सत्यनिरूपण र बेपत्ता आयोग गठन, अध्यक्ष र सदस्य नियुक्त

मन्त्रिपरिषद्काे बैठक काठमाडौँ, ३१ वैशाख : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेकाे मन्त्रिपरिषद्काे बैठक। तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

३१ वैशाख, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं… Continue reading सत्यनिरूपण र बेपत्ता आयोग गठन, अध्यक्ष र सदस्य नियुक्त

निरन्तर बढ्दै बेरुजु, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गर्न सुझाव

sf7df8f}F, #! j}zfvM dxfn]vf k/LIfssf] jflif{s k|ltj]bg k]z /fi6«klt /fdrG› kf}8]n;dIf /fi6«klt ejg zLtnlgjf;df a'waf/ cfof]lht sfo{qmdd dxfn]vf k/LIfssf] cfly{s jif{ @)*)÷@)*! sf] jflif{s k|ltj]bg k]z ug'{x'Fb} dxfn]vf k/LIfs tf]od /fof÷/f;;

३१ वैशाख, काठमाडौं । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । तीनवटै तहका सरकार र तिनको मातहतमा रहेका सार्वजनिक निकाय तथा सङ्गठित संस्थाको आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षणबाट देखिएको बेरूजुको स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति तथा भविष्यमा गर्नुपर्ने सुधारलगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरिएको हो । महालेखापरीक्षक तोयम रायाले आजै उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष… Continue reading निरन्तर बढ्दै बेरुजु, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गर्न सुझाव

विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

३१ वैशाख, मलेखु । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको… Continue reading विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

३१ वैशाख, किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । घरमै बसिरहेका अवस्थामा अचानक चट्याङ लागेर तामाङको मृत्यु भएको हो । हावाहुरीसँगै बर्षेको चट्याङ लागेर… Continue reading सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

कोरियामा नेपालले रोक्यो ‘एनओसी’

३१ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ । शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर दक्षिण कोरियाका लागि एनओसी जारी गर्ने काम तत्कालका लागि स्थगन गरिएको बताएको छ । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको… Continue reading कोरियामा नेपालले रोक्यो ‘एनओसी’

अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ

एजेन्सी३१ वैशाख, डच वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै छिटो अन्त्य हुने अवस्थामा छ । तर आत्तिनुपर्ने ठूलो आवश्यकता छैन । यो घटना हुन अझै १० को पावर ७८ वर्ष बाँकी छ – अर्थात् एक अङ्कको पछाडि ७८ वटा शून्य । यद्यपि यो अघिको अनुमान १० को पावर एक हजार एक सय वर्षबाट… Continue reading अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ

भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

एजेन्सी३१ वैशाख, पञ्जाव । भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् । यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल… Continue reading भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

नयाँ बजेटबारे अर्थमन्त्री र विकास साझेदारबीच छलफल

३० वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्वका साथ अघि बढाइरहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा उहाँले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताए । “केही समयदेखि आर्थिक सुधार थालेका छौँ ।… Continue reading नयाँ बजेटबारे अर्थमन्त्री र विकास साझेदारबीच छलफल

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

३० वैशाख, धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो । सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी चल्न थालेका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । रोशी खोलामा बाढी आएपछि सोमबार रातीदेखि… Continue reading अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

राप्रपाका नेता मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

३० वैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार तीर्थराज भट्टराईका अनुसार मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक… Continue reading राप्रपाका नेता मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै

‘सगरमाथा संवाद’ को पहिलो संस्करणको तयारी सम्बन्धमा जानकारी दिनुहुँदै परराष्ट्रमन्त्री काठमाडौँ, ३० वैशाखः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत् ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको तयारी सम्बन्धमा जानकारी दिनुहुँदै। तस्बिरः प्रदीपराज वन्त\रासस

३० वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने जानकारी दिइन् ।… Continue reading सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै

५१ लाख ९० हजार ठगीको अभियोगमा दुई पक्राउ

३० वैशाख, काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं… Continue reading ५१ लाख ९० हजार ठगीको अभियोगमा दुई पक्राउ

मौसम बदली, ठाउँठाउँमा भारी वर्षा

File Photo

३० वैशाख, काठमाडौं । सोमबार देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभे्रपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो । गुल्मीमा ५६.४ मिलीमिटर वर्षा भएको छ । यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काभ्रेमा पछिल्लो छ… Continue reading मौसम बदली, ठाउँठाउँमा भारी वर्षा

म्यान्मामा सेनाको हवाई आक्रमणमा २० बालबालिका सहित २२ जनाको मृत्यु

file Photo: AFP

रासस२९ वैशाख, काठमाडौं । म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो । म्यान्माको ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो । त्यो… Continue reading म्यान्मामा सेनाको हवाई आक्रमणमा २० बालबालिका सहित २२ जनाको मृत्यु

गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध

file

२९ वैशाख, त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व० नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गए राति पुल भाँचिएको हो । पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए । सामान बोकेको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको हो । ट्रक पार… Continue reading गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

विश्वको सर्वोच्च सगरमाथा आधार शिविर । समुद्री सतहबाट ५,३६४ मिटरको उचाइमा अवस्थित यस शिविरमा सगरमाथा आरोही तथा सहयोगीहरुको टेन्टले भरिभराउ छ । तस्बिरः सुवास दर्नाल/रासस

रासस२९ वैशाख, काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको… Continue reading प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

उपसभामुखले भेटिन् बङ्गलादेशका सरकार प्रमुख, के भयो कुराकानी

२९ वैशाख, ढाका । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताए । प्राध्यापक युनुसले भने, “बङ्गलादेश, नेपाल, भूटान… Continue reading उपसभामुखले भेटिन् बङ्गलादेशका सरकार प्रमुख, के भयो कुराकानी

विश्वव्यापी अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध शिक्षा महत्वपूर्णः प्रधानमन्त्री

काठमाडौँ, २९ वैशाख : प्रधानमन्त्री ओली-सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओली बुद्धजयन्तीका अवसरमा सोमबार स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

रासस२९ वैशाख, लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको बताए । उनले अहिले विश्वमा बढ्दै गएको… Continue reading विश्वव्यापी अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध शिक्षा महत्वपूर्णः प्रधानमन्त्री

बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा

२९ वैशाख, धुलिखेल । दुई हजार ५६९औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेपलाञ्चोकका लागि केही गरौँ’ भन्ने नाराका काभ्रे सेवा समाजको आयोजनामा भएको शान्ति पदयात्राको पूर्वराष्ट्रपति डा रामवरण यादवले पनौतीस्थित राजकुमार महासत्त्वको पूर्व जन्मघर रहेको पनौतीमा उद्घाटन गरे । सो क्रममा डा यादवले बुद्धजयन्तीका अवसरमा पवित्र दिनमा आयोजना… Continue reading बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा

काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किए, एकको मृत्यु

२९ वैशाख, काठमाडौं । काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४… Continue reading काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किए, एकको मृत्यु

रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु

२० वैशाख, रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटनामा परेको छ । सो क्रममा दुई जनाको ज्यान गएको छ । थप दुई जना गम्भीर घाइते छन् । चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका–१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको छ । यसअघि आजै दिउँसो लुप्र०२००१च ०१७७… Continue reading रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु

विदेशमा रहेका नेपालीले ९ महिनामा पठाए झण्डै १२ खर्ब रेमिट्यान्स

file

२९ वैशाख, काठमाडौं । विप्रेषण (रेमट्यान्स) आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव दुई प्रतिशतले… Continue reading विदेशमा रहेका नेपालीले ९ महिनामा पठाए झण्डै १२ खर्ब रेमिट्यान्स

आज २५६९ औं बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

काठमाडौँको स्वयम्भूमा २५६९औँ बुद्व जयन्तीको दिन सोमबार स्वयम्भू महाचैत्य दर्शन गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौं । आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका… Continue reading आज २५६९ औं बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

(Photo by Mahmoud Zaki/Xinhua)

२८ वैशाख, काठमाडौं । गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खान युनिस क्षेत्रमा दुई बालबालिका र तिनका बाबुआमाको ज्यान गएको नासिर अस्पतालले जानकारी दिएको छ । अन्य स्थानमा पनि केही मानिसको ज्यान गएको… Continue reading इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

People gather at the site of a bus accident in the central hilly region of Kotmale on May 11, 2025. An overcrowded bus carrying dozens of Buddhist pilgrims crashed into a precipice in Sri Lanka on Sunday, killing at least 21 and injuring 24, a minister said. (Photo by AFP)

२८ वैशाख, कोलम्बो । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् । दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ । उक्त बसमा क्षमताभन्दा २० बढी… Continue reading श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

स्वार्थ समूहसँग आफ्नो चिनजान नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको दावि गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, “पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि… Continue reading स्वार्थ समूहसँग आफ्नो चिनजान नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

विश्व पौडेललाई गभर्नर बनाउने तयारी, गभर्नर सिफारिस समितिबाट राजिनामा

२८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् । यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, भट्टको नाममा प्रधानमन्त्री ओली नै सहमत… Continue reading विश्व पौडेललाई गभर्नर बनाउने तयारी, गभर्नर सिफारिस समितिबाट राजिनामा

सगरमाथा संवादका लागि भारत सरकारले नेपाललाई दियो १५ इभी कार

२८ वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गरे । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध… Continue reading सगरमाथा संवादका लागि भारत सरकारले नेपाललाई दियो १५ इभी कार

सगरमाथालाई नजिकैबाट नियाल्न ‘गौरीटाप’

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानास्थित गौरीटापमा आयोजना गरिएको 'स्पार्क एड्भेञ्चर'का क्रममा राखिएका टेन्ट । सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार राति आयोजना गरेको कार्यक्रममा २०० जना भन्दा बढी पर्यटकहरु टेन्टमा बास बसेका थिए । तस्बिरः कमलकुमार बस्नेत / रासस

कमलकुमार बस्नेत/रासस २८ वैशाख, सोलुखुम्बु । बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए । नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेस्र्याएका थिए । कोही हिमाल र गुँरासलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए त कोही राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मालगायतका कलाकारसँगको तस्बिर आफ्नो… Continue reading सगरमाथालाई नजिकैबाट नियाल्न ‘गौरीटाप’

तीनकुने आन्दोलनपछि फरार शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

२८ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार उनीमाथि आवश्यक अनुसन्धान सुरु भएको छ… Continue reading तीनकुने आन्दोलनपछि फरार शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ