Category: समाचार

  • जागे नागरिक अगुवा, भन्छन् “हामी रैती बन्न इन्कार गर्छौ” 

    जागे नागरिक अगुवा, भन्छन् “हामी रैती बन्न इन्कार गर्छौ” 

    काठमाडौं । नागरिक अगुवाहरुले वर्तमान सरकारले ल्याएका विभिन्न कानून तथा विधेयकका सम्बन्धमा पहिलो पटक मुख खोलेका छन् ।

    उनीहरुले शनिबार एक संयुक्त अपिल सार्वजनिक गर्दै नागरिकलाई रैती बनाउन खोज्ने सरकारी रबैयाको विरोध गरेका हुन् । अपिलमा भनिएको छ, “हामी रैती बन्न इन्कार गर्छौं ।”

    सूचना, ज्ञान, न्याय र मानवाधिकार वर्जित गर्ने गरी सरकारले एक पछि अर्को कदम चालिरहेको र यसले नागरिकलाई रैतीमा परिणत गर्न खोजिएको भन्दै नागरिक अगुवाहरुले त्यस कदमको विरोध गरेका हुन् ।

    संचार सम्बन्धी विधेयकले बोल्न र लेख्न पाउने नागरिकको अधिकार बन्चित गर्ने उनीहरुको भनाई रहेको छ ।

    मानवाधिकार आयोग सम्बन्धी विधेयकले उक्त आयोगलाई नेताभक्त वकिलको जागिरे अड्डामा परिणत हुने नागरिक अगुवाको चिन्ता छ ।

    राज्यले जति मानवाधिकार हनन् गरेपनि आयोग निकम्मा हुने गरी कानून आउन लागेको उनीहरुले उल्लेख गरेका छन् । पुस्तकमाथि लगाइएको अविवेकपूर्ण कर ज्ञानको उद्यम धरासायी बनाउने कुचेष्टा भएको अपिलमा उल्लेख छ ।

    सार्वजनिक जग्गामा सरकारले आफ्ना दलालहरुलाई पोषिरहको उनीहरुले उल्लेख गरेका छन् ।

    न्यायबाट वन्चित गरिएका निर्मला पन्त, अजित मिजा र कृष्ण विकका आफन्तको कहर समेत सरकारले नसुनेको भन्दै उनीहरुले कडा शब्दमा सरकारको आलोचना गरेका छन् ।

    जनतालाई अधिकारबाट वच्चित गराएर विगतमा भएका क्रान्तीको नेतृत्व गरेका र अनेकन आन्दोलनमा संलग्न भएका मानिस नै संलग्न सरकारले आफ्नै इतिहासमाथि घात गरिरहेको नागरिक अगुवाहरुको भनाई छ ।

    सरकार बेलैमा सचेत नभए ठूलो मूल्य चुकाउनु पर्ने भन्दै उनीहरुले जनताको चेतनालाई चानचुन नठान्न समेत सत्ताधारीलाई आग्रह गरेका छन् ।

    स्वनाम साथी, सुन्दरमणि दीक्षित, गौरी प्रधान, विजय कर्ण, लोकनारायण शर्मा, उज्ज्वल प्रसाई, खगेन्द्र संग्रौला लगायतले संयुक्त अपीलमा हस्ताक्षर गरेका छन् ।

  • पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।

    पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।

    अमेरिकाका एक पूर्व राष्ट्रपतिले बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनधिकृत राष्ट्रपतिको संज्ञा दिएका छन् । बर्तमान राष्ट्रपतिलाई अबैधानिक राष्ट्रपति भन्ने ब्यक्ती जिमी कार्टर हुन् । कार्टर अमेरिकाको ३९ औ राष्ट्रपति हुन् भने उनले सन् १९७७ देखि१९८१ सम्म राष्ट्रपतिको रुपमा काम गरेका थिए । 

    पूर्व राष्ट्रपति जिमी कार्टरले शुक्रबार बिहान मानव अधिकार सम्बन्धी एक कार्यक्रममा भने “रसियाको हस्तक्षेपमा सन् २०१६ को निर्वाचन जितेका कारण डोनाल्ड ट्रम्प बैधानिक राष्ट्रपति होईनन्” । सन्  २०१६ को निर्वाचनमा रसियन संलग्नताको प्रसंगमा कार्टरले थप प्रस्ट पार्ने कोशीस गर्दै भने “रसियनले सन् २०१६ को निर्वाचनमा हस्तक्षेप गरेको कुरामा कुनै शंका नै छैन । यदी पूर्णरुपमा अनुसन्धान गर्ने हो भने थाहा हुन्छ, वास्तवमा ट्रम्पले निर्वाचन जितेकै छैन । उसले  निर्वाचन हारेको हो तर रसियन हस्तक्षेपका कारण जिताएर राष्ट्रपति बनाईयो” ।  

    पूर्व राष्ट्रपति कार्टरले राष्ट्रपति ट्रम्पको राष्ट्रपति पदमा जितका बिषयमा अमेरिकामा यस्तो आरोप लगाई रहँदा उता जापानको ओसाकामा आयोजित जि – २० को शिखर बैठकको दौरान राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई औला देखाउदै हास्यास्पद तरिकाले भनेका छन् “कृपया निर्वाचनमा हस्तक्षेप नगर्नुस्”।   

    एजेन्सी

  • नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने

    नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने

    काठमाडौं । टी-२० विश्वकप क्रिकेट छनोट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टीमले मलेसियासँग २ खेलको सिरिज खेल्ने भएको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा यी दुई टोली पनि प्रतिस्पर्धा गर्नेछन् ।

    त्यस अगाडी नै दुई देशबीच सिरिज हुने भएको हो । छनोट चरणको तयारीकै क्रममा सिरिज खेल्न लागिएको बताइएको छ ।

    यी दुई मुलुकबीच पहिलो खेल २८ असार र दोस्रो खेल २९ असारमा तय भएको छ । मलेसियाको किनरारा ओभलमा खेल हुने मलेसियन क्रिकेट संघले उल्लेख गरेको छ ।

    यो सिरिज अघि नेपाली टीमले मलेसियामै तयारी गर्ने कार्यक्रम तय भएको छ । सिरिज खेलेपछि टोली सिंगापुर जाने कार्यक्रम बनाइएको छ ।

    अहिले भने नेपाली टोली विश्वकप छनोटको तयारी कीर्तिपुरस्थिति मैदानमा गरिरहेको छ। शनिबार नेपालको अन्तिम घोषणा गर्ने कार्यक्रम छ ।

    छनोट प्रतियोगिता भने आगामी ६ साउनबाट १२ गते सम्म चल्नेछ । नेपालसहित सिंगापुर, कुवेत, मलेसिया र कतार प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको शिर्ष टोली ग्लोबल छनोटका लागि छानिनेछ ।

    अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म चल्ने आइसिसी टी–२० विश्वकप ग्लोवल छनोट प्रतियोगितामा भने १४ टिम प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये १४ टीमको तय भइसकेको छ ।

    अब अमेरिकाबाट २ टिम, एसिया र युरोप छनोटबाट १–१ टिम गरी ४ टीमको तय हुन बाँकि छ । १४ बाट मात्र ६ टिम टी–२० विश्वकप खेल्न छनोट हुनेछन् ।

  • ओली सरकार ढाल्न सक्ने तागत छ : देउवा

    ओली सरकार ढाल्न सक्ने तागत छ : देउवा

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आवश्यक परे ओली सरकार ढाल्न सक्ने तागत रहेको बताएका छन् ।

    शुक्रबार कांग्रेस निकट स्थानीय तहका कर्मचारीको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै विपक्षी दलका नेतासमेत रहेका देउवाले उक्त चेतावनी दिएका हुन् ।

    खासगरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले देखाइरहेका गतिविधिप्रति उनको आक्रोस थियो ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरी विधेयक आइरहेको तर्फ इंगित गर्दै उनले प्रजातान्त्रिक अधिकारका लागि लडेर आएको पार्टी भएकाले आवश्यक परे ओली सरकार पनि ढाल्न सक्ने तागत रहेको उल्लेख गरे ।

    राणा, पञ्चायत र ज्ञानेन्द्रको शासन प्रजातान्त्रिक लडाईकै माध्यमबाट ढलेको उनको भनाई थियो ।

    गुठी विधेयकको सम्बन्धमा पनि उनले षड्यन्त्र गरी पुनः ल्याउन सक्ने सम्भावना रहेको बताए ।

    उक्त अवसरमा कांग्रेस नेता रामचन्द्र पौडेलले ठूला भ्रष्टाचार काण्डमा सरकारले निष्पक्ष छानविन गर्नु पर्ने बताए ।

  • नेपाल एयरलाइन्सको इन्जिनियरिङ अब नेपालीबाटै

    नेपाल एयरलाइन्सको इन्जिनियरिङ अब नेपालीबाटै

    काठमाडौं । नेपाल एयरलाइन्सका सबै जहाजको इन्जिनियरिङ कार्य अब नेपाली प्राविधिक बाट हुने भएको छ ।

    वाइडबडी जहाज ए ३३० को ‘लाइन मर्मत’देखि वाई १२, एमए ६० सम्मका सबै जहाजको मर्मतसमेत निगमकै इन्जिनियरबाट हुने भएको निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले  नेवानिलाई ‘पार्ट १४५’ को स्वीकृति दिएको छ । यो स्वीकृति जहाजको मर्मत सम्भार गर्ने संस्थालाई दिइने प्राविधिक स्वीकृति हो ।

    यससँगै अब वाइडबडी जहाज ए ३३० को लाइन मर्मत गरी जहाजलाई उडानयोग्य घोषणा गर्ने काम नेपालीले नै गर्नेछन् ।

    जहाज एप्रोन एरियामा आइसकेपछि हरेक पटकको उडान, अवतरणका क्रममा इन्जिनियरले चेक जाँच गरी उडानको स्वीकृति दिनुपर्छ । अहिले यो काम संयुक्त अधिराज्यको बीसीटी कम्पनीले गरिरहेको निगमले उल्लेख गरेको छ ।

  • नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै

    नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै

    काठमाडौं । नेपालमा पहिलो पटक श्रम तथा रोजगार सम्मेलन आयोजना हुने भएको छ । सरकारले पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको छ ।

    मुलुकभित्र स्वस्थ श्रम सम्बन्ध बनाएर स्वदेशमै रोजगारीका सम्भावना खोज्ने उद्देश्यले पहिलो पटक यस्तो सम्मलेन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

    असार १५ र १६ गते काठमाडौंमा आयोजना हुने सम्मेलन नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, माग र आपूर्तिको विश्लेषण गर्न फलदायी हुने अपेक्षा सरकारको छ ।

    मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीका अनुसार रोजगारी सिर्जना गर्न सक्ने सम्भावना बोकेका क्षेत्रमा युवाको आकर्षण बढाई दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार सम्मेलन आयोजना गरिएको हो ।

    सम्मेलनले देशमा आवश्यक श्रम नीति, योजना र कार्यक्रम तयार पार्न समेत सहयोग गर्ने उनले उल्लेख गरे ।

    सम्मेलनका दौरान जलविद्युत्, सडक, सिँचाइ, खेलकूद, अन्य पूर्वाधारलगायत निर्माण क्षेत्र, साना उद्योग, हस्तकला, जडीबुटी र प्रशोधन उद्योगलगायत घरेलु तथा साना उद्योग, सूचना प्रविधि, सेवा क्षेत्रमा रोजगारीकास सम्भावना र आवश्यक नीतिगत व्यवस्था सम्बन्धमा छलफलको तयारी रहेको छ ।

    सम्मेलनमा सरकारी सरोकारवाला निकायका अधिकारी, नेता, स्थानीय तहका जनप्रतिनिधि, विषयगत विज्ञ विशेषज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, रोजगारदता, तालीम प्रदायक संस्था, नमूना उद्यमी, सहकारी, मजदूर सङ्गठनलगायतबाट प्रतिनिधित्व हुने कार्यक्रममा जानकारी दिइयो ।

    सरकारले पछिल्लो समय स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ल्याएको कार्यक्रममा बनेटको व्यापक दोहन भइरहेको भन्दै आलोचना भइरहेका सन्दर्भमा सरकारले रोजगारी सम्मेलन आयोजना गर्न लागेको हो ।

  • न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या – अर्को प्रहरीले ठोके आफैलाई गोली

    न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या – अर्को प्रहरीले ठोके आफैलाई गोली

    न्युयोर्क

    न्यूयोर्क प्रहरीमा कार्यरत ५३ वर्षिय प्रहरी अधिकृत केभिन प्रेसिसले लङ्अाईल्याण्डस्थित आफ्नै निवासमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । प्रहरी श्रोतका अनुसार गत बुधबार राती अन्दाजी ९ बजेर ५० मिनेटको समयमा टाउकोमा गोली लागेको अवस्थामा भेटिएका प्रेसिसलाई तत्काल मृत घोषित गरिएको थियो । प्रहरी अधिकृत प्रेसिसको आत्महत्या पछी न्यूयोर्क शहरमा जुन महिना भित्र आत्महत्या गर्ने प्रहरीको संख्या ४ पुगेको छ । प्रेसिस लगायत न्यूयोर्क शहरमा कार्यरत ६ जना प्रहरीले यो बर्ष भित्र आत्महत्या गरेका छन् ।
    प्रहरी श्रोतका अनुसार ५३ वर्षिय बिबाहित प्रेसिसले आत्महत्या गरेको दिन उनले न्यूयोर्कस्थित प्रहरी सेवा शुरु गरेको २५ बर्ष पुरा हुन ३ दिन मात्र बाँकी थियो । उनी ब्रोंक्स स्थित ५० प्रिसेन्टमा कार्यरत थिए । यस अगाडि जुन महिनाको ५, ६ र १४ तारिखका दिन ३ जना प्रहरीले आफैलाई गोली प्रहारगरी आत्महत्या गरेका थिए ।
    एजेन्सी ।

  • जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण

    जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण

    भारतको मुम्बईबाट अमेरिकाको न्यूयोर्क जान उडेको एयर इण्डियाको जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण गरिएको छ ।

    उक्त जहाज बेलायतको लण्डनमा आकस्म्कि अवतरण गरिएको हो । एआई१९१ विमान उत्तर पश्चिमी लण्डनको स्टेनस्डेड विमानस्थलमा बिहीबार अवतरण गराइएको थिया ।

    जहाज अवतरण गराई हरेक यात्रुको एक एक गरी सुरक्षा जाँच गरिएको थियो । तर, बमको पुष्टी भने हुने सकेन । सर्वसाधारणलाई त्रसित बनाउन यस्तो हल्ला चलाइएको अधिकारीहरुले आशंका गरेका छन् ।

    एयर इण्डियाले पनि शुरुमा जहाजमा बम भएको उल्लेख गर्दै टुइट गरेपनि पछि हटाएको थियो । विमानस्थलका अनुसार स्थानीय समय अनुसार बिहान १० बजेट जहाज विमानस्थलमा अवतरण गराइएको थियो ।

    जहाजलाई अलग्गै स्थानमा राखी चेकचाज गरिएको थियो । भारतबाट उड्ने जहाजमा बमको हल्ला बढी नै चलाइन्छ । जहाजमा कति यात्रु थिए भन्नेबारे भने खुलाइएको छैन ।

    उता, रुसमा एक यात्रुबाहक जहाज विमानस्थल नजिकैको घरमा ठोक्किदा चालक दलका दुई सदस्यको ज्यान गएको छ ।

    ४३ जना यात्रु भने सकुसल रहेको रुसी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । रुसको साइबेरीयामा यो दूर्घटना भएको हो ।

    रुसको उडान उडबाट साइबेरीयाको निझनियनगास्र्कतर्फ जहाज उडेको थियो । विमान आकस्मिक अवतरणका क्रममा दूर्घटनामा परेको र दूर्घटनालगत्तै आलो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
    एजेन्सी

  • भारतमा फेरिए गुप्तचर निकायका प्रमुख

    भारतमा फेरिए गुप्तचर निकायका प्रमुख

    भारत सरकारले दुई मुख्य गुप्तचर निकाय ‘रअ’ र ‘आइबी’मा नेतृत्व परिवर्तन गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बुधबार सरकारले ‘रअ’ र ‘आइबी’मा नयाँ प्रमुख नियुक्त गरेको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल भर्खरै शुरु भएको सन्दर्भमा सरकारले गुप्तचर निकायका प्रमुख परिवर्तन गरेको हो ।

    रिसर्च एन्ड एनलाईसिस विंग ‘रअ’मा सामन्त कुमार गोयल प्रमुखका रुपमा नियुक्त भएका हुन्। इन्टलिजेन्स ब्युरो ‘आइबी’मा अविन्द कुमारलाई नियुक्त गरिएको छ ।

    उनीहरु दुबैजना अनुभवी कर्मचारी मानिन्छन् । गोयल सन् २००१ देखि नै रअमा आवद्ध थिए ।

    कुमार सन् १९९१ देखि आइबीमा आवद्ध छन्। त्यसकारण पनि सरकारले उनीहरुमाथि भरोसा गरेको हो ।
    एजेन्सी

  • भारतीय नागरिकको नेपाली नागरिकता खारेज

    भारतीय नागरिकको नेपाली नागरिकता खारेज

    काडमाडौं । सरकारले नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रीपरिषद्ले ५ जना भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको हो ।

    असार ५ र ८ गतेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजना भएको कार्यक्रममा मन्त्री बास्कोटाले उक्त जानकारी दिएका हुन् ।

    भारतीय नागरिक जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजय राउत, जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नागरिकता खारेज गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिए ।

    उनका अनुसार जीवनकुमारले सप्तरीबाट, धर्मेन्द्र ठाकुर र अजय राउतले धनुषाबाट तथा यमुना र कृपालीले रौतहट जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका थिए।

    खुला सीमानाको कारण उठाउँदै तराई भेगमा भारतीय नागरिकको खुला आवगमन भइरहेको छ । उनीहरु नेपालमा सरकारी अधिकारीहरुलाई छक्याएर नेपाली नागरिकता लिन सफल भएका थिए ।

    मन्त्रीपरिषद्ले नेपाली सेनाका ५ जना सेनानीलाई प्रमुख सेनानीमा बढुवा गर्ने निर्णय समेत गरेको छ।

    बैठकले लेखा समिति सभापति भरतकुमार शाहसहित ७ सदस्यीय भ्रमण टोलीलाई ४ देशका कूटनीतिक निकायको भ्रमणमा जान सैद्धान्तिक सहमति दिएको जानकारी बास्कोटाले गराए ।

  • आयो एसईई रिजल्ट, करिष्मा मानन्धर र शान्ता चौधरीको नतिजा के भयो ?

    आयो एसईई रिजल्ट, करिष्मा मानन्धर र शान्ता चौधरीको नतिजा के भयो ?

    काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिजल्ट सार्वजनिक गरेको छ ।

    बिहीबार दिउँसो साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो ।

    परिक्षा नियन्त्रण कार्यालयका अनुसार २०७५ को एसईईमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या १७ हजार ५ सय ८० जना रहेको छ ।

    ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने विद्यार्थी ५१ हजार १ सय ३७ जना रहे । २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना भएको कार्यालयले जानकारी दिएको छ ।

    २ देखि २.४ जीपीएसम्म ल्याउने विद्यार्थी ९८ हजार २ सय ७ जना रहेका छन् । १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेको कार्यालयको तथ्यांक रहेको छ ।

    दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने प्रावधान रहेको छ । नतिजामा चित्त नबुझे १५ दिन भित्र उजरी समेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    यस वर्ष नायिका करिश्मा मानन्धरले पनि एसईई परीक्षा दिएकी थिइन् । उनले ‘बी प्लस ग्रेड ल्याएकी छिन् ।  यस अनुसार नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी छन् ।

    उता, सांसद शान्ता चौधरी बी ग्रेड प्राप्त गर्न सफल भइन् । उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष उनी यस वर्ष छोरीसँगै एसएलसी परिक्षामा सहभागी थिइन् । छोरीको भने बी प्लस ल्याएकी छन् ।

  • एसईई परिक्षाको रिजल्ट आज

    एसईई परिक्षाको रिजल्ट आज

    काठमाडौं । एसईई परीक्षाको रिजल्ट बिहीबार प्रकाशित हुने भएको छ । नतिजा सार्वजनिक गर्न परिक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठक बिहीबार दिउसो बस्दैछ ।

    कार्यलयको बोर्ड बैठक बसेर निर्णय गरे लगत्तै नतिजा सार्वजनिक गर्ने गरिन्छ । अघिल्ला वर्षहरुको तुलनामा यस पटक एसइइ नतिजा ढिला प्रकाशन हुने भएको हो ।

    सामान्यतया असार पहिलो साता नजिता आइसक्ने गथ्र्यो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिइएको थियो । सोहीकारण समयमै नतिजा आउन ढिला भएको कार्यालको भनाई छ ।

    १० चैतबाट शुरु भएको परिक्षामा पौने ५ लाख विद्यार्थी सहभागी छन् । उनीहरुले उच्च शिक्षाको ढोका ढकढक्याउन एसइइ परिक्षा पास गर्नुपर्छ ।

    त्यसो त अहिले कक्षा १२ सम्म नै माध्यामिक स्तरको शिक्षा मानिदै गएपछि कक्षा १० स्तरसम्मको परिक्षाको महत्व भने पहिला जस्तौ छैन ।

    किनकी विगतमा एसएलसीका नामबाट संचालन हुने परिक्षालाई फलामे गेटका रुपमा लिने प्रचलन थियो । यस वर्ष पहिलो पटक संघीय संरचनाअनुसार एसइइ परिक्षा संचालन भएको थियो ।

    देशभरबाट ४ लाख ७५ हजारले परिक्षा दिएका छन् । त्यसमध्ये २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् ।

  • बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनाको बयान लिने

    बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनाको बयान लिने

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको २९९ रोपनी जग्गा अनियमितता काण्डमा छानविन थालेको छ ।

    यसैक्रममा अख्तियारले यस काण्डमा मुछिएका तीन परिवारसहित ८६ जनालाई बयान दिन अख्तियार बोलाएको छ।

    बुधबार सार्वजनिक सूचना जारी गर्दै उनीहरुलाई अख्तियारले बयानका लागि बोलाएको हो ।

    यस काण्डमा मुछिएका सबै सात दिन भित्र अख्तियार पुगी बयान दिनु पर्ने भएको छ ।

    सूचना अनुसार भाटभटेनीका संचालक मीनबहादुर गुरुङका छोरा कल्याण गुरुङ पनि अख्तियारले बोलाएको सूचिमा रहेका छन् ।

  • मिले प्रकाश सपूत र शम्भू राई

    मिले प्रकाश सपूत र शम्भू राई

    काठमाडौं । गलबन्दी गीतको विवाद टुंगिएको छ । गायकद्धय प्रकाश सपूत र शम्भू राईबीच ४ बुँदे सहमति भएसँगै विवाद टुंगिएको हो ।

    बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा छलफलपछि दुबै गायक सहमतिमा आएका हुन् ।

    सहमति अनुसार युटुबमा राखिएको गलबन्दी बोलको गीतमा संगीत सिर्जनातर्फ शम्भु राईको नाम राखिने भएको छ । पुनः संगीत सिर्जनामा प्रकाश सपूतको नाम रहने भएको छ ।

    ‘गलबन्दी’ बोलको गीतले कमाएको आम्दानीमा शम्भु राइले कुनै दावि नगर्ने सहमति समेत दुई श्रष्टाबीच भएको छ ।

    ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो सिर्जनासँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।

    गलबन्दी गीत आफ्नो ‘देउसी भैली’ गीतको लयसँग मिलेको राईको भनाई थियो ।

  • विश्व सम्पदाको खतराको सूचिमा पर्दैछ काठमाडौं ?

    विश्व सम्पदाको खतराको सूचिमा पर्दैछ काठमाडौं ?

    काठमाडौं । काठमाडौं उपत्यका भित्रका विश्व सम्पदाहरुलाई यूनेस्कोले खतराको सूचिमा राख्ने प्रस्ताव गरेको छ । युनेस्कोअन्तर्गत, वल्र्ड हेरिटेज कमिटिको ४३ औं सेसन आगामी साताबाट अजरबैजानको बाकुमा शुरु हुँदैछ ।

    उक्त सेसनमा लैजाने एजेण्डामध्ये एक एजेण्डा नेपालको काठमाडौंलाई खतराको सूचिमा राख्नु पनि हो । किनकी यूनेस्कोले नेपाललाई लामो समयदेखि सम्पदा संरक्षणमा गम्भीर बन्न चेतावनी दिइरहेको थियो ।

    खासगरी पुनर्निर्माणमा देखिएको ढिलाईका कारण अहिले सम्पदाहरु अस्तव्यस्त अवस्थामा रहेका छन् । संम्पदा संरक्षणमा सरकारले देखाएको ढिलासुस्तीका कारण विश्व सम्पदा सूचिहरु खतराको सूचिमा पर्ने सम्भावना बढेको हो ।

    नेपालबाट पर्यटन सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा जाने प्रतिनिधिमण्डले बाँकि विश्वलाई कसरी विश्वास दिलाउन सक्छ, त्यसमा नेपालका सम्पदाको भविश्य निर्भर हुनेछ ।

    विश्व सम्पदा सूचिमा पर्नु कुनै पनि सम्पदाको गौरवको विषय हो । किनकी सूचिमा पर्नासाथ ती सम्पदाको विश्वव्यापी चर्चा हुन्छ भने यसको विकास, प्रवद्र्धन र संरक्षणमा यूनोस्कोले पनि सहयोग गर्छ ।

    काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्ध, स्वयम्भू, बसन्तपुर, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा रहेका छन् ।

    कमितिको ४३ औं सेसन आगामी ३० जुनदेखि १० जुलाईसम्म चल्नेछ । यही बैठकले नेपालका सम्पदाको भविश्य निर्धारण गर्नेछ ।

    नेपालमा काठमाडौं उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचिमा रहेका छन् ।

  • पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटनाको प्रतिवेदन बुझाइयो

    पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटनाको प्रतिवेदन बुझाइयो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटना छानविन आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको छ ।

    बुधबार आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री धनबहादुर बुढा समक्ष प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार दूर्घटनाको मूख्य कारण खराब मौसम मानिएको छ ।

    १५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दूर्घटनामा परी पर्यटन मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

    खराब मौसमका बीच पाथिभरा पुगेको हेलिकोप्टर पाथिभराबाट पनि मौसम खुल्ने आशमा बसेको थियो । थोरै समय मौसम सफा भएको मौका पारेर उडेको हेलिकोप्टरलाई अकस्मात आएको हिउँसहितको तिब्र वेगको हावाले अनियन्त्रित बनाउँदा हेलिकोप्टर दूर्घटनामा परेको आयोगको निष्कर्ष छ ।

    आयोगले यसमा मानवीय भन्दा कठिन भौगोलिक परिस्थितिमा अकस्मात परिवर्तन भएको मौसमले असर पारेका कारण दूर्घटना भएको निचोड आयोगले निकालेको छ ।

    एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा पाइलटमाथि कुनै प्रकारको दवाव नरहेको र हेलिकोप्टरको प्राविधिक पक्ष पनि राम्रो रहेको बताइएको छ ।

    मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै आयोगले छानविनका क्रममा प्राविधिक तथा व्यवस्थापन पक्षका पदाधिकारीसँगको छलफल, दुर्घटनास्थलको स्थलगत अध्ययन, मौसमको अवस्था विश्लेषण, चालकको मानसिक, सामाजिक, आर्थिक तथा पारिवारिक अवस्थाको विश्लेषणसमेत गरेको उल्लेख गरेको छ ।

    रम्भीक प्रतिवेदनलाई दुई महिनासम्म हेलिकोप्टर निर्माता मुलुक तथा सरोकारवाला निकायमा पठाउने र त्यहाबाट आउने राय सुझाव राय सुझाव समेटेर विस्तृत प्रतिवेदन बनाउने प्रावधान रहेको छ ।

    दूर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

    नेपालको हवाई इतिहासमा यस दूर्घटनाले महत्वपूर्ण क्षति पुगेकोथियो ।

  • इण्डो प्यासिफिकबारे चिन्ता नलिन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

    इण्डो प्यासिफिकबारे चिन्ता नलिन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इण्डो प्यासिफिकका विषयमा धेरै चिन्ता नलिन सबै पक्षलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले चिन्ता लिन नहुनेमा जोड दिएका हुन् । अमेरिकी परराष्ट्र नीति इण्डो प्यासिफिक भएकाले उसको दृष्टिकोण र विश्लेषणबाट भन्दा पनि हामीले हाम्रो फाइदाका बारेमा सोच्नुपर्नेमा जोड दिँदै उनले हामीले अरुको नीतिभन्दा पनि आफ्नो फाइदा के हुन्छ भन्ने कुरामा सोच्नुपर्नेमा जोड दिएका छन् ।
    प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले राजहाँस जस्तै दुध र पानी छुट्टाउन नेपाल सक्षम रहेको भन्दै इण्डोप्यासिफिक राण्नीतिका विषयमा धेरै टिका टिप्पणी आवश्यक नरहेकोमा जोड दिएका छन् । प्रतिनिधिसभा सदस्यहरुले नेपाल अमेरिकाको गोटी बनेको र इण्डोप्यासिफिकमा सामेल भएको टिप्पणी गरेपछि परराष्ट मन्त्री ज्ञवालीले त्यसको प्रतिवाद गरेका हुन् । अमेरिका भ्रमणका क्रममा ज्ञवालीले इण्डो प्यासिफिक अमेरिकी रणनीतिमा नेपाल सामेल भएको चर्चा चलेको थियो । तर नेपालको परराष्ट्र मन्त्रालयले भने यो विषयको खण्डन गर्दै आएको छ ।
    इण्डो प्यासिफिकको विषयले लामो समयदेखिको नेपाल र अमेरिकाबीचको सम्बन्धमा कुनैपनि प्रकारको दरार नआउने परराष्टका अधिकारीले बताएका छन् । अमेरिकाले नेपालमा आफ्नो स्वार्थलाई मात्र भन्दा पनि नेपालको सामाजिक आर्थिक क्षेत्रका विभिन्न पक्षमा काम गरिरहेको छ । नेपालको कला संस्कृति र सामाजिक आर्थिक बिकासमा अमेरिकाले सहयोग गरिरहेको छ । त्यसैले ससाना कुराले ठूलो महत्व नराख्ने परराष्टविद्हरुले बताएका छन् ।
    प्रतिनिधिसभा बैठकमा बोल्दै ज्ञवालीले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको केन्द्रविन्दुका रूपमा विकास गरिने नीति लिइएको बताए । विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले आर्थिक कूटनीतिका माध्यमबाट राष्ट्रिय हित प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको जानकारी दिए । सांसदका जिज्ञासामा मन्त्री ज्ञवालीले समग्र विश्व नै तरल अवस्थाबाट गुज्रिए पनि नेपालले स्वतन्त्र, असंलग्न, तटस्थ, मित्रवत् रूपमा परराष्ट्र नीति अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
    बिम्स्टेकमा अध्यक्षले सम्मेलन गर्न सक्ने व्यवस्था भए पनि सार्कमा त्यस्तो व्यवस्था नभएकाले सम्मेलन गर्न नसकिएको उहाँले स्पष्ट गर्नुभयो । नेपाल सदस्य भएका क्षेत्रीय मञ्चलाई प्रभावकारी रूपमा अघि बढाइने तथा सार्क सम्मेलनको प्रयास जारी राख्ने मन्त्री ज्ञवालीले बताए । राजदूत नियुक्तिको मापदण्ड स्पष्ट रहेको बताउँदै मन्त्री ज्ञवालीले समावेशी रूपमा राजदूत सिफारिस भएको र ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट बनाउन शुरु गरिएको सदनलाई जानकारी दिए । खुला सीमाको दुरुपयोग गर्न नदिन नेपाल भारतका सुरक्षाकर्मीले सहकार्य गरी काम गरेको उनले बताएका छन् ।
    नेपालको सबै देशसंग सुमधुर सम्बन्ध कायम गर्ने प्रयास हुने पनि मन्त्री ज्ञवालीले बताएका छन् । सगरमाथा संवादमा द्विपक्षीय चासो, मौलिक शान्ति प्रक्रिया, जलवायु परिवर्तन, समावेशी लोकतन्त्रलगायतबारेमा कुराकानी हुने उनले जानकारी दिए । वार्षिक रूपमा हवाईमार्गबाट आउने ११ लाख पर्यटक र कतारलगायत देशमा हुन थालेको निर्यातले आर्थिक कूटनीतिलाई सहयोग पुगेको मन्त्री ज्ञवालीको भनाई छ । खाडी मुलुकमा उत्पन्न पछिल्लो घटनाक्रमका बारेमा मन्त्रालय सचेत रहेको जानकारी दिँदै उनले त्यहाँका कूटनीतिक संयन्त्रसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
    मन्त्रालयले नेपालको मौलिक शान्ति प्रक्रिया, जलवायु परिवर्तन, समावेशी लोकतन्त्रलगायत सामूहिक चासोका विषयका बारेमा छलफल गर्न सगरमाथा संवाद शुरु गर्ने जानकारी उनले दिएका छन् । त्यस्तै चीनसँग पारवाहन सम्झौता पूर्णरूपमा कार्यान्वयनमा आएपछि तेस्रो देशबाट पनि सामान ओसारपसार हुने वातावरण बनेको उनको दावी छ । ज्ञवालीले गैरआवासीय नेपालीसम्बन्धी नयाँ विधेयक मस्यौदा गर्न लागिएको जानकारी गराएका छन् । भारतसँग एक हजार ८८० किमी सीमा जोडिएको र दशगजा अतिक्रमणलगायत सीमा क्षेत्रका समस्याका बारेमा नेपाल भारत सीमा कार्य समूहले निरन्तर काम गर्दै आएको एवं हाल चार समूहले स्थलगत रूपमा काम गरिरहेको मन्त्री ज्ञवालीको भनाई छ ।
    नेपालका दातृ निकाय वा विकास साझेदारसँग नेपालको हित प्रतिकूल हुनेगरी कुनै सहयोग नलिइएको उनले प्रष्ट पारे । मन्त्री ज्ञवालीसँग सांसद डिला सङ्ग्रौला, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, प्रमिला राई र रेणुका गुरुङले प्रश्न राखेका थिए । सांसदहरुले नेपालको परराष्ट्र नीतिका विभिन्न आयाममा छलफल गरेका थिए । सांसदहरुले अमेरिका, भारत र चीनसंगको सम्बन्धका विषयमा विभिन्न प्रश्न राखे । उनीहरुले नेपालले कसैको पनि पक्षपोषण नगरिकन स्वतन्त्र र मैत्रीपूर्ण सम्बन्धलाई बढवा दिनुपर्नेमा जोड दिएका छन् ।

  • चट्याङ र दूर्घटनाका छुट्टाछुट्टै घटनामा ८ जनाको निधन

    चट्याङ र दूर्घटनाका छुट्टाछुट्टै घटनामा ८ जनाको निधन

    काठमाडौं । देशका विभिन्न स्थानमा घटेका दूर्घटनामा परी मंगलबार ८ जनाले ज्यान गुमाएका छन् । रुपन्देही र दाङमा चट्याङमा परी ६ जनाको मृत्यु भएको छ । रौटहटमा सडक दूर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

    रुपन्देहीको सैनामैना वडा नंंमा ६२ वर्षिय चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका वडा नंं मा ६० वर्षिय नन्दराम अर्याल र गैडहवा गाउँपालिका वडा ७ मा २५ वर्षिय भागवत दास लोधको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घरायसी काममा व्यस्त रहेका बेला उनीहरु चट्याङमा परेका थिए ।

    उता, दाङमा चट्याङ लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ । राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जामुनको रुखमा चढेका बेला उनीहरु चट्याङको शिकार बनेका थिए ।

    उता, रौटहटमा सवारी दुर्घटनामा परी लागूऔषध मुद्दाका आरोपी चन्द्रपुर नपा ४ का २० बर्षीय निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनर्वा १ का ४० वर्षीय रमेशकुमार चौधरीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा उनीहरुको निधन भएको हो । प्रहरीसहित ८ जना घाइते भएका छन् ।

    थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको गौर प्रहरीले जानकारी दिएको छ ।

  • आयो स्थानीय तहको बजेट, सबै तहको बजेट ल्याउने सीमा सकियो

    आयो स्थानीय तहको बजेट, सबै तहको बजेट ल्याउने सीमा सकियो

    काठमाडौं । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले तोकेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउने सीमा मंगलबारबाट सकिएको छ ।

    ऐनको प्रावधान अनुसार संघले १५ जेठमा बजेट ल्याइसक्नु पर्छ । प्रदेशले १ असार र स्थानीय सरकारहरुले १० असारभित्र बजेट आफ्नो व्यवस्थापिकामा प्रस्तुत गरिसक्नु पर्ने प्रावधान रहेको छ ।

    सोहीबमोजिम ६ महानगरपालिकासहित देशभरका अधिकांश स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् ।

    यद्दपी कुन स्थानीय तहमा कति रकम बराबरको बजेट आयो या कुन स्थानीय तहको बजेट सार्वजनिक नै हुन सकेन भन्नेबारे भने एकिकृत तथ्यांक उपलब्ध छैन ।

    देशभर रहेका ६ वटा महानगरमध्ये वीरगन्ज महानगरपालिकाले सोमबार नै बजेट सार्वजनिक गरेको थियो । उक्त महानगरपालिकाले चालु आवको तुलनामा बजेट घटाएर सार्वजनिक गरेको हो ।

    अन्य महानगरपालिकाले भने मंगलबार नै बजेट सार्वजनिक गरे । बुटवल, हेटौडा, धरानलगायत उपमहानरपालिकाले मंगलबार नै बजेट सार्वजनिक गरेका छन् ।

    तथ्यांक अनुसार ६ वटा महानगरपालिकामा मात्र कूल ३९ अर्ब ६६ करोड ९४ लाख रुपैयाँको बजेट आएको छ । चालु आवमा महानगरपालिकाको बजेट ३७ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

    महानगरहरुमध्ये सबैभन्दा धेरै बजेट काठमाडौंमा छ । काठमाडौंले १५ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ ।

    पोखराले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । विराटनगर महानगरपालिकाले ५ अर्ब १२ करोड ३० लाख, ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख, वीरगन्ज महानगरपालिकाले ४ अर्ब ४८ करोड १३ लाख र भरतपुर महानरपालिकाले ३ अर्ब ३७ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएका छन् ।

    स्थानीय तहको बजेटमा भौतिक पूर्वाधार विकास प्राथमिकतामा रहेको देखिन्छ । खासगरी ठूलो बजेट ओगट्ने महानगरपालिकाहरुले भौतिक पूर्वाधार शिर्षकका कार्यक्रममा उल्लेख्य रकम विनियोजन गर्दै बजेट ल्याएका छन् ।

  • डेनमार्कमा कांग्रेसको कुम्भ मेला -उपलब्धि शून्य, आरोप–प्रत्यारोपमा केन्द्रित

    डेनमार्कमा कांग्रेसको कुम्भ मेला -उपलब्धि शून्य, आरोप–प्रत्यारोपमा केन्द्रित

    विश्वन्युज संवाददाता

    नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिषण प्रतिष्ठानको आयोजनामा डेनमार्कको राजधानी कोपेनहेगनमा आईतबार विश्वस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न पाँच कार्यपत्र प्रस्तुत भएको भेलामा संसारभरबाट झण्डै ३ सय भन्दा धेरै प्रतिनिधि पर्यवेक्षक सहभागि भएका थिए । शुक्रबार, शनिबार र आइतबार भएको भेलामा आरोप–प्रत्यारोपको शृङ्खला नै चलेको भेलामा सहभागी नेताहरुले बताएका छन् । भेलामा अमेरिका, युरोप, एसिया र अफ्रिकाका समेत काँग्रेसका अगुवा कार्यकर्ताको सहभागिता थियो ।
    नेपाली जनसम्पर्क समितिहरुको विश्वस्तरीय प्रशिक्षण भनेपनि कार्यक्रम संगठनमा देखिएको विवादमा केन्द्रित भएको थियो । प्रशिक्षण कार्यक्रममा जनसम्पर्क समितिहरुमा देखिएको विवाद, नेपाली काँग्रेसको गुटबन्दी, एनआरएनएको आउँदो चुनाव, विदेशमा रहेका नेपालीलाई दिनुपर्ने मताधिकार लगायतका समस्यामा समेत केन्द्रित रहेर छलफल भएको थियो । कार्यक्रमको संयोजन तथा व्यवस्थापन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको थियो ।
    प्रशिक्षण कार्यक्रममा डेनमार्कका पूर्वसांसद एवं डेनमार्कको समाजवादी लोकतान्त्रिक पार्टीका नेता युल्डिज अक्डगनले समाजवाद र युरोपको अनुभवसम्बन्धी प्रशिक्षण दिएका थिए । नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बे पार्टीका सिद्धान्तको व्यवहारिक प्रयोग र अनुशासन, डा मिनेन्द्र रिजालले बदलिएको विश्व राजनीति, दक्षिण एशिया र नेपाल विषयमा, कान्ता रिजालले अन्तर्राष्टिय महिला आन्दोलन र नेपाल तथा नेता धनराज गुरुङले लोकतन्त्रमा नेतृत्व विकासको प्रश्न र नेपाल सन्दर्भका विषयमा प्रशिक्षण दिएका थिए ।
    प्रशिक्षणका लागि नेपालबाट पार्टी उपसभापति विमलेन्द्र नीधि, महामन्त्री डा शशांक कोइराला, डा मिनेन्द्र रिजाल, पार्टी प्रवक्त विश्वप्रकाश शर्मा, धनराज गुरुङ्ग, गोविन्द भट्टराई, भीष्मराज आङदेम्बे, किरण पौडेल, प्रतिमा गौतम, नैनसिंह महर, रामजी दाहाल, पुरुषोत्तम दाहाल लगायत डेढ दर्जन नेताहरु कोपनहेगन पुगेका थिए । प्रशिक्षण सकिएपछि नेताहरु अहिले विभिन्न क्षेत्रको भ्रमणमा लागि परेका छन् । पार्टी उपसभापति निधि, महामन्त्री कोइराला, प्रवक्ता शर्मा लगायतले नेपालमा पार्टीको अवस्थाका विषयमा जानकारी गराएका थिए । नेपालमा अर्को चुनावमै नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताए ।
    कोपेनहेगनको रिचमण्ड होटलमाा भएको कार्यक्रममा युरोपका विभिन्न राष्ट्रिय समितिसहित, अमेरिका, क्यानडा, जापान, कोरिया, बेलायत, भारत, मकाउ, हंगकंग, कतार, कुवेत लगायत संसारभरका विभिन्न देशबाट नेपाली काँग्रेसको महासमिति तथा महाधिवेशन प्रतिनिधि जम्मा भएका थिए । गैरआवासीय नेपाली संघ एनआरएनएका काँग्रेस सम्बद्ध पदाधिकारी समेत कोपेनहेगनको भेलामा सहभागि बने । कार्यक्रममा सहभागिले भेला भन्दापनि गालि प्रतियोगिता जस्तो भएको टिप्पणी गरे भने केहीले भेलालाई कुम्भ मेलाको रुपमा चित्रण गरेका थिए । एनआरएनएका पदाधिकारीले आउँदो अधिवेशनमा कसरी जानुपर्छ भनेर पार्टीलेनै रणनीति बनाउन नेतृत्वलाई सुझाब दिए ।
    भेलाको उदघाट्न सत्रमा डेनमार्क लगायतका विभिन्न देशका समाजवादी पार्टीका नेताले समेत आफ्नो मन्तव्य राखेका थिए । उपसभापति निधिले पानसमा बत्ती बालेर भेलाको उद्घाटन तथा जनसम्पर्क समिति डेनमार्कको चौधौं वार्षिकोत्सवको औपचारिक उद्घाटन गरेका थिए । नेपालमा जस्तै तामझामसहित पञ्चकन्याले अतिथिलाई फूल दिएर स्वागत गरिएको थियो । जन सम्पकृ समिति डेनमार्कका सभापति विरेन्द्र सिंह कार्कीले नेपालमा जस्तै सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।
    डेनमार्क भेलाको अधिकाँस भाषण नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्व्को वर्तमान सरकार विरुद्ध केन्द्रीत भएको थियो । उपसभापति निधि र महामन्त्री कोइरालाले वर्तमान सरकार संघीयता बिरोधी भएको आरोप लगाए । उपसभापति निधिले सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीकै कारण गणतन्त्र समेत खतरामा परिरहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनका लागि देशभित्र र बाहिर रहेका ेनपाली एक ठाउँमा हुनुपर्नेमा जोड दिए । उनले भने ’सत्तासीन दलका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा छ । लोकतन्त्रवादीहरु एकजुट हुनुपर्छ । लोकतन्त्रको रक्षा लोकतन्त्रवादीको प्रमुख दायित्व हो ।’
    नेपालका कम्युनिष्टहरुले संघीयतामा विश्वास नगरेको र गणतन्त्रप्रति पनि प्रतिबद्ध नभएको निधिले बताए । सरकारको नेतृत्वगरेको दलका नेताहरुबाटै संघीयता बिरुद्ध हाकाहाकी कुरा गरिरहेको आरोप लगाउने उनले संसारभर छरिएर रहेका नेपाली काँग्रेसका नेता कार्यकर्ता एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका थिए । अमेरिका, क्यानडा लगायतका देशका प्रतिनिधिले भने नेपाली काँग्रेसको नेतृत्वकै आलोचना गरेका थिए । केहीले घुम्नका लागि मात्र यो भेला उपयुक्त भएको बताएका छन् । नेपालबाट पनि अनवश्यक रुपमा धेरै मानिस बोलाएर ठूलो आर्थिक व्यवभार थोपरिएको भन्दै केहीले व्यवस्थापकिय कमजोरीको उजागर गरे ।
    अमेरिकाका संस्थापक अध्यक्ष बिष्णु सुवेदीको भाषण चर्चामा रहेको थियो । उनले अमेरिकाको महाधिवेशन हुन नसकेको भन्ने गुनासो गरे । अष्टेलिया, क्यानडा र बेल्जियममा केन्द्रका नेतालेनै समस्या भएको उनले बताए । पार्टीको प्रशिक्षण प्रतिष्ठानले गुटबन्दी गरेको आरोप लगाउँदै उनले विधानले राम्रोसंग जनसम्पर्क समितिलाई सम्बोधन नगरेको उनको भनाई छ । सुवेदीले विदेशमा बस्नेलाई भन्दा नेपालमा बस्नेलाई प्रशिक्षण आवश्यक भएको बताए । विभाग, समिति, गाउँसमिति, नगरसमिति र प्रदेश समिति समेत नबनाएर केन्द्रीय नेतृत्वले विदेशमा प्रशिक्षण आयोजना गरेको प्रति कटाक्ष गर्दै सुवेदीले जनसम्पर्क समितिको विभाग बनाउन र देखिएका विवाद समाधानमा केन्द्रीत हुन आग्रह गरेका थिए ।
    कार्यक्रमलाई नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दीलबहादुर गुरुङ, स्पेनका संस्थापक अध्यक्ष चिन्तमणि सापकोटा, नेदरल्याण्डका संस्थापक अध्यक्ष नारायण आचार्य, चारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले आफ्नो धारणा राखेका थिए । एनआरएनएका वर्तमान पदाधिकारीले समेत एनआरएनमा अब कसरी नेपाली काँग्रेस निकटलाई जिताउने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । नेपाली काँग्रेसका पदाधिकारीले समेत एनआरएनएको अबको नेतृत्वका लागि आफूहरु लागि पर्ने बताएका छन् ।
    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट धेरै नेता सहभागि हुने भएपछि काँग्रेसमा देउवा इतरका नेताले भेला बहिष्कार गर्ने छलफल गरेका थिए । तर विदेशमा बस्ने नेपाली काँग्रेस समर्थकलाई नकरात्मक सन्देश जाने भन्दै भेला बहिष्कार भन्दा पनि सहभागिताबाटै समस्या समाधानको पहल गर्ने भन्दै नेताहरु डेनमार्क लागेका छन् । डेनमार्कमा पनि नेताहरुले गुटबन्दी अनुसार घुमघामको कार्ययोजना बनाएर डुलिरहेका छन् । नेपालबाट गएको टोलीका अधिकाँस सदस्य अहिले विभिन्न देशमा रहेका समितिको खर्चमा डुलिरहेका छन् ।

  • प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध,मन्त्रिपरिषद् फेरबदल गर्न प्रस्ताव

    प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध,मन्त्रिपरिषद् फेरबदल गर्न प्रस्ताव

    काठमाडौं
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार संकट उन्मुख देखिएको छ । सरकारको नेतृत्व गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैलीले सरकार संकटतर्फ मोडिएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोधमा पार्टीभित्रै तीव्र असन्तुष्टि देखिएपछि ओली संकटमा परेका हुन् । ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा परेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक बोलाउने पहल गर्दासमेत ओली सकारात्मक देखिएका छैनन् ।
    नेकपाका पछिल्ला एक दर्जन सचिवालय बैठक निर्णयमा नपुगेर स्थगित भएका छन् । सरकार एकपछि अर्को गर्दै आफ्नै निर्णयबाट पछि हट्ने अवस्था आएको छ । पार्टीभित्र पटक–पटक बसेका बैठक निष्कर्षविहीन बनेका छन् । ओलीको काम गर्ने शैलीका कारण सचिवालय मात्र होइन तल्लो तहका उनी पक्षधर नेतासमेत दिकदार मान्न थालेका छन् । जनस्तरबाट समेत ओली नेतृत्वको वर्तमान सरकारको काम गर्ने शैली परिवर्तन हुनुपर्ने माग बढ्न थालेको छ ।

    पार्टीकै अविश्वास

    सरकारका कामका विषयमा आम नागरिक मात्र होइन प्रमुख सत्तारुढ नेकपाका नेता–कार्यकर्ता नै निराश छन् । प्रष्ट बहुमत र सरकार दुई तिहाई भए पनि सरकारले राम्रो गतिमा काम गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा गाउँ–गाउँमा झार उखेलेर ओली गुटका कार्यकर्तालाई पैसा बाँडिएको छ । काठमाडौं उपत्यकामा धुँवा धुलो नियन्त्रणमा समस्या देखिएको छ । मेलम्ची खानेपानी आउने कुरा आकाशकै फल भएको छ ।
    प्रमुख प्रतिपक्ष दलका नेता उमाकान्त चौधरीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्दै झुठप्रसाद ओली र करप्रसाद ओली भनेका छन् । उनले सरकारको गति आम नागरिकको भावनाको प्रतिकूल भएरै त्यसो भनेका थिए । सत्तारुढ दलका नेताहरुले समेत प्रधानमन्त्री ओलीको आलोचना गरिरहेका छन् । उनीहरुले आन्तरिक आलोचनाभन्दा पनि सार्वजनिक रुपमै ओलीको विरुद्ध अभिव्यक्ति दिएका छन् । सरकारविरोधी माइतीघर मण्डलाको प्रदर्शनमा समेत नेकपाका नेताहरु सहभागी थिए ।
    राष्ट्रिय महत्वका परियोजनाको गति अत्यन्तै सुस्त छ भने प्रधानमन्त्रीले रेल र पानीजहाजका सपना बाँड्न छाडेका छैनन् । उनले आफूले इतिहासमा नगरेको काम गरेको भनेर नागरिकलाई भ्रम छरिरहेका छन् । केही मन्त्रीले समेत प्रधानमन्त्री ओलीको बोलीमा लय मिलाउँदै अहिलेसम्म नभएको काम वर्तमान सरकारबाट भएको बताए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताले भने सरकारको काम गर्ने शैलीको विरोध गर्दै मन्त्रिपरिषद् फेरबदल गर्ने प्रस्तावसमेत गरेका छन् ।
    आम नागरिकले पनि चौधरीले भनेजस्तै झुठप्रसाद ओलीको रुपमा वर्तमान प्रधानमन्त्रीलाई लिन थालेका छन् । नेकपाकी सांसद नबिना लामा सरकारले काम गर्न नसक्नुका पछाडि प्रधानमन्त्री मात्र नभएर अन्य पनि दोषी भएको बताउँछिन् । उनले प्रयास गरिरहे पनि सरकारको काम गर्ने गति भने राम्रो हुन नसकेको बताउँछिन् । त्यस्तै नेकपाकै युवा नेता रामदीप आचार्यले अहिलेको दोषी प्रधानमन्त्री ओली भएको बताएका छन् । उनले प्रधानमन्त्रीको कार्यशैलीले नै सरकार र कम्युनिष्ट पार्टीप्रति आम नागरिकको धारणा गलत भएको बताएका छन् । उनले तत्काल राम्रो काम गर्न नसक्ने अवस्थामा नेतृत्वले अर्कै तरिकाले सोच्नु पर्नेमा जोड दिएका छन् ।

    वैचारिक विचलन

    नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकताको डेढ वर्ष पुग्दा पनि आफ्नो वैचारिक लाइन प्रष्ट पार्न सकेको छैन । यसअघि सचिवालयले पारित गरेको आफ्नो राजनीतिक कार्यदिशा जनताको जनवाद हुने भन्ने कुरामा पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अड्को थापेका छन् । अन्तरिम राजनीतिक कार्यदिशामा जनयुद्धको उच्च बयान गरिएको छ भने नयाँ कार्यदिशाको रुपमा जनताको जनवाद भन्ने शब्द उल्लेख छ । तर ओलीले अहिले पहिले एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवादलाई मान्नुपर्ने प्रस्ताव गरेका छन् ।
    ओलीले पूर्व एमालेलाई एक ठाउँमा ल्याउनका लागि जबजको रणनीति अपनाएको देख्न सकिन्छ । तर, उनले समग्रमा देशकै नेता बन्नुपर्नेमा आफू एउटा सानो गुटको नेता मात्र बन्न पुगेको कुरा बिर्सिएका छन् । वैचारिक हिसाबले सहमति गर्ने र त्यसलाई कार्यान्वयन गर्ने रोग ओलीमा अझै सञ्चो नभएको नेता आचार्यले बताए । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नयाँ ठाउँमा जाने भनेर हिँडेपछि पछाडि फर्किनु गलत हुने बताएका छन् । उनले अहिले वैचारिक बहसभन्दा पनि भएको कुरालाई कार्यान्वयन गर्दै नयाँ विकास गर्नु आम नागरिकको हितमा हुने बताएका छन् ।
    ओली वैचारिक हिसाबले पनि एक्लिएका छन् । ९ सदस्यीय सचिवालयमा जबजको पक्षमा अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोख्रेल मात्र छन् । तर, नयाँ विचारको पक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा रहेका छन् । सचिवालय बैठकमा ओली अल्पमतमा परिसकेका छन् । त्यस्तै सचिवालय र केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा छन् । त्यसैले उनले सकभर बैठक बसाउन नचाहेको नेताहरुको भनाइ छ ।
    वैचारिक विचलनका कारण ओलीले इमानदारिता देखाउन नसकेको पूर्व माओवादीका नेताहरुले बताएका छन् । ओली आफ्नो अनुकूलताका लागि जे पनि सहमति गर्ने र सहमतिलाई कार्यान्वयन नगर्ने खालको संस्कारबाट राजनीतिमा हुर्किएका छन् । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम हँुदै अहिले पुष्पकमल दाहाललाई समेत ओलीले धोका दिएका छन् । पार्टीभित्र वा बाहिर जहाँ भए पनि ओलीले यस्तै खालको गैर वैचारिक तथा गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेका छन् । त्यसैले नेकपासमेत वैचारिक विचलनमा परेको छ ।

    निरंकुश शैली

    प्रधानमन्त्री ओलीको काम गर्ने शैली निकै निरकुंश छ । छलफल, परामर्श, सल्लाह भन्ने कुरा ओलीलाई मन पर्दैन । विपक्षीलाई हेपेर बोल्ने, पार्टीमा आफू मात्र सही र ठीक भन्ने ओलीको शैलीले उनी पार्टीभित्रै पनि अलोकप्रिय बन्न थालेका छन् । छुच्चो र तुच्छ शब्दको प्रयोग गरेर विपक्षीको आलोचना गर्ने ओली शैलीले अघिल्लो हप्ता काठमाडौंमा हजारौं नागरिक सडकमा उत्रिए । वर्तमान सरकारविरुद्ध शक्ति प्रदर्शनसमेत गरे । अझै पनि ओलीले ती व्यक्तिलाई शत्रुका रुपमा चित्रण गरिरहेका छन् । आफ्नो कुरामा अनावश्यक अडान राख्ने निरंकुश शैली ओलीमा हावी भएको छ ।
    दुई अध्यक्षको प्रावधान रहे पनि सरकारले गर्ने नियुक्ती, सिफारिश लगायतका विषयमा अर्का अध्यक्ष प्रचण्डलाई जानकारीसमेत हुँदैन । त्यति मात्र होइन आफू विदेश जाँदा विमानस्थलमा को आयो को आएन भनेर समेत उनले हिसाबकिताब राख्ने गरेको बालुवाटार स्रोतले जनाएको छ । आफ्नो गुटका केही नेतामा समेत ओलीले आफ्नो शैलीअनुसार प्रशिक्षित गरेका देखिन्छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अहिले ओलीको निरकुंश शैलीको बचाऊ गर्दै आएका छन् । त्यति मात्र होइन उनी ओलीकै घर बाल्कोटमा बस्दै आएका छन् ।
    मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, मानवअधिकारसम्बन्धी विधेयक, सुरक्षासँग सम्बन्धित विधेयक सबै निरकुंशता उन्मुख विधेयक हुन् । ओली नेतृत्वको वर्तमान सरकारले फिर्ता लिएको गुठीसम्बन्धी विधेयक पनि उस्तै प्रकृतिको थियो । तर, पहिल्यै सरकारले फिर्ता लिएर ठूलो आन्दोलनको दबाब सामान्य हिसाबले थेगेको छ । ठूलो जनमानस जम्मा भएको पनि प्रधानमन्त्री ओलीको निरंकुश शैलीका विरोधमा भएको आन्दोलनकारीका एक नेताले बताएका छन् ।
    नेपालमा पछिल्लो पटक झण्डै दुई वर्षदेखि सरकारको नेतृत्व गरेका ओलीमा झन्पछि झन् निरकुंश बन्न मन लागिरहेको छ । त्यसैले उनी पार्टीभित्रैबाट अलोकप्रिय भएका छन् । आन्तरिक रुपमा समेत ओलीको विकल्प खोज्न सकिने संकेत अर्का अध्यक्ष प्रचण्डले केही हप्तादेखि दिइरहेका छन् । त्यसबाट बच्नका लागि अहिले ओलीले वैचारिक विवादको लफडा गरिरहेका छन् । तर, महासचिव विष्णु पौडेलले अबका केही दिनमा फेरि बैठक बस्ने र बाँकी विषयबस्तु टुंगो लगाउने जानकारी दिएका छन् ।

  • शेर्पा किदुगको गल्फ खेल प्रतियोगिता सम्पन्न

    शेर्पा किदुगको गल्फ खेल प्रतियोगिता सम्पन्न

    न्यूयोर्क/अमेरिका
    शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गर्दै आएको शेर्पा किदुग अमेरिका गल्फ प्रतियोगिता गत शनिबार सम्पन्न गरेको छ । खेल प्रतियोगिता न्युयोर्कको ब्रुकलिनस्थित मरीन गल्फ कोर्षमा सम्पन्न भएको थियो । हिमालयन समुदायका गल्फ खेलाडीबिच एकता, पारस्परिक सम्बन्ध र गल्फ खेलप्रति समुदायको अभिरुची जगाउने उदेश्यले किदुगले १२ वर्षदेखि आयोजना गर्दै आएको हो ।
    नेपाल, भुटान, भारत र तिब्बतका लो र हाई हेन्डीक्याप समुहका ३० जना खेलाडीहरु सहभागी भएको उक्त प्रतियोगितामा ठिन्ले लामाले प्रथम, दावा लामाले दोश्रो र समिर श्रेष्ठले तेस्रो स्थान प्राप्त गरेका थिए । हाई हेन्डिक्याप समुहका आङ दावा शेर्पा र लो हेन्डिक्याप समुहका ल्हाक्पा लामाले क्लोसेट टु पिनको उपाधि प्राप्त गरेका थिए भने लाङ्गेस्ट ड्राइभ (लामो दुरी)को उपाधि हाई हेन्डिक्याप समुहका फुर्बा शेर्पा र लो हेन्डिक्याप समुहका ल्हाक्पा लामाले प्राप्त गरेका थिए । बिजयी खेलाडीलाई शेर्पा किदुगको भवनमा अयोजित कार्यक्रममा किदुगका खेलकुद संयोजक तथा उपाध्यक्ष फुर्बा शेर्पा र गल्फ प्रतियोगिता संयोजक ल्हाक्पा रिन्जी शेर्पाले प्रमाण पत्र र ट्रफी बितरण गरेका थिए ।

  • गुठी विधेयक खारेज गर् – नेवाः गुठी न्यूयोर्क

    गुठी विधेयक खारेज गर् – नेवाः गुठी न्यूयोर्क

    न्यूयोर्क/अमेरिका
    न्यूयोर्कमा बसोबास गर्दै आएको नेवारी समुदायको संस्था ‘नेवाः गुठी न्यूयोर्क’ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । गत शनिबार ज्याक्सन हाइटको ड्राइभरसिटी प्लाजामा नेवारी समुदाय, आदीवासी जनजाती लगायत सम्पूर्ण नेपालीको सहभागितामा बिभिन्न प्लेकार्ड र ब्यानर लिएर सरकार बिरुद्ध नारावबाजी गरिएको थियो । गुठी सम्पदा र उपत्यकाको संस्कृति मास्न खोजेको भन्दै सहभागीहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा समेत माग गरेका थिए ।
    सरकारले गत बैशाख १६ गते संसदमा दर्ता गरेको गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक पेश गरेको थियो । उक्त विधेयक जस्ताको तस्तै पारित भएमा गुठीको कुल जग्गामध्ये ६५ प्रतिशत सम्म भूमाफिया वा अन्य व्यक्तिका नाममा जाने भन्दै यसको चर्को बिरोध भइरहेको छ ।
    प्रस्तावित गुठीसम्बन्धी विधेयकमा निजी गुठीलाई समेत सार्वजनिक गुठी बनाउन पाइने व्यवस्था गर्न लागिएको थियो । जसअनुसार देशभरिका करिब पाँच हजार निजी गुठीको जग्गा गुठियारले मोहीयानी हक लगाएर आफ्नो नाममा बनाउने बाटो खुल्ने थियो । गुठी विधेयक संसदमा पेश भएपछि यसको चौतर्फी बिरोध गर्दै सर्बसाधारण आन्दोलनमा उत्रिएका थिए । चौतर्फी विरोध पछि एक साता अघि नै सरकारले विधेयक फिर्ता लिएको छ ।
    ‘तर, फिर्ता लिएर मात्रै हुँदैन, खारेजै गर्नुपर्छ’ नेवाः गुठी न्यूयोर्कका उपाध्यक्ष बिजयमान सिंहले भने, ‘नेवारी समुदायको धर्म, संस्कृति र परम्परालाई मास्न खोज्ने गरी विधयेक ल्याइएकोले खारेज नै गराउनुपर्ने दवाव दिनकै लागि प्रदर्शन गरेका हौं ।’
    गुठीको जग्गा पहाडमा ५ लाख ६१ हजार ९९० रोपनी र तराईमा ६६ हजार ३३० विघा छ । गुठी संस्थानका अनुसार देशभरि रहेका गुठीका जग्गा मध्ये रैतान नम्बरी जग्गा पहाडमा ३ लाख १५ हजार ४७२ रोपनी र मधेसमा ६२ हजार २५६ विघा छ । त्यस्तै गुठी अधीनस्थ जग्गा पहाडमा २ लाख ४३ हजार ६०७ रोपनी र तराईमा २१ सय ९६ विघा छ । गुठी तैनाथी जग्गा भने २९ सय ११ रोपनी पहाडमा र १८ सय ७८ विघा तराईमा छ ।

  • २४ सै घण्टा उज्यालो बन्दैछन् काठमाडौंका चोक

    २४ सै घण्टा उज्यालो बन्दैछन् काठमाडौंका चोक

    काठमाडौं । नेपालको राजधानी काठमाडौं क्रमशः रात्रीकालिन समयमा पनि सक्रिय हुने क्रममा छ ।

    सरकारले रात्रिकालिन बस संचालनको तयारी गरिरहेको समयमा अब महानगरपालिकाले मुख्यमुख्य चोकमा ठूलो क्षमताका बत्ति जडान गर्दैछ । हाइमास्ट भनिने यस्ता बत्तिले एक साथ धेरै क्षेत्रमा उज्यालो छर्न सक्ने क्षमता राख्छन् ।

    काठमाडौंका मूख्य सडक र चोकमा अहिले सानो क्षमताका बत्ति जडान भइसकेका छन् । तर, रात्रिकालिन समयमा पनि सजिलै हिडडुल, व्यापार व्यवसाय समेत गर्न मिल्ने गरी ठूलो क्षमताका बत्ति जडान गर्न लागिएको महानगरपालिकाले जानकारी दिएको छ ।

    सामान्य बत्तीको तुलनामा हाइमास्टले एक साथ धेरै क्षेत्रमा उज्यालो पार्न सक्छ । पहिलो चरणमा सवारी चाप बढी भएका करीव दुई दर्जन चोकमा यस्तो बत्ति जडान गर्ने तयारी महानगरपालिकाको रहेका छ ।

    बत्ति जडान गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको महानगरको भनाई । उक्त प्रतिवेदनका आधारमा जडान कार्य अगाडी बढ्ने बताइएको छ ।

    काठमाडौंका बानेश्वर, त्रिपुरेश्वर, महाराजगञ्ज, कोटेश्वर, माइतीघर, चावहिलजस्ता चोकमा यस्ता बत्ति जडान हुने भएका छन् ।

    उता, ललितपुर महानगरपालिकाले भने कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनाउने तयारी गरिरहेको छ । शहरलाई स्वच्छ राख्दै साइकल प्रवद्र्धन गर्न यस्तो तयारी भइरहेको महानगरपालिकाको भनाई रहेको छ ।

  • विप्लवका छोराले चलाए स्वास्थ शिविर

    विप्लवका छोराले चलाए स्वास्थ शिविर

    कपिलबस्तु। नेत्र विक्रम चन्द (विप्लव)ले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा स्वास्थ्य शिविर आयोजना गरेको छ ।

    यो विप्लवको गाउँ हो । सरकारले प्रतिवन्ध लगाएको यस समूहमा आवद्ध शहीद स्मृति प्रतिष्ठानको नेतृत्वमा सोमबार स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

    शिविरको नेतृत्व चन्दका छोरा प्रकाशले गरेका थिए । चन्दका छोरा प्रकाश चितवन मेडिकल कलेजका चिकित्सक हुन्।

    सरकारले बिप्लव समूहलाई प्रतिबन्ध लगाएको भएपनि छोराको नेतृत्वमा भएको स्वास्थ्य शिविरलाई भने प्रशासनले कुनै क्षति गरेन।

    केही महिना अघि सोही स्थानबाट ठूलो परिमाणमा हातहतियार तथा बिष्फोटक पदार्थ फेला पारेको थियो ।

    विप्लवको गृहनगर भएकाले पनि यहाँ उनको प्रभाव बढी छ । स्वास्थ शिविर स्थानीय प्रशासनसँग अनुमति लिएरै संचालन गरिएको थियो ।

    शिविरमा २ हजार ६ सय स्थानीयले स्वास्थ्य परीक्षण गराएको प्रतिष्ठानले जानकारी दिएको छ ।

  • २४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

    २४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

    काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि नेपालमा विदेशी च्यानलको प्रसारणमा बन्देज लगाएका छन् । सोमबार दिउसो ३ बजेबाट विदेशी च्यानल बन्द गरिएको हो ।

    जसले गर्दा सोमबार भइरहेका विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारणसहित अन्य लोकप्रिय कार्यक्रम दर्शकले छुटाउने भएका छन् ।

    सरकारले प्रस्तावित विज्ञापन ऐन २०७६ मा क्लिन फिड लागू गर्ने नीति राखेको छ । व्यवसायी यसको विरोधमा छन् ।

    क्लिन फिडले पर्ने असरका सम्बन्धमा सरोकारवालाको ध्यानाकर्षण गराउन विदेशी च्यानल बन्द गरिएको व्यवसायीहरुले बताएका छन् । २४ घण्टे च्यानल बन्दलाई सांकेतिक विरोधका रुपमा लिइएको छ ।

    विधेयकमा विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान अव्यवहारिक भएको व्यवसायीहरुको तर्क रहेको छ ।

    नेपालमा प्रसारण हुने सबै च्यानलमा अहिले सिधै सामग्रीसहित विज्ञापन पनि प्रसारण हुन्छ । जसले गर्दा नेपाली दर्शकले जबजस्र्र्ती भारतीय तथा अन्य विदेशी उत्पादनको विज्ञापन हेर्नु परेको छ ।

    क्लिन फिड लागु गर्दा नेपालबाट विज्ञापनका लागि बाहिरिने ठूलो रकम बच्ने छ भने बहुराष्टिय कम्पनीहरुले पनि नेपालमै नेपाली भाषामा विज्ञापन बनाएर जाउनु पर्ने छ । च्यानलहरु मंगलबार ३ बजेपछि मात्र खुल्नेछन् ।

    नेपालमा प्रसारण हुने कूल च्यानलमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

    भारतीय च्यानलमा क्लिन फिड लागु भएमा त्यसका लागि भारतीय च्यानलहरु पनि तयार हुनुपर्छ । उनीहरु तयार नभए नेपालमा त्यस्ता च्यानलको प्रसारण बन्द हुन्छ ।

    त्यस अवस्थामा नेपालमा दर्शकले मनरोञ्जनात्मक, समाचार, सूचना र खेलकुद, धार्मिकलगायतका विधाका च्यानल हेर्न नपाउने व्यवसायीहरुको भनाई रहेको छ ।

  • कोपा अमेरिका फुटबल, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

    कोपा अमेरिका फुटबल, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

    काठमाडौं । तुलनात्मक रुपमा कमजोर मानिएको कतार विरुद्ध जीत निकाल्दै अर्जेन्टिना कोपा अमेरिका फूटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

    सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले परािजत गर्यो । पहिलो खेलमा कोलम्बियाँसँग हारेको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेसँग बराबरीमा रोकिएको थियो ।

    त्यसकारण कतारसँगको खेल अघिल्लो चरण पुग्न उसकालाई लागि फाइनल सरह थियो ।

    समूह बीबाट उपविजेताका रुपमा अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेको हो । शतप्रतिशत नतिजा निकाल्दै कोलम्बिया पनि अन्तिम ८ मा प्रवेश गरेको छ । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेज र सर्जियो अगुएरोले गोल गरे ।

    अर्जेन्टिनाले खेलको चौथौं मिनेटमा नैअग्रता लियो । अर्जेन्टिनाका लागि मार्टिनेजले गोल गरेका थिए । पहिलो हाफ १-० गोल अन्तरमै सकियो । खेलको ८२औं मिनेटमा सर्जियोले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाएको हो ।

    आज बिहान नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । कोलम्बियाले सबै खेलमा शतप्रतिशत जित हात पारेको हो । यसपटकको कोपा अमेरिका ब्राजिलमा चलिरहेको छ ।

  • डि सि मेट्रो क्षेत्रमा महापुराण शुरु : बिशाल कलश यात्रा सम्पन

    डि सि मेट्रो क्षेत्रमा महापुराण शुरु : बिशाल कलश यात्रा सम्पन

    डि सि भर्जिनिया

    अमेरिकास्थित वासिङ्टन डि सि मेट्रो क्षेत्रमा नेपालीभाषीहरुको स्वामित्व रहने सामुदायिक भवन निर्माणको उद्देश्य राखेर आज शनिबारदेखि सप्ताह महापुराण शुरु भएको छ । जुन २२ देखि २९ तारिखसम्म आयोजना हुने सप्ताह महापुराणमा भागवत् वाचन, पन्डित दिनबन्धु पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।
    न्यूयोर्क, टेक्सस, क्यालिफोर्निया पछि नेपालीभाषीहरुको बाक्लो बस्ती भएको डि सि भर्जिनियामा बिशेष तयारीका साथ आयोजित सप्ताह महापुराणको पहिलो दिन आज शनिबार बिशाल कलश यात्रा सम्पन्न गरियो । कलश यात्रा संगै त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरु उत्साहका साथ सहभागी हुने क्रम शुरु भएको छ । सप्ताह महापुराण सुरु हुनु भन्दा केहि अगाडि देखि दान कबुल गर्ने क्रम समेत सुरु भएको छ । अमेरिकाको नेपाली डायस्पोरामा पछिल्लो समय सामुदायिक भवन र मन्दिर निर्माणको उद्देश्य राखेर महापुराण आयोजना गर्ने क्रम बृद्धी भएपनि कतिपय महापुराणमा उधारो चन्दाको ठुलो रकम घोषणा गर्ने तर समय बित्दै जाँदा बोलेको दान नतिर्ने प्रचलन भने ब्याप्त छ ।

     

  • गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्‍यु

    गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्‍यु

    न्युह्याम्पसायर

    एउटा पिकअप ट्रक मोटर साईकल चालकहरुको समुहमा  ठोक्किन पुग्दा न्युह्याम्पसायरस्थित सानो हाईवेमा गत शुक्रबार साँझ ७ जना मोटरसाईकल चालकको मृत्‍यु भएको छ भने ३ जना  घाईते भएका छन्  । न्युह्याम्पसायरका स्थानीय प्रहरीका अनुसार रेन्डल्फस्थित यु एस -२ नामको २ लेनको साँघुरो सडकमा डज पिक अपले समुह बनाएर हाईवेमा तिब्र गतीमा कुदेका मोटर साईकल चालकहरुलाई ठक्कर दिएको थियो ।  

    प्रहरीले घाईते  र मृतकको नाम सार्वजनिक  गरेको छैन ।

  • रेशम चौधरीलाई अस्पतालमै भेट्दै बाबुरामले भने, सत्तामा बस्नेले विगत बिर्से

    रेशम चौधरीलाई अस्पतालमै भेट्दै बाबुरामले भने, सत्तामा बस्नेले विगत बिर्से

    काठमाडौं । टिकापुर काण्डमा कैद भोगिरहेका नेता रेशम चौधरी बिरामी भएर अस्पताल भर्ना भएका छन् । विर अस्पतालमा भर्ना भएका उनको खुट्टामा सरकारले नेल लगाएको छ ।

    उक्त नेल १४ किलोको रहेको बताइएको छ । उक्त तस्वीर सार्वजनिक भएसँगै सरकारको व्यापक आलोचना भइरहेको छ ।

    यसैबीच, समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै पुगेर भेटेका छन् ।

    चौधरीलाई भेटेपछि बाबुरामले टुइट गर्दै भनेका छन्, टीकापुर थारु विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरुदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलाको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ? आज सत्तामा बस्नेहरुले हिजोको गोलघरको यातना कति छिट्टै बिर्सेका हुन् ? यो हर्कत तुरुन्त बन्द गर ।

    थारु आन्दोलनका क्रममा टिकापुरमा प्रहरी तथा नाबालकको हत्या भएको थियो । उक्त घटनामा दोषि ठहर भएछि चौधरी कैद भुक्तान गरिरहेका छन् । उनी प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद पनि हुन ।

    भट्टराईले प्रहरीबाट मारिएका विप्लवका नेता कुमार पौडेलको सम्बन्धमा पनि गम्भीर चासो राखेका छन् । भट्टराईले परिवारद्धारा प्रहरीले पक्रेर मारेको गुनासो सम्बन्धी समाचारमाथि टिप्पणी गर्दै नक्कल मेठभेडमा मारेको खबरलाई गम्भीर भनेका छन् ।

    जनताले लडेर ल्याएको संघीयता लोकतान्त्रिक गणतन्त्रमा आज सत्तासीन बनेका हिजोका क्रान्तिकारीहरुले उही पुरानै सत्ताधारीहरुको हर्कत दोहोर्याउनु विडम्बनापूर्ण रहेको उनको भनाई छ । उनले घटनाको निष्पक्ष छानविनका लागि पनि आग्रह गरेका छन् ।