एक महिलालाई वाईफाईको एलर्जी हुँदा

मानिसको शरिरमा अनेकौं खानेकुरा र बस्तुहरुको एलर्जी हुने गरेको बिषय नौलो होईन । कसैलाई कुनै बिशेष खानाको एलर्जी हुने गर्दछ भने कसैलाई धुलो धुँवा रुख बिरुवा फुल लगायत बातावरणीय बस्तुको एलर्जी हुन्छ । तर लन्डन निवासी एक महिलालाई भने बर्तमान दैनिक जीवनकै अभिन्न अंग बनिसकेको वाईफाईको एलर्जी भएर बिरामी पर्ने गरेको खबर प्राप्त भएको छ… Continue reading एक महिलालाई वाईफाईको एलर्जी हुँदा

नाडीमा बाँधेको एप्पल घडीले वासिङ्टनमा एक जनाको ज्यान यसरी बचायो

दैनिक कृयाकलापको क्रममा मानिस एक्लै हिंडडुल गर्दा एकान्त ठाउँमा अकस्मात लडेर बेहोस भयो भने एम्बुलेन्स वा चिकित्सकलाई स्वयम् लडेको ब्यक्तीले खबर गर्न सक्ने त कुरै भएन । यस्तो अवस्थामा त्यो लडेको ब्यक्तीको मृत्‍यु समेत हुन सक्दछ वा घाईते  मानिसको ज्यानमा जोखिम धेरै हुन पुग्दछ ।  अमेरिकाको वासिङ्टन राज्यमा बसोबास गर्दै आएका बब बर्डेट नामका एक… Continue reading नाडीमा बाँधेको एप्पल घडीले वासिङ्टनमा एक जनाको ज्यान यसरी बचायो

चीनले बनायो संसारकै विशाल विमानस्थल, बुधबारबाटै संचालनमा

बेइजिङ । चीनले चमत्कारिक विकासलाई निरन्तरता दिएको छ । यसै सिलसिलामा बुधबारदेखि संसारकै ठूलो डासिङ विमानस्थल सञ्चालनमा ल्याएको छ । करीब साढे १३ खर्ब नेपाली रुपैयाँ (१२ अर्ब अमेरिकी डलर) लागतमा निर्माण भएको यो विमानस्थल चमत्कारिक विकासको एक रुप हो । किनकी यो करीव ९८ वटा फूटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको छ । चिनियाँ राष्ट्रपति… Continue reading चीनले बनायो संसारकै विशाल विमानस्थल, बुधबारबाटै संचालनमा

प्रोस्टेट क्यान्सरको उपचार पाँच दिनमा नै गर्न सकिने बिधि पत्ता लाग्यो

प्रोस्टेट क्यान्सरका बिरामीहरुका लागि केही राहत मिल्ने समाचार आएको छ । आठ हप्ता लामो समय गलाएर गरिंदै आएको प्रोस्टेट  क्यान्सरको उपचार अब ५ दिनमा रेडियो थेरापीको माध्यमबाटै हुने भएको छ । गत १६ तारिख सोमबार “यानसेट मेडिकल जर्नल” मा प्रकासित एक रिपोर्टका अनुसार उपचार शुरु गरेको पाँच दिन भित्र प्रोस्टेट क्यान्सरको सफल उपचार सम्पन्न गरी… Continue reading प्रोस्टेट क्यान्सरको उपचार पाँच दिनमा नै गर्न सकिने बिधि पत्ता लाग्यो

नास्टको ग्राउण्ड स्टेशन तयार, स्याट १ ले पठाएका सूचना प्राप्त हुने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना तथा तस्वीर प्राप्त गर्न सक्ने गरी ग्राउण्ड स्टेशन तयार पारेको छ । नाष्टका अनुसार पहिलो पटक यस्तो स्टेशन तयार भएसँगै अब अन्तरिक्षमा रहेको उक्त भू उपग्रहबाट सूचना र तस्वीरहरु प्राप्त गर्न सहज हुने भएको हो । अघिल्लो बिहीबारबाट संचलनमा आएको यो… Continue reading नास्टको ग्राउण्ड स्टेशन तयार, स्याट १ ले पठाएका सूचना प्राप्त हुने

काठमाडौंका घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने

काठमाडौं । प्राधिकरणलाई सस्तोमा मूल्य तिरेर घरमा बस्नेसँग दोब्बर मूल्य असुल गर्ने घरबेटीलाई अब नेपाल विद्यूत प्राधिकरणले कारवाही गर्ने भएको छ । घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने भन्दै अब उजुरीका आधारमा कारवाहीको चेतावनी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरे । पछिल्लो समय आफ्नो… Continue reading काठमाडौंका घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने

एप्पलले सार्वजनिक गर्यो आइफोन ११

क्यालिफोर्निया । आइफोन पारखीलाई अब नयाँ सिरिज सार्वजनिक भएको छ । मंगलबार राती नयाँ सिरिजको आइफोन सार्वजनिक गरेको हो एप्पलले आइफोन ११ प्रो र प्रो म्याक्सको पनि लन्च गर्यो । आइफोन ११ को विभिन्न सिरिजको मूल्य अनुसार आइफोन ११ ६ सय ९९ डलरदेखि शुरु हुने भएको छ । आइफोन ११ प्रोको मूल्य भने ९ सय… Continue reading एप्पलले सार्वजनिक गर्यो आइफोन ११

अलिबाबाका अध्यक्ष ज्याक माले छाडे कम्पनी

बेङजिङ । चिनियाँ इ कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माले कम्पनीको जिम्मेवारी छाडेका छन् । करीव १ वर्ष अगाडी नै राजिनामाको घोषणा गरेका उनले ५५ वर्षको उमेरमा संस्थाको अध्यक्षबाट राजिनामा गरेका हुन् । उनले मंगलबार राजिनामाको घोषणा गरे । २० वर्ष अगाडी कम्पनी स्थापना गरेका उनले छोटो समयमै यति धेरै उचाईमा पुर्याएकी आज उनीसँग ३९… Continue reading अलिबाबाका अध्यक्ष ज्याक माले छाडे कम्पनी

पेट्रोलियम पाइपलाइन उद्घाटन दुई प्रधानमन्त्रीबाट, के भने मोदी र ओलीले ?

काठमाडौं । दक्षिण एसियाकै पहिलो ट्रान्स बोर्डर पेट्रोलियम पाइपलाइन मंगलबारबाट औपचारिक रुपमा संचालनमा आएको छ । चिनियाँ विदेशमन्त्रीबाट सोमबार मात्रै नेपालसँग सम्झौता भई ३५ करोडको अस्पताल बनाउने भन्ने खबरको आलोचना भइरहेको बेला भारतले एक ठूलो र रणनीतिक महत्वको परियोजना नेपाललाई सुम्पेर फेरी एक पटक नेपालीको मन जित्ने कोसिस गरेको छ । मंगलबार सिंहरबारस्थित प्रधानमन्त्री कार्यालयको… Continue reading पेट्रोलियम पाइपलाइन उद्घाटन दुई प्रधानमन्त्रीबाट, के भने मोदी र ओलीले ?

मंगलबारदेखि पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ

काठमाडौं । मंगलबारबाट नेपालमा पाइपलाइनबाट औपचारिक रुपमा पेट्रोलियम पदार्थ आयात शुरु हुँदैछ । नेपाल तथा भारतका प्रधानमन्त्रीले मंगलबार आआफ्नो मुलुकबाट पाइपलाइनको उद्घाटन गर्दैछन् । नेपाल र भारतको रणनीतिक महत्व बोकेको यो पाइपलाइन निर्माण भएसँगै अब ढुवानी खर्चमा हुँदै आएको अर्बौं रुपैयाँ बचत हुने भएको छ । उद्घाटनको तयारी पुरा भएको नेपाल आयल निगमले जानकारी दिएको… Continue reading मंगलबारदेखि पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ

आजबाट काठमाडौंमा विद्यूतीय बस

काठमाडौं । काठमाडौंको सडकमा सोमबारदेखि सार्वजनिक बस संचालनमा आउँदैछन् । निजी लगानीको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा बसबाट विद्यूतीय सार्वजनिक सवारीको यूग प्रारम्भ गर्दैछ । यसअघि नेपालमा करीव ३० वर्षभन्दा लामो समय चलेको ट्रलीबसले विद्यूतिय सवारीको रुपमा काठमाडौंको पहिचान स्थापित गराएको थियो । नेतृत्वको हेला भएपछि ट्रली बस बन्द हुन पुगेको थियो । ट्रली… Continue reading आजबाट काठमाडौंमा विद्यूतीय बस

भारतीय चन्द्रयान-२ सम्पर्कबिहिन

भारतले शनिबार बिहान प्रक्षेपण गरेको चन्द्रयान-२ सम्पर्कबिहिन भएको छ । भारतले निकै महत्व दिएको यो यान अन्तरिक्ष अभियानको महत्वपूर्ण पाटो थियो । तर, यान चन्द्रमामा अवतरण गर्नु अगाडी नै सम्पर्कविहिन भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी यानसँग पुनः सम्पर्क स्थापित गर्ने कोसिस भने जारी राखिएको छ । यान प्रक्षेपण प्रत्यक्ष रुपमा अवलोकन गर्न… Continue reading भारतीय चन्द्रयान-२ सम्पर्कबिहिन

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेयर बेल्ट जडान

काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मीनलमा कन्भेयर बेल्ट जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार एक कार्यक्रमका बीच बेल्ट संचालनको शूभारम्भ गरे । आन्तरिक टर्मिनलमा पहिलो पटक कन्भेयर बेल्ट जडान गरिएको हो । यसअघि बेल्ट नहुँदा ब्याग लिन यात्रुले तछाडमछाड गर्नुपर्ने बाध्यता रहेको थियो । विमानस्थललाई आधुनिक सुविधा सम्पन्न… Continue reading त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेयर बेल्ट जडान

बुद्धिजीवीले जति उचालेपनि निजगढमै बन्छ विमानस्थल : पर्यटन मन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुद्धिजीवीले निजगढमा वातावरणको विषय जति उचालेपनि विमानस्थल बनिछाड्ने बताएका छन् । विमानस्थलको निर्माणबारे सरकारले अतिकती कदम चाल्नासाथ बुद्धिजिवीहरुका अनेक तर्क आउने भन्दै उनले सबैका कुरा सुन्न आफू तयार रहेको तर, विमानस्थल नबनाउने या स्थान सार्ने भन्ने विषयमा भने थप वहसको औचित्य नरहेको उनको स्पषेक्ती थियो… Continue reading बुद्धिजीवीले जति उचालेपनि निजगढमै बन्छ विमानस्थल : पर्यटन मन्त्री

एटीएमबाट एक दिनमा ६० हजार मात्र

काठमाडौं । अब एटिएम कार्डबाट दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकहरुलाई एक परिपत्र जारी गरेको छ । जसमा दैनिक एटीएमबाट निकाल्न पाइने रकमको सीमा घटाइएको हो । यसअघि दैनिक १ लाख रुपैयाँसम्म एटीएमबाट निकाल्न सकिने व्यवस्था रहेको थियो । एक पटक कार्ड छिराएपछि अब २० हजार… Continue reading एटीएमबाट एक दिनमा ६० हजार मात्र

जब सीता एयरको एक इन्जिन आकासमै फेल भयो….

काठमाडौं । सीता एयरको जहाज एक इन्जिनको भरमा लुक्लादेखि काठमाडौं आइपुगेको छ । सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले ट्वीट गर्दै त्यसको जानकारी गराएका छन् । उनका अनुसार लुक्लाबाट उडेको केही समय भित्रै जहाजको एक इन्जिनले काम गर्न छाडेको थियो । तर चालक दलले जहाजलाई काठमाडौं नै ल्याउने निर्णय गरे । लुक्ला काठमाडौं उडान २५… Continue reading जब सीता एयरको एक इन्जिन आकासमै फेल भयो….

देशभर वर्षाको सम्भावना, सचेत रहन सूचित

फाइल तस्वीर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । खासगरी नदीहरुमा पानीको बहाव बढ्ने र पहाडमा पहिरोको सम्भावना हुने भन्दै मौषम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको हो । महाशाखाद्धारा जारी बुलेटिन अनुसार भारी र सामान्य वर्षाले समेत हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने… Continue reading देशभर वर्षाको सम्भावना, सचेत रहन सूचित

सिंगापुरबाट प्रधानमन्त्रीको दोस्रो भिडियो कन्फ्रेन्स

काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालमा रहेका मन्त्रीहरुबीच भिडियो कन्फ्रेन्समा कुराकानी भएको छ । प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएपछि दोस्रो पटक यस्तो कुराकानी भएको हो । पहिलो पटक भएको भिडियो कन्फ्रेन्स निकै विवादित बन्न पुगेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भिडियो कन्फ्रेन्सलाई मन्त्रीपरिषद् बैठक भनि टुइट गरेपछि त्यस बैठकको बैधानिकता… Continue reading सिंगापुरबाट प्रधानमन्त्रीको दोस्रो भिडियो कन्फ्रेन्स

चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । शनिवार बेलुका काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट एकैपटक ४ करोड रुपैयाँ निकालियो । सामान्य अवस्थाभन्दा बढी रकमको चाप एटीएम सिस्टममा भएपछि बैंकका कर्मचारीलाई त्यसले सशंकीत बनायोे । त्यसको खबर बैंकका कर्मचारीले प्रहरीलाई दिए । त्यसपछि प्रहरीले खोजी थाल्यो । दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि प्रहरी… Continue reading चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ

पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै

काठमाडौं । सरकारले अब पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने सन्ध्याआरती प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले तयारी थालिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यूट्यूवबाट पशुपति क्षेत्रको सन्ध्या आरती प्रत्यक्ष प्रसारण हुनेछ । यहाँ संयौं भक्तजनको उपस्थितिम साँझ ६ बजेपछि ८ बजेसम्म सन्ध्याआरती… Continue reading पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै

नेपालमै रेल चलाउने तयारी, पाँच डिब्बायुक्त रेल गुड्ने

काठमाडौं । सरकारले नेपाल भित्रै रेल चलाउने तयारी गरिरहेको छ । भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया अगाडी बढाएको सरकारले उक्त प्रक्रिया टुंग्याउन लागेको हो । नेपालले भारतसँग खरीद गरेको रेल दुई महिना भित्रै नेपाल ल्याउने तयारी छ । डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिमा चल्ने एक सेट रेल पाँच डिब्बावाला रहने विभागको भनाई छ… Continue reading नेपालमै रेल चलाउने तयारी, पाँच डिब्बायुक्त रेल गुड्ने

हिमालयन टू रुट कार्यान्वयनमा म्यानमार सकारात्मक

काठमाडौं । नेपाल र म्यानमारबीच हिमालयन टू रुट टुंगोमा पुर्याउने सहमति भएको छ । दुवै मुलुक निकट भविश्यमै यस सम्बन्धमा छलफल गरी रुट कार्यान्वयनमा लैजाने सम्बन्धमा सहमत भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र म्यानमारको हवाई नियामक निकायका प्रमुखबीचको बैठकमा उक्त सहमति भएको प्राधिकरणले उल्लेख गरेको छ । यो रुट नेपाली आकासलाई पूर्वमेची देखि… Continue reading हिमालयन टू रुट कार्यान्वयनमा म्यानमार सकारात्मक

सिम्रिकका जहाज उडाउन रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको जहाजहरु ग्राउण्डेड गराइदिएको छ । कम्पनीले जहाजमा प्रयोग गरेका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणबाट जोखमपूर्ण रहेको भन्दै प्राधिकरणले उक्त कम्पनीले तत्काल जहाज उडाउन नपाउने गरी रोक लगाएको छ । ४ वटा जहाज रहेको यस कम्पनीले काठमाडौंबाट पोखरा, भैरहवा, सिमरालगायत गन्तब्यमा उडान गर्दै आएको थियो । एक प्रकारको जहाजमा… Continue reading सिम्रिकका जहाज उडाउन रोक

काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंका मूख्मूख्य चोकमा होभरहेड ब्रिज निर्माणको योजना सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले ट्राफिक जाम हुने खास खास चोकमा ‘ओभरहेड ब्रिज’ निर्माणको योजना अगाडी बढेको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चाबहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड… Continue reading काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?

अब धमाधम बन्नेछन् चार्जिङ स्टेशन, आकर्षण बिद्युतिय सवारीमा

काठमाडौं । सरकारले विद्यूतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै मुलुकभित्र अब पूर्वाधार विकासले गति लिने भएको छ । सरकारले चालु आर्थिक वर्षभित्र मात्र करी डेढ दर्जन स्थानमा चार्जिङ स्टेशन स्थापनाको लक्ष्य सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयक कार्ययोजनामा १ वर्ष भित्र २० स्थानमा चार्जिङ स्टेशन निर्माणको लक्ष्य राखिएको छ । सरकारले… Continue reading अब धमाधम बन्नेछन् चार्जिङ स्टेशन, आकर्षण बिद्युतिय सवारीमा

अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने

ललितपुर । ललितपुर महानगरपालिकाले ब्रुमर किनेको छ । सडक धुलो सफा गर्न किनिएका दुई अत्याधुनिक ब्रुमर संचालनमा आएको महानगरपालिकाले जानकारी दिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २ वटा ब्रुमर सञ्चालनमा आएको जानकारी दिए । महानगरपालिकाले यी दुई ब्रुमरका लागि ४ करोड रुपैयाँ खर्च गरेको छ । सोहीअवसरमा महानगरका… Continue reading अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने

पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

काठमाडौं । नेपालमा सरकारी अस्पतालको छवि राम्रो छैन । सरकारी अस्पताल भन्नासाथ धेरै भीड, भद्रगोल व्यवस्था र अस्तव्यस्तताको प्रतिक मानिन्छन् । तर, नेपालमै एक यस्तो सरकारी अस्पताल छ, जसले आफ्नो सेवालाई क्रमशः डिजिटल बनाउँदै लगेको छ । नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अब अनलाइनबाटै टिकट बुक गर्न सकिने सुविधा शुरु भएको छ । अस्पतालको ओपिडी टिकट… Continue reading पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

भिषण आगोमा डढे सुविसुका उपकरण

काठमाडौं । सुविसु केवुल नेटवर्कको केन्द्रिय कार्यालय बालुवाटारमा भिषण आगलागी भएको छ । बुधबार दिउँसो लागेको आगो करीव १ घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको थियो । सुविसु इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक कम्पनी हो । सुविसुको मुख्य सर्भर रहेकै भवनमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । जेनेरेटर चलाउन राखिएको इन्धन भण्डारण क्षेत्रबाट आगोलागी… Continue reading भिषण आगोमा डढे सुविसुका उपकरण

पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र जथाभावी खुलेका पेट्रोलपम्पलाई व्यवस्थित बनाइने भएको छ । मापदण्ड बीना नयाँ पेट्रोलपम्प खोल्न नदिने र भएका पेट्रोलपम्पले पनि व्यवस्थित संचालनको वातावरण बनाउनु पर्ने निर्णय महानगरपालिकाले गरेको छ । महानगरपालिकाका अनुसार अब महानगर भित्र सडक किनारमा बीना मापदण्ड कुनै पनि पेट्रोलपम्प खोल्न अनुमति दिइने छैन । खासगरी सडक किनारमै पेट्रोलपम्प खुल्दा… Continue reading पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

कहिले आउँछ टिकटकको स्मार्टफोन ?

अब टिकटक आफैले स्मार्ट फोन निर्माण गर्ने भएको छ । भिडियो सेयरिङ एप टिकटक विश्वव्यापी रुपमा सफल भइरहेको छ । अब उसले आफ्नो सेवा बिस्तार गर्दै व्यवसायमा प्रवेशको योजना बनाएको हो । तथ्यांक अनुसार टिकटकका विश्वभर ५० करोडभन्दा प्रयोगकर्ता पुगिसकेका छन् । टिकटक विकास गरेको बाइटडान्स अब स्मार्टफोन निर्माण गरी व्यवसाय बिस्तारमा जुटेको हो ।… Continue reading कहिले आउँछ टिकटकको स्मार्टफोन ?