तराई-मधेशमा प्रहरीले गर्दैछ ड्रोनबाट निगरानी

१५ साउन, काठमाडौं । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशेष गरी संवेदनशील क्षेत्रमा ड्रोनमार्फत अनुगमन तीव्र बनाइएको छ। सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुनविपरीतका गतिविधिमा संलग्न जोकसैलाई प्रमाणका आधारमा कानुनी कारबाही गरिने सुरक्षा निकायले जनाएको छ। स्थानीय प्रशासनले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न नागरिकसमक्ष आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न अपिल गरेको छ।