वासिङ्टन, २२ कात्तिक (रासस–एएफपी) । यो बर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार बताएका छन् । उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका छन् । डेमोक्र्याटहरूले गत मङ्गलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पुर्याएको छ ।
ट्रुथ सोशलमा एक पोस्टमा राष्ट्रपति ट्रम्पले भने, “गत चुनावको परिणामले अमेरिकालाई इतिहासमा ‘ठूलो प्रतिगमनतर्फ’ अघि बढाएको छ।
“अमेरिकी नागरिक नडराऊ हामी पहिले भन्दा ठूलो र बलियो भएर फर्कनेछौँ,” उनले भने । रिपब्लिकन सांसदहरूले असफलतामा राष्ट्रपति ट्रम्पलाई जिम्मवार बताइरहेका समय राष्ट्रपति ट्रम्पले अझ कडा कदम चाल्दै पछि नफर्कने सङ्केत गरेका छन् । शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई आफ्नो नयाँ ‘चिफ अफ स्टाफ’को रूपमा नियुक्त गरेका थिए । डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई जवाफदेही बनाउने र ट्रम्पको कडा आप्रवासन नीतिका वास्तुकार मिलरको बिरूद्ध ‘आगामी बाटोको हरेक कदममा लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्।
