सुरु भयो नेपालीको दोस्रो महान पर्व तिहार

१ कात्तिक, काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक… Continue reading सुरु भयो नेपालीको दोस्रो महान पर्व तिहार

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित

१ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठलाई सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७०औं स्थापना दिवसको विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो । भदौ २३÷२४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको पुनर्निर्माणमा एनआरएनएले सहयोग… Continue reading प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित

कुटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको व्रिफ्रिङ, चुनाव गराएर सत्ता हस्तान्तरण

३१ असोज, काठमाडौं । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । उनले भनिन्, “यो गैर राजनीतिक संक्रमणकालीन् सरकारको एउटै लक्ष्य आगामी फाुगन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्नु रहेको छ । त्यसपछि हामी… Continue reading कुटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको व्रिफ्रिङ, चुनाव गराएर सत्ता हस्तान्तरण

आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

File (AP Photo/Evan Vucci)

वासिङ्टन डिसी, असोज ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्न बाध्य हुने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवीयताविरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताए । हमासले बाँकी मृत… Continue reading आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

३१ असोज, काठमाडौं । मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ। हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिसो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा आएको हो। तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहेका टेलिकमका फिल्ड इञ्जिनियर निरज गुप्तासँग भिडियोकलमार्फत कुराकानी गर्दै प्रसिद्ध पर्यटकीय क्षेत्र… Continue reading तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

एनसेलको सिइओमा माइकल फोले नियुक्त

३१ असोज, काठमाडौं । एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माइकल फोले नियुक्त भएका छन् । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी उनी नियुक्त भएको एनसेलले जनाएको छ । नयाँ सिइओ आएसँगै कार्यवाहक सिइओ सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सिएफओ)को आफ्नो महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् । फोलेसँग दुई दशकभन्दा बढी समय दूरसञ्चार… Continue reading एनसेलको सिइओमा माइकल फोले नियुक्त

कीर्तिपुरमा १० अर्ब लगानीमा यस्तो बन्ने भयो क्रिकेट मैदान

३१ असोज, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा निर्माणाधीन कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा विकास गर्न गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको हो । गुरुयोजना अनुसार रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रूपियाँ लाग्ने… Continue reading कीर्तिपुरमा १० अर्ब लगानीमा यस्तो बन्ने भयो क्रिकेट मैदान

जेन जी आन्दोलनबारे सेनाको पत्रकार सम्मेलन, विविध आरोपको यसरी गरियो खण्डन

३१ असोज, काठमाडौं । नेपाली सेनाले विश्वमा परिवेशमा देखिएको आन्दोलनका तुलनामा नेपालको जेनजी आन्दोलन अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ। सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनबाट सुरक्षा समस्या बढ्ने आकलन गरिए पनि मात्रा र तीव्रता अनुमान गरिएभन्दा ठूलो रहेको जानकारी दिइयो। सेनाका उपरथी अनुपजंग थापाले जेनजी आन्दोलन विश्वव्यापी… Continue reading जेन जी आन्दोलनबारे सेनाको पत्रकार सम्मेलन, विविध आरोपको यसरी गरियो खण्डन

एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न, के भयो निर्णय ?

३१ असोज, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले ११ औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले केन्द्रीय कमिटीको बैठकले नयाँ नेतृत्वको व्यवस्थापन राष्ट्रिय ११ औं महाधिवेशनमार्फत गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने,… Continue reading एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न, के भयो निर्णय ?

नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया छनोट उपाधि

३१ असोज, काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र… Continue reading नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया छनोट उपाधि

नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह

वासिङ्टन डिसी, असोज ३१ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बिहीबार विश्व बैंक समूहले यहाँ आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि विषयक’ छलफल कार्यक्रममा भाग लिँदै मन्त्री खनालले उक्त धारणा राखेका हुन् । कार्यक्रममा भाग लिँदै… Continue reading नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह

आवको तीन महिना सकिँदा सम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट

३१ असोज, काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत… Continue reading आवको तीन महिना सकिँदा सम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट

उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

३१ असोज, काठमाडौं । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र… Continue reading उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै

काठमाडौं, ३१ असोज २०८२ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन्… Continue reading सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै

कान्छा शेर्पाको निधनमा प्रधानमन्त्रीबाट दुःख व्यक्त

kanchha sherpa

३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सगरमाथाको पहिलो सफल आरोहण गरेका तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको निधनले सतब्ध बनाएको बताएकी छन् । उनले शेर्पाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरेका शेर्पाको ९२ वर्षको उमेर हिजो काठमाडौंको कपनस्थित निवासमा… Continue reading कान्छा शेर्पाको निधनमा प्रधानमन्त्रीबाट दुःख व्यक्त

एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

३१ असोज, काठमाडौं । नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिँदैछ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बाँकी केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरु… Continue reading एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए । २९ गते बुधबार भने कांग्रेसको बैठक… Continue reading कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

बेलायती राजकुमार माथि यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको आरोप

लन्डन, ३१ असोज (रासस÷एएफपी) । बेलायतका राजकुमार एन्ड्र्युमाथि तत्कालीन १७ वर्षीया भर्जिनिया गिफ्रेसँग यौन सम्बन्ध राख्दा उनले आफूलाई ‘जन्मसिद्ध अधिकार’ जस्तो व्यवहार गरेको आरोप गिफ्रेको मरणोपरान्त प्रकाशित संस्मरणमा उल्लेख गरिएको छ । गिफ्रेले आफ्नो पुस्तक ‘नोबडिज गर्ल : ए मेमोयर अफ सर्भाइभिङ एब्युज एन्ड फाइटिङ फर जस्टिस’ मा सन् २००१ मा लन्डनमा एन्ड्र्युसँग तीनवटा छुट्टै… Continue reading बेलायती राजकुमार माथि यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको आरोप

इयूमा १६ वर्ष मुनिका बालबालिकाकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

ब्रसेल्स, बेल्जियम, ३१ असोज (रासस÷एएफपी) । युरोपेली सांसदहरूले बिहीबार नाबालिगहरूलाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउन अभिभावकको सहमति बिना सामाजिक सञ्जाल र एआईको सहयोगमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन् । युरोपेली संसदको आन्तरिक बजार तथा उपभोक्ता संरक्षण समितिले पारित गरेको प्रतिवेदनमा सांसदहरूले १३ वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकालाई अभिभावकको… Continue reading इयूमा १६ वर्ष मुनिका बालबालिकाकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन

काठमाडौँ, ३१ असोजः एसियन कप छनोटका क्रममा मलेसियासँग हार व्यहोरेको नेपालले सो नतिजा उल्ट्याउन औपचारिक निवेदन दिएको छ । साउदी अरेबियामा सन् २०२७ मा हुने एसिएन कप छनोट प्रक्रियाअन्तर्गत ‘२–०’ले नेपाल पराजित भएको थियो । सो छनोट प्रतियोगितमा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै विश्व फुटवल नियामक संस्था ‘फिफा’समक्ष नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल… Continue reading मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

kanchha sherpa

३१ असोज, काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए । उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम… Continue reading सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

खोलामा डुबेर झापामा तीन बालिकाको मृत्यु

झापा, ३१ असोजः गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको… Continue reading खोलामा डुबेर झापामा तीन बालिकाको मृत्यु

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको छलफलमा उनले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताए ।राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहनाअनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि… Continue reading निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले थाल्यो विशेष अभियान

ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका पछिल्लो समय काठमाडौँ उपत्यका लगायत यहाँका विभिन्न क्षेत्रमा स्वरुप परिवर्तन गरी ठूलो ध्वनि निकाल्दै बजारमा चलाइरहेका बुलेट बाइकहरु । तस्बिरः विमलबहादुर बिष्ट/रासस

३० असोज, काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप गरिएका सवारीसाधनका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न यो अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ… Continue reading ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले थाल्यो विशेष अभियान

अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ, ३० असोजः सरकारले ११ मुलुकका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।… Continue reading अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः प्रचण्ड

चितवन, ३० असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने बताएका छन् । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । संयोजक दाहालले भने, “यस पटक धेरै वामपन्थी पार्टीहरूका बीचमा एकता समाजवादी मोर्चाबाट… Continue reading समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः प्रचण्ड

२ लाख ५० हजार नाघ्यो सुनको मूल्य

काठमाडौँ, ३० असोजः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेर आज तीन हजार २७५ मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला रु दुई… Continue reading २ लाख ५० हजार नाघ्यो सुनको मूल्य

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल, के आयो सुझाव ?

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सम्बन्धमा राजनीतिक दलसँग निर्वाचन आयोगले काठमाडौँमा बिहीबार आयोजना गरेको छलफल तथा अन्तरक्रियामा सहभागीहरु । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, ३० असोजः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो । छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख… Continue reading निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल, के आयो सुझाव ?

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

अर्घाखाँची, ३० असोज : यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै… Continue reading मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

राससगुल्मी, ३० असोजः गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरुको मुख्य वासस्थान रहेको नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । दुर्लभ प्रजातिका चरामध्ये… Continue reading रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान