जम्मु-कश्मिर । भारतको कश्मिरमा सत्तारुढ भारतीय जनता पार्टीका तीन जना कार्यकर्ताको गोली हानेर हत्या भएको छ । यो प्रधानमन्त्री नरेन्द्र मोदीको दल हो । भारतीय राज्य कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दलका कार्यकर्ताको हत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । मारिनेमा बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेग रहेको बताइएको… Continue reading कश्मिरमा विजेपीका तीन कार्यकर्ताको गोली हानेर हत्या
Author: Vishwanews.com
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना पुष्टी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । त्यसमध्ये चार जना खेलाडीमा कोरोनाबाट भाइरसको सङ्क्रमण पुष्टी भएको हो । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा छन् । नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । सोही प्रयोजनका… Continue reading राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना पुष्टी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय
काठमाडौं । दक्षिण कोरियाली सर्वोच्च अदालतले भष्ट्राचार गरेको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई १७ वर्ष जेल सजाय सुनाएको छ । उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका थिए । यसअघि उनी धरौटीमा रिहा भएका थिए । अदालतले मुद्दाको फैसला नभएसम्मका लागि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ली माथि आफ्ना… Continue reading दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय
आज कोजाग्रत पूर्णिमा, दशैं सकिँदै
काठमाडौं । आजबाट दशैं औपचारिक रुपमा सकिँदै छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज अन्तिम दिन दसैंको टीका प्रसाद लगाउने काम पुरा गरी दशैंको समापन हुने भएको हो । आज बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमरा नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गर्ने प्रचलन छ । त्यससँगै दशैंको औपचारिक समापन हुन्छ । आश्विन शुक्ल पूर्णिमाका… Continue reading आज कोजाग्रत पूर्णिमा, दशैं सकिँदै
संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै
काठमाडौं । संसारकै अग्लो दोस्रो तथा प्राकृतिक रुपमा निर्मित संसारकै अग्लो बन्जी नेपालमा संचालनमा आउने भएको छ । पर्वतस्थित कुश्माको बन्जी र स्वीङ आगामी शनिबारबाट संचालनमा आउने भएको हो । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलबाट बन्जी, स्वीङ र स्काइ साइक्लीङसहितका साहसिक खेल संचालनमा आउँदैछ । द क्लिफ… Continue reading संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै
यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै
काठमाडौं । यो वर्षको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूची सार्वजनिक भएको छ । इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । एप्पलले आफ्नो ब्रान्ड भ्यालू ३८ प्रतिशले बढाउँदै ३ खर्ब २२ अर्ब डलर पु्याएको छ । अमेरिकी… Continue reading यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै
नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण, ३०३८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ७६९ जनाको पीसीआर परीक्षणमा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको १ लाख ६४ हजार ७१८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३०३८… Continue reading नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण, ३०३८ जना डिस्चार्ज
काठमाडौं उपत्यकामा १६१५ कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १६१५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण देखिएको हो । जसमा काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् ।
थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो
काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार देशभर थप १७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।
कोरोनाले रोक्यो मेसी र रोनाल्डोको भेट, बार्सिलोना विजयी
काठमाडौं । वर्तमान फुटबलका सबैभन्दा महान खेलाडी हुन् लियोनल मेसी र क्रिष्ट्रियानो रोनाल्डो । यी दुई खेलाडीले स्पेनमा लामो समय एक अर्काविरुद्ध खेले । तर, दई वर्ष अगाडी रोनाल्डो इटली गएपछि भने दुई महान खेलाडीको भेट भएको थिएन । तर, बुधबार राती भने दुई खेलाडीबीच युरोपियन च्याम्पियन्स लिगमा भेट्ने अवसर थियो । तर, कोरोना भाइरसले… Continue reading कोरोनाले रोक्यो मेसी र रोनाल्डोको भेट, बार्सिलोना विजयी
मुम्बई पुग्यो आइपीएलको प्लेअफमा, कोहलीको टीम पराजित
अबुधाबी । विराट कोहलीको टीम रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध रवाफिलो जित निकाल्दै मुम्बई इन्डियन्स जारी आइपिएलमा प्लेअफ पुगेको छ । प्लेअफ पुग्ने मुम्बई पहिलो टिम बन्न समेत सफल भएको छ । बुधबार राति अबुधाबीमा सम्पन्न खेलमा मुबईले बेंग्लोरलाई ५ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १६४ रन जोडेको थियो । टीमका… Continue reading मुम्बई पुग्यो आइपीएलको प्लेअफमा, कोहलीको टीम पराजित
विप्लव समुहका दुई कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ
विराटनगर । विप्लव समुहका दुई कार्यकर्ता हातहतियार र विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पूर्वी कमाण्ड अन्तर्गत दुई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार उनीहरुलाई मिक्लाजुङ गाउँपालिका १ बाट बुधबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ६ का १८ वर्षीय… Continue reading विप्लव समुहका दुई कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ
बारामा तस्कर समुह र प्रहरीबीच झडप, १४ वर्षिय बालक गम्भीर घाइते
बारा । बारामा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । यस क्रममा १४ वर्षीय बालक र तीन जना जना प्रहरी घाइते भएको बारा प्रहरीले जानकारी दिएको छ । बाराको सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे झडप भएको थियो । प्रहरीले स्थितिलाई काबुमा राख्न १२ राउन्ड हवाइफायर गरेको बताइएको छ । सोही क्रममा बालकको टाउकोमा… Continue reading बारामा तस्कर समुह र प्रहरीबीच झडप, १४ वर्षिय बालक गम्भीर घाइते
काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद
काठमाडौं । नजिकिएको तिहारलाई लक्षित गरी नेपालमा प्रतिवन्धित पटाका काठमाडौं भित्रने गरेको रहस्य खुलेको छ । सोही क्रममा प्रहरीले नागढुंगा चेकपोइन्टबाट बुधबार ठूलो मात्र विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । प्रहरीले चेकजाँच गर्दा अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ लाख ६६ हजार पटाका बरामद भएको हो । पटाका महेन्द्रनगरबाट काठमाडौं भित्रिएको पाइएको छ ।… Continue reading काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद
फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने
पेरिस । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच फ्रान्सले देशव्यापी लकडाउन शुरु गरेको छ । फ्रान्समा दोस्रो पटक लकडाउन घोषणा गरिएको हो । राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । लकडाउन शुक्रबारबाट शुरु भएको हो । लकडाउन नोभेम्बर महिना भर लागु हुने भएको छ । अहिले यूरोपमा कोरोना भाइरसको संक्रमणले फैलावट लिएको छ ।… Continue reading फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने
मूख्यसचिव बैरागीलाई कोरोना पुष्टी
काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी स्वयमःले आफुलाई कोरोना पुष्टी भएको जानकारी गराएका छन् । बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको बैरागीले उल्लेख गरेका छन् । आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह समेत उनले गरेका छन् । कोरोना पुष्टी हुने उनी सबैभन्दा उच्च तहका कर्मचारी हुन् ।
आजबाट पुनः संचालनमा आयो तातोपानी नाका
काठमाडौं । तातोपानी नाका आजबाट पुनः संचालनमा आएको छ । नेपाल—चीनबीचको प्रमुख व्यापारिक नाका आजबाट औपचारिक रुपमा पुनः सञ्चालनमा आएको हो । यसअघि बाढीपहिराका कारण बन्द भएको यो नाका असोज १९ मा सञ्चालनमा आएको थियो । खुलेको पहिलो दिनमै केही नेपाली कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चिनियाँ पक्षले असोज २० गतेदेखि नाका एकलौटी रुपमा बन्द गरेको… Continue reading आजबाट पुनः संचालनमा आयो तातोपानी नाका
अब दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने
काठमाडौं । अब दैनिक कोरोना सम्बन्धी प्रेस ब्रिफिङ नहुने भएको छ । सरकारले साताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने गरी निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे लाइभ ब्रिफिङ हुनेछ । यसअघि दशैं बिदाको असर पारी ब्रिफिङ ५… Continue reading अब दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने
अरिङ्गालले टोक्दा दुई बालिकाको ज्यान गयो
डोटी । डोटीमा अरिङ्गालले टोक्दा दुई जना बालिकाको ज्यान गएको छ । डोटीको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको ज्यान गएको हो । उक्त वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । घर नजिक रहेको रुखमा गुड बनाएर… Continue reading अरिङ्गालले टोक्दा दुई बालिकाको ज्यान गयो
वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल
काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो दिन शेयर बजारमा ४१.२० अंकको वृद्धि कायम भएको छ । यस दिन लगानीकर्ता वाणिज्य बैंकहरुको शेयरमा झुम्मिएका छन् । बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७।४६ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार अवधिभर कुल सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार… Continue reading वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल
कोरोना कारण देखाउँदै नेकपा केन्द्रिय कमिटि बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक स्थगित भएको छ । कोरोना भाइरसको महामारीको कारण देखाउँदै नकपाको बैठक स्थगित गरिएको हो । यसअघि कात्तिक १५ देखि १७ गतेसम्म बैठक बस्ने गरी मिति निर्धारण गरिएको थियो । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालका अनुसार बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना… Continue reading कोरोना कारण देखाउँदै नेकपा केन्द्रिय कमिटि बैठक स्थगित
नेपालमा थप १९५४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र थप १९५४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । देशभरका प्रयोगशालाबाट कुल ८२४८ नमुना परीक्षण गरिएको थियो । यसमध्ये ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । यसमध्ये… Continue reading नेपालमा थप १९५४ जनामा कोरोना पुष्टी
भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक
काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक भएको छ । नेपाली सेनाले भ्रमण तालीका सार्वजनिक गरेको हो । उनी कात्तिक १९ काठमाडौं आउने छन् । २१ कात्तिकमा भारत फिर्ता हुनेछन् । नेपाली सेनाका अनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना… Continue reading भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक
परीक्षण घट्दा संक्रमितको संख्या ओरालो
काठमाडौं । बडादशैंको बिदाको अवसर पारी काठमाडौं उपत्यकामा चहलपहल घट्यो । यसको प्रभाव कोरोना भाइरसको परीक्षणमा समेत देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ७२५ नमुना परीक्षण भएको छ । यो संख्याबाट ५७० जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका ल्याबमा यो संख्यामा परीक्षण भएको हो । अब देशभर संक्रमितको… Continue reading परीक्षण घट्दा संक्रमितको संख्या ओरालो
साइकल र मोटरसाइकल जुधे, २ जनाको मृत्यु
राजविराज । सप्तरीमा साइकल र मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा स १० प ९१३१ नम्बरको मोटरसाइकल र साइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा साइकल चालक मोरङ, उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक… Continue reading साइकल र मोटरसाइकल जुधे, २ जनाको मृत्यु
लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि नियमित उडान बन्द भयो । सरकारले १६ भदौबाट नियमित उडान समेत खोल्यो । ११ चैतमा शुरु भएको लकडाउनयता विदेशबाट १ लाख २२ हजार५ सय जना नेपाली घर फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म उक्त संख्यामा नेपाली घर आएका हुन्… Continue reading लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए
संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्ने उपाय लकडाउन नभएको बताएको छ । पछिल्ला दिनमा यूरोपमा कोरोना संक्रमणको दोस्रो चरणको लहर चलेको छ । यसले यूरोपमा लकडाउन र प्रतिवन्ध शुरु भएको छ । सोही सन्दर्भमा डब्लूएचओले कोरोना भाइरस रोकथामका उपाय पूर्ण रूपमा पालना गर्ने हो भने भाइरसको संक्रमण रोक्न लकडाउन र प्रतिवन्ध… Continue reading संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ
खोटाङमा ट्याक्सी दुर्घटनामा तीनको मृत्यु
खोटाङ । खोटाङमा ट्याक्सी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार सोमबार साँझ भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो । चार जना घाइते भएका छन् । ट्याक्सी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १… Continue reading खोटाङमा ट्याक्सी दुर्घटनामा तीनको मृत्यु
रोमाञ्चक बन्दै आइपीएल, पंजावले हरायो कोलकात्तालाई
दुबई । आईपीएल क्रिकेट रोमाञ्चक बन्दै गएको छ । खासगरी अंक तालीकाको तल्लो क्रममा रहेका टोलीले माथिल्लो स्तरमा रहेका टोलीलाई रोक्न थालेपछि अंक तालीका रोमाञ्चक बन्दै गएको छ । आइपीएलमा गएराति किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ । कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट… Continue reading रोमाञ्चक बन्दै आइपीएल, पंजावले हरायो कोलकात्तालाई
हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण
काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी स्वयमले त्यसको पुष्टी गरेका हुन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वास्थ्य परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको उनले उल्लेख गरेका छन् । उनका अनुसार दाजुमा संक्रमण पुटी भएको थियो । दाजुलाई अस्पताल लैजाने–ल्याउने क्रममा आफुलाई कोरोना सरेको हुन सक्ने गजुरेलको… Continue reading हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण