Category: समाचार

  • प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो ।

    सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए।

    आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् ।

    नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

  • सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

    सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

    काठमाडौं । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।

    मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।

    लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन्।

    पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि पार्टीले बनाएको कार्यदलले सिफारिस गरेको थियो।

    लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।

  • उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण

    उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको हो ।

  • नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो

    नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

    यो सहित डिस्चार्ज हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ ।

  • पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

    पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

    युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना गरेका थिए।

    अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। मृतकको शव व्यवस्थापन कार्य नेपाली सेनाको राजदल गणको टोलीले गर्ने भएको छ। मृतक युवा मानसिक विरामी रहेको बताइएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

  • मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

    मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

    काठमाडौं । सरकारले अब मास्क नलगाई बाहिर निस्किनेमाथि कडाई गर्ने भएको छ । गृहमन्त्रालयले सोमबार मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । यो निर्देशन देशैभर लागू गर्न पनि भनिएको छ ।

    ‘कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यसकारण सरकारले लागू गरेको पुरानै नियमलाई निरन्तरता दिन लागिएको हो । , ‘सरकारले दुई मिटरको दूरी कायम गर्नुपर्ने, मास्क लगाएर मात्र बाहिर निस्किनुपर्ने नियम ल्याएको छ ।

    पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभरी कोरोना संक्रमित बढिरहेका छन् ।

  • नेपालमा थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

    नेपालमा थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

    यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ ।

  • काठमाडौंका २४ सहित उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

    काठमाडौंका २४ सहित उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौंको २४ जना, ललितपुरको २० जना र भक्तपुरको १० जना संक्रमित थपिएका हुन् । मन्त्रालयले संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

  • आज निक्लेला नेकपा विवादको समाधाान ?

    आज निक्लेला नेकपा विवादको समाधाान ?

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । यसअघि शुक्रबार बोलाइएको बैठक विवादले उग्र रुप लिएसँगै स्थगित भएको थियो । बैठक अगाडी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने बताइएको छ । उक्त वार्ता निष्कर्षमा पुग्न सके विवाद समाधान हुनेछ । नत्र पार्टी फूटको जोखिममा रहेको निष्कर्षमा स्वयम नेकपाका नेताहरु पुगिसकेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आइतबार भएको वाताले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज फेरी बैठक बस्ने निर्णय भएको छ । सहमतिका लागि प्रयास गर्ने सहमति सहित आइतबारको बैठक टुंगिएको थियो ।

    प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीले सरकार एकलौटी चलाएको, नेताहरुको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै पार्टी भित्रै उनको राजिनामा माग भइरहेको छ । अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव कुमार, झलनाथ खनाल र बामदेव गौतम एकातर्फ छन् भने ओली अर्को पक्षमा छन् ।

    सोहीकारण अहिले प्रधानमन्त्री ओली एक्लिएका छन् । पार्टीमा एक्लिएका उनले विपक्षी दल कांग्रेससँग हिमचिम बढाउन थालेपछि झन आलोचना बढेको छ । कांग्रेस नेता गगन थापाले जनताले दुई तिहाई बहुमतको साथ दिएको ५ वर्ष एकै पार्टीले सरकार चलाउन दिएको आदेश भएको भन्दै सरकार परिवर्तनको खेल घृणित भएको बताइसकेका छन् । सोहीकारण तत्काल कांग्रेसले समेत ओलीलाई साथ दिने सम्भावना कम छ ।

  • साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्‍यु ८ घाईते

    साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्‍यु ८ घाईते

    साउथ क्यारोलाइनाको ग्रिनभिलस्थित एक नाईट क्लबमा आईतबार गोली चल्दा २ जनाको मृत्‍यु भएको छ भने ८ जना घाईते भएका छन् । क्लब ल्याबिस भित्र गोली चलेको आवाज सुनेपछि त्यही क्षेत्रमा गस्तीमा हिंडेका प्रहरी अधिकारीहरु क्लब भित्र छिरेर उद्धार गरेका थिए । सन्धिग्द अपराधीको पहिचान भै सकेपनि क्लब भित्र गोली चलाउनुको कारण भने हालसम्म थाहा नभएको ग्रिनभिल काउन्टी सेरिफ हबर्ट लुईसले बताएको एनबिसि न्युजले जनाएको छ । आईतबार बिहान १ बजेर ५० मिनेट जाँदा गस्तीमा रहेका प्रहरी अधिकारीले घटनास्थलबाट गोली चलेको आवाज आएको र मानिसको भिड कुददै गरेको देखेपछि प्रहरीहरु क्लबमा गएको समेत काउन्टी सेरिफ लुईसले बताएका छन् ।

    क्लब भित्र गोली चलाउने ब्यक्ति एक वा एक भन्दा बढी थिए भन्ने कुरा प्रष्ट नखुलेको र गोली चलाउनुको उद्देश्य नखुले पनि ग्याङ्सँग सम्बन्धित हुन सक्ने प्रहरी श्रोतले बताएको छ । घाईतेहरुलाई उपचारको लागि नजिकको अस्पतालमा लागिएको छ ।

  • नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

    नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा आइतबार समेत सहमतिको कुनै संकेत भेटिएन् । आइतबार थुपै्र भेटघाट र छलफल भएपनि कुनै पनि छलफल निष्कर्षमा भने पुग्न सकेनन् । आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माधव कुमार नेपाल र झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे ।

    भेटमा नेताहरुले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव आउने भन्ने अफवाह मात्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउन सक्ने सम्भावित अध्यादेशको बारेमा मात्र सचेत रहेको बताएका थिए । यसअघि प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुसँग राष्ट्रपति र आफुविरुद्ध षडयन्त्र भइरहेको बताएको थिए ।

    नेताहरुले भने यसलाई ओलीको सत्ता जोगाउने कार्ड मात्र भएको बताएका छन् । शीतल निवासको छलफलपछि प्रचण्ड ओलीसँग निर्णायक वार्ताका लागि भन्दै प्रधानमन्त्री निवास गएका थिए । प्रचण्ड र ओलीबीच दुई दुई जना दोस्रो तहमा नेतासमेत सहभागी थिए । ओलीको साथमा शंकर पोखरेल र विण्णु पौडेल तथा प्रचण्डको साथमा जनार्दन शर्मा र वर्षमान पुन सँगै थिए ।

    यो वार्तामा सोमबारको स्थायी समिति बैठक अगाडी पुनः सहमतिको प्रयास गर्ने सहमति भएको छ । तर, दुबै नेता आफ्नो अडानमा अडिग रहेपछि सोमबार समेत सहमति हुनेमा भने आशंका जारी नै छ । आइतबार नै प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेता सुवास नेम्बांग काग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगे ।

    उक्त भेटमा संवैधानिक निकायमा नियुक्तिको विषयमा कुराकानी भएको बताइए पनि सत्ता साझेदारीका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने र देउवासँग मिलेर अर्को सरकार गठन गर्ने गरी ओलीको प्रस्ताव देउवासँग पुगेको समेत स्रोतको दावी रहेको छ ।

    यसले आइतबार पनि आशंका र अफवाहका बीच छलफल टुगिंएका छन् । तर, नेकपाको सन्दर्भमा अब के हुन्छ भन्ने सम्बन्धमा भने आइतबार कुनै निष्कर्ष आएन । छलफल सोमबार निर्णायक हुने नेताहरुको दावी रहेको छ ।

  • काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

    उपत्यकामा कहाँ कहाँ कोरोना संक्रमित थपिएका हुन् भन्ने विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन।

  • नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

    नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ ।

  • नेपालमा कोरोनाबाट थप एकको मुत्यु, क्वारेन्टिनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि

    नेपालमा कोरोनाबाट थप एकको मुत्यु, क्वारेन्टिनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि

    काठमाडौं । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार बिहान मृत्यु भएका निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

    उनि परिवारका पाँच सदस्यसहित गत असार १ गते भारतबाट आएका थिए। मृतकको स्थायी घर निसीखोला गाउँपालिका भए पनि उनको ससुराली ढोरपाटनमा भएकाले त्यहीँ नजिकको क्वारेन्टिनमा बसेका थिए।

    लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

  • के राष्ट्रपति दल विशेषको विवादमा तानिन मिल्छ ?

    के राष्ट्रपति दल विशेषको विवादमा तानिन मिल्छ ?

    काठमाडौं । राष्ट्रप्रमुखका रुपमा निर्वाचित भइसकेपछि दलको दायराबाट माथि उठ्नुपर्ने पद राष्ट्रपति यतिबेला नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विवादको मियो बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका सबै कदममा आँखा चिम्लेर समर्थन गर्दै आएकी थिइन् । त्यसमाथि शनिबार प्रधानमन्त्रीले आफ्नो कुर्सीको बचाउमा अब राष्ट्रपतिलाई समेत मुछेका छन् ।

    प्रधानमन्त्री निकटकै मानिसबाट शनिबार बिहानदेखि राष्ट्रपतिलाई महाअभियोगको हल्ला फिजाइएको थियो । त्यसकै साहारामा उनले साँझ मन्त्री र राज्यमन्त्रीहरुसँग बैठक गरी आफु दुई (राष्ट्रपति र प्रधानमन्त्री) विरुद्ध षडयन्त्र भइरहेको भन्दै अब कित्ताकाट गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका थिए । त्यसका लागि तयार रहन समेत उनले मन्त्रीहरुलाई चेतावनी दिएका थिए ।

    प्रधानमन्त्रीले आफ्नो कुर्सीको रक्षाका लागि धेरै कार्ड खेलिसकेका छन् । त्यसमा सबैभन्दा बलियो कार्ड अरुलाई भारत समर्थक र आफु भारत विरोधी राष्ट्रवादी नेता देखिनु थियो । सोहीकारण भारतले आफ्नो सत्ता उल्टाउन लागेको र त्यसमा नेपालका नेताले साथ दिएको अभिव्यक्ति उनले दिएका थिए । सोही अभिव्यक्तिका कारण आलोचनाको शिकार बनेका प्रधानमन्त्रलीले अब फेरी राष्ट्रपतिलाई केन्द्रमा तानेका छन् ।

    नेकपाका नेताहरु यसलाई प्रधानमन्त्रीको अन्तिम अस्त्र मान्छन् । यो उपायमा पनि असफल भएमा उनी देशमा संकटकाल घोषणाको मुडमा हुनेछन् । किनकी उनले स्पष्ट भनेका छन्, म दुबै पद छाड्दिन् । प्रधानमन्त्रीले राष्ट्रपतिलाई एक पदको विवादमा तान्ने र त्यसमा राष्ट्रपतिले दिएका साथलाई भने धेरै मानिसले गणतन्त्र माथिकै प्रहारका रुपमा ब्याख्या गर्न थालिसकेका छन् ।

  • कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड

    कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड

    एजेन्सी

    तीन महिनाअघि मात्र सेनिटाईजर उत्पादनको व्यवसाय सुरु गरेको एक जोडीले बेलायतमा ३० मिलियन पाउण्ड कमाई सुरक्षित गर्न सफल भएको छ ।बेलायतस्थित एण्ड्रु र रेचल मन्टगले ‘क्लियर वाटर हाईजिन’ नामक कम्पनी मार्फत अग्रपङ्तिका कामदार लक्षित उच्च गुणस्तरको सेनिटाईजर उत्पादन सुरु गरेको १२ हप्तामा नै ३० मिलियन बराबरको कर्पोरेट कण्ट्र्याक्ट गर्दै बजारमा स्थापित भएको हो ।कोरोना संक्रमणलाई विश्व स्वास्थ संगठनले महामारी घोषणा गरे लगतै सेनिटाईजरको उत्पादन गर्न सुरु गरेको कम्पनीले प्रति हप्ता ९ लाख लिटर उत्पादन क्षमता पुर्याई सकेको छ ।  

    कोरोना महामारीपछि सेनिटाईजर उत्पादन ब्यवसायमा प्रबेश गरेका ४ सन्तानका माता पिता बिगत १५ बर्षदेखि घर तथा सम्पत्ति ब्यवसायमा आबद्ध थिए ।स्कटल्याण्डस्थित जिन उत्पादन गर्दै आएको डिसिड डिस्टिलरीका मालिकले महामारीमा सहयोग पुग्ने भन्दै जिन उत्पादन रोकेर सेनिटाईजर उत्पादनमा लाग्न लागेको कुरा मन्टग जोडीलाई सुनाएका थिए ।डिसिड डिस्टिलरीका मालिकको उक्त बिचार सुनेपछि मन्टग जोडी पनि आफ्नो रियल स्टेट ब्यबसाय रोकेर सेनिटाईजर उत्पादन ब्यापारमा लाग्ने निर्णयमा पुगेको थियो ।  असी प्रतिशत ईथानोल भएको सेनिटाईजर उत्पादन सुरु गरेका जोडीले बेलायतस्थित सरकारी हुलाक ओ -२ ,रिटेल ,बि पि ,अल्डी ,जे डि प्लेस जस्ता कम्पनीसँग लामो समयसम्मको लागि सम्झौता गरी सकेको छ । कम्पनीमा अहिले १२ जना पूर्णकालिन कर्मचारी कार्यरत छन् भने मुख्य कार्यालयमा ८ जना पार्ट टाईम कर्मचारी छन् ।

  • प्रधानमन्त्री वार की पारको मुडमा, मन्त्रीहरुसँग भने : कित्ता छुट्याउनुपर्छ

    प्रधानमन्त्री वार की पारको मुडमा, मन्त्रीहरुसँग भने : कित्ता छुट्याउनुपर्छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अब पार्टी एक भएर जान नसक्ने निष्कर्षमा पुगेका छन् । उनले सोही भावको सन्देश शनिबार मन्त्रीहरुलाई समेत दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएका प्रधानमन्त्रीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको उल्लेख गरे ।

    बालुवाटार स्रोतका अनुसार अब मन्त्रीहरुले समेत कित्ता छुट्याउने समय आएको भन्दै त्यसमा तयार रहन आग्रह गरे । षडयन्त्र चिर्न आफुले कदम चाल्नु पर्ने हुन सक्छ भन्दै उनले अब मन्त्रीहरुले समेत कित्ता स्पष्ट पार्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो । यसले प्रधानमन्त्री अब पार्टी विभाजनको मुडमा पुगिसकेको संकेत मिल्ने स्रोतको भनाई छ ।

    प्रधानमन्त्रीले मन्त्रीहरुसँग भेट्नु अगाडी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए । शनिबार दिउँसो राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने षडयन्त्र भइरहको हल्ला संचारमाध्यममा फैलिएको छ । यसबाट प्रधानमन्त्री ओली अझ बढी आत्तिएकको पाइएको छ ।

    अब प्रधानमन्त्री वार की पारको मुडमा रहेको समेत बताईको छ । उनले आज अर्का अध्यक्ष प्रचण्डसँग भेट्न मानेका थिएनन् । सोहीकारण स्थायी समिति बैठक समेत स्थगित भएको छ । ओलीले स्थायी समिति बैठकको समेत सामना गर्न सकेका छैनन् ।

  • कैलालीमा विष सेवन गरेका दुई युवती मृत फेला

    कैलालीमा विष सेवन गरेका दुई युवती मृत फेला

    धनगढी । कैलालीमा विष सेवन गरेका दुई युवतीको ज्यान गएको छ । शनिबार दिउँसो धनगढी उप–महानगरपालिका वडा नम्बर ७ बेलीस्थित मिलन सामुदायिक वनभित्र उनीहरू मृत भेटिएको प्रहरीले जानकारी गराएको छ ।

    धनगढी उप–महानगरपालिका वडा नम्वर ७ की १९ वर्षीया गोमा विक र चुरे गाउँपालिकाकी २३ वर्षीया करिस्मा रावत विष सेवन गरेपछि मृत भेटिएको प्रहरीले जनाएको छ । रावत दिदीको घरमा बस्न भनी धनगढी आएकी थिइन्।

    केही महिनादेखि साथी गोमासँगै बस्दै आएको बुझिएको प्रहरीको भनाई छ । जंगलमा घाँस काट्न गएका युवती बेहोस अवस्थामा लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा सल्फासको बोतल भेटिएको प्रहरीले जनाएको छ ।

    अत्यन्तै मिल्ने साथि भएपनि विष सेवन गरी सँगै आत्महत्याको कारण भने खुलेको छैन । शवलाई पोष्टमार्टम गर्न सेती प्रादेशिक अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय नेपालमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि भएको छ ।

  • बझाङ पहिरो: ६ जनाको शव फेला, उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा

    बझाङ पहिरो: ६ जनाको शव फेला, उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा

    बझाङ । बझाङमा गएको पहिरोमा मृत्यु हुनेको संख्य ६ पुगेको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अझै एक जना वेपत्ता रहेको बताइएको छ । एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव फेला परेको छ ।

    १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको समेत पहिरामा परी ज्यान गएको छ । २० वर्षीय गिरी जेठारा अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान गाउँ माथिबाट पहिरो आएपछि १७ वटा घर बगाएको थियो । धेरै मानिसले राती पहिरो आएको थाहा पाएपछि भागेर ज्यान बचाएका थिए । ७ जना भने वेपत्ता थिए ।

    स्थानीय बासिन्दाका अनुसार यस घटनामा २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु समेत पहिरोमा बगेका छन् । यस गाउँमा ६५ घर परिवार छन् । बस्तीको बीचबाट आएको पहिरोका कारण अहिले गाउँ नै जोखिममा परेको छ। यसैबीच बझाङको केदारस्युँ गाउँपालिका ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेना सवार गाडी दुर्घटनामा परेको छ।

    केदारस्युँ गाउँपालिका–४ बाग्थलामा सेना चढेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । सेनाले से १ ज ४७७ नम्बरको जिप लिएर पहिला गएको स्थानतर्फ लागेको थियो । सोही जीप दुर्घटनामा परेको हो ।

    गाडीमा नेपाली सेनाका उपसेनानी शिव श्रेष्ठसहित १५ जना चढेका थिए । गाडी सडक छेउमा पल्टिँदा नेपाली सेनाका ३ जना जवान घाइते भएका छन् । घाइते हुनेमा सिकेन्द्र चलाउने, राजु कुमाल र मीनबहादुर शाही रहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था भने सामान्य छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएको हो। उनलाई १४ गते अस्पताल भर्ना गरिएको थियो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्षयरोगका बिरामी थिए। उपचाका क्रममा मृत्यु भएपछि उनको असार १८ गते पिसिआर परीक्षण गरिएको थियो।

    योसँगै नेपालमा ३४ कोरोना संक्रमितको मृत्यु भएको छ।

  • नेपालमा थप २३२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५४९१ पुग्यो

    नेपालमा थप २३२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५४९१ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या यससँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २ सय ७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ। मृतकको संख्या ३४ पुगेको छ ।

  • बझाङ पहिरो : दुई जनाको शव भेटियो

    बझाङ पहिरो : दुई जनाको शव भेटियो

    बझाङ । बझाङमा गएको भिषण पहिरोमा पुरिएका मध्ये दुई जनाको शव भेटिएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार राती गएको पहिरोमा १७ वटा घर बगेको स्थानीय बताएका थिए । त्यसमा पुरिएका मध्ये दुई जनाको शव भेटिएको छ । अझै केही व्यक्ति अझै सम्पर्कविहीन रहेको स्थानीयको भनाई छ । मृतकको पहिचान हुन बाँकि रहेको छ ।

    प्रहरी घटनास्थलतर्फ लागेका कारण क्षतिको यकिन विवरण प्रहरी पुगेपछि मात्र प्राप्त हुने स्थानीय प्रशासनले जनाएको छ । घटनास्थलमा जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली लागेको छ । कालंगा जलविद्युत आयोजनामा खटिएको नेपाली सेनाको एक टोली समेत घटनास्थलतर्फ लागेको छ । तर, बाटोमा पहिरो गएको र सवारी साधन नपुग्दा जोखिम मोलेरै सुरक्षाकर्मी जान परेको प्रशासनको भनाई छ ।

  • बझाङमा पहिरो, १७ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाँकि

    बझाङमा पहिरो, १७ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाँकि

    बझाङ । बझाङमा पहिरोमा १७ घर पुरिएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएका छ । प्रहरी घटनास्थलमा पुग्न बाँकि रहेका कारण क्षतिको एकिन विवरण भने नआइसकेको प्रहरीले बताएको छ पहिरो आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    अहिले नेपाली सेना र प्रहरी टोली घटनास्थलतर्फ लागेको स्थानीय प्रशासनले जनाएको छ । पहिरोले कच्ची बाटो बगाएका कारण प्रहरी पुग्न समेत कठिन भएको छ । खोलामा बाढी बढेर तर्न समेत कठिन रहेको बताइएको छ । स्थानीय बासिन्दाका अनुसार घरमाथिको डाडाँ नै खसेर १७ वटा घर बगाएको छ । घटनामा ७ जना बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    शुक्रबार आइसोलेशनमा भर्ना भएका संक्रमितको शनिबार बिहान पाँचबजे मृत्यु भएको गोरखा अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

    ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ लगातार खोजी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

    उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

    यसअघि कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

  • अज्ञात बन्दुकधारीद्वारा मालीमा ३२ जना डोगोन किसानको हत्या

    अज्ञात बन्दुकधारीद्वारा मालीमा ३२ जना डोगोन किसानको हत्या

    एजेन्सी

    पश्चिम अफ्रिकाको मालीमा गत बुधाबार अज्ञात बन्दुकधारीद्वारा दर्जनौ मानिसहरुको हत्या भएको छ ।मोटर साईकल चढेर आएका  बन्दुकधारीहरुले ३२ जना डोगोन किसानहरुको हत्या गरिएको हो ।आक्रमणकारीहरुले बुर्किना फासो जनिकैको मोप्ती क्षेत्रका चारवटा गाँऊमा बसोबास गर्ने डोगोन जातीको हत्या गरेको एसोसिएट्स प्रेसले जनाएको छ । स्थानिय अधिकारीहरुले बुधाबार मारिएकाहरुको कुल संख्या बिहीवार सार्वजनिक गरेका थिए भने घटनामा ५ जना घाईते भएका छँन्।

    बुधाबार आफ्नो खेतबारीबाट गाँऊ घर फर्कीरहेका गौआरी डिजिम्डो पङाजोउगु र डिलाईकान्दाबासी किसानहरुलाई मोटर साईकलमा आएका आक्रमणकारीहरुले बाटोमा नै हत्या गरेको स्थानिय अधिकारीहरुको हवाला दिंदै एसोसिएट्स प्रेसले  जनाएको छ। हत्यामा मुस्लिम प्रिथकतावादी सेनाको संलग्नता भए नभएको प्रस्ट नभए पनि प्रत्यक्षदर्सीका अनुसार बन्दुकधारी आक्रमणकारीहरु सबै छिमेकी फुलानी शहरबाट आएका थिए ।केही समयदेखी जियादी सेना छिमेकी फुलानी शहरमा नै आश्रय लिएर बसेका थिए ।जियादी सेना स्थानियहरुलाई  सैनिक अभ्यास गराउदै आएका थिए भने गत बर्ष डोगोन जाती संलग्न समुहले छिमेकी  फुलानी हर्डसमिन समुहका १ सय ३० जनाको हत्या गरेको थियो ।बुधाबारको हत्या गत बर्षको हत्या काण्डको बदला लिन गरेको पनि हुन सक्न्ने स्थानिय अधिकारीहरुले अनुमान गरेका छँन् । 

    संयुक्त राष्ट्र संघका अनुसार यो बर्ष मात्र अशान्त मध्य मालीमा ६ सय नागरिकको हत्या भै सकेको छ ।

  • न्युयोर्कमा तीन हप्तापछि कोरोना संक्रमित संख्या पुन: बढ्यो

    न्युयोर्कमा तीन हप्तापछि कोरोना संक्रमित संख्या पुन: बढ्यो

    न्युयोर्क

    न्युयोर्कमा तीन हप्तापछि पहिलो पटक कोरोना संक्रमितको संख्या पुन: बृद्धि भएको छ । न्युयोर्कमा बिहीवार संक्रमितको संख्या ९ सय १८ र मृतकको संख्या ९ गणना  गरिएको न्युयोर्क गभर्नर एण्ड्रु कुमोले बताए ।महामारी सुरु भएपछि अन्तिम दिन जुनको १२ तारिख ९ सय १६ संक्रमित देखिएको न्युयोर्कमा त्यसपछि  संक्रमितको संख्या लगातार घटेको थियो । तीन हप्तासम्म घट्दै गएको संक्रमित संख्या हिजो बिहिबार बढेर  ९ सय १८ गणना भएको छ । यो संख्या न्युयोर्क राज्यस्तरमा देखिएको संख्या हो ।  

    गभर्नर कुमोले शुक्रबार भनें; “न्युयोर्कमा बिहीबार पुन: संक्रमितको संख्या ९ सय माथि पुगेको छ । यद्यपी यो संख्या बिहीबार जाँच गरिएका कुल संख्याको १ दशमलब ३८ प्रतिशत मात्र हो”। न्युयोर्कमा न्युयोर्क राज्यमा कोरोनाको कारण शुक्रबारसम्म २४ हजार ८ सयको मृत्‍यु भै सकेको छ ।

  • प्रचण्ड-ओलीको तीन घण्टा लामो वार्तामा समेत निस्किएन निकास

    प्रचण्ड-ओलीको तीन घण्टा लामो वार्तामा समेत निस्किएन निकास

    काठमाडौं । शुक्रबार नेकपा भित्रको विवाद मिलाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड बीच करीव चीन घण्टा वार्ता भयो । वालुवाटारमा भएको यो वार्तालाई निर्णायक माानिएको थियो । वार्तामा दोस्रो पुस्ताका नेता विण्णु पौडेल र जनार्दन शर्मासमेत सहभागी भएका थिए । नेकपा स्रोतका अनुसार वार्तामा दुबै नेता आफ्नो अडानमा टसमस भएनन् ।

    त्यसकारण शुक्रबार कुनै निष्कर्ष भने निस्किएन । यद्दपी बिहीबार विकसित राजनीतिक परिस्थितिका बीच नेकपा फुटिहाल्छ की भन्ने अनुमान भने शुक्रबार दुई नेताको वार्तापछि केही मत्थर भएको छ । शनिबार स्थायी कमिटि बैठक आह्वान गरिएको छ । त्यसअघि नै दुई नेता पुनः बसेर विवाद साम्य बनाउने सन्दर्भमा दुई नेताबीच सहमती भएको स्रोतको भनाई छ ।

    दुबै नेताबीच सौहार्दपूर्ण वातावरणमा बैठक भएको र पार्टी एकता कायम राख्ने सन्दर्भमा भने सहमती देखिएको बताइएको छ । शुक्रबार प्रधानमन्त्रीको समर्थनमा कृतिम जुलुसहरु बजारमा निस्किएपछि त्यसले पार्ने प्रभावका सन्दर्भमा प्रचण्डले सचेत गराएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय आफ्नो सरकार ढाल्न भारतले चलखेल गरेको र त्यसमा नेताका नेताले साथ दिएको अभिव्यक्ति दिएपछि नेकपामा विवाद चुलिएको हो ।

    आफ्नो सत्ता टिकाउन भारतीय कार्ड प्रयोग गरेको भन्दै पार्टी भित्रै प्रधानमन्त्रीको व्यापक आलोचना भइरहेको छ । नेकपाका अधिकांश स्थायी समिति सदस्य प्रधानमन्त्रीको विपक्षमा देखिएका छन् ।

  • अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट

    अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट

    जुलाई ३, न्युयोर्क

    एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा नेशनल नलेज कन्भेन्सन आजदेखि शुरु हुँदैछ । जुलाई ३ तारिख साँझ ६ (EST) बजे नेपाल सरकारको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालबाट नै यो कार्यक्रमको उदघाटन गर्नु हुने जानकारी कन्भेन्सनका कन्भेनर तथा बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले दिनु भएको छ।

    साधारण सभा र नलेज कन्भेन्सनको मुख्य दिन जुलाई ४ तारिख हो । सो दिन बिभिन्न क्षेत्रका विज्ञहरुले आ-आफ्ना कार्यपत्र र विचार सम्प्रेषण गर्ने गरी कार्यक्रम तय भएको नलेज कन्भेन्सनका संयोजक डाक्टर तारा सिग्देलले जानकारी दिनु भएको छ।

    कोरोनाभाइरस महामारीको कारण साधारण सभा भर्चुअल हुने भएको छ । साधारण सभाका सम्पूर्ण कार्यक्रमहरु जुम (भिडियो भेला एप) बाट गरिने भएकोले घरमा बसेर नै हेर्न सकिने छ ।

  • मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या

    मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या

    एजेन्सी 

    म्याक्सिकोस्थित एक लागू औषध सुधार केन्द्र भित्र बुधबार केही बन्दुकधारीले गोली चलाउँदा २६ जनाको मृत्‍यु भएको छ भने ५ जना घाईते भएका छन् । मध्ये मेक्सिकोको ग्वानाहुआटो राज्यको ईरापुआटोस्थित लागू औषध सुधार केन्द्र भित्र साँझ साँढे पाँच बजेतिर केही बन्दुकधारी प्रवेश गरी सबैलाई भुँईमा घोप्टिन लगाएर गोली हानी हत्या गरिएको प्रहरीको हवाला दिंदै स्थानीय संचार माध्यमले जनाएका छन् । हत्यामा संलग्न उक्त बन्दुकधारी समुह पिकअप ट्रक चढेर सुधार केन्द्रमा आएको मेक्सिको डेलीले जनाएको छ । म्याक्सिकोमा अपराधिक समुह बीच गोली हानाहान हुनु र लागू औषध सुधार केन्द्र भित्र यस्ता प्रकृतिका घटना घट्नुलाई सामान्य मानिने गरिए पनि बुधबारको यो घटना सन् २०१८ को डिसेम्बरमा राष्ट्रपति लोपेज अब्राडोरको कार्यकाल सुरु भए यताको सबैभन्दा ठुलो घटना हो । बुधबारको उक्त घटना घटेको स्थान ग्वानाहुआटोबाट ५० किलोमिटर दक्षिणमा पर्ने एक सहरको सुधार केन्द्रमा पनि एक महिना अघि यस्तै प्रकृतिको घटना घट्दा १० जनाको मृत्‍यु भएको थियो ।म्याक्सिको मात्र होईन, अधिकांश ल्याटिन अमेरिकी देशहरुमा यस्ता हत्या र हिंसाका घटनालाई सामान्य ढंगले हेर्ने गरिए तापनि कोरोनाको महामारीपछि मेक्सिकोमा हत्याका घटनामा ब्यापक बृद्धि भएको न्युयोर्क टाईम्सले जनाएको छ । गत मार्च महिनामा मात्र मेक्सिकोमा ३ हजार वटा हत्याका घटना घटेका थिए । अधिकांश सेवा निबृत्त अमेरिकी नागरिकको बसोबासको रोजाईमा पर्ने गरेको कार उत्पादन केन्द्रको रुपमा चिनिने पर्यटकीय राज्य ग्वनाहुआटोमा मात्र पछिल्ला महिनाहरुमा मासिक औसतरुपमा १२ वटा हत्याका घटना भएका छन्। मेक्सिकोको ग्वनाहुआटोमा संचालित २६५ वटा सुधार केन्द्र मध्ये १५ वटा मात्र सरकारी स्वीकृतिमा चलेको र बाँकी सुधार केन्द्र आफु खुसी चल्ने गरेको स्थानीय नगरपालिका प्रमुख रिकार्डो वोर्टिजको हवाला दिंदै मेक्सिको डेलीले लेखेको छ ।

    बुधबार साँझको घटना लगत्तै स्थानीय संचार माध्यमहरुमा प्रकाशित घटनास्थलको तस्बिरमा मानिसका घोप्टो परेको मृत शरीरको चाँङ र रक्त पोखरीको भयावह दृष्य देखिएको छ । लागू औषध सुधार केन्द्रमा भएका सबैलाई गोली प्रहार गरिएको उक्त घटनाको उद्देश्य प्रष्ट नभए पनि बिगतमा पनि ठुला लागू औषध गिरोहसँग स्थानीय साना गिरोह बीच यस्ता घटना घट्ने गरेको छ । कतिपय समय सुरक्षाका लागि यस्ता अपराधिक समुहका सदस्य सुधार केन्द्रमा लुक्ने गरेको कारण यस्ता झडप हुने गरेको छ ।

  • नेपालमा एकैदिन ८ सय २३ जनाले जिते कोरोना

    नेपालमा एकैदिन ८ सय २३ जनाले जिते कोरोना

    काठमाडौं । नेपालमा थप ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।

    योसहित नेपालमा हालसम्म ६ हजार १ सय ४३ जना उपचारपछि निको भएका छन्। कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

    हालसम्म नेपालमा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।