२० असार, काठमाडौं । रामग्राम नगरपालिका–६, नवलपरासीका वरुणकुमार सिंह आज अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको सफल प्रतिनिधिका रुपमा स्थापित भएका छन् । नेपालबाट शुरु भएको उनको पाककलाको यात्रा अहिले विश्वकै चर्चित पर्यटन गन्तव्य माल्दिभ्ससम्म पुगेको छ । हाल उनी माल्दिभ्सस्थित प्रतिष्ठित ‘बाग्लियोनी होटल्स’ समूहअन्तर्गत सेफ डे क्युजिन (मुख्य कार्यकारी सेफ)का रुपमा कार्यरत छन् । उनको… Continue reading एसियाली स्वादमा विशेष दख्खल : बरुणकुमार सिंह
Author: Vishwanews.com
नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्याउन सुरू
काठमाडौँ, २० असार । नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप दिइ हुम्ला र भोजपुरबाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्याउने कार्यको थालनी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिने प्रमुख उपलब्धिहरुआज सिंहदरबारबाट सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकमैत्री सेवा प्रवाह गरी नागरिकप्रति सरकारको विश्वास र भरोसा अभिवृद्धि… Continue reading नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्याउन सुरू
कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
काठमाडौँ, २० असारः कोलम्बिया फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको पासमा गरेको एक गोल नै कोलम्बियाका लागि… Continue reading कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
केप भर्डेमाथि जीत निकाल्दै अर्जेटिना विश्वकपको अन्तिम १६ मा प्रवेश
काठमाडौँ, २० असारः साविक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामी खेलमैदानमा आज सम्पन्न राउन्डअफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेमाथि ३-२ को जीत निकाल्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता… Continue reading केप भर्डेमाथि जीत निकाल्दै अर्जेटिना विश्वकपको अन्तिम १६ मा प्रवेश
अष्ट्रेलियामा नेपाली खानाको प्रवद्र्धन गर्दै टोमप्रसाद खनाल
२० असार, काठमाडौं । झापा, सुरुङ्गाका टोमप्रसाद खनाल आज अन्तर्राष्ट्रिय आतिथ्य र पाककलाको क्षेत्रमा स्थापित नाम बनेका छन् । सामान्य परिवेशबाट यात्रा शुरु गरेका खनाल अहिले अष्ट्रेलियाको प्रतिष्ठित द भिल्ली क्यासिनो रिसोर्टमा एसियन स्पेसियालिटी सेफका रुपमा कार्यरत छन् । खनालको व्यावसायिक यात्रा भारतबाट भएको थियो । मुम्बईमा सलमान खान, इमरान हास्मी लगायत दर्जनौं कलाकारले उनको… Continue reading अष्ट्रेलियामा नेपाली खानाको प्रवद्र्धन गर्दै टोमप्रसाद खनाल
बहुआयामिक पाककलाका हेडमास्टर : रेशमबहादुर लामा
२० असार, काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ का रेशमबहादुर लामा अन्तर्राष्ट्रिय पाककला क्षेत्रमा परिचित छन् । २६ वर्ष लामो संघर्ष, अभ्यास र मेहनतपछि अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा उनको पाककला यात्रा साइप्रसस्थित ‘नालु लियोनार्डो होटल’सम्म पुगेको छ । उनले नेपाल, दुबई, ओमान, भारत तथा साइप्रसका विभिन्न प्रतिष्ठित होटल तथा रेस्टुरेन्टहरुमा काम गरिसकेका छन् । उनले ओमान मस्कटस्थित… Continue reading बहुआयामिक पाककलाका हेडमास्टर : रेशमबहादुर लामा
नेपाली स्वादलाई चिनाउने लक्ष्य
अरुण अधिकारी–अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी रामेछाप जिल्लामा जन्मिएका अरुण अधिकारी अहिले संयुक्त अरब इमिरेट्समा नेपाली पाककलाको प्रतिनिधित्व गरिरहेका एक अनुभवी सेफ हुन् । दुई दशकदेखि पाककला क्षेत्रमा सक्रिय उनी हाल अबुधाबीस्थित सादियात होटलमा कार्यरत छन् । ४५ देशमा बिस्तार र १० हजारभन्दा धेरै व्यक्ति आबद्ध भएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्षसमेत रहेका अधिकारी नेपाली… Continue reading नेपाली स्वादलाई चिनाउने लक्ष्य
सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई
१९ असार, काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो । मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न… Continue reading सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई
वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
काठमाडौं, असार १९। वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ… Continue reading वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
काठमाडौं,असार १९ । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि उहाँले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे । अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा.योगेन्द्रप्रसाद सिंह, डा.अजयकुमार झा र डा.विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा… Continue reading बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
काठमाडौं, असार १९ । बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा सङ्क्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह सुरु गरेको छ। फोन गर्दा सुनिने रिङटोनमार्फत बर्ड फ्लुबाट बच्ने उपाय, सङ्क्रमित भएका, बिरामी वा मरेका चराचुरुङ्गी तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पन्छी देखेमा त्यसको नजिक नजान, शङ्का लागेमा सम्बन्धित… Continue reading बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ
काठमाडौँ, १९ असार । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज मन्त्रालयमा नवनियुक्त उपकुलपतिहरूलाई मन्त्री पोखरेलले शपथ गराएका हुन् ।प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालचन्द्र शाहले आजै त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । विश्वविद्यालयका उपकुलपति छनोट… Continue reading शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ
त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त
काठमाडौँ, १९ असार । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् । जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा भोला थापा नियुक्त भए । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त भए… Continue reading त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त
सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
प्रगति ढकाल\रासस काठमाडौँ, १९ असारः सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा पूर्वाधार विकास मन्त्रालयले लाइसेन्स छपाइ तथा अन्य विभिन्न सरकारी सेवामा विद्युतीय शासनको अवधारणालाई प्राथमिकतामा राखेको छ । मन्त्रिपरिषद्को गत चैत १३ को बैठकबाट स्वीकृत उक्त कार्यसूचीमा समावेश पूर्वाधार विकास तथा यातायात क्षेत्रको व्यवस्थापनका लक्ष्यअन्तर्गत डिजिटल सेवा विस्तारका साथै अलपत्र पारिएका आयोजनाको… Continue reading सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
काठमाडौँ, १९ असारः कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्डफ्लुबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरुप क्षतिपूर्ति वितरण… Continue reading बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
मेलम्चीको पानी आपूर्ति बन्द
काठमाडौँ, १९ असारः मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो । उनले भने,… Continue reading मेलम्चीको पानी आपूर्ति बन्द
बढ्दैछन् तारे होटल र रिसोर्ट
अच्युत रेग्मी–राससकाठमाडौँ, १९ असारः नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि बढ्दै गएको पाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटनका क्षेत्रमा लगानी बढ्दै गएको देखिएको हो । फलस्वरूप नेपालमा होटलजस्ता पर्यटन सेवाका क्षेत्रमा पनि लगानीकर्ता बढ्दै गएका… Continue reading बढ्दैछन् तारे होटल र रिसोर्ट
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
काठमाडौँ, १९ असारः पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ । आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा मुकुल उपाध्यायले सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने जानकारी दिए । गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लुका भाइरसले स्वरूप परिवर्तन… Continue reading विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रयविहिन : संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सी
न्युयोर्क, १९ असार (रासस–क्युएनए) । संयुक्त राष्ट्रसङ्घीय सहायता एजेनसीहरुले भेनेजुएलामा गएको दुई वटा विनाशकारी भूकम्प पछि दशौँ हजार मानिसहरु पर्याप्त आश्रय स्थलविहीन भएको पुष्टि गरेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) विज्ञप्ति जारी गर्दै दिन प्रतिदिन मृतकको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ । अधिकारीहरूका अनुसार लगभग दुई हजार जनाको मृत्यु भएको पुष्टि भएको… Continue reading भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रयविहिन : संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सी
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
नयाँदिल्ली, १९ असार (रासस–एएफपी) । भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ । सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो… Continue reading ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
अक्टोबर ७ आक्रमणको एक हजार दिन
जेरुसेलम, १९ असार (रासस–एएफपी) । हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको एक हजार दिन पुगेको अवसरमा इजरायलभर बिहीबार स्मरणसभा र विरोध प्रदर्शन आयोजना गरिएको छ । पीडित परिवार तथा बन्धकका आफन्तहरूले आक्रमणअघि र त्यसपछिका सरकारी निर्णयहरूको निष्पक्ष छानबिन गर्न राज्यस्तरीय अनुसन्धान आयोग गठनको माग दोहो¥याएका छन् । कार्यक्रम बिहान ६ः२९ बजे सुरु गरिएको थियो… Continue reading अक्टोबर ७ आक्रमणको एक हजार दिन
दोहा वार्तापछिको अमेरिका–इरान संवाद प्रयास जारी
दोहा, १९ असार (रासस–एएफपी) । मध्यस्थकर्ताहरूले बिहीबार बताएअनुसार इरान र संयुक्त राज्य अमेरिकाले दोहामा अप्रत्यक्ष वार्ताको एक चरण समाप्त गरेका छन् । हालका गोलीबारीपछि तनाव कम गर्न र वार्तालाई अघि बढाउन प्रयास जारी छ । जुनमा वाशिङ्गटन र तेहरानले कतार र पाकिस्तानको मध्यस्थतामा समझदारी पत्रमा सहमति जनाएका थिए । यसमा फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायलको हवाई हमलापछि… Continue reading दोहा वार्तापछिको अमेरिका–इरान संवाद प्रयास जारी
दक्षिण अफ्रिका बस दुर्घटनाः १६ जनाको मृत्यु, दर्जनौं घाइते
केप टाउन, १९ असार (रासस–एएफपी) । दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस बिहीबार पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको प्रहरी र यातायात अधिकारीले बताएका छन् । मत्यु हुनेका केहीे बच्चाहरू पनि रहेको बताइएको छ। सडक ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार बस पर्यटकीय शहर केप टाउनबाट पूर्वी केप प्रान्तको इडुटिवामा जाँदै गर्दा बिहानको समयमा दुर्घटना… Continue reading दक्षिण अफ्रिका बस दुर्घटनाः १६ जनाको मृत्यु, दर्जनौं घाइते
शिशुलाई स्वीकार गर्न बाध्य पारिएको घटनाबारे बेलायतका प्रधानमन्त्रीद्वारा राज्यको तर्फबाट क्षमा याचना
लन्डन, १९ असार (रासस–एएफपी) । बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले अविवाहित आमाहरूबाट जन्मिएका अनुमानित एक लाख ८५ हजार शिशुहरूलाई जबरजस्ती धर्मपुत्र वा धर्मपुत्रीका रूपमा स्वीकार गराइएको घटनाको लागि औपचारिक रूपमा माफी मागेका छन् । उनले यसलाई ‘देशको इतिहासमा कलङ्क’ भनेका छन् । उनले यो घटना सन् १९४९ देखि १९७६ सम्म इङ्ल्यान्ड र वेल्समा स्थानीय निकाय, स्वयंसेवी… Continue reading शिशुलाई स्वीकार गर्न बाध्य पारिएको घटनाबारे बेलायतका प्रधानमन्त्रीद्वारा राज्यको तर्फबाट क्षमा याचना
म्याक्रोँ ‘थाइ नरेश सामु घुँडा टेकेको दाबी’को थाइल्याण्डको विदेश मन्त्रालयद्वारा खण्डन
बैङ्कक, १९ असार (रासस–एएफपी) । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले यो हप्ता पेरिसको राजकीय भ्रमणका क्रममा थाइल्याण्डका राजासामु घुँडा टेकेको भन्दै भाइरल बनेको एआईद्वारा निर्मित तस्वीर भएको थाइल्याण्डको विदेश मन्त्रालयले बिहीबार जानकारी गराएको छ । राजा महा वजिरालोङ्कोर्ण र रानी सुथिदाको यो भ्रमण सन् १९६० यता थाइ नरेशद्वारा गरिएको फ्रान्सको पहिलो औपचारिक भ्रमण थियो । दुई… Continue reading म्याक्रोँ ‘थाइ नरेश सामु घुँडा टेकेको दाबी’को थाइल्याण्डको विदेश मन्त्रालयद्वारा खण्डन
गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत
ब्रसेल्स, १९ असार (रासस–एएफपी) । युरोपेली सङ्घ (इयू) को सर्वोच्च अदालतले गुगलको ‘एन्ड्रोइड’ को सञ्चालन प्रणालीसँग जोडिएको अविश्वासिलो अभ्यासका लागि दिइएको रेकर्ड ४.१ अर्ब युरो (४.७ अर्ब अमेरिकी डलर) को जरिवानालाई बिहीबारको फैसलाद्वारा कायम गरेको छ । युरोपेली अदालत (युरोपियन कोर्ट अफ जस्टिस) ले अमेरिकी प्रविधि कम्पनी गुगलको दोस्रो पटकको पुनरावेदन खारेज गर्दै सन् २०१८… Continue reading गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
जेनेभा, १९ असार (रासस–एएफपी) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफमा पुगेको एक पानीजहाजसँग सम्बन्धित हान्टाभाइरस प्रकोप समाप्त भएको बिहीबार घोषणा गरेको छ। भाइरस सङ्क्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट निस्केपछि यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमवी जहाजमा सङ्क्रमणको हल्लापछि जहाजका सङ्क्रमणको आशङ्का लागेका र अन्य यात्रुलाई क्वारेन्टाइनमा राखेर उनीहरूको… Continue reading हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
ट्रम्पविरुद्ध युरोप एकजुट
रोम, १९ असार (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ । ट्रम्पको दबाबले मेलोनीलाई अलग पार्ने सट्टा युरोपेली नेताहरूलाई उनको पक्षमा उभिन प्रेरित गरेको विश्लेषकहरूले बताएका छन् । यससँगै रक्षा, सुरक्षा, व्यापार र विदेश नीतिमा युरोपेली एकता झन् बलियो बन्दै गएको आकलन गरिएको… Continue reading ट्रम्पविरुद्ध युरोप एकजुट
क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
काठमाडौँ, १९ असारः फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा आज भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे ।… Continue reading क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
२४ घण्टामा ट्राफिक कारबाहीबाट उठ्यो १३ लाख ३३ हजार राजस्व
काठमाडौँ, १९ असारः बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही… Continue reading २४ घण्टामा ट्राफिक कारबाहीबाट उठ्यो १३ लाख ३३ हजार राजस्व