Category: विश्व

  • ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

    ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

    लण्डन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु भएको पुष्टी भएको छ । यो संसारकै पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरेको बेलायती संचारमाध्यमले लेखेका छन् । लण्डनमा खोप केन्द्र भ्रमण गर्दै उनले ओमिक्रोन संक्रमणलाई हल्का ढंगले नलिन समेत चेतावनी दिए । ओमिक्रोन संक्रमणपछि मानिसहरु अस्पताल भर्ना हुने क्रम बढेको भन्दै उनले एक जना बिरामीको मृत्यु भएको बताएका हुन् । उनले नागरिकलाई कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाउन समेत भनेका छन् । स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोन भेरियन्टबाट बेलायतमा २० प्रतिशत संक्रमित रहेको र १० प्रतिशत बिरामी अस्पताल भर्ना भएको जानकारी गराएका छन् । उनका अनुसार ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४४ प्रतिशतले बढेको छ ।

  • भारतकी हरनाज सन्धुले जितिन् मिस यूनिभर्सको उपाधी

    भारतकी हरनाज सन्धुले जितिन् मिस यूनिभर्सको उपाधी

    काठमाडौं । भारतको पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जितेकी छिन् । उनी यस्तो उपाधी जित्ने तेस्री भारतीय युवती बनेकी हुन् । बीबीसीका अनुसार सन्धूले मिस यूनिभर्स २०२१ का उपाधि जितेकी हुन् । सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि जितेकी थिइन् । लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको हो । मिस यूनिभर्स २०२० बनेकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गरिन्। इजरायलमा मिस यूनिभर्सको ७०औँ संस्करण आयोजना गरिएको हो ।

    हरनाज सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएको समाचारमा उल्लेख छ । पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै उनले उपाधी जितिन् । मिस यूनिभर्स बनेपछि सन्धूले ईश्वर, घरपरिवार र मिस इन्डिया सङ्गठनलाई धन्यवाद दिएकी छिन् । प्रतियोगिताको टप थ्री चरणमा सबै प्रतियोगितालाई वर्तमान समयमा दबाव खेपिरहेका युवा महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ? भनेर सोधिएको थियो।

    त्यसको जवाफमा सन्धुले अहिलेका युवामा सबैभन्दा ठूलो दबाव स्वयंमा विश्वास गर्नु भएको भन्दै अरूसँग तुलना गर्न छोड्नुपर्ने तथा विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्नु आवश्यक भएको बताएकी थिइन्। यसभन्दा अघि भारतबाट सन् १९९४ मा सुष्मिता सेन र २००० मा लारा दत्ता मिस यूनिभर्स बनेका हुन् ।

  • युक्रेनमा सैन्य हमला नगर्न रुसलाई बेलायतको चेतावनी

    युक्रेनमा सैन्य हमला नगर्न रुसलाई बेलायतको चेतावनी

    लण्डन । बेलायतले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिएको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले रुसले युक्रेनमाथि हमला गरे उसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएकी हुन् । बीबीसीका अनुसार यो साता लिभरपूलमा हुने जी-सेभेन राष्ट्रका विदेशमन्त्रीको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम चालेमा रणनीतिक गल्ती हुने उक्त बैठकबाट स्पष्ट पारिने बताएकी छन् । ट्रसले यूके र उसका साझेदारहरूले युक्रेनमा रुसी हमला रोक्नु पर्ने बताइरहेका छन् ।


    युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेको छ । यसले तनाव बढेको हो । रुसले भने युक्रेन कब्जाको कुनै योजना नरहेको बताएको छ । अमेरिका र उसका साझेदार देशहरूको पहिलेकै चेतावनी दोहोर्‍याउँदै ब्रिटिश विदेशमन्त्रीले जी-सेभेन युक्रेनका सम्बन्धमा‘ आक्रमकताका विरुद्ध वास्तवमै कडा र बलियो रूपमा उभिन गइरहेको बताएकी छिन् । युक्रेन पूर्व सोभियत गणतन्त्र पनि हो। रुसले चाहिँ युक्रेनलाई उक्साएको आरोप लगाएको छ । उसले पूर्वतर्फ नेटोको विस्तार रोक्नुपर्ने तथा आफ्नो सीमा क्षेत्रमा हतियार र सैन्य उपस्थिति नबढाइने बारे ग्यारेन्टी खोजेको छ।

  • भारतीय सेनाका सर्वोच्च कमाण्डर बिपिन रावतसहित मृतकको गरियो अन्तिम संस्कार

    भारतीय सेनाका सर्वोच्च कमाण्डर बिपिन रावतसहित मृतकको गरियो अन्तिम संस्कार

    नयाँ दिल्ली । भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शुक्रबार अन्तिम संस्कार गरिएको छ । रावत पत्नी मधुलिका रावतको समेत एक साथ अन्त्येष्टी गरिएको छ । दिल्लीस्थित बरार स्क्वायरमा रावत दम्पित्तिका दुई छोरी कृतिका र तारिणी रावतले बुबा तथा आमालाई दागवत्ती दिएका छन् । अंतिम संस्कार सैनिक सम्मानका साथ सम्पन्न भएको छ । सो क्रममा देशका तीन वटै सैन्य संगठनको संयुक्त टुकुडीले१७ तोपको सलामी दिएर आफ्नो सर्वोच्च कमाउण्डरको बिदाई गरेको हो ।

    अन्तिम संस्कारका दौरान सेनाका सबैजसो उच्च अधिकारी त्यहाँ उपस्थित रहे । अन्तिम संस्कार अगाडी उनको शव सरकारी निवासमा राखिएको थियो । जहाँ सर्वसाधारणलाई समेत अन्तिम दर्शनको मौका दिइएको थियो । बुधबार तमिलनाडुको कुन्नूरमा भएको भयानक हेलिकोप्टर दुर्घटनामा बिपिन रावत, उनकी पत्नीसहित १३ जनाको निधन भएको थियो । दुर्घटनामा बचेका एक मात्र व्यक्ति ग्रुप क्याप्टेन वरुण सिंहको उपचार जारी छ ।

  • धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता

    धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता

    काठमाडौं । संसारभर कोरोनाको ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी देशले कोभिड विरुद्धको खोप भण्डारण गरि बजारमा अभाव सिर्जना गर्न सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ। बीबीसीका अनुसार यसले अझै धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित हुन सक्ने सम्भावना समेत बढेको छ । ओमिक्रोन भाइरसबाट जोगिनका लागि कतिपय धनी राष्ट्रहरूले बूस्टर मात्रा सार्वजनिक गर्ने तयारी तीव्र पारेका छन्।


    हालसम्म उपलब्ध कोभिडविरुद्धका खोपहरू नयाँ भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको भन्दै चिन्ता व्यक्त भइरहेका छन्। खोप उत्पादक फाइजर बायोएनटेकले गरेको पछिल्लो अध्ययनमा फाइजर खोपले कोभिडको मुख्य स्ट्रेनको तुलनामा ओमिक्रोनविरुद्ध एन्टिबडी उत्पादन गर्ने पाइएको छ। तर त्यो कमी बुस्टर मात्राले पूर्ति गर्ने बताइएको छ। विश्व स्वास्थ्य सङ्गठनले भने सुरुवाती मात्रा उपलब्ध गराउने कार्य नै प्राथमिकतामा पर्नुपर्ने जनाएको छ।


    डब्ल्यूएचओकी खोप सम्बन्धी निर्देशक केट ओ ब्रायनले धनी राष्ट्रहरूलाई खोप दान गर्ने कार्य जारी राख्न आग्रह गरेकी छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो। अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्‍याएको देखिएको छ।

  • भारतमा अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म प्रतिवन्ध, नेपाली यात्रु समेत प्रभावित हुने

    भारतमा अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म प्रतिवन्ध, नेपाली यात्रु समेत प्रभावित हुने

    काठमाडौं । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टलाई लक्षित गर्दै यात्रा प्रतिवन्ध बढाएको छ । नियमित अन्तरराष्ट्रीय व्यापारिक उडान र त्यसबाट आउने यात्रुलाई भारतमा प्रतिवन्ध लागेको छ । यस्तो प्रतिवन्ध अब ३१ जनवरी २०२२ सम्म लम्ब्याइएको छ । यसमा कार्गो उडान र अनुमति प्राप्त सबै प्रकारका उडान भने खुला हुने छन् ।

    नेपाल र भारतबीच एयर बबल स्कीम अनुसार उडान भइरहेको छ । यो अनुमति प्राप्त उडान हो । तर, यस्तो उडानमा दुबै मुलुकका नागरिक र तेस्रो मुलुकका अनुमति प्राप्त नागरिकले मात्र उडान गर्न पाउँछन् । यो प्रावधानले दिल्ली ट्रान्जिट बनाई काठमाडौं आउन चाहने नेपाली यात्रुको यात्रा तालीका समेत प्रभावित बनेको छ । कोरोनाको नयाँ भेरियन्ट देखिनु अगाडी भारत सरकारले १५ डिसेम्बरबाट नियमित उडान खोल्ने निर्णय गरेको थियो ।

  • तामिलनाडु हेलिकोप्टर दुर्घटनामा एक मात्र जिवित क्याप्टेन सिंहको स्वास्थ्य कस्तो छ ?

    तामिलनाडु हेलिकोप्टर दुर्घटनामा एक मात्र जिवित क्याप्टेन सिंहको स्वास्थ्य कस्तो छ ?

    नयाँ दिल्ली । बुधबार भारतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका सबैभन्दा माथिल्लो पदका अधिकारी बिपिन रावतसहित १३ को मृत्यु भयो । आगोले जलेर शवहरु चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी रावत र उनकी पत्नीको शवको भने पहिचान बुधबार नै भएको थियो । यस्तो भयानक दुर्धटनामा समेत एक चमत्कारको आश अझै गरिएको छ । त्यो हो हेलिकोप्टरका चालक क्याप्टेन वरुण सिंहको स्वास्थ्यमा नाटकीय सुधार ।

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले बिहीबार यो घटनबारे राज्यसभामा जानकारी गराएका छन् । उनले त्यहाँ ग्रुप क्याप्टेन वरुण सिंहको स्थितिबारे पनि बयान दिए । उनका अनुसार सिंहको स्थिति गम्भीर तर स्थिर छ । यसै वर्ष अगस्ट महिनामा सिंहलाई शौर्य चक्र प्रदान गरिएको थियो। उनले उडाएको तेजस विमानमा उडानको समयमा प्राविधिक समस्या आएको थियो तर उक्त आपत्कालीन स्थितिमा सिंहले तेजसको सुरक्षित अवतरण गराउन सफल भएका थिए।

    संसारभरबाट उनको स्वास्थ्य लाभको कामना भइरहेको छ । यसैबीच, रावत र उनकी श्रीमतीको अन्तिम संस्कार शुक्रवार दिल्लीमा गरिने भएको छ । सोही सिलसिलामा उनको शव दिल्ली लगिएको छ ।

  • भारतीय सेनाको सबैभन्दा उच्च अधिकारी विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

    भारतीय सेनाको सबैभन्दा उच्च अधिकारी विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

    कर्नाटका । भारतीय सेनाका सबैभन्दा उच्च अधिकारी चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । भारतीय वायुसेनाले ट्वीट गरि यो खरबको पुष्टी गरेको हो । यसअघि उनी सवार हेलिकोप्टर बुधबार बिहान दुर्घटनमा परेको थियो । हेलिकप्टरमा कुल १४ जना सवार थिए । त्यसमध्ये १३ जनाको निधन भएको सेनाले पुष्टी गरेको छ । एक जनाको गम्भीर अवस्थामा उपचार जारी छ ।

    ANI

    रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित देशका ठूला नेताले दुर्घटनामा ज्यान गुमाएका जनरल रावतप्रति श्रद्धाञ्जली व्यक्ति गरेका छन् । भारतीय वायु सेनाको एमआई १७भी५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको छ । जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुन ।

    उनी गत जनवरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफमा नियुक्त भएका थिए । रावतसँगै उनकी पत्नीको पनि निधन भएको छ । सो हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको थियो ।

  • भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकोप्टर दुर्घटना

    भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकोप्टर दुर्घटना

    काठमाडौं । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत सवार रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

    भारतीय वायु सेनाको ट्वीटअनुसार एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टरमा उनी लगायत वरिष्ठ सैन्य अधिकारीहरु पनि सवार थिए ।

    दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खराब मौसमको कारणले दुघर्टना भएको पूर्वानुमान गरिएको छ ।

    जेनेरल रावत १ जनवरी २०२० मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका थिए ।

    रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्।

    रावत अहिले चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो।। भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको अवस्थाबारे केही पनि बताइएको छैन ।

  • म्यानमार कू: आङ सान सूचीलाई चार वर्षको जेल सजाय

    म्यानमार कू: आङ सान सूचीलाई चार वर्षको जेल सजाय

    काठमाडौं । म्यानमारको एक अदालतले आङ सान सूचीलाई ४ वर्षको जेल सजाय सुनाएको छ। फेब्रुअरी १ मा ‘कू’ गर्दै सेनाले सूची सहित सयौं नेतालाई पक्राउ गरेको थियो। सूची त्यसयता सेनाकै नजरबन्दमा छिन्।

    म्यानमारको जुन्ती सरकारले जुनमा सूचीमाथि भ्रष्टाचारको थप अभियोगहरु लगाएको थियो। त्यसअघि सूचीविरुद्ध गैरकानुनी रुपमा वाकी टकी राखेको, स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको र भ्रष्टचारका आरोप लगाइएको थियो।

    आज भएको सुनुवाइमा सूचीले कोभिड १९ प्रोटोकल उल्लंघन गरेको र उत्तेजना फैलाएको ठहर गर्दै सजाय सुनाएको हो। अन्य मुद्दामा सुनुवाइ हुन बांकी नै छ।

    सूचीले आफूमाथि लगाइएका सबै आरोपहरु झुटो भएको बताउँदै आएकी छिन्।

    सूचीसँगै सेनाले अपदस्त गरेको म्यानमारका राष्ट्रपति विन मिन्थलाई पनि चार वर्षको जेल सजाय सुनाइएको छ।

  • रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै, सुरक्षाका कारण समय सार्वजनिक गरिएन

    रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै, सुरक्षाका कारण समय सार्वजनिक गरिएन

    नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्यादिमिर पुटिन आजबाट भारत भ्रमणमा आउने भएका छन् । भारतमा बढ्दो असुरक्षाका बीच सरकारले उनी अवतरण हुने समय भने सार्वजनिक गरेको छैन । तर, भारतीय संचारमाध्यमले उनी भारतीय समाय अनुसार दिउँसो २ बजे दिल्ली विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । साथे उनको यो भ्रमण निकै छोटो हुने छ ।

    अर्थातः उनी आजै साढे ९ बजे स्वदेश फिर्ता हुने छन् । नयाँ दिल्लीमा पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ताको समय तय भएको छ । यो भ्रमणलाई चीन र अमेरिकाले समेत चासोका साथ हेरेका छन् । पुटिनले प्रधानमन्त्री मोदीसँगै रुस भारत वार्षिक शिखर सम्मेलनमा समेत भाग लिने कार्यक्रम छ ।

    यस दौरान रुसी हतियारको भारतमा उत्पादन, भारतले खरीद गरेको मिसाइल सिस्टमको डेलिभरी, नौसेनाले खरीद गरेका जहाजको डेलिभरी, भारत र चीनबीचको तनाव, अफगानिस्तान मुद्दा र अन्य द्धिपक्षीय मामिलामा वार्ता हुने बताइएको छ । आफ्नो सैन्य क्षमता बढाउने भन्दै भारतले रुसबाट ठूलो संख्यामा हातहतियार तथा सिमाइल खरीद गर्न सम्झौता गरिसकेको छ ।

  • भारतको नागाल्याण्डमा सेनाको गोलीले एकै पटक १३ सर्वसाधारण मारिएको घटना के हो ?

    भारतको नागाल्याण्डमा सेनाको गोलीले एकै पटक १३ सर्वसाधारण मारिएको घटना के हो ?

    नागाल्याण्ड । भारतको नागाल्यान्डमा शनिबार सेनाको गोली लागेर एकै पटक १३ जना सर्वसाधारणको ज्यान गएको छ । यसले पुनः एक पटक भारतको सुरक्षा अवस्थाबारे विश्वभर बहस शुरु गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार म्यानमारसँगको सीमा नजिक मोन जिल्लामा गस्ति गरिरहेको सैन्य टोलीले खानीमा काम गर्ने स्थानीयमाथि अन्धाधुन्ध गोली चलाएको थियो । उनीहरु कामबाट फर्किरहेका थिए । शव एकै ट्रकमा सेनाले थुपारेर राखेको थियो ।

    त्यसपछि स्थानीयवासी सुरक्षा अधिकारीमाथि आक्रमणमा उत्रिएका छन् । उनीहरुले सेनाका गाडीमा आगजनी समेत गरेका छन् । सो क्रममा एक सैनिक जवानको समेत ज्यान गएको छ । घटनाप्रति भारतीय सेनाले गम्भीर दुःख व्यक्त गरेको छ । सेनाले कोर्ट अफ इन्क्वाइरी को आदेश समेत दिएको छ । खासगरी स्थानीय स्तरमा सैनिकबाट भएको गम्भीर लापरवाहीका कारण घटना भएको हो ।

    भारतका गृहमन्त्री अमित शाहले हत्याको खबरले आफू दुःखी भएको भन्दै राज्य सरकारले घटनाबारे छानबिन सुरु गरेको जानकारी गराएका छन् । नागाल्यान्डमा वर्षौँदेखि पृथकतावादी लडाकु र सुरक्षा फौजबीच झडप भइरहेका थिए । तर, यसमा निहत्था मानिसको ज्यान गएपछि भने बहस छेडिएको हो ।

  • इण्डोनेसियामा ज्वालामुखीमा परि कम्तिमा १३ को मृत्यु

    इण्डोनेसियामा ज्वालामुखीमा परि कम्तिमा १३ को मृत्यु

    जकार्ता । इन्डोनेशियाको जाभा टापुमा शनिवार ज्वालामुखी विस्फोटमा परि कम्तीमा १३ जनाको मृत्यु भएको छ । दर्जनौँ अरू घाइते भएको बीबीसीले लेखेको छ । माउन्ट सेमेरुबाट निस्किएको खरानीको बादलबाट बच्न स्थानीय बासिन्दाहरू भागिरहेका दृश्यहरू सार्वजनिक भएका छन्। तस्बिरहरूमा देखिए अनुसार एउटा गाउँ पुरै ज्वालामुखीको खरानीले पुरिएको छ।

    गाउँका बासिन्दाहरूले जनाए अनुसार खरानीको बाक्लो बादलले सूर्यको प्रकाश छेकिदिँदा उनीहरू बसेको ठाउँमा अन्धकार छाएको थियो। अधिकारीहरूका अनुसार ५७ जना घाइते भएका छन्। कैयौँलाई लाभाले नराम्ररी पोलेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। ज्वालामुखी विस्फोट हुँदा लुमाजाङ जिल्लाका कम्तीमा ११ गाउँ खरानीले छोपिएका छन्।

    त्यसैले कैयौँ मानिसहरू मस्जिद र अस्थायी आश्रय स्थल पुगेका थिए। उद्धार कार्य बाक्लो धुवाँ, बिजुली गएको र आँधीका कारण प्रभावित भएको छ। खरानी लाभा र पानीका कारण बाक्लो हिलो जम्मा भएको र त्यसले उद्धार कार्य पनि प्रभावित बनाएको अधिकारीहरूले बताएका छन्। स्थानीय समय अनुसार साढे दुई बजे दिउसो ज्वालामुखी विस्फोट भएको थियो।

    खरानीको धुवाँबाट बनेको बादल १५ हजार मिटर सम्म पुग्न सक्ने भन्दै त्यो उचाइ धेरैजसो विमानको भन्दा माथिको भएकाले सतर्कता अपनाउन भनिएको छ। माउन्ट सेमेरु स्थायी रूपको सक्रिय ज्वालामुखी बन्ने स्थितिमा रहेको र शनिवारको विस्फोटन असाध्यै ठूलो तहको भएको बताइएको छ।

    माउन्ट सेमेरु समुन्द्री सतहभन्दा ३,६७६ मिटर उचाइमा छ र यो इन्डोनेशियाका १३० सक्रिय ज्वालामुखीमध्ये एक हो। त्यस अघि यो डिसेम्बर २०२० मा विस्फोट भएको थियो।

  • कोभिडको नयाँ भेरियन्ट ४० मुलुकमा पुष्टी

    कोभिडको नयाँ भेरियन्ट ४० मुलुकमा पुष्टी

    काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन ४० मुलुकमा देखिएको छ । यो भाइरसको फैलावटसँगै संसारभर त्रास बढेको छ । तर, विश्व स्वास्थ्य सङ्गठनले भने आत्तिनु भन्दा पनि सतर्क रहेर न्यूनिकरणको तयारी गर्न आह्वान गरेको छ । एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन्।

    बीबीसीका अनुसार प्राप्त विवरणहरूमा ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको उनको भनाई छ । भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। नेपाल भने अहिलेसम्म सुरक्षित छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले प्रस्तुत गरेका प्रारम्भिक विवरणअनुसार ओमिक्रोनले कोभिड(१९ विरुद्धको प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने सम्भावना छ। तर यो विश्लेषण शत प्रतिशत सही नहुन सक्ने बताइएको छ।

    रोएटर्स नेक्स्ट कन्फरेन्समा बोल्ने क्रममा डा. स्वामीनाथनले दक्षिण अफ्रिकाको तथ्याङ्कलाई उद्धृत गर्दै यो भेरिअन्ट अत्यन्तै सङ्क्रामक रहेको र यो विश्वभरि प्रभाव पार्न सक्ने स्ट्रेन बन्न सक्ने सम्भावना छ । अहिले विश्वमा फेला परेका कोभिड बिरामीमध्ये ९९ प्रतिशत डेल्टा भेरिअन्टबाट सङ्क्रमित छन्।

  • सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो : ओमिक्रोन अन्य भेरियन्टभन्दा खतरनाक भएको प्रमाण छैन

    सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो : ओमिक्रोन अन्य भेरियन्टभन्दा खतरनाक भएको प्रमाण छैन

    सिंगापुर । संसारका विकसित मुलुक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग तर्सिरहेको सयममा सिंगापुरले एक वहस शुरु गरेको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन कोरोनाका अन्य भेरियन्ट भन्दा बढी खतरनाक रहेको बारे कुनै प्रमाण नभएको उल्लेख गरेको छ । मन्त्रालयले यस भाइरस विरुद्ध लड्न पर्याप्त समय रहेको समेत उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस बढी संक्रामक भनिए पनि अहिले सम्म मृत्युको आंकडा आएको छैन ।

    खासगरी बेलायत, अमेरिकासहितका मुलुकले नयाँ भाइरसले खोपलाई समेत निष्प्रभावी बनाउने बताइरहँदा सिंगापुरले यसलाई खण्डन गरेको हो । यसबारे कुनै सवुत प्रमाण नभएको मन्त्रालयको भनाई छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार न्यूज एशिया च्यानलमा मन्त्रालयको यो खाविबारे समाचार प्रसारण भएको हो ।

    सिंगापुरमा नयाँ भेरियन्टको एक बिरामी पुष्टी भएका छन् । उनी ट्रान्जिटका लागि विमानस्थल झरेका थिए । उनी सिंगापुरबाट अष्ट्रेलिया पुगे । जहाँ विमानस्थलमा उनलाई नयाँ भेरियन्ज्ट भएको पुष्टी भयो ।

  • धर्मका नाममा पाकिस्तानमा एक श्रीलंकन नागरिकको जघन्य हत्यापछि विश्वभर निन्दा

    धर्मका नाममा पाकिस्तानमा एक श्रीलंकन नागरिकको जघन्य हत्यापछि विश्वभर निन्दा

    पन्जाब । पाकिस्तानको पन्जाबस्थित सियालकोट शहरमा एक श्रीलंकन नागरिकको जघन्य हत्या भएको छ । उनीमाथि इश्वर निन्दाको आरोप लगाएर उत्तेजित भिडले आक्रमण गरेको थियो । उनको हत्यापछि शव जलाउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । यो घटनापछि पाकिस्तानको मुलुकभित्र र बाहिरबाट व्यापक निन्दा भइरहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान ख़ानले पाकिस्तानका लागि यो दिन लज्जित दिन रहेको बताएका छन् ।

    शुक्रवार सियालटकोटको एक उद्योगमा काम गरिरहेका श्रीलंकाली नागरिक प्रियांथा कुमारालाई भिडले हत्या गरेको थियो । उनी म्यानेजर पदमा कार्यरत थिए । खासगरि पाकिस्तानमा इस्लाम कट्टरवादका विषयलाई निकै चिन्ताका रुपमा हेरिएको छ । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले दुखद: दिनको संज्ञा दिएका छन् ।

  • बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?

    बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?

    ओडिशा । बंगालको खाडीबाट एक शक्तिशाली चक्रवाती तूफान जवाद उत्पन्न भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यो तुफान शनिबार आ्न्ध्र प्रदेशको समुन्द्री निकारामा आइपुग्ने छ । सोही अनुसार भारत सरकारले आन्ध्र प्रदेश, ओडिशा र बंगालमा हाई एलर्ट जारी गरेको छ र यहाँ आपतकालिन अवस्थाका लागि उद्धार टीम खटिएका छन् । नदी निकारबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको समेत समाचारमा जनाइएको छ ।

    जवाद तूफान कति खतरनाक हो भन्ने बारे प्रधानमन्त्री नरेन्द्र मोदीले आज जानकारी लिन बैठक बोलाएका छन् । भारतीय मौसम विभागका अनुसार जवाद तूफान किनारामा ठोक्किएपछि हावाको गति १ सय किलामिटर प्रतिघण्टाको रफ्तारमा बहने छ । यसबाट आन्ध्र प्रदेश, ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्रमा भारी वर्षा गराउने छ ।

    ओडिशाका गजपति, गंजम, पुरी र जगतसिंहपुरमा रेड यलर्ट जारी गरिएको छ । केन्द्रपान्डा,, कटक, खुर्दा, नयागढ़, कन्धमाल, रायगन्डा, कोरापुटमा समेत यलर्ट जारी भएको छ । यसको असर नेपालमा के पर्ने छ भन्नेबारे यहाँको मौसम विज्ञान विभागले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

  • भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट

    भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट

    काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा समेत ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएको भारतीय संचारमाँध्यमले जनाएका छन् । ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको बीबीसीले जनाएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो। सङ्क्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन्। उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ।

    विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण सङ्क्रमण हुन सक्ने उच्च जोखिम रहेको बताएको छ । भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जना र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङ गर्न पठाइएको छ । भारतले बुधवारदेखि लागु हुनेगरी उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बङ्ग्लादेश, हङ्‌कङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरेको छ।

  • नयाँ भेरियन्टपछि दक्षिण अफ्रिकामा ह्वात्तै बढ्यो संक्रमण, अमेरिकामा पनि पुष्टी

    नयाँ भेरियन्टपछि दक्षिण अफ्रिकामा ह्वात्तै बढ्यो संक्रमण, अमेरिकामा पनि पुष्टी

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टी भएसँगै दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र वृद्धि भएको छ। सोमवारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको बीबीसीले लखेको छ । स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन्। यद्यपि त्यसकै कारण कति बढेको छ भन्ने पुष्टी भइसकेको छैन ।

    विगत २४ घन्टामा मात्रै आठ हजार पाँच सय नयाँ सङक्रमित पुष्टी भएको छ । अत्यधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको गत साता घोषणा गरिएको थियो। उता, अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एकजनामा ओमिक्रोनको पहिलो सङ्क्रमण देखिएको छ। ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ जस्ता थुप्रै विषयबारे अध्ययन भइरहेको छ।

    उता, नाइजेरियामा पनि ओमिक्रोन भेरियन्ट देखिएको छ। नाइजेरियन सेन्टर फर डिजिज कन्ट्रोलले गत साता दक्षिण अफ्रिकाबाट नाइजेरिया आएका यात्रुहरूमा उक्त भेरिअन्ट पत्ता लागेको जनाएको छ। यो साताको सुरुमा, क्यानडा सरकारले समेत नाइजेरियाबाट आएका दुई यात्रुमा ओमिक्रोन भेरियन्ट पत्ता लागेको जनाएको थियो।

  • नाइजेरियामा डुंगा पल्टियो, स्कुले बालबालिकासहित २९ को मृत्यु

    नाइजेरियामा डुंगा पल्टियो, स्कुले बालबालिकासहित २९ को मृत्यु

    काठमाडौं । नाइजेरियामा डुंगा पल्टिएपछि भएको दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टँदा बालबालिका सहित कम्तिमा २९ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुनेमा धेरैजसो ६ देखि १२ वर्षका बालबालिका छन् । उनीहरु एक इस्लामिक विद्यालयका बालबालिका हुन् । उनीहरू एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गरिरहेका े समाचारमा उल्लेख छ ।

    प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ। जिवितै उद्धार गरिएका सात जनालाई अस्पताल पुर्याइएको छ। घटनाको कारण स्पष्ट भइसकेको छैन। विगतमा भएका यस्ता दुर्घटनाका कारक क्षमता भन्दा बढी यात्रु राखिनु र आवश्यकता अनुसार डुङ्गाको मर्मतसम्भार हुन नसक्नु रहेको बताइएको छ।

    दुर्घटनाग्रस्त डुङ्गामा ५० भन्दा बढी यात्रु सवार रहेका समेत उल्लेख छ । दुई हप्ता अघि छिमेकी जीगावा राज्यमा एउटा डुङ्गा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो। मे महिनामा भएको त्यस्तै घटनामा केब्बी राज्यमा १०० भन्दा बढी यात्रुको मृत्यु भएको थियो।

  • भारतले १५ डिसेम्बरबाट खोल्ने भनेको हवाई उडान ओमिक्रोन भेरियन्टका कारण स्थगित

    भारतले १५ डिसेम्बरबाट खोल्ने भनेको हवाई उडान ओमिक्रोन भेरियन्टका कारण स्थगित

    काठमाडौं । भारतले डिसेम्बर १५ बाट खोल्ने भनेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि भारतले यस्तो निर्णय गरेको हो । जसले गर्दा नेपाल एयरलाइन्सले भारतीय शहरमा गर्ने भनेको उडान समेत प्रभावित बनेको छ ।

    भारतीय नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र भारतबाट वा यसतर्फ हुने अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने मितिबारे उपयुक्त समयमा जानकारी गराइने उल्लेख गरेको छ ।

  • बार्बेडोस बन्यो कान्छो गणतन्त्रात्मक मुलुक, ब्रिटेनकी महारानीलाई राष्ट्रप्रमुख नमान्ने

    बार्बेडोस बन्यो कान्छो गणतन्त्रात्मक मुलुक, ब्रिटेनकी महारानीलाई राष्ट्रप्रमुख नमान्ने

    लण्डन । क्यारेबियन टापु मुलुक बार्बेडोस विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक बनेको छ । ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै यो देश विश्वकै कान्छो गणतन्त्र बनेको हो । राजधानी ब्रिजटाउनमा गए राति गरिएको समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको शपथ दिलाइएको छ।

    बीबीसीका अनुसार ब्रिजटाउनमा आयोजित उक्त समारोहमा ब्रिटेनका युवराज प्रिन्स अफ वेल्स तथा बार्बेडियन गायिका रिहाना समेत उपस्थिति भए । सो समारोह उक्त देश स्वतन्त्र बनेको ५५ औँ वार्षिकीको अवसरसँगै पारिएको थियो। समारोहलाई सम्बोधन गर्दै युवराज चार्ल्सले उक्त क्यारेबियन टापुले विगतमा दासताको त्रासदीपूर्ण ज्यादती भोगेको स्वीकार गरे। बार्बेडोसको नयाँ युगसँगै ब्रिटेनको शताब्दीयौँ पुरानो प्रभाव समाप्त हुनेछ।


    झन्डै २ सय वर्षसम्म त उक्त टापु एटलान्टिक महासागर वारपार हुने दासदासी व्यापारको केन्द्र समेत बनेको थियो। आधिकारिक रूपमा शक्ति हस्तान्तरणको प्रतीक स्वरूप समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिइएको थियो । त्यसपछि शाही झन्डा विस्थापित गरिएको थियो। मुख्य अतिथिको रूपमा निम्त्याइएका युवराज चार्ल्सले संवैधानिक परिवर्तनका बाबजुद दुई देशबीच निरन्तर सम्बन्ध रहने बताए।

  • कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु

    कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु

    काठमाडौं । तान्जानियामा कछुवाको मासु खाँदा कम्तिमा सात जनको मृत्यु भएको छ । त्यहाँको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृतकमध्ये एक जना तीनवर्षे बालक समेत छन् । विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन्। तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन रहेको छ । सरकारले भने मासु खान रोकेको छ ।

    कछुवाको मासु विषाक्त हुने घटना भने दुर्लभ मानिन्छ। तर कहिलेकाहीँ क्लेनोनिटक्सिजमुका कारण कछुवाको मासु विषालु बन्ने चिकित्सकको भनाई छ । कछुवाले खाने विषालु लेउका कारण समेत त्यसो हुन सक्ने बताइएको छ । अर्धस्वायत्त जन्जिबार द्वीप क्षेत्रमा पर्ने पेम्बाका पाँच परिवारले बिहीवार कछुवाको मासु खाएको खबर छ ।

    त्यसको भोलिपल्ट उनीहरू बिरामी पर्न थालेका थिए । प्रहरीका अनुसार ३८ जना लाई अस्पताल भर्ना गरिएकोमा अधिकांशलाई घर फिर्ता पठाइएको छ। समाचारसंस्था एएफपीका अनुसार गत मार्च मार्च महिनामा म्याडग्यास्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो।

  • विकसित मुलुकले लगाएको प्रतिवन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको माग

    विकसित मुलुकले लगाएको प्रतिवन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको माग

    काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो देश र छिमेकी मुलुकविरुद्ध लगाइएका यात्रा प्रतिबन्ध हटाउन माग गरेका छन् । उनले विकसित मुलुकले लगाएका यस्ता प्रतिबन्ध अनुचित भएको भन्दै तत्काल हटाउन भनेका हुन् । बीबीसीका अनुसार उनीहरुको कदमबाट आफु निराश रहेको समेत उनले बताएका छन् ।

    दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, युके, युरोपेली संघलगायत मुलुक मूख्य छन् । ओमिक्रोनलाई चिन्ताजनक भेरियन्ट भन्दै विकसित मुलुकले यात्रामा प्रतिवन्ध लगाएका छन् । अति उत्परिवर्तित यो भेरियन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको हो । त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराइएको हो ।

    दक्षिण अफ्रिकाको धेरै जनसङ्ख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिअन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ। ूयात्रामा लगाइने रोकले गर्ने एउटा मात्रै काम भनेको प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने भन्दै उनले महामारीविरुद्ध प्रतिक्रिया जनाउने क्षमतालाई कमजोर पार्ने बताए । उनले खोप अभियान बिस्तार गर्न भनेका छन् ।

    ओमिक्रोन भेरियन्टले निम्त्याएको अहिलेको आपत्कालीन अवस्थालाई व्याख्या गर्दै रामापोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरियन्ट टार्न नसकिने बताएका हुन् । दक्षिण अफ्रिका आफैँमा खोपको अभाव नभएको भन्दै राष्ट्रपतिले मानिसहरूलाई खोप लगाउन आह्वान गरेका छन्।

  • नयाँ भेरियन्ट सार्वजनिक गरेको बदला प्रतिवन्ध लगाइएको भन्दै दक्षिण अफ्रिका असन्तुष्ट

    नयाँ भेरियन्ट सार्वजनिक गरेको बदला प्रतिवन्ध लगाइएको भन्दै दक्षिण अफ्रिका असन्तुष्ट

    काठमाडौं । संसारलाई नयाँ भेरियन्टबारे पत्ता लगाएर सूचना दिने दक्षिण अफ्रिकालाई स्याबासी दिनुको साटो प्रतिवन्ध लगाइएको भन्दै दक्षिण अफ्रीका भड्किएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमीक्रान मपहिलो पटक दक्षिण अफ्रिकामा पुष्टी भएको ओ । दक्षिण अफ्रीकाको विदेश मन्त्रालयले एक बयान जारी गरि यस्तो बताएको हो । ज

    ुन मुलुकले नयाँ भेरियन्ट पुष्टी गरि संसारलाई सचेत गरायो, उसै मुलुकप्रति प्रतिवन्ध लगाइएको भन्दै मन्त्रालयले असन्तुष्टी जनाएको हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको एक नयाँ मेरियन्ट पुष्टी भएको भन्दै यसबारे अध्ययन गरिरहेको बताएको छ । पश्चिमी मुलुकहरुले भने यसलाई अहिलेसम्मकै खतरनाक रहेको भन्दै प्रंचार गरिरहेका छन् ।

    दक्षिण अफ्रीकासहित बोत्सवाना, बेल्जियम, हगंकंग र इजरायलमा समेत कोरोना पुष्टी भइसकेको छ । अफ्रीकामा देखिएको यो भेरियन्ट पछि यूरोपमा समेत धेरै मुलुकमा फैलिसकेको बताइएको छ । बेलायतमा दुई, जर्मनीमा दुई, बेल्जियम, इटली र चेक गणराज्यमा एक एक जनामा नयाँ भेरियन्ट पुष्टी भएको छ । नयाँ भेरियन्ट देखिएपछि बेलायतले अफ्रिकी मुलुकसँगको हवाई सम्पर्क बन्द गरेको छ ।

    इजरायल र पाकिस्तानले समेत यस्तो निर्णय लिइसकेका छन् । दक्षिण अफ्रिकी विदेश मन्त्रालयले भने निषेध गरेर नभई सामुहिक मुकाविलाका माध्यमबाट यो भाइरसलाई हराउन सकिने बताएका छन् । अझ अफ्रिकी अधिकारीहरुले भाइरसको फैलावटमा विकसित मुलुकलाई दोषि ठान्छन् ।

    किनकी कोरोनाको खोप ति मुलुकले थुपारेर राखे, तर वितरण गरेनन् । किनकी खोप उपलब्धतताका बावजुत अमेरिकी र यूरोपेली मुलुकका नागरिकले खोप लगाउन मानिरहेका छैनन् । तर, अफ्रिका र एसियाका गरिब मुलुकमा खोपको खपत उत्साहजनक रहेपनि खोपको उपलब्धता छैन ।

  • १३९ यात्रु बोकेको जहाजको इन्जिनमा खराबी, नागपुरमा आपतकालिन अवतरण

    १३९ यात्रु बोकेको जहाजको इन्जिनमा खराबी, नागपुरमा आपतकालिन अवतरण

    नागपुर । भारतको बैलौरबाट पटनका लागि उडेको जहाजको इन्जिनमा खराबी आएपछि आपतकालिन अवतरण गर्नु परेको छ । गो एयरको सो जहाजमा १३९ जना यात्रु रहेका थिए । भारतीय संचारमाध्यमहरुका अनुसार शनिवार बिहान सवा ११ बजे नागपुरमा सुरक्षित अवतरण गराइएको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार जहाज पाइलटले नागपुर एटीसीलाई जहाजको इन्जिनमा खराबी आएको सूचना दिएका थिए । त्यसपछि विमानस्थलले आपतकालिन अवतरणको व्यवस्था मिलाएको हो । विमानस्थलमा फुल स्केल इमर्जेन्सी घोषित गरिएको थियो । धावनमार्गको खुला बनाएर दमकल, डाक्टर, एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको थियो । पुलिस र अन्य फौज समेत तयारी अवस्थामा थिए ।

  • कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता

    कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ । सो भाइरसलाई ओमिक्रोन नाम दिइएको छ। यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको समाचार छ । बीबीसीका अनुसार प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ। यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको हो । हालसम्म ‌ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पुष्टि भएको छ।

    कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ। अमेरिकाले पनि यस्तै खाले व्यवस्था कायम गरेको छ। यी व्यवस्था सोमवारबाट लागु हुने छ। युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन्।

  • अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान

    अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान

    लण्डन । अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएपछि बेलायतले विभिन्न ६ वटा मुलुसँगको उडान रद्द गरेको छ । बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिएको बताएका छन् । त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने नियम समेत बेलायतले बनाएको छ । नयाँ भेरियन्टलाई अहिलेसम्मकै सबैभन्दा खराब मानिएको छ । यो भेरियन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई नै तोड्नसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

    यो भेरियन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा देखिएको छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडान रद्द गरेको हो । ती छ देशहरूलाई रातो सूचीमा राख्नुको कारण सावधानी र आफ्नो सीमाको सकेसम्म सुरक्षा गर्नुू रहेको बेलायत सरकारको भनाई छ । शुक्रवार मध्याह्नदेखि विगत १० दिनभित्र ती देश भ्रमण गरेका विदेशी र आयरल्यान्डका नागरिकहरूलाई इङ्गल्यान्ड प्रवेश निषेध गरिएको बिबिसीले जनाएको छ ।

  • कोरोनाका कारण युरोपमा आगामी मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लूएचओको भनाइ

    कोरोनाका कारण युरोपमा आगामी मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लूएचओको भनाइ

    काठमाडौं । सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। बिबिसीका अनुसार डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा “उच्च वा चरम दबाव” हुने चेतावनी दिएको छ।

    युरोपमा अहिले कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भइरहेको छ जसका कारण अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ भने अन्य देशमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेछ। फ्रान्स, जर्मनी र ग्रीसलगायत अन्य केही देशहरूले चाँडै नै कोभिड खोपको बूस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्ण मात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन्।
    तर केही देशहरूमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाको व्यापक विरोध भइरहेको छ। द नेदरल्यान्ड्समा आंशिक लकडाउनको घोषणासँगै केही रात हिंसक प्रदर्शन भएको थियो।
    डब्ल्यूएचओको प्रतिवेदनमा युरोपमा कोभिड मृत्युको प्रमुख कारण बनेको बताइएको छ।
    “अहिलेको प्रवृत्तिका आधारमा आगामी मार्चसम्ममा कुल मृत्यु २२ लाख पुग्ने आकलन गरिएको छ,” डब्ल्यूएचओले मङ्गलवार भनेको छ।
    पुष्टि भएका कोभिडसम्बन्धी कारणले हुने मृत्यु हालैका दिनमा दोबर भएर दैनिक ४,२०० पुगेको डब्ल्यूएचओले बताएको छ।
    रुसमा मात्रै हालैका दिनहरूमा दैनिक मृत्यु सङ्ख्या १,२०० नाघेको छ।
    डब्ल्यूएचओका अनुसार ठूलो सङ्ख्यामा खोप नलगाएका मानिस र केही देशमा डेल्टा भेरिअन्टको कारण युरोपमा सङ्क्रमण दर बढेको हो।

    डब्ल्यूएचओका युरोप निर्देशक डा. हान्स क्लुगले खोप नलगाएकाहरूलाई तुरुन्तै खोप लगाउन आग्रह गरेका छन्।

    “अनावश्यक वियोग र जीवनको क्षति एवं यो हिउँदमा समाज र व्यवसायमा हुनसक्ने थप सङ्कटलाई रोक्न सहयोग गर्नु हामी सबैसँग अवसर र जिम्मेवारी छ,” उनले भनेका छन् ।

    डब्ल्यूएचओको युरोप क्षेत्रमा युरोपेली राष्ट्रहरूका साथै इजरायल, ताजिकिस्तान र उज्बेकिस्तानजस्ता देशलाई राखेको छ।

  • अफगान महिलालाई टेलिभिजन नाटकमा अभिनय रोक, यस्ता छन् तालिबानका नयाँ प्रतिबन्ध

    अफगान महिलालाई टेलिभिजन नाटकमा अभिनय रोक, यस्ता छन् तालिबानका नयाँ प्रतिबन्ध

    एजेन्सी । अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो ।

    त्यसैगरी महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ । अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम रहेको जनाइएको छ ।

    जसअनुसार मुसलमानहरुको मूल्य र मान्यताविपरीत वा शारिया सिद्धान्तविरोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रोक लगाइएको छ ।

    मुस्लिम धर्म वा आमअफगानिका लागि अपमानित हुने हास्य तथा रमाइला कार्यक्रममाथि पनि प्रतिबन्ध लगाइएको छ । विदेशी सांस्कृतिक मूल्य र मान्यता प्रबद्र्धन हुने चलचित्रलाई प्रतिबन्ध लगाउन तालिबानले जोड दिँदै आएको छ । अफगान टेलिभिजन च्यानहरुले प्रायः विदेशी नाटक प्रसारण गर्छन् ।

    ती नाटकहरुमा अफगान महिलाहरु मुख्य भूमिकामा देखिन्छन् । अफगानिस्तानको पत्रकारहरुको संगठनका सदस्य हुजातुल्लाह मुजाडेडीले नयाँ प्रतिबन्ध अप्रत्यासित भएको प्रतिकृया दिएका छन् ।