सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २७ फागुनःजापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ । सचिवालयमा आयोजित कार्यक्रममा सार्कका… Continue reading सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २७ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ… Continue reading यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

file

पर्वत, २७ फागुनस् पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार… Continue reading पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना, कुन पार्टीलाई कति मत ?

काठमाडौँ, २७ फागुनः समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड छ लाख ७९ हजार ३६२ मत गणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको राति १२ः०० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १४ हजार १८५ मत प्राप्त गरेको छ । नेपाली काग्रेसले १७ लाख ३८ हजार ९८, नेकपा ९एमाले०ले १४ लाख ४३… Continue reading समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना, कुन पार्टीलाई कति मत ?

कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

भेरीगङ्गा (सुर्खेत), २६ फागुनः प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ । प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ । कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख… Continue reading कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठत न्यायाधीश मल्ल

काठमाडौँ, २६ फागुनः सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छिन् । सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने बताइन् । “कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन… Continue reading डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठत न्यायाधीश मल्ल

मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह

तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २६ फागुनः काठमाडौँ उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूषण बढेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गरे ।… Continue reading मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह

प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

काठमाडौँ, २६ फागुन । इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गरे । साथै उनले सम्पन्न… Continue reading प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, १६ फागुनः हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको… Continue reading मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

त्रिवेणी (रुकुम पश्चिम), २६ फागुनः रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ ।उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले… Continue reading रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ, २६ फागुनः ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ । सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो । अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको… Continue reading ललितपुरबाट चितुवाको उद्धार

स्पेस टेक्नोलोजीमा चीनको कदमः लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा

बेजिङ, २६ फागुन (रासस–सिन्ह्वा) । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको लङ मार्च–८ए वाई८ क्यारियर रकेट दक्षिण चीनको हाइनान प्रान्तस्थित प्रक्षेपण स्थलमा सुरक्षित राखिएको छ । आगामी दिनहरूमा यसको प्रक्षेपण हुने तालिका तय गरिएको छ । लङ मार्च–८ए लङ मार्च–८ श्रृङ्खलाभित्रको सुधारिएको मोडेल हो । यसले ७ टन तौलको पेलोड ७०० किलोमिटर कक्षमा… Continue reading स्पेस टेक्नोलोजीमा चीनको कदमः लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा

पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र छेदन

(AP Photo/Mahmoud Illean)

अङ्कारा, २६ फागुन (रासस–एएफपी) । वाशिंगटनले आफ्ना सबै नागरिकहरूलाई सुरक्षा चिन्ताको कारण दक्षिणपूर्वी टर्की छोड्न आग्रह गरेलगत्तै इरानबाट प्रहार गरिएको दोस्रो ब्यालेस्टिक क्षेप्यास्त्र टर्कीएको हवाई क्षेत्रमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) रक्षा प्रणालीले खसालेको अङ्काराले सोमबार बताएको छ । नेटोले पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा प्रहार गरेको यो दोस्रो क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेको छ… Continue reading पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र छेदन

जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

A vehicle carrying the first batch of domestically developed long-range missiles, arrives at Camp Kengun in Kumamoto, southwestern Japan, early Monday, March 9, 2026. (Kyodo News via AP)

टोकियो, २६ फागुन (रासस–एपी) । क्षेत्रीय सुरक्षा चुनौती तीव्र बन्दै गइरहेका बेला जापानले आफ्नो पहिलो स्वदेशी विकसित लामो दूरीको मिसाइल प्रणाली तैनाथ गर्ने तयारी अघि बढाएको छ । सेनाका लन्चरहरू सोमबार राति जापानको दक्षिणपश्चिमी प्रान्त कुमामोटोस्थित क्याम्प केङ्गुनमा ल्याइएपछि अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल तैनाथ गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । जापानले बढ्दो… Continue reading जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

अमेरिकी डेमोक्र्याटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिनको माग

Mourners chant slogans during a memorial rally held by supporters of Lebanon’s Shiite Muslim Hezbollah movement a day after Iran’s supreme leader was assassinated during a US and Israeli offensive on Tehran, in Beirut’s southern suburbs on March 1, 2026. Lebanese militant group Hezbollah vowed on March 1, to confront the United States and Israel over their strikes on the group's key backer Iran. (Photo by Anwar AMRO / AFP)

वासिङ्टन, २६ फागुन (रासस–एएफपी) । अमेरिकी डेमोक्र्याटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई इरानको एक विद्यालयमा भएको आक्रमणमा दर्जनौँको मृत्यु भएको भनिएको आक्रमणको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । इरानले इजरायल र अमेरिकाले युद्धको सुरुवातमै दक्षिणी शहर मिनाबको प्राथमिक विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । इरानका अनुसार उक्त विस्फोटमा परी १५० भन्दा बढी… Continue reading अमेरिकी डेमोक्र्याटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिनको माग

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

वीरगञ्ज (पर्सा), २६ फागुन । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ । मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले पर्साको क्षेत्र नं १ मा ६२ हजार ५०६ मतमध्ये रास्वपालाई ३४ हजार ४६३ मत खसेको बताए । नेपाली कांग्रेसलाई आठ… Continue reading पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

कम्यूनिष्ट गढ मानिने गण्डकीमा यस पटक एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी, २६ फागुन । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । विसं २०७९ को चुनावमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो । अघिल्लो चुनावमा १० क्षेत्रमा… Continue reading कम्यूनिष्ट गढ मानिने गण्डकीमा यस पटक एमाले र नेकपाको प्रतिनिधित्व शून्य

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

विजयी उम्मेदवार सोविता गौतम

चितवन, २६ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत… Continue reading प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

रसुवामा नौ जनाको धरौटी जफत

विजयी उम्मेदवार मोहन आचार्य

रसुवा, २६ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपले मनोनयन पत्र दर्ता गराएका नौ उम्मेदवारको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमा छ दल र तीन स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ बमोजिम नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका… Continue reading रसुवामा नौ जनाको धरौटी जफत

काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपा विजयीः समानुपातिकमा पहिलो

RSS

काभ्रेपलाञ्चोक, २६ फागुनः बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुँदा पनि समानुपातिक मतमा पनि पहिलो भएको छ । काभ्रेपलाञ्चोकमा सोमबार साँझ सम्पन्न समानुपातिक मत परिणामअनुसार दुवै क्षेत्रमा रास्वपा पहिलो बनेको हो । मतपरिणमअनुसार रास्वपाले काभ्रेपलाञ्चोकमा ८८ हजार १६२ समानुपातिक मत पाएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले… Continue reading काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपा विजयीः समानुपातिकमा पहिलो

निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

RSS

काठमाडौँ, २६ फागुनः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीद्वारा निर्वाह गरिएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख, प्रहरी अधिकृत तथा जवानहरूका लागि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनका समयमा प्रहरीले… Continue reading निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

समानुपातिकमा झण्डै १ करोड मत गणना, कसले कति ल्याए ?

काठमाडौँ, २६ फागुनः समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४ हजार २५ मतगणना भएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४८ लाख एक हजार २७२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १६ लाख १३ हजार ४७०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १३ लाख ४४ हजार ८५८,… Continue reading समानुपातिकमा झण्डै १ करोड मत गणना, कसले कति ल्याए ?

यी हुन्, पैँतीस वर्षमुनिका माननीय

मध्यविन्दु (नवलपरासी), २४ फागुनः बर्दघाट सुस्तपूर्व) निर्वाचन क्षेत्र नं १ र २ बाट निर्वाचित हुनुभएका गौतम र खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवलपरासी(बर्दघाट सुस्तपूर्व) निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका राजन गौतम र क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका मनिष खनाल । दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तर्फबाट उम्मेदवार बन्नु भएको थियो । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

प्रगति ढकाल–राससकाठमाडौँ, २५ फागुनः गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ ।… Continue reading यी हुन्, पैँतीस वर्षमुनिका माननीय

बालेन र रविसँग मोदीको टेलिफोन वार्ता, के भयो कुराकानी ?

२५ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले टेलिफोन संवाद गरेका छन् । मोदी स्वयमःले यसबारे सामाजिक सञ्जालमा राखेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग हार्दिक टेलिफोन संवाद भयो। दुवै नेताहरूलाई… Continue reading बालेन र रविसँग मोदीको टेलिफोन वार्ता, के भयो कुराकानी ?

नेप्से परिसूचकमा लागेको सकारात्मक सर्किटको सन्देश के ?

काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लाग्यो । आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । बजार खुलेको एक मिनेटभित्रै नेप्से परिसूचकमा १०८ दशमलव ६० अङ्कको वृद्धि देखिएको हो । हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार… Continue reading नेप्से परिसूचकमा लागेको सकारात्मक सर्किटको सन्देश के ?

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरू सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथपश्चात् राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसहित सामूहिक तस्बिरमा । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, २५ फागुनः सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले शपथ लिएका छन् । यही माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएक १८ मध्ये १७ जना सदस्यलाई आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराए । कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि… Continue reading राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत

खोटाङ, २५ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै खोटाङका ११ जना उम्मेदवारको जमानत जफत भएको छ । आफ्नो जमानत जोगाउन प्रत्येक सम्मेदवारले कम्तीमा पनि पाँच हजार ८६३ मत प्राप्त गर्नुपर्ने थियो । तर, ११ जना उम्मेदवारले त्यो मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो । प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा यही… Continue reading प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत

सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्

प्रतिनिधिसभा सदस्य–२०८२ को निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचितपश्चात् आइतबार निर्वाचन अधिकृत दिव्यराज घिमिरेबाट प्रमाणपत्र ग्रहण गर्नुहुँदै । तस्बिरः सङ्गीता राईरासस

धरान (सुनसरी), २५ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले १०० मत कटाउन सकेनन् । जिल्लाका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार थिए । जसमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए भने ७२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए । चार निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवारले १०० मत… Continue reading सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

file : RSS

काठमाडौँ, २५ फागुनः यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए । उनले… Continue reading निर्वाचन प्रहरीको बिदाइ बिहीबार

इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी

फिक्कल (इलाम), २५ फागुनः इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भए । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त… Continue reading इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी