काठमाडौँ, १५ माघः पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुनेक्रम बढ्न थालेको थियो । दैनिक दर्जनौँ लुटपाटका उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारीलाई चिन्तित बनायो । उक्त चुनौतीपूर्ण घटनालाई नियन्त्रणमा लिएर समाजमा अमञ्चयन कायम गराउन काठमाडौँ प्रहरीले ‘अपरेसन स्न्याचिङ’ सञ्चालन गर्ने निर्णय ग¥र्यो । त्यसक्रममा प्रहरीले… Continue reading जेन जी आन्दोलनमा हिरासतबाट भागेर ग्याङ निर्माण, राजधानीमा मध्यरातमा लुटपाट आतंक
Author: Vishwanews.com
दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगो नियन्त्रणमा
काठमाडौँ, १५ माघः काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिएका िथए । आगलागीको कारण भने खुलेको छैन ।
सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३ सय
काठमाडौँ, १५ माघः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८००… Continue reading सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३ सय
भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला
वासिङ्टन, १५ माघ (रासस–एपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाको अन्तरिम नेतृत्व अमेरिकी अपेक्षा र लक्ष्यबाट भट्किएमा ट्रम्प प्रशासन भविष्यमा सैन्य कारबाही गर्न पनि तयार रहेको चेतावनी दिएका छन् । बुधबार सिनेटको विदेश सम्बन्ध समिति समक्ष प्रस्तुत गर्न तयार पारिएको सुनुवाइमा उनले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको स्पष्ट पार्दै आवश्यक परे थप बल प्रयोग अस्वीकार नगरिने… Continue reading भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल
सियोल, १५ माघ (रासस–एएफपी) । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ । त्रिपन्न वर्षीया किम लामो समयदेखि… Continue reading दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल
किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत
सियोल, १५ माघ (रासस–एपी) । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताएका छन् । राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार मङ्गलबार किमको उपस्थितिमा अपग्रेड गरिएको लार्ज–क्यालिबर मल्टिपल रकेट लन्चर प्रणालीको लाइभ–फायर अभ्यास गरिएको थियो । दक्षिण… Continue reading किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत
इराकका प्रधानमन्त्रीका उम्मेदवार मलिकीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा
बगदाद, १५ माघ (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले नूरी अल–मलिकीले प्रधानमन्त्री पद सम्हालेमा देशलाई सबै सहयोग अन्त्य गर्ने चेतावनी दिएपछि इराकका मुख्य प्रधानमन्त्री पदका उम्मेदवार मलिकीले बुधबार वाशिङ्गटनको ‘हस्तक्षेप’ को निन्दा गरेका छन् । “हामी इराकको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौँ,” मलिकीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी यसलाई इराकको ‘लोकतान्त्रिक प्रणाली’… Continue reading इराकका प्रधानमन्त्रीका उम्मेदवार मलिकीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा
कमला नदीमा बनाइयो अस्थायी ‘डाइभर्सन’
सिरहा, १५ माघः हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ । हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको जानकारी दिँदै सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले भने,… Continue reading कमला नदीमा बनाइयो अस्थायी ‘डाइभर्सन’
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग
काठमाडौँ, १५ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश… Continue reading निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
काठमाडौँ, १५ माघः हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज… Continue reading उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
चितवनमा मोटरसाइकल नहरमा खस्यो, एक जनाको मृत्यु
चितवन, १५ माघः भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा… Continue reading चितवनमा मोटरसाइकल नहरमा खस्यो, एक जनाको मृत्यु
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
न्यूयोर्क, १५ माघ (रासस–एएफपी) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन) ले अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना अन्तर्गत भन्दै विश्वव्यापी रूपमा १६ हजार रोजगारी कटौती गर्ने बुधबार बताएको छ । यस पहिले नै १४ हजार पदहरू कटौती गर्ने योजना सार्वजनिक गरेको विशाल ई–कमर्स कम्पनी अमेजनले थप १६ हजार पदलाई समायोजन गर्ने बताएको हो । वरिष्ठ उपाध्यक्ष बेथ… Continue reading अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बाहिरियो वर्षा गराउने प्रणाली
काठमाडौँ, १४ माघ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए ।… Continue reading बाहिरियो वर्षा गराउने प्रणाली
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन
नयाँदिल्ली, १५ माघ (रासस–एएनआई) । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान दुःखद निधन भएको खबरले देशभर शोकको लहर फैलिएको छ । बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उहाँसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ । शिवसेना (युबिटी) का सांसद अरविन्द सावन्तले यस घटनालाई ‘अत्यन्त दुःखद’… Continue reading महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन
हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित
मुस्ताङ, १४ माघ : मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी यहाँको तल्लो मुस्ताङमा वर्षासँगै हिमपात भएको छ । माथिल्लो… Continue reading हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित
भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन :अध्यक्ष ओली
काठमाडौँ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद् घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन् । उनले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले यस्तो आदेश कहिल्यै नदिएको र दिन नसक्ने… Continue reading भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन :अध्यक्ष ओली
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु
काठमाडौँ, १४ माघः काठमाडौँको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ स्थित फस्कू चोकमा गएराति बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल र बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल चालक भीमढुङ्गाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर… Continue reading नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु
रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य
काठमाडौँ, १४ माघः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी हिजोदेखि अस्पताल भर्ना भई उपचाररत छन् । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको जानकारी दिए । उनको नशाबाट आइभी एन्टिबायोटिकमार्फत उपचार भइरहेको अस्पतालले जनाएको छ… Continue reading रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य
पूर्वमाओवादी धारलाई एकतामा आउन प्रचण्डको आह्वान
काठमाडौँ, १४ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित नेकपा र नेकपा माओवादी (एकता पक्षधर)बीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आत्मसमीक्षा गरेर राष्ट्रिय स्वाधिनताको पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गरे । “मुलुकलाई समृद्ध बनाउन र… Continue reading पूर्वमाओवादी धारलाई एकतामा आउन प्रचण्डको आह्वान
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
काठमाडौँ, १४ माघः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुको सहभागिता रहेको… Continue reading राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात
म्याग्दी, १४ माघ : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुुर्जा र अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ । हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनको बताए । समुन्द्रि सतहदेखि दुई हजार… Continue reading म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात
एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय
काठमाडौँ, १४ माघः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३००… Continue reading एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय
इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
दुबई, १४ माघ (रासस–एपी) । इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा कम्तीमा ६ हजार १२६ जनाको ज्यान गएको अधिकारकर्मी संस्थाहरूले बताएका छन् । अझै पनि धेरै मानिस बेपत्ता रहेको आशङ्का गरिएको छ । अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये कम्तीमा ५ हजार ७७७ जना प्रदर्शनकारी, २१४… Continue reading इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता
जेनेभा, १४ माघ (रासस–क्युएनए) । संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासीहरू बेतत्ता भएको जनाएको छ । खराब मौसमले खोजी र उद्धार कार्यमा गम्भीर बाधा पुर्याएको उल्लेख गर्दै आइओएमले विज्ञप्ति मार्फत दुर्घटना प्रति गहिरो चिन्ता व्यक्त गरेको छ । आइओएमले रिपोर्टहरूको अनुसन्धान गरिरहेको… Continue reading सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता
बङ्गलादेशका अल्पसङ्ख्यकमाथि बढ्दो आक्रमण, विश्वभर चिन्ता
हेग, १४ माघ (रासस–एएनआई) । बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यकहरूमाथि भइरहेको बढ्दो हिंसा र आक्रमणलाई लक्षित गर्दै हालै सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ । सम्मेलनमा विशेषज्ञहरूले धार्मिक स्वतन्त्रता र मानवअधिकारको संरक्षणमा तत्काल कदम चाल्नुपर्ने जोड दिएका छन् । प्रतिवेदनअनुसार, विगत केही वर्षमा बङ्गलादेशमा मस्जिद, मन्दिर र चर्चमाथि पनि हमला भएका छन्,… Continue reading बङ्गलादेशका अल्पसङ्ख्यकमाथि बढ्दो आक्रमण, विश्वभर चिन्ता
अमेरिकामा हिमआँधीको वितण्डा, तस्वीरमा
१४ माघ, काठमाडौं । अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ । अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना… Continue reading अमेरिकामा हिमआँधीको वितण्डा, तस्वीरमा
मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको मृत्यु
उलान बाटोर (मङ्गोलिया), १४ माघ (रासस–सिन्ह्वा) । मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले मङ्गलबार जनाएको छ । मृतक मध्ये अधिकाशंले रक्सी पिएको एनपिएले विज्ञप्ति मार्फत जनाएको छ । चिसोको उच्च जोखिमको समयमा हाइपोथर्मियाको कारण मृत्यु हुनुको मुख्य… Continue reading मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको मृत्यु
अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु
न्युयोर्क,१४ माघ (रासस–एएफपी) । अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ । अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना… Continue reading अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु
क्यालिफोर्नियामा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा
लस एन्जलस, १४ माघ (रासस–सिन्ह्वा) । अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे नामक स्वास्थ्य सेवा संस्थामा कार्यरत ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी सोमबार बिहानदेखि खुला अवधिको हडतालमा उत्रिएका छन् । यो हडताल अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलन हो । क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घअन्तर्गत रहेका करिब ३१… Continue reading क्यालिफोर्नियामा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा
नेपालमा हिमपातको सुन्दर दृष्य (६ तस्वीरमा)
१४ माघ, काठमाडौं । नेपालमा आज रातीबाटै उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले मौसम अदलीबदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्ने सम्भावना… Continue reading नेपालमा हिमपातको सुन्दर दृष्य (६ तस्वीरमा)