Category: समाचार

  • कांग्रेसको केन्द्रिय समिति बैठक असार २२ मा

    कांग्रेसको केन्द्रिय समिति बैठक असार २२ मा

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । असार २२ मा केन्द्रीय समिति बैठक बस्ने कांग्रेसले जानकारी दिएको छ ।

    बैठकमा पार्टीले गत महिना सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा हुने बताइएको छ । यसबाहेक, बजेट सहित समसामयीक विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको उल्लेख गरेको छ ।

    बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल पनि छलफल हुने भएको छ । भातृ एवं शुभेच्छुक संस्थाको विधानका सम्बन्धमा पनि कांग्रेसमा छलफल हुनेछ ।

  • दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक

    दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक

    काठमाडौं । दिगो विकास लक्ष्य २०१६–२०३० को उद्देश्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब लाग्ने भएको छ ।

    राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको लागत अनुमान शुक्रबार राजधानीमा सार्वजनिक गरेको छ । यस अवधिमा नेपालले मध्यम आय भएको विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य राखेको छ ।

    योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल अब बन्ने बजेट र योजनाहरु दिगो विकास लक्ष्यलाई आधार मानेर निर्माण गरिने बताए । ति योजनाहरुलाई दिगो विकास लक्ष्यसँग सामन्जस्य गर्दै लैजानुुपर्ने उनको भनाई छ ।

    दिगो विकास लक्ष्यका योजना पूरा गर्न सरकारी, निजी क्षेत्र, सहकारी र घरपरिवारले लगानी गर्ने उल्लेख छ । यस लगानीमध्ये सबभन्दा ठूलो हिस्सा सरकारको हुनेछ ।

    सरकारले वार्षिक औसत ५४.७ प्रतिशत अर्थातः ११ खर्ब ११ अर्ब रुपैयाँ लगानी गर्ने तथ्यांकमा उल्लेख छ । निजी क्षेत्रले वार्षिक ७ खर्ब ३९ अर्ब खर्च गर्ने छन् ।

    सहकारी र गैर–कारकारी संस्था तथा घरपरिबारबाट वार्षिक औसतः ८६.६ अर्ब र ८८ अर्ब लगानी हुने आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।

    आयोगले वार्षिक औसत आर्थिक वृद्धि ८.६७ प्रतिशत रहने आंकलन गर्दै स्रोतको अनुमान गरेको हो । यस अवधिमा कूल गार्हस्थ उत्पादनमा राजस्वको अनुपात २७ प्रतिशत रहने अनुमान छ ।

    यस अवधिमा गरिबी निवारणमा वार्षिक १ सय ५३ अर्ब खर्च गर्नुपर्ने भएको छ । श्रम तथा पर्यटनमा ५६ अर्ब ८ करोड लगानीको योजना छ ।

    कृषिमा १ खर्ब १८ अर्ब रुपैयाँको अनुमान छ । स्वास्थ्यमा १ खर्ब ३४ अर्ब तथा शिक्षामा ३ खर्ब ०६ अर्ब लगानीको अनुमान योजना आयोगले गरेको छ ।

    यस अवधिमा सर्वाधिक लगानी यातायात, उद्योगमा हुने अनुमान छ । ती दुई क्षेत्रमा ६ खर्ब १३ खर्ब लगानी चाहिने अनुमान गरिएको छ ।

    शहरी पूर्वाधारमा वार्षिक १ खर्ब ६८ अर्ब लगानीको खाँचो हुनेछ । दिगो विकास लक्ष्यले १७ उपलब्धी प्राप्तीको योजना बनाएको छ ।

    त्यसमा गरिबी अन्त्य, शून्य भोकमरी, स्वास्थ्य र समुन्नत समाज, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी तथा सरसफाइ, स्वच्छ ऊर्जामा सहज पहुँच, मर्यादित रोजगार तथा आर्थिक वृद्धिलगायत रहेका छन् ।

  • उत्तर कोरियाको खाद्य संकट टार्न दक्षिण कोरियाको सहयोग

    उत्तर कोरियाको खाद्य संकट टार्न दक्षिण कोरियाको सहयोग

    दुई कोरियाबीच सम्बन्ध सुधार हुँदै गएको समयमा दक्षिण कोरियाली उत्तर कोरियालाई खाद्यन्न सहयोग गर्ने भएको छ ।

    खडेरीको मारमा परेर खाद्यान्न उत्पादनमा कमी आएसँगै अहिले उत्तर कोरियामा मानवीय सहयोगको खाँचो छ । तर, विभिन्न देशले यहाँ आर्थिक नाकाबन्दी लगाएका कारण खाद्यान्न संकट गहिरिदै गएको हो ।

    बीबीसीका अनुसार दक्षिण कोरियाले उत्तर कोरीयालाई ५० हजार टन चामल दिने बताएको छ ।

    संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमले मानवीय राहत प्रदान गर्ने यस प्रक्रियामा सहयोग र सहजिकरण गर्ने छ ।

    यसअघि सन् २०१० मा दक्षिण कोरियाले उत्तरलाई मानवीय सहयोग पुर्याएको थियो । पछिल्लो समय दुई कोरियाबीचको सम्बन्धमा सुधार आएसँगै दक्षिणले उत्तर कोरियामाथि सहयोग बढाएको छ ।

    महिला र बालबालिकाको पोषक तथा खाद्य सुविधामा खर्च गर्ने गरी दक्षिणले ८० लाख डलर प्रदान गरिसकेको छ ।

    विश्व खाद्य कार्यक्रमका अनुसार यो वर्ष उत्तर कोरियामा खाद्य संकट गहिरिएको छ । खडेरीका कारण पछिल्ला ३७ वर्षमा सबैभन्दा कम खाद्यान्न उत्पादन भएको छ ।
    एजेन्सी

  • खाडीको जेलमा कति छन् नेपाली कैदी ?

    खाडीको जेलमा कति छन् नेपाली कैदी ?

    काठमाडौं । वैदेशिक राजेगारीको अवसर खुलेसँगै अहिले करीव ४० लाख हाराहारी नेपाली यूवा वैदेशिक रोजगारीमा रहेको बताइन्छ । यसमध्ये विविध अपराधमा संलग्न करीव साढे ५ सय नेपाली बिभिन्न देशको जेलमा कैदि जीवन बिताइरहेका छन् ।

    वैदेशिक रोजगार बोर्डका अनुसार अहिले खाडीका विभिन्न देशमा ५ सय ४५ जना नेपाली कैदी बन्दी रहेका छन् ।

    मलेसिया, कुवेत, यूएई, ओमान, साउदी अरब, कतार र बहराइनमा धेरै नेपाली कैदि जीवन बिताइरहेको बोर्डको तथ्यांक छ । यस मध्ये १९ जना महिला पनि समावेश छन् । जेलमा रहेका मध्ये २ सय ९३ जनाको सजाय तोकिएको छैन ।

    बोर्डको चैत मसान्तको तथ्यांक अनुसार २५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, ७ जना आजीवन काराबासको सजाय भोगिरहेका छन् । जरिवाना तोकिएर जेलम बसिरहेका नेपाली १८ जना छन् ।

    मृत्युदण्ड सुनाइएका मध्ये मलेसियामा सबैभन्दा धेरै रहेको बोर्डको तथ्यांक छ । मलेसियामा दुई महिला सहित २ सय ५ नेपाली जेलमा छन् । त्यसमध्ये १६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

    १ सय ९० जनाको भने अझै सजाय तोकिएको छैन । यूएईमा १२ महिला र १ सय ७३ पुरुष गरी १ सय ८५ नेपाली कामदार कारागारको जीवन बिताइरहेका छन् । त्यसमध्ये एकजनालाई मृत्युदण्ड र ४ जनाले आजीवन काराबासको सजाय भोगिरहेका छन् ।

    कुवेतमा ३ महिलासहित ५८ जना नेपाली कामदार जेलमा रहेकोमा ३ जनालाई मृत्युदण्ड र ९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ ।
    खाडीका धेरै देशमा रक्सी तथा लागुपदार्थ प्रतिवन्धित छ । तर, नेपालीले यही सेवन तथा बेचबिखन गर्छन् पक्राउ पर्छन् । भिसा अवधि सकिएपछि पनि देश नछाड्ने प्रवृत्ति पनि नेपालीमा छ ।

    स्थानीय कानून नमान्दै निषेधित क्षेत्रमा छिर्ने, जथाभावी फोहोर गर्ने कारणमा पनि नेपाली जे पर्छन् । ज्यान मारेको केशमा पनि नेपाली जेल पुग्ने गरेका छन् ।

     

  • विप्लवविरुद्ध राज्यको धरपकड, सर्लाहीका जिल्ला नेता मारिए, रोल्पामा ५ पक्राउ

    विप्लवविरुद्ध राज्यको धरपकड, सर्लाहीका जिल्ला नेता मारिए, रोल्पामा ५ पक्राउ

    काठमाडौं । सरकारले प्रतिवन्धित नेत्रविप्लव चन्द नेतृत्वको समूहविरुद्ध धरपकड तथा कारवाही तिब्र बनाएको छ ।

    बिहीबार सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् भने रोल्पाबाट ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिहीबार लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    अन्य तीन जना भने भाग्न सफल भएको थिए । पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको बताइएको छ ।

    उनका साथमा भेटिएको डायरीमा विभिन्न व्यवसायीको विवरण राखिएको र उनी पछिल्लो समय चन्दा आतंक फैलाएर रकम असुल गरिरहेको प्रहरीको दावि रहेको छ ।

    प्रहरीले घटनास्थलबाट विप्लव कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ नम्बरको एक र अनटेस्ट एफजेड मोटरसाइकल पनि बरामद गरिएको उल्लेख गरेको छ ।

    बाग्मती नगरपालिका–२, धरहरा घर भएका ४७ वर्षीय कुमार पौडेल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, वैद्य समूह हुँदै विप्लव समूहमा आइपुगेका थिए । उनी चुरे भावर पार्टीमा समते आवद्ध थिए ।

    उता, जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ जना स्थानीय नेतालाई पक्राउ गरेको छ ।

    प्रहरीले बिहीबार राति रोल्पाको माडी गाउँपालिका–२ पेदिखोलामा सुतिरहेका नेकपा गंगादेव गाउँपालिका इञ्चार्ज सन्दीप वली, माडी गाउँपालिका इञ्चार्ज स्याम बुढा, देबबहादुर वली ‘दिनेश’ र गणेश मगरलाई पक्राउ गरेको जानकारी दिएको छ ।

  • अमेरिकामा आरामले खाने तर अन्य देशमा स्वास्थ खराब गर्ने भन्दै बन्देज लगाईएका खानेकुरा यस्ता छन् ।

    यदि तपाई अमेरिका छाडेर अरु देश घुम्म जानु भयो भने थुप्रै अमेरिकन खानेकुरा देख्न्नु हुन्छ । अमेरिकन फास्ट फुड म्याकडोनाल र बर्गरकिङ्ग पनि हरेक देशमा देख्नु हुन्छ तर अमेरिकामा जता पनि देखिने स्न्याक ,सोडा , सिरियल र क्याण्डि विश्वका कतिपय देशहरुमा बिक्री वितरणमा समेत बन्देज गरिएको हुँदा देखिदैन ।केही खानेकुरा अमेरिकामा मज्जाले खाईन्छ तर तिनै खानेकुरा संसारका कतिपय देशहरुमा बिक्री बितरणमा समेत रोक लगाईने गरिएका छन् । अमेरिकामा सरकारी निकायले स्विकृती नदिएसम्म कुनै पनि खानेकुरा बिक्री बितरण गर्न पाईदैन । तर के गर्नु अमेरिकन सरकारले बिक्री बितरण गर्न दिएको अनि जनताले मज्जाले खाने गरेका तिनै खानेकुरा बाँकी विश्वका कतिपय देशहरुमा स्वास्थलाई हानी गर्ने खानेकुराको सुचीमा राखेर बेच बिखनमा नै बन्देज लगाउने गरिएको छ । ति खानेकुराहरु यस्ता छन् :

    १) कृतिम रङ प्रयोग गरिएका खानेकुरा 

    कृतिम रङहरु स्वास्थको लागि डरलाग्दो मानिन्छ । अमेरिकामा मज्जाले बिक्री बितरण र उपभोक्ताले उपयोग गर्ने गरिएका यस्ता कृतिम रङ मिसिएका खानेकुरा युरोपियन युनियन अन्तर्गतका देशहरुमा भने यस्ता खानेकुराको प्याकेज बाहिर चुरोटमा जस्तै चेताबनी टाँसेर बिक्री गर्नु पर्ने कानूनी ब्यबस्था छ । एल्लो ५, एल्लो ६ र रेड ४० मिसिएका सबै खानेकुराको प्याकेज बाहिर “यो खानेकुराको प्रयोगबाट प्रतिकुल असर पर्न सक्छ र बालबालिकाबाट होसियार हुनु होला” । यस्ता कृतिम रङहरु भएका खानेकुरा अमेरिकामा चकलेटदेखि केचप सिरियलसम्म छन् । यद्यपी क्राफ्ट र मार्स जस्ता कम्पनीहरुले खानेकुरा यस्ता कृतिम रङ मिसाउने चरणबाट बाहिर निस्किएर प्राकृतिक रङको बिकल्प खोज्न थालेका छन् ।

    २) अजोडीकार्बोनामाईड (ए डि ए )

    अजोडीकार्बोनामाईड चम्किलो देखाउन प्रयोग गरिने अखाद्य पदार्थ हो । यस्ले पाउरोटी बेगल नान जस्ता खानेकुरा पकाउन (बेक) गर्न सहयोग गर्दछ । अजोडीकार्बोनामाईड मिसिएको खानेकुरा अमेरिकामा अझै पनि बिक्री बितरण गरिन्छ भने अस्ट्रेलिया र युरोपियन युनियन अन्तर्गतका देशहरुका अजोडीकार्बोनामाईड प्रयोग गरिएको खानेकुरा बिक्री बितरणमा पूर्णतया रोक लगाईएको छ । ए डि एलाई छाला तथा प्लस्टिकका सामाग्री उत्पादनमा प्रयोग गरिन्छ । ए डि एले दम तथा अरु थुप्रै रोगहरु निम्त्याउने गर्दछ । अमेरिकामा ए डि एलाई “साधारणतया सुरक्षित” भनिएको छ र पनि ए डि एको नकारात्मक प्रचार भएपछि सब वे र विन्डिज जस्ता फास्ट फुड कम्पनी आफ्नो उत्पादन ए डि ए फ्री भनेर सार्वजनिक गरी सकेका छन् ।

    ३) ब्रोमिनटेड भेजिटेबल तेल (बि भि ओ)

    ब्रोमिन एक प्रकारको रसायनिक तत्व हो जुन लुगा रङाउन प्रयोग गरिन्छ । यो एकदम कडा रातो रङको हुन्छ । दसकौं पहिला ब्रोमिनलाई खानेकुरामा ब्यापक मात्रामा प्रयोग गरिन्थ्यो । तर बर्तमान आधुनिक युगमा यस्को मात्रा घटाईने गरिए पनि माउन्टेन डिउ, सन ड्रप, लेमन लाईम, अरेन्ज सोडा जस्ता पेय पदार्थमा अहिले पनि प्रयोग गर्ने गरिन्छ । अमेरिकी सरकारले ब्रोमिनको मात्रा तोकेर पेय पदार्थमा प्रयोग गर्ने अनुमती दिने गरेको छ । अमेरिकामा ब्रोमिङ भेजिटेबल आयलको घनत्व नापेर प्रयोग गर्न दिने गरिएको छ । तर युरोपियन युनियन, ईन्डिया र जापान जस्ता देशहरुमा खानेकुरामा ब्रोमिनको प्रयोग बर्जित गरिएको छ । यी देशहरुमा ब्रोमिन मिसावट गरिएका खानेकुरा बिक्री बितरणमा रोक लगाईएको छ । बि भि ओ मिसावट गरिएको सोडा नियमित रुपमा २ लिटर पिउने मानिसलाई स्मरण शक्तीमा ह्रास आउने, शरीरका मांसपेसी कमजोर हुने, टाउको दुख्ने, परेला झर्ने जस्ता स्वास्थ समस्या हुने बिभिन्न अनुसन्धान मार्फत जनाईएको छ ।

    ४) क्लोरिनले पखालेका मासुजन्य बस्तुहरु 

    क्लोरिन पौडी खेल्ने पोखरी सफा गर्न प्रयोग गरिन्छ । यो कुरा धेरैलाई थाहा छ । तर धेरै मान्छेलाई थाहा नहुन सक्छ कि हामीले दैनिक जीवनमा खाँदै आएका माछा मासु पनि क्लोरिन प्रयोग गरेर पखालेको हुन सक्छ ।अमेरिकामा क्लोरिन प्रयोग गरेर सफा गरिएका मासु बिक्रि बितरणमा कुनै रोकावट छैन तर युरोपियन युनियनले क्लोरिन प्रयोग गरेर सफा गरिएका माछा मासु बिक्रि बितरणमा बन्देज गरेको  छ। खानेकुराबाट खाद्य जनित ब्याक्टेरिया सफा गर्न क्लोरिन ब्यापारी हिसाबले सस्तो पर्दछ ।

    ५) कृतिमरुपमा हार्मोन बृद्धी गराईएका पशुबाट उत्पादित दुधजन्य पदार्थ 

    आर बि एस् टि र आर बि जि एच् जस्ता हार्मोन प्रयोग गरिएका पशुबाट उत्पादित दुधजन्य पदार्थ । कृतिम तरिकाले हार्मोन प्रयोग गरी सस्तो मुल्यमा गाईबस्तु फस्टाउने र धेरै दुध उत्पादन गर्ने उदेश्यबाट उत्पादित दुधजन्य (डेरी) खानेकुरा अमेरिकामा सन् १९९० देखि मानवीय उपभोगका लागि अनुमती दिईएको हो । सन् १९९० मा ४ वटा ठुला फर्माक्युटिकल कम्पनीहरु मोनसान्टो ,अमेरिकन सिनामिड, इलिली र अपजोनले यो खानेकुराको स्विकृतिका लागि एफ डि एसँग माग गरेपछि एफ डि एले स्विकृति दिएको थियो । जे होस् यस्ता हार्मोन प्रयोग गरिएका गाई बस्तुबाट उत्पादित डेरीजन्य खानेकुरा मानवका लागि सुरक्षित छ कि छैन भन्नेकुरा बिबादित छन् । यही कारण यस्ता हार्मोन प्रयोग गरिएका बस्तुबाट उत्पादित दुधजन्य पदार्थ युरोपियन युनियन ,क्यानडा, अस्ट्रेलिया ,ईजरायल, न्युजल्यान्ड जापान, अर्जेन्टिना लगायतका देशहरुमा पूर्ण प्रतिबन्धित छ । (यो सामाग्री डेली मिलबाट साभार गरिएको हो)

  • सत्यनारायण मन्दिरमा ‘टिपीएस टाउन हल’

    सत्यनारायण मन्दिरमा ‘टिपीएस टाउन हल’

    कल्पना घिमिरे
    न्यूयोक/अमेरिका
    अमेरिकामा टिपीएस प्राप्त गरेकाहरुलाई स्टेट आइडी कार्ड र ड्राइभर लाइसेन्स नबीकरण गर्न नदिएको र निकै झण्झटिलो भएको गुनासो बढिरहेको छ । टिपीएस प्राप्त गरेकाहरुले आगामी जुन २५ सम्म स्टेट आइडी र ड्राइभर लाइसेन्स नबीकरण गरिसक्नु पर्नेछ । नबीकरण गराउन नेपालीलाई सहयोग गर्ने उदेश्यले महिला र मानब अधिकारका क्षेत्रमा न्यूयोर्कमा कार्यरत संस्था अधिकारले ‘टिपीएस टाउनहल’ कार्यक्रम आयोजना गरेको थियो । सन् २०१५ देखि नै नेपालीलाई टिपीएस सुविधा दिलाउनका लागि अधिकारले निकै महत्वपूर्ण भुमिका खेल्दै आएको छ । टाउन हलमा अमेरिकी सरकारका कर्मचारीलाई आफ्ना समस्याबारे सुनाइएको थियो । टिपीएसको अवधि मार्च २४, २०२० सम्म स्वत लम्बिए पनि ड्राइभर लाइसेन्स र स्टेट आइडीको नबीकरण गराउने म्याद आगामी जुन २४ सम्म मात्र भएकोले नबिकरण गर्नका लागि ‘फेडरल रजिस्टर्ड नोटिस’ आवश्यक पर्ने जानकारी गराएका छन् । कार्यक्रममा गत मे १० मा प्रकाशित सुचना ‘फेडरल रजिस्टर्ड नोटिस’ पनि वितरण गरिएको थियो । टाउन हल कार्यक्रममा टिपीएस बाहकक नेपालीहरुको बाक्लो उपस्थिति थियो ।
    अधिकारले टीपीएस टाउन हलको आयोजना गरेर नेपालीले भोगिरहेको बिभिन्न समस्याबारे युएससीआइएसका कर्मचारी र इमिग्रेसन लयर लाई सुनाएर समस्याको समाधान खोज्ने प्रयास गरेको अधिकारकी डाइरेक्टर पबित्रा बेन्जामिनले बताइन् । ‘हामीहरु टिपीएस प्राप्त गराउन सुरुवाती चरणदेखि नै लागिरहेका छौं’ उनले भनिन्, ‘तर, अब टिपीएस मात्र हाम्रा लागि पर्याप्त छैन । हामीलाई यसको दिर्घकालिन समाधानको बाटो चाहिएको छ ।’ उनका अनुसार नेपालीलाई टिपीएस प्राप्त गराउन देखि म्याद थप गराउन समेत अधिकारले नेतृत्वदायी भुमिका खेल्दै आएको छ । टिपीएसको स्थायी समाधानको लागि के गर्न सकिनेबारे आफुहरु लडिरहेको पनि उनले जानकारी दिइन् ।
    कार्यक्रममा उपस्थित युएससीआइएस की कम्युनीटि रिलेसन अफिसर स्याकोनिया वर्डनले टिपीएसको म्याद थपिएर पनि प्रुफ देखाउन नसकेर ड्राइभर लाइसेन्स लगायतमा नविकरण गर्न समस्या भइरहेको बताइन् । सबै आवशयक कागजात लिएर आवेदन दिने हो भने तुरुन्तै नबीकरण हुने उनले बताइन् । ‘टेम्प्रोररी प्रोटेक्टेड स्टाटस भनेको केही समयका लागि मात्रै हो यसलाई टेम्प्रोररी भनेरै बुझ्नुहोला । यसबाट ग्रिन कार्ड पाउन सकिदैन’ उनले भनिन् ।
    इमिग्रेसनकी एटोर्नी मेलोनीले लाइसेन्स नबीकरण गर्न डिएमभी कार्यालय जाँदा फेडरल रजिस्टर नोटिस लिएर मात्र जान आग्रह गरिन् । फेडरलको नोटिस लिएर गएमा लाइसेन्सको अवधि पनि स्वत थपिने उनले जानकारी दिइन् ।
    कार्यक्रममा टिपीएसबाहकहरुले आफुले भोग्दै आएका समस्या सुनाएका थिए । अमेरिकाकै थुप्रै सरकारी निकाय र रोजगारदातालाई टीपीएस र ‘अटो एक्सटेन्सन’ भनेको थाहा नभएको गुनासो गरिएको थियो । काम गर्ने अनुमति पत्रको म्याद मार्च २४, २०२० सम्म बढेको भन्ने पुष्टि गर्ने आधार के ? रोजगारदाता कम्पनीलाई के कसरी सम्झाउने ? लगायत थुप्रै प्रश्नहरु सोधिएका थिए । टिपीएसबाहक हरुलाई अधिकारले के कसरी सहजीकरण गर्छ भन्ने विषयमा बृहत छलफल भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई समयमै नबिकरण गराउन पनि अनुरोध गरिएको थियो ।
    अमेरिकी सरकारको फेडरल रजिस्टरमा सुचना प्रकाशित भए अनुसार ८ हजार ९ सय ५० नेपालीले टिपीएस सुविधा लिइरहेका छन् । सन् २०१५ मा भने १४ हजार नेपालीले यो सुविधा लिएका थिए । एक पटक टिपीएस सुविधा सकिएर नवीरकण गर्ने क्रममा टिपीएसबाहकको संख्या घटेको हो ।
    चार वर्ष अघि बिं स.२०७२ साल बैशाख १२ गते (अप्रिल २५, २०१५)मा नेपालमा ठूलो महाभुकम्प गएको थियो । भुकम्पले नेपालमा ठूलो जनधनको क्षति भएपछि अमेरिकी सरकारले त्यसको २ महिनामै (जुन २४, २०१५) अमेरिकामा रहेका रहेका सम्पूर्ण कागजपत्र विहिन नेपालीलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (टिपीएस) सुविधा प्रदान गरेको थियो । नेपालमा रहेका आफन्त र परिवारलाई सहयोग गर्न पाउन् भन्ने उदेश्यले कागज बिहिन नेपालीलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था गर्न अमेरिकी सरकारले तत्काल टिपीएसको व्यवस्था गरेको हो ।

  • न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

    न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

    न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ । 

    पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि उस्तै किसिमको तरिका अपनाई लुटिसकेका छन् । जति प्रबिधिले सुबिधा दिएको छ, त्यति नै सावधान रहनुपर्ने अवस्था आएको छ । कतिपय घटनामा त ड्राईभरले आफू लुटिएको खबरसम्म पनि तत्काल थाहा नपाउने गरेका छन् । 

    ती चोरहरु अन्य पेसेन्जर जस्तै सामान्य तरिकाले कारमा चढ्छन् र केही बेरमा आफ्नो गन्तब्य परिवर्तन गर्नुपर्यो भनी भन्छन् । रेगुलर उबर राईडमा पेसेन्जरले कुनैपनि बेला गन्तब्य  परिवर्तन गर्न पाउँछन् । त्यसपछि आफ्नो फोन नचलेको नाटक गर्छन् र ड्राईभरको बिश्वास जितेर गन्तव्य परिवर्तन गर्नको लागि ड्राईभरको फोन माग्छन् र उबर/लिफ्टको ड्राईभरले तुरुन्त पैसा निकाल्न मिल्ने सिस्टम “क्यास आउट” मार्फत आफ्नो खातामा वा कार्डमा तुरुन्तै पैसा पठाउँछन् । 

    ड्राईभर चार्ली एडवार्ड भन्छन् अत्याधुनिक प्रबिधिले झन जोखिम बढाएको छ । त्यस्तै अर्का अनुभवी ड्राईभर ब्रिन्टो रसिद, जसले पहिले पहेलो ट्याक्सी चलाई सकेका थिए, भन्छन्; “पहेलो ट्याक्सीमा गाली बेईजती र हातपातको घटना पनि घट्थ्यो, अहिले क्यामारा लगाएको छु, राईडरको पूर्व जानकारी हुन्छ, बढ्ता हुनेलाई ओराल्दिन्छु” । उनी भने आफूले सुरक्षित महसुस गरेको बताउँछन् ।

    यतिबेला उबर र लिफ्ट कम्पनीले गाडी गतिमा भएको समयमा पैसा ट्रान्सफर गर्न नमिल्ने गराउने भएका छन् । ड्राईभरलाई ग्राहकले प्रबिधि मार्फत लुट्ने अर्को प्रकृतीको घटना पनि प्रचलनमा रहेको छ । ड्राईभरलाई कामको अनुरोध आएपछि ग्राहक लिन जाँदैगर्दा तुरून्त फोन आउँछ; “म उबरको कार्यालयबाट बोल्दैछु, तँपाईले अहिले यो ठाउँमा लिन जाँदै गरेको फलानो व्यक्तीलाई अर्कै ड्राईभर पठाईदिनेछु । तँपाई  सुरक्षित ठाउँमा गाडी रोकेर फलानो ब्यक्तीको राईड क्यान्सिल गर्नुस्, तँपाईको एकाउण्टको खाता नम्बरमा समस्या आएको छ । सच्याउनु पर्नेछ”। ग्राहकको समेत सबै जानकारी भनेकोले सोझा ड्राईभरले पत्याउँछन् र बैंक सम्वन्धि जानकारी अफिसलाई दिएको ठानेर दिन्छन् । वास्तवमा त्यो फोन उबरको कार्यालयले गरेको नभै त्यो ठग ग्राहकले नै कर्मचारी बनेर गरेको हुन्छ । यस्तो अवस्थामा जानकारी बिल्कुलै दिन हुँदैन । समस्यामा परे एनवाईपिडीको क्राईम स्टपर्स हटलाईन 800 577 8477 र 888 577 4782 मा खबर गर्न अनुरोध गरिएको छ ।

    श्रोत : सिबिएस न्युयोर्क ।

  • कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?

    कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    महानगरपालिकाले सम्पदा निर्माण निर्माणदेखि पर्यटन प्रवद्र्धनसम्मका योजना समेटएको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ ।

    मेयर विद्या सुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । महानगरले आगामी आवमा काठमाडौंलाई प्लाष्टिक, धुलो र प्रदुषण मुक्त बनाउने घोषणा गरेको छ ।

    आफ्नो क्षेत्रमा भित्रने सवारी साधन नाकामा धोएर मात्रै प्रवेश दिने कार्यक्रम राखिएको छ । त्यसो त सरकारले संघीय बजेटमा पनि यो कार्यक्रमलाई प्राथमिकताका साथ राखेको थियो ।

    काठमाडौं उपत्यकाभित्र छिर्ने सवारीलाई धुने गरी नाकामा भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने र त्यसका लागि स्थानीय तहहरुसँग समन्वय गरिने महानगरले उल्लेख गरेको छ ।

    काडमाडौंमा सार्वजनिक यातायात सहज बनाउन ठुला विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने महानगरको नीति छ ।

    काठमाडौंलाई नो मास्क सीटीका रुपमा विकास गरी धुलो र प्रदुषणबाट मुक्त बनाउने घोषणा पनि महानगरले गरेको छ ।

    आगामी आर्थिक वर्षदेखि वघरबहाल सम्झौता गरेर मात्र घरमा बस्न पाउने व्यवस्थाको तयारी पनि महानगरले गरेको छ । महानगरको नीतिमा सम्पदा संरक्षण र पूर्वाधार निर्माणका समेत अनेक योजना समेटिएका छन् ।

    महानगरले मोनोरेल सञ्चालन गर्ने गरी योजना समेटिएको छ । हनुमानढोकादेखि स्वयम्भूसम्म पुरातात्विक सम्पदा पदमार्ग तथा पशुपतिनाथदेखि बौद्धस्तुपासम्म भने हरित सम्पदा पदमार्ग निर्माण गरि कार्यान्वयनमा ल्याउने महानगरको योजना रहेको छ ।

  • प्रधानमन्त्रीको यूरोप भ्रमण असफल : देउवा

    प्रधानमन्त्रीको यूरोप भ्रमण असफल : देउवा

    काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपि शर्मा ओलीको यूरोप भ्रमण असफल भएको बताएका छन् ।

    प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीको यूरोप भ्रमणले देशलाई कुनै उपलब्धी नदिएको बताए । भ्रमणका क्रममा कुनै सहमति नभएकोले भ्रमण असफल भएको उनको ठम्याई छ ।

    यसपटक प्रधानमन्त्रीको बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री थेरेसा मेसँग गोर्खा भर्तीबारे त्रिपक्षीय सन्धीबारे कुरा उठाएका थिए । तर, संयुक्त वक्तव्यमा भने त्यसबारे उल्लेख छैन।

    देउवाले राजीनामा दिइसकेकी प्रधानमन्त्री मेले कुनै दीर्घकालीन सम्झौता गर्न नसक्ने अवस्थामा प्रधानमन्त्री बेलायत गएको उल्लेख गरे । फ्रान्समा पनि राष्ट्रपतिले भेटै नदिएको भन्दै प्रधानमन्त्रीप्रति कटाक्ष गरे ।

    १७ वर्षअघि प्रधानमन्त्रीका रूपमा देउवा बेलायत भ्रमणमा गएका थिए। त्यसपछि बेलायत भ्रमण गर्ने ओली पहिलो प्रधानमन्त्री हुन्।

    मंगलबार कांग्रसले संसदमा देखाएको बिरोधका सम्बन्धमा स्पष्ट पार्दै देउवाले आफूले शुरुमै बोल्ने अनुमति मागेपनि प्रधानमन्त्रीले पेलेर जान खोजेको आरोप लगाए ।

  • कर्णालीमा झरेको जीप अझै भेटिएन, बझाङ दूर्घटनामा मृत्यु भएको ९ जनाको सामुहिक अन्त्येष्टी

    कर्णालीमा झरेको जीप अझै भेटिएन, बझाङ दूर्घटनामा मृत्यु भएको ९ जनाको सामुहिक अन्त्येष्टी

    काठमाडौं । हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा मंगलबारदेखि बेपत्ता जीप अझै फेला परेको छैन । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसमेत सवारी जीप हराएपछि प्रहरीले नदी खोजी कार्य तिब्र बनाएको छ ।

    मंगलबार चितवनबाट सशस्त्र प्रहरी बलबो गोताखोर टोली कर्णाली पुगेपछि खोजी कार्य तिब्र बनाइएको थियो । तर, मंगलबार साँझसम्म पनि जीप र हराइरहेका यात्रुको कुनै निसाना फेला पार्न सकिएको छैन ।

    घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निरन्तर खोजी कार्य जारी राखेका छन् ।

    उता, सोमबार बझाङमा जीप दूर्घटनामा परी निधन भएका ९ जनाको बुधबार सामुहिक अन्त्येष्टी गरिएको छ । सोमबार बझाङको मष्टा गाउँपालिका १ मा दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको थियो ।

    जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलास्थित घुम्तीबाट अनियन्त्रीत अप्ठयारो भीरमा झरेर दूर्घटना भएको थियो ।

    यस जिल्लामा अहिलेसम्म नै एउटै दूर्घटनामा धेरै मानिसले ज्यान गुमाएको यो पहिलो पटक हो । मृतकहरुलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि कोटलदेवलका स्थानीय र जिल्लाका विभिन्न ठाउँबाट सयौंको संख्यामा सर्वसाधारण उपस्थित भएका थिए ।

    राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण जिल्ला अस्पताल सिमखेतबाट धौलाबगर आर्यघाटसम्म शवयात्रामा सहभागी भएका थिए ।

    दुर्घटनाको शोकमा मष्टा गाउँपालिकाले बुधबार सार्वजनिक विदा दिएको थियो । गाउँपालिकाले मृत्यू भएका परिवारलाई किरिया खर्चबापत पाँच हजार र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ आर्थिक सहयोग दिने निर्णयसमेत गरेको थियो ।

  • काठमाडौंबासीको सभ्य सभा, पुलिसलाई पानी र फूल, फोहोर सडक आफै सफा गरे

    काठमाडौंबासीको सभ्य सभा, पुलिसलाई पानी र फूल, फोहोर सडक आफै सफा गरे

    काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकको विरुद्धमा बुधबार काठमाडौंमा भब्य सभा आयोजना भयो ।

    माइतिघर मण्डलामा आयोजना गरिएको विरोधसभामा हजारौं मानिस ओर्लिएका थिए । काठमाडौंको विभिन्न चोकबाट निस्किएको जुलुस माइतिघर मण्डलामा भेला भएको थियो ।

    नेपाली झण्डासहित उपस्थित हजारौं नागरिकले धर्म र आस्थामाथि खेलबाड नगर्न सरकारको ध्यानाकर्षण गराए ।

    आन्दोलनका कारण काठमाडौंको छवि बिग्रिएको छ । उग्र आन्दोलन र झडप भइरहने भएकाले यहाँको आन्दोलन असुरक्षित हुने भए रहन्छ ।

    तर, बुधबार काठमाडौं बासिले आफ्नो फरक स्वरुप प्रदर्शन गरे । हजारौं मानिस सहभागी भएपनि अप्रिय घटना भएन । एम्बुलेन्सलाई सजिलै बाटो दिइएको थियो भने सहयोगी तथा स्वयमसेवकले पानी वितरण गरे ।

     

     

    स्वयमसेवकले सुरक्षामा खटिएकर्मीलाई पानी खुवाएको दृष्य हेर्न लायक थियो । आन्दोलनकारीले बुधबार अपरान्ह आफैले फोहोर टिपे र माइतिघर मण्डलालाई सफा पारी छाडे ।

    केही दिन अगाडी गुठी विधेयककै विरोधमा माइतिघर मण्डलामा भेला भएका आन्दोलनकारीलाई प्रहरीले पानीको फोहोरा फालेर धपाएको थियो ।

    सरकारले निजी र सार्वजनिक गुठीलाई प्राधिकरण बनाएर नियमन गर्ने गरी गुठी विधेयक ल्याएपछि देशभर आन्दोलन चर्किएको छ ।

     

     

    खासगरी गुठीमा काठमाडौं बासीको बढी चासो छ । यहाँको नेवारी समूदायको परम्परासँग जोडिएको गुठीमा सरकारले आँखा लगाएको भन्दै यहाँका नागरिक आन्दोलनमा उत्रिएका हुन् ।

    व्यापक विरोध भएपछि सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । तर, काठमाडौं बासीको माग विधेयक खारेज नै हुनुपर्ने रहेको छ ।

  • बबल एण्ड क्र्यास

    बबल एण्ड क्र्यास

    बबल एण्ड क्र्यास शीर्षकमा यो दास्रो आलेख हो । यस परिप्रेक्षमा अन्तराष्ट्रिय स्तरमा शेयर बजारमा भएका विभिन्न बबल र क्र्यासको ईतिहासका बारेमा चर्चा गर्दै उक्त समयमा नेपालको अर्थतन्त्रको अवस्था र त्यस्ता घटनावाट हालको नेपाली बजार तथा नीति निर्माताले सिक्नु पर्ने पाठका सम्बन्धमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

    मिसिसिपी बबल (१७१९ – १७२१)

    वेलायतको साउथ सी बबलको केही समयमा नै फ्रान्समा मिसिसिपी बबल भएको थियो । सन् १७१५ मा फ्रान्सको अर्थतन्त्र निरन्तर युद्धका कारण धारासायी हुन पुग्यो । यसवाट बच्न सरकारले स्कटिस अर्थशास्त्री जोन लको सुझाव अनुसार नोट जारी गर्ने अधिकार सहित एक सरकारी बैंक स्थापना गरेको थियो । जनताले उक्त बैंकमा सुन, चाँदी जस्ता बहुमूल्य धातु राखेर बैंकले जारी गर्ने नोट प्रयोग गर्दथे । विस्तारै उक्त बैंकले जम्मा हुने सुन चाँदी भन्दा बढी रकमको नोट जारी गर्न थाल्यो । सतहमा फ्रान्सको अर्थतन्त्र सुधार भएको देखियो भने जोन लले संचालन गरेकोे ब्यापारिक कम्पनीको शेयरको माग धेरै बढ्यो । सन् १७१९ मे महिनामा ५०० लिभ्रिस (तत्कालिन फ्रेन्च मुद्रा) मूल्य रहेको उक्त कम्पनीको शेयर मूल्य बढेर नोभेम्बर महिनामा १०,००० लिभ्रिस पुग्यो । यसवाट फ्रेन्च स्टक मार्केटमा त्यस समयमा धेरै मिल्यनियरहरु देखा परे । उक्त बबलको समयमा फ्रान्समा घर जग्गाको मूल्य र घर भाडामा २० गुणा सम्म बृद्धि हुन गयो । तर बैंकले जति पनि नोट छाप्दै जादा बजारमा मुद्रास्फिती बृद्धि भई केही समयमा नै अर्थतन्त्र गहिरो संकटमा पर्न गयो । १०,००० लिभ्रिस पुगेको उक्त कम्पनीको शेयर मूल्य सन् १७२० मा ४००० लिभ्रिस र सन् १७२१को सुरुमा ५०० लिभ्रिस भन्दा कम हुन गयो । यसवाट फ्रान्सको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्न गयो ।

    ब्रिटिस रेल वे म्यानीया

    नेपालमा विगत केही वर्षदेखि रेलमार्ग निर्माण गर्ने विषय चर्चामा छ । यसको लागि सरकारी निकायवाट कार्यालय स्थापना गरिएता पनि ठोस कार्य अघि बढ्न सकेको छैन । कति लामो रेलमार्ग निर्माण गर्ने, कुन स्थानमा गर्ने यसको लागत लाभ के हुने भन्ने सम्बन्धमा खासै चर्चामा आएको देखिदैन । रेलवे निर्माणका लागि जनतावाट पूँजी जुटाउन सकिन्छ भन्ने विषय त नीति निर्माताको दिमागमा पनि छैन होला । तर सन् १८३० मा नै वेलायतमा जनताको वचतवाट पूँजी निर्माण गरी रेल कम्पनीहरु स्थापना गरिएको थियो ।

    सन् १८३० मा लिभरपुल र म्यान्चेष्टर विच संचालन गरिएको रेलले उच्च सफलता प्राप्त ग¥यो । यसवाट हौसिएर थप रेलवे लाईन निर्माणका लागि दश प्रतिशत रकम मात्र जम्मा गरी बाँकी पछि माग गर्ने गरी शेयर लगानी गरेर कम्पनीको स्थापना गरियो । यस्तै कार्य नेपालको प्रधानमन्त्री सहितको सहभागितामा केही अघि जलविद्युतमा जनताको लगानी नाममा १० प्रतिशत रकम जम्मा गरी जलविद्युत कम्पनीमा लगानी गरिएको छ । तर व्रिटेनको उक्त मोडल केही समयमा नै असफल सिद्ध भयो । तत्कालिन समयमा ठूलो लागत सहित सुरु गरिएको उक्त परियोजनावाट धेरै प्रतिफल प्राप्त हुने आशामा शेयर तथा ऋणपत्रमा लगानी भयो । सुरुमा १० प्रतिशत रकम मात्र माग भएका कारण धेरै व्रिटिस लगानीकर्ताहरुले पछि रकम थप गर्न सक्ने वा नसक्ने विचार नै नगरी आफुसंग भएको सवै रकम उक्त १० प्रतिशत मार्जिनमा लगानी गरे । तर धेरै ठूलो रकमको लगानी आवश्यक पर्ने, निर्माण कार्य पनि सहज नभएको र वेला वेलामा कम्पनीले थप रकम माग गरिरहने कारणवाट केही वर्ष पछि लगानीकर्ताहरुको विश्वास उक्त रेलवे कम्पनीहरु प्रति कम हुदै गयो र आकासिएको शेयरको मूल्य धेरै घट्न गयो । सन् १८४५ तिर लगानीकर्ताहरुले कम्पनीहरुलाई थप रकम भुक्तानी गर्नै छाडे । फलस्वरुप योजना गरिएको भन्दा १५ प्रतिशत मात्र कार्य सम्पन्न हुन सक्यो र लगानीकर्ताहरुले धेरै ठूलो रकम गुमाउन पुगे । यसवाट  वेलायतको समग्र विकासमा नै धक्का पुग्न गयो । औद्योगिक क्रान्ती पछि मध्यम वर्गमा रहेका धेरै वेलायती जनताको वचत गुमेको कारण गरिवीको प्रतिशत समेत बढ्न गयो ।

    स्टक मार्केटमा सूचना संप्रषणको धेरै महत्व हुन्छ । उपलब्ध सूचनाका आधारमा लगानीकर्ताले लगानी निर्णय गर्ने गर्दछ । ब्रिटिस रेल वे म्यानीया बबल र क्र्यासको एक प्रमुख कारणका रुपमा त्यस वेलाका छापा पत्रिका पनि एक हुन् । सन् १८३० को दशकमा वेलायतमा अर्थतन्त्रका वारेमा लेख्ने पत्रिकाहरु प्नि प्रकाशन हुन थालिसकेको थियो । ती पत्रिकाहरुमा रेलवे कम्पनीका विभिन्न सूचना, जानकारी, वित्तीय विवरण आदि प्रकाशन हुन थाले पछि पत्रिकाको आय पनि बढेकोले यस्ता पत्रिकाहरुले सुरुका केही वर्ष रेलवे कम्पनीहरुका वारेमा असाध्यै सकारात्मक समाचार प्रकाशन गरेर बजार बढाउन योगदान गरेका थिए । तर पछिल्ला दिनहरुमा पत्रिकाहरुले त्यस्ता रेलवे कम्पनीहरुको नकारात्मक समाचार संप्रेषण गर्न थाले । तत्कालिन पत्रिकाहरु दी टाईम्सले श्रृङ्खलावद्ध रुपमा रेलवे कम्पनीहरुको विरुद्ध समाचार एवं सम्पादकीय लेखहरु लेखेका कारण नै लगानीकर्ताहरु शेयर बजार प्रति नकारात्मक हुन गई ब्रिटिस रेल वे म्यानीया बबल र क्र्यास भएको पनि विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा उक्त समयमा भिमसेन थापाको प्रधानमन्त्रीकालको अन्तिम समय थियो भने दरवारमा थापा खलक र पाण्डे खलक विचको द्वन्दवाट देशमा विकासका विषयहरु प्राथमिकतामा नै पर्दैन थियो । पत्रिका प्रकाशन भने नेपालमा सर्वप्रथम सन् १९०१ मा गोरखापत्रवाट भएको हो ।    

    नेपाल सरकार र नियामक निकायले पनि वेलायतको करिव १८० वर्ष अघिको अनुभववाट पाठ सिक्नु पर्ने देखिन्छ । नेपालमा भरखरै सुरु गरिएको जलविद्युतमा जनताको लगानी कार्यक्रम अन्तर्गत १० प्रतिशत मात्र रकम माग गरी जलविद्युत कम्पनीमा लगानी गर्ने प्रचलन सुरु भएको छ । तर नेपालको जलविद्युत क्षेत्रले पनि त्यस्तै नियती नभोगोस भन्ने तर्फ समयमा नै ध्यान दिनु जरुरी छ । विसौ वर्षसम्म मेलाम्ची खानेपानी आयोजना सम्पन्न हुन नसकेको अवस्थामा रेल मार्गको निर्माण गर्दा लाग्ने धेरै समय र रकम, निर्माणका क्रममा भोग्नु पर्ने कठीनाई र परियोजना सम्पन्न भई सकेपछि प्राप्त हुने लाभलाई समेत मध्य नजर गरी योजना छनौट गर्नु उपयुक्त देखिन्छ । करिव ३०० वर्ष अघि नै वेलायत तथा युरोपमा जनताको वचतलाई पूँजीको रुपमा परिचालन गरी पूर्वाधारको निर्माण गरिएवाट नेपालमा पनि यस्ता महत्वपूर्ण परियोजनाहरुमा सरकारले आफै लगानी गर्ने वा विदेशी दातृनिकायको मुख ताक्ने प्रबृतिलाई कम गरी पूँजी बजारलाई अझै प्रभावकारी बनाई लगानी जुटाउन सकिने देखिन्छ ।

    क्रमशः (बाँकी अर्को अंकमा)

    निरञ्जन फुयाल

    प्रबन्धक नेप्से

    काठमाडौं 

  • यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें

    यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें

    समाजमा अनेक इकाई हुन्छन् । ती ईकाई मिलेर समूहले आकार पाउँछ । समाज र समाज व्यवस्थामा त्यस्ता समूह स्थायी प्रकृतिको हुन्छ । भन्नका लागि व्यक्तिव्यक्ति मिलेर बनेको समूहको संगठित स्वरुप नै समाज हो । तर यो समूह र समाजको प्रकृतिमा व्यक्ति मात्र प्रधान हुँदैन, व्यवहार, चालचलन, रीति, आवश्यकता, सम्बन्ध सबै आउँछन् । उनीहरु क्रिया, कर्मदेखि उनीहरुलाई कुन तत्वले व्यवस्थित र अनुशाशित बनाइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । यही व्यवस्थित बनाउने चरणमा अनेक सामाजिक संस्थाको निर्माण भइरहेको हुन्छ जसले समाज र सामाजिक ईकाईलाई व्यवस्थित, मर्यादित र धेरै हदसम्म नियन्त्रित गरिरहेको हुन्छ । समाजमा सबैले मनोमानी गर्ने वा गर्न पाउने अवस्थामा समाज संगठित र व्यवस्थित दुबै हुँदैन । त्यो बेला समाजको परिचय र पहिचान छिन्नभिन्न हुन्छ । तात्पर्य, सामाजिक उश्रृंखलताबाट बच्न व्यक्ति समुदायको साहारा लिन्छ र समुदायको यही औचित्य र प्रयत्नले शान्ति, व्यवस्था र अस्तित्व गतिशील भइरहेको हुन्छ । जुन बेला सामाजिक संगठनहरु आफैं धराशायी हुन्छन् वा तिनीहरुलाई दवाव र प्रभावले धराशायी बनाउने क्रियाले गति लिन्छ त्यो बेला सामाजिक अव्यवस्थाको प्रारम्भ हुन्छ र सामाजिक विघटनले डोब खन्छ ।

    अनुमान गर्नुहोस् गुठीमा बाँधिएका साँस्कृतिक समुदाय आफ्नो साँस्कृतिक विरासतबाट वञ्चित भए अथवा उनीहरुलाई साँस्कृति विरासतबाट जबरजस्ती वञ्चित गराइए ती समुदायको अस्तित्व कहाँ पुग्छ ? तिनीहरुको सामाजिक संरचना कसरी अलगथलग हुन्छ ? पाठकका नाताले तपाईको विमति होला तर आजको मेरो मुख्य चासो यो हो ।

    जहाँ उमेर, लिंग, नाता, व्यवसाय, आवास, सम्पत्ति, विशेषाधिकार, सत्ता र काम जस्ता कुरा विविधतामा आधारित रही समायोजन गरिएको हुन्छ त्यही सामाजिक संगठन हो । यसलाई इलियट र मेरिलले आफ्नो पूर्व निश्चित एवम् मान्य उद्देश्यअनुसार काम गर्ने सामाजिक इकाईको नाम दिएका छन् ।समाज भनेकै संगठित बानीव्यवहार, मनोभाव अथवा मतैक्यताको योग हो । यही व्यक्ति र सामाजिक सम्बन्धको अर्थपूर्ण मिलन हुन्छ । समाजप्रदत्त व्यक्तिको सामाजिक स्थान र स्थितिभित्र सामाजिक प्रथाको नियन्त्रण भइरहेको हुन्छ । यो नियन्त्रण नियमको अधीनमा रहेर हुन्छ वा गरिन्छ । यही परम्पराले सामाजिक गुण प्रदर्शन गरिरहेको हुन्छ, सामाजिक बल र सामाजिक पहिचान निर्माण गरिरहेको हुन्छ । र, विकासको प्रक्रियामा  परिवर्तन पनि समाजले आफू अनुकूल गर्दै लगिरहेको हुन्छ । समाजिक संगठन बलियो छ भने त्यो परिवर्तन यूगानुकूल स्थायी हुन्छ, कमजोर छ भने सामाजिक चरित्रमा क्षयीकरण शुरु हुन्छ ।

    प्रस्तावित गुठी विधेयक अक्षरशः अध्ययन गर्नेले सहजै अनुमान लगाउन सक्छ यो सामाजिक साँस्कृतिक चरित्र क्षयीकरण गर्ने नियतले आएको छ । यही क्षयीकरणमा सामाजिक प्रक्रियाहरु एकआपसमा छिन्नभिन्न हुन थाल्दछन् । यो वा त्यो रुपमा प्रतिस्पर्धाले स्थान पाउँदछ र द्वन्द्वले आकार लिन्छ । सामाजिक द्वन्द्व घनिभूत हुँदै जाँदा समाज पनि विघटनको बाटोमा जान्छ ।

    सामुदायिक भावनाबाट प्रेरित रहेर सामुदायिक इच्छापूर्ति उद्देश्य प्राप्तका लागि बन्ने सामाजिक इकाई गुठी हो भनेर बुझ्छु म । यसलाई परम्परागत नेपाली समाजको सामाजिक संगठनकै एउटा रुपमा बुझ्दा पनि हुन्छ । यसमा उनीहरुको आफ्नै अनुशासन हुन्छ, श्रम र श्रम विभाजन हुन्छ, आफ्नै नियम र शैली हुन्छ जुन उनीहरुले अनुभव गरेको अवस्थामा परिवर्तन पनि हुँदै जान्छन् वा गइरहेका हुन्छन् । प्रस्तावित विधेयकले त्यही थितिमाथि जबरजस्ती राजनीतिक हस्तक्षेप गर्ने ध्येय बोकेकाले त्यो सामाजिक विघटनको कडी बन्नसक्दछ भन्ने हो ।

    आध्यात्मिकता भनेको जप, तप ध्यान मात्र होइन, यो आत्मिक सम्बन्धको कोमलता पनि हो । सामूहिकताको स्वभाव पनि हो । हामी जुन भौतिकवाद भन्छौं त्यसमा धर्म, विश्वास, आस्था, सामाजिक सम्बन्धभन्दा आधुनिक सुख प्राप्ति प्रधान हुन्छ । सामाजिक जीवनबाट रीतिरिवाज, परम्परा, प्रथाहरुबाट सम्बन्ध टुट्दै जान्छ । सामाजिक दर्शन कम हुँदै जान्छ । सामाजिक दर्शनलाई टिकाइ राख्न सामाजिक संगठन असफल हुँदै जाँदा भौतिकवाद हावी हुँदै जान्छ । वैज्ञानिक दृष्टिकोण खोज्ने ध्याउन्नमा सामाजिक महत्व गौण हुँदै जाँदा सामाजिक साँस्कृतिक पहिचानको पनि दशा आरम्भ हुन्छ । हामी कति व्यवहारिक छौं वा हामी कति प्राविधिक छौं भन्ने प्रतिष्पर्धामा त्यो सामाजिक साँस्कृतिक पहिचानको स्थान हुँदैन । हो ठीक यही अवस्थामा सामाजिक विघटन र साँस्कृतिक पहिचानको संकट तीब्र हुन्छ भन्ने मेरो ठहर हो । अजासु प्रवृत्तिका एकजना मन्त्रीले गुठीलाई फगत सामन्तवादको अवशेष बताएर गुठीबारे आफ्नो ज्ञान र नियत छताछुल्ल बनाइदिएकाले यो विषयमा धेरै नलेखौं । यसैलाई एलियट र मेरिलले सम्बन्धको अभावमा हुने सामाजिक विश्रृंखलता भनेका होलान् (सामाजिक विघटन, १९५० हार्पर एण्ड ब्रोस, पृष्ठ २९)

    सामाजिक ढाँचालाई अस्थायी रुपमै सही, तोडिदिए वा छिन्नभिन्न गरिदिएपछि सामाजिक विघटन आरम्भ हुने हो । त्यसको स्थानमा नयाँ ढाँचा त ढिलो चाँडो बन्ला तर त्यसले पूर्ववत् मूल्यमान्यता आत्मसाथ गर्छ कि गर्दैन भन्ने यकीन हुँदैन । पुरानो, जीर्ण, रुग्ण घर ढल्नु र ढाल्नु पनि राम्रो हो, रुढ सामाजिक संरचना विघटन गर्नु पनि राम्रो हो तर रोगको निदान र उपचारको विधि यो हो भन्ने यकीन नै नभई घाउमाथि करौंती चलाउँदा व्यक्तिको मृत्यु निश्चित हुन्छ जो फर्केर आउँदैन । अर्थात् समाज र संस्कृतिलाई नयाँ जीवन दिन पनि त्यसको विश्वासिलो र भरपर्दो नयाँ खाका आउन पर्दछ । चिकित्सकले लहडमा वा जबरजस्ती कैंची चलाउँदा के भयो भर्खरैको ओम अस्पताल प्रकरण हेर्दा भएन ? गुठी विधेयक यस्तै जबरजस्ती कैंची चलाउन खोजिएको नयाँ दृष्टान्त हो ।

    साँस्कृतिक सामाजिक नियममा राज्यको, शाषकको हस्तक्षेप हुँदा गडबढी स्वभाविक हुन्छ । पशुपतिनाथको पूजारी प्रकरण नै यसको उदाहरण हो । अझ त्यसमा नियत पनि फोहोरी देखियो भने त्यसले संकट पैदा गर्छ । संगठित र एकीकृत सामाजिक सम्बन्ध छिन्नभिन्न बनाउन बद्नियतपूर्वक राज्य वा सत्ता वा अन्य कुनै तत्वले अग्रसरता देखायो भने त्यसभित्र सामाजिक विघटनको षड्यन्त्र छ भन्न असजिलो मान्न हुँदैन ।

    आदर्श र विचारको अन्तरभित्र रुढ र नवीनता स्वभाविक हुन्छ । द्वन्द्व हुने नै यिनीहरुको बीचमा हो । तर यो द्वन्द्वको एउटा पक्ष कहीं प्राचीनताको नामोनिशान मेटाउन पर्दछ भनेर मुखरित हुन्छ त कहीं सामाजिक संरचना खल्बल्याएपछि त्यसभित्र आफूले हैकम जमाउने प्रपञ्च लिएर उठिरहेको पनि हुन्छ । यो संघर्षमा दुबैको हार वा दुबैको जीत सम्भव छैन । यदि सामाजिक सम्बन्ध टुट्यो भने सामाजिक विघटनको चरण आश्चर्य हुँदैन । यसको फाइदा लिन ढोकामा र्याल काडेर बसिरहेका धार्मिक समूहहरु सधैं तयार छँदैछन् ।

    स्थायी सामाजिक साँस्कृतिक संगठनको हस्तान्तरणको क्रममा एउटा पुस्ताले अर्को पुस्तालाई आफ्नो अनुभवको आधारमा विद्यमान समस्या र बेथितीमा गर्नपर्ने सुधारका विषयमा मार्गनिर्देश गर्दा मात्र सामाजिक विघटनको खतरा कम हुने हो । कुनै नयाँ संस्था र तत्वले जबरजस्ती त्यसमा हस्तक्षेप गर्दा विघटनको खतरा झन् चुलिन्छ नै । एउटा जाती, बर्ग, धर्म, सम्प्रदायको संरचनामा, उसको आस्था, आदर्श र विश्वासमा फरक समूहको हस्तक्षेप र प्रवेश आफैंमा विघटनकारी प्रतीत हुन्छ । त्यो हस्तक्षेप र प्रवेश सुधारको गुञ्जायशमा आउँदैन स्वार्थसिद्दीको हेतु आउँछ ।

    सामाजिक विघटनबारे रबर्ट ई. फेरिस भन्छन् अरुको नक्कल गर्नु, समुदायको पवित्र हितलाई क्षय गरिदिनु, सामुदायिक स्वतन्त्रता र सामुदायिक अधिकारमा हस्तक्षेप गर्नु, परस्पर अविश्वास पैदा गर्नु र अशान्तिको तत्व रोप्नु वा विकास गरिदिनु पनि विघटनलाई मलजल गर्नु हो । प्रस्तावित विधेयकमा नियत यही देखिन्छ ।

    कर्तव्यभन्दा अधिकारमाथि बल, स्थिति र क्रियामा समन्वयभन्दा विग्रह, सार्वजनिक हित र रुचीमा सामाजिकताभन्दा राजनीतिक चरित्र आत्मसाथ गर्दा, सामाजिक यन्त्र र प्रतीकको व्यवस्थापनभन्दा तिनमा गड्बडी ल्याउँदा, दृढ सामाजिक नियन्त्रणको स्थानमा सामाजिक नियन्त्रणको परम्परागत व्यवस्थामा खल्बली ल्याउँदा, सामाजिक नियमको सम्मानको स्थानमा उपेक्षाभाव प्रदर्शन गर्दा, व्यक्ति र समाजबीच समन्वयको स्थानमा विरोध र संघर्ष पैदा गर्दा, सामाजिक अंकहरुलाई एकीकृत र सुदृढ गर्नुको स्थानमा विभाजन गरी कमजोर धरातल विकास गर्दा सामाजिक साँस्कृतिक विघटनलाई निमन्त्रण पुग्छ । प्रस्तावित विधेयक त्यही निमनत्रणको दस्तावेज जस्तो देखिन्छ ।

    सँस्कृति भौतिक तत्व होइन । त्यसैले यो पदार्थ जस्तो तुरुन्त रुपान्तरण वा परिवर्तन हुँदैन । सँस्कृति अपनाउनु र नयाँ मोबाइलमा अभ्यस्त हुनुबीच त्यही अन्तर हुन्छ । त्यसरी नै नयाँ मोबाइल तुरुन्त फेरेर नयाँ मोडलको नयाँ एप्पल वा एण्ड्रोइड लिएको जस्तो साँस्कृतिक रुपान्तरण वा परिवर्तन सम्भव हुँदैन । मोबाइलको उपयोग जसरी सँस्कृतिको उपयोग सम्झनु र त्यसलाई अपनाउनु सरल र सहज हुँदैन । यस्तो अभ्यासले साँस्कृतिक विलम्व पैदा गर्छ र अन्ततः तत् तत् समाज र समूहमा विघटनको खतरा निम्त्याउँछ । विधेयकको विपक्षमा उभिएको ठूलो पंक्तिले यही खतरा महशुस गरेको हुनपर्छ ।

    अहिलेको संकट आकस्मिक हो वा संचित ? कुनै भयङ्कर दुर्घटना, विपत्ति वा प्रकोप, युद्ध वा बिग्रहको अवस्थामा सामाजिक विघटन स्वभावतः हुन्छ नै । त्यो बेला समाजका लाखौं व्यक्तिको सोच, जीवनशैलीमा आकस्मिक परिवर्तन पनि हुन्छ । बाध्यकारी जस्तै हो यो जहाँ ‘एडजस्ट’ नभइ सुख्खै छैन । जस्तो गणतन्त्र, धर्मनिरपेक्षता, भूकम्प आदि । तर अहिले प्रस्तावित गुठी विधेयक संचित संकटको कडीसँग जोडिएका पर्याप्त आधार र तथ्य देखिन्छन् । सामाजिक साँस्कृति मूल्यमा आघात पार्न स्वार्थ समूहहरुको ठूलो प्रयत्न भित्रभित्र भइरहेको रहेछ भन्न विधेयकको सम्बन्धमा सामाजिक संस्थाहरुसँग संवाद र अन्तक्रिया गर्न नचाहेबाट स्पष्ट हुन्छ ।

    मुद्दा सामाजिक समस्याको सिद्धान्त होइन । भौगोलिक पनि होइन । भौतिक उत्कर्षताको परिणाम पनि होइन । यो साम्प्रदायिक, जातिवादी, क्षेत्रवादी, भाषावादी एवम् प्राचीन परम्परावादी कडीसँग जोडिएको देखिन्छ । रुढ र अव्यवस्थाको छेको लिएर ठूलो सामाजिक संरचनाको नाभीमै प्रहार गर्न विधेयक केन्द्रित देखिन्छ । पुरानो समिति, संयन्त्र र नयाँ संस्थागत संरचनामा घर्षण हुँदा नचाहेर पनि सामाजिक मूल्यमा ह्रास आउँछ र यसैले सामाजिक साँस्कृतिक विघटनको दिशा लिन्छ । ढिलो चाँढो मात्र हो, हुन्छ । अतः सामाजिक मूल्यमाथि प्रहार केन्द्रित गर्ने गरी आएको प्रस्तावित विधेयक साँस्कृतिक विघटनको कारक बन्नसक्छ ।

    पुरुषोत्तम लम्साल

    भर्जिनिया, अमेरिका

  • लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ

    लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ

    न्युयोर्क।गत अाईतबार एक ब्यक्ति न्यूयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलमा भंगेरा प्रजातिको “सिङगिङ फिन्च् ” नामक चरा तस्करी गर्ने अभिप्रायले अमेरिका भित्र्याउन खोजेको अभियोगमा पक्राउ परेका छन् । गायनाबाट ल्याईएका ३४ वटा जिउँदा चरा सहित ३९ बर्षिय फ्रान्सिस गुराहोलाई जोन अफ केनेडी बिमानस्थलको भन्सार कार्यालयले चरा लुकाएर छिराउन खोजिएको अवस्थामा पक्राउ गरिएको संघिय अभियोजकले ब्रुकलिनस्थित अदालतमा पेस गरिएको अभियोग पत्रमा जनाईएको छ ।कनेक्टिकट निवासी गुराहोले प्लास्टिकका कपाल पम्प गर्ने रोलरमा लुकाएर जिउँदो चरा ल्याएपछि उनलाई भन्सार कर्मचारीले पक्राउ गरेका हुन् । उनले ती ३४ थान चरा ह्याण्ड क्यारी ब्यागमा लिएर आएका थिए ।  

    गुराहोले आफुले त्यो एक सुटकेस चरा १ लाख अमेरिकी डलरमा बेच्ने योजना गरेको बयान दिएको कुरा अभियोग पत्रमा जनाईएको छ । गुराहोले सिङगिङ फिन्च चराको चलन चल्तिको बजार मुल्य भने प्रति थान ३ हजार अमेरिकी डलर पर्ने समेत बताएका छन्  ।  

    गायनिज सिङगिङ फिन्चहरुलाई ब्रुकलिन कुईन्स लगायतका ठाउँहरुमा गायन प्रतियोगितामा सहभागी गराउने प्रचनल छ ।कहिले काँही प्रतिभाशाली सिङ्गिङ फिन्चको मुल्य बढेर ५ हजार अमेरिकी डलर पुग्ने गर्दछ भने सट्टेबाजहरुले चराको आवाजमा पैसा लगाएर जुवा खेल्ने गरेको समेत अभियोग पत्रमा लेखिएको छ । 

    यस अगाडि सन् २०१८ मा जोन अफ केनेडी बिमानस्थलको भन्सार कार्यालयले २०० वटा जिउँदो चरा समातेको थियो ।

     

  • कांग्रेसद्धारा १ सय ५२ नेता\कार्यकर्ता निष्काशन

    कांग्रेसद्धारा १ सय ५२ नेता\कार्यकर्ता निष्काशन

    काठमाडौं । नेपाली कांग्रेसले १ सय ५२ नेता, कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ । स्थानीय, प्रदेश र संघीय चुनावमा बागी उठ्ने नेता र ती नेतालाई समर्थन र प्रस्ताव गर्ने कार्यकर्तालाई पाँच वर्ष सम्म लागु हुने गरी कांग्रेसले मंगलबार निष्काशन गरेको छ ।

    केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले २५ जिल्लाका १ सय ५२ नेता, कार्यकर्तालाई जिल्लाको अभिलेखबाट हटाउन निर्देशन दिएको हो।

    कांग्रेसले पार्टीको विधान २०१७ को धारा ३४ को उपधारा ४ अनुसार बागी उम्मेदवार र उनलाई प्रस्ताव वा समर्थन गर्ने कार्यकर्तालाई पार्टीबाट पाँच वर्षका लागि निष्काशन गरेको उल्लेख गरेको छ ।

    समितिका संयोजक भिष्मराज आङ्देम्बेले जारी गरेको विज्ञप्तिमा आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्ताहरुलाई कारबाही गरिएको उल्लेख छ ।

    उनीहरूलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन समेत निर्देशन दिइएको छ।

    समितिले बाँकेका ११, बाराका ३, चितवनका१३, दाङका २२, धनुषाका १०, इलामका ४, झापाका ७, कैलालीका २, कपिलवस्तुका ३, कास्कीका १, काठमाडौंका १५ ललितपुरका ९, लमजुङ ५, पर्साका ३२, रूपन्देहीका २२, सुनसरीका ३, ओखलढुंगाका ५, सिराहाका २, संखुवासभाका १ , रौतहटका २, रसुवाका १, पाँचथरका १, पाल्पाका ४, नवलपरासीका १, मोरङ्का १, लम्जुङका ५ जनालाई कारबाही स्वरूप पार्टीबाट निष्काशन गरेको हो ।

    वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावली नपठाएका जिल्लालाई तत्काल पठाउन पनि समितिको निर्देशन दिएको छ।

  • अर्को हप्ता देखी अमेरिकाबाट लाखौं गैर कानुनी आप्रबासी  फर्काउदै छौ – राष्ट्रपती  ट्रम्प

    अर्को हप्ता देखी अमेरिकाबाट लाखौं गैर कानुनी आप्रबासी फर्काउदै छौ – राष्ट्रपती ट्रम्प

    न्युयोर्क ।  

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तादेखि देशव्यापी रुपमा गैर कानूनी आप्रबासीहरु माथि धर पकड गरिने भन्दै सोमबार राती ट्विट् गरेका छन् ।उनले आफ्नो ट्विटरमा भनेका छन् “अमेरिकामा गैर कानूनी तरिकाबाट बसोबास गर्दै आएका लाखौं आप्रबासीहरुलाई अर्को हप्तादेखि फर्काईने छ ।यु एस् इमिग्रेसन एजेन्ट मार्फत पक्राउ गरिने राष्ट्रपति ट्रम्पले लेखेका छन् ।२०२० को निर्वाचनमा आफ्नो औपचारिक उम्मेद्वारी घोषणा कार्यक्रमको अघिल्लो रात राष्ट्रपतिले आफ्नो ट्विट्मा लेखेका छन् “गैर कानूनी तरिकाबाट बसेका ती बिदेशीहरुलाई छिटो भन्दा छिटो यो देशबाट हटाइने छ” ।ट्रम्पले आज मंगलवार ओर्ल्यान्डोमा आयोजित बिशाल सभाबाट आफ्नो चुनावी क्यापेन सुरु गर्दै छन् ।
    ठुलो संख्यामा अमेरिकाबाट फिर्ता पठाउन लागिएका भनिएका आप्रबासीका बिषयमा एसोसिएटेड प्रेसले प्रशासनको हवाला दिंदै लेखेको छ “फिर्ता पठाउने तयारी गरिएका १० लाख भन्दा धेरै गैर कानूनी आप्रबासी भने संघिय अदालतले डिपोर्टेसन् अर्डर गरेर पनि अमेरिका भित्रै बसिरहेकाहरु हुने छन्” । हालसम्म आईसले सबैभन्दा धेरै सन् २०१२ मा ४ लाख ९ हजार ८ सय २४ जनालाई डिपोर्टे गरेको थियो ।

  • संसदमा रडाको, कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन

    संसदमा रडाको, कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन

    काठमाडौं । मंगलबार प्रतिनिधि सभा बैठकमा सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बीचको विवादले उग्र रुप लिएको छ ।

    विपक्षी दलको नेता पहिले बोल्ने कि प्रधानमन्त्री पहिला भन्ने विवादकै कारण मंगलबार संसद अवरुद्ध भयो ।

    सभामुखले आफ्नो दलका नेतालाई बोल्न नदिइ सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिएको भन्दै कांग्रेसका सांसदले संसद अवरुद्ध पारे । त्यसपछि रोष्टममा पुगिसकेका प्रधामनमन्त्रीले सम्बोधन गर्न पाएनन् र फर्किए ।

    संसदमा बोल्न नपाएका प्रधानमन्त्रीले मंगलबार नै साँझ पत्रकार सम्मेलन मार्फत प्रमुख विपक्षी दल, संचारमाध्यम तथा अन्य विषयमा तिब्र आलोचना गरे । पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले असन्तुष्टी भए वार्ताका माध्यमबाट समाधान खोज्न सकिने बताएका थिए ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रस सभापति देउवाले प्रधानमन्त्रीले बोलिसकेपछि आफूले बोल्नुको औचित्य नहुने आषयको छोटो प्रतिक्रिया दिएका थिए ।

    संसद बुधबारसम्मका लागि स्थागित भएको छ । घटनापछि प्रधानमन्त्री ओली टूइटरबाट पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

    उनले प्रमुख विपक्षी दलले रोष्ट्रम घेरी अबरोध गरेका कारण युरोप भ्रमण र गुठी बिधेयकलगायत समसायिक बिषयमा रहेका जनचासोका सन्दर्भमा सदनलाई जानकारी गराउन नपाउँदा आफू दुखी भएको बताए ।

    प्रधानमन्त्रीले यूरोप जाने बेला संसदलाई जानकारी नगराएकोमा पनि कांग्रेसको असन्तुष्टी रहेको छ ।

  • कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १० वेपत्ता

    कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १० वेपत्ता

    हुम्ला । हुम्लामा मंलगबार बिहान जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका, ५ बेणुबिसौना र कैलेबालु सडक खण्डबाट लु१ज ७१६६ नम्बरको महिन्द्रा पिकअप जीप कर्णाली नदीमा खसेर वेपत्ता छ ।

    खार्पुनाथ गाउँपालिकाका अनुसार उक्त जीपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षसहित १० जना यात्रु थिए ।

    गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, चालक मणि शाही, नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह सवार थिए । जीपमा रहेका कौर कामी र उनको दुई वर्षको बालकसमेत बेपत्ता छन् ।

    एक जना यात्रुको भने परिचय नखुलेको गाउँपालिकाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खोजी कार्य जारी रहेपनि कर्णालीमा खसेको जीप अझै फेला परेको छैन ।

    सोमबार पनि बझाङमा जीप दूर्घटनामा परी ९ जनाको निधन भएको थियो । बझाङको मष्टा गाउँपालिका १ मा दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको थियो ।

    सडक यातायातको पहँच ग्रामीण भेगसम्म पुगेपनि असुरक्षित संरचना, पुराना गाडी र कतिपय अवस्थामा चालकको लापरवाहीका कारण पनि नेपालमा सवारी दूर्घटना भने बढ्दो क्रममा रहेको छ ।

  • काङ्ग्रेसमा नयाँ विवाद,सभापतिविरुद्ध संयुक्त भेला

    काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिक आएको छ । तर, महाधिवेशनलाई लिएर नेपाली काँग्रेसमा नयाँ विवाद शुरु भएको छ । आउँदो वर्ष हुने महाधिवेशन सार्नका लागि सभापति शेरबहादुर देउवा अहिलेदेखि नै लागिपरेको भन्दै संस्थापनबाहेकका गुट–उपगुटले संयुक्त भेला गरेका छन् । बुधबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा विभिन्न गुटको भेला भएको थियो । संयुक्त भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल लगायतका नेताहरुको सहभागिता थियो । त्यसअघि नेता प्रकाशमान सिंहको निवासमा सबै पक्षका नेताहरु जम्मा भएका थिए । बुधबार र केही हप्ताअघिका भेलाको एउटै निष्कर्ष रहेको थियो । दुवै भेलामा सभापति देउवाले महाधिवेशन समयमा नगर्ने योजनाअनुसार पार्टी सञ्चालन गर्दा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो ।
    नेपाली काँग्रेसको महाधिवेशन अर्को वर्ष गर्नुपर्छ । तर, विधानअनुसार एक वर्षको समय सभापतिले विशेष अधिकारले थप्न मिल्छ भने त्यसपछि पनि ६ महिना थप्न सक्ने प्रावधान काँग्रेसको विधानमा छ । नेपाली काँग्रेसको संस्थापन समूहले सभापति देउवा विधानअनुसार चलेको बताएका छन् भने गैरसंस्थापनले भने सभापतिले एक वर्ष पहिल्यैदेखि आफ्नो कार्यकाल आफैँले थप्न लागेको आरोप लगाएका छन् । काँग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियान महाधिवेशन सार्नेगरी ल्याइएको संस्थापन इतरका नेताले बताएका छन् । तर, सभापति निकटका नेताले भने जनजागरण अभियानले काँग्रेसको तल्लो तहसम्म ऊर्जा आएको प्रतिक्रिया दिएका छन् । अहिले देखिएका भेला र गुटबन्दी मुख्यतः यही विषयमा केन्द्रित भएको छ ।

    आरोप–प्रत्यारोपको सिलसिला

    वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमै सभापति देउवाले पार्टीको महाधिवेशन नगर्नेगरी योजना बनाएको आरोप लगाएका छन् । उनले चितवन पुगेर सभापतिले विधानको अपव्याख्या गर्न नहुनेतर्फ सचेत गराए । उनले भने– ‘अहिलेदेखि नै महाधिवेशन नगर्ने संकेत आएको छ । लोकतान्त्रिक अभ्यासलाई निस्तेज पार्न खोजिएको छ । यसले पार्टीलाई राम्रो गर्दैन ।’ पूर्वमहामन्त्रीसमेत रहेका अर्का नेता प्रकाशमान सिंहले महामन्त्रीले विधिको शासन कायम गर्न नसेकेको र पार्टीलाई विधान बाहिरबाट चलाउन खोजेको आरोप लगाए । उनले महाधिवेशनका लागि चाहिने आधारभूत कुराहरुको तयारी थाल्नुपर्नेमा सभापतिले त्यसो नगरेको भन्दै आपत्ति जनाए ।
    पार्टीभित्र विधिअनुसार नेतृत्व नचलेको भन्दै युवा नेता गगन थापाले समेत असन्तुष्टि व्यक्त गरेका छन् । त्यस्तै अर्का युवा नेता प्रदीप पौडेलले सभापति देउवाले पार्टी नेतृत्व राम्रोसँग चलाउन नसकेको भन्दै आलोचना गरे । उनले पार्टीको विधानलाई आफू अनुकूल मात्र चलाउन खोजेमा राम्रो नहुने चेतावनीसमेत दिए । काँग्रेसमा देउवालाई आफू जित्ने अवस्थामा मात्र अधिवेशन गर्ने सोच भएको व्यक्तिको रुपमा आरोप लाग्न थालेको छ । तल्लो तहबाट निर्वाचित भएर आउनका लागि धेरै झमेला भए पनि वर्तमान नेतृत्वले त्यसलाई सहज नबनाएर झन्झन् झमेला थपेको गैरसंस्थापनका नेताहरुको ठहर छ । त्यसैलाई साथ दिनका लागि सभापति देउवाले आफू निकटका नेतासमेत परिचालन गरेको आरोप लागेको छ ।
    तर, सभापति देउवा निकटका नेताहरुले भने पार्टी सभापतिलाई काम गर्न नदिनेगरी भेला र गुटबन्दी गरिएको आरोप लगाएका छन् । देउवा निकट मानिएका नेता डा. प्रकाशशरण महतले सभापतिविरुद्ध भएका भेलाले कुनै अर्थ नराख्ने बताए । उनले पार्टी सभापति देउवा विधानभन्दा बाहिर नजाने जानकारी दिए । उनले भने– ‘अधिवेशन गर्ने कुरा हामी सबैको जिम्मेवारी हो । विधानभन्दा सभापति पनि बाहिर जानु हुँदैन । त्यसैले यस्ता आरोपले पार्टीलाई कमजोर पार्छ । जे भइरहेको छ त्यो गलत भएको छ ।’ चुनावका बेलामा पनि यस्तै गुटबन्दी गरिएकाले पार्टीले पराजय भोग्नुपरेको दाबी गर्दै नेता महतले सकभर निर्धारित मितिमै अधिवेशनका लागि सभापति तयार भएको जानकारी गराएका छन् ।
    देउवा निकट मानिएका अर्का नेता रामहरि खतिवडाले सभापतिविरुद्ध भएका अभियानले पार्टी नै कमजोर हुने बताएका छन् । उनले पार्टी सभापति काँग्रेसको विधानअनुसार चलेकाले त्यसमा प्रश्न उठाउनु गलत हुने दाबी गरे । उनले भने ‘पार्टी सभापतिविरुद्ध हुने गुटबन्दीले खासै अर्थ राख्दैन । विधानअनुसार निश्चित समयभित्रै महाधिवेशन हुन्छ । यस्तै गुटउपगुटले गर्दा काँग्रेस कमजोर भएको हो । चुनावका बेलामा पनि आफ्नाले आफ्नालाईनै हराउन लागिएको थियो । जनतामा उत्साह आएका बेलामा नेताहरु एक ठाउँमा उभिएर सभापतिलाई साथ दिन आवश्यक हुन्छ ।’ उनले जागरण अभियानलाई रोक्न नहुनेमा जोड दिए । अर्को चरणको जागरण अभियानले काँग्रेसका लागि नयाँ उर्जा प्राप्त हुने उनको तर्क छ ।

  • नेपालमा फैलिंदै योग र साधना

    नेपालमा फैलिंदै योग र साधना

    काठमाडौं । नेपालमा पछिल्लो समय योग र साधनको व्यवसायीकरणले स्थान पाएको छ । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा योग अभ्यासका लागि विभिन्न क्षेत्रबाट प्रतिष्ठान बनाउने काम भएको छ । हजारौंको संख्यामा योग सिक्ने विदेशी नेपाल आएका छन् । भक्तपुरको तेलकोटमा सञ्चालित रिक्रियसन सेन्टरका प्रमुख डा. चिन्तामणी गौतमले योग अभ्यासका लागि आफ्नो प्रतिष्ठानमा सयौं विदेशी आइरहेको बताएका छन् । यसले दर्जनौंलाई रोजगारी दिएको छ भने विदेशी पैसा स्वदेश भित्रिएको छ । भक्तपुरका विभिन्न ठाउँमा ससाना योग शिविरसमेत सञ्चालनमा छन् ।
    नेपालमा रहेको भारतीय राजदूतावास काठमाडौंले राजदूत मञ्जिबसिंह पुरीको नेतृत्वमा सगरमाथाको फेदीमा योग अभ्यास गरेको छ । यसले नेपाललाई संसारभर चिनाउन मद्दत पुगेको छ । योग अभ्यासका लागि पुरीसहितको टोली सगरमाथाको फेदी पुगेको थियो । उनको योग अभ्यास गरिरहेको तस्वीर भाइरल बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नेपाल भ्रमणका क्रममा पनि योग र साधनालाई जोड दिएका थिए । त्यसैले भारतीयहरुले नेपाललाई योग, साधना र ध्यानको केन्द्र मान्दै आएका छन् । काठमाडौंको ठमेल, पोखराको लेकसाइड, चितवनको सौराहा, बर्दियाको ठाकुरद्वारा लगायतका पर्यटकीय क्षेत्रमा योग अभ्यासले व्यवसायिकता पाउँदै गएको छ । योगमा विद्यावारिधी गरेका डा. गौतमले पछिल्लो समय योगलाई व्यावसायिक बनाएर करोडौंको लगानी भैरहेको बताएका छन् । योग अभ्यासका लागि अमेरिका, क्यानडा, फ्रान्स लगायत पश्चिमा देशका नागरिक बढी आउने गरेका उनको अनुभव छ । अहिले पनि सयौंले आफ्नो केन्द्रबाट योग अभ्यास गरिरहेको गौतमको भनाइ रहेको छ ।
    नेपालबाट योग सिकेर गएपछि विदेशमा पनि नेपाली योगाको नाममा योग शिविर सञ्चालन हुने गरेको छ । हिमालयको देश भएकाले पनि नेपालको योगालाई संसारभर राम्रो मानिन्छ । भारतीय योग गुरु रामदेवका कारण संसारमा चर्चामा रहेको योगा भारतमा भने जीवन जिउने साधनको रुपमा बिकास गरेको छ । रामदेवका उत्तराधिकारी आचार्य बालकृष्ण पनि नेपालको स्याङ्जाका बासिन्दा भएकाले नेपालले उनीमार्फत पनि फाइदा लिनसक्नु पर्नेमा विज्ञको जोड रहेको छ ।
    पछिल्लो समय शहरीया जीवनशैलीका कारण शहरबजारमा योगप्रति नेपाली नागरिक पनि आकर्षित हुन थालेका छन् । योग मात्र होइन विपश्यनामा समेत नागरिक आकर्षित भएका छन् । व्यस्त जीवन शैली, दौडधूप, जटिल प्रकृतिका रोगको सङ्क्रमण, मनोविकार र पारिवारिक समस्याले ग्रस्त मानवले शान्तिको बाटो अवलम्बन गर्न खोज्छ । शान्ति प्राप्तिका लागि दैनिक एक–डेढ घण्टा ध्यान गर्नु अपरिहार्य मात्र होइन यस्तो अभ्यासले काममा एकाग्रता, समस्याको शान्तिपूर्ण समाधान, क्षमता वृद्धि, कार्यकुशलता र सहिष्णुता जस्ता गुणको विकास हुने ध्यानका साधकहरू बताउँछन् ।
    विभिन्न प्रकारका ध्यान साधनामध्ये विपश्यनामा वृद्धवृद्धा मात्र होइन आफ्नो क्षमता अभिवृद्धि र कार्यकुशलताका लागि प्रौढ र महाविद्यालय पढ्ने किशोरी–किशोरी र कर्मचारीका साथै थुप्रै विदेशीहरू सहभागी भएको देखिन्छ । काठमाडौँ महानगरपालिका मनमैजु निवासी ७३ वर्षीया नानीमायाँ महर्जन जीवनको उत्तरार्धमा आइसक्दा पनि सन्तुष्ट र खुशी देखिन्छन । गएको १५ वर्षको अवधिमा सात चोटि विपश्यनाका दश दिने शिविर र दुई चोटि सतिपठ्ठान (स्मृति प्रस्थान)का शिविरमा बसेकी उनी त्यसकै प्रभावले होला वृद्धावस्थामा पनि शारिरीक र मानसिक रूपले अझै तन्दुरुस्त र हँसिलो देखिन्छीन । चार छोरा बुहारी र १२ नातिनातिनीका साथमा उहाँले आरामदायी जीवनयापन गर्दै आएकी छन् ।
    रोग, राग, द्वेष र क्लेशबाट मुक्त नानीमाया अहिले सम्मानित अभिभावकको प्रतीक बनेकी छन् भने सबै परिवार उनका सहयात्री बनेका छन् । ‘विपश्यना नगरेको भए म उहिल्यै मरिसक्ने थिएँ होला,’ चन्दागिरि नगरपालिका–११ सतुङ्गल निवासी सुवास महर्जन भन्छन्– ‘पहिला फर्निचरको काम गर्दा निकै तनाव हुन्थ्यो । घरमा र काम गर्ने ठाउँमा पनि विवाद भइरहने गरेका कारण गर्दैआएको कामबाट पनि विमुख हुनुपथ्र्यो ।’ आठौँ पटक दश दिने शिविरमा सहभागी भइसकेका उनी भन्छन्– ‘मैले अहिले हस्तकलाको काम गर्दैआएको छु । तनावमुक्त भएकैले होला दत्तचित्त भएर काममा लाग्छु, सन्तुष्टि पनि मिलेको छ । विगतका पीडा वा दुःखका कुराले अहिले कुनै असर पनि गर्दैन ।’
    पारिवारिक जञ्जालबाट मुक्त भएर पुरानो बानेश्वरस्थित सन्त कबिर आश्रममा बस्दै आएका चन्दागिरि नगरपालिका–१ दहचोक निवासी ७७ वर्षीय बद्री थापाक्षेत्री भन्छन्– ‘मलाई विपश्यनाले एक्लो जीवन पनि सरल र आनन्ददायी बनाइदिएको छ ।’ आफूले छ पटक दशदिने शिविर र एक पटक सातदिने सतिपठ्ठान शिविरका साथै एक पटक धर्म सेवा (शिविरमा स्वयंसेवा) पनि गरिसकेको उनी बताउँछन् ।
    ध्यान गर्न चाहनेहरू एक–दुई पटक मात्र होइन १०–१२ पटकसम्म पनि शिविरमा आई विपश्यना अभ्यासलाई पुनर्ताजगी गर्ने गर्छन् । बाह्रौँै पटकसम्म दश दिने तथा सात दिने शिविरमा सहभागी श्रीमहालक्ष्मी नगरपालिका–८ सानागाउँ निवासी ८२ वर्षीय धनबहादुर महर्जन र दश पटकसम्म दश दिने शिविरमा सहभागी कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ६८ वर्षीय विश्व खनाल यसका उदाहरण हुन् । अङ्ग्रेजी पात्रोअनुसार प्रत्येक महिनाको १ र १४ तारिखका दिन शिविर शुरु हुने विपश्यना ध्यान साधनामा अहिलेसम्म कति जनाले सहभागिता जनाइसकेका छन् ? तिनमा कति महिला र कति पुरुष छन् ? यी जिज्ञाशामा नेपाल विपश्यना केन्द्रले कुनै विवरण उपलब्ध गराउन चाहेन । शायद प्रचार–प्रसार आवश्यक नभएको ठानेर नै होला जानकारी नगराएको । तर, दुई वर्ष अघिको तथ्याङ्क केलाउँदा मुहानपोखरीस्थित धर्मशृङ्गमा अहिलेसम्म करीब ७० हजारभन्दा साधक–साधिका यस ध्यानमा सहभागी भइसके । त्यसमा झण्डै आधा–आधी विदेशी थिए ।
    केन्द्रका अनुसार सन् २०१६ मा दुई हजार ५४१, २०१५ मा दुई हजार २८६ र २०१४ मा चार हजार नयाँ तथा पुराना साधक ध्यानमा सहभागी भएका थिए । सन् २०१७ र २०१८ मा तीन हजार जति थपिएको अनुमान गर्न सकिन्छ । भारत, चीन, जापान, बर्मा, श्रीलङ्का, अमेरिकालगायतका मुलुकहरुमा पनि विपश्यनाका सात दिवशीय, २० दिवशीय, ३० दिवशीय र ४५ दिवशीय शिविरहरु पनि सञ्चालन हुँदै आइरहेका छन् । शिविर अवधि सकिएपछि साधकले गर्ने दानबाटै यस्ता विपश्यना केन्द्रमा अर्को शिविर सञ्चालन हुँदै आएका छन् ।
    शिविरमा धर्म दानको रूपमा धर्मसेवक भई सेवा गर्न आउने स्वदेशी तथा विदेशीको पनि कमी छैन । प्रत्येक शिविरमा साधकको रेखदेख, खान–पान, सफाइ, औषधिमूलो, प्रशासनिक व्यवस्थालगायत काममा झण्डै २५–३० धर्मसेवक÷धर्मसेविका सहभागी हुँदै आएका छन् । त्यस्तै दुई–दुई जना महिला र पुरुष आचार्य वा सहायक आचार्य पनि । आफ्नै दिदीबाट आठ वर्षअघि विपश्यनाबारे जानकारी पाएका स्वीडेनका डेनिस सुन्सन भन्छन्– ‘एक वर्ष अघि पञ्जाब गएको बेला त्यहीँ विपश्यना शिविरमा बसें । छ महिना अघि पुनः सिक्किममा दोस्रो शिविरमा बसेँ । यहाँ म धर्मसेवक भएर पनि बसिसकेको छु । पे्रमिका जोडी ओटारालाई पनि विपश्यना साधना गर्न लगाएको छु ।’
    विपश्यना गर्दा रिसाउने बानी अन्त्य भएको छ, अहङ्कार हराएको छ, जे काम पनि गर्न सक्छु भन्ने मनोबल मिलेको । आफूहरुको भावी जीवन पनि सुखदायी हुनेछ भन्नेमा उनी विश्वस्त छन् । जापान र भारतका विभिन्न विपश्यना शिविरमा आठ पटक विपश्यना र नौ पटक धर्म सेवा गरेका जापानी नागरिक तारो सुबोटा अहिले फेरि धर्म सेवामा समर्पित छन । उनी भन्छन्– ‘पहिले मलाई पटक्कै पढ्न मन लाग्दैन थियो । त्यसैले मेरा परिवारले मलाई विपश्यना गर्न सुझाएका हुन् ।’
    लिथुआनियाका नागरिक अभिदास गास्पाराभिसियसलाई डेनमार्कबाट नर्वे जाँदा पहिलो पटक एक साथीले विपश्यनाबारे बताइदियो । दोस्रो पटक अर्को साथीले पनि सोही कुरा दोहो¥यायो । तेस्रो पटक साथीकै आमाले पनि विपश्यनाबारे जानकारी दिँदै त्यसबारे पत्रिका पढ्न दिए तर, उहाँको मन गएन । इन्टरनेटमा त्यसबारे अध्ययन गरिसके पछि भने गत फागुनको पहिलो साता काठमाडौँ आएर उनी दश दिने शिविरमा बसे । अहिलेसम्म लगातार तीन पटक धर्मसेवामा खटिसकेको उनी बताउँछन् ।
    इञ्जिनीयरिड विषयमा स्नातक गर्नुभएका धर्मसेवक अभिदास भन्छन्– ‘मानवीय सेवामा लाग्ने अहिले मेरा लागि अर्को विकल्प प्रारम्भ भएको छ । विगतमा अरू व्यक्ति भैm दुव्र्यवहारमा उत्रिहाल्ने स्वभाव ममा अहिले छैन ।’ बुद्ध दर्शनमा दश पारमितामा धर्म दान सबभन्दा ठूलो दान मानिन्छ । सबैभन्दा महत्वपूर्ण पारमी मानिएकैले शिविरमा आएका साधक साधिकाहरु धर्म दान गर्न इच्छुक हुने सहायक आचार्य तेजराज शाक्य बताउँछन् । यस्ता शिविरहरु धर्मसेवकबाटै सञ्चालन हुँदै आएका छन् ।

  • जीप दूर्घटनामा ९ को निधन

    जीप दूर्घटनामा ९ को निधन

    बझाङ । बझाङमा जीप दूर्घटनामा परी ९ जनाको निधन भएको छ । बझाङको मष्टा गाउँपालिका १ मा दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलास्थित घुम्तीबाट अनियन्त्रीत भई झरेको प्रहरीको भनाई छ ।

    दूर्घटनामा मष्टा गाउँपालिका १ का कलकबहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धालले ज्यान गुमाएको वडा प्रहरी कार्यालय चैनपुरले जानकारी दिएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते ४ जनालाई हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । दूर्घटनापछि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएका थिए ।

    जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थलमै पुगेर घाइतेको प्राथमिक उपचार गरेको थियो । मानिसहरु सहजै जान नसक्ने भीरमा पुगेर जिप अड्किएको थियो ।

  • आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले

    आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले

    गत हप्ता ए बि सि न्युज टेलिभिजनको लागि अन्तर्वार्ता दिदै गर्दा आफ्नो चिफ अफ स्टाफ मिक मल्भानीलाई खोकेको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले  कोठाबाट बाहिर  निकालेका छन् ।  राष्ट्रपति ट्रम्पसँग ए बि सि  न्युजका लागि पत्रकार जर्ज स्टेफोनोपोलसले ह्वाईट हाऊसस्थित ओभल अफिसमा अन्तर्वार्ताको रेकर्डिङ गर्दै गर्दा नेपथ्यमा सुनिएको खोकीको आवाज ट्रम्पका चिफ अफ स्टाफ मिक मल्भानीको भएपछि राष्ट्रपतिले उनलाई ओभल अफिसबाट तत्काल बाहिर निकालेका हुन् ।  

    राष्ट्रपति ट्रम्प पत्रकार जर्ज स्टेफोनोपोलसँग फाईनान्सियल रिपोर्ट रिलिज गर्ने बिषयमा बोल्दै गर्दा ओभल अफिसको नेपथ्यमा अचानक खोकेको आवाज सुनिए पछी बोल्दा बोल्दै राष्ट्रपति रोकिएर “हि ईज कफिङ इन द मिडिल अफ माई एन्सर (उसले मेरो उत्तरको बिचमा खोकेको छ)” फेरी ट्रम्पले भनेका छन् “अाई डन्ट लाईक ड्याट्, यु नो अाई डन्ट लाईक ड्याट्  (मलाई त्यो मन पर्दैन, तपाईंलाई थाहा छ मलाई यो मन पर्दैन )”

    राष्ट्रपति ट्रम्पसँगको उक्त अन्तर्वार्ताको भिडियो ए बि सि न्युजले गत अाईतबार साँझ  प्रसारण गरेको थियो ।

    एजेन्सी ।

  • भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार

    भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार

    काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देश भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपाल सेल्स मिसन आयोजना भएको छ ।

    नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल) सँगको सहकार्यमा सेल्स मिसन सम्पन्न गरेको हो ।

    नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सेल्स मिसन २०१९ सम्पन्न गरेको सोट्टोले जानकारी दिएको छ ।

    जुन १०, १२ र १४ मा ती तीन देशमा सेल्स मिसन सम्पन्न भएको बताइएको छ । कार्यक्रममा बोर्डको तर्फबाट सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न सहभागीलाई आग्रह गरेका थिए ।

    कार्यक्रममा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपाल सम्बन्धी प्रवद्र्धनात्मक वृत्तचित्र पनि देखाइएको थियो ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले नेपाल सरकारले पर्यटनलाई प्राथमिकता दिएको बताए ।

    उनले नेपाल भ्रमण वर्ष, २०२० को अवसर पारी उनले नेपाल भ्रमण गर्न पर्यटकलाई आग्रह गरे । सोट्टो नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द«को रुपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिहरुलाई अनुरोध गरे ।

    उक्त अवसरमा नेपालबाट सहभागी पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेँेह र थाईल्याण्डको बैंककमा क्रमशः जुन १०, १२ र १४ तारिखका दिन व्यवसायिक गतिविधिहरु विस्तारका सम्बन्धमा अन्तरक्रिया समेत भएको थियो ।

    नेपाली राजदुतावास बैंककको सहकार्य एवम् समन्वयमा बैंककमा आयोजना गरिएको नेपाल साँझ २०१९ मा थाइल्याण्डका लागि नेपालका राजदूत गणेश प्रसाद ढकालले नेपाल र थाईल्याण्डको साठी वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको स्मरण गरे ।

    थाइल्याण्डका जनतामा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेको भन्दै उनले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीलाई अनुरोध गरे ।

    सन् २०१८ मा भियतनामबाट कुल १२,४५४ कम्बोडियाबाट ३,७९० र थाईल्याण्डबाट ५३,२५० जना पर्यटकहरु नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

    नेपाल वायु सेवा निगमले हप्तामा तीन पटक काठमाडौं –बैंकक–काठमाडौं हवाई सेवा संचालन गरिरहेका छन् । यस सहज आवागमनले यी देशहरुबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ ।

  • समानता माग्दै स्वीट्जरल्याण्डका महिला सडकमा

    समानता माग्दै स्वीट्जरल्याण्डका महिला सडकमा

    हामी सोच्छौं, नेपाल गरिब छ, त्यसकारण यहाँ महिला माथि विभेद छ । देश धनी, सम्पन्न र शिक्षित भयो भने महिला पुरुषबीच विभेद हुँदैन ।

    तर, यूरोपको धनी तथा अतिविकसित देशमध्ये एक स्वीट्जरल्याण्डमा समानता माग्दै महिला सडकमा आन्दोलिन भएका छन् ।

    स्वीट्जरल्याण्ड यस्तो देश हो, जहाँ महिलालाई नेपालमा भन्दा पनि पछि मतदानको सुविधा प्राप्त भएको थियो ।

    यहाँ महिलाहरु लैंगिक समानताको आन्दोलनमा करीव तीन दशकदेखि सक्रिय छन् । सन् १९९१ मा शुरु भएको आन्दोलनकै एक रुप अहिले पुनः शुरु भएको बताइएको छ ।

    स्वीट्जरल्याण्डका महिला अधिकारको सम्बन्धमा संघर्षरत विभिन्न डेढ दर्जन समूहले यो आन्दोलनको नेतृत्व गरिरहेको छ ।

    ती समूहको छाता संगठन यूएसएसले गत १४ जुनमा आयोजना गरेको आन्दोलनमा इतिहासकै बढी महिलाको सहभागिता रहेको बताइएको छ । संगठनले यस दिनलाई राजनीतिक अधिकारीका दृष्टिकोणबाट विशेष दिन मानेको छ ।

    स्वीस महिलाले सन् १९७१ मा मात्र मतदानको अधिकार पाएका थिए । सन् १९९१ सम्म स्वीस सरकारमा महिलाको प्रतिनिधित्व थिएन ।

    यहाँ पुरुषको तुलनामा महिलाले २० प्रतिशत कम तलव पाउँछन् । उच्च तहमा महिलाको प्रतिनिधित्व नभएका कारण महिला अधिकारका मुद्दा सधै ओझेलमा पर्ने गरेको महिला अधिकारबादीहरुको भनाई छ ।

    एजेन्सीको सहयोगमा

  • घरमा जाँच्दा ब्लड प्रेसर ठिक डाक्टरकोमा जाँच्दा निक्कै धेरै हुने समस्या डरलाग्दो

    घरमा जाँच्दा ब्लड प्रेसर ठिक डाक्टरकोमा जाँच्दा निक्कै धेरै हुने समस्या डरलाग्दो

    बिरामीको रक्तचाप (ब्लड प्रेसर ) घरमा हेर्दा एकदम ठिक अनि चिकित्सककोमा गएर जाँच्दा भने निक्कै माथि हुन्छ भने, एक अनुसन्धानले यो समस्यालाई निकै संवेदनशिल भनेको छ । घरको मेसिनमा ठिक चिकित्सककोमा गएर जाँच्दा रक्तचाप ( ब्लड प्रेसर) उच्च हुने रोगलाई “ह्वाईट कोट हाईपर्टेन्सन” भनिन्छ । यस्तो समस्या भएका बिरामीहरुले यदि समयमा नै हाईपर टेन्सनको औषधि नलिने हो भने सामान्य अवस्थाका उच्च रक्तचापका बिरामीमा भन्दा यस्तो समस्या भएका बिरामीमा मुटु रोगका कारण मृत्युको सम्भावना दोब्बर हुने हुन्छ । उक्त कुरा गत ११ तारिख मंगलबार “एनल्स अफ इन्टरनल मेडिसिन” नामक एक स्वास्थ्य सम्वन्धि पत्रिकाले प्रकाशित गरेको हो । उक्त पत्रिकाले २५७८६ जना ह्वाईट कोट हाईपर्टेन्सनको औषधि नलिएका र लिएकासँग ३८४८७ जना सामान्य प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर) का बिरामी बीच तुलना गरिएको बताएको छ । अमेरिका, युरोप र एसियाका ह्वाईट कोट हाईपर्टेन्सन भएका र नभएका उच्च रक्तचाप (ब्लड प्रेसर) का बिरामीहरुमा ३ बर्ष लगाएर उक्त तत्थ्य पत्ता लगाईको एनल्स अफ इन्टरनल मेडिसिनले जनाएको छ । हरेक पाँच जना बस्यक अमेरिकन मध्ये १ जनामा ह्वाईट कोट हाईपर्टेन्सन हुने गरेको अनुसन्धानले बताएको छ ।

    सामान्यतया १३० / ९० भन्दा माथिको रक्तचापलाई उच्च रक्तचाप भन्ने बुझिन्छ ।

    (यो सामग्री एनल्स अफ इन्टरनल मेडिसिनबाट लिईएको हो )

  • हृदयघातबाट अदालतको बेन्चमा न्यायाधिसको मृत्‍यु

    हृदयघातबाट अदालतको बेन्चमा न्यायाधिसको मृत्‍यु

    न्यूयोर्क अपस्टेट स्थित एक न्यायाधिसको अदालतको बेञ्चमा नै हृदयघात हुँदा निधन भएको छ । पट्नम् काउन्टीको अदालतका न्यायाधिस जेम्स् रिजको गत शुक्रबार बेञ्चमा नै निधन भएको हो ।
    न्यायाधिस रिजले एउटा मुद्दाको निर्णय सुनाएर अर्को मुद्दा लिने तयारी गर्दै थिए त्यतिकैमा उनले जोन नामका कोर्ट अफिसरलाई “जोन मलाई तिमीले यहाँ मद्दत गर्नु पर्ने भयो” भनेको र त्यती भन्ने बित्तिकै न्यायाधिस बेन्चमा नै ढलेको स्थानीय संचार माध्यायमहरुले बताएका छन् । ५७ वर्षिय न्यायाधिस बेहोस भएर लडेपछि एम्बुलेन्स नआउन्जेल कोर्ट अफिसर जोनले कार्डियो पल्मुनरी रिसक्सन (सि पि आर) गरेका थिए । केही समय भित्र अस्पताल पुर्याईएका न्यायाधिसलाई करिव ४५ मिनेट चिकित्सकहरुले उपचार प्रयास गरेपछि मृतक घोषणा गरिएको थियो ।
    सन् २००७ देखि उनी पट्नम् काउन्टी स्थित अदालतमा न्यायाधिसका रुपमा कार्यरत थिए ।

    एजेन्सी

  • सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट

    सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट

    काठमाडौं । संघपछि सात वटै प्रदेश निर्धारित समयमा बजेट सार्वजनिक गर्न सफल भएका छन् ।  आइतबार सात वटै प्रदेशको प्रदेश सभामा सम्बन्धित प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरुले बजेट प्रस्तुत गरे ।

    आगामी आर्थिक वर्ष २०७६\७७ का लागि सात वटा प्रदेशमा कूल २ खर्ब ६० अर्ब रुपैयाँको बजेट आएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशले कूल बजेट अकंमा २०.३३ प्रतिशतले बजेट बढाएका छन् ।

    चाल आवमा प्रदेशको कूल बजेट २ खर्ब ६ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएका थिए । आगामी आवमा प्रदेश नं ३ ले ४७ अर्ब ६० करोड रुपैयाँको बजेट खर्च गर्नेछ । प्रदेश सरकारमध्ये सबैभन्दा ठूलो बजेट यही हो ।

    चालु आवमा प्रदेश नं १ को बजेट सबैभन्दा ठूलो थियो । आगामी आवमा प्रदेश नं १ ले ४२ अर्ब २० करोड रुपैयाँको बजेट ल्याएको छ ।

    सबैभन्दा थोरै बजेटका कार्यक्रम सुदुरपश्चिमले कार्यान्वयन गर्नेछ । यस प्रदेशको बजेट २८ अर्ब १६ करोड २० लाख रुपैयाँ रहेको छ ।
    आगामी वर्ष प्रदेश सरकारहरुले सांसदलाई रकम बाड्न छुटाएनन् ।

    अनुदानमा पर्याप्त रकम छुट्याएका प्रदेश सरकारहरुले नारामा भने भौतिक पूर्वाधार, कृषि, उद्योग, पर्यटनजस्ता विषयलाई निकै प्राथमिकता दिएका छन् ।

    कुन प्रदेशको कति बजेट ?
    प्रदेश नं १ : ४२ अर्ब २० करोड
    प्रदेश नं २ :  ३८ अर्ब ७२ करोड
    प्रदेश नं ३ : ४७ अर्ब ६० करोड
    गण्डकी :  ३२ अर्ब १३ करोड
    प्रदेश नं ५ : ३६ अर्ब ४१ करोड
    कर्णाली :  ३४ अर्ब ३५ करोड
    सुदुरपश्चिम : २८ अर्ब १६ करोड

  • तीव्र गतिमा सवारी चलाउने चालक प्रहरीको निसानामा

    तीव्र गतिमा सवारी चलाउने चालक प्रहरीको निसानामा

    काठमाडौं । प्रहरीले चक्रपथको कोटेश्वर कलंकी सडक खण्डमा मूख्य लेनमा अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २५ किलोमिटर तोकेको छ ।

    यो सीमा उल्लंघन गर्दै अधिकतम गतिमा सवारी साधन कुदाउने चालक धमाधम प्रहरीको पन्जामा पर्न थालेका छन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले २८ जेठबाट यस सडक खण्डमा गति नियन्त्रणको प्रयास थालेको हो । त्यसयता लेजर स्पीड गन मार्फत प्रहरीले सवारी साधनको गति नाप्न थालेको हो ।

    पछिल्लो ५ दिनमा उच्च गतिमा सवारी चलाउने करीव ५ सय सवारी साधन कारवाहीमा परिसकेको महाशाखाको तथ्यांक रहेको छ ।

    महाशाखाको तथ्यांक अनुसार ५ दिनमा ४ सय ९२ सवारी चालक उच्च गतिमा सवारी साधन चलाएको आरोपमा कारवाहीमा परेका छन् ।

    यस सडक खण्डमा सवारी चालकले उच्च गतिमा सवारी चलाउँदा दूर्घटना बढेपछि प्रहरीले गतिको अधिकतम सीमा तोकेको हो ।

    अहिले प्रहरीले अधिकतम सीमा तोडर सवारी चलाउने चालकमाथि ५ सय रुपैयाँ जरिवाना गर्दै आएको छ । प्रहरीले यो अभियान शुरु गरेसँगै दूर्घटनाको दर घटेको र कसैले पनि ज्यान गुमाउनु नपरेको प्रहरीले बताएको छ ।

  • कोपा अमेरिका : अर्जेन्टिनालाई कोलम्बियाले हरायो

    कोपा अमेरिका : अर्जेन्टिनालाई कोलम्बियाले हरायो

    कोपा अमेरिका फूटबल प्रतियोगितामा बलियो टोली अर्जेन्टिनालाई कोलम्बियाले हराएको छ । आइतबार बिहान सम्पन्न खेलमा विश्व चर्चित खेलाडी लियोनल मेस्सीको कप्तानी रहेको अर्जेन्टिना कोलम्बियासँग पराजित हुन पुग्यो ।

    ब्राजिलमा जारी प्रतियोगिताको समूह चरणमा पहिलो खेलमै जीत निकाल्ने क्रममा कोलम्बियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले हरायो ।
    कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापटाले १–१ गोल गरे ।

    बलमा आफ्नो पकड राखेपनि अर्जेन्टिनाले गोल गर्न भने सकेन । विश्वचर्चित खेलाडीहरुको बाहुल्य रहेको अर्जेन्टिनालाई सजिलै हराउने क्रममा कोलम्बियाले दोस्रो हाफमा दुई गोल सम्भव बनाएको थियो । पहिलो हाफ भने बराबरीमा सकिएको थियो ।

    खेलको ७१औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । ८६ औं मिनेटमा कोलम्बियाले अग्रता दोब्बर पार्यो , तर, अर्जेन्टिना खेलमा फर्कन सकेन ।

    पहिलो खेलमै भोगेको हारले अर्जेन्टिनाका दोस्रो चरणको यात्रामा चुनौति खडा भएको छ ।

    आइतबार नै सम्पन्न अर्को खेलमा भने पेरु र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।