायात प्रयोग गर्दै काममा जाने र गुजारा चलाऊने गरेको थियो ।  

    (यो सामाग्री हामीले न्युयोर्क टाईम्सबाट लिएका हौं)