आइतबार अमेरिकाले नेपालबाट थप नागरिक फिर्ता लैजाँदै, अन्य कुन देशले गर्दैछन् चार्टर्ड उडान ?

काठमाडौं । अमेरिकाले आइतबार नेपालमा दोस्रो चार्टर्ड उडान गर्ने भएको छ । कतार एयरवेजको जहाजबाट अमेरिकाले नेपालमा छूटफूट अन्य नागरिकलाई समेत स्वदेश फर्काउन लागेको हो । अमेरिकी नागरिकले घर फिर्तीको चाहना राखेपछि जहाज चार्टर्ड गरेको हो । अमेरिका सरकारले व्यक्ति आफैले टिकट काट्नुपर्ने प्रावधानसहित नेपालमा रहेका नागरिकलाई घर फकाउन सहजिकरण गरिरहेको छ । त्यसो त… Continue reading आइतबार अमेरिकाले नेपालबाट थप नागरिक फिर्ता लैजाँदै, अन्य कुन देशले गर्दैछन् चार्टर्ड उडान ?

नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक

काठमाडौं । यूरोपेली मुलुक नेदरल्याण्ड्सले समेत नेपालबाट आफ्ना १२२ जना नागरिकलाई फिर्ता लगेको छ । नेपालमा लकडाउनको अवधी एक साता र अन्तर्राष्ट्रिय उडान १५ दिन बन्द भएपछि यूरोपेली अधिकांश मुलुकले नेपाल भ्रमणमा आएका आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् । सोही क्रममा नेदरल्याण्ड्सले नेपालबाट मलेसिया एयरलाइन्सको जहाजबाट आफ्ना नागरिक फिर्ता गरेको हो । यसअघि बुधबार अष्ट्रेलियाले… Continue reading नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक

आज नेपाल एयरलाइन्स अष्ट्रेलिया उड्दै

काठमाडौं । नेपाल एयरलाइन्स आज इतिहासमै पहिलो पटक अष्ट्रेलिया पुग्दैछ । नेपालबाट साँझ २६४ यात्रु बोकेर अष्ट्रलिया उड्ने नेपाल एयरलाइन्सको जहाज ब्रिस्बेनमा जान लागेको हो । यसअघि यो जहाज सिड्नी जाने तयारी थियो । तर, ब्रिस्बेनमा धेरै यात्रु भएपछि गन्तब्य परिवर्तन गरिएको हो । अष्ट्रेलियाको आकासमा नेपाल एयरलाइन्स पहिलो पटक पुग्न लागेको हो । यसले… Continue reading आज नेपाल एयरलाइन्स अष्ट्रेलिया उड्दै

भ्रमण वर्ष रोकियो, १ बैशाखबाट सचिवालय विघटन

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा स्थगन गरेको छ । मंगलबार पर्यटन सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्ष स्थगित भएको जानकारी गराएका हुन् । सरकारले यसअघि अप्रिलसम्म मात्र यो कार्यक्रम स्थगित गरेको थियो । अब भने औपचारिक रुपमा स्थगित भएको सचिव अधिकारीले जनाएका छन् । उनका अनुसार सरकारले ९ चैतमा भ्रमण वर्ष स्थगित… Continue reading भ्रमण वर्ष रोकियो, १ बैशाखबाट सचिवालय विघटन

३ सय बढी अमेरिकी नागरिक बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज

काठमाडौं । नेपालमा रहेका अमेरिकी नागरिक फिर्ता भएका छन् । मंगलबार साढे १ बजे त्रिभुवन विमानस्थबाट ३ सय २ जना अमेरिकी नागरिकलाई बोकेर कतार एयरवेजको जहाज कतारतर्फ उडेको हो । यो जहाज दोहामा इन्धन भरेर डल्लासतर्फ लाग्नेछ । सोमबार दिनभर देशभर रहेका अमेरिकी नागरिकलाई काठमाडौंमा जम्मा पारिएको थियो । उनीहरु आज सबै प्रक्रिया पुरा गरी… Continue reading ३ सय बढी अमेरिकी नागरिक बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज

नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजबाट फिर्ता लगिँदै

काठमाडौं । नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लगिने भएको छ । अमेरिकी दूतावासका अनुसार मंगलबार कतार एयरवेजको जहाज अमेरिकी नागरिकलाई लैजान नेपाल आउने निश्चित भएको हो । पदयात्रा तथा अन्य प्रयोजनमा नेपालमा रहेका अमेरिकी पर्यटक फिर्ता जान सक्ने भएका छन् । दूतावासले अहिले धमाधम घर फर्कन चाहने नागरिकबाट फारम भराइरहेको छ । यसअघि यूरोपेली यूनियनका… Continue reading नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजबाट फिर्ता लगिँदै

१५ अप्रिलसम्म अन्तराष्ट्रिय उडान बन्द

काठमाडौं । सरकारले अन्तराष्ट्रिय उडान १५ अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि १ अप्रिलसम्म मात्र स्थगन भएको हवाई उडान कोरोनाको जोखिम भित्रन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप दुई साता लम्ब्याउने निर्णय भएको हो । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले लकडाउनको अवधि थप्ने सिफारिस समेत… Continue reading १५ अप्रिलसम्म अन्तराष्ट्रिय उडान बन्द

नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

काठमाडौं । नेपालबाट कतार एयरवेजले एकै दिन ६ सय भन्दा बढी यूरोपेली नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । नेपालस्थित सम्बन्धित मुलुकका दूतावासको पहलमा यूरोपका नागरिकलाई उनीहरुको घर फर्काइएको हो । शनिबार कतार एयरवेजका दुई वटा विमानले नेपालमा पदयात्रामा आएका नागरिकलाई फिर्ता लगेको हो । शनिबार बिहान एक घण्टाको फरकमा दुई वाइडबडी जहाज उडेका थिए ।… Continue reading नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो

नेपालगन्ज । नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दूर्घटनाबाट बचेको छ । शनिबार कोरोना परिक्षणका लागि संकलित स्वाब लिनका लागि नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगन्ज गएको थियो । जहाज अवतरणका क्रममा धावनमार्गमा अन्डरसूट भएको हो । जसले गर्दा जहाज धावनमार्ग छाडेर घाँसै मैदानतर्फ लागेको थियो । शनिबार मध्य र सुदुरपश्चिम भेगमा संकलन गरिएका… Continue reading नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो

विदेशबाट फर्किएका नागरिकको विवरण संकलन थाल्दै स्थानीय सरकार

काठमाडौं । देशभर विदेशबाट फर्किएका नागरिकको विवरण संकलन शुरु भएको छ । यसमा स्थानीय प्रशासनले सक्रियता लिएका छन् । काठमाडौं महानगरपालिकाले हालै विदेशबाट फर्किएका सबै नागरिकको विवरण संकलन शुरु गरिएको बताएको छ । उपत्यका बाहिर पनि हरेक जसो स्थानीय तहले विदेशबाट फर्किएका नागरिकको विवरण खोजिरहेका छन् । नेपालमा विदेशबाट फर्किएका दुई जनामा कोरोना संक्रमण देखिएको… Continue reading विदेशबाट फर्किएका नागरिकको विवरण संकलन थाल्दै स्थानीय सरकार

जर्मनी र फ्रान्सले जहाज चार्टर्ड गरी नेपालबाट आफ्ना नागरिक लैजाने

काठमाडौं । जर्मनी र फ्रान्सले नेपालबाट आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी लैजाने भएका छन् । जर्मनीले शुक्रबार र शनिबार कतार एयरवेजको जहाज चार्टर्ड गरी नेपालमा फसेका पर्यटक लैजान लागेको हो । फ्रान्सले पनि चार्टर्ड जहाज ल्याउने तयारी गरिएको छ । सोहीकारण बिहीबार पोखरा तथा लुक्लामा रहेका विदेशी नागरिकलाई धमाधम काठमाडौं ल्याइयो । पोखराबाट करीव १… Continue reading जर्मनी र फ्रान्सले जहाज चार्टर्ड गरी नेपालबाट आफ्ना नागरिक लैजाने

लकडाउनपछि विभिन्न स्थानमा पुगेका पर्यटक अलपत्र

काठमाडौं । नेपालले मंगलबारबाट लकडाउन घोषणा गरेको छ । यससँगै देश अहिले ठप्प बनेको छ । यातायात तथा अन्य सेवा बन्द भएका छन् । यसको मारमा विभिन्न स्थानमा पुगेका पर्यटक समेत परेका छन् । लुक्लामा ११९ पर्यटक अलपत्र परेको त्यहाँबाट नेपाली गाइड रमेश तामांगले जानकारी दिएका छन् । उनका अनुसार सगरमाथा पदयात्रा मार्गमा पदयात्रमा निस्किएका… Continue reading लकडाउनपछि विभिन्न स्थानमा पुगेका पर्यटक अलपत्र

कतार एयरवेज चढेर आएकी थिइन् कोरोना प्रभावित युवती

काठमाडौं । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवती कतार एयरवेज चढेर नेपाल आएको खुलेको छ । नेपाल पर्यटन बोर्डले यसको पुष्टी गरेको हो । कतार एयरवेजबाट चैत ४ (१७ मार्च)मा कूल ४६४ यात्रु नेपाल आएका थिए । कतार एयरवेजले त्यस दिन तीन उडान गरेको थियो । त्यसमध्ये एक उडानमा उनी थिइन् । यद्दपी सरकारी निकायले… Continue reading कतार एयरवेज चढेर आएकी थिइन् कोरोना प्रभावित युवती

आजबाट अन्तराष्ट्रिय उडान बन्द

काठमाडौं । नेपाल आउने अन्तराष्ट्रिय वायुसेवा कम्पनीको उडान आजबाट बन्द हुँदैछ । सरकारले विदेशी यात्रुको आवतजावत रोक्ने उद्देश्यले आजबाट अन्तराष्ट्रिय उडान तथा अवतरण रोक्ने निर्णय गरेको छ । यसको कार्यान्वयन आजबाट हुने भएको छ । नेपालमा २९ कम्पनीका ६५ भन्दा बढी उडान अवतरण हुने गरेका थिए । संसारका १८५ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएसँगै… Continue reading आजबाट अन्तराष्ट्रिय उडान बन्द

प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

काठमाडौं । सरकारले अनअराइभल भिषा रोकेको छ । यूरोपसहित ६६ देशबाट आजका दिनसम्म नेपाल भित्रन नपाउने नियम छ । तर, आइतबार रातीसम्म प्रतिवन्धित मुलुकबाट वायुसेवा कम्पनीले यात्रु ल्याउन भने छाडेनन् । आइतबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंगापुरबाट सिल्क एयरले आकस्मिक अवतरण गर्यो । इन्धन सकिएको बाहनामा अवतरण गरेको जहाजमा ८५ जना यात्रु रहेको पाइएको छ… Continue reading प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

File

काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले काठमाडौं उपत्यका छाड्ने क्रम तिब्र भएको छ । पछिल्लो तीन दिनयता मात्र करीव ३ लाख मानिसले सडक मार्ग हुँदै काठमाडौं छाडेको प्रहरीका तथ्यांक छ । आकासमा पनि उत्तिकै चाप छ । बिहीबारबाटै जहाजहरु पूर्ण क्षमतामा उडिरहेका छन् । शुक्रबार र शनिबारसम्म पनि जहाजमा उत्तिकै भीड छ । काठमाडौं छाड्नेको… Continue reading कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

काठमाडौं । अब सरकारले नेपाल र विदेशबीच हवाई सम्पर्क टुटाउने भएको छ । ९ चैतबाट १८ चैतसम्म नेपाल भित्रने सबै वायुसेवा कम्पनीको उडान रद्द गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । उनका अनुसार सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । यस सम्बन्धमा… Continue reading ९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

यातायातका साधनलाई रुट परमिट खुला

A new Greyhound bus, which features leather seats, extra legroom, Wi-Fi, power outlets, three-point seat belts, on-board restroom and wheelchair lift.

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमणको डरले चैत महिनाभर स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेको छ । यसले काठमाडौं तथा शहरी इलाका छाडी ग्रामिण भेगमा फर्कने यात्रुको चाप बढ्न सक्ने आंकलन गर्दै सरकारले रुट परमिट खुला गरेको हो । यससँगै… Continue reading यातायातका साधनलाई रुट परमिट खुला

आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड

काठमाडौं । आन्तरिक उडानमा वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसा घटाएपछि कम्पनीहरुले समेत हवाई भाडा कम गरेका हुन् । घटेको भाडा शुक्रबारदेखि लागु हुनेछ । वायुसेवा कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँसम्म हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी… Continue reading आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड

नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईबाट नियमित उडान बन्द गरेको छ । कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउन सरकारले जापान र यूएईसहित ६६ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । सरकारले शुक्रबार राती बाट लागु हुने गरी ती मुलुकका नागरिक, त्यहास्थित नेपाली नागरिक र गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकेको छ । यी… Continue reading नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

यूरोप, जापान, कोरिया र खाडीबाट नेपालीलाई घर फर्कन रोक

काठमाडौं । सरकारले कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन यात्रुलाई रोकेको छ । यससँगै अब ती मुलुकमा रहेका नेपाली नागरिकसमेत आफ्नो मातृभूमि फर्कन पाउने छैनन् । सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भन्दै युरोप, खाडी राष्ट्र इरान, मलेसिया तथा दक्षिण कोरिया र जापानबाट मानिसहरुलाई नेपाल आउन रोकिएको छ । यूरोपका सबै मुलुकका नागरिक अब नेपाल आउन… Continue reading यूरोप, जापान, कोरिया र खाडीबाट नेपालीलाई घर फर्कन रोक

कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन

काठमाडौं । सरकारले यूरोप, मध्य एसिया र खाडी क्षेत्रका नागरिकलाई नेपाल आउन प्रतिवन्ध लगाउँदै करीव लकडाउन घोषणा गरेको छ । यसअघि अनअराइभल भिसा मात्र रोकिएकोमा अब यी मुलुक र यी मुलकमा ट्रान्जिट भएर आउने संसारकका सबै मुलुकका नागरिकले अब नेपालमा प्रवेश पाउने छैनन् । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले… Continue reading कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन

नेपाल एयरलाइन्सले झिक्यो मलेसिया उडान

काठमाडौं । नेपाल एयरलाइन्सले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेश रोकेको छ । त्यसपछि नेपाल एयरलाइन्सले क्वालालाम्पुरको नियमित उडान रोक्ने निर्णय गरेको हो । क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु… Continue reading नेपाल एयरलाइन्सले झिक्यो मलेसिया उडान

नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने

काठमाडौं । कोरोना भाइरसको संक्रमणको डरले आजबाट नेपाल र भारतको स्थलमार्गमा समेत कडाई शुरु भएको छ । आजबाट नेपाल भारतका प्रमुुख चार नाका बाहेक सबै नाका बन्द गर्ने निर्णय भएको छ । भारतले नेपालसँगका प्रमुख ४ नाका मात्र खोल्ने निर्णय लिएको हो । वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा नाकामात्र खुला… Continue reading नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने

नेपाल एयरलाइन्सद्धारा विदेशी गन्तब्यको तालीका हेरफेर, के के भयो परिवर्तन ?

काठमाडौं । नेपाल एयरलाइन्सले विदेशमा गरिरहेको नियमित उडानको तालीका हेरफेर गरेको छ । कतिपय गन्तब्यको उडान कटौती भएको छ भने कतिपय गन्तब्यको उडान रद्द गरिएको छ । कम्पनीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा निर्धारित उडान कटौती भएको छ । दैनिक दुई उडान भइरहेको यस रुटमा अब आइतबारदेखि मात्र एक उडान दैनिक हुने नेपाल एयरलाइन्सले स्पष्ट… Continue reading नेपाल एयरलाइन्सद्धारा विदेशी गन्तब्यको तालीका हेरफेर, के के भयो परिवर्तन ?

बुद्ध एयरले काठमाडौं बनारस उडान कटौती गर्ने

काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने घोषणा गरेको छ । आइतबारबाट ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने भएको कम्पनीले जानकारी दिएको छ । भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ । तर, यो निर्णयले नेपाली यात्रुलाई भने प्रभाव पार्दैन ।… Continue reading बुद्ध एयरले काठमाडौं बनारस उडान कटौती गर्ने

रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

काठमाडौं । वसन्तु ऋतुका लागि हुने पर्वतारोहणका सबै गतिविधि स्थगित भएका छन् । यसको मतलव अब संसारको चुुचुरो चुम्न आउने हजारौं पर्यटकको सपना यस वर्ष अधुरै रहने भएको हो । यसबाहेक ८ हजार मिटर माथि का हिमाल र साना हिमाल चढ्न समेत पर्यटकको उत्तिकै घुइचो लाग्छ । बसन्तु ऋतु नेपालमा पर्वतारोहणको मूख्य सिजन हो ।… Continue reading रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

नेपालले समेत रोक्ने भयो पर्यटक भिसा

काठमाडौं । सरकारले पर्यटक भिसा रोक्ने भएको छ । बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । तर, कहिलेबाट कहिलेसम्म रोक्ने र कुन मुलुकका नागरिकलाई रोक्ने भन्ने बारेमा भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले निर्णय गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि पहिलो पटक उच्चस्तरीय समन्वय समितिको बैठक… Continue reading नेपालले समेत रोक्ने भयो पर्यटक भिसा

भारतले पर्यटक भिसा बन्द गर्यो

नयाँ दिल्ली । कोरोना भाइरसका कारण संसारभर महामारी फैलिएसँगै भारतले पर्यटक भिसा बन्द गरेको छ । भारतले विशेषज्ञ, कूटनीतिक नियोगका प्रतिनिधि तथा कर्मचारी, यूएन तथा अन्य एजेन्सीमा कार्यक्रम कर्मचारी र प्रतिनिधि, विभिन्न परियोजनामा कार्ययत कर्मचारीबाहेक अन्य सबै प्रकारका भिसा बन्द गर्ने निर्णय गरेको हो । भारत सरकारले १५ अप्रिलसम्म भिसा रद्द गर्ने निर्णय गरेको हो… Continue reading भारतले पर्यटक भिसा बन्द गर्यो

पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा

पोखरा । पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ । चीनबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर मात्र काममा लगाउने नीति अनुसार यसो गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले जनाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा नफैलियोस भन्ने उद्देश्यले चीनबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्नु परेको कार्यालयको… Continue reading पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा