काठमाडौं । नेपालमा सार्वजनिक यातायातमा भेहिकल ट्र्याकिङ सिस्टम जडान शुरु गरिएको छ । यातायात व्यवस्था विभागले परीक्षणस्वरूप १७ वटा बसमा यस्तो प्रणाली जडान गरिसकेको जनाएको छ । पहिलो चरणमा एक सयवटा सवारीमा निःशुल्क जडानको योजना विभागको छ । त्यसपछि सबै सार्वजनिक गाडीमा यो प्रणाली जडान गरिने भएको छ । विभागका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–वीरगञ्ज, काठमाडौँ–जनकपुर रुटका… Continue reading सार्वजनिक सवारी साधनमा भेहिकल ट्र्याकिङ सिस्टम जडान गर्न शुरु, गति मापन गर्न सकिने
Category: विज्ञान प्रविधि
ओमिक्रोनले विश्वभर जोखिम बढायो : डब्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टबाट विश्वभर सङ्क्रमणको उच्च जोखिम बढेको बताएको छ । सोमवार डब्लुएचओले नयाँ भेरियन्टले विश्वभर नै गम्भीर परिणाम ल्याउन सक्ने बताएको हो । बीबीसीका अनुसार सङ्गठनका प्रमुख डा. टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउन पुनः आह्वान गरेका छन्। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको… Continue reading ओमिक्रोनले विश्वभर जोखिम बढायो : डब्यूएचओ
नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै
सिड्नी । दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण आफ्नो मुलुकमा छिर्न नदिनका अष्ट्रेलियाले सीमा नाकामा कडाई गर्ने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकले नाकाबन्दी गर्न सक्ने उल्लेख गरेको छ । राससका अनुसार अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा… Continue reading नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै
दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक ?
काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै सङ्ख्यामा भएको बताएको बिबिसीले लेखेको छ । उनीहरूले अहिले प्रयोगमा आएका कोरोनाभाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि बताएका छन्। पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन। विश्व स्वास्थ्य संगठनका विज्ञहरू… Continue reading दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक ?
अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि
पेरिस । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एक पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिक्रि भएको छ । बीबीसीका अनुसार फ्रान्सको पेरिसस्थित क्रिस्टिको लिलामी घरमा यो पाण्डुलिपी बिक्रि भएको हो । यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान नै तोडेको समाचारमा उल्लेख छ । सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका… Continue reading अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि
पर्यटन मन्त्रीले इयूका प्रतिनिधिसँग भने : हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिक उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउन यूरोपेली यूनियनका प्रतिनिधिसँग आग्रह गरेका छन् । युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले युरोपियन युनियनले नेपालको वायुसेवा क्षेत्रलाई कालो सूचीमा राखेकाले हटाउन आग्रह… Continue reading पर्यटन मन्त्रीले इयूका प्रतिनिधिसँग भने : हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउ
बाहिरि जिल्लाबाट काठमाडौं छिर्नेलाई लक्षित गरि चार नाकामा खुल्यो खोप केन्द्र
काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं प्रवेश गर्नेहरुलाई लक्षित गरि चार वटा नाकामा खोप केन्द्र स्थापना भएको छ । आगामी एक महिनासम्म यी केन्द्रमा निशुल्क कोरोना विरुद्धको खोप लगाउन पाइने भएको छ । सरकारले कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा यस्तो व्यवस्था गरेको हो । खोप कार्यक्रम ५ पुससम्म कायम हुने भएको छ । यी केन्द्रमा १८… Continue reading बाहिरि जिल्लाबाट काठमाडौं छिर्नेलाई लक्षित गरि चार नाकामा खुल्यो खोप केन्द्र
नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?
काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) सम्बन्धी काम गर्ने सम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्। स्याटेलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी एवं संचालनबारे आशयपत्र बुझाएका ८ कम्पनीमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनी छनोट गरेको जनाएको छ । प्राधिकरणका अनुसार फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, यूएईको एसथ्री टेल इंक र थाइल्याण्डको… Continue reading नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?
नेपालमा अब १८ वर्ष भन्दा माथिका सबैले कोरोनाको खोप लगाउन सक्ने
काठमाडौं । नेपालमा अब १८ वर्ष माथिका सबै नागरिकले कोरोना विरुद्धकोखोप लगाउन सक्ने भएका छन् । यसअघि सरकारले लक्षित वर्ग र उमेर समुह तोक्दै खोप लगाइरहेको थियो । अब भने छुटपुट सबै नागरिकले खोप लगाउन सक्ने भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । सोही अनुसार सोमबार अधिकांश स्थानीय तहले सूचना… Continue reading नेपालमा अब १८ वर्ष भन्दा माथिका सबैले कोरोनाको खोप लगाउन सक्ने
आजबाट मौसम खुल्यो, उच्च भेगमा हिमपात भने हुन सक्ने
काठमाडौं । विगत एक सातायता प्रतिकुल बनेको मौसममा आजबाट सुधार देखिएको छ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा घाम लागेका छन् । अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित नेपालको मौसम प्रणालीमा आजबाट सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर सामान्यतया मौसम सफा रहने भए पनि प्रदेश १… Continue reading आजबाट मौसम खुल्यो, उच्च भेगमा हिमपात भने हुन सक्ने
निरन्तर घट्दैछ तापक्रम, हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं । नेपालमा हिउँदयाम शुरु भएसँगै तापक्रम निरन्तर घट्दैछ । शुक्रबार देशका धेरै ठाउँको मौसम बद्ली हुने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका एक, दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना समेत देखिएको छ । वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, ण्दुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी… Continue reading निरन्तर घट्दैछ तापक्रम, हिमाली भेगमा हिमपातको सम्भावना
आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?
काठमाडौं । सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । यस चन्द्र ग्रहणलाई शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण मानिएको छ । पछिल्लो ५८० वर्षमा पहिलोपटक लामो समयको खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । नेपाली समय अनुसार दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने भएको छ ।… Continue reading आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?
प्रचण्ड निवासमा पुगे योगगुरु रामदेव र आचार्य बालकृष्ण
काठमाडौं । भारती पताञ्जली योग पीठका सञ्चालक तथा योग गुरु रामदेव र आचार्य बालकृष्ण पतन्जली नेपालको कार्यक्रममा भाग लिन काठमाडौं आएका छन् । सोही क्रममा योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निवास पुगेका छन् । उनीहरुले प्रचण्डसँग भेटघाट गर्नुका साथै प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत जानकारी दिएको… Continue reading प्रचण्ड निवासमा पुगे योगगुरु रामदेव र आचार्य बालकृष्ण
रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका
काठमाडौं । रुसले भू-उपग्रहलाई नै नष्ट गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्रको परीक्षण गरेसँगै अमेरिका झस्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको हो । उक्त परीक्षणका क्रममा एउटा रुसी भू(उपग्रह ध्वस्त बनाइएको बीबीसीले… Continue reading रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका
मुस्ताङ हिउँ-पहिरो : सयौं चौरी वेपत्ता
मुस्ताङ । मुस्ताङमा आइतबार आएको भिषण हिउँ पहिरोमा परी सयौं चौरी वेपत्ता भएका छन् । ११ जना मानिस घाइते भएका छन् । जिल्लाको थासाङ गाउँपालिका २ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परि बेपत्ता भएको राससले लेखेको छ । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई… Continue reading मुस्ताङ हिउँ-पहिरो : सयौं चौरी वेपत्ता
आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?
काठमाडौं । नेपालमा आजबाट १२ वर्षमाथिका दीर्घ रोगीका लागि कोभिड १९ विरुद्धको फाइजर खोप वितरण गरिने भएको छ । यो खोप सरकारले अमेरिकाबाट खरीद गरेको हो । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिले यो खोप पाउने भएका छन् । लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका, लामो समयदेखि मिर्गौलाको समस्या… Continue reading आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?
१ मंसिरबाट नेपालमा इ-पासपोर्ट वितरण, पुरानोको हकमा के हुन्छ ?
काठमाडौं । १ मंसिर २०७८ बाट नेपालमा विद्युतीय राहदानी (इ-पासपोर्ट) वितरण गरिने भएको छ । सोहीकारण अत्यावश्यक नपरेसम्म तत्काल राहदानी नविकरण नगर्न वा नयाँ राहदानी नलिन राहदानी विभागले अनुरोध गरेको छ । सरकारले आगामी अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा यो पासपोर्ट प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले… Continue reading १ मंसिरबाट नेपालमा इ-पासपोर्ट वितरण, पुरानोको हकमा के हुन्छ ?
देशभर तापक्रम घट्दै, सतर्कता अपनाउन आह्वान
काठमाडौं । देशभर तापक्रम घट्दो क्रममा छ । मौसम पूर्वानुमान महाशाखाले चिसो बढेको भन्दै सतर्क रहन सबैमा आह्वान गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न र सतर्कता अपनाउन महाशाखाले भनेको हो । महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि… Continue reading देशभर तापक्रम घट्दै, सतर्कता अपनाउन आह्वान
पटाका पड्काउँदा भारतको राजधानी नयाँ दिल्ली कुइरोले ढाकियो
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली संसारकै प्रदुषित बनेको छ । वायु प्रदुषण आइतबार सम्म नै कायम रहने भएको छ । भारतीय संचारमाधयमहरुका अनुसार नयाँ दिल्लीमा लक्ष्मीपूजा र यसका अवसरमा पढ्काइएका पटाका प्रमुख कारण हो । राजधानी नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण शुक्रवार वायु प्रदूषण खतरनाक स्तरमा पुगेको हो । प्रतिबन्ध लगाइए पनि सहरभरि… Continue reading पटाका पड्काउँदा भारतको राजधानी नयाँ दिल्ली कुइरोले ढाकियो
अमेरिकी कम्पनीले उत्पादन कोरोनाको खाने औषधी ८९ प्रतिशत प्रभावकारी
१९ कात्तिक, काठमाडौं । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोभिड बिरामीका लागि विकास गरेको खाने औषधी ८९ प्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीले आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका… Continue reading अमेरिकी कम्पनीले उत्पादन कोरोनाको खाने औषधी ८९ प्रतिशत प्रभावकारी
कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति
लण्डन । लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतले प्रयोगको अनुमति दिएको छ । त्यहाँको औषधि नियामक निकायले अनुमोदन गरेसँगै अब औषधीको प्रयोग गर्ने बाटो खुलेको छ । मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइने बीबीसीले लेखेको छ । शुरूमा रुघाखोकीको उपचारका लागि… Continue reading कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति
कोप-२६ मा चिनियाँ र रुसी राष्ट्रपति नगएपछि भड्किए बाइडेन
काठमाडौं । संयुक्त अधिराज्यमा आयोजित कोप २६ सम्मेलनमा रुस र चिनियाँ राष्ट्रपति उपस्थित भएनन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको सन्दर्भको आलोचना गरेका छन्। मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडेनले जलवायु एक ठूलो मुद्दा भएको र चीन त्यसबाट टाढिएको बताए । बीबीसीका अनुसार त्यस्तै व्यवहार रुस… Continue reading कोप-२६ मा चिनियाँ र रुसी राष्ट्रपति नगएपछि भड्किए बाइडेन
प्रधानमन्त्री देउवाले आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने
ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गो शहर पुगेका छन् । अब उनी सोमबार र मंगलबार (नोभेम्बर १ र २)मा ग्लास्गोमा संचालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप २६)मा सहभागी हुने छन् । सम्मेलन अन्तर्गत वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यहाँ पुगेका हुन् ।… Continue reading प्रधानमन्त्री देउवाले आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने
ग्लास्गो शहरमा शुरु भयो कोप-२६
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कोप२६) औपचारिक रूपमा शुरु भएको छ । युनाइटेड किन्डमको ग्लास्गो शहरमा सम्मेलन सुरु भएको हो । बीबीसीका अनुसार जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आइतवार धेरैजसो औपचारिक समारोह तय भए तापनि सोमवारबाट विश्व नेताहरूले छलफल र बहस सुरु गर्नेछन्। जैविक इन्धनको प्रयोग सहित मानवीय… Continue reading ग्लास्गो शहरमा शुरु भयो कोप-२६
कोरोना उत्पत्तिको पहिचान गर्न असम्भव रहेको अमेरिकी निष्कर्ष
काठमाडौं । अमेरिकी गुप्तचर निकायहरूले कोभिड १९ को उत्पत्तिको पहिचान गर्ने काम असम्भव रहेको बताएका छन् । बीबीसीका अनुसार अब उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने उनीहरुको भनाई छ । यद्दपी ती निकायले कोरोनाभाइरस जैविक हतियार भने नभएको निष्कर्ष निकालेका छन्। अफिस अफ द यूएस डाइरेक्टर अफ न्याश्नल इन्टिलिजेन्स ओडिएनआईले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा… Continue reading कोरोना उत्पत्तिको पहिचान गर्न असम्भव रहेको अमेरिकी निष्कर्ष
फेसबुक कम्पनीको नाम परिवर्तन गरि बनाइयो ‘मेटा’
काठमाडौं । अमेरिकी सामाजिक संजाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै मेटा राखेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले शुक्रबार यसको औपचारिक घोषणा गरेका छन् । फेसबुलले आफ्नो नाम परिवर्तन गर्न लागेको जनाएको थियो । तर, नाम सार्वजनिक गरिएको थिएन । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको उल्लेख गरे । कम्पनीले… Continue reading फेसबुक कम्पनीको नाम परिवर्तन गरि बनाइयो ‘मेटा’
तीन जिल्लामा लगाइयो कोरोनाको पूर्ण खोप
काठमाडौं । नेपालमा तीन वटा जिल्लामा पूर्ण खोप अभियान सफल भएको छ । ७७ जिल्लामध्ये तीन जिल्लामा पूर्ण मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मनाङ, मुस्ताङ र रुकुममा कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाइएको हो । बाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी मात्रामा कोरोनाविरुद्धको खोप प्रयोग भएको छ ।… Continue reading तीन जिल्लामा लगाइयो कोरोनाको पूर्ण खोप
काठमाडौंमा आजबाट अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने
काठकाडौं । काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो मात्रा अष्ट्राजेनिका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो। आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने काठमाडौं महानगरले जानकारी दिएको छ। वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर… Continue reading काठमाडौंमा आजबाट अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने
नेपालमा ५१३ जनामा कोरोना पुष्टी, ८१७ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ र १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ । त्यस्तै कोरोना… Continue reading नेपालमा ५१३ जनामा कोरोना पुष्टी, ८१७ ले जिते
अमेरिकी दम्पत्तिविरुद्ध न्यूक्लियर फर्मुला बेच्ने कोशिस गरेको आरोप, दोषि पाइए जन्मकैद
मेरिल्याण्ड । अमेरिकामा एक दम्पत्तिमाथि देशको एक महत्वपूर्ण सैन्य रहस्यलाई बिक्रि गर्ने कोशिस गरेको आरोप लागेको छ । दुबै जना गिरफतारीमा परेका छन् । बीबीसीले जनाए अनुसार यो कसुर पुष्टी भएमा दुबै जना जन्म कैदका लागि जेल जाने छन् । ४२ वर्षिय जोनाथन टोएबे र उनकी ४५ वर्षीय पत्नी डायनामाथि यस्तो आरोप लागेको हो ।… Continue reading अमेरिकी दम्पत्तिविरुद्ध न्यूक्लियर फर्मुला बेच्ने कोशिस गरेको आरोप, दोषि पाइए जन्मकैद