सरसफाइबाटै विश्वस्तरको सेफसम्म : सुवास थापा

२० असार, काठमाडौं । खोटाङका सुवास थापा अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा परिचित नेपाली सेफका रुपमा स्थापित छन् । सामान्य ग्रामीण परिवेशबाट शुरु भएको उनको जीवनयात्रा अहिले विश्वका प्रतिष्ठित पाँचतारे होटल र चर्चित रेस्टुरेन्टसम्म पुगेको छ । २५ वर्षभन्दा बढीको अनुभवले उनलाई पाककलाको क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रुपमा पनि स्थापित गराएको छ ।


उनको होटल जीवनको शुरुवात भने भान्साबाट नभई सरसफाइ व्यवस्थापनबाट भएको थियो । त्यसपछि वेटरका रुपमा साउदी अरेबिया पुग्ने अवसर पाए । साउदी अरेबियामा काम गर्दागर्दै उनले एक अन्तर्राष्ट्रिय मुख्य सेफसँग काम गर्ने अवसर पाए । पाककला यात्रा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कतार, माल्दिभ्स, नेपाल र अष्ट्रेलियामा आफ्नो सीप र अनुभव उनले विस्तार गरेका छन् । फरक संस्कृति, स्वाद र ग्राहकको आवश्यकताअनुसार काम गर्दै उनले आफूलाई बहुआयामिक अन्तर्राष्ट्रिय सेफका रुपमा स्थापित गरेका छन् ।


विशेषगरी उनको ‘बीएलटी’ परिकार निकै चर्चित मानिन्छ । थापाका लागि सफलता भनेको पद वा राम्रो आम्दानी मात्र होइन, ज्ञान र अनुभवको निरन्तर आदानप्रदान हो । उनको विश्वास छ– ज्ञान बाँड्दा अझ बढ्छ र मेहनतले मानिसलाई जहाँ चाह्यो त्यहाँ पु¥याउन सक्छ ।