३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उक्त शुभकामना व्यक्त गरेकी हुन्… Continue reading प्रधानमन्त्रीबाट तिहारको सन्देश : एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति हो
Author: Vishwanews.com
महाकवि देवकोटाको ११७ औं जन्मजयन्ती आज
३ कात्तिक, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास,… Continue reading महाकवि देवकोटाको ११७ औं जन्मजयन्ती आज
तिहारको तेस्रो दिन आज कुकुर पूजा
३ कात्तिक, काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा… Continue reading तिहारको तेस्रो दिन आज कुकुर पूजा
विपिनको निधन नेपाली अर्थ व्यवस्थाको डरलाग्दो ऐना हो : कुलमान
३ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले विपिन जोशीको निधन केवल एउटा दुःखद समाचार मात्र नभई नेपाली राष्ट्रिय आर्थिक व्यवस्था र प्रणालीको एउटा डरलाग्दो ऐना भएको बताएका छन् । उनी लेख्छन्, ‘एउटा यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपना, उनीहरूको भविष्य, र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जान्छ।’ आज तीन बजे विपिनको शव… Continue reading विपिनको निधन नेपाली अर्थ व्यवस्थाको डरलाग्दो ऐना हो : कुलमान
विपिन जोशीको शव आज नेपाल ल्याइदै
३ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ… Continue reading विपिन जोशीको शव आज नेपाल ल्याइदै
अमेरिकाभर ‘नो किङ्ग्स’ र्याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा
वासिङ्टन, २ कात्तिक (रासस\एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा बढी नागरिकले सहभागिता… Continue reading अमेरिकाभर ‘नो किङ्ग्स’ र्याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा
कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो
काठमाडौं, २ कात्तिक, त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०÷३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नं १,… Continue reading कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो
ढाकास्थित विमानस्थलमा भएको भीषण आगलागीको अनुसन्धान सुरु
ढाका, २ कात्तिक (रासस÷एएफपी) । बङ्गलादेशका व्यापारीहरूले आइतबार देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आगलागीपछि ठूलो आर्थिक क्षतिको आशङ्का व्यक्त गरेका छन् । सरकारले घटनाको कारण पत्ता लगाउन तत्काल अनुसन्धान सुरु गरेको छ । हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका कार्यकारी निर्देशक एस. एम. रागिब समदका अनुसार कार्गो कम्प्लेक्समा लागेको आगोबाट बाक्लो कालो धुवाँ धावनमार्गमा फैलिएकोले केही… Continue reading ढाकास्थित विमानस्थलमा भएको भीषण आगलागीको अनुसन्धान सुरु
केपी ओलीको चूनौति : मेरो सम्पत्ति छानबिन गर, बयान दिन जान्न
काठमाडौँ, २ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न चूनौति दिएका छन् । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू… Continue reading केपी ओलीको चूनौति : मेरो सम्पत्ति छानबिन गर, बयान दिन जान्न
सरकारको मन्त्री सिफारिस मिश्रामाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर
काठमाडौँ, २ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा सङ्गीता कौशल मिश्रासहित १४ जनाउपर विभागको ‘मेमोग्राफी’ मेसिन खरिदका क्रममा झुट्टा विवरण र बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ । निजहरूले लागत अनुमान तयार गर्दा सम्झौताको सर्तबमोजिम सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बद्नियत राखी सम्पूर्ण सामग्री आएको… Continue reading सरकारको मन्त्री सिफारिस मिश्रामाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर
प्रहरी माथि आक्रमण र हतियार लुट्ने घिसिङ पक्राउ, फरार अभियुक्त रहेको पुष्टी
२ कात्तिक, काठमाडौं । २४ भदौको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ रहेका छन् । घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने… Continue reading प्रहरी माथि आक्रमण र हतियार लुट्ने घिसिङ पक्राउ, फरार अभियुक्त रहेको पुष्टी
प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिइने
काठमाडौँ, २ कात्तिकः बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडौंँ जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ । महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरण सञ्चालक समितिको असोज ३० गतेको बैठकले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको जानकारी दिए । सञ्चालक समितिले उक्त निर्णयमा सञ्चालक समितिका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी… Continue reading प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिइने
पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण
पर्वत, २ कात्तिकः साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ । जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र… Continue reading पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण
पुरानै कालजयी गितले धान्दैछ तिहारको संगित
काठमाडौँ, २ कात्तिकः उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको… Continue reading पुरानै कालजयी गितले धान्दैछ तिहारको संगित
पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति
इस्लामाबाद, २ कात्तिक (रासस\सिन्ह्वा) । पाकिस्तानमा हालै आएको बाढीबाट करिब २.९ अर्ब अमेरिकी डलर (झण्डै ८२२ अर्ब पाकिस्तानी रुपैयाँ) बराबरको क्षति भएको पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबालले बताएका छन् । शुक्रबार मन्त्रालयको मासिक विकास अद्यावधिक तथा प्रारम्भिक बाढी क्षति मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै इकबालले पूर्ण आर्थिक क्षतिको ठ्याक्कै मूल्याङ्कन… Continue reading पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति
नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन
काठमाडौँ, २ कात्तिकः काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे । आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उहाँले कागको आवाज निकाल्नासाथ काग भेला… Continue reading नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन
बुद्धशान्तिमा नवजात शिशु फेला
भद्रपुर, २ कात्तिकः यहाँस्थित बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एक नवजात शिशु फेलापरेका छन् । सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४–५ दिन उमेरको शिशु अलपत्र अवस्थामा फेलापरेकी हुन् । आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले गए राति करिब ९ः०० बजेतिर शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए । सूचना… Continue reading बुद्धशान्तिमा नवजात शिशु फेला
सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या
सप्तरी, २ कात्तिकः सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले… Continue reading सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या
क्याम्बोडियामा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक स्वदेश फिर्ता
सिओल, २ कार्तिक (रासस\एएफपी) । क्याम्बोडियामा साइबर अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक शनिबार चार्टर्ड विमानमार्फत स्वदेश फर्किएपछि सिओलको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन्। दक्षिण कोरियाली प्रहरीले जनाएको अनुसार, ती व्यक्तिहरू विभिन्न अनलाइन ठगी योजनामा संलग्न रहेको आशंकामा अनुसन्धानको घेरामा छन्। उनीहरूलाई विमानमा चढेपछि नै कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिइएको… Continue reading क्याम्बोडियामा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक स्वदेश फिर्ता
कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ : अमेरिकी दूत विटकोफ
वासिङ्टन, २ कात्तिक, (रासस÷एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका प्रमुख वार्ताकार स्टिभ विटकोफले गत महिना कतारमा हमासका वार्ताकारहरूलाई लक्षित गरी इजरायलले आक्रमण गर्दा आफूले ‘विश्वासघात’ भएको महसुस गरेको बताएका छन् । इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौताको मध्यस्थतामा विटकोफसँग काम गरेका ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग सीबीएस अन्तर्वार्तामा उनले भने, “उहाँले सेप्टेम्बर ९ मा दोहामा… Continue reading कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ : अमेरिकी दूत विटकोफ
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
लिस्बन, २ कात्तिकः वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिए… Continue reading पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
डेढ महिनामा सात हजार पर्यटक मनाङमा
२ कात्तिक, मनाङ । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले… Continue reading डेढ महिनामा सात हजार पर्यटक मनाङमा
कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका… Continue reading कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए… Continue reading कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
सडकका थप ५० ठेक्का तोड्दै सरकार
२ कात्तिक, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, पोखरा, सुर्खेत, जनकपुर, दमौली लगायतका कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि… Continue reading सडकका थप ५० ठेक्का तोड्दै सरकार
अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु
काबुल, २ कात्तिक (रासस\सिन्ह्वा) । पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा शुक्रबार राति भएको पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टोलो न्युजले शनिबार सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ । स्रोतका अनुसार अर्गुन जिल्लाको खन्डारो गाउँमा स्थानीय समय अनुसार बेलुका करिब ८ः३० मा आक्रमण भएको थियो । पाकिस्तानी जेट विमानले एउटा… Continue reading अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु
ट्रम्प र ज़ेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह
वासिङ्टन, २ कार्तिक (रासस\एपी) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलन्स्की सँग व्हाइट हाउसमा लामो भेटवार्तापछि युक्रेन र रसियालाई हालको सीमा रेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भने, “धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी गर्न सक्छन्, तर इतिहासले त्यस निर्णय… Continue reading ट्रम्प र ज़ेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह
बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध
ढाका, १ कात्तिक (रासस\एएफपी) । बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडान अनिश्चितकालका लागि अवरूद्ध भएका छन्। विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरेपनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा अवद्ध बनेका छन्। फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले भने, आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो… Continue reading बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध
एनपिएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा
महेन्द्रनगर (धनुषा), १ कात्तिकः जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज पूजापाठ गरी नगर परिक्रमा गराइएको छ । सात वटै प्रदेशमा ट्रफी परिक्रमा गराउने कार्यक्रमअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरिएको हो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजकले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मञ्चमा राखेर उक्त कपको… Continue reading एनपिएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा
आन्दोलन प्रभाव : ब्रेथलाइजर लुटिँदा मापसे जाँचमा समस्या
काठमाडौँ, १ कात्तिकः काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन जलेर नष्ट भएकाले अहिले समस्या भएको… Continue reading आन्दोलन प्रभाव : ब्रेथलाइजर लुटिँदा मापसे जाँचमा समस्या