कल्पना घिमिरे , न्यूयोर्क । Photo : Hamrophoto.com “हामी नेपालीहरुको एकताको शान, अन्तरास्ट्रिय जगतमा हाम्रो पहिचान” भन्ने नाराका साथ सातौं नेपाल डे परेड भब्य रुपमा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली सङ्घसंस्थाको सहकार्य र समन्वयमा गत आईतबार म्याह्याटनको ३८ स्ट्रीट र मेडिसन एभिन्युमा नेपाल डे परेड… Continue reading नेपालमय बन्यो न्युयोर्कको म्याह्याटन
Category: समाचार
काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति
७ जेठ, काठमाडौं । काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति पुगेको छ । आज बिहान गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौँ महानगरपालिका ८ पिङ्लास्थान नजिक सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बससहित आठ वटा सवारीसाधनमा क्षति भएको काठमाडौँ प्रहरीले जनाएको… Continue reading काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलराम… Continue reading आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
नवनियुक्त गभर्नरले गरे पदभार ग्रहण
काठमाडौं । नवनियुक्त गभर्नर प्रा डा विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । उनले बुधबार केन्द्रिय बैंक पुगेर पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनले ५० र १ हजार दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर समेत गरे । पत्रकार सङ्ग छोटो कुराकानी गर्दै पौडेलले अर्थ नीति सफल बनाउन राष्ट्र बैङ्कले भुमिका खेल्ने बताए… Continue reading नवनियुक्त गभर्नरले गरे पदभार ग्रहण
चितवनमा पौडी पोखरीमा डुबेर युवकको मृत्यु, आठ जना पक्राउ
७ जेठ, चितवन । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए ।साथीहरूसँग पौडी खेल्न गएका निजलाई डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर… Continue reading चितवनमा पौडी पोखरीमा डुबेर युवकको मृत्यु, आठ जना पक्राउ
बिर्तामोडका भित्रि सडक धमाधम कालोपत्र
रासस७ जेठ, झापा । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने… Continue reading बिर्तामोडका भित्रि सडक धमाधम कालोपत्र
गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु
एजेन्सी७ जेठ, काठमाडौं । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म गाजा पट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । इजरायलले हालैका दिनहरूमा यस क्षेत्रमा अर्को ठूलो आक्रमण सुरु गरेको छ र हमासले कब्जा गरेका दर्जनौँ बन्धकलाई फिर्ता गर्ने तथा उग्रवादी मूहलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ । सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले… Continue reading गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु
गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
एजेन्सी६ जेठ, न्युयोर्क । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजा पट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट वा क्षतिग्रस्त भएको घोषणा गरेको छ । युएनआरडब्लुएले सोमबार आफ्नो एक्स प्लेटफर्ममार्फत ‘गाजाका परिवारहरूले अकल्पनीय विनाशको सामना गरिरहेका छन्’ भन्दै ‘सुरक्षा क्लस्टरका अनुसार पट्टीका… Continue reading गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या
एजेन्सी ।६ जेठ, काठमाडौं । बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित सात जनालाई गोली हानेर मारेका छन् । त्यहाँ लागुपदार्थ कार्टेलहरूबीचको हिंसाले क्याथोलिक चर्चको निन्दा निम्त्याएको छ । मध्य राज्य गुआनाजुआटोमा भएको यो आक्रमण स्थानीय समयानुसार सोमबार बिहान २ः०० बजे सान फेलिप सहरको एक प्लाजामा भएको थियो । त्यहाँ स्थानीय प्रहरीले गोली हानाहानको रिपोर्टपछि… Continue reading मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या
१८ औं गभर्नर बने विश्व पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर प्रा डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मङ्गलबार बसेको मन्त्रीपरिषद बैठकले उनलाइ गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराईसहित… Continue reading १८ औं गभर्नर बने विश्व पौडेल
मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
६ जेठ, बरहथवा । सर्लाहीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । आज क्षेत्रीय सडकखण्डअन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३–०२–००६ प ७८६८ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नं को मोटरसाइकल आपसमा ठोक्किएका थिऐ । दुर्घटनामा ५२६ नं को मोटरसाइकल… Continue reading मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
६ जेठ, जनकपुर । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी… Continue reading खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
६ जेठ, काठमाडौं । युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका साथै जलवायु परिवर्तनका प्रभाव र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासबारे जानकारी दिने उद्देश्यले यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका २१ राजदूत र प्रतिनिधिलाई यहाँ भेला गराएको छ । तीनदिने भ्रमणमा रहेको इयुको टोलीमा यहाँस्थित इयुका आवासीय राजदूत एवं… Continue reading युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
गभर्नर नियुक्ति प्रक्रियासँगै नेप्से परिसूचक ४९ अङ्कले बढ्यो
६ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८६ प्रतिशतको वृद्धि हो । आज तीन सय १० कम्पनीको एक करोड ६८ लाख ८८ हजार चार… Continue reading गभर्नर नियुक्ति प्रक्रियासँगै नेप्से परिसूचक ४९ अङ्कले बढ्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो
६ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गतवर्ष यस्ता कारोबार तथा गतिविधिबारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब ४९ प्रतिशतले बढेको छ । “सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन,… Continue reading सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
६ जेठ, किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् । विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक… Continue reading एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
रास्वपा सभापति रविको मुद्दा हेर्दाहेर्दैमा
६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा राखिएको छ । न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको हो । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पूर्पक्षका लागि… Continue reading रास्वपा सभापति रविको मुद्दा हेर्दाहेर्दैमा
गभर्नर नियुक्ति गर्न मन्त्रीपरिषद बैठक जारी
काठमाडौं । गभर्नर नियुक्ति गर्न मन्त्रीपरिषद बैठक सुरु भएको छ । आज बसेको गभर्नर सिफारिस समिती बैठकले विश्व पौडेलको नाम पहिलो नम्बरमा राखेर तीन जनाको नाम सिफारिस गरेको छ । सो नाम बोकेर अर्थमन्त्री मन्त्रीपरिषद बैठकमा पुगेका छन् ।
विश्व पौडेललाई गभर्नर बनाउने सहमति, सिफारिस समितिको बैठक सुरु
काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । अर्थमन्त्री विश्नु प्रसाद पौडेल संयोजकत्वको समितिले गभर्नरमा अर्थविद डा विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी छ । यसअघि आज प्रधानमन्त्री केपि शर्मा ओली र काङ्ग्रेस सभापति शेर बहादुर देउबा बीच पौडेललाइ गभर्नर बनाउने सहमति जुटेको थियो । लामो कसरतपछि सत्तारुढ दुई दल बीच गभर्नरमा… Continue reading विश्व पौडेललाई गभर्नर बनाउने सहमति, सिफारिस समितिको बैठक सुरु
जुम्लामा मार्सीधान रोपाइँ सुरु
६ जेठ, जुम्ला । जिल्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो । कृषि विकास कार्यालय र पातारासी गाउँपालिकाको मार्सी धान संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा रोपाइँ महोत्सव सम्पन्न भएको कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए… Continue reading जुम्लामा मार्सीधान रोपाइँ सुरु
सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा
६ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते सम्मेलन आयोजना गर्न लागेको हो । नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर… Continue reading सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा
ज्यानमारा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ घाइते
रासस६ जेठ काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला… Continue reading ज्यानमारा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ घाइते
प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदको जवाफ दिने
६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची छ। पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय… Continue reading प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदको जवाफ दिने
आज पनि पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
६ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही… Continue reading आज पनि पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
६ जेठ, कास्की । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ । हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी… Continue reading मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित
६ जेठ, त्रिवेणी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६ दशमलब ५० प्रतिशत पुगेको छ… Continue reading नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित
युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प
एजेन्सी५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्न लामो समयदेखि चलिरहेको प्रयासको हिस्साका रूपमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्ने भएका छन् । ट्रम्पले अमेरिकी चुनाव अभियानका क्रममा पदभार ग्रहण गरेको एक दिनभित्रै द्वन्द्व रोक्ने वाचा गरेका थिए । तर उनको… Continue reading युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प
जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
५ जेठ, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रुप देखिएको छ । यसको प्रभाव उनको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो । विज्ञप्तिमा भनिएको छ, “८२ वर्षीय… Continue reading जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु
५ जेठ, काठमाडौं । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे । मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए । सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पु¥याउनका लागि पाइप लाइनको विस्तार… Continue reading सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु
प्रधानमन्त्रीलाई बालेनको जवाफ : म तिम्रो भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शमा ओली लक्षित कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र दिवस, मूल समारोह समितिमा नगएपछि प्रधानमन्त्री ओलीले बालेनको नाम समितिबाट हटाउन निर्देशन दिएका थिए । त्यसको प्रतिउत्तरमा बालेनले स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै… Continue reading प्रधानमन्त्रीलाई बालेनको जवाफ : म तिम्रो भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन