गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

३१ भदौ, चितवन । चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी… Continue reading गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

सुनको मूल्य तोलाको दुई लाख १७ हजार पुग्यो

३१ भदौ, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको रु दुई हजार ५९५ पुगेको छ… Continue reading सुनको मूल्य तोलाको दुई लाख १७ हजार पुग्यो

ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब

(AP Photo/Manuel Balce Ceneta)

एजेन्सी३१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) मा प्रमुख नीतिगत बिषयमा छलफलका लागि बैठक सुरु हुनुभन्दा एक दिन पहिले बैङ्कमाथि दबाब बढाउँदै व्यापक ब्याजदर कटौतीको लागि सोमबार आह्वान गरेका छन् । आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म)मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अहिले नै… Continue reading ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब

टिकटकको स्वामित्वमा चीनसँग अमेरिकाको सैद्धान्तिक सहमति

एजेन्सी३१ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार टिकटकको विवादलाई समाधान गर्न चीनसँग सम्झौताको ‘ढाँचा’ तयार गरिएको घोषणा गरेको छ । सम्झौताका लागि चिनियाँ स्वामित्वको एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सार्न सैद्धान्तिक सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल पोष्ट गर्दै प्रसिद्ध सामाजिक सञ्जाल टिकटकको नाम नलिईकन भनेका छन्, “एउटा निश्चित कम्पनीसँग सम्झौता… Continue reading टिकटकको स्वामित्वमा चीनसँग अमेरिकाको सैद्धान्तिक सहमति

असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

३१ भदौ, काभ्रे । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय… Continue reading असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

FILE - U.S. President Donald Trump and Britain's Prince Charles toast, during the Return Dinner in Winfield House, the residence of the Ambassador of the United States of America to the UK, in Regent's Park, part of the president's state visit to the UK, in London, Tuesday, June 4, 2019. (Chris Jackson/Pool Photo via AP, File)

एजेन्सी३१ भदौ, लण्डन । विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडाहरू अभ्यास गर्दैछन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् । लन्डनको पश्चिममा रहेको करिब एक हजार वर्ष पुरानो महलको हल र मैदाभरि सयौँ मानिसहरूले राजा चार्ल्स तृतीयले यस हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो राजकीय भ्रमणमा… Continue reading ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

Photo : CNN

एजेन्सी३१ भदौ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार गाजा पट्टीमा करिब दुई वर्षको आक्रमणका कारण इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान लागेको र आत्मनिर्भर बन्न आवश्यक रहेको बताएका छन् । जेरुसेलममा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै नेतान्याहूले मिडिया र सामाजिक सञ्जालमा इजरायल विरोधी बहसलाई दोष दिँदै भने, “इजरायल एक प्रकारको एक्लोपनमा प्रवेश गरिरहेको छ ।” “हामी… Continue reading विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

३१ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र… Continue reading आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

विद्यार्थीसँगै विदेशियो विदेशियो १४ अर्ब ३१ करोड बराबरको विदेशी मुद्रा

३१ भदौ, काठमाडौं । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ… Continue reading विद्यार्थीसँगै विदेशियो विदेशियो १४ अर्ब ३१ करोड बराबरको विदेशी मुद्रा

साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा मुद्रास्फीति घटेको छ । गत आवको साउन महिनामा यस्तो मुद्रास्फीति चार दशमलव… Continue reading साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

२८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

३१ भदौ, काठमाडौं । देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत… Continue reading २८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

एक महिनामा एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो… Continue reading एक महिनामा एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

परदेशिएका नेपालीले एक महिनामा पठाए एक खर्ब ७७ अर्ब रेमिट्यान्स

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् ।आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव… Continue reading परदेशिएका नेपालीले एक महिनामा पठाए एक खर्ब ७७ अर्ब रेमिट्यान्स

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

कोरलानाकाबाट भित्रिए एक सय बढी चाईनिज ईभी गाडी

३१ भदौ, मुस्ताङ । यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात गरिएका छन् । भन्सार विभागको प्रक्रिया पु¥याइ चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिव ५०० बढी बीवाइडी कम्पनीका सवारी आयात गरिने जनाएको छ । आठ दिन अघि मात्रै खुल्ला गरिएको यस नाकाबाट… Continue reading कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ

३१ भदौ, काठमाडौं । नेपालको पर्यटन पुनरुत्थानमा सरोकारवालाले सामूहिक ऐक्यबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा सोमबार यसबारे छलफल भएको छ । जेनजी प्रदर्शनका कारण नेपालको पर्यटन संरचनामा ठूलो क्षति पुगेको छ । यसबाट सिर्जित चुनौतीबीच नेपालको पर्यटन क्षेत्र पुनरुत्थान हुने बैठकको निष्कर्ष छ । पर्यटन… Continue reading पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ

मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

तस्बिर : कुलदीप न्यौपाने/ रासस

३१ भदौ, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । उनले आज… Continue reading मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

३१ भदौ, काठमाडौं । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसैगरी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने… Continue reading जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

३० भदौ, काठमाडौं । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनधिसिभाको निर्वाचन गर्ने मिति तोकिएसँगै उपनिर्वाचन रद्द गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४… Continue reading उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

ऊर्जामन्त्री घिसिङ्द्वारा पदभार ग्रहण, उद्योगको बक्यौता उठाउने निर्णय

RSS

३० भदौ, काठमाडौं । नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए । ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाएका उनले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी… Continue reading ऊर्जामन्त्री घिसिङ्द्वारा पदभार ग्रहण, उद्योगको बक्यौता उठाउने निर्णय

अर्थमन्त्री खनालले गरे पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

RSS

३० भदौ, काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उहाँले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरे । आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बजेटको कार्यान्वयन गर्न आयोजना प्रथामिकिकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन… Continue reading अर्थमन्त्री खनालले गरे पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

जेन-जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

Rss

३० भदौ, काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन् । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरे । आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार रु एक लाख उपलब्ध… Continue reading जेन-जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीले लिए शपथ

३० भदौ, काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराए । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाइ आइतबार साँझ नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूमध्ये… Continue reading मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीले लिए शपथ

अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

३० भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ । आयोगले उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान… Continue reading अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह

काठमाडौँ, २६ भदौ । राजधानीमा मङ्गलबार प्रदर्शनको क्रममा आगलगी गरेर ध्वस्त बनाएको नयाँ बानेश्वरस्थित संघीय संसद भवन । बाहिरबाट हेर्दा क्षति नभए पनि भित्रको सम्पूर्ण सामान ध्वस्त भएका छन् । तस्बिर रत्न श्रेष्ठ/रासस

३० भदौ, काठमाडौं । सङ्घीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना जारी गरी सङ्घीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी… Continue reading संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

३० भदौ, फुङ्लिङ । विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश राईले बता्रए । मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म… Continue reading ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

आजको मौसम पूर्वानुमानः देशभर वर्षा

३० भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ… Continue reading आजको मौसम पूर्वानुमानः देशभर वर्षा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

तस्बिरः नवीन पौडेल/रासस

सिबी अधिकारी/रासस ३० भदौ, काठमाडौं । जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देर्खिए । तर पनि नेपाल र… Continue reading इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

३० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि… Continue reading राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

पुनःर्निर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

३० भदौ, काठमाडौं । देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्याङ्कन र पुनःनिर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिए । “विसं १९९०… Continue reading पुनःर्निर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

जेन-जीको सुदन गुरुङ समूह कार्कीको राजिनामा माग्दै वालुवाटारमा

३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति यो समूह असन्तुष्ट रहेको बताइएको छ । युवाहरुले मध्यराति बालुवाटारमा नाराबाजी गरेका छन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका थिए । जेन–जी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले यो… Continue reading जेन-जीको सुदन गुरुङ समूह कार्कीको राजिनामा माग्दै वालुवाटारमा