प्रधानमन्त्री र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा नेपालले सन्… Continue reading प्रधानमन्त्री र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता

बाल यौन दूराचार मुद्दामा बमजन दोषि ठहर

काठमाडौं । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिएका छन् । सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको छ । उनका अनुसार अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा… Continue reading बाल यौन दूराचार मुद्दामा बमजन दोषि ठहर

‘फ्लोर क्रस’ गर्ने मन्त्री देवकोटाको जोगियो सांसद पद

काठमाडौं । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ। देवकोटाले दिएको रिटमा सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेका हुन्। माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर देवकोटा गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए… Continue reading ‘फ्लोर क्रस’ गर्ने मन्त्री देवकोटाको जोगियो सांसद पद

१० हजारभन्दा बढी सीमान्तकृत बालबालिकालाई विद्यालयसँग जोड्न ‘सहयात्रा’ सम्पन्न

काठमाडौं । मधेश प्रदेशका मा १० हजार बालबालिकालाई विद्यालयसँग जोड्न सञ्चालन गरिएको सहयात्रा परियोजना सम्पन्न भएको छ । परियोजनाको अन्तिम वर्षमा भीएसओ नेपालले काठमाडौंमा परियोजना कार्यान्वयनबाट प्राप्त सिकाइ अनुभव आदान प्रदान कार्यक्रम गरेको हो । युरोपियन युनियनको आर्थिक सहयोगमा भीएसओ नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, प्रेरणा र जन जागरण युवा क्लबको साझेदारीमा स्थानीय, प्रदेश… Continue reading १० हजारभन्दा बढी सीमान्तकृत बालबालिकालाई विद्यालयसँग जोड्न ‘सहयात्रा’ सम्पन्न

प्रवेश गरेको १५ दिनमा देशभर फैलियो मनसुन, बाढीपहिरोको जोखिम

काठमाडौं । यसवर्षको मनसुन आजबाट देशभर फैलिएको छ । जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन १५ दिनमा देशभर फैलिएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो नेपाल प्रवेश गरेको थियो । जेठ २८ गते कोसी प्रदेशमा प्रवेश गरेको मनसुन सोही प्रदेशको बाँकी भू–भाग, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी… Continue reading प्रवेश गरेको १५ दिनमा देशभर फैलियो मनसुन, बाढीपहिरोको जोखिम

वडामै राष्ट्रिय परिचयपत्रको वितरण संकलन गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । जिल्लाका प्रजिअहरूलाई जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न निर्देशन दिइएको गृह… Continue reading वडामै राष्ट्रिय परिचयपत्रको वितरण संकलन गर्न गृहको निर्देशन

निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरुवा, लीलादेवी गड्तौला कामु

काठमाडौं । निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले विशेष पद सिर्जना गरेर अर्याललाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मा दिएको छ । अख्तियार… Continue reading निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरुवा, लीलादेवी गड्तौला कामु

त्रिभुवन विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने भएको हो । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ । अहिले… Continue reading त्रिभुवन विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड बजेट

काठमाडौं । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार महानगरको १४ औं नगर सभामा उपप्रमुख शिल्पा निरौला कार्कीले चालु वर्षको संशोधित बजेट भन्दा १३ करोड ८१ लाख २१ बढी बजेट सार्वजनिक गरेकी हुन् । समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका… Continue reading विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड बजेट

विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु

काठमाडौं । भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको जानकारी दिएका छन् । अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो ।स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए । रक्सी पिउने १००… Continue reading विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु

निमित्त मूख्यसचिवको जिम्मेवारी गतडौलालाई

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव लीलादेवी गतडौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने प्रावधान छ । यसअघिका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत… Continue reading निमित्त मूख्यसचिवको जिम्मेवारी गतडौलालाई

चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । यसबीच उनी असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनेछन् । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनेछन्… Continue reading चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

नेपालको साक्षरता दर ७७.४ प्रतिशत, मधेशमा कम साक्षरता

सांकेतिक तस्वीर

काठमाडौं । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२–२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत पुगेको देखाएको थियो । यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर हो । साक्षरतामा महिलाको तुलनामा पुरुषको साक्षरता दर… Continue reading नेपालको साक्षरता दर ७७.४ प्रतिशत, मधेशमा कम साक्षरता

यूरोकप : बराबरीमा रोकियो जर्मनी

काठमाडौं । निकलस फुलक्रगले इन्जुरी टाइममा गोल गरेपछि युरो २०२४को आयोजक जर्मनीले स्विट्जरल्याण्ड हार टारेको छ । खेल १–१ को बराबरीमा सकिएको छ । जर्मनी समूह ए विजेता बनेको छ । यसअघि नै समूह ए मा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि समूह विजेता बन्न बराबरी पर्याप्त भयो । डान… Continue reading यूरोकप : बराबरीमा रोकियो जर्मनी

सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

काठमाडौं । दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका मानव अधिकारवादी नेता सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेका छन् । ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय… Continue reading सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, स्वतः निलम्बन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुख्यसचिवसहित तत्कालीन राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत रहेका छन् । उनीहरुविरुद्ध ३८ करोड ६७ लाख… Continue reading मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, स्वतः निलम्बन

झिनो अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा झरेको हो । यसदिन ३१७ कम्पनीको ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा… Continue reading झिनो अंकले घट्यो नेप्से

एकैदिन २७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार… Continue reading एकैदिन २७ सयले घट्यो सुनको मूल्य

खोला सफाइ गर्न काठमाडौं महानगरले खटायो ५५ जना कर्मचारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् । सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य… Continue reading खोला सफाइ गर्न काठमाडौं महानगरले खटायो ५५ जना कर्मचारी

बानेश्वरको सस्तो बजारमा युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौं नयाँ बानेश्वर चोकनजिकैको सस्तो बजारमा एकजना १९ वर्षीया युवती बलात्कृत भएकी छन् । काठमाडौं महानगरपालिका – ३१ शंखमुल बस्ने भारतको बिहार राज्यस्थित मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई उक्त प्रकरणमा प्रहरीले पक्राउ गरेको छ । जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका – १० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको… Continue reading बानेश्वरको सस्तो बजारमा युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा थापाले संसदीय व्यवस्थामा आफूलाई नटेर्ने मन्त्रीलाई फेर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै त्यसो गर्न नसके बालुवाटार बाटै डेरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले स्थानीय तहलाई दिइने समानीकरणमा अनुदान घटाउने सरकारको… Continue reading आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई थापाको सुझाव

जीबी राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर ‘स्टन्टबाजी’ गरेको कि भगाउने नियत ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जीबी राईलाई पक्राउ गर्नुभन्दा स्टन्टबाजी बढी भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री रवि लामिछानेले व्यावसायिक साझेदार राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर राजपत्रमा प्रकाशित गर्नबाहेक बाँकी के छ र भन्दै मिडियामा बिस्कुन लगाइएको बताए । “लोकसेन पत्ता लाग्यो भनेर… Continue reading जीबी राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर ‘स्टन्टबाजी’ गरेको कि भगाउने नियत ?

थाइ नरेश समक्ष नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा… Continue reading थाइ नरेश समक्ष नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

विश्वकप क्रिकेट : सुपर ८ मा भारतले बंगलादेशलाई हरायो

काठमाडौं । आइसिसी टी–२० विश्वकपमा भारतले बंगलादेशलाई हराएको छ । सुपर आठको खेलमा भारतले लगातार दोस्रो जित निकाल्यो । बंगलादेशले भने लगातार दोस्रो पराजय भोगेको छ । भारतले बंगलादेशलाई ५० रनले जितेको छ । भारतले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ८ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो। बंगलादेशका लागि कप्तान नजमुल हुसेन… Continue reading विश्वकप क्रिकेट : सुपर ८ मा भारतले बंगलादेशलाई हरायो

कस्तो रहनेछ आजकौ मौसम ?

काठमाडौं । जल तथा मौसम पूर्वानूमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी प्रदेशको पूर्वी भागसहित यी प्रदेशमा हाल मनसुनी प्रभाव छ । भारी वर्षाको सम्भावना रहेको ठाउँमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी… Continue reading कस्तो रहनेछ आजकौ मौसम ?

यूरोकप : पोर्चुगल नकआउट चरणमा

काठमाडौं । पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो–२०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह एफअन्तर्गत शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३–० ले पराजित गरेपछि पोर्चुगल एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो । पोर्चुगलको जितमा बर्नार्डो शिल्भाले २१औं र ब्रुनो फर्नान्डेजले ५६औं मिनेटमा गोल गरे । टर्कीका सामेत एकाएदिनले… Continue reading यूरोकप : पोर्चुगल नकआउट चरणमा

कोपा अमेरिका : भेनेजुएलाको पुनरागमन जित

काठमाडौं । भेनुजएलाले कोपा अमेरिका २०२४ मा इक्वेडरमाथि पुनरागमन जित निकालेको छ । समूह बीअन्तर्गत आइतबार बिहान अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दश खेलाडीमा समेटिएको इक्वेडरलाई भनेजुएलाले २–१ ले पराजित गरेको हो । भेनेजुएलाले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो… Continue reading कोपा अमेरिका : भेनेजुएलाको पुनरागमन जित

नेपाल आइडल ५ को उपाधी करण परियारलाई

काठमाडौं । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्ट मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई हराउँदै उनी विजेता बने । दर्शकको भोटको आधारमा उनी विजेता चुनिए । उपाधिसँगै उनले ट्रफी, २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरे… Continue reading नेपाल आइडल ५ को उपाधी करण परियारलाई

जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले… Continue reading जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु, ६ घाइते

समाजवाद उन्मुख बजेट ल्याएका छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् । काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई शनिबार सम्बोधन गर्दै उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत्, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताए । उनले सात… Continue reading समाजवाद उन्मुख बजेट ल्याएका छौं : अर्थमन्त्री