Category: समाचार

  • भारतविरुद्ध पाकिस्तानको कडा कदम, तोडियो व्यापारिक सम्बन्ध

    भारतविरुद्ध पाकिस्तानको कडा कदम, तोडियो व्यापारिक सम्बन्ध

    इस्लामावाद । जम्मू कश्मीरको विषयलाई लिएर पाकिस्तानले भारतविरुद्ध कडा कदम चालेको छ । पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध नै तोड़ने निर्णय गरेको छ ।

    पाकिस्तानी सुरक्षा परिषद्को बैठकले उक्त निर्णय गरेको हो । पाकिस्तानस्थित भारतीय उच्चायुक्तलाई भारत पिर्ता पठाउने र आफ्ना राजदूतलाई पनि भारतबाट फिर्ता बोलाउने निर्णय पाकिस्तानले गरेको छ ।

    पाकिस्तानले भारतीय सीमामा अवस्थिति एयरस्पेस बन्द गरिदिएको छ । पाकिस्तानले जम्मु कश्मीरको विषयलाई संयुक्त राष्ट्र संघमा समेत लैजाने भएको छ ।

    भारतसँगका द्धिपक्षी सन्धी सम्झौतामा समेत समिक्षा गर्ने निर्णय पाकिस्तानले लिएको छ ।

    प्रधानमंत्री इमरान खानको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको हो ।

    परिषद्मा सुरक्षा निकायका प्रमुख तथा गुप्तचर निकायका प्रमुख समेत सदस्य हुने प्रावधान रहेको छ । यसबाहेक विदेश मन्त्री, रक्षा मन्त्रीलगायत मन्त्रीसमेत यस परिषद्मा रहन्छन् ।

    भारतीय सरकारले जम्मु कश्मीर सम्बन्धी संविधानको एक धारा नै निलम्बित गर्दै उक्त क्षेत्रलाई अब आफ्नो केन्द्र सरकार मातहत शासित हुने क्षेत्र घोषणा गरेको थियो ।

    यसको विरोधमा पाकिस्तानले कडा कदम चालेको हो ।

    एजेन्सी

  • ३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकियो

    ३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकियो

    काठमाडौं । २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ ।

    पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा छन् ।

    यी सम्पदाहरुको पुनर्निर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ खर्च भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

    पुनर्निर्माण सम्पन्न सम्पदाहरुमा हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनर्स्थापना तथा तलेजु मन्दिर मुख्य छन् ।

    त्यसैगरी भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायण लगायतका मन्दिरहरुको पुनर्निर्माण कार्य सम्पन्न भएका छन् ।

    चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ ।

    त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनर्स्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ ।

    ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्य समेत गरिएको छ । त्यसैगरी थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपा लगायतका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण भैसकेको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको कार्य धेरै अघि बढिसकेकाले प्राधिकरणले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताएको प्राधिकरणले उल्लेख गरेको छ ।

    सम्पदाहरुको पुनर्निर्माणलाई अझ तीव्र पार्न पुरातत्व विभागको क्षमता वृद्धि गर्नुका साथै अनुगमनलाई थप प्रभावकारी बनाउने उनको प्रतिवद्धता रहेको छ ।

    पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्ष २०७६र०७७ मा थप १५० वटा सम्पदाको पुनर्निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

    पुनर्निर्माण भइरहेका मुख्य सम्पदाहरुमा रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायत छन् ।

    भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणमा नेपाल सरकारका स्रोतका अतिरिक्त विभिन्न राष्ट्रहरुले पनि सहयोग गरेका छन् ।

    यसरी सहयोग गर्नेमा चीन, भारत, अमेरिका, स्वीट्जरल्याण्ड, श्रीलंका, जापान लगायत छन् । काठमाडौँस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ एप्लाइड आर्टसले पनि सहयोग गरेका छन् ।

    भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदाहरुमा क्षति पुगेको थियो । ती मध्ये ७ सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका छन् भने भूकम्प प्रभावित १७ जिल्लाका १ सय ३८ वटा सम्पदा छन् ।

  • सिंहदरबारको आडमै भेटियो बम

    सिंहदरबारको आडमै भेटियो बम

    काठमाडौं । बुधबार एका बिहानै राजधानीको माइतिघर मण्डलामा बम भेटिएको छ। बम भेटिएको स्थान सिंहदरबारको आड नै हो भने यहाँबाट केही मिटरको मात्र दूरीमा सैनिक मुख्यालय रहेको छ ।

    माइतीघर मण्डलास्थित सेन्ट जेभियर्स कलेज अगाडि सकेट बम फेला परेको प्रहरीले पुष्टी गरेके छ ।

    महानगरीय प्रहरी परिसरका अनुसार बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ । बम कसले र किन राख्यो भन्ने खुलेको छैन ।

    शंकास्पद वस्तु भेटिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । यद्दपी उक्त स्थानबाट भने प्रहरीले कुनै सुराकी फेला पार्न सकेको छैन ।

  • एनआरएन युरोप क्षेत्रीय बैठक -चर्चा नेपालमा लगानी, मिसन चुनाबी जोड घटाऊ

    एनआरएन युरोप क्षेत्रीय बैठक -चर्चा नेपालमा लगानी, मिसन चुनाबी जोड घटाऊ

    विश्वन्युज ,युरोप संवाददाता
    इटलीको रोममा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएन)को युरोप क्षेत्रीय बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आइतबार अबेर सम्पन्न बैठकमा नेपालमा लगानी भित्र्याउने विषय प्रमुख रुपमा छलफल भयो । पर्यटन प्रवद्र्धन, लगानीको अवसर तथा चुनौती र नेपाली नागरिकको निरन्तरताका विषयमा छलफल भएको छ ।
    दुई दिनसम्म रोममा भएको युरोप क्षेत्रीय बैठकमा झण्डै ४ सय जनाको सहभागी रहेको थियो । प्रमुख अतिथिका रुपमा उपस्थित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गैरआवासीय नेपालीको सम्पत्तिमाथीको अधिकार सुनिश्चित हुने प्रष्ट पारे । गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ संशोधन विधेयक तयार पार्ने क्रममा एनआरएनले उठाएका महत्वपूर्ण विषयलाई समेट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
    एनआरएनको कार्यक्रममा सहभागी बन्न पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि एनआरएनको मागलाई संविधानको सीमाभित्र रहेर सम्बोधन गरिने बताए । उनले आफ्नो दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपाबीच एनआरएनका विषयमा विवाद नभएको जानकारी दिए । उनले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो सजिलो बनाउन आफ्नो पार्टीले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
    युरोप बैठकका क्रममा गैरआवासीय नेपाली नागरिकताका विभिन्न पक्षमा छलफल भएको थियो । अहिले छलफलका क्रममा रहेको नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयकका विभिन्न पक्षमा प्रश्न उठेको थियो । सम्पत्तिको अधिकार, तीन पुस्ताको सीमा, नेपाली भाषा बोल्न जान्नुपर्ने, गृहमन्त्रालय मातहतबाट मात्र नागरिकता लिनुपर्ने, नेपाली राहदानीको व्यवस्था गर्न र जग्गाधनी पूर्जाका विषयमा समेत विभिन्न प्रश्न उठेका थिए । संघका प्रमुख संरक्षक रामप्रताप थापा, उपाध्यक्ष कुल आचार्य, सल्लाहकार डा. हेमराज शर्मालगायतले संसद्मा छलफलका क्रममा रहेको नागरिकता विधेयकका विभिन्न पक्षमा जानकारी दिएका थिए ।
    बैठकका क्रममा नेपालमा लगानीका विभिन्न पक्षमा समेत छलफल भएको छ । संघका उपाध्यक्ष कुमार पन्त र महासचिव डा. बद्री केसीले नेपालमा लगानीको अवस्था, लगानीको सम्भावना र नेपाल सरकारका प्राथमिकता लगायतका विषयमा जानकारी गराए । एनआरएनले स्थापना गर्ने १० अर्ब रुपैयाँको लगानी कोषका विषयमा छलफल भएको थियो । एनआरएनको सामूहिक लगानीलाई प्रोत्साहन दिनेगरी स्थापना गरिएको कोषले विदेशमा बस्ने सबै नेपालीलाई समेट्नु पर्ने कार्यक्रममा जोड दिइएको छ ।
    उद्घाटन सत्रमा नेपालबाट कानुनमन्त्री ढकाल र नेपाली कांग्रेसका नेता कोइराला सहभागी थिए । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायत पदाधिकारी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र डा. शेष घलेलगायत विभिन्न देशबाट आएका झण्डै ४ सय जनाको उपस्थिति रहेको थियो । नेपालबाट आधा दर्जन पत्रकार घुम्नका लागि पुगेका थिए । अन्य देशबाट आएकाहरु पनि घूमघाममा व्यस्त बने ।

    अध्यक्षका दुई उम्मेदवार गुटबन्दीमा
    एनआरएनको अक्टोबरमा हुने विश्व सम्मेलन तथा अधिवेशनको रौनक सुरु भएको छ । युरोप बैठकमा समेत एनआरएनका नेताहरु समूह बनाएर छलफलमा जुटेका छन् । अहिलेसम्म उम्मेदवारी घोषणा गरेका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यले संस्थापक, पूर्वअध्यक्ष, सल्लाहकार, पूर्वपदाधिकारी र विभिन्न एनसीसीका नेतृत्वसँग आफ्नो पक्षमा चर्को लबिङ गरेका छन् । दुवै जनाले अनौपचारिक रुपमा प्रचारप्रसार राम्रोसँग गरेको एक पदाधिकारीले जानकारी दिए ।
    पहिले उम्मेदवारी घोषणा गरेका पन्तलाई वर्तमान अध्यक्ष भट्टसहित, पूर्वअध्यक्ष जीवा लामिछाने र उपेन्द्र महतोको समर्थन छ भने आचार्यले पूर्वअध्यक्ष घलेलगायतको समर्थन पाउन सक्रियतापूर्वक लागेका छन् । यद्यपी अहिलेसम्म पूर्वअध्यक्ष र वर्तमान अध्यक्षले कसैको पनि समर्थन गरिसकेको अवस्था भने छैन । वर्तमान अध्यक्ष भट्टले उम्मेदवारी नदिने घोषणा गर्दा नै पन्तलाई समर्थन गर्ने संकेत गरिसकेका छन् । बैठकमा सहभागीलाई पनि आफ्नो खर्चमा घुमाउने, रातभर समूह बनाएर छलफल गर्ने र राजनीतिक हिसाबले समेत आगामी अधिवेशनमा प्रस्तुत हुनेसम्मका क्रियाकलापको संकेत युरोप बैठकमा देखिएको छ ।
    पन्तले घोषणा गरेको हप्तांैपछि आचार्यले बेलातबाट नवौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । संघको वर्तमान उपाध्यक्ष रहेका आचार्यले युकेको कार्यसमिति सदस्य हुँदै युरोप संयोजक र केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन् । उनले एनआरएनलाई संस्थागत एजेण्डामार्फत अगाडि बढाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले एनसीसीको अधिवेशन सकिएपछि उम्मेदवारी घोषणासभा र कार्ययोजना सार्वजनिक गर्ने जानकारी गराएका छन् । उनले आफ्नो इच्छा जायज रहेको जानकारी दिएका छन् ।
    एनआरएनको आगामी नेतृत्वका लागि यसअघि जर्मनीका व्यवसायी कुमार पन्तले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आचार्य नेपाली कांग्रेस निकट व्यक्ति हुन् भने पन्त नेकपा निकट हुन् । राजनीतिक हिसाबले पनि एनआरएनको आगामी चुनावमा दुई समूह भिड्ने अवस्था देखिएको छ । एनआरएनलाई गैरराजनीतिक संगठनका रुपमा लिए पनि चुनावमा राजनीतिक प्रभाव पर्ने गरेको छ ।

    एनआरएनए युरोप बैठकका निर्णयहरु
    नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुुभक्त ढकाल, कांग्रेस नेता शेखर कोइराला, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षकहरु जीवा लामिछाने, शेष घले, रामप्रताप थापा, युरोपस्थित नेपाली राजदूतहरु, संस्कृति पर्यटन र नागरिक उड्यन सचिव मोहनकृष्ण सापकोटा, प्रदेश १ का सांसद बसन्त बानियाँ, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, होटेल एशोसिएशन नेपालका अध्यक्ष सिर्जना राणा, उच्च अधिकारीहरु, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ युएई, कतार, एवम् युरोपका २२ राष्ट्रिय समन्वय परिषद्का गरी ३५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको १२ औ युरोपियन बैठक युरोपियन क्षेत्रीय संयोजक शिव कुमार बरुवालको संयोजकत्वमा इटालीको रोममा सम्पन्न भएको छ । बैठकले निम्न निर्णय गर्दछ—
    १. नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ४ वर्षसम्म गैरआवासीय नेपालीले सो अधिकार उपभोग गर्न पाइरहेका छैनन् । संविधानले व्यवस्था गरेअनुसार तत्काल स्पष्ट कानुन बनाइ कार्यान्वयन गर्न यो बैठक नेपाल सरकार र नेपालका राजनीतिक दलहरुसमक्ष अनुरोध गर्दछ । साथै गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको कानुनी रुपमा संरक्षण हुने व्यवस्थाका लागि समेत हामी माग गर्दछौँ । नागरिकतासम्बन्धी प्राप्त उपलब्धीलाई संस्थागत गर्दै कानुुनमा स्पष्ट व्यवस्था र गैरआवासीय नेपालीलाई थप अधिकारका लागि पहल जारी राख्ने निर्णय यो बैठक गर्दछ ।
    २. संविधानको धारा २९१ (१) ले काम विशेषले विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुको अधिकार कुन्ठित गरेको महसुश गरिएको छ । नेपाली नागरिकको मौलिक अधिकार हनन् नहुने गरी मौलिक अधिकारसँग बाझिएको यो व्यवस्था संशोधन गर्न बैठक नेपाल सरकार र राजनीतिक दलहरुमा आह्वान गर्दछ ।
    ३. विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिपेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ । सबै गैरआवासीय नेपालीहरुलाई भावानात्मक रुपमा एकबद्ध गर्नका लागि गैरआवासीय नेपाली ऐनमा गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर आवश्यक सुधार गर्न सरकारसँग यो बैठक आग्रह गर्दछ ।
    ४. वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित नेपाल सरकारले घोषणा गरिसकेको ‘‘भिजिट नेपाल २०२०’’ कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदै यो अभियानमा होमिन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई यो बैठक आह्वान गर्दछ । परिवार र आफन्तलाई भेट्न गरिने भ्रमण हाल अन्तर्रााष्टिय पर्यटनको बढ्दो हिस्सा भइरहेको परिप्रेक्षमा विदेशस्थित गैरआवासीय नेपालीहरुलाई आफू र आफ्नो परिवारसहित नेपाल भ्रमण गर्न समेत यो बैठक अनुरोध गर्दछ ।
    ५. बैठककै अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष २०२० बीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । यसै बैठकमा माननीयमन्त्री, पर्यटन सचिव र नेपाल भ्रमण वर्षका संयोजकको सहभागितामा गैरआवासीय नेपालीमाझ भिजिट नेपाल २०२० को औपचारिक सुरुवात समेत भएको छ । सो सहमतिअनुसार सहकार्य अघि बढाउने निर्णय बैठकले गरेको छ । यसका साथै स्पेनको म्याड्रिडमा बनाउन पहल गरिएको बुद्ध शान्ति पार्क योजना सफल बनाउन सहयोग गर्ने निर्णय समेत गरिएको छ ।
    ६. नेपालको हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपाली हवाइ कम्पनीहरुलाई आफ्नो सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन नेपाल सरकारलाई अनुरोध गरिन्छ । अत्याधिक मात्रामा पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली राजदूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुसँग समन्वय गर्न युरोपका सबै राष्ट्रिय परिषद्हरुलाई अनुरोध गर्दछ ।
    ७. गत चैत्र १५ र १६ गते नेपाल सरकारको आयोजना भएको अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघ (एनआरएएन) ले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिवद्धता यो बैठक गर्दछ । उक्त कोष स्थापना गर्नका लागि देखिएका कानूनी एवम् प्रक्रियागत अड्चनहरु हटाइदिनका लागि नेपाल सरकारसँग अनुरोध गर्दै यूरोपस्थित नेपालीहरुलाई उक्त कोषमा लगानीका गर्न समेत आह्वान गर्दछ ।
    ८. नेपालमा हाल प्रत्यक्ष वैदेशिक लगानी सन्तोषप्रद मात्रामा हुन नसकिरहेकोमा गैरआवासीय नेपाली संघ चिन्तित छ । प्रत्यक्ष वैदेशिक लगानी, आधुनिक व्यवस्थापन, नयाँ प्रविधि भित्र्याउने र देशको अर्थतन्त्र आधुनिकीकरण गर्ने एक प्रमुख स्रोत भएको सन्दर्भमा गैरआवासीय नेपाली र विदेशी लगानी आकर्षित गर्नु नेपाल सरकारको प्राथमिकता हुनुुपर्छ भन्ने निष्कर्ष यस बैठकको छ ।
    ९. युरोप क्षेत्रीय बैठकमा गैरआवासीय नेपालीहरुको पहलमा सुरु गरिएका मुना कृषि बजार, ठूलो खोला हाइड्रो जस्ता परियोजनाहरु प्रस्तुत गरिएको छ । यी परियाजनासहित कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा सामूहिक लगानी गर्न यो बैठक आह्वान गर्दछ ।
    १०. लगानी प्रवद्र्धन गर्न सघाउन हाल सीमित देशहरुसँग मात्र भएको लगानी सम्झौता ९द्यष्बितभचब िक्ष्लखभकतmभलत एचयmयतष्यल बलम एचयतभअतष्यल ब्नचभझभलत ( द्यक्ष्एएब्० दोहोरो करमुक्ति सम्झौता ९म्यगदभि त्बहबतष्यल ब्खयष्मबलअभ ब्नचभझभलत( म्त्ब्ब्० जस्ता सम्झौताहरु लगानी आउन सक्ने सबै सम्भावित राष्ट्रहरुसँग गर्न नेपाल सरकारसँग यो बैठक आह्वान गर्दछ । सम्भाव्यताका आधारमा त्यस्ता राष्टहरु छनोट गरी सहकार्य गर्ने प्रतिबद्धता गर्दछ । यो कार्यमा सरकारलाई सघाउने प्रतिबद्धता यो बैठक गर्दछ । साथै सम्भावनाका आधारमा ठूला अर्थतन्त्रहरुसँग आर्थिक साझेदारी सम्झौताहरु (इकोनोमिक पार्टनरसिप एग्रिमेन्ट–इपीए) गर्नसमेत नेपाल सरकार यो बैठक आह्वान गर्दछ ।
    ११. स्वदेश तथा विदेशमा उद्यमशीलतालगायत सम्पूर्ण क्षेत्रमा महिला सहभागिताको लागि गैर आवासीय नेपाली संघले जोड दिँदै आएको छ । यहि नीति अनुुरुप गैरआवासीय नेपाली संघ महिला फोरम समेत सक्रिय रहँदै आएको स्मरण गराउँदै महिला उद्यमशीलता विकास तथा महिला सहभागिताका लागि महिलाहरुलाई लगानी क्षेत्रमा थप अघि बढ्न र बढाउन आह्वान गर्दछ । साथै गैरआवासीय अभियानमा समेत महिलाहरुको सहभागिता बढाउने यो बैठकले गरेको छ ।
    १२. गैर आवासिय नेपाली संघ नेपालका लागि विश्वकै एक डायस्पोराको आफ्नै किसिमको सञ्जालको रुपमा विकसित भइसकेको छ । संघका सञ्जालमा अत्याधिक मात्रामा दोस्रो र तेस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई आवद्ध गराउन जरुरी छ । युवा पुस्तालाई अभियानमा सक्रिय बनाउने चुनौतीलाई सामना गर्न युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषदहरुलाई यो बैठक आह्वान गर्दछ । संघका आगामी कार्यक्रमहरुमा युवाहरुको रुचीका विषय एवं कार्यक्रम समाबेश गर्न सबैमा यो बैठक अनुरोध गर्दछ । नेपालको भाषा संस्कृतिलाई जोगाइ राख्नका निम्ति गैर आवासिय नेपालीका सन्तानलाई नेपालको भाषा, लिपि, संस्कार, संस्कृति सिकाउने कार्य गर्न सबै राष्ट्रिय परिषद्सँग अनुरोध गर्दछ ।
    १३. माल्टा, पोल्याण्ड र पोर्चुगलमा राजदुताबास स्थापना गर्न यो बैठक आह्वान गर्दछ । कुटनीतिक मिशन सुरु नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कुटनीतिक नियोगमा हस्तान्तर गराउन समेत यो अनुरोध गर्दछ । नेपालमा कुटनीतिक नियोग भएका युरेपियन युनियन (इयू) का मुलुकहरुले युरोपमा बसेको नेपालीहरुको पारिवारिक विवरण बुझ्नु परेमा नेपाल सरकारका निकायमार्फत वा नेपालको सुरक्षा निकायसहित मात्र आउने व्यवस्था गर्न यो बैठक परराष्ट्र मन्त्रालयमार्फत यो बैठक अनुरोध गर्दछ । युरोपियन क्षेत्रीय बैठकमा बचेको रकम यूरोपमा आप्रवासी समस्यामा परेका नेपालीहरुको सहयोगको लागि स्थापना हुने यूरोप स्तरीय राहत कोषमा जम्मा गरिनेछ ।
    १४. हालै मात्र नेपालमा आएको बाढी पीडितको सहयोगको लागि गैरआवासीय नेपाली संघकातर्फबाट प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय यो बैठक गर्दछ ।
    १५. गैरआवासीय नेपाली दिवस २०१९ को अवसर पारेर आगामी अक्टोबर–१३ देखि १६ मा काठमाडौंमा हुने १० औँ विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशन सफल पार्न सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आह्वान गरिन्छ ।
    १६. विदेशस्थित नेपाली नियोगहरुमा आर्थिक कुटनीतिकलाई बढी प्रभाावशाली बनाउने उद्देश्यले वाणिज्य तथा अर्थ, पर्यटन तथा मानव संशाधन हेर्न छुट्टाछुट्टै व्यक्तिको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने ।
    १७) गैरआवासीय नेपाली संघ भूपु गोर्खाहरुले उठाउँदै आएको मागप्रति ऐक्यबद्धता जाहेर गर्दै कुटनीतिक माध्यमबाट सो विषय सम्बोधनका लागि नेपाल सरकारसँग आग्रह गर्दछ ।
    यो बैठकमा सहभागी हुने प्रमुख अतिथि विशिष्ट अतिथिहरु अन्य अतिथिहरु विभिन्न मुलुकबाट पाल्नुभएका गैरआवासीय प्रतिनिधीहरु, बैठकमा सहभागिता जनाएर गैरआवासीय नेपालीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउन हुने अष्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, स्पेन, स्वीट्जरल्याण्ड, रसिया, संयुक्त अधिराज्यस्थित नेपाली राजदूतहरुका प्रतिनिधिहरुमा यो बैठक आभार व्यक्त गर्दछ ।
    साथै बैठक सफलतापूर्वक सम्पन्न गर्न सहयोगी सम्पूर्ण प्रायोजक, सहयोगी एवं स्वयंसेवक, पत्रकार र कलाकार सबैमा यो बैठक हार्दिक आभार प्रकट गर्दछ । बैठक सफलतापूर्वक आयोजना गर्न खेलेको भूमिकाका लागि राष्ट्रिय समन्वय परिषद् इटालीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । बैठक आयोजना गर्नका लागि ठूलो सहयोग गर्नुभएका रोमस्थित नेपाली महावाणिज्यदूत पावोलो लुगारीलाई विशेष धन्यवाद ज्ञापन गर्दछ ।

    डा. बद्री केसी
    महासचिव, गैरआवासीय नेपाली संघ
    ४ अगष्ट, २०१९ रोम, इटाली

  • ३५ हजार नेपाली बेचबिखनमा, १५ लाख बेचबिखनको जोखिममा

    ३५ हजार नेपाली बेचबिखनमा, १५ लाख बेचबिखनको जोखिममा

    विश्वन्युज संवाददाता
    काठमाडौं
    नेपालबाट हरेक वर्ष नेपाली नागरिक विभिन्न देशमा बेचबिखनमा पर्ने गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनअनुसार नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेका छन् । ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ का अनुसार हरेक वर्ष विभिन्न कारणले नेपाली नागरिक बेचबिखनमा पर्ने गरेका छन् ।
    राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा वैदेशिक रोजगारी, अध्ययन र मनोरञ्जनजस्ता पेशामा गएका हालसम्म झण्डै ३५ हजार नेपाली बेचबिखनमा परेको तथा १५ लाख जोखिममा रहेको उल्लेख गरिएको छ । नेपालबाट तेस्रो मुलुकमा मानव बेचबिखन र ओसारपसार बढी हुने गरेको छ । युरोपका विभिन्न देश तथा अष्टे«लियालगायत मुलुकमा पर्यटक, अध्ययनलगायत प्रवेशाज्ञामा लगी बँधुवाका रूपमा काम गर्न बाध्य पार्ने गरेको प्रतिवेदनमा जनाइएको छ ।
    नेपालबाट खाडी राष्ट्र तथा मलेसियामा मानव बेचबिखन वैदेशिक रोजगारीका नामबाट सहजै हुने गरेको छ । घरेलु कामदार तथा अन्य पेशाका नाममा नेपाली महिलालाई खाडीका विभिन्न राष्ट्रमा बाध्यकारी श्रम तथा कतिपय अवस्थामा यौनशोषणसमेत गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी राष्ट्र जान गरिएको निषेधपछि भारतीय मार्ग हुँदै जाने प्रवृत्ति बढेको छ । अधिकांश महिला बेचबिखन र यौन शोषणको सिकार हुने जोखिम रहेको छ ।
    रोजगारीको नाममा विदेश पुगेका महिला यौन शोषणमा पर्ने गरेका आयोगले जनाएको छ । आयोगका सदस्य मोहना अन्सारीले भनिन्, ‘वैदेशिक रोजगारी, अध्ययन, मनोरञ्जन र अन्य क्षेत्रमा कामका लागि गएका नेपाली बेचबिखनमा पर्ने गरेको देखिएको छ, यस्तो कार्यले अपराध मात्र नभई मानव अधिकार र मानिसको बाँच्न पाउने अधिकारको गम्भीर उल्लङ्घन भएको छ ।’
    नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा वार्षिक दुई सयदेखि तीन सयको सङ्ख्यामा उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ३०७ उजुरी परेको थियो । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म १७४ मानव बेचबिखनका उजुरी परेका थिए । अघिल्लो आवको तुलनामा मानव बेचबिखनसम्बन्धी उजुरी घटेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा १३ हजार ६७८ नागरिक हराएका छन् । तीमध्ये केवल ४७ प्रतिशत मात्र फेला परेका छन् । यसरी हराएका र फेला नपरेका व्यक्ति अधिकतम बेचबिखनमा पर्ने गरेको पाइएको छ ।
    प्रतिवेदनका अनुसार १० हजारभन्दा बढी व्यक्तिलाई सीमा नाकाबाट फिर्ता गरिएको छ । आव २०७५÷७६ को मसान्तसम्ममा १७४ उजुरी परे पनि बेचबिखनमा परेका ६४० जनाको उद्धार गरिएको छ भने ३७४ स्वदेशभित्र बेचबिखनमा परेका तथा २६६ जनालाई विदेशबाट उद्धार गरिएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आव २०७४÷७५ मा दुई हजार ३८३ उजुरी परेका छन् । नेपालबाट भारतमा यौन व्यवसायका लागि अझै पनि लैजाने गरेको पाइएको छ ।
    खुला सिमाना, कमजोर र परम्परागत सीमा अनुगमन, नेपाल–भारत सहकार्य र समन्वयको औपचारिक प्रणालीको अभवाले भारतमा करीब एक करोड तीन लाख व्यक्ति बाध्यकारी श्रम तथा आधुनिक दासताको सिकार भएको प्रतिवेदनमा उल्लेख छ । भारतमा मात्र होइन चीनमा समेत मानव ओसारपसार र बेचबिखन हुने गरेको पाइएको छ ।
    चीनमा जबर्जस्ती विवाह, यौनशोषण तथा व्यवसायका लागि छिमेकी राष्ट्रहरूबाट महिलालाई लैजाने गरेको प्रतिवेदनमा उल्लेख छ । गत आवमा केरुङ नाका हुँदै चीनमा बेचबिखनका लागि लैजान लागेका २९ महिलाको उद्धार गरिएको छ । नेपालबाट चीनमा बेचबिखन भएका घटनाको व्यवस्थित अभिलेखीकरण भएको पाइँदैन । यद्यपि अध्ययनका क्रममा पर्यटक प्रवेशाज्ञामा चीन लगिएका नेपाली महिलालाई डान्स रेष्टुरेन्टमा काममा लगाउने गरिएको पाइएको छ ।
    मानवअधिकार आयोगले मानव बेचबिखनको समग्र अवस्थालाई अध्ययन गरेर दश बँुदा सिफारिस गरेको छ । नेपालमा मानव बेचबिखनका क्रममा हराएका व्यक्ति, वैदेशिक रोजगारी, पर्यटन तथा रोजगारी, मनोरञ्जन व्यवसायलगायत नाममा बेचबिखन हुने गरेको पाइएको छ । मानव बेचबिखनमा विशेषगरी महिला र बालबालिका पर्ने गरेका छन् । खासगरी सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट लगायतका उपत्यका आसपासका जिल्लाका नागरिक बेचबिखनमा पर्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य सजिलै बेचबिखनमा पर्ने गरेको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

  • भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

    भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

    काठमाण्डौं ।
    भारतकी पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ।भारतीय जनता पार्टीकी नेतृ स्वराजको हृदयघात बाट स्थानीय समय अनुसार मंगलवार राती उपचारको क्रममा निधन भएको हो ।
    ६७ वर्षिया स्वराजले भारतका विभिन्न मन्त्रालय सम्हाले सकेकी थिइन् । उनको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका नेता, विपक्षी कांग्रेसकी नेतृ सोनिया गान्धी लगायतले दुःख व्यक्त गरेका छन् ।
    स्वराज विदेशमन्त्री रहदा र त्यो भन्दा अघि पनि धेरैं पटक नेपाल भ्रमणमा आएकी थिइन्।स्वराज भारतीय राजनीतिमा महिला प्रतिनिधि पात्र मनिन्छिन् भने भारतीय जनता पार्टीकी प्रभावशाली नेता मानिन्छिन् ।

  • खाना पकाउने ग्याँस सस्तियो, डिजेल, पेट्रोलमा बढ्यो

    खाना पकाउने ग्याँस सस्तियो, डिजेल, पेट्रोलमा बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । निगमका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य घटेको छ ।

    घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ । उता, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० पैसाका दरले मूल्य बढेको निगमले जानकारी दिएको छ ।

    नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७र९७ रुपैयाँ पर्नेछ ।

    यस्तै, खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।

    भारतिय आयल निगम(आइओसी)ले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ ।

    सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गर्दै आएको छ ।

  • एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

    एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

    काठमाडौं । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले चितवन पुगेर आत्महत्याको बाटो रोजेका छन् ।

    प्रहरीका अनुसार उनी सोमबार राती चितवनको नारायणगढस्थित बसपार्क नजिकै कंगारु होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

    उनी सोमबार दिँउसो साढे तीन बजे होटेलमा चेकइन गरेका थिए । रातको खाना खाने बेला बोलाउँदा उनले ढोका खोलेनन् ।

    त्यसपछि लामो समयसम्म ढोका नखुलेपछि होटेलले प्रहरीलाई खबर गरेको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीको भनाई छ ।

    उनी नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ कुमरीका स्थायी हुन् । पत्रकार रवि लामिछानेको कार्यक्रम न्यूज २४ को सीधा कुरा जनतासँग पनि आवद्ध भई काम गरिसकेका पत्रकार हुन् ।

    सोमबार नै काठमाडौंको कपनमा एउटै रुखमा पासो लगाएर युवायुवतीले आत्महत्या गरेको प्रहरीले बताएको छ ।

    सोलुखुम्बु सोताङ(४, नाम्लुङका २१ वर्षीय अमिर चन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङले एउटै रुखमा पासो लगाएर झुण्डिएका हुन् ।

    विवाहित खालिङकी एक छोरीसमेत छिन् भने नाछिरिङ अविवाहित हुन् । निर्मलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

    उता, सोमबार नै कुलत छुटाउन सुधार केन्द्रमा राखिएका एक पुरुषले सुधार गृहभित्रै झुण्डिएर आत्महत्याको बाटो रोजेका छन् । भक्तपुरको सूर्यविनायक-९, नंखेलस्थित भाटेढिकुरको नयाँ बिहानी सुधार केन्द्रमा ३९ वर्षीय माधव कार्कीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    उनी नेपाली सेनाका अवकासप्राप्त कर्मचारी रहेको बताइएको छ । उनी दोलखाका स्थायी बासिन्दा हुन् ।

    पछिल्लो समय नेपालमा विवाहइत्तर सम्बन्ध राख्ने र गल्ती गरेपछि त्यसको ढाकछोपका लागि आत्महत्याको बाटो रोज्ने प्रवृत्ति फैलिएको छ ।

    खासगरी वैदेशिक रोजगारीमा जाने परिवारहरुमा यो समस्या डरलाग्दो गरी फैलिरहेको छ । यसले गम्भीर सामाजिक समस्या ल्याउने चिन्ता समाजशास्त्रीहरु गर्छन् ।

  • विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

    विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

    काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ का लागि छनोट प्रतियोगिता खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ ।

    नेपालले विश्वकप छनोटको दोस्रो चरणका लागि तयार तिब्र बनाएको छ । नेपालको मूख्य प्रशिक्षण अहिले योहान कालिनले सम्हालेका छन् ।

    उनले पहिलो चरणमा ३१ जना खेलाडी राखेर प्रारम्भीक टोली घोषणा गरेका हुन् । उनले सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाइएका थिए ।

    पहिलो चरणको घोषणाबाट पाँच जना खेलाडी बाहिरिएका छन् । नेपाल फूटबल संघ (एन्फा)का अनुसार पहिलो चरणको प्रशिक्षणबाट कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्दाम्बे, अमित तामाङ र मिक्चेन तामाङ बाहिरिएका छन् ।

    विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । उसले कुबेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नु पर्नेछ । नेपालको पहिलो खेल कुबेतसँग सेप्टेम्बर पाँचमा हुनेछ ।

    यस्तो छ नेपालको प्रारम्भिक टोली
    विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अविषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्तिमगर, रोहित चन्द ।

  • सरकारी कर्मचारीलाई कस्दै सरकार

    सरकारी कर्मचारीलाई कस्दै सरकार

    काठमाडौं । राज्य कोषबाट तलव भत्ता खाने सरकारी कर्मचारीलाई सरकारले काममा कस्ने भएको भएको छ ।

    खासगरी कार्यालय समयमा अफिस भन्दा बढी निजी काममा ध्यान दिने सरकारी कर्मचारीमाथि कडाईको तयारी सरकारले गरेको हो ।

    कानून बनाएरै निजी काममाथि बन्देज लगाउने तयारी सरकारको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कानून बनाएरै कार्यालय समयमा निजी काम गर्ने कर्मचारीमाथि कडाई गर्ने निर्णय गरेको छ ।

    संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको मंगलबार छलफल भयो ।

    छलफलका क्रममा सांसदहरुले सरकारी कर्मचारीलाई सरकारले काममा लगाउनै नसकेको भन्दै आलोचना गरे ।

    बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित स्वयमःले ऐनबाटै सरकारी कर्मचारीलाई कार्यालय समयमा निजी काममा व्यस्त हुन नपाउने व्यवस्था गर्न माग गरे ।

    निजी काममा व्यस्त भए त्यसलाई कार्य सम्पादन तथा अन्य मूल्यांकनको कुनै आधारसँग जोड्नु पर्ने उनको भनाई थियो ।

    कतिपय कर्मचारी ट्यूसन सेन्टर, कन्सल्टेन्सी तथा लाभका क्षेत्रमा व्यस्त भएर सरकारी काममा उदासिन रहने गरेको भन्दै आलोचना गरेका थिए ।

    सांसदहरुले कर्मचारीका लागि सरकारले दिने असाधारण बिदा समेत कटौतीको माग गरेका छन् ।

    हाकिम र मन्त्रीको तजबिजीमा यस्तो बिदा लिने प्रवृत्ति रहेको भन्दै हटाउनु पर्ने सांसदहरुको माग थियो ।

    मन्त्रालयका अनुसार अहिले असाधारण बिदामा अध्ययनका लागि जाने कर्मचारीको संख्या धेरै रहेको छ । बिरामी भएको बेला पनि लामो बिदा आवश्यक पर्दा यही सुविधा उपयोग हुने गरेको छ ।

    उता, निजामती कर्मचारीलाई दिइने अध्ययन विदामा पनि सरकारले कडाई गर्ने संकेत गरेको छ ।

    अध्ययन विदा लिएर विदेश जाने र उतै जागिर खान थाल्ने घटना दोहोरिन थालेपछि सरकारले कडाइ गर्ने भएको हो ।

    अब उचित कारण नदेखाई विदेशमा अध्ययनका लागि सरकारले स्वीकृति नदिने तयारी गरेको छ ।

  • मनसुन जारी, पश्चिम पहाडमा जोखीम

    मनसुन जारी, पश्चिम पहाडमा जोखीम

    काठमाडौं । मेघ गर्जनसहितको वर्षा र चट्याङले मंगलबार देशको पश्चिमी पहाडी भेगको मौसम प्रभावित हुने भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले ती स्थानका नदि किनार र जोखीमपूर्ण स्थानमा रहेका मानिसलाई पूर्वजानकारी दिँदै सचेत गराएको छ ।

    महाशाखाका अनुसार मंगलबार केही स्थानमा हल्का वर्षा हुनेछ भने पश्चिमी पहाडका केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरेको छ ।

    देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षा हुने भन्दै महाशाखाले सचेत गराएको छ ।

    महाशाखाका अनुसार डडेल्धुरा, डोटी, कैलाली आसपासमा ठूलो वर्षाको सम्भावना छ । पहाडका अन्य भेगमा समेत वर्षा हुने छ । पहाडको वर्षाले तराईमा डुबानको समस्या निम्त्याउँछ ।

    अर्कोतर्फ पहाडका संवेदनशिल क्षेत्रमा पहिरोको जोखिम उत्तिकै रहन्छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा समेत वर्षाको सम्भावना रहेको छ ।

    सोमबार बागलुङमा पहिरोमा परी तीन जनाले ज्यान गुमाएका थिए । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सेन्टरमा पहिरोले पाँच घर पुरेको थियो ।

    सोमबार बिहान १ बजेतिर आएको पहिरोले स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।

  • अमेरिकामा विभत्स सप्ताहन्त,  नश्लबादी घृणा बन्दुकबाट पोखिंदा मारिए निर्दोस ३२ जना

    अमेरिकामा विभत्स सप्ताहन्त, नश्लबादी घृणा बन्दुकबाट पोखिंदा मारिए निर्दोस ३२ जना

    प्रभात भट्टराई/न्यूह्यामसर
    अमेरिकामा सप्ताहन्त एक किसिमको उत्सवनै हो । पाँच दिन लगातार काम गरेपछि पाइने दुई दिने ‘विकेन्ड’ मा भरमार रमाइलो गर्ने मुड हुन्छ आम कामकाजी देखि उच्च पदस्थसम्मकै । राष्ट्रपति डोनाल्ड ट्रम्प पनि विकेन्ड पारेर आफ्ना बिभिन्न गल्फ क्लवहरुमा पुगि रहेका हुन्छन् । यस्तै गच्छे अनुसारको तालिका हुन्छ सबै अमेरिकीहरुको विकेन्डमा ।
    तर, यो साताको विकेन्ड भने अमेरिकामा आँशु लिएर आइदियो । १३ घण्टाको अन्तरालमा भएका दुई भयानक गोली काण्डका कारण यो सप्ताहन्त कालो विकेन्डमा परिणत भयो । टेक्सासको सीमावर्ती सहर एलपासोमा शनिबार दिउँसो र ओहायोको डेटनमा शनिबार नै मध्यरात भएको ‘मास सुटिङ’मा ३२ ले ज्यान गुमाए भने ५० बढि घाइते भएका छन् ।
    यो घटनाले अमेरिकामा अहिले सबैको चैन हराएको छ । अमेरिकी संविधानको दोस्रो संसोधन मार्फत जनतालाई प्रदान गरिएको बन्दुक बोक्न पाउने हकमाथि पुर्नव्याख्याको बहस फेरि तात्न पुगेको छ । अमेरिकामा बन्दुकबाट हुने नरसंहार नौलो भने होइन । सन् २०१९ लागेपछि मात्र २१ वटा मास सुटिङ भइ सकेका छन् भने १३१ जनाले ज्यान गुमाएका छन् । यी घटनामा झन्डै ७० जना घाइते छन् । तर, जब एउटै घटनामा अलिक ठूलो संख्यामा हताहती हुन्छ तब यो बिषयमा धेरै हल्लाखल्ला मच्चिने र केही दिनमा फेरि सेलाउने गरेको छ ।
    यसपाली टेक्सास र ओहायो सुटिङ भने फरक प्रवृत्तिका तर अत्यन्त चिन्ताजनक घटनाका रुपमा देखिएका छन् । त्यसमा पनि टेक्सास सुटिङ साँच्चिकै कहाली लाग्दो छ । डाल्लास नजिकै घर भएका २१ बर्षका प्याट्रिक क्रुसियस आम नरसंहारकै लक्ष बोकेर साढे छ सय माइल टाढाको एलपासो १० घण्टा ड्राइभ गरेरका पुगेका थिए । यसरी एलपासोलाई लक्षित गर्नुको कारण भने ‘हिस्पानिक (मेक्सिन मूल)’का व्यक्तिहरुलाई सिध्याउने रहेको उनको मेनिफेष्टोबाट प्रहरीले पत्ता लगाएको छ । हिस्पानिकहरुले अमेरिकालाई ‘विषाक्त बनाएको कारण सफाइ गर्न लागेको’ आशयको क्रुर मेनिफेष्टो उनले तयार गरेको प्रहरीको भनाइ छ ।
    मेक्सिकोसँग सीमा जोडिएको सहर एलपासोमा हिस्पानिकहरुको बहुमत छ । त्यसैले विकेन्डमा धेरै सर्वसाधारण किनमेलका लागि निस्किन्छन् भन्ने रणनीतिक योजनाका साथ उनी दिउँसो १२ बजे त्यहाँस्थित वालमार्ट सपिङ सेन्टरमा पुगेका थिए । कालो हुडी र हेड फोन लगाएर राइफल भिरेको उनको भिडियो सिसिटिभी क्यामेराहरुमा देखेपछि प्रहरीले उनलाई फलो गरेका थिए । उनलाई नियन्त्रणमा लिन प्रहरीले केही घण्टा नै मेहनत गर्नु पर्यो । उनको अन्धाधुन्द गोली प्रहारबाट नाबालक देखि बृद्धसम्म मारिएका छन् । घटनास्थलमै २० जनाले ज्यान गुमाए भने घाइते भएका २६ मध्ये सोमबार बेलुकासम्म उपचारका क्रममा थप दुईको मृत्यु भएको छ । एकै परिवारका तीन जनाको समेत ज्यान गएको छ । छ जना त मेक्सिकन नागरिककै मृत्यु भएको छ । मेक्सिकोले आफ्ना नागरिक गोली काण्डमा मारिएको प्रति कानुनी उपचार खोज्ने जनाइ सकेको छ ।
    आफुलाई बन्दुक राख्न पाउने अधिकारको धुरन्धुर समर्थक दावी गर्दै आएका राष्ट्रपति ट्रम्पको समेत मथिंगल यो घटनाले खलबल्याएको छ । उनले सोमबार बिहान देशबासीलाई सम्बोधन गर्दै कुनै पनि जातिय घृणा, स्वेत राष्ट्रबाद (ह्वाइट नेशनलिजम) र घरेलु आतंकबादलाई अमेरिकामा ठाउँ नरहेको बताएका छन् । ट्रम्पले यसअघि नामै काटेर यी तत्वहरुको विरोध गरेका थिएनन् । तर, एलपासो बन्दुकधारीले उनैबाट प्रेरणा पाएर हिस्पानिकहरुलाई सिध्याउन लागेको आशयको मेनिफेष्टो तयार पारेपछि भने राष्ट्रपति ट्रम्प बोल्न बाध्य भए । उनले गत अक्टुबरको मध्यावधि चुनावताका अविछिन्न रुपले मेक्सिकन आप्रवासीले अमेरिकालाई विषाक्त तुल्याएको बताएका थिए । साथै गत महिना एक चुनावी सभामा गैर कानूनी रुपमा अमेरिका ‘छिर्नेलाई के गर्नु पर्छ’ भनेर उनले प्रश्न गर्दा उपस्थित भिडले ‘गोली हान्नुपर्छ’ भन्दा हाँस्दै सुनेर बसेका थिए । कुनै प्रतिवाद गरेका थिएनन् । अहिले मिडिया एवं विपक्षिहरुले तीनै भाषणका क्लिप र ट्विटहरु विश्लेषण गर्दै ट्रम्पकै उक्साहटमा घृणामा आधारित यस्ता घटनाले बढावा पाएको आरोप लगाउन थालेका छन् ।
    सोमबार बिहानको सम्बोधनमा घृणा र स्वेत राष्ट्रबादको विरोध गरे पनि बन्दुक नियमनको सम्भावित कदमप्रति भने उनी मौन बसे । मानसिक रोग र भिडियो गेमहरुका कारण यस्ता समस्या आएको भन्दै त्यसप्रति सचेतता अपनाउन आवश्यक कानूनी प्रवन्धका लागि न्याय विभागलाई निर्देशन दिने उनले बताएका छन् । तर, डेमोक्र्याट मात्र होइन उनकै समर्थक मिडिया र केही रिपब्लिकनले पनि बन्दुक नियमनमा कदम चाल्न अब ढिलाइ गर्न नहुने बताउन थालेका छन् । ट्रम्प पक्षधर न्यूयोर्क पोष्टले युद्धमा प्रयोग हुने हतियार सर्वसाधारणलाई बिक्रिमा रोक लगाउन माग गर्दै सोमबार कभर स्टोरी नै बनाएको छ । किनभने टेक्सास र ओहायो दुबै घटनामा स्वचालित र सयौँ राउण्ड फायर हुने अत्याधुनिक हतियार प्रयोग भएका थिए । सिएनएनका राष्ट्रिय सुरक्षा सम्बाददाता जीम सिउटोले त आफुले यस्ता हतियार इराक र अफगानिस्थान युद्धमा पनि नदेखेको भन्दै ट्विट गरेका छन् ।
    टेक्सास घटनाको १३ घण्टा पछि मध्यरातमा ओहायोको डेनर स्थित एक बारमा २४ बर्षका कोनर बेट्स नामका गोरा पुरुषले नै अन्दाधुन्द गोली चलाउँदा नौ जनाको ज्यान गयो । डेनरलाई प्रहरीले फायर खोलेको ३० सेकेन्ड भित्र गोली हानेर लडाइ सकेका थिए । तर, त्यति अवधिमा उनले नौ जनाको ज्यान लिए र २६ जनालाई घाइते बनाए । हिंसात्मक व्यवहारका कारण पटक पटक नसिहत खेपेका एवं स्कुलबाट समेत अनुशासनको कारबाही गरेर निकालिएका व्यक्तिको हातमा यस्तो नृशंस हतियार पर्नु आपत्तिजनक भन्दै बन्दुकको अधिकारको पक्षधरहरुले नै आपत्ति जनाएका छन् । उनले आफ्नी बहिनीको समेत हत्या गरेका थिए ।
    अमेरिकी संविधानको दोस्रो संसोधनले आम नागरिकलाई हतियार राख्ने अधिकार दिएको छ । सिकार खेल्ने अमेरिकी संस्कृतिको सम्बद्र्धन एवं आत्मरक्षाका लागि यो अधिकार दिइएको संविधानका ज्ञाताहरु बताउँछन् । तर, संविधानका निर्माताहरुले परिकल्पना गरेको हतियार र अहिलेको स्वचालित मेसिनगनमा ठूलो परिवर्तन आएको भन्दै त्यसमा समय सापेक्ष सुधार गरिनु पर्ने मत व्यापक हुँदै गएको छ । तर, रिपब्लिकन पार्टी भित्र बलियो प्रभाव रहेको नेशनल राइफल एसोसिएसन (एनआरए)ले यसमा थप कानुनी व्याख्या गर्न नदिन चालेको लविङ अहिलेसम्म सफल भइ रहको छ । एनआरए रिपब्लिकनको दाता मात्र होइन यसका केयन् अभियन्ताले उक्त दलबाट राजनीति गरि रहेका छन् । निवर्तमान राष्ट्रपति बाराक ओबामाले आँशु खसाएर बन्दुक नियमनका लागि संसदसँग हार गुहार गर्दा पनि सकेनन् । स्वचालित मेसिनगनहरु बिक्री वितरणमा रोक, बन्दुकको लाइसेन्स पाउनु अघि बलियो पृष्ठभूमी जाँच एवं बन्दुक किन्न पाउने उमेर १८ बर्षबाट बढाएर २१ बर्ष पुर्याउनु पर्ने मागमा अहिले बहुमत अमेरिकीको समर्थन देखिन्छ ।
    अमेरिकामा पछिल्ला तीन बर्षमध्ये एउटै ‘मास सुटिङ’बाट सन् २०१६ मा ओर्लान्डोमा ४९ जना, २०१७ मा लस भेगासमा ५८ जना एवं साउदरल्याण्ड स्प्रिङमा २७ जना, २०१८ मा स्टोनमेन डग्लसमा १७ जनाले एकै ठाउँमा ज्यान गुमाएका थिए ।

  • मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम

    मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम

    काठमाडौं। मेलम्ची खानेपानी आयोजना निर्माण गर्न नयाँ ठेक्का सम्झौताको तयारी भएको छ । मेलम्चीको बाँकि काम सम्पन्न गर्न चिनियाँ कम्पनी छानिएको छ ।

    मेलम्ची खानेपानी विकास समितिका अनुसार सुरुङमार्ग फिनिसिङ र हेडवर्क्सको कामका लागि चिनियाँ कम्पनी सिनो हाईड्रो छनोट भएको हो ।

    आयोजनाको मूल्यांकन समितिले उक्त कम्पनी छानेको हो । एसियाली विकास बैकले स्वीकृति दिएमा सोही कम्पनीले बाँकि काम सक्नेछ ।

    एडीबी यस परियाजनाको लगानीकर्ता हो । यस कामका लागि चिनियाँ कम्पनी सिनो हाईड्रो र नेपाली कम्पनी हाई हिमालय हाईड्रो रमण जेभीको आवेदन परेको थियो ।

    काठमाडौं उपत्यकाबासीलाई खानेपानीको हाहाकारबाट पार लगाउने लक्ष्य लिइएको यो आयोजना निर्माण कम्पनीले काम पुरा नगरी गएपछि विगत ६ महिना अगाडीबाटै अलपत्र अवस्थामा रहेको छ ।

    आयोजनाको काम भने दशैंपछि मात्र शुरु हुने आयोजनाले स्पष्ट पारेको छ ।

  • हट्यो संसदको गतिरोध, विशेष संसदीय समिति गठन

    हट्यो संसदको गतिरोध, विशेष संसदीय समिति गठन

    काठमाडौं । सरकार र प्रतिपक्षी दलबीच दुई बुँदे सहमति भएसँगै प्रतिनिधिसभाको गतिरोध हटेको छ ।

    दुई पक्षबीच सोमबार प्रतिनिधिसभाको वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने र फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्न संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने गरी दुई बुँदे सहमति भएको हो ।

    सोहीअनुसार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति समेत गठन भएको छ । कांग्रेस र राजपाले संसद अवरुद्ध गरेका थिए ।

    सहमतिअनुसार आगामी दिनमा गतिरोध नआओस भनी अध्ययन गरी सुझाव दिने जिम्मेवारी यो समितिले पाएको छ ।

    समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, विन्दा पाण्डे, कांग्रेस सचेतक पुष्पा भुसाल र मिनेन्द्र रिजाल, समाजवादी पार्टीका उमाशंकर अरगरिया र राजपाका लक्ष्मणलाल कर्ण सदस्यका रुपमा तोकिएका छन् ।

    सोमबार संसद शुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारका नाममा रुलिङ गरेका थिए ।

    मधेस तथा थरुहटमा भएका आन्दोलन र त्यस क्रममा भएका सरकारी दमनको छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा आयोग बनाएको थियो ।

    तर, आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन । संसदमा रहेको अवरोध हटाउन सभामुख कृष्णबहादुर महराको पहलमा सर्बदलीय बैठक बसेको थियो ।

    सहमतिमा विप्लव कार्यक्रताको भिडन्तमा भएको भनिएको मृत्युको सम्बन्धमा कांग्रेसले उठाएको चर्को स्वर भने कतै पनि उल्लेख छैन ।

    यस विषयमा कांग्रेस मौन बसेको छ । विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको गैरन्यायिक हत्या भएको भन्दै कांग्रेस संसद अवरोधमै उत्रिएको थियो ।

    सोमबार संसदमा सांसद राजेन्द्र पाण्डेले उच्च तहका नेताहरुविरुद्ध उग्र भाषण गरेपछि उनको बोली नै रेकर्डबाट हटाउनु पर्न अवस्था आएको थियो ।

    सरकारले आइतबार मात्र राजेन्द्र महतो नामक व्यक्तिको नेपाली नागरिकता खारेज गरेको सन्दर्भमा पनि कुन राजेन्द्र महतो हो भन्ने प्रष्ट पार्न माग गरे ।

  • जम्बु कश्मीर अब केन्द्र शासित प्रदेश, मोदी कदमले काम गर्ला ?

    जम्बु कश्मीर अब केन्द्र शासित प्रदेश, मोदी कदमले काम गर्ला ?

    नयाँ दिल्ली । भारतमा सरकारले संविधानको अनुच्छेद नै खारेज गरी जम्बु कश्मीरका अधिकार कटौतीमार्फत पूर्णतया केन्द्र शासित क्षेत्रमा रुपान्तरण गर्यो ।

    अब जम्बु कश्मीर छुट्टै स्वतन्त्र राज्य रहेन । केन्द्र शासित दुई वटा प्रदेशमा जम्बु कश्मीरलाई रुपान्तरण गरिएको छ । सरकारले प्रदेश पुनर्गठनको प्रस्ताव समेत गरेको थियो ।

    यो प्रस्ताव पनि राज्यसभाबाट पास भइसकेको छ । अब जम्मू कश्मीर राज्यको स्थानमा जम्मू कश्मीर र लद्दाख गरी दुई प्रदेश स्थापना भएको छ ।

    दुबै प्रदेशको शासन लेफ्टिनेन्ट गभर्नरले गर्नेछन् । उनी केन्द्र मातहत रहने छन् । सरकारले भारतीय संविधानको अनुच्छेद ३७० खारेज गर्ने निर्णय गरेको हो ।

    जसमा जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा संविधानतः सुनिश्चित गरिएको थियो । सोही अनुसार जम्बु कश्मीरमा छुट्टै झण्डा चल्थ्यो ।

    नागरिकहरुसँग दुईवटा नागरिकता समेत थिए । नागरिकलाई सरकारी सेवामा आरक्षण थियो । अन्य राज्यबाट त्यहा पुगेर मानिसले सम्पत्ति जोड्न पाउँदैनथिए ।

    अब भने त्यहा छुट्टै राज्य स्थापनाको सम्भावना टरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय गृहमन्त्री अमित शाहले राज्यसभामा घोषणा गरेका थिए । संसदमा विपक्षीले यस निर्णयको व्यापक विरोध गरेपनि पास भएको छ ।

    अनुच्छेद ३७० लाई खारेज गर्ने निर्णयमा राष्ट्रपतिले समेत हस्ताक्षर गरेका छन् । सरकारको यो निर्णयको भने जम्बु कश्मीरमा व्यापक विरोध भएको छ ।

    सरकारले पूर्वमुख्यमन्त्रीसहित नेताहरुलाई नजरबन्दमा राखेको छ भने इन्टरनेट र टेलिफोन सेवा पनि बन्द गरिएको छ । जसले गर्दा सरकार यहाँ हुने हरेक प्रकारका विरोधलाई दवाउने योजनामा देखिन्छ ।

    यस क्षेत्रको कमजोर सुरक्षा स्थिति र सीमा क्षेत्रमा आतंकवादी गतिविधिलाई मध्यनजर गर्दै प्रदेशहरु केन्द्रबाट प्रत्यक्ष शासित बनाउनु परेको गृहमन्त्रीको भनाई छ ।

    सन् १९४७ मा भारत र पाकिस्तान विभाजनको बेला जम्मू कश्मीर एक छुट्टै देशका रुपमा स्थापित थियो । यहाँ राजा हरि सिंहको शासन थियो । उनले स्वतत्रताको सट्टा भारतमा विलय हुने सहमति गरे ।

    तर, यस क्षेत्रलाई पाकिस्तानले पनि आखाँ लगाएको थियो । किनकी यो मुसलमान बाहुल्य क्षेत्र हा ।

    अब केन्द्र राज्यको पूर्ण नियन्त्रणमा आएको जम्बु कश्मीरमा भारतीय संविधान, झण्डा र कानून नै लागू हुने भएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीको यो फैसलालाई निकै महत्वपूर्ण फैसलाका रुपमा हेरिएको छ ।

    लामो समयदेखि अस्थिर र आतंकवाद गतिविधिबाट आक्रान्त बनेको भूस्वर्ग अब कसरी अगाडी बढ्छ, त्यो भने महत्वपूर्ण विषय हो । किनकी यस निर्णयलाई विपक्षी कांग्रेससहितका दलले विरोध गरिरहेका छन् ।

    एजेन्सी

  • नागपन्चमी : किन पुजिन्छ नाग ?

    नागपन्चमी : किन पुजिन्छ नाग ?

    काठमाडौं । सोमबार, श्रावण शुक्ल पञ्चमी । हरेक वर्ष यही तिथि पारेर नेपालमा नागपञ्चमी पर्व मनाइन्छ ।

    यस दिन नागका विभिन्न आकृति सहितका तस्वीरलाई विशेष पूर्जाअर्चना गरी घरको मूलढोकामा टास्ने प्रचलन रहेको छ ।

    अझ गाईको गोबरले नाग टास्दा राम्रो हुन्छ भन्ने मान्यता समेत रहेको छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीजस्ता विजजन्तुले मानिसलाई दुख दिदैनन् भन्ने मान्यता राखिन्छ ।

    विभिन्न किंवदन्तीअनुसार अग्नि, मेघ र चट्याङजस्ता प्रकोपको भयबाट पनि बच्ने उपायस्वरुप नागको पूजा अर्चना शुरु भएको हो ।

    नेपालमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपयुक्त तिथि तय गरी चाडबाडको दिन तोक्ने गर्छ । यसमा वैज्ञानिक आधार हुने समितिको भनाई छ ।

    नाग सर्पका राजा हुन् । उनी रिसाए भने धर्मीमा पिउने पानीको समेत अभाव हुने र मानव जातीमा हाहाकार मच्चिने भनाई छ ।

    सोहीकारण नागराजालाई खुसी पार्नकै लागि पनि यस दिनको महत्व रहेको जानकारहरु बताउँछन् । हरेक घरको जगमा बस्ने नागलाई खुसी पार्दा उनले पनि मानिसको रक्षा गर्छन् भन्ने मान्यता पुराणहरुले लेखेका छन् ।

    नागलाई विष्णु र शिव भगवानको स्वरुप समेत मानिन्छ । नागमाथि भगवान विण्णु शयन गर्ने र भगवान शिवको गहनाका रुपमा पनि नागको आफ्नै विशेषता रहेको छ ।

    भगवान् गणेश पनि एक हातमा नाग समाउनु हुन्छ । त्यसकारण हरेक भगवानसँग कुनै न कुनै रुपमा नागराजाको सम्बन्ध रहेको देख्न सकिन्छ ।

    नागपञ्चमीको दिन पुरोहितले घर घर पुगी नाग टास्ने प्रचलन अहिले पनि नेपालभर जीवित देख्न सकिन्छ ।

  • रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला

    रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला

    रोम । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीको रोममा सम्पन्न भएको छ ।

    अगस्ट ३ र ४ तारीखमा संचालित बैठकमा नेपालको पर्यटन प्रवद्र्धन मूख्य एजेण्डाका रुपमा रहेको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

    बैठकमा विभिन्न ९ देशका लागि नेपाली राजदूतले भाग लिए । उनीहरुले नेपालमा लगानी प्रवद्र्धन, पर्यटन विकास र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका अवसरमा चर्चा गरेका छन् ।

    संघका अनुसार यसपटकको बैठकमा युरोपियन युनियन (इयु)का लागि नेपाली राजदूत लोकबहादुर थापाल, अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदी, स्पेनका लागि कार्यबाहक राजदूत हरिहरकान्त पौडेल र नेपाली राजदुतावास स्वीट्जरल्याण्डका उपप्रमुख तीर्थराज वाग्लेलगायतले नेपालमा पर्यटन प्रवद्र्धन र लगानी भित्राउने उपायका सम्बन्धमा छलफल गरेका छन् ।

    बैठकमा लण्डन स्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदी, जर्मनीका राजदूत रमेशप्रसाद खनाल, डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, सयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग (जेनेभा)   रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे समेत सहभागी थिए ।

    नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक बनाउन वैदेशिक लगानी भित्राउने र सन् २०२० का लागि घोषणा भएको पर्यटन वर्षलाई सफल बनाउने गरी भेलाको एजेण्डा तय गरिएको संघको भनाई रहेको छ ।

  • नेपाल एयरलाइन्सले दूर्गमका विमानस्थलमा थाल्यो परीक्षण उडान

    नेपाल एयरलाइन्सले दूर्गमका विमानस्थलमा थाल्यो परीक्षण उडान

    काठमाडौं । नेपाल एयरलाइन्सले दूर्गम पहाडी तथा हिमाली भेगका विमानस्थलमा परीक्षण उडान शुरु गरेको छ ।

    निगमको वाई१२इ जहाजबाट धमाधम परीक्षण उडान भइरहेको निगमले जानकारी दिएको छ । पर्यटन वर्ष २०२० का लागि सहयोग पु¥याउन भन्दै निगमले आफ्नो सक्रियता बढाएको उल्लेख गरेको छ ।

    निगमले आन्तरिक उडान सुदृढ बनाउने लक्ष्यसहित साउन १८ मा चौरजहारी विमानस्थल र ताप्लेजुङ्गको सुकेटार विमानस्थलमा सफल परीक्षण उडान गरेको छ ।

    साउन १९ मा रुकुममा परीक्षण उडान गरेको निगमले २० मा भोजपुर उडाउने तयारी गरेको छ । साउन २१ र २२ मा बाजुरा र तुम्लिङ्गटारमा वाई१२ई विमानबाट परीक्षण उडान गरिने निगमको तालीका छ ।

    अधिकतम क्षेत्रमा आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रर्वद्धनमा थप योगदान पु¥याउने लक्ष्य लिएको निगमले उल्लेख गरेको छ ।

    निगमसँग यस्ता साना जहाज ४ वटा छन् । यो चीनमा बनेको जहाज हो । एक पटकमा १७ जना बोक्ने क्षमता रहेको यो जहाज छोटो धावनमार्ग रहेको विमानस्थलमा सजिलै उडान अवतरण गर्न सम्भव हुन्छ ।

  • भूकम्पले भत्काएका ४ लाख २४ हजार घर पुनर्निर्माण सकियो

    भूकम्पले भत्काएका ४ लाख २४ हजार घर पुनर्निर्माण सकियो

    काठमाडौं । १२ वैशाख २०७२ को भूकम्प र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीका घर निर्माण सम्पन्न भएका छन् ।

    थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ ।

    पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

    यो पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ ।

    राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न हुने बताएका छन् ।

    गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि काम हुन सक्ने भन्दै उनले अरु सबै काम यही आर्थिक वर्षमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ ।

    आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन् ।

    त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भइसकेका छन् ।

    कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन् ।

    कुन जिल्लामा कति घर बने ?
    सिन्धुपाल्चोक – ६७, ८३४, नुवाकोट – ५२,६१३, धादिङ – ४८,४५४, दोलखा – ४४,५३३, गोरखा – ४४,२३१, काभ्रेपलाञ्चोक – ३०,८७७, रामेछाप – ३०,७११, ओखलढुङ्गा – १५,७७२, मकवानपुर – १३,०७०, सिन्धुली – १२,५८२, काठमाडौं – ११,५४२, रसुवा – १०,४१८,
    तनहुँ – १०,५२५, भक्तपुर – ८,४२०, ललितपुर – ४,२१६, लमजुङ – ३२००, चितवन – २,९८२, खोटाङ – २,९२८, सोलुखुम्बु – २,३०२,
    पाल्पा – १,४३५, भोजपुर – १,२६८, धनकुटा – १,२०३, बागलुङ – ८,८२, स्याङ्जा – ७०७, पर्वत – ६७६, नवलपरासी – ६२०, गुल्मी – ३२७, कास्की – ३२४, म्याग्दी – २७१, अर्घाखाँची – ५४

    सम्झौता नगर्नेको नाम हट्दै

    निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन् ।

    लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या साढे पाँच हजार छ ।

  • योगेश भट्टराईलाई सांसदका सुझाव : निस्कदा कुनै दाग नलागोस

    योगेश भट्टराईलाई सांसदका सुझाव : निस्कदा कुनै दाग नलागोस

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई सांसदहरुले मन्त्री पदबाट बाहिरिँदा कुनै दाग नबोकी निस्कने गरी काम गर्न सुझाव दिएका छन् ।

    आइतबार अन्तरराष्टिय सम्बन्ध समितिको बैठकमा सहभागी भएको सबैजसो सांसदले मन्त्री भट्टराईसँग देशले ठूलो आशा गरेको भन्दै त्यसमा सफल हुन सुझाव दिएका हुन् ।

    बैठकमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाललाई संसारभरको पर्यटकीय आकर्षक मुलुक बनाउन सकिने सम्भावना रहेको भन्दै त्यसमा केन्द्रित हुन सुझाव दिए ।

    उनले धर्म, कला संस्कृति र प्रकृतिबाटै धेरै पर्यटक आकर्षित गर्न सकिने सुझाव दिए । नारायणहिटी दरबार संग्रहालयलाई नेपालको इतिहास संग्रहालयका रुपमा विकास गर्न सकिने भन्दै उनले नेपाललाई हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा स्थापित गर्न सकिने उल्लेख गरे ।

    सांसद भीम रावलले परिस्थितिले दिएको जिम्मेवारीमा भट्टराई सफल हुने अपेक्षा राखे । सांसद अग्नी प्रसाद सापकोटाले नेपाल वायुसेवा निगमलाई जसरी भएपनि माथि उकास्नु पर्ने र यसका लागि प्रधानमन्त्रीले नै नेतृत्व लिने मोडल स्थापित गर्न सकिने सम्भावनाबारे सुझाव दिए ।

    बैठकमा बोल्दै अधिकांश सांसदले निजगढ विमानस्थललाई छिटो निर्माण प्रक्रियामा लैजान, नेपाल वायुसेवा निगमलाई एक सक्षम र प्रतिस्पर्धी कम्पनी बनाउन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन मन्त्रीाट धेरै अपेक्षा रहेको बताएका थिए ।

    जवाफमा मन्त्री भट्टराईले आफ्ना लागि मन्त्री र सांसद दुबै पद नयाँ अनुभव भएको भन्दै सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।

    उनले निजगढ विमानस्थल यसै आवमा शुरु गर्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा र भैरहवा विमानस्थलको काम पनि संतोषजनक रुपमा भइरहेको उनको भनाई थियो ।

  • तेह्र घण्टापछि अमेरिकाको ओहायोमा फेरी अर्को मास सुटिङ् हुँदा ९ जनाको मृत्‍यु

    तेह्र घण्टापछि अमेरिकाको ओहायोमा फेरी अर्को मास सुटिङ् हुँदा ९ जनाको मृत्‍यु

    २० जनाको मृत्‍यु र दुई दर्जनलाई घाईते पारेको टेक्ससको मास सुटिङ्को १३ घण्टापछि ओहायोमा पुन: अर्को मास सुटिङ्  हुँदा ९ जनाको मृत्‍यु र १६ जना घाईते भएका छँन् । यो घटना अमेरिकामा घटेको २४ घण्टा भित्रको दोश्रो मास सुटिङ् हो भने एक हप्ता भित्रको तेश्रो घटना हो । अाईतबार बिहान डेटन वोरेगनस्थित डाउन टाऊनका बिभिन्न बार रेस्टुरेण्टमा अन्धाधुन्द गोली चलाईएको हो । वोरेगनका बार तथा रेस्टुरेण्टहरु सप्ताहन्तको रातमा ज्यादा ब्यस्त रहने गर्दछन्      । प्रहरीका अनुसार पहिलो सुटिङ् रातको १ बजे शुरु भएको थियो भने गोली प्रहार गर्ने ब्यक्तीको प्रहरीको गोलीद्वारा मृत्‍यु भएको छ ।  

    अाईतबार बिहानै आयोजित पत्रकार सम्मेलनमा डेटनका मेयरले संचार माध्यमहरुलाई बताए अनुसार गोली प्रहार गर्ने ब्यक्तीले बडी आर्मर लागाएका थिए भने म्याग्जिन सहितको २२३ क्यालिबर बन्दुक चलाएका थिए ।

  • प्रधानमन्त्री स्वास्थ्य जाँच गर्न सिंगापुरमा

    प्रधानमन्त्री स्वास्थ्य जाँच गर्न सिंगापुरमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका सिलसिलामा सिंगापुर पुगेका छन् ।

    प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षणमा संलग्न निजी चिकित्सकहरुको सल्लाहमा उनी सिंगापुर गएका हुन् । शनिबार राती काठमाडौंबाट प्रधानमन्त्रीको टोली सिंगापुर लागेको हो ।

    प्रधानमन्त्री सँगै श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत रहेका छन् ।

    प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराउने तय भएको छ ।

    आइतबारदेखि उनको स्वास्थ्य परीक्षण शुरु हुने तालीका छन । उनी एक साता सिंगापुरमा रहने छन् ।

    यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण थाइल्याण्डमा भइरहेको थियो ।

    अहिले भने चिकित्सकले सिंगापुर जान सल्लाह दिएका हुन् । प्रधानमन्त्री २४ साउनमा स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

  • भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा

    भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा

    काठमाडौं । भारतबाट नेपाल आउने तरकारी तथा फलफूलमा हानिकारक विषादी पाइएपछि सरकारले नाका मै त्यसको चेकजाँच गर्ने निर्णय गर्यो ।

    केही समय कार्यान्वयन पनि भएपछि अचानक भारतले सन्धी सम्झौताको हवाला सरकारलाई उक्त निर्णय फिर्ता लिन बाध्य बनायो ।

    अहिले भारतीय सीमा नाकाबाट निर्वाध रुपमा विषादीसहितको तरकारी र फलफूल भित्रिरहेको छ ।

    यही मेसोमा स्वयमः भारतमा तरकारीमा भएको विषादीको विषयले चर्चा पाउन थालेको छ ।

    शनिबार भारतीय संचारमाध्यमहरुले तरकारीमा रहेको अत्यधिक विषादीले क्यान्सरसम्मको जोखिम हुने भन्दै खोजमुलक सामग्री प्रकाशित गरेका छन् ।

    छिटो पकाउने तथा राम्रो फलाउने लोभमा आँपदेखि अदुवासम्मका फल र तरकारीमा विषादीको मात्रा अधिक रहेको पाइएको छ । प्राकृतिक रुपमा पाक्न फललाई लामो समय लाग्छ ।

    तर, कृषकलाई त्यतिन्जेल धैयै गर्ने फुर्सद छैन । त्यसकारण उनीहरु एकसाथ छिटो र सबै पकाउने गरी विषादीको प्रयोग गर्छन् ।

    यस्तो विषादीमा सुक्ष्म रुपमा क्यान्सरसम्मको जोखिम उत्पन्न गर्ने तत्व रहने बताइएको छ । तरकारी र फलफूलमा विषालु रसायन प्रयोग गरिन्छ र उक्त रसायनको अवधि पुरा नहुँदै त्यो बजारमा आइपुग्छ ।

    त्यसपछि हरेक भान्सामार्फत आम मानिसलाई विष खुवाइरहेको तथ्य संचारमाध्यमले बाहिर ल्याएका छन् ।

    आँप तथा यस्ता फलफूल पकाउन क्याल्सियम कार्बाइड प्रयोग गरिन्छ ।

    भारतमा उत्पादन भएको ठूलो परिमाणको तरकारी नेपालमा आउने गरेको छ । नेपाल तरकारीमा आत्मनिर्भर हुने सम्भावना रहेपछि व्यवसायिक कृषिले प्राथमिकता नपाउँदा आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

  • न्यूयोर्कमा राष्ट्रपति ट्रम्पको चुनाबी नारा लेखिएको क्याप लगाएर हिंड्दा एक ब्यक्ती पिटिए

    न्यूयोर्कमा राष्ट्रपति ट्रम्पको चुनाबी नारा लेखिएको क्याप लगाएर हिंड्दा एक ब्यक्ती पिटिए

    न्यूयोर्क

    जब राजनीतीको कुरा आउँछ एक थरी मानिस् भन्ने गर्दछन् “पोलिटिक्स् ईज अ डर्टी गेम” याने कि राजनीति फोहोरी खेल हो । चुनाव जित्नको लागि अनेकौ राम्रा नराम्रा उपाय अपनाउने चलन नेपालमा त देखेकै थियो । बिपरित भुगोल अमेरिकामा पछिल्ला समय राजनीतिक हिंसा झन झन बढदो छ । फरक राजनीतिक बिचार बोक्ने फरक राजनीतिक पार्टीको वकालत गर्नेहरु अमेरिकामा दिन दिनै असुरक्षित हुन थालेका छन । यस्ता राजनीतिक हिंसाहरु पछिल्ला  बर्षहरुमा ब्यापक बृद्धी हुँदै गएको हो ।  हिंसाको नयाँ घटना न्युयोर्क राज्यमै घटेको छ ।  

    कानूनी राजको बारेमा गर्वका साथ पैरवी गर्ने अमेरिकाको न्यूयोर्क शहरमा राष्ट्रपति ट्रम्पको गत चुनाबी नारा “मेक अमेरिका ग्रेट अगेन” लेखिएको रातो क्याप  लगाएर बाटोमा हिंड्दा एक युवा पिटिएका छन् । म्यानह्याटनको चाईना टाउनस्थिए कनाल स्ट्रिटमा साँझ ७ बजे एक्लै हिडिरहेका बखत उनी पिटिएका हुन् । 

    पिडित ४२ वर्षिय जहाँगिर तुरानले न्यूयोर्क प्रहरीलाई घटना बारे बताए “करिब सात बजे साँझ डिनरको लागि जाँदै गर्दा टिनएजर्स युवाको एक जमातले ट्रम्पको नाम जोडेर अश्लिल शब्द प्रयोग गर्न थाले । अकस्मात एउटा केटीले मेरो ट्रम्प लेखेको टोपी उडाईदिईन् ।  त्यस्तै ५/७ सेकेण्डको बिचमा अर्कोले पछाडिबाट जोडले धकेल्यो । मैले सन्तुलन गुमाएँ र मेरो अनुहार घर मर्मत गर्न छेकि राखेको फलाममा गएर ठोक्कियो” । 

    तुरान एक व्यापारी हुन । उनको म्यानह्याटनमा आफ्नै आर्ट ग्यालेरी छ । न्यूयोर्क प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरी रहेतापनि कुनै पनि ब्यक्ती पक्राऊ परेको छैन । साथै पिडित तुरानले पनि कुनैपनि आक्रमणकारीको प्रस्ट हुलिया दिन सकेका छैन । पिडितले डेलिन्यूज सम्बाददातालाई बताए अनुसार घटना युवाको जमात माझ यति छिटो घट्यो कि उनले के गर्ने भन्ने सोच्न र सावधानी अपनाउन समेत भ्याएनन् ।

    तुरानले हालसम्म कुनैपनि गिरफ्तारी प्रहरीबाट नहुनु दुखद रहेको बताए । साथै अब न्यूयोर्कमा उक्त ह्याट कहिल्यै पनि नलगाउने उल्लेख गरे ।न्युयोर्क डेमोक्र्याटिक  पार्टी बाहुल्यता भएको राज्य मानिन्छ  ।  

    यस अघि सन् २०१७ मा एक बारमा ह्याप्पी आवरको समयमा ग्रेग पिटेक नाम गरेका एक ग्रहकलाई “मेक अमेरिका ग्रेट अगेन”  लेखिएको ट्रम्प समर्थक क्याप लगाएका कारण बार छोड्न भनिएको थियो ।  उनले बार मालिकलाई भेदभावपूर्ण व्यवहारको लागि मुद्दा हाले । सुनुवाईका बिभिन्न चरण पछि अदालतमा मुद्दा डिसमिस भएको थियो ।

  • नेपालको पानी विदेश निर्यातको तयारी

    नेपालको पानी विदेश निर्यातको तयारी

    काठमाडौं । नेपालको पानी अब विदेशमा निर्यातको तयारी शुरु गरिएको छ । रुद्र गंगा नेचुरल वाटर कम्पनीले रसुवाबाट स्प्रिङ पानीको उत्पादन थालेको छ ।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पानीको ब्राण्ड सार्वजनिक गरिएको हो । हिमालबाट बगेर आउने शुद्ध पानी प्रशोधन गरी उत्पादन थालिएको हो ।

    खानेपानी मन्त्री बिना मगरले रसुवा ब्रान्डको पानी उत्पादन भएको औपचारिक घोषणा गरिन् ।

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस कम्पनीले प्लान्ट स्थापना गरेको कार्यक्रममा जानकारी गराइयो ।

    गोसाइँकुण्ड नगरपालिका ६ मा प्लान्ट स्थापना भएको र हिमालको शुद्ध पानीलाई प्रशोधन गरी तयारी पानी उत्पादन गरिएको कम्पनीका अध्यक्ष गणेश भण्डारीले बताए ।

    उनका अनुसार यस कम्पनीले जर्मन प्रविधि प्रयोग गरी पानीको उत्पादन थालेको हो । दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रिङ वाटर उत्पादन हुने यस कम्पनीले नेपाली बजारमा भने शुक्रबारदेखि नै पानीको बिक्रि थालेको छ ।

    विदेश निर्यातको तयारी पुरा गरी डिसेम्बरबाट खाडी मुलुकमा नेपाली पानी निर्यात गर्ने लक्ष्य राखिएको छ । नेपाल फ्रेस वाटरको सबैभन्दा ठूलो मुहान क्षेत्र हो ।

    किनकी हिमालबाट बगेर आएको पानी निकै पोशिलो र शुद्ध मानिन्छ । तर, त्यसलाई वस्तीसम्म पुर्याउने उपाय नहुँदा धेरै बस्तीमा अहिले पनि खानेपानीको हाहाकार रहेको छ ।

  • राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु

    राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु

    काठमाडौं । राजधानी भित्रैको विकास निर्माणको काम कति असुरक्षित तरिकाले भइरहेको छ भन्ने उदाहरण शुक्रबार एक डरलाग्दो घटनाले उजागर गरेको छ ।

    काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुर निसास्सिएर मृत्युवरण गर्न बाध्य भएका छन् ।

    पाइप सफा गर्न पाइप भित्र पसेका सप्तरी स्थायी घर भएका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको निसास्सिएर निधन भएको प्रहरीले बताएको छ ।

    निकै बेर सम्म पनि पाइपबाट बाहिर ननिस्किएपछि डोजरको सहायतामा पाइप निकालेर उनीहरुलाई बाहिर निकालिएको थियो ।

    लगत्तै अस्पताल लगेपनि बचाउन नसकिएको प्रहरीको भनाई छ । उनीहरु एकै परिवारका दाजुभाई रहेको बताइएको छ ।

    काठमाडौंमा मेलम्चीको खानेपानी वितरण बिस्तारको काम भइरहेको छ ।

    आयोजनाले विभिन्न स्थानको पाइप निरिक्षणको काम अगाडी बढाइरहँदा मजदुरको दुखद निधन भएको हो ।

    उता, बुटबल बसपार्कमा रोकिराखेको एक बसको छतमाथि पुरुषको शव फेला परेको बुटवल प्रहरीले जानकारी दिएको छ ।

    गुल्मी चन्द्रकोटका स्थायी बासिन्दा ३५ वर्षिय दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको प्रहरीले बताएको छ । उनी बसपार्कमै काम गर्दै आएका मजदुर हुन् ।

  • किराले टोकेर न्युयोर्कमा एकको मृत्‍यु

    किराले टोकेर न्युयोर्कमा एकको मृत्‍यु

    बिरलै देखिने र सुनिने “टिक बर्न” रोगका कारण अमेरिकाको न्युयोर्कमा गत बिहीवार एक जनाको मृत्‍यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन । पहिचान नखुलाईएका हड्सन भ्याली निवासी ब्यक्तीको पोवासन (Powassan) नामक जिवाणुको कारण मृत्यु भएको घटना न्युयोर्कमा यो बर्ष पहिलो हो । पोवासन जिवाणु झट्ट हेर्दा सामान्य किरा जस्तो देखिने “डियर टिक” को टोकाईबाट मानव शरिरमा फैलने गर्दछ । डियर टिक किरा पुर्वी अमेरिकामा ब्यापक रुपमा पाईने किरा हो ।  यदी मानिसलाई त्यस्तो संक्रमित किराले टोकेको अवस्थामा मानिसको ज्यान नै जाने खतरा हुने गरी जिवाणु ब्रेनसम्म पुग्ने र ब्रेन सुन्निने हुन्छ, जस्को उपचार नै हुँदैन । डियर टिकको टोकाईबाट मानव शरिरमा सर्ने यो रोग बिरलै देखिने गरेपनि अमेरिकामा बिस्तारै बढदै गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।  

    अमेरिकामा यस्तो प्रकृतिको स्वास्थ्य समस्या सन २००९ मा ६ वटा पाईएको थियो भने अघिल्लो बर्ष मात्र २१ वटा यस्ता केसहरु आएका थिए । पोवासन भाईरसको संक्रामणपछि मानिसलाई सामान्यतया टाउको दुख्ने ज्वरो आउने रिङ्गटा लाग्ने जस्ता संकेतहरु देखा पर्दछन् अनि बिस्तारै  जिवाणुले दिमागमा आक्रमण गर्दछ । १० जना यस्ता बिरामीमा १ जनाको मृत्‍यु हुने गरेको छ भने सन्चो भएर फर्किनेहरु पनि जीवनभर पूर्ण स्वस्थ भने हुन सक्दैनन् ।  

    श्रोत : डेली मेल

  • मंसिर १४ मा हुने भयो उपनिर्वाचन

    मंसिर १४ मा हुने भयो उपनिर्वाचन

    काठमाडौं । उपनिर्वाचन आगामी मंसिर १४ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबारको निर्णयले उपनिर्वाचनको मिति तय गरेको हो ।

    आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले उपनिर्वाचनको मिति तय भएको जानकारी दिएका छन् । शनिवार पर्ने उक्त दिन सबै तहको निर्वाचन एकै पटक संचालन हुने भएको छ ।

    देशभर ५० स्थानमा उपनिर्वाचन गर्नुपर्ने खरेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ३७ जिल्लाका विभिन्न पद खालि छन् ।

    विविध कारणले खाली भएका संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन गराउनु पर्छ । त्यसमध्ये प्रतिनिधिसभा सदस्यको कास्की ३ खाली छ ।

    यो स्व. सांसद तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्र हो । उनको १५ फागुनमा हेलिकोप्टर दूर्घटनामा परी निधन भएको हो ।

    प्रदेशतर्फ बाग्लुङ २ ९ख० मा गण्डकी प्रदेश सांसद टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ ९ख०मा उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ ९ख०बाट हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली छन् ।

    सुनसरी, धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएकाले यहाँ पनि उपनिर्वाचन गराउनु पर्नेछ ।

    विभिन्न तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ३६ जिल्लाका ४१ वटा वडा अध्यक्षको पद पनि रिक्त रहेको आयोगको भनाई छ ।

    नेपालमा डेढ वर्ष अगाडी निर्वाचन भएपछि संघीयता पूर्ण रुपमा लागू भएको थियो ।

  • समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

    समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

    भारतीय केन्द्रिय एजेन्सीले माल्दिभ्सका पूर्व उप राष्ट्रपति अहमद अदीब अब्दुल गफूरलाई नियन्त्रणमा लिएको छ ।

    उनी गैरकानूनि रुपमा समुन्द्रि मार्गबाट भारत प्रवेश गरेका थिए । उनी भारत आउने कुनै सूचना नरहेको र अवैध रुपमा भारत प्रवेश गरेपछि पक्राउ गरिएको भारतीय अधिकारीहरुले पुष्टी गरेका छन् ।

    उनी बिहीबार भारत पुगेका थिए । तूतीकोरिन समुन्दी तटबाट उनी भारत प्रवेश गरेका थिए ।

    उनी भारत आउनेबारे कुनै जानकारी नभएको स्थानीय सरकारी अधिकारीले उल्लेख गरेका छन् ।

    अहिले केन्द्य्रिय एजेन्सीले उनको यात्रा अनुमति तथा समुन्द्री जहाज ल्याउने अनुमति भए नभएको बारे अध्ययन गरिरहेको बताएको छ ।

    जहाजमा चालक दलका ९ सदस्यसमेत रहेको बताइएको छ ।

    एजेन्सी

  • दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

    दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

    कठमाडौं । राजनीतिक दल आ-आफ्नो अडानमा टसमस नहुँदा व्यवस्थापिका संसदको अवरोध बिहीबार पनि कायम रह्यो ।

    विहीबार सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरी संसदको अवरोध हटाउने प्रयास थालेका थिए ।

    तर, सर्वदलीय बैठकमा दलहरु आफ्नो अडानमा टसमस भएनन् । सर्लाहीका दुई गोलीकाण्डका घटनामा संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित मषेधवादी दलले संसद अवरुद्ध गरिरहेका छन् ।

    सत्तारुढ दल भने यसको विरोधमा छ । राज्य व्यवस्था समितिबाट छानबिन भइरहेको विषयका लागि छुट्टै समितिको आवश्यकता नरहेको नेकपाको तर्क रहेको छ ।

    सोहीकारण सर्वदलीय बैठकमा सहमति जुट्न सकेन ।

    सर्लाहीको लालबन्दीमा प्रहरीको गोलीबाट मारिएका नेत्रविक्रम चन्द विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल र इश्वरपुरमा प्रहरीको गोलीबाटै मारिएका सरोजनारायण महतो प्रकरणमा संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग रहेको छ ।

    यस विषयमा अर्को प्रतिपक्षी दल राजपाले कांग्रेसलाई साथ दिएको छ । बुधबारको बैठकमा यी दुई दलले संसदमा नाराबाजी गरेका थिए । कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधि सभा बैठक सोमबार सम्म स्थागित गर्ने निर्णय गरेो छ ।