सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

RSS

काठमाडौँ, १४ असारः प्रतिनिसिभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो संशोधन), विधेयक २०८३’ लाई विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत भएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा विधेयक स्वीकृत भएको हो । सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदका लागि सङ्घीय संसद्को विधेयक शाखामा पेस गर्न आग्रह… Continue reading सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

काठमाडौँ, १४ असारः कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ । विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन”, उनले भने, “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।” महानिर्देशक डा दाहाल… Continue reading कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

वर्षापछि जलमग्न घोराही मुख्य बजार दाङ, १४ असार : दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मुख्य बजारमा आइतबार दिउँसो परेको वर्षापछि ढल निकास प्रणालीले पानी थेग्न नसक्दा जलमग्न सडक । तस्बिर : कुलदीप न्यौपाने / रासस

काठमाडौँ, १४ असारः मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित… Continue reading मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

चन्द्रपुर (रौतहट), १४ असार । रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवको आठ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले… Continue reading नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

File

वाशिङ्गटन, १४ असार (रासस–एएफपी) । अमेरिकाले शनिबार इरानमा ‘केही स्थानमा’ नयाँ आक्रमण गरेको जनाएको छ । यो आक्रमण स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको एउटा जहाजमाथिको पछिल्लो आक्रमणको जवाफमा गरिएको हो । “व्यावसायिक ढुवानीविरुद्ध इरानको निरन्तर आक्रामकताको प्रत्यक्ष जवाफमा अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले आइतबार इरानमाथि आक्रमण गरेको छ,” सेन्टकमले भनेको छ । सेन्टकमले… Continue reading अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित

agency

पेरिस, १४ असार (रासस–एएफपी) । युरोपका विभिन्न भागमा शनिबार कम्तीमा १९ करोड ३० लाख मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ । जर्मनीमा मात्र करिब ७ करोड ५० लाख व्यक्ति उच्च तापक्रमका कारण प्रभावित भएका थिए । एएफपीले प्राप्त गरेको तथ्याङ्कको विश्लेषण अनुसार उष्ण लहर पूर्वतर्फ सर्दै गरेकाले यो सङ्ख्या शुक्रबारको… Continue reading युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित

अमेरिका–इजरायल–लेबनानबीचको सम्झौता ‘गम्भीर भुल’ : हिजबुल्लाह प्रमुख

हिजबुल्लाहका नेता नइम कासेमले शनिबार अमेरिका–इजरायल–लेबनानबीचको प्रस्तावित सम्झौताको विरोध गर्दै यसलाई बेरुतले गरेको ठूलो गल्ती बताएका छन् । उनले आफ्नो समूहले उक्त सम्झौतालाई अमान्य भन्दै यसलाई आफ्नो समूहले नमान्ने घोषणा गरे । कासेमले भने, “वाशिङ्टनमा भएको फ्रेमवर्क सम्झौता अपमानजनक, लज्जास्पद र सार्वभौमिकताको आत्मसमर्पण हो। यो सम्झौता अमान्य र लेवनानीका लागि यसको शून्य उपलब्धी रहेको छ… Continue reading अमेरिका–इजरायल–लेबनानबीचको सम्झौता ‘गम्भीर भुल’ : हिजबुल्लाह प्रमुख

भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

Men searching for survivors stand atop a mountain of rubble three days after twin earthquakes struck, in La Guaira, Venezuela, Saturday, June 27, 2026. (AP Photo/Matias Delacroix)

भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति शाली दुईवटा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट घटनाको ३२ घण्टापछि एउटा नवजात शिशुलाई सकुशल उद्धार गरिएको छ । सामाजिक सञ्जालमा शुक्रबार साझा गरिएको भिडियोमा उद्धारकर्ताहरूले भत्किएको भवनमाथि ‘फ्लडलाइट’ को उज्यालोमा काम गर्दै शिशुलाई बाहिर निकालेको देखिन्छ । राजधानी काराकासको उत्तरमा रहेको सबैभन्दा बढी प्रभावित शहर ला ग्वाइरामा शुक्रबार… Continue reading भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

AP Photo/File

कानो, नाइजेरिया, १४ असार (रासस–एएफपसी) । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन्। स्थानीय अधिकारीले शनिबार यो जानकारी दिएका हुन्। यो क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको छ । मौसम सुरु भएको केही साता भित्रै जिहादी र आपराधिक गिरोह रकमका लागि अपहरणकर्ता ९स्थानीय रूपमा… Continue reading सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

file

काबुल, १४ असार (रासस–एएफपी) । अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी काबुल र अन्य क्षेत्रमा पनि भूकम्पको बलियो कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् । अफगानिस्तानका विभिन्न प्रान्तहरूमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारहरूले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् ।… Continue reading अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी, १४ असार (रासस–एएफपी) । अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि लागू गरेको सामाजिक सञ्जाल प्रतिबन्धको उल्लङ्घन गर्नेलाई रोक्न प्लेटफर्महरूलाई पहिलेको भन्दा दोब्बर बढी आर्थिक जरिवाना लगाउने घोषणा गरेको छ । सरकारले शनिबार यो जानकारी दिएको हो। नयाँ कानुनले प्रणालीगत उल्लङ्घनमा अधिकतम जरिवाना अस्ट्रेलियन डलर ९९ मिलियन (६८ मिलियन अमेरिकी डलर) पुर्‍… Continue reading अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि

file

कर्णाली, १४ असारः ‘कर्णाली क्रिकेट कप २०८३’ आजदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ । कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने जानकारी दिए । उनले खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा खेल सञ्चालन हुने बताउँदै कर्णाली प्रदेशका प्रत्येक… Continue reading ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि

घर्तीभिरको चट्टान फुटाइयो

खोटाङ, १४ असारः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास… Continue reading घर्तीभिरको चट्टान फुटाइयो

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौँ, १४ असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि… Continue reading कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

file

फिक्कल (इलाम), १४ असारः वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो… Continue reading पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

गोरखा, १४ असारः कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ ।सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिइन् । पालिकाले यो वर्षलाई मनास्लु हिमालको सफल… Continue reading आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची, १३ असारः अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक… Continue reading चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

काठमाडौँ, १३ असारः दक्षिण तथा दक्षिणपूर्वी एसियामा बढ्दो फोहोर तस्करी नियन्त्रणका लागि क्षेत्रीय सहकार्य सुदृढ गर्ने उद्देश्यले यहाँ दुईदिने क्षेत्रीय गोष्ठी सम्पन्न भएको छ । यहाँस्थित फ्रान्सेली दूतावास र नयाँदिल्लीस्थित फ्रान्सेली दूतावासअन्तर्गतको फ्रेन्च होमल्यान्ड सेक्युरिटी सर्भिसले संयुक्त रूपमा आयोजना गरेको गोष्ठीका सहभागीले वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड दिएका हुन् । फोहोर तस्करी नियन्त्रणका… Continue reading वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

Police officers ride a motorcycle past a collapsed building following earthquakes in Caraballeda, La Guaira state, Venezuela, on June 26, 2026. The death toll from two powerful earthquakes that devastated Venezuela earlier this week rose to 920 on June 26, National Assembly President Jorge Rodriguez said. (Photo by Juan BARRETO / AFP)

काराकास, १३ असार (रासस–एएफपी) । भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन् । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा पोर्चुगिज नागरिक वा पोर्चुगिज मूलका १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । पोर्चुगलको विदेश मन्त्रालयले यसअघि नौ जनाको मृत्यु र… Continue reading भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

भेनेजुएलाको भूकम्पमा ज्यान जानेको संख्या ९२० पुग्यो, ५० हजार बेपत्ता

Rescue workers search through the rubble after an earthquake in La Guaira, Venezuela, Thursday, June 25, 2026. (AP Photo/Pedro Mattey)

ला ग्वाइरा, भेनेजुएला, १३ असार (रासस–एएफपी) । भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् । काराकासका बासिन्दाहरूले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको… Continue reading भेनेजुएलाको भूकम्पमा ज्यान जानेको संख्या ९२० पुग्यो, ५० हजार बेपत्ता

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

राससभैरहवा (रूपन्देही), १३ असार । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ । भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री खड्गराज अधिकारी (गणेश) पौडेलको उपस्थितिमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरे… Continue reading लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

धरान (सुनसरी), १३ असारः धरान उपमहानगरपालिका-८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उदघाटन गरे । सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो । कूल रु ३३ करोड ७० लाख… Continue reading धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १३ असारः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गरे । साथै, उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र… Continue reading श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ, १३ असारः आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार प्रहरीले बाराका गगनबहादुर स्याङ््तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया… Continue reading वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ

मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा

राम थापा–राससगण्डकी, १३ असारः मनसुन सुरु भएसँगै देशका अधिकांश पर्यटकीय गन्तव्यको चहलपहल घट्न थाल्छ । वर्षायामलाई पर्यटनको ‘अफसिजन’ मान्ने धारणा अझै पनि बलियो छ तर बागलुङको ढोरपाटनमा भने यही मौसम पर्यटकीय गतिविधिको अर्को याम प्रारम्भ हुन्छ । हरियालीले ढाकिएका विशाल पाटन, कुहिरोले छोपिएका बुकी, रङ्गीचङ्गी भुइँफूल र गोठसम्म पुग्ने पदमार्गले मनसुनमा पदयात्राको छुट्टै आकर्षण सिर्जना… Continue reading मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा

पेस्तोल र गोलीसहित जनकपुरबाट दुई पक्राउ

जनकपुरधाम, १३ असारः प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट दुई जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पेस्तोल र गोेलीसहित धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ निवासी २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामा निवासी १८ वर्षीय सुधिर मुखियलाई पक्राउ गरेको हो । होटलमा आज… Continue reading पेस्तोल र गोलीसहित जनकपुरबाट दुई पक्राउ

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ, १३ असारः पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २४ घण्टामा २५ वटा विपद्का घटना भएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बारामा खेल्दै गरेका बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको छ । उनले २५… Continue reading पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

यस्तो छ आजको मौसम पूर्वानुमान कोशीमा भारी वर्षाको चेतावनी

ढोरपाटन उपत्यका गलकोट (बागलुङ) १३ असार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित प्रसिद्ध पर्यकीय स्थल ढोरपाटन उपत्यका । नेपालको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन ह्वातै बढेको छ । तस्बिर ः खेमराज गौतम रासस

काठमाडौं, १३ असारः हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान कोशीमा भारी वर्षाको चेतावनी

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

राष्ट्रिय समाचार समिति (रासस)ल्हासा, १३ असारः नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल–चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ । त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले हालै आयोजना गरेको कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रीय जन सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ, सिचाङ सरकारका विभिन्न निकायका उच्च अधिकारी, नेपालमा… Continue reading नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

दमौली (तनहुँ), १३ असारः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिउ । शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई… Continue reading कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु