पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

१३ असार, मुस्ताङ । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी… Continue reading पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

इरानले अवरूद्ध हवाई सेवा क्रमशः सञ्चालन गर्दै

(Photo by Mamoun Wazwaz/Xinhua)

१३ असार, काठमाडौं । इरानले बुधबार आन्तरिक तथा बाह्य उडानका लागि आफ्नो पूर्वी हवाई क्षेत्र खुला गर्ने घोषणा गरेको छ। इरानको सडक तथा सहरी विकास मन्त्रालयले एक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको नागरिक उड्डयन सङ्गठनको स्वीकृति र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा मूल्याङ्कन पूरा भएपछि यो निर्णय गरिएको हो ।” मन्त्रालयका प्रवक्ता… Continue reading इरानले अवरूद्ध हवाई सेवा क्रमशः सञ्चालन गर्दै

उत्तर कोरियाले रुसका लागि थप सेना पठाउँदै गरेको सियोलको दावी

Grigorov/Sputnik/Reuters

एजेन्सी१३ असार, काठमाडौं । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा सघाउन सम्भवतः जुलाई महिनाभित्रै रुसमा थप सैनिक पठाउने दक्षिण कोरियाली सांसदले सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बिहीबार बताएका छन्। उत्तर कोरियाले रुसको कुस्र्क क्षेत्रको पुनस्र्थापनाका लागि सैन्य निर्माणकर्ता र सेपर पठाउने रुसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले प्योङयाङ भ्रमणका क्रममा बताएका थिए । उनको भनाइ… Continue reading उत्तर कोरियाले रुसका लागि थप सेना पठाउँदै गरेको सियोलको दावी

सिंगापुरको उत्पादन क्षेत्र वार्षिक रूपमा ३.९ प्रतिशतले वृद्धि

AP Images

एजेन्सी१३ असार, काठमाडौं । सिंगापुरको उत्पादन क्षेत्रले मे महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले वृद्धि गरेको छ। सिंगापुरको आर्थिक विकास बोर्डले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अघिल्लो महिना अर्थात् वैशाखमा यो वृद्धिदर ५.९ प्रतिशत रहेको थियो। मौसमी रुपमा मिलाइएको मासिक आधारमा हेर्दा, कुल उत्पादन ०.४ प्रतिशतले घटेको देखिएको छ। तर, औषधिजन्य उत्पादनलाई बाहिर राख्दा,… Continue reading सिंगापुरको उत्पादन क्षेत्र वार्षिक रूपमा ३.९ प्रतिशतले वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

Getty Images

१२ असार, काठमाडौं । लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई आक्रमणमा हिजबुल्लाह समूहका दुई सदस्यको मृत्यु भएको छ। यो जानकारी स्थानिय सञ्चार माध्यम र सुरक्षा स्रोतहरूबाट प्राप्त भएको हो। लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाका अनुसार, इजरायली ड्रोनले दक्षिण लेबनानको बायत लिफ गाउँको पश्चिमी प्रवेशद्वारमा एउटा मोटरसाइकललाई लक्षित गरी आक्रमण गर्दा एक जनाको ज्यान… Continue reading लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

१२ असार, टक्सार । अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन । उनीहरुको खोजी कार्य भने जारी राखिएको छ । हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन । बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ… Continue reading अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

AP Photo/Evan Vucci)

एजेन्सी १२ असार, अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, पहिलो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो ।यसअघि ०।२ प्रतिशतको गिरावट हुने अनुमान गरिए पनि हालको तथ्याङ्कले त्यसलाई परिमार्जन गर्दै सङ्कुचन अझ गहिरो… Continue reading अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

१२ असार, काठमाडौं । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई–मधेसमा उत्पाति नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो । काठमाडौँ अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना… Continue reading काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

१२ असार, सुदूरपश्चिम । साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गरे । सो अवसरमा उनले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिपे्रक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताए । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा… Continue reading ‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारी बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा विदेशमा रहे‌का नेपालीहरुको बारेमा जानकारी समेटिने श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृतिको शुभारम्भ गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

१२ असार, काठमाडौं । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गरे… Continue reading विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

कमला नदीमा पुल निर्माण चाँडै

१२ असार, सिरहा । सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका लागि मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा रु एक करोड विनियोजन गरेको छ । बर्खायाममा कमला नदीमा पुल नहुँदा आवत–जावतमा कठिनाई व्यहोर्दै आएका थिए । यहाँ १४ वर्षदेखि पुल निर्माणाधिन थियो । सर्वसाधारणले जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता थियो… Continue reading कमला नदीमा पुल निर्माण चाँडै

अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

एजेन्सी१२ असार, काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार भनेको छ कि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे सम्मको १२ महिनाको अवधिमा २।१ प्रतिशतले बढेको छ, जुन यस वर्षको अप्रिलमा २.४ प्रतिशत र सन्… Continue reading अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा

एजेन्सी१२ असार, काठमाडौं । विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनर्प्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ । बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब डलर खर्च हुने अनुमान गरेको थियो । “विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले हिजो लेबनानलाई क्षतिग्रस्त महत्त्वपूर्ण सार्वजनिक… Continue reading विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

१२ असार, तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र… Continue reading दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

खोल्सामा आएको बाढीले बगाएर ललितपुरमा सवइञ्जिनियरको मृत्यु

१२ असार, पाटन । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्युु भएको छ । महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो । “खोल्सामा… Continue reading खोल्सामा आएको बाढीले बगाएर ललितपुरमा सवइञ्जिनियरको मृत्यु

प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै

१२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिने छन् । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको… Continue reading प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

१२ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार… Continue reading आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

१२ असार, सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म सफल… Continue reading फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु

(Photo by Mahmoud Zaki/Xinhua)

एजेन्सी१२ असार, काठमाडौं । इजरायली सुरक्षाकर्मीहरूले गाजा क्षेत्रमा गरेको हवाई आक्रमण तथा गोली प्रहारका कारण बुधबार कम्तीमा ३८ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाका स्वास्थ्य स्रोतहरूले जानकारी दिएका छन् । गाजाको दक्षिणी भागमा भएको झडपका क्रममा इजरायली सेनाका सात जना सुरक्षाकर्मीको ज्यान गएको पनि इजरायली सेनाले जानकारी गराएको छ । स्थानीय प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीहरूका अनुसार,… Continue reading गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु

एजेन्सी१२ असार, मेक्सिकोको गुआनावाटो राज्यस्थित इरापुआटो शहरमा मंगलबार राति एक घरमा सशस्त्र समूहद्वारा गरिएको आक्रमणमा १० जनाको ज्यान गएको पुष्टि गरिएको छ । पीडितहरूमध्ये केही बालबालिका पनि रहेका छन् । नगरपालिकाले जारी गरेको विज्ञप्तिमा केही व्यक्तिहरू घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाइएको छ। राष्ट्रपति क्लाउडिया शेइनबाउमले बिहानको पत्रकार सम्मेलनमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै… Continue reading मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु

अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा एमालेलाई बुझाए मासिक २५ हजार लेबी

१२ असार, ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेका हुन् । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले… Continue reading अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा एमालेलाई बुझाए मासिक २५ हजार लेबी

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

११ असार, काठमाडौं । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलमा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन् । भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र… Continue reading हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

(Photo by Aamir QURESHI / AFP)

१२ असार, काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा गरेका छन् । यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको र दुई शत्रुबीच युद्धविराम लागू भएको एक दिनपछि आएको बताइएको छ । “मन्त्री काट्जले इरानको केन्द्रीय बैंक, दुई अतिरिक्त इरानी बैंक र एक इरानी सशस्त्र बल… Continue reading इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

११ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्वन फुकुवा गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३ औँ सचिवालय बैठकले पाण्डे र तिमिल्सेनाको निलम्वन फुकुवा गरिएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । गत पुस १० गते बसेको… Continue reading एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो । आजै थुनछेक बहस भएको थियो । पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद… Continue reading पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

file

११ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । वर्षाको समय सुरू भएसँगै विगतका वर्षमा नागरिकले लामो समयसम्म फोहर व्यवस्थापन नहुँदा निकै समस्या भोग्नुपरेको थियो । यस वर्ष भने महानगरले वर्षायाम सुरू भएसँगै फोहर व्यवस्थापनका लागि विगतका वर्षमा हुने समस्या समाधान भइसकेकाले सहज हुने… Continue reading वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

विपद्को समयमा भनसुनमा सवारी साधन चलाउन दिए प्रमुख जिल्ला अधिकारीलाई कारवाही हुने

११ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुनसक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा उहाँले मनसुनका बेला हुनसक्ने सडक… Continue reading विपद्को समयमा भनसुनमा सवारी साधन चलाउन दिए प्रमुख जिल्ला अधिकारीलाई कारवाही हुने

पूर्वप्रम नेपालविरुद्धको मुद्दा : थुनछेक बहस सकियो

११ असार, काठमाडौं । विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ ।आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएसँगै अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहस गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राससलाई जानकारी दिए । उनका अनुसार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर… Continue reading पूर्वप्रम नेपालविरुद्धको मुद्दा : थुनछेक बहस सकियो

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

११ असार, कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पु¥याएर बन्धक बनाइएका ५८ नेपाली युवाको आज उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी ल्याइएको हो ।नागरिक संस्था किन नेपाल,किन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र… Continue reading भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

११ असार, चितवन । चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमान्सँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट… Continue reading भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते