नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम बैशाखपछि

काठमाडौं । राजधानी जोड्ने नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम वैशाखबाट धमाधम शुरु हुने भएको छ । अहिले निर्माण सामग्री, उपकरणलगायत संकलनको काम भइरहेको र बैशाखपछि धमाधाम काम हुरु गर्ने आयोजनाको तयारी रहेको छ । आयोजनाका अनुसार सुरुंग निर्माणको काम जेठबाट शुरु हुने भएको हो । सुरुङ खन्न चाहिने विष्फोटक पदार्थ र उपकरण ल्याउने काम अहिले भइरहेको छ… Continue reading नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम बैशाखपछि

ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिने भएका छन् । भारतको नयाँ दिल्लीबाट मोदी र सिंह्दरबारबाट जोडिने ओलीले आज खासगरी दुई परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भारतीय सहयोगमा विराटनगरमा निर्माण भएको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) आज भारतले नेपाललाई हस्तान्तरण गर्दैछ । करीव ३ वर्ष… Continue reading ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

काठमाडौंमा विजुली बसको नाटक, बागमती प्रदेश सरकारले चलाउने

काठमाडौं । काठमाडौं उपत्यकामा भएको ट्रली बस राजनीतिक खिचातानीका कारण अस्ताएको करीव एक दशक पुग्न लागिसक्यो । नेपाल विद्यूत प्राधिकरण भन्छ, नेपाल अब विद्यूतमा आत्मभिर्नर भयो, खपत बढाइदिनुस । तर, विद्यूत खपत बढाउने गरी अगाडी बढेका धेरै योजना भने अलपत्र अवस्थामा छन् । त्यस्तै भएको छ विजुली बसमा समेत । साझा यातायातले ३ सय वटा… Continue reading काठमाडौंमा विजुली बसको नाटक, बागमती प्रदेश सरकारले चलाउने

राजधानीमा दिनभर वर्षा, भोलीबाट मात्र मौसममा सुधार

फाइल तस्वीर

काठमाडौं । देशभर वर्षा जारी रहेको छ । राजधानी काठमाडौंमा पछिल्लो १२ घण्टा देखि वर्षा जारी छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । काठमाडौं आसपासका डाँडाहरुमा समेत हिमपात जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात जारी रहेको हो । वायुको पश्चिमी न्यून… Continue reading राजधानीमा दिनभर वर्षा, भोलीबाट मात्र मौसममा सुधार

राजधानीका चोक-चोकमा बल्न थाले ट्राफिक लाइट

काठमाडौं । राजधानी काठमाडौंका सडकमा ट्राफिक लाइट बल्न थालेका छन् । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट बिग्रेका ट्राफिक बत्ति मर्मत तथा नयाँ जडान गरी ट्राफिक लाइट बाल्न सफल भएका हु्न । बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगञ्ज चोक, कालिमाटी, तीनकुने, पद्मोदय चोक, पुतलीसडक, बागबजार, पुरानो बानेश्वर, मित्रपार्कमा ट्राफिक बत्ति बल्न थालेको छ । यसले ट्राफिक… Continue reading राजधानीका चोक-चोकमा बल्न थाले ट्राफिक लाइट

काठमाडौंमै एनसेलका टावरमा आगजनी, प्राधिकरणको आपत्ति

काठमाडौं । निजी लगानीको दूरसञ्चार कम्पनी एनसेलमा आक्रमण हुने क्रम अझै रोकिएको छैन । राजधानी काठमाडौं मै एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका, ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीका कारण टावरमा पुगेको क्षतिले सेवा सेवा अवरुद्ध भएको कम्पनीले जानकारी… Continue reading काठमाडौंमै एनसेलका टावरमा आगजनी, प्राधिकरणको आपत्ति

फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ करोड डलर (१ अर्ब १३ करोड) ऋण दिने भएको छ । शहरी फोहोरबाट विजुली उत्पादन गर्न यो रकम उपयोग गरिने भएको हो । अबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभा चलिरहेको छ । सभामा नेपालका तर्फबाट उर्जा मन्त्री वर्षमान पुनले भाग लिइरहेका छन्… Continue reading फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण

युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो

तेहरान । युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज भुलवस दूर्घटनामा परेको इरानले स्वीकार गरेको छ । १७६ यात्रुको ज्यान जाने गरि भएको जहाज इरानकै कारण झरेका स्वयमः इरानी अधिकारीहरुले जनाएका छन् । इरानको सेनाले क्षेप्यास्त्र प्रहार गरी जहाज खसालेको पुष्टी भएको हो । राष्ट्रपति हसन रुहानीले ट्विट गर्दै सेनाको आन्तरिक छानबिनबाट मानवीय त्रुटीका कारण विमानमा मिसाइल प्रहार… Continue reading युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो

मिसाइल लागेर झरेको हो इरानमा जहाज ?

काठमाडौं । बुधबार इरानमा दूर्घटनाग्रस्त भएको युक्रेन एयरलाइन्सको जहाज इरानले प्रहार गरेको मिसाइलका कारण भएको सम्बन्धमा वहस शुरु भएको छ । दूर्घटनामा आफ्नो मुलुकका ६३ जना नागरिक परेपछि क्यानडाका प्राधानमन्त्री जस्टिन टुडोले यस दूर्घटनाको स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । संचारमाध्यमहरुका अनुसार अमेरिकी अधिकारीहरुसमेत जहाज दूर्घटनामा बाह्य कारण मूख्य दोषि रहेको पाइएको… Continue reading मिसाइल लागेर झरेको हो इरानमा जहाज ?

स्मार्ट टेलिकम र हेलो नेपालको लाइसेन्स खारेजीको निर्णय रद्द

काठमाडौं । सरकारले स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)को लाइसेन्स खारेज गर्ने नेपाल दूरसंचार प्राधिकरणको निर्णय रद्द गरिदिएको छ । यससँगै यी दुई कम्पनी अनुमतिपत्र (लाइसेन्स) खारेजीबाट बचेका छन् । लाइसेन्स लिएवापत प्राधिकरणलाई बुझाउनु पर्ने रोयल्टी नतिरेका यी दुई कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय प्राधिकरणले गरेको थियो । तर, गत सोमबारको मन्त्रीपरिषद् बैठकले… Continue reading स्मार्ट टेलिकम र हेलो नेपालको लाइसेन्स खारेजीको निर्णय रद्द

इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने

काठमाडौं । इरानको तेहरानमा बुधबार बिहान भएको जहाज दुर्घटना शंकाको घेरामा परेको छ । यो जहाजको दूर्घटना प्राविधिक कारणले भएको हो या मिसाइल प्रहारबाट भन्ने विषयले अहिले विश्वभर चर्चा शुरु भएको छ । बुधबार बिहान युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दूर्घटनामा परी १ सय ८० जनाको निधन भएको छ । यस दूर्घटना पछि जहाजको ब्ल्याक बक्स… Continue reading इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने

नेपालमा आकासियो सुनको भाउ, इतिहासकै धेरै मूल्य

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावले नेपालमा समेत नकारात्मक प्रभाव पारेको छ । पछिल्लो समय इरान र अमेरिकाबीच बढ्दो युद्धको खतराका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अधिक बढेको छ । त्यसको प्रभाव आइतबार नेपाली बजारमा समेत देखियो । नेपालमा सुनको मूल्य आइतबार इतिहासकै सर्वाधिक विन्दुमा पुग्यो । यसअघि ७३ हजार ५ सय सबै… Continue reading नेपालमा आकासियो सुनको भाउ, इतिहासकै धेरै मूल्य

एलपी ग्यासमा दिइएको सरकारी अनुदान हटाइदै

काठमाडौं । आयातित एलपी ग्यासमा दिँदै आएको सरकारी अनुदान हट्ने भएको छ । यसको तयारी भइरहेको जल तथा उर्जा मन्त्री वर्षमान पुनले जानकारी दिएका छन् । उनका अनुसार भारतबाट आयात हुने खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने तयारी भइरहेको बताएका हुन् । उनका अनुसार ऊर्जा मन्त्रालयले यसै वर्षबाट ग्यासको अनुदान हटाउन प्रस्ताव गरेको… Continue reading एलपी ग्यासमा दिइएको सरकारी अनुदान हटाइदै

कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिस्तार हुने

काठमाडौं । कर्णाली र सुदुर पश्चिम प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क बिस्तार गरिने भएको छ । यस सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच शुक्रबार सम्झौता भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिकामा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । शुक्रबार प्राधिकरणका अध्यक्ष पुरुषत्तोम खनाल र… Continue reading कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिस्तार हुने

आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

काठमाडौं । दुई साता अघि देशभर चिसो ल्याउने गरी आएको पश्चिमी वायुको प्रभावलाई दोहोर्याउने गरी चिसो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट तीन दिनसम्म मौसम प्रभावित हुनेछ । देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका विभागले जनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आकासमा बादल लागेको छ… Continue reading आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

मोवाइल र इन्टरनेट बैंकिङको सीमा बढ्यो, उपभोक्ता लाभान्वित हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङका माध्यमबाट हुने कारोकारको सीमा बढाएको छ । यसले उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने भएका छन् । राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशिका जारी गरेको छ । जसअनुसार बैंक खाताबाट मोवाइल वालेटमा स्थानान्तरण हुने रकम प्रतिकारोबार ५ हजारबाट २५ हजार पुगेको छ ।… Continue reading मोवाइल र इन्टरनेट बैंकिङको सीमा बढ्यो, उपभोक्ता लाभान्वित हुने

एनसेलले तिर्यो ४ अर्ब ५० करोड कर

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको छ । मंगलबार ठूला करदाता कार्यालयमा एनसेलले कर दाखिला गरेको हो । सर्वोच्च अदालतले कर तिर्न आदेश गरेअनुसार एनसेलले सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ तिर्नुपर्नेमा मंगलबार ५ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो… Continue reading एनसेलले तिर्यो ४ अर्ब ५० करोड कर

सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै

काठमाडौं । नेपालमा सामाजिक सजाल प्रयोगकर्ताका लागि कडा कानून बन्ने भएको छ । संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । जसमा सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानूनी प्रावधान राखिएका छन् । यसमा प्रमुख विपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो । तर, बहुमत नेकपाको रहेका कारण विधेयक पारित भएको हो… Continue reading सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै

अब औषधिको जानकारी मोवाइल एपबाटै

काठमाडौं । नेपालमा सरकारी स्तरबाटै औषधिसम्बन्धी जानकारी मोवाइल एपमा उपलब्ध गराउने तयारी भएको छ । औषधी व्यवस्था विभागले मोवाइल एप बनाएको छ । विभिन्न प्रकारका औषधिका सम्बन्धमा विस्तृत जानकारी सहित मोबाइल एप्स तयार भएको छ । विभागले औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको जानकारी गराएको छ । एप्स लगइन गरेपछि औषधिको प्रयोग, कतिपय औषधीबाट… Continue reading अब औषधिको जानकारी मोवाइल एपबाटै

काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान

काजकस्तान । काजकस्तानस्थित अल्माती एयरपोर्ट नजिक भएको यात्रुवाहक विमान दुर्घटनामा कम्तिमा १५ जनाले ज्यान गुमाएका छन । ६० भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । एयरपोर्ट अधिकारीका अनुसार विमानमा ९८ जना सवार रहेका थिए। त्यसमध्ये ९३ जना यात्रु र ५ जना चालक दलका सदस्य रहेको उल्लेख छ । ‘बेक एयर’ को जेड… Continue reading काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान

अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम

काठमाडौं । शुक्रबारबाट काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानबाट होर्डिङ बोर्ड हटाउन थालिएको छ । महानगरले नगर प्रहरीको सहयोगमा शुक्रबारबाटै यसको थालनी गरेको हो । यसअघि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै महानगरपालिका र प्रहरीको संयुक्त टोलीले शुक्रबारबाट धमाधम होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो… Continue reading अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम

अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा अब विज्ञापनका होर्डिङ बोर्ड देख्न पाइने छैन । काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनेका छन् । यी कार्यदल सक्रिय भई अब गल्ली गल्लीमा रहेका होर्डिङ बोर्ड हटाइने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले तत्काल राजधानीका गल्लीगल्लीमा रहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । नजिकिएको… Continue reading अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?

काठमाडौं । आज बिहान नेपालसहित विश्वका अधिकांश मुलुकमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ। उक्त अवसरमा नेपालका कतिपय स्थानीय तह र विद्यालयले सार्वजनिक बिदा समेत घोषणा गरेको छ । बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । ग्रहणले बिहान ८.४२ मा स्पर्श गर्ने छ भने ११.३१ बजे… Continue reading आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?

काठमाडौंमा वर्षकै चिसो दिन मापन

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस वर्षकै चिसो दिन मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रममा ३ डिग्रीमा झरेसँगै यस वर्षकै चिसो दिन मापन भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित अहिले देशभरको चिसो बढेको छ । तराईमा शितलहर चल्न थालेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ । महाशाखाका अनुसार अहिले देशका… Continue reading काठमाडौंमा वर्षकै चिसो दिन मापन

पानीजहाज चढ्ने नेपालीको चाहना पुरा हुँदै, नारायणीमा क्रुजसीपको सफल परिक्षण

सांकेतिक तस्वीर

चितवन । २ सय २० यात्रु क्षमतामा यात्रु बोक्ने सक्ने क्रुजसिप (मिनीपानीजहाज) को नारायणी नदीमा परीक्षण गरिएको छ । परिक्षण सफल भएको राइनो इन्टरटेन्मेन्ट कम्पनीले जानकारी दिएको छ । आइतबार बेलुका २५ जना यात्रुसहित जहाजको सफल परीक्षण गरिएको हो । भरतपुरस्थित काभ्रेघाटमा रहेको पोर्टबाट नदीमा निकालेर जहाजको परीक्षण गरिएको थियो । त्यसका लागि भारतबाट प्राविधिक… Continue reading पानीजहाज चढ्ने नेपालीको चाहना पुरा हुँदै, नारायणीमा क्रुजसीपको सफल परिक्षण

सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा

काठमाडौं । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भयो । त्यसपछि यस विषयले अन्तराष्ट्रिय रुपमै हंगामा मच्चियो । किनकी भारतमा नागरिकता विधेयकको विरोधमा आन्दोलन जारी छ । उक्त भिडियो आन्दोलनको विरुद्धमा बोलिएको थियो । किनकी सत्तामा मोदी छने भने सोनिया विपक्षमा… Continue reading सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा

बंगलादेशले नेपालको विजुली किन्ने पक्का

काठमाडौं । बंगलादेश सरकारले नेपालको विजुली किन्ने पक्का गरेको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट विद्युत् बंगलादेशले खरीद गर्ने सम्बन्धमा सम्झौता गर्ने निर्णय भएको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले यो परियोजना निर्माण गर्नेछ । यो कूल ९०० मेगावाट क्षमताको आयोजना हो । त्यसमध्ये ५०० मेगावाट विद्युत् बंगलादेशले… Continue reading बंगलादेशले नेपालको विजुली किन्ने पक्का

अस्ट्रेलियामा तातोले राख्यो कीर्तिमान

सिड्नी । अस्ट्रेलियामा बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित भएको छ । औसतः उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस कायम भएको मङ्गलवार यस मुलुकको इतिहासकै सबैभन्दा तातो दिन रहेको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसअघि २७ जनवरी २०१३ मा ४०.३ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो । मंगलबार त्यसलाई पनि उछिन्दै तापक्रमले कीर्तिमान राखेको हो ।… Continue reading अस्ट्रेलियामा तातोले राख्यो कीर्तिमान

अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा

वासिङटन । अमेरिकाका प्रमुख आइटी कम्पनीहरु विरुद्ध बालश्रम शोषणाको आरोपमा मुद्दा दायर भएको छ । एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध बाल शोषणको आरोप लागेको हो । मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको मुद्दा दायर गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु विरुद्ध वासिङटन अदालतमा मुद्दा दायर भएको छ । इतिहासमै पहिलो पटक… Continue reading अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा

नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा

भान्छामा स्वादको लागि प्रयोग गरिने खुर्सानीमा अचम्मको गुण पत्ता लागेको छ । बढ्दो हृदयघातको समाचार आईरहँदा नियमित रुपमा खुर्सानी खाने मानिसहरुलाई हृदयघातको सम्भावना निकै कम हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । हप्तामा चार पटक पिरो खुर्सानी खाने मानिसहरुको मृत्‍यु हृदयघातका कारण हुने सम्भावनामा ४० प्रतिशतले कमी हुने गरेको तथ्य सार्वजनिक भएको हो ।… Continue reading नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा