१७ कात्तिक, काठमाडौं । मुस्ताङमा दुई साताको अवधिमा लेक लागेर दुई नेपालीको ज्यान गएको छ । गत कात्तिक ८ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न गरी फर्किने क्रममा एक तिर्थालु र मनाङबाट राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ आएर होटलमा अचेत अवस्थामा एक पथ प्रदर्शकको उपचारका क्रममा मृत्यु भएको हो ।
मन्दिर दर्शन गरी फर्किने क्रममा अचानक बिरामी भएका बागलुङ बरेन गाउँपालिका–२ का ६७ को टिकाराम शर्मा र सार पथ प्रदर्शक सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताए ।
मृतक कुलुङको बाथरुममा नुहाउन गएका कुलुङ लामो समयसम्म बाहिर ननिस्किएपछि अचेत अवस्थामा उद्धार गरिएको थियो । प्रदेश अस्पताल जोमसोममा चिकित्सकले मृत घोषित गरेका थिए । दुबै मृतकको पोस्टमार्टम रिर्पोट आउन बाँकी भएपनि देखिएको लक्षण सबै लेक लागेको देखिएको प्रदेश अस्पताल जोमसोमले जनाएको छ ।
