एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने

२८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्ने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले आज एक विज्ञप्ति निकालेर मुलुकमा उत्पन्न असमान्य परिस्थितिमाझ देशको संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका अन्य उपलब्धिको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूबीच निरन्तर संवाद, समझदारी निर्माण र सहकार्य आवश्यक भएकामा… Continue reading एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी… Continue reading प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना

२८ भदौ, काठमाडौं । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले श्री सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा आज एक शुभकामना सन्देश पठाएर उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम… Continue reading प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना

पर्यटनमा २५ अर्बको क्षति, छिट्टै पुनःरुत्थान हुने विश्वास

सिबी अधिकारी/रासस २८ भदौ, काठमाडौं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । मानवीय क्षति भयो ।राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो… Continue reading पर्यटनमा २५ अर्बको क्षति, छिट्टै पुनःरुत्थान हुने विश्वास

काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक सवारीसाधन

RSS

२८ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ । काठमाडौँ उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन् । जेनजीको प्रदर्शनका कारण गत मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक… Continue reading काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक सवारीसाधन

जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

२८ भदौ, काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन… Continue reading जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

२८ भदौ, वीरगञ्ज । दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिएका थिए । आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मङ्गलबार काठमाडौँमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर ज्यान गुमाए । बाइस वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै… Continue reading जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित विशेष समारोहमा अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएपछि नवनियुक्त प्रधानमन्त्रीसँग जेनजीका प्रतिनिधिहरु । तस्बिरः रत्न श्रेष्ठ/रासस

२८ भदौ, काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र… Continue reading नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ तथा शुभकामना काठमाडौँ, २७, भदौः राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिनुहुँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिरः रत्न सेष्ठ\रासस

२८ भदौ, काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई… Continue reading नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

‘….तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

शपथ ग्रहण समारोहमा सहभागीहरु काठमाडौँ, २७ भदौः राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत शुक्रबार अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

२८ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गराउनु रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । साथै नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक… Continue reading ‘….तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ तथा शुभकामना काठमाडौँ, २७ भदौः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

२८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते… Continue reading प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

नयाँ प्रधानमन्त्रीको जिम्मेवारी : ६ महिना भित्र निर्वाचन

२७ भदौ, काठमाडौं । अबको ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका… Continue reading नयाँ प्रधानमन्त्रीको जिम्मेवारी : ६ महिना भित्र निर्वाचन

नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला

२७ भदौ, काठमाडौं । नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की कार्यपालिका प्रमुख अर्थात् पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । उनले लामो समयसम्म वकालत गर्दै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएकी थिइन् । न्यायालयभित्र प्रष्ट विचार, खरो स्वभाव र इमान्दार छवी बनाएकी उनको नेतृत्वको सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई नयाँ… Continue reading नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला

राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका छन् ।राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र… Continue reading राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

जेन जी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी

rss

२७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु भएको जनाएको छ ।मन्त्रालयका सचिव डा विकास देवकोटाले देशभरिका अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार हालसम्म ३६ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार… Continue reading जेन जी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी

धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

२७ भदौ, धरान । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ ।जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मङ्गलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका… Continue reading धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’

२७ भदौ, काठमाडौं । सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन । जेनजी प्रदर्शनबाट तोडफोड र आगजनी भएका विभिन्न मन्त्रालयका परिसरमा सवारीसाधन ‘भग्नावशेष’ का रूपमा रहेका छन् । आफूले काम… Continue reading ‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’

नयाँ प्रधानमन्त्रीको सपथ आजै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

२७ भदौ, काठमाडौं । नयाँ प्रधानमन्त्री सुशीला कार्कीको आजै शपथ हुने भएको छ । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने तयारी छ । राष्ट्रपतिले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्ने र आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयार्री गरिएको छ । नयाँ प्रधानमन्त्रीले आजै पदभार ग्रहण… Continue reading नयाँ प्रधानमन्त्रीको सपथ आजै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटन हुने

२७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । जेन-जी आन्दोलनकारीले संसद विघटनको अडान नछाडेपनि अन्ततः राष्ट्रपति समेत सोही अडानमा सहमत भएका छन् । अब विद्यमान संसद विघटन हुने भएको छ… Continue reading पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटन हुने

रूसद्वारा पहिलो एआईबाट चल्ने विद्युतीय रेलको सेवा शुभारम्भ

२७ भदौ, काठमाडौं । रूसको पहिलो एआईको सहयोगमा चल्ने (स्वचालित) नगर रेल सेवाको मस्कोमा बिहीबार औपचारिक शुभारम्भ गरिएको छ ।यो रूसको सार्वजनिक यातायातको नयाँपनका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा हो। रूसी सरकारको आधिकारिक वेबसाइटमा यो समाचारको पुष्टि गरिएको छ । यो अग्रगामी परियोजना सन् २०३० सम्मका लागि मस्कोको यातायात विकास रणनीतिको एक महत्त्वपूर्ण भाग हो। यी… Continue reading रूसद्वारा पहिलो एआईबाट चल्ने विद्युतीय रेलको सेवा शुभारम्भ

सामान्य बन्दै पोखराको जनजीवन

२७ भदौ, गण्डकी । जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ । आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ । बिहानको समयमा आवतजावत खुकुलो पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताइन् । “दिउँसोसम्मको परिस्थिति मूल्याकङ्न गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय… Continue reading सामान्य बन्दै पोखराको जनजीवन

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै कोशी… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

२७ भदौ, वाशिङ्गटन डिसी । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त… Continue reading प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधन जले

२७ भदौ, कञ्चनपुर । जेनजी’ आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक दलका कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास, चारवटा व्यापारिक केन्द्र र १६ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट,… Continue reading कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधन जले

बीमा दाबी सहज बनाउन निर्देशन

२६ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहतालाई मध्यनजर गर्दै बीमा दाबीलाई… Continue reading बीमा दाबी सहज बनाउन निर्देशन

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

FILE

२७ भदौ, कञ्चनपुर । भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै लुटिएका छन् । पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन् । “सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौँ”, कलमबहादुरले भने, “तीन… Continue reading भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

२७ भदौ, दमौली । तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव… Continue reading तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उहाँहरूबीच छलफल भएको थियो । सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक… Continue reading राष्ट्रपति र सभामुखबीच भेटवार्ता

नयाँ सरकार गठनमा रातभर छलफल, आज देशले पाउला नयाँ प्रधानमन्त्री ?

२७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका विषयमा आज रातभर छलफल भयो । छलफल शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरे । छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा अझै… Continue reading नयाँ सरकार गठनमा रातभर छलफल, आज देशले पाउला नयाँ प्रधानमन्त्री ?

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

२६ भदौ, काठमाडौं । अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ । विभागका निर्देशक टीकाराम ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालमा पछिल्लो विकसित घटनाक्रमका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकमा पर्न गएको असुविधाप्रति विभाग संवेदनशील भएर अध्यागमन कार्यालयबाटै भिसा अनुमति दिने… Continue reading सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क