महोत्तरी, १४ जेठ । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान सनपाटखेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशुवस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन् । विगतमा पशुवस्तु बाँध्न, डुलाउनमात्र होइन, कैयौँ काममा प्रयोग हुने डोरीको… Continue reading मासिँदै सनपाट
Author: Vishwanews.com
मनाइँदै बकर इद (इदुल जोहा)
काठमाडौँ, १४ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान… Continue reading मनाइँदै बकर इद (इदुल जोहा)
विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति
काठमाडौँ, १४ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ… Continue reading विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति
पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
काठमाडौँ, १४ जेठः मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेख्य प्रगति भएको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२–८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ । सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित… Continue reading पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन
काठमाडौँ, १३ जेठः स्वास्थ्य बिमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ १६ देखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जानकारी दिइन् । उनले बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय… Continue reading निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन
उद्योग दर्ता १२ प्रतिशतले बढ्यो
काठमाडौँ, १४ जेठ : मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले बृद्धि भएको छ । विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२–८३… Continue reading उद्योग दर्ता १२ प्रतिशतले बढ्यो
पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो
काठमाडौँ, १३ जेठः विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ । देशभरका झण्डै ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ । सहरी क्षेत्रमा विद्युत् खपत क्रमशः बढ्दै गएको छ । सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढ्दै जाँदा खाना पकाउने ग्यासको खपत क्रमशः घट्दै गएको छ । आर्थिक सर्वेक्षण २०८२–८३… Continue reading पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो
आर्थिक सर्वेक्षण २०८२–२०८३ : सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी
काठमाडौँ, १४ जेठः देशभरका ७५३ स्थानीय तहमध्ये ६० वटामा कृषक घर धुरी सूचिकृत गर्ने कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–२०८३ को आर्थिक सर्वेक्षणमा फागुन मसान्तसम्म मुलुकभरका २३ लाख ८३ हजारभन्दा बढी किसान सूचिकरण सम्पन्न भएको उल्लेख छ । किसानको अलग अलग पहिचान गरी कृषि अनुदानका… Continue reading आर्थिक सर्वेक्षण २०८२–२०८३ : सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी
कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान
काठमाडौँ, १३ जेठः चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको यस्तो योगदान आठ दशमलव ८६ प्रतिशत रहेको थियो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सदनमा पेस गर्नुभएको आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान… Continue reading कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान
आर्थिक सर्वेक्षण २०८२–८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत
काठमाडौँ, १३ जेठ । सरकारले वार्षिक रूपमा सङ्कलन गर्ने राजस्वको ठूलो अंश सङ्घ सरकारबाट उठ्ने गरेको देखिएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२–८३ अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको एकीकृत राजस्व सङ्कलन ११ दशमलव चार प्रतिशतले वृद्धि भई… Continue reading आर्थिक सर्वेक्षण २०८२–८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने
काठमाडौँ, १३ जेठः आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै… Continue reading जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने
आर्थिक सर्वेक्षण : अर्थतन्त्रमा सकारात्मक सङ्केत- संरचनागत चुनौती कायमै
विश्व न्यूज काठमाडौं १३ जेठः मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक चुनौती अझै पनि कायम रहेको सरकारको प्रतिवेदनले उल्लेख गरेको छ । नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको, मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषणमा उल्लेख्य वृद्धि भएको सर्वेक्षणले देखाएको छ । तर, पुँजीगत खर्च कमजोर रहनु, व्यापार घाटा बढ्नु, सार्वजनिक ऋण विस्तार हुनु तथा… Continue reading आर्थिक सर्वेक्षण : अर्थतन्त्रमा सकारात्मक सङ्केत- संरचनागत चुनौती कायमै
प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण
काठमाडौँ, १३ जेठः प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद साजिदा खातुन सिद्धिकीले ‘डायलाइसिस’ गर्ने मेसिन देशका सबै अस्पतालमा उपलब्ध गराउन माग गरिन् । सांसद खड्गबहादुर शाहीले मुगुमा यार्सागुम्बा सङ्कलनका क्रममा यही जेठ १० गते टाँकेखोलामा लेक लागेर पेमा लामाको निधन… Continue reading प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण
प्रतिनिधिसभा बैठक सुरूः श्रम संस्कृति पार्टीको विरोध कायमै
काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने माग दोहो¥याउँदै त्यसो नहुँदासम्म आफ्नो विरोध कायमै रहने बताए । सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गरे । यसपछि सांसद राईले विरोध जनाउँदै बैठक… Continue reading प्रतिनिधिसभा बैठक सुरूः श्रम संस्कृति पार्टीको विरोध कायमै
स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता
काठमाडौँ, १३ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ । स्विट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उनीहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । सो अवसरमा नेपाल र भुटानको समस्या करिब उस्तै रहेकाले आपसी सहयोग र सहकार्यका आधारमा समाधान… Continue reading स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता
हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल
काठमाडौँ, १३ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज यहाँ आयोजना गरिएको ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका हुन् । “सगरमाथा केबल नेपालको भौगोलिक पहिचान मात्र… Continue reading हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल
जलजलामा हिमाल र बादलको लुकामारी
म्याग्दी, १३ जेठः पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण,… Continue reading जलजलामा हिमाल र बादलको लुकामारी
तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
दमौली (तनहुँ), १३ जेठः कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषिसम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता थियो । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र… Continue reading तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
मुस्ताङ, १३ जेठः यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले यहाँका किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा हाते ट्याक्टरसहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरेको हो । एकाइले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘जोन… Continue reading मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा
नयाँदिल्ली, १३ जेठ (रासस–एपी) । अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्धी नयाँ संयुक्त पहलहरू सार्वजनिक गर्दै क्वाड सहकार्यलाई थप सुदृढ बनाउने घोषणा गरेका छन् । नयाँदिल्लीमा भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्कर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी र अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङबीच… Continue reading क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण
सियोल, १३ जेठ (रासस–एपी) । उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो पछिल्लो गतिविधिलाई उत्तर कोरियाको निरन्तर जारी हतियार परीक्षण शृङ्खलाको अर्को कदमका रूपमा हेरिएको छ । दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको संक्षिप्त सूचनामा प्रक्षेपणको विस्तृत विवरण भने दिइएको छैन । प्रक्षेपणको… Continue reading उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण
सिङ्गापुरको आर्थिक वृद्धिमा निरन्तर सुधारको सङ्केत
सिङ्गापुर, १३ जेठ (रासस–सिन्ह्वा) । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबुत गतिविधि र सुरक्षित लगानीका रूपमा पूँजी प्रवाह बढेकाले सिङ्गापुरको सन् २०२६ को आर्थिक वृद्धिदर पूर्वानुमान बढाइएको छ । मलेशियास्थित मेबैंक इन्भेस्टमेन्ट बैंकले सन् २०२६ का लागि सिङ्गापुरको कुल गार्हस्थ उत्पादन वृद्धिदर ४।२ प्रतिशत हुने अनुमान गरेको छ, जुन पहिले ३।४ प्रतिशत… Continue reading सिङ्गापुरको आर्थिक वृद्धिमा निरन्तर सुधारको सङ्केत
कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण
बुनिया (कङ्गो),१२ जेठ (रासस–एपी) । कङ्गोको पूर्वी भागमा ुइबोलाु भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीय विरोध र आक्रमणका कारण प्रभावित भइरहेका छन् । स्वयंसेवी स्वास्थ्यकर्मीहरूले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गालीगलौज गर्ने जस्ता व्यवहार सामना गर्नुपरेको छ । कतिपय मानिसहरू… Continue reading कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण
अष्ट्रेलियामा औद्योगिक प्रदूषण नियन्त्रणका लागि कडा कदम
क्यानबेरा, १३ जेठ (रासस–सिन्ह्वा) । अष्ट्रेलियाले खानी उद्योगसहित ठूला औद्योगिक कम्पनीहरूलाई उत्पादनस्थलमै प्रदूषण उत्सर्जन घटाउन आग्रह गरेको छ । प्रमुख खानी कम्पनीले कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी केही महत्वपूर्ण योजना पछाडि सारेको समाचार सार्वजनिक भएपछि सरकारको यस्तो प्रतिक्रिया आएको हो । जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले उत्सर्जन नियन्त्रणसम्बन्धी अष्ट्रेलियाको ‘सुरक्षा संयन्त्र’ अन्तर्गत पर्ने ठूला उद्योगहरूले उत्सर्जन… Continue reading अष्ट्रेलियामा औद्योगिक प्रदूषण नियन्त्रणका लागि कडा कदम
गाजामा इजरायली हवाई आक्रमण ७ जनाको मृत्यु
गाजा, १३ जेठ (रासस–सिन्ह्वा) । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। तीमध्ये ५ जनाको ज्यान एउटा आक्रमणमै गएको बताइएको छ। यो घटना इजरायल र हमासबीच अक्टोबर १० देखि लागू भएको युद्धविरामका बीच पनि गाजामा जारी हिंसाको पछिल्लो उदाहरण हो। हमासअन्तर्गत सञ्चालन हुने नागरिक सुरक्षा एजेन्सीले जारी गरेको… Continue reading गाजामा इजरायली हवाई आक्रमण ७ जनाको मृत्यु
चीनको सांस्कृतिक उद्योगमा ‘एआई’को प्रभाव बढ्दो
सेनझेन, १३ जेठ (रासस–सिन्ह्वा) । दक्षिण चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेनझेन शहरमा आयोजित सांस्कृतिक उद्योगसम्बन्धी एक मञ्चले कृत्रिम बुद्धिमत्ता (एआई) अब चीनको सामग्री निर्माण, वितरण तथा विश्वव्यापी प्रचारप्रसारमा गहिरोसँग समाहित भइसकेको उल्लेख गरेको छ । हालै आयोजित ‘चीनको सांस्कृतिक शक्ति निर्माण २०२६’ मञ्चमा विभिन्न संस्थाहरूले कृत्रिम बुद्धिमत्ताबाट निर्माण गरिएका वृत्तचित्र, एनिमेटेड श्रृङ्खला तथा अनुवादित अनलाइन उपन्यासजस्ता… Continue reading चीनको सांस्कृतिक उद्योगमा ‘एआई’को प्रभाव बढ्दो
वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा
कोलम्बो, १३ जेठ (रासस–सिन्ह्वा) । श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा अहिलेसम्मकै उच्च वार्षिक कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ । श्रीलंका वैदेशिक रोजगार ब्यूरोका अध्यक्ष कोसला विक्रमसिंघेले सोमबार जानकारी दिए । उनका अनुसार सन् २०२६ को पहिलो चार महिनामा मात्रै ३ अर्ब ६ करोड अमेरिकी डलर बराबरको विप्रेषण प्राप्त भएको… Continue reading वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा
पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा
लिस्बन (पोर्चुगल), १३ जेठः लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो । घुम्ती शिविरबाट कूल ८२ जना… Continue reading पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ, १३ जेठ : सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची… Continue reading प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
आजको मौसम : तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा
काठमाडौँ, १३ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल… Continue reading आजको मौसम : तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा