बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन (बागलुङ), १ असार : काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन् । यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ… Continue reading बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, १ असारः सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन… Continue reading अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित लिटल बुद्धको स्वर्ण मूर्ति र पृष्ठभूमिमा देखिएको मायादेवीे मन्दिर । बुद्ध जन्मस्थलको गरिमा र शान्तिको सन्देश प्रवाह गर्ने यो क्षेत्र विश्वभरिका बौद्ध धर्मावलम्बी एवं पर्यटकका लागि मुख्य गन्तव्य रहँदै आएको छ । तस्बिरः राधेश्याम विश्वकर्मा/रासस

लुम्बिनी, १ असार । विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छ । उक्त अभियानसँग जोडिएको ‘आलोका’ कुकुरसहितको टोली बुद्धको जन्मस्थल लुम्बिनी आएको हो । उक्त पैदलयात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा १८ जना भिक्षु र… Continue reading अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा

कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै

सिमकोट (हुम्ला), ३१ जेठः पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शनका लागि यात्रा गर्ने पर्यटकको सङ्ख्या तीन हजार ७०० भन्दा बढी पुगेको छ । यस वर्षको कैलाश मानसरोवरको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेपछि सङ्ख्या बढ्दै गएको हो । हालसम्म तीन… Continue reading कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ, ३१ जेठः लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने पदमार्ग घिमेठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निःशुल्क भोजन र आवासको प्रबन्ध मिलाइएको हो । दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको क्षेत्रअधिकारभित्र… Continue reading दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ (चीन), ३० जेठः चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन् । त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा यहाँस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा आरोहीहरु सम्मानित भएको नेपाली दूतावासले जनाएको छ । पूर्वउपसभामुख इन्दिरा राना मगर… Continue reading नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

कञ्चनपुर, २९ जेठः थारू समुदायको पीडा, सङ्घर्ष र मुक्तिको इतिहासलाई जीवन्त बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित विजयसाल सामुदायिक घरबास ९होमस्टे०मा पञ्चधातुको मूर्ति स्थापना गरिने भएको छ । मुक्त कमैया महिलाको जीवन सङ्घर्ष झल्किने मूर्तिले थारू समुदायका मुक्त कमैया समुदायको इतिहास संरक्षणसँगै पर्यटक आकर्षण बढाउने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको… Continue reading विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला

पोखरा, २८ जेठः संयुक्त अरब इमिरेट्स (युएई)को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएकोे छ । नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तरराष्ट्रिय उडान सुनिश्चित भएको हो । दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले उक्त मितिदेखि… Continue reading पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

बेनी (म्याग्दी), २८ जेठः जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (आठ हजार १६७ मिटर) को पूर्वी मोहोडासम्म फैलिएको यहाँको… Continue reading प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

कृष्ण अधिकारी र अच्युत रेग्मी–राससकाठमाडौँ, २७ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् । स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उनलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल… Continue reading सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

वसन्त ऋतुको हिमाल सम्पन्न, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ, २७ जेठः सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम सम्पन्न भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै… Continue reading वसन्त ऋतुको हिमाल सम्पन्न, एक अर्ब २६ करोड राजस्व सङ्कलन

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा, २७ जेठः पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही जेठ २७ देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ । बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने साथै तालको महत्वबारे उजागार गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवाराज बाँस्तोलाले बताए ।… Continue reading बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा–दुबई हवाई उडान गर्न फ्लाई दुबईलाई अनुमति

राम थापा/रासस गण्डकी, २७ जेठः फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३… Continue reading पोखरा–दुबई हवाई उडान गर्न फ्लाई दुबईलाई अनुमति

मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

टक्सार (भोजपुर), २५ जेठः ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ अन्तर्गत भएको दौडमा खुला पुरुषतर्फ प्रताप थामसुहाङ र महिलातर्फ पुष्पा शेर्मा प्रथम भएका छन् । अठार किलोमिटरको दौडमा एक घण्टा ५९ मिनेट १९ सेकेण्डमा दूरी पार गर्दै प्रताप र दुई घण्टा ३३ मिनेट १४ सेकेण्डमा दूरी पार गर्दै पुष्पा प्रथम भइन् । रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस… Continue reading मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

ललितपुर, २५ जेठः जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो ।… Continue reading फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ व्यवस्थापन जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’लाई

काठमाडौँ, २५ जेठः शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ । सोल्टी होटल्स एण्ड रिसोर्टसले आफ्नो आतिथ्य सेवा सञ्जाल विस्तार गर्नेक्रममा निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडका स्वामित्वमा रहेको पाँचतारेस्तरको ‘लक्जरी रिसोर्ट’को व्यवस्थापनको जिम्मेवारी लिएसँगै ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुन लागेको हो… Continue reading शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ व्यवस्थापन जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’लाई

पर्यटन बोर्डद्वारा सुनापति–शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन

२५ जेठ, काठमाडौं । रामेछाप । रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ पर्यटकीय पदमार्ग (ट्रेल) विकासको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको चारदिने स्थलगत अध्ययनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ । आन्तरिक तथा… Continue reading पर्यटन बोर्डद्वारा सुनापति–शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन

कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

मलेखु (धादिङ), २४ जेठः धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो दह जाने कठिन बाटोमा पदमार्ग निर्माण गरिएको छ ।भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । कालो र सेतो दह हुँदै नेपाल–चीन सिमाना नजिकको हर्ची पाससम्मको रुबीभ्याली गाउँपालिका–१ लिङ्जो गाउँका बासिन्दाले २१ दिनसम्म श्रमदान गरेर बाबिल… Continue reading कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

सिमकोट (हुम्ला), २४ जेठः हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका… Continue reading तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

सडक सञ्जालमा जोडियो अपि

दार्चुला, २३ जेठः अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ,… Continue reading सडक सञ्जालमा जोडियो अपि

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

File तस्बिरः सुशीलबाबु थकाली / रासस

मुस्ताङ, २१ जेठः यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा–जोमसोम नियमित हवाई सेवा उडान करिव तीन महिनाका लागि बन्द गरेको जनाएका छन् । बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा–जोमसोम नियमित… Continue reading पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

अन्नपूर्ण आरोहण दिवसः गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको दिन

rss

विष्णु नेपाल र वासुदेव पौडेल–राससगण्डकी, २० जेठः विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ । गण्डकीलाई विश्वव्यापी रूपमा पहिचान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उक्त हिमालको आरोहण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।… Continue reading अन्नपूर्ण आरोहण दिवसः गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको दिन

नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

Archaeological workers wearing hard hats dig 4 meters (13 feet) underground during excavations outside Notre-Dame Cathedral in Paris, Monday, June 1, 2026. (AP Photo/Nicolas Garriga)

पेरिस, २० जेठ (रासस–एपी) । नोट्रे डेम क्याथेड्रल पुनः खुलिसकेपछि हजारौँ पर्यटकहरू यसको टावर, गार्गोयल र वास्तुकलाको आकर्षण हेर्न लामबद्ध छन् । तर उनीहरू उभिएको जमिनको केही मिटर तल भने पुरातत्त्वविद्हरूले अर्को संसार उजागर गरिरहेका छन्—रोमनकालीन पेरिसदेखि मध्ययुगीन बस्ती हुँदै करिब एक हजार ७०० वर्षभन्दा बढी समयको तहगत इतिहास । फ्रान्सेली सञ्चारमाध्यमले यसलाई ‘शताब्दीको ऐतिहासिक… Continue reading नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की, २० जेठः विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गरेका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो… Continue reading पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

गण्डकी प्रदेश सरकारको योजना : ‘पहिला घरदेशः अनि परदेश’– ‘लेक टू लेक’

गण्डकी, २० जेठः गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मङ्गलबार गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०८३\८४ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । सरकारले ‘एक जिल्लाः… Continue reading गण्डकी प्रदेश सरकारको योजना : ‘पहिला घरदेशः अनि परदेश’– ‘लेक टू लेक’

अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

राससम्याग्दी, २० जेठ । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो यस… Continue reading अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

मौरिस हर्जोग दौड प्रतियोगितामा २० धावक सहभागी

म्याग्दी, १९ जेठ । पहिलो पटक आठ हजार मिटर अग्लो हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविर देखि नारच्याङ गाउँसम्म आयोजना गरिएको मौरिस हर्जोग दौड प्रतियोगितामा २० जना धावकले सहभागिता जनाएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालयले आयोजना गरेको खुला महिला पुरुष दोस्रो मौरीस हर्जोग दौड… Continue reading मौरिस हर्जोग दौड प्रतियोगितामा २० धावक सहभागी

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

काठमाडौँ, १९ जेठः नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन… Continue reading हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

म्याग्दी, १७ जेठः म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग–तातोपानी र मुस्ताङका सबै पर्यटकीयस्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन् । म्याग्दीको गलेश्वर, भुरुङ्ग–तातोपानी, रुप्से, महभिर झरना र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको छ । गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा… Continue reading म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

मुस्ताङमा यस वर्ष लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

File तस्बिर : सुन्दरकुमार थकाली/रासस

मुस्ताङ, १७ जेठः पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका… Continue reading मुस्ताङमा यस वर्ष लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु