काठमाडौँ, ४ कात्तिकः मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् ।
सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा आइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदी बताउनुहुन्छ ।
“टीकाका दिन आज आफन्तकामा आउने–जाने मानिसको सङ्ख्या उल्लेख्य रुपमा बढ्दा गत दुई–तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन बाक्लो देखिएको छ ।”, उहाँले भन्नुभयो । ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्धरुपमा ट्राफिक प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । ट्राफिक प्रहरीले सम्भावित क्षेत्रमा निगरानी र ट्राफिक नियम पालना गराउन नियमित जाँच गरिरहेका छन् ।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्धरुपमा ट्राफिक प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । ट्राफिक प्रहरीले सम्भावित क्षेत्रमा निगरानी र ट्राफिक नियम पालना गराउन नियमित जाँच गरिरहेका छन् । दसैँ मनाउन गाउँघर पुगेको सर्वसाधारण आफ्नो पेसा व्यवसायका सिलसिलामा पुनः काठमाडौँ फर्कने क्रम पनि आजैदेखि सुरु भएको छ ।
नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारी सधानको यान्त्रिक परीक्षण, तीव्र गति, चालकले मादक पदार्थ र लागु औषध सेवन गरे, नगरेको परीक्षणलगायतलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।
