बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

Australian Prime Minister Anthony Albanese speaks to the media during a press conference at Parliament House in Canberra, Australia, Thursday, Jan. 8, 2026. (Lukas Coch/AAP Image via AP)

मेलबर्न, ८ माघ (रासस–एपी) । सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा–विरोधी भाषणसम्बन्धी नयाँ कानून पारित गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यी कानूनहरू हिंसा र घृणाविरुद्धको एकताबद्ध कदम भएको बताउँदै स्वागत गरेका छन् । गत डिसेम्बर १४ मा यहुदी पर्व हनुक्काका क्रममा दुई बन्दुकधारीले १५ जनाको हत्या… Continue reading बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

विश्वकपको भेन्यू सार्ने बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

नयाँ दिल्ली, ८ माघ (रासस–एएफपी) । क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर सार्न बङ्गलादेशको अनुरोधलाई अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बङ्गलादेशी टोलीको सुरक्षामा सम्झौता गर्ने कुनै पनि स्वतन्त्र सुरक्षा खोजको अभावमा आईसीसीले खेल सार्न असमर्थ छ।” बङ्गलादेश क्रिकेट बोर्डले बारम्बार भारतमा खेल खेल्न अस्वीकार… Continue reading विश्वकपको भेन्यू सार्ने बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

राष्ट्रिय समाचार समितिमुस्ताङ, ८ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालय र… Continue reading मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

काठमाडौँ, ८ माघः आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो । यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ । नेपाललाई पराजित गरेमा ऊ सुपर सिक्समा पुग्नेछ… Continue reading नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

राष्ट्रिय समाचार समितिकाठमाडौँ, ८ माघः परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका… Continue reading ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

यस्तो छ आजको मौसम पूर्वानुमान

रौतहटको दक्षिणी भेगबाट बिक्रीका लागि चन्द्रनिगाहपुर तर्फ गोरुगाडामा राखेर पराल ओर्सादै गरेका किसान । तस्बिर : रमेश तिमलसिना\रासस

काठमाडौँ, ८ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा तुवालो लागेको… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

राष्ट्रिय समाचार समितिमहोत्तरी, ८ माघः प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र छन् । क्षेत्र नम्बर १ मा १२, २ र… Continue reading महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

मकवानपुर सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

राष्ट्रिय समाचार समितिबागमती, ८ माघः कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडाँैतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का… Continue reading मकवानपुर सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

राष्ट्रिय समाचार समितिम्याग्दी, ८ माघः लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि रु दुई करोड ९६ लाख ३४ हजार ८३७ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता… Continue reading लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

राससतुलसीपुर (दाङ), ८ माघः दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् । यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा… Continue reading सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

रासस

काठमाडौँ, ८ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाइएको छ । नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र… Continue reading प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

रुकुम पूर्वमा प्रचण्ड : सहिद परिवार र मतदातासँग भेटघाटमा व्यस्त

रुकुमपूर्व, ७ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त रहेका छन् । संयोजक दाहालले सिस्ने गाउँपालिका–५ रुमालबारास्थित ‘जनयुद्ध’का सहिद परिवारजनसँग घरमै पुगेर भेटघाट गरे । सहिद सीता घर्तीकी आमा सावित्रीले जनयुद्धका नायक रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवार बन्दा सिङ्गो रुकुमेली जनता उत्साहित… Continue reading रुकुम पूर्वमा प्रचण्ड : सहिद परिवार र मतदातासँग भेटघाटमा व्यस्त

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

file

काठमाडौँ, ७ माघ । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी राससलाई दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए । डिपोर्ट हुनेहरु कागजात… Continue reading अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौँ, ७ माघ । काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले आज एक समारोहकाबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट उक्त क्यामरा जडानको थालनी भएको जानकारी दिए । उनले भने, “यातायात व्यवसायीसँगको छलफलपछि आजदेखि गाडीमा सिसी क्यामरा… Continue reading उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारी अनुसार पाँच उजुरी दर्ता भएको निर्वाचन… Continue reading प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०८२–८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष… Continue reading करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

वालिङ (स्याङ्जा), ७ माघः दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं १ मा ११ वटा… Continue reading दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

file

दशरथचन्द (बैतडी), ७ माघ । बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखीएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी… Continue reading बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी

तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ, ७ माघः निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको हो । यही माघ ६ गते देशभर… Continue reading प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौँ, ७ माघः स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ… Continue reading तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

रासस

महेन्द्रनगर, ७ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए । प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले… Continue reading सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

हेमन्त जोशी/रासस काठमाडौँ, ७ माघः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा… Continue reading लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

भक्तपुरमा सुवाल र बस्नेत पुरानै उम्मेदवार

RSS

भक्तपुर, ७ माघः आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र क्षेत्र नं २ मा पुरानै उम्मेदवार अनुहार दोहोरिएका छन् । क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले चौथोे पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ बाट नेकपा (एमाले) का महेश बस्नेतले यसवर्ष तेस्रो… Continue reading भक्तपुरमा सुवाल र बस्नेत पुरानै उम्मेदवार

पर्सामा १०८ जनाको उम्मेदवारी

RSS

वीरगञ्ज (पर्सा), ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक सय आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मङ्गलबार बेलुका ७ बजेसम्म चारवटै निर्वाचन क्षेत्रमा १०८ जनाको उम्मेदवारी परेको जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर १ मा ३० जनाको… Continue reading पर्सामा १०८ जनाको उम्मेदवारी

मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी

मुस्ताङ, ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा आठ राजनीतिक पार्टीले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मङ्गलबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो… Continue reading मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी

ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन

ओखलढुङ्गा, ७ माघः ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । उनीहरुले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल, मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बजेन्द्र राई, नेकपा (एमाले)बाट अस्मिता थापा, राष्ट्रिय… Continue reading ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता

रासस

बैतडी, ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । बैतडीमा मङ्गलबार १० जना विभिन्न दलबाट र दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेकपा (एमाले) बाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट,… Continue reading बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता

मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार मोरङको बेलबारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउने क्रममा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा। तस्बिर : विवेक मिश्र/रासस

बेलबारी (मोरङ), ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा… Continue reading मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ, ७ माघ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र… Continue reading निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार

RSS

काठमाडौँ, ७ माघ । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीे प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।… Continue reading एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार